प्रदीप गिरिको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा झुकाउने

काठमाडौं । नेता प्रदीप गिरीको शोकमा नेपाली कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ। आइतबार बिहान बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले सो निर्णय गरेको हो। बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा सांसद गिरीको शोक प्रस्ताव पनि पारित गरेको छ। यस्तै, १३ दिनसम्म देशभरका कार्यालयमा शोक पुस्तिका राख्ने र शोक प्रकट गर्नेहरुका लागि… Continue reading प्रदीप गिरिको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा झुकाउने

नेपालले साउनमा १ अर्ब ८३ करोडको विद्युत बेच्यो, थप १११ मेगावाट निर्यात प्रस्ताव

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८०को पहिलो महिनामा झण्डै २ अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा… Continue reading नेपालले साउनमा १ अर्ब ८३ करोडको विद्युत बेच्यो, थप १११ मेगावाट निर्यात प्रस्ताव

उडिरहेको जहाज भित्र पाइलट निदाएको घटना के हो?

File Photo

इथियोपिया । ३७ हजार फिट उचाइमा उडिरहेको जहाजमा पाइलट निदाएपछि यो घटना यतिबेला विश्वभर चासोको विषय बनेको छ । अवतरणका क्रममा भने उनीहरू ब्युँझिएपछि विमान सुरक्षित रूपमा अवतरण भएको छ।   विमान उचाइ घटाउनुपर्ने विन्दु पार गरेर अगाडि बढेपछि इथियोपियाको आदिस अबाबा विमानस्थलका एअर ट्राफिकले सम्पर्क गर्ने प्रयास गरेका थिए। बिबिसीलेएभिएशन हेराल्डलाई उदृत गर्दै लेखे  अनुसार अन्ततः पाइलटहरू ब्युँझे… Continue reading उडिरहेको जहाज भित्र पाइलट निदाएको घटना के हो?

रास्ट्रपतिको सन्देश : देशले बौद्धिक व्यक्ति गुमायो

काठमाडौं । समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरी प्रति राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा श्रद्धाञ्जली व्यक्त भएको छ । “नेता गिरीको निधनको खबरले अत्यन्त दुखी बनाएको र देशले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको रास्ट्रपतिको भनाइ छ । उनले शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेकि छिन

काङ्ग्रेस नेता गिरिको आज अन्तिम संस्कार

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार मेडिसिटी अस्पतालपछि पार्टी केन्द्रीय कार्यालय राखिने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै आज दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका अर्पण गर्ने कार्यक्रम राखेको हो मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा बिहान ९ बजेदेखि ११ बजेसम्म… Continue reading काङ्ग्रेस नेता गिरिको आज अन्तिम संस्कार

गिरिको निधनमा प्रधानमन्त्रीको शोक सन्देश : असल नेता गुमायौ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरिको निधनबाट स्तब्ध भएको बताएका छन् । गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको देउवाले उल्लेख गरेका छन । ट्वीट गर्दै देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तव्ध भएको छु । उहाँको… Continue reading गिरिको निधनमा प्रधानमन्त्रीको शोक सन्देश : असल नेता गुमायौ

रहेनन् काङ्ग्रेस नेता गिरि

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार साँझ ९ः३० बजे गिरिको निधन भएको हो । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना भएका थिए । पछिल्ला घण्टाहरुमा निमोनिया फैलिँदै गएर शरीरका अंगहरुले काम गर्न छाड्दै गएको थियो । शनिबार साँझ… Continue reading रहेनन् काङ्ग्रेस नेता गिरि

कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल, स्वास्थ्यलाभको प्रार्थना गर्न पत्नी भारतीको अपिल

काठमाडौं । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत कांग्रेस नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बनेको छ। गिरीपत्नी भारती सिलवाल गिरीले शनिबार वक्तव्य जारी गर्दै उनको स्वास्थ्यलाभको प्रार्थना गर्न सबैसमक्ष अपिल गरेकी हुन्। भारतमा क्यान्सरको उपचार गरेर फर्किएका गिरी झन्डै एक महिनाअघि मेडिसिटी अस्पताल भर्ना भएका थिए। क्यान्सरका कारण देखिएको समस्या र निमोनिया भएर अस्पताल… Continue reading कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल, स्वास्थ्यलाभको प्रार्थना गर्न पत्नी भारतीको अपिल

