नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु

काठमाडौं । राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । संसदको बिहीबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । संसदले बहुमतले स्वीकृत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी नागरिकता विधेयक १५ बुँदे सन्देशसहित सदनमा फिर्ता पठाएकी थिइन्। राष्ट्रपतिले विधेयक फिर्ता पठाएपछि त्यसप्रति असन्तुष्ट… Continue reading नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु

नागरिकता विधेयक प्रतिनिधिसभाबाट आजै पास गर्ने तयारी

काठमाडौं । नागरिकता विधेयक प्रतिनिधिसभाबाट बिहीबार नै पास गर्ने तयारी गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न संसदमा फिर्ता पठाएको नागरिकता सम्बन्धी नयाँ विधेयक आजै पारित गर्ने तयारी रहेको बताइएको छ । प्रतिनिधि सभाको बैठक ११ बजेका लागि बोलाइएको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव… Continue reading नागरिकता विधेयक प्रतिनिधिसभाबाट आजै पास गर्ने तयारी

वैदेशिक रोजगारीमा जान एक महिनामा ६३ हजारले लिए श्रम स्वीकृति

Photo : BBC

काठमाडौं । वैदेशिक रोजगारीमा जान एक महिनाको अवधिमा ६३ हजार मानिसले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा ६३ हजार ४२ ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहचलले जनाएको छ । गत आवको साउनमा २५ हजार चार सय २८ ले मात्र श्रम स्वीकृति लिएका थिए । साउनमा… Continue reading वैदेशिक रोजगारीमा जान एक महिनामा ६३ हजारले लिए श्रम स्वीकृति

दार्चुला दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको पहिचान

दार्चुला । बुधबार दार्तुलाको गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको जिप दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छ । प्रहरीका अनुसारका दुर्घटनामा बझाङ, बुङ्ल नगरपालिका–८ का पुने बोहरा, उज्वल बोहरा, हिक्मत जागरी, राइभान बोहरा र दम्फादेवी बोहराको मृत्यु भएको छ ।शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर… Continue reading दार्चुला दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको पहिचान

रौतहटमा बस र अटोरिक्सा ठोक्किए, ३ जनाको मृत्यु

रौतहत । चन्द्रपुर नगरपालिका–२ पूर्व पश्चिम राजमार्गको पूर्वी लच्का नजिकै बस र अटोरिक्सा दुर्घटनामा परेका छन् । प्रहरीका अनुसार दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहान ५ बजे एक आपसमा… Continue reading रौतहटमा बस र अटोरिक्सा ठोक्किए, ३ जनाको मृत्यु

कलंकीको खसी बजार हटाउन महानगरपालिकाको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिका कलंकीस्थित खसी बजार खाली गर्न निर्देशन दिएको छ। महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै १५ दिन भित्र बजार हटाउन भनेको हो । वडा नम्बर १४ मा पर्ने बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी बजार हटाउन महानगरले निर्देशन दिएको हो । खसी बजारका कारण नदी प्रदूषण भएको,… Continue reading कलंकीको खसी बजार हटाउन महानगरपालिकाको निर्देशन

धरानका मेयर हर्कले सार्वजनिक गरे १०० दिनमा गरेका १३ काम

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले १ सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन्। मेयर भएपछि एक सय दिनभित्र के(के काम गरियो भन्ने प्रश्न सोध्नेलाई जवाफ भन्दै उनले १३ वटा कामका विवरण सामाजिक सञ्जारमा राखेका छन् । उनले पहिलो नम्बरमा श्रम संस्कृति क्रान्ति आफूले सुरू गरेको बताएका छन् । खानेपानी धरान ल्याउन, वृक्षारोपण… Continue reading धरानका मेयर हर्कले सार्वजनिक गरे १०० दिनमा गरेका १३ काम

