नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टी, एक जनाको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७५७ जनाको पीसीआर परीक्षण गर्दा ३४३ जना र २१९२ जनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९५ हजार ९८९ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टी, एक जनाको निधन

घरमा छापा मारिएपछि ट्रम्पले हाले अमेरिकी सरकारविरुद्ध मुद्दा

President Donald Trump speaks about the coronavirus in the James Brady Press Briefing Room of the White House, Monday, April 20, 2020, in Washington. (AP Photo/Alex Brandon)

काठमाडैं । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले केही साता अघि सङ्घीय जाँच ब्युरो एफबीआईले उनको निवासबाट कब्जा गरेर लगेका फाइलहरूको न्याय मन्त्रालयद्वारा जारी अनुसन्धान रोक्न न्यायाधीशसमक्ष अनुरोध गरेका छन्। उक्त मुद्दामा ट्रम्पको टोलीले ती दस्तावेजहरूको सुपरीवेक्षण गर्न स्वतन्त्र वकिल नियुक्त गरिनुपर्ने बताएका छन्। एफबीआईका अधिकारीहरूले फ्लोरिडास्थित उनको मारा लागो निवासमा छापा मारेर ११ सेट गोप्य… Continue reading घरमा छापा मारिएपछि ट्रम्पले हाले अमेरिकी सरकारविरुद्ध मुद्दा

विदेशी नागरिक नेपालको बाटो भएर तेस्रो मुलुक जान पाउने

काठमाडौं । विदेशी नागरिक नेपालको बाटो भएर तेस्रो मुलुक जान पाउने भएको छ। विसं २०७८ वैशाख १३ गते त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्न प्रतिबन्ध लगाएको थियो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी नागरिक नेपाल अवतरण गरी यहाँबाट जुनसुकै तेस्रो मुलुकमा जान पाउने गरी उक्त प्रतिबन्ध… Continue reading विदेशी नागरिक नेपालको बाटो भएर तेस्रो मुलुक जान पाउने

दुई मन्त्रालयमा अधिकृतस्तरका ५८४ कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत

काठमाडौं । सरकारले दुई मन्त्रालयमा ५८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ। भदौ ६ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयबारे मंगलबार जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चार ततथा सूचना प्रविधिमन्त्री त्रानेन्द्रबहादुर कार्कीले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा गरी ५८४ वटा अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको जानकारी दिएका हुन्। उनका… Continue reading दुई मन्त्रालयमा अधिकृतस्तरका ५८४ कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत

शेयर बजारमा सामान्य अंकको वृद्धि, एक अर्ब ३३ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से १.८१ अंकले बढेर २०५४.९५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२२ कम्पनीको १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँ बराबरको ५२ लाख ३० हजार ७६३ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading शेयर बजारमा सामान्य अंकको वृद्धि, एक अर्ब ३३ करोडको कारोबार

विप्लव नेतृत्वमा ४ पार्टीको बन्द:गाडी तोडफोड गर्ने बन्दकर्ता स्थानीयबाट कुटिए

काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ पार्टीले मंगलबारका लागि घोषणा गरेको नेपाल बन्दको प्रभाव देशभर नै सामान्य मात्रै परेको छ। काठमाडौं उपत्यकमा प्रभाव नदेखिएपनि तराईंका जिल्लामा भने सामान्य असर देखिएको छ। यस्तै, केही पहाडी जिल्लामा पनि बन्दकर्ताले सवारी साधनमाथि तोडफोड गर्ने प्रयास गरेपनि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। बन्द गराउँदै हिँडेको आरोपमा… Continue reading विप्लव नेतृत्वमा ४ पार्टीको बन्द:गाडी तोडफोड गर्ने बन्दकर्ता स्थानीयबाट कुटिए

संक्रमणकालीन न्याय सम्बन्धी ऐन संशोधनका लागि ल्याएको विधेयक टेबुल

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश भएको छ। गत असार ३१ गते दर्ता भएको यो विधेयक मंगलबार संसदमा दर्ता भएको हो। विधेयकविरुद्ध परेको विरोधको सूचना अस्वीकृत भएपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द बन्दीले विधेयक पेश गरेका हुन्। विरोधको सूचनामाथि… Continue reading संक्रमणकालीन न्याय सम्बन्धी ऐन संशोधनका लागि ल्याएको विधेयक टेबुल

विश्वव्यापी खाद्य संकटसँग जुध्न अमेरिकाले नेपाललाई २ अर्ब अनुदान दिने

काठमाडौं । संयुक्त राज्य अमेरिकाले विश्वव्यापी खाद्य संकटबाट बच्त नेपाललाई २ अर्ब अनुदान सहायता उपलब्ध गराउने भएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (.युएसएआईडी) ले नेपाललाई रुस–युक्रेनको युद्धबाट बढ्दै गएको विश्वव्यापी संकटबाट जोखिममा परेका जनतालाई जोगाउन करिब दुई अर्ब रुपियाँ सहयोग उपलब्ध गराउने नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ । विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी… Continue reading विश्वव्यापी खाद्य संकटसँग जुध्न अमेरिकाले नेपाललाई २ अर्ब अनुदान दिने