पछिल्लो २४ घण्टामा २९९ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार ४,३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो। १,६७० पीसीआर परीक्षणमा १८० र २,६६७ एन्टिजेन परीक्षणमा ११९ जना संक्रमित फेला परेका हुन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७७ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै, कोरोना संक्रमणका… Continue reading पछिल्लो २४ घण्टामा २९९ जना कोरोना संक्रमित थपिए

माओवादीमा महासचिवको चिठ्ठा देव गुरुङलाई, यी हुन् २१ पदाधिकारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको महासचिवमा देव गुरुङलाई चयन गरेको छ। शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको हो। सबैभन्दा बढी चासो रहेको महासचिवमा गुरुङ सर्वसम्मत चयन भएका हुन्। यसअघि उक्त पदमा वर्षमान पुन र जनार्दन शर्माको दाबी रहे पनि दुवै जना उपमहासचिव बनेका छन्। माओवादीले २१ जनाको पदाधिकारीमा एक जना… Continue reading माओवादीमा महासचिवको चिठ्ठा देव गुरुङलाई, यी हुन् २१ पदाधिकारी

पश्चिम तराईमा मध्यरातमा भुकम्प

बाँके । पश्चिम तराईमा  भूकम्पको धक्का महसुस भएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यरातमा आएको भुकम्पले स्थानीय त्रसित बनेका थिए ।

मलेसियाका पुर्वप्रधानमन्त्री महाथिर भन्छन् : ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोज्यो

क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोजेको आरोप लगाएका छन् । लामो समयदेखि पश्चिमा देशहरूका आलोचकका रूपमा परिचित पूर्वप्रधानमन्त्री महाथिरले अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसी र अन्य सांसद्को भर्खरैकाे ताइवान भ्रमणले चीनप्रति अमेरिकी विरोध दर्शाउने बताउँदै बेइजिङले त्यसलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप ठानेको बताएका हुन् । एक विस्तृत अन्तर्वार्तामा ९७… Continue reading मलेसियाका पुर्वप्रधानमन्त्री महाथिर भन्छन् : ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोज्यो

फिनल्याण्डकी प्रधानमन्त्री मरिनको लागूऔषध परिक्षण

काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मरिन मदिराले मातेर पार्टीमा नाच्दै गरेको भिडियो सार्वजनिक भएसङ्गै उनको लागूऔषध परिक्षण गरिएको छ । गत शुक्रबार सार्वजनिक भिडियोमा उनी साथीहरूसँग मातेर नाच्दै गरेको दृश्य देखिएको थियो । त्यसलगत्तै फिनल्याण्डका नेताहरूले उनीमाथि छानबिन गर्नुपर्ने भन्दै दबाब दिएका थिए । सोही अनुरुप मरिनले लागूऔषध सेवन गरेको वा नगरेको पत्ता लगाउन शुक्रबार ड्रग्स परिक्षण… Continue reading फिनल्याण्डकी प्रधानमन्त्री मरिनको लागूऔषध परिक्षण

चुनावको मुखमा माओवादीले गरायो वाइसीएललाई सक्रिय

काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावको मुखमा आफ्नो भातृ सङ्गठन  योङ कम्युनिष्ट लिग (वाईसीएल)लाई सक्रिय बनाएको छ । बिहिवार अध्यक्ष पुष्पकमल दाहालले पहिलो संविधानसभा चुनावमा जस्तो सक्रियतापूर्वक परिचालन हुन योङ कम्युनिष्ट लिग (वाईसीएल)लाई निर्देशन दिए । वाईसीएलको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष दाहालले चुनाव विजय गराउने अविचलित अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन् ।  विस्तृत शान्ति… Continue reading चुनावको मुखमा माओवादीले गरायो वाइसीएललाई सक्रिय

काङ्ग्रेस नेता गिरिको स्वास्थ्य अवस्था गम्भीर

काठमाठौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बनेको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा अहिले भेन्टिलेटर निकालिएको छ । उनी क्यान्सरबाट पिडित छन् ।

नेपालमा थप ६२३ जनामा कोरोना पुष्टी, ४८७ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९४ हजार ८५९ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप ६२३ जनामा कोरोना पुष्टी, ४८७ जना संक्रमण मुक्त