मोरङमा आगलागी, एक जनाको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैचा–११ मा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । आगोमा जलेर बेलबारी–११ घर भएका ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बुधबार राति करिब ११ बजेतिर बालकृष्ण गिरीको साढे दुई तले घरमा आगो लाग्दा श्रेष्ठको मृत्यु भएको हो । उनी घरमा रंगरोगन गर्ने मजदुर हुन्… Continue reading मोरङमा आगलागी, एक जनाको मृत्यु

दार्चुलामा जीप दुर्घटना, ५ जनाको मृत्यु

दार्चुला । दार्चुलामा जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार चार जना घाइते भएका छन् । जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु… Continue reading दार्चुलामा जीप दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौंका मेयर बालेन र धरानका मेयर हर्कबीच फेसबुकमै घोचपेच ब्याटल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा घोचपेच ब्याटल भएको छ । सम्पाङले बुधबार साँझ फेसबुकमा ‘आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैन्छ’ भन्दै स्टाटस लेखे । उनको पोष्टमा बालेनले प्रतिक्रिया दिएका छन् । उनले सम्पाङकै शैलीमा लेखे, ‘हो नि ‘ तपाईकै लौरो चुनाव चिह्न लिएर… Continue reading काठमाडौंका मेयर बालेन र धरानका मेयर हर्कबीच फेसबुकमै घोचपेच ब्याटल

बन्चरेडाँडामा चार बुँदे सहमती, बिहीबारबाट उठ्ला फोहोर ?

काठमाडौं । काठमाडौंको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्न भइरहेको अवरोध हटाउने बारे बुधबार सहमति जुटेको छ । काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न जारी अवरोध अन्त्य गर्ने सम्बन्धमा ४ बुँदे सहमति भएको छ । फोहोर बोक्ने गाडीले… Continue reading बन्चरेडाँडामा चार बुँदे सहमती, बिहीबारबाट उठ्ला फोहोर ?

सिंहदरबारमा ग्यास लैजान नपाइने, मन्त्रालयका क्यानटिनमा अब विद्युतीय चुल्हो

file

काठमाडौं । देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ । चालु आर्थिक वर्षको बजेटको बुँदा नं २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा सिंदरबारबाट एलपी ग्यासको विस्थापन गर्न थालिएको हो । सोही क्रममा आजदेखि नै अर्थमन्त्रालयको चमेनागृहबाट एलपी ग्यास विस्थापन गरिएको हो । अर्थमन्त्री जनार्दन… Continue reading सिंहदरबारमा ग्यास लैजान नपाइने, मन्त्रालयका क्यानटिनमा अब विद्युतीय चुल्हो

नेपालमा थप ८५२ जनामा कोरोना पुष्टी, ३२८ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३७७६ जनाको पीसीआर परीक्षण गर्दा ५३१ जना र २५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३३१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९४ हजार ३८९ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप ८५२ जनामा कोरोना पुष्टी, ३२८ जना संक्रमण मुक्त

ट्राफिक प्रहरीको विशेष चेकिङ : ५१ जना कलेजका विद्यार्थी कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष चेकिङ अभियान अन्तर्गत आज ५४ जना चालकहरु कारबाहीमा परेका छन्। कलेजका विद्यार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो। अभियानमा सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधन चलाउने २७ जना, आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ३ जना र विविध कसुरमा… Continue reading ट्राफिक प्रहरीको विशेष चेकिङ : ५१ जना कलेजका विद्यार्थी कारबाहीमा

महाभियोग प्रक्रियामा ढिलाइ भएको भन्दै एमालेको आपत्ति, एक महिनामा सक्न प्रस्ताव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्तावमाथि सिफारिस समितिको काम एक महिनामा सक्न प्रस्ताव गरेको छ । बुधबार बसेको महाअभियोग सिफारिस समितिको पहिलो बैठकमा नेकपा एमालेले जबरामाथिको महाअभियोग प्रस्तावमाथि सिफारिस समितिको काम एक महिनामा सक्न प्रस्ताव गरेको हो । ५ महिनासम्म त्यसै अड्किएको महाअभियोग प्रस्ताव बल्ल समितिमा आएकाले छिट्टै काम… Continue reading महाभियोग प्रक्रियामा ढिलाइ भएको भन्दै एमालेको आपत्ति, एक महिनामा सक्न प्रस्ताव