रुससँगको युद्धमा आफ्ना ९ हजार सैनिक मारिएको युक्रेनको पुष्टी

काठमाडौं\एजेन्सी । रूससँगको युद्धमा आफ्ना ९ हजार सैनिक मारिएको युक्रेनले पुष्टी गरेको छ । ७ महिनादेखि जारी युद्धमा ती सैनिकको ज्यान गएको युक्रेनले एक विवरण सार्वजनिक गर्दै जनाएको छ । युक्रेनका कमाण्डर इन चीफ जनरल भ्यालेरी जालुज्नीले युद्धका कारण बालबालिकाको हेरचाहमा विशेष ध्यान दिनुपर्ने अवस्था आएको बताए । युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले… Continue reading रुससँगको युद्धमा आफ्ना ९ हजार सैनिक मारिएको युक्रेनको पुष्टी

नेपाल बन्दको प्रभाव काठमाडौंमा सामान्य, केही सवारी साधनमा क्षति

काठमाडौं । आज नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत चार कम्युनिष्ट पार्टीले नेपाल बन्द आह्वान गरेका छन् । यसको प्रभाव सामान्य देखिएको छ । बिहान बन्द सफल गराउन विभिन्न स्थानमा सवारी साधनमाथि तोडफोड भएको खबर आएका छन् । सरकारले एमसिसी सम्झौता गरेको र विप्लव नेतृत्वको पार्टीसँग गरिएका ३ बुँदे सहमति कार्यान्वयन नभएको विरोध लगायतमा उनीहरूले… Continue reading नेपाल बन्दको प्रभाव काठमाडौंमा सामान्य, केही सवारी साधनमा क्षति

मिटरब्याजीविरुद्ध १९३७ वटा उजुरी

File

काठमाडौं । मिटरब्याजीविरुद्ध देशभरबाट १९३७ वटा उजुरी परेका छन् । गृहमन्त्री बालकृष्ण खाणले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार सोमबारसम्म मिटरव्याज पीडितहरूबाट सो संख्यामा उजुरी आएको हो । गृह मन्त्रालयले मिटरव्याज अपराध अध्ययन गर्न कार्यदल नै बनाएर उजुरी आह्वान गरेको थियो। कतिपय जिल्लामा मिटरव्याज अपराधविरूद्ध उजुरी नै नआएपछि सार्वजनिक सूचना जारी गरेर उजुरी आह्वान… Continue reading मिटरब्याजीविरुद्ध १९३७ वटा उजुरी

प्रचण्ड र माधव नेपालबीच पार्टी एकता सम्मको सहमतीले पार्टीलाई कति फाइदा ?

काठमाडौं । सत्ता गठबन्धन भित्रका दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुने गरी तयारी थालिएको छ । दुबै दलका नेताहरु एकता प्रक्रियालाई औपचारिकता दिन सहमत भएसँगै यो प्रक्रियाले गति लिने देखिएको छ । दुई दलबीचको छलफलमा ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव लगत्तै एकता गर्ने गरी गृहकार्य सुरु गर्न नेता तयार भएका… Continue reading प्रचण्ड र माधव नेपालबीच पार्टी एकता सम्मको सहमतीले पार्टीलाई कति फाइदा ?

कन्सल्टेन्सीका नाममा अनलाइन जुवा खेलाउने चार जना पक्राउ

झापा । झापामा कन्सलटेन्सीका नाममा जुवा खेलाएको आरोपमा ४ जना पक्राउ परेका छन् । नेपालमा प्रतिबन्धित वान बेट एप्लिकेशन मार्फत गेम खेलाउने र नक्कली सरकारी कागजात बनाउने गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्रेको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार दमक– ८ मा रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालक २५ वर्षीय सतप्रकाश साह र… Continue reading कन्सल्टेन्सीका नाममा अनलाइन जुवा खेलाउने चार जना पक्राउ

नेपालमा लगानी गर्न पाकिस्तानका उद्योगीलाई नेपालको आह्वान

लाहोर । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले लाहोरका उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । लाहोर चेम्बर अफ कमर्स (एलसीसीआई) का प्रमुख मियान नौमान कबिरसहित अन्य सदस्यसँगको अन्तरक्रियामा राजदूत अधिकारीले यस्तो आग्रह गरेका हुन् । भेटमा राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीच द्विपक्षीय आर्थिक सम्बन्धलाई सुदृढ गर्नुपर्ने धारणा राखेका थिए । ‘दुई देशबीचको सम्बन्ध… Continue reading नेपालमा लगानी गर्न पाकिस्तानका उद्योगीलाई नेपालको आह्वान