संकटग्रस्त श्रीलंकाको आर्थिक सङ्कुचन ८ प्रतिशतभन्दा धेरै हुने

कोलम्बो । श्रीलङ्काको आर्थिक मन्दीका कारण यस वर्ष कम्तीमा ८ प्रतिशतले संकुचन आउने तर सर्वसाधारणले चाँडै नै मुद्रास्फीतिबाट केही राहतको अपेक्षा गर्न सक्ने श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले बिहीबार बताएका छन् । गत अप्रिलमा ५१ अर्ब अमेरिकी डलर बराबरको वैदेशिक ऋण नतिरेको यो टापु राष्ट्रले महिनौंसम्म खाद्यान्न, इन्धन र औषधिको अभाव भएपछि अन्तर्राष्ट्रिय मुद्रा कोषको सहुलियत… Continue reading संकटग्रस्त श्रीलंकाको आर्थिक सङ्कुचन ८ प्रतिशतभन्दा धेरै हुने

नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ सञ्चालन

तस्बिर: युनिसेफ

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा वृहत्त स्तनपान व्यवस्थापन केन्द्र (ह्युमन मिल्क बैंक) सञ्चालनमा आएको छ । अस्पतालको ६३ औं वार्षिकोत्वसको अवसरमा शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले वृहत्त स्तनपान व्यवस्थापन केन्द्र उद्घाटन गरेकी हुन् । यो नै नेपालको पहिलो (ह्युमन मिल्क बैंक) हो । मिल्क बैंकको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले ह्युमन मिल्क बैंकले… Continue reading नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ सञ्चालन

हर्क र बालेनलाई दिपकराजको व्यंग्य: लठ्ठी नै जुधाएर भाँच्यौ भने के टेक्छौ ?

काठमाडौं । तीनदेखि सामाजिक सञ्जालमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र धरानका मेयर हर्कराज राई साम्पाङबीच चलेको घोचपेच र व्यंग्यले उनीहरुको समर्थक निराश बनेका छन् । काठमाडौं आएर मेयर साम्पाङ धरान फर्केपछि उनीहरुबीच घोचपेच र व्यंग्य चलिरहेको छ । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर र यसको व्यवस्थापनका विषयमा उनीहरुबीच घोचपेच चलेको हो । ‘काठमाडौंको फोहोर… Continue reading हर्क र बालेनलाई दिपकराजको व्यंग्य: लठ्ठी नै जुधाएर भाँच्यौ भने के टेक्छौ ?

यूरोपमा आँधी, कम्तिमा १३ को मृत्यु

File : (NHC). (Xinhua/Yin Bogu/IANS)

पेरिस । यूरोपका विभिन्न भेगमा आएको विनासकारी आँधीले कम्तिमा १३ जना मारिएका छन् । अन्तरांष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बिहीबार मध्य युरोपमा आएको घातक आँधीमा परी उक्त मानवीय क्षति भएको हो । आँधीका कारण त्यत्तिकै संख्यामा मानिस घाइते भएका छन् । आँधीले सैयौं घरमा क्षति पुर्याएको छ । फ्रान्सको कोर्सीका टापुमा बिहीबार बिहान आएको भीषण आँधी र… Continue reading यूरोपमा आँधी, कम्तिमा १३ को मृत्यु

अमेरिकन आइडलका उपविजेता ‘अर्थन गन’ नेपालमा, शनिबारबाट कन्सर्ट

काठमाडौं । अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडलका उपविजेता अर्थर गन अर्थात् दिवेश पोखरेल नेपाल आइपुगेका छन् । उनी बुधबार अपरान्ह काठमाडौं आइपुगेका हुन् । उनीसहित ब्यान्डका अन्य चार सदस्य पनि काठमाडौं आएका हुन् । पोखरेल आगामी शनिबारबाट शुरु हुने सांगीतिक प्रस्तुतीका लागि काठमाडौं आएका हुन् । उनले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायत नेपालका विभिन्न… Continue reading अमेरिकन आइडलका उपविजेता ‘अर्थन गन’ नेपालमा, शनिबारबाट कन्सर्ट