झिनो अंकले घट्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक नेप्से ०.३६ अंकले घटेर २०४०.६ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२० कम्पनीको १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँ बराबरको ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading झिनो अंकले घट्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

४० माइक्रोनभन्दा पातला प्लाष्टिक आजबाट नेपालमा पूर्ण प्रतिवन्ध

काठमाडौं । आजदेखि नेपालमा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लागेको छ । सरकारले १ भदौबाट लागुहुने गरी यस्तो व्यवस्था गरेको हो । ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन र कारोबार भए नभएको बारे आजैदेखि अनुगमन थालिने भएको छ । यस्तो काम वातावरण विभागले गर्दै आएको छ । विभिन्न स्थानमा… Continue reading ४० माइक्रोनभन्दा पातला प्लाष्टिक आजबाट नेपालमा पूर्ण प्रतिवन्ध

आगामी निर्वाचनमा ८४ वटा दलबिच भिडन्त

काठमाडौं । आगामी मंसिर ४ मा तोकिएको संघ र प्रदेशको निर्वाचनमा ८४ वटा दल दर्ता भएका छन्। मंगलबार दल दर्ता गर्ने अन्तिम दिन थियो । निर्वाचन आयोगका अनुसार दर्ता भएका दलमध्ये चार वटा दल संयुक्त रूपमा दर्ता भएका छन् । दुई वा दुईभन्दा बढी दल एउटै पार्टी र चुनाव चिन्हबाट लड्ने गरी चार वटा दल… Continue reading आगामी निर्वाचनमा ८४ वटा दलबिच भिडन्त

निहारिका राजपुत प्रकरण : आरोपित पक्राउ

काठमाडौं । निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । धनुषाकी निहारिका राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आएकी छन् । उनले आरोपी शिवराज श्रेष्ठलाई कारबाहीको माग गर्दै सन्तानको डीएनए परीक्षणको माग गरेकी छिन् । काठमाडौंको… Continue reading निहारिका राजपुत प्रकरण : आरोपित पक्राउ

सत्ता गठबन्धनको सीट बाँडफाँट गर्न बनाइएको कार्यदलको बैठक आज

काठमाडौं । सत्ता गठबन्धनको कार्यदलको बैठक आज पनि बस्दैछ । आजको बैठकमा सिट बाँडफाँटको प्रस्ताव पेस गर्ने तयारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बस्ने बैठकमा कार्यदल संयोजक कृष्ण प्रसाद सिटौलाले सिट बाँडफाँटको प्रस्ताव पेस गर्ने तयारी छ । २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने… Continue reading सत्ता गठबन्धनको सीट बाँडफाँट गर्न बनाइएको कार्यदलको बैठक आज

ओल्के पर्व मनाउँन आज सुदुरपश्चिम प्रदेशभर सार्वजनिक बिदा

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदैछ । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभर बुधबार सार्वजनिक विदा घोषणा गरेको छ । ओल्के पर्वमा घरमा नयाँ परिकार पकाएर आपसमा खुसी साटासाट गरिन्छ । ठूलाबडा तथा मान्यजनलाई सम्मान स्वरुप हरियो साग (खासगरी गाभा), फलफूल तथा भान्छामा पाकेको मिठो परिकार दिने परम्परा रही आएको छ । विपत्तीबाट जोगिएको… Continue reading ओल्के पर्व मनाउँन आज सुदुरपश्चिम प्रदेशभर सार्वजनिक बिदा

बालेनले प्रचण्डमाथि नैतिक प्रश्न उठाएपछि..