नेपालमा फेरि बढ्यो कोरोना संक्रमितको संख्या, एकैदिन ६५८ जनामा संक्रमण पुष्टी

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३८१ जनाको पीसीआर परीक्षण गर्दा ४०५ जना र ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा २५३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९५ हजार ६४६ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा फेरि बढ्यो कोरोना संक्रमितको संख्या, एकैदिन ६५८ जनामा संक्रमण पुष्टी

बेलायतमा नेपाली स्वास्थ्यकर्मी लैजाने विषयमा श्रम सम्झौता

तस्बिर:रासस

काठमाडौं । नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारीपत्रमा हस्ताक्षर गरे। समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन् । नेपाली स्वास्थ्यकर्मी शून्य लागतमा वेलायत जान… Continue reading बेलायतमा नेपाली स्वास्थ्यकर्मी लैजाने विषयमा श्रम सम्झौता

शेयर बजारमा लगातार गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ७.३८ अंकले घटेर २०५३.१६ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२२ कम्पनीको १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४२९ रुपैयाँ बराबरको ५२ लाख ३० हजार ७६३ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading शेयर बजारमा लगातार गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

मंगलवार ‘विप्लव’को नेकपासहित चार दलको नेपाल बन्द

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित विभिन्न चार दलले भोलि (मंगलबार) नेपाल बन्द गर्ने घोषणा गरेका छन्। सरकार र पार्टीबीच भएको तीन बुँदे सहमति उल्लंघनन गरिएको, नेता तथा कार्यकर्ताहरुमाथि पक्राउ पुर्जी जारी गरिएको, एमसिसी, महँगी र राष्ट्रघाति सन्धिरसम्झौताविरुद्ध संघर्ष सुरु गर्ने भन्दै ती पार्टीले नेपाल बन्दको घोषणा गरेका हुन्। ‘भदौ… Continue reading मंगलवार ‘विप्लव’को नेकपासहित चार दलको नेपाल बन्द

संसदका दुबै सदनबाट प्रदीप गिरिकाे निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । संघीय संसदका दुबै सदन प्रतिनिधि र राष्ट्रियसभाबाट सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित भएको छ। सोमबार बसेको बैठकले गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो। गिरी नेपाली कांग्रेस पार्टीबाट वि.सं. २०५१ सालमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। यस्तै, २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक… Continue reading संसदका दुबै सदनबाट प्रदीप गिरिकाे निधनप्रति शोक प्रस्ताव पारित

‘अण्डर ग्राउण्ड पार्किङ’को स्वीकृति लिएर पसल संचालन गर्ने माथि कारबाही, काठमाडौँ महानगरले भत्कायो संरचना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वर चोकमा रहेको बानेश्वर कम्प्लेक्सको अस्थायी संरचना भत्काएको छ । महानगरले ‘अण्डर ग्राउण्ड पार्किङ’को स्वीकृति लिएर अन्य प्रयोजनको लागि प्रयोग गरिरहेका व्यावसायिक भवनहरुको अस्थायी संरचना भत्काएको हो । महानगरले अन्डर ग्राउण्ड पार्किङ खुलाउन उक्त संरचना भत्काएको हो । अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेको थिए । महानगरपालिकाले ‘अण्डर ग्राउण्ड पार्किङ’लाई… Continue reading ‘अण्डर ग्राउण्ड पार्किङ’को स्वीकृति लिएर पसल संचालन गर्ने माथि कारबाही, काठमाडौँ महानगरले भत्कायो संरचना

अदालतलाई धम्क्याएको आरोपमा पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पाकिस्तानमा अनुसन्धान शुरु

कराँची । पाकिस्तानी प्रहरीले पूर्वप्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान थालेको बताएको छ । शनिवार एक राजनीतिक मन्तव्य दिएपछि उनी विरुद्ध प्रहरी र न्यायपालिकालाई धम्काएको आरोप लागेको छ। यी पूर्व शीर्ष नेताका समर्थक उनको घर बाहिर जम्मा भएका छन् र उनी गिरफ्तारीमा परेमा आफूहरूले परिस्थिति नियन्त्रणमा लिने बताएपछि देशमा तनाव चुलिएको बीबीसीले लेखेको छ । गत अप्रिलमा… Continue reading अदालतलाई धम्क्याएको आरोपमा पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पाकिस्तानमा अनुसन्धान शुरु