चन्द्रमामा पुनः मानिस पठाउँदै अमेरिका, नासाले तयार पार्यो यान

NASA

फ्लोरिडा । अमेरिकाले चन्द्रमामा मानवसहितको रकेट पठाउने तीव्र तयारी गरिरहेको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमामा पठाउन निर्माण गरिएको रकेट प्रक्षेपणको तयारी थालेको बीबीसीले लेखेको छ । स्पेस लन्च सिस्टम (एसएलएस) नामक उक्त रकेटलाई फ्लोरिडास्थित केनडी स्पेस सेन्टरमा रहेको प्याड ३९बीमा लगिएको छ। त्यहाँबाट उक्त रकेट अगस्ट २९ मा पहिलो पटक उड्नेछ। त्यो परीक्षण… Continue reading चन्द्रमामा पुनः मानिस पठाउँदै अमेरिका, नासाले तयार पार्यो यान

जापानमा एकै दिन साढे २ लाखमा भेटियो कोरोना

टोकियो । जापानमा एकै दिन साढे २ लाख मानिसमा कोरोना संक्रमण भएको पाइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयको आंकडा अनुसार एकैदिन २ लाख ५५ हजार पाँच सय ४२ जनामा कोभिड पुष्टी भएको हो । ४ लाख ८२ हजार २२७ जनामा परिक्षण गर्दा ती मानिसमा कोरोना देखिएको हो । यो सङ्ख्या हालसम्मकै सबैभन्दा बढी भएको समाचारमा… Continue reading जापानमा एकै दिन साढे २ लाखमा भेटियो कोरोना

आज श्रीकृष्ण जन्माष्टमी, देशभर मनाईंदै

Photo : Deshsanchar

काठमाडौं । श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । सरकारले आज सार्वजनिक विदा दिएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन व्रतालुहरु रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन… Continue reading आज श्रीकृष्ण जन्माष्टमी, देशभर मनाईंदै

तनहुँमा करेन्ट लागेर बाबु छोराको मृत्यु

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको छ, आमा घाइते भएकी छिन् ।मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनको नौ महिनाको छोरा आदि ब्याम्बो रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन्… Continue reading तनहुँमा करेन्ट लागेर बाबु छोराको मृत्यु

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आह्वान

काठमाडौं । सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आह्वान गरेका छन् । भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरुको स्वागतमा आयोजित एक कार्यक्रममा यस्तो आग्रह गरिएको हो । उद्योग मन्त्रालयको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु… Continue reading नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आह्वान

बिहीबार २८४ गाडी फोहोर बन्चरे डाँडामा बिसर्जन

काठमाडौं । बन्चरे डाँडामा स्थानीयको अवरोध बिहीबार समेत कायम रह्यो । यसका वावजुत बिहीबार बञ्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीहरुलाई केहीबेर स्थानीयले अवरोध गरेका थिए । स्थानीयवासीको अवरोध हटाउन बिहीबार समेत ठूलो संख्यामा प्रहरी खटाइएको थियो । पक्राउ परेका स्थानीयलाई रिहा गर्नुपर्ने… Continue reading बिहीबार २८४ गाडी फोहोर बन्चरे डाँडामा बिसर्जन

दुई ठूला जलविद्युत आयोजना निर्माणको जिम्मा भारतलाई

काठमाडौं । नेपालका दुई ठूला जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीले पाएका छन् । भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना पाएको छ । साथै ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र समेत सोही कम्पनीले पाएको छ । बिहीबार आयोजित कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने… Continue reading दुई ठूला जलविद्युत आयोजना निर्माणको जिम्मा भारतलाई

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको त्यस्तै प्रतिनिधि सभाबाट पारित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फर्काइदिएको नागरिकता विधेयक फेरि संसदबाट मतदानमार्फत पारित भएको छ। प्रतिनिधि सभाको बैठकबाट विधेयक हुबहु पारित भएको हो। गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिले पुनर्विचार गर्न पठाएको विधेयक हुबहु पारितका लागि निर्णयार्थ पेश गरेपछि प्रमुख प्रतिपक्षी एमालेले विरोध गरेको थियो। एमालेको माग अनुसार नै मतदान भएको थियो । संसदमा कूल उपस्थिति संख्या १९५… Continue reading राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको त्यस्तै प्रतिनिधि सभाबाट पारित

नेपालमा थप ५४२ जनामा कोरोना पुष्टी, ४२१ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०८२ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र २८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३१८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९४ हजार ६१३ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप ५४२ जनामा कोरोना पुष्टी, ४२१ जना संक्रमण मुक्त