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बञ्चरेडाँडामा फोहोर लिएर जाने सडकको अवस्था नाजुग भएकामा प्रचण्डप्रति प्रश्न उठाएका छन् । हिलाम्य सडकको भिडियो फेसबुकमा पोस्ट गर्दै बालेनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नैतिकतामाथि पनि प्रश्न उठाएका हुन् । यो सडक निर्माणको जिम्मा शैलुङ कन्स्ट्रक्सनले पाएको छ । यो ठेकेदार कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी हुन् । उनी… Continue reading बालेनले प्रचण्डमाथि नैतिक प्रश्न उठाएपछि..

हर्क साम्पाङ्गले भेटे अर्थमन्त्री, खानेपानीको समस्या समाधान गर्न सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्द रहेको बताएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गसंग मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले आवश्यक प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले धरान महानगरपालिकालाई सहयोग गर्ने बताएका हुन् ।… Continue reading हर्क साम्पाङ्गले भेटे अर्थमन्त्री, खानेपानीको समस्या समाधान गर्न सहयोग गर्ने प्रतिबद्धता

नेपालको मूल्यवृद्धि ८.०८ प्रतिशत पुग्यो, आकाशियो गेडागुडी, तेललगायतको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८र०७९ को १२ महिनाको तथ्यांक अनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको मुद्रास्फीति २०७९ असारसम्म ८.०८… Continue reading नेपालको मूल्यवृद्धि ८.०८ प्रतिशत पुग्यो, आकाशियो गेडागुडी, तेललगायतको मूल्य

रेमिट्यान्समा सामान्य सुधार, एक वर्षमा १० खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०७८/७९ मा विप्रेषण ४.८ प्रतिशतले वृद्धि भई रु.१००७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड… Continue reading रेमिट्यान्समा सामान्य सुधार, एक वर्षमा १० खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो

विदेशी मुद्राको सञ्चिति ६.९ महिनाका लागि मात्रै, दबाब कायमै

काठमाडौं । विदेशी विनिमय सञ्चिति घटेको १३ प्रतिशतले छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को एक वर्षको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले यस्तो देखिएको हो । २०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.१ प्रतिशतले कमी आई २०७९ असार मसान्तमा रु.१२१५… Continue reading विदेशी मुद्राको सञ्चिति ६.९ महिनाका लागि मात्रै, दबाब कायमै

नेपालमा थप ८४८ जनामा कोरोना पुष्टी, ५२६ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७२२ जनाको पीसीआर परीक्षण गर्दा ३९९ जना र २८९७ जनाको एन्टिजेन परीक्षण गर्दा ४४९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९३ हजार ८५८ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप ८४८ जनामा कोरोना पुष्टी, ५२६ जना संक्रमण मुक्त

दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स ल्याउन पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी परामर्श सेवा कम्पनीलाई दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्सका रुपमा ल्याउन पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ मा संशोधन तथा थप व्यवस्था गर्दै १० लाख रुपैयाँसम्मको सीमालाई बढाएर १५ लाख रुपैयाँ बनाएको छ । विदेशी परामर्श सेवा कम्पनीको नेपालस्थित सहायक कम्पनी र यस्तो काम गर्ने नेपाली… Continue reading दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स ल्याउन पाइने

भारतबाट फेरि घटेर आयो इन्धनको भाउ, नेपालमा घट्ने नघट्ने अझै अन्योल

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीले निगमलाई साउन ३१ गते (अगस्ट १६ तारिख) पेट्रोलियम पदार्थको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको हो । नयाँ मूल्यसूची अनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको भाउ घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएसँगै… Continue reading भारतबाट फेरि घटेर आयो इन्धनको भाउ, नेपालमा घट्ने नघट्ने अझै अन्योल

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने सुधार

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से २४.८३ अंकले घटेर २०४१.६ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२१ कम्पनीको २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५७ रुपैयाँ बराबरको ६४ लाख ६ हजार ७३८ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने सुधार