सरकारसँग सहमती जुटेपछि निहारिकाले तोडिन् अनसन

काठमाडौं । सरकारले आफ्नो माग सम्बोधन गर्न सहमत भएसँगै निहारिका राजपुतले अनशन तोडेकी छिन् । उनी १७ दिनदेखि काठमाडौंमा अनशन बसेकी थिइन् । महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहले आइतबार साँझ अनशन तोडेकी हुन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग भएको सहमतिपत्रमा उच्च अदालत जनकपुरमा… Continue reading सरकारसँग सहमती जुटेपछि निहारिकाले तोडिन् अनसन

आयोगद्धारा निर्वाचनका लागि ११ अर्ब रुपैयाँ माग

File

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि अर्थमन्त्रालयसँग १० अर्ब ९८ करोड बढी बजेट मागेको छ । आइतबार आयोगले अर्थ मन्त्रालयसँग १० अर्ब ९८ करोड ९८ लाख बजेट माग गरेको हो । बजेट मन्त्रालयले निकासा गरेपछि खर्च गर्न सकिने छ । सरकारले ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने… Continue reading आयोगद्धारा निर्वाचनका लागि ११ अर्ब रुपैयाँ माग

एम्बाप्पे, नेयमार र मेसी चम्किँदा पिएसजीको ७ गोल, एम्बाप्पेको रेकर्ड

काठमाडौं । तीन स्टार खेलाडी एम्बाप्पे, नेइमार र मेसी चम्कँदा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा उत्कष्ट प्रदर्शन जारी राखेको छ । गत राति सम्पन्न खेलमा पिएसजीले लिलमाथि उसकै मैदानमा ७–१ को फराकिलो जित निकाल्यो । यो खेलमा एम्बाप्पेले रेकर्ड राखे । पिएसजीको जितमा एमबाप्पेले ह्याट्रिक पूरा गरे । उनले खेल शुरु भएको… Continue reading एम्बाप्पे, नेयमार र मेसी चम्किँदा पिएसजीको ७ गोल, एम्बाप्पेको रेकर्ड

गोकर्ण विष्ट विरुद्ध चुनाव लड्ने रामकुमारी झाक्रीको घोषणा

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सासंद रामकुमारी झाक्री गुल्मी क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने निश्चित भएको छ । आइतबार फेसबुकमा एक तस्बिर राख्दै उनले गुल्मी क्षेत्र नम्बर दुईमा चुनाव लड्ने जानकारी गराएकी हुन् । यो एमाले नेता गोकर्ण विष्टको निर्वाचन क्षेत्र हो । उनले एमालेको विरासतलाई तोडेर देखाउने समेत बताएकी छन्। यसअघि उनी नेकपा एमालेबाट… Continue reading गोकर्ण विष्ट विरुद्ध चुनाव लड्ने रामकुमारी झाक्रीको घोषणा

काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गर्न कोरियासँग सभामुखको प्रस्ताव

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गर्न दक्षिण कोरियासँग प्रस्ताव गरेका छन् । नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलसँग भेट्दै उनले फोहोरमैला व्यवस्थापनमा सहयोगको अपेक्षा गरिएको बताएका हुन् । सिहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले भने, ‘फोहोरमैला व्यवस्थापनमा दक्षिण कोरियाले अब्बल सावित गरेको छ, अन्य सहरमा पनि सहयोगको कुरा छ,… Continue reading काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गर्न कोरियासँग सभामुखको प्रस्ताव

गिरिको निधनमा आज संसदमा शोक प्रस्ताव पारित हुँदै

काठमाडौं । आज संसद बैठकमा नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गरिँदैछ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ । प्रतिनिधि सभा सदस्य एवम् समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति… Continue reading गिरिको निधनमा आज संसदमा शोक प्रस्ताव पारित हुँदै

आर्थर गन दिवेश पोखरेल नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेल (आर्थर गन) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ। आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले पोखरेललाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गरे। कार्यक्रममा नेपाललाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान दिएकाले पोखरेललाई… Continue reading आर्थर गन दिवेश पोखरेल नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

राजकीय सम्मानका साथ प्रदीप गिरिको अन्त्येष्टि

तस्विर:शिलापत्र

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । ७५ वर्षको उमेरमा शनिबार राति ललिपुरस्थित मेडिसिटी अस्पतालमा क्यान्सरपीडित गिरिको निधन भएको थियो । आइतबार बिहान अस्पतालमा र दिउँसो कांग्रेस मुख्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलिपछि शवयात्रा निकालिएको थियो । गिरिलाई… Continue reading राजकीय सम्मानका साथ प्रदीप गिरिको अन्त्येष्टि

नेपालमा थप २८६ जनामा कोरोना पुष्टी, ४८७ जना संक्रमण मुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप ४७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८१६ जनाको पीसीआर परीक्षण गर्दा २०२ जना र १६०७ जनाको एन्टिजेन परीक्षण गर्दा ८४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९५ हजार २४१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप २८६ जनामा कोरोना पुष्टी, ४८७ जना संक्रमण मुक्त