काठमाडौं । सरकारले मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री खाणले गृह मन्त्रालयका सहसचिव डा. भिष्म भूसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन्। कार्यदलमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा… Continue reading मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि ६ सदस्यीय कार्यदल गठन
Author: Vishwanews.com
वैदेशिक रोजगारीमा गएकालाई आइपीओमा आरक्षण स्वीकृत
काठमाडौं । सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले संगठित संस्थाले जारी गरेको प्राथमिक निष्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षण पाउने निश्चित भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमै यस्तो घोषणा गरेको थियो । यो व्यवस्था कार्यान्वयनका लागि धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली’ संशोधन गरी स्वीकृतिका लागि पठाएको हो । बिहीबार… Continue reading वैदेशिक रोजगारीमा गएकालाई आइपीओमा आरक्षण स्वीकृत
झापामा नहरमा डुबेर दुई बालबालिकाको मृत्यु
झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर ज्यान गएको छ । शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसमम नफर्किएपछि परिवारले खोजी सुरु गरेका… Continue reading झापामा नहरमा डुबेर दुई बालबालिकाको मृत्यु
युक्रेनको परमाणु केन्द्रमा बमबारी, राष्ट्रसंघको चेतावनी
काठमाडौं । युक्रेनको जापोरीजा परमाणु ऊर्जा केन्द्रमा थप बमबारी भएको छ । परमाणु केन्द्रमा गरिएको आक्रमणमा रुस र युक्रेन दुवैले एक अर्कालाई आरोप लगाएका छन्। युरोपकै सबैभन्दा ठूलो ऊर्जा उत्पादन केन्द्रको कार्यालय र अग्नि केन्द्रमा १० वटा प्रहार भएको युद्धरत दुवै पक्षले बनाए। यस विषयमा छलफलका लागि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पनि छलफल भइरहेको छ।… Continue reading युक्रेनको परमाणु केन्द्रमा बमबारी, राष्ट्रसंघको चेतावनी
आगामी तीन दिनसम्म वर्षाको सम्भावना
काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ… Continue reading आगामी तीन दिनसम्म वर्षाको सम्भावना
फिफा विश्वकप निर्धारित मितिभन्दा एक दिन अगाडी सर्यो
काठमाडौं । आगामी नोभेम्बर–डिसेम्बरमा कतारले आयोजना गर्ने फिफा विश्वकप फुटबलको मिति एक दिन अगाडी सरेको छ । यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तालिका थियो । तर अब एक दिन अघि अर्थात नोभेम्बर २० मै विश्वकप सुरु हुनेछ । जसमा आयोजक कतारले इक्वेडरसँग उद्घाटन खेल खेल्नेछ । यसअघिको तालिका अनुसार कतार र इक्वेडरबीचको खेल… Continue reading फिफा विश्वकप निर्धारित मितिभन्दा एक दिन अगाडी सर्यो
रक्षा बन्धन तथा जनै पूर्णिमा, देशभर उल्लासमय वातावरणमा मनाईंदै
काठमाडौं (रासस) । आज श्रावण शुक्ल पूर्णिमा, रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर उल्लासमय वातावरणमा मनाइंदैछ । यस दिन नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाउने गरिन्छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं… Continue reading रक्षा बन्धन तथा जनै पूर्णिमा, देशभर उल्लासमय वातावरणमा मनाईंदै
आज गाइजात्रा, यस्तो छ मनाउने कारण
काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेको छ । पर्वको अवसरमा आज सरकारले देशभर सार्वजनिक विदा दिएको छ । नेवारी भाषामा ‘सापारु’ भनिने गाईजात्रा पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान… Continue reading आज गाइजात्रा, यस्तो छ मनाउने कारण
चीनले पुनः बन्द गर्यो नेपालसँगका नाका
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेको भन्दै चीनले पुनः एकतर्फी रुपमा नेपालसँगका नाका बन्द गरेको छ । तिब्बतमा कोभिड संक्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको बताइएको छ । नाका बन्द भएपछि तीन दिन अघिदेखि सो नाकाबाट चिनियाँ सामान आयात हुन नपाएको भन्सार कार्यालयले जनाएको छ । तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार बुधबारदेखि… Continue reading चीनले पुनः बन्द गर्यो नेपालसँगका नाका
चीनबाट फर्किएका परराष्ट्र मन्त्री खड्काले भने : चीनलाई विश्वास दिलाउन सफल भएँ
काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्का तीन दिने चीन भ्रमण पुरा गरी काठमाडौं फर्किएका छन् । उनले नेपाली भूमि चीनविरूद्ध प्रयोग गर्न नदिनेमा चीनलाई विश्वास दिलाउन आफु सफल भएको प्रतिक्रिया दिए । उनले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले समकक्षी वाङ यीलाई नेपालको भूमि चीनविरूद्ध प्रयोग गर्न नदिनेमा विश्वास दिलाएको बताएका हुन् । नेपाल एक… Continue reading चीनबाट फर्किएका परराष्ट्र मन्त्री खड्काले भने : चीनलाई विश्वास दिलाउन सफल भएँ
एमालेले बनायो अध्यक्ष ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी
काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले ओलीको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको हो । समितिमा केन्द्रीय कमिटीका सदस्य, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्षरमहासचिव र विभागका सचिव रहनेछ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र… Continue reading एमालेले बनायो अध्यक्ष ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी
अर्थसचिव बने कृष्णहरी पुष्कर, राजस्व सचिवमा दंगाल
काठमाडौं । सरकारले अर्थ सचिवमा कृष्णहरि पुष्करलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सचिवमा पुष्करलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि अर्थ मन्त्रालयमा राजस्व सचिव थिए । यसअघि मन्त्रिपरिषदको बैठकले तत्कालिन अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो । मन्त्रिपरिषद बैठकले राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिएको… Continue reading अर्थसचिव बने कृष्णहरी पुष्कर, राजस्व सचिवमा दंगाल
भुवन केसीको नियुक्ति अयोग्य भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त हुन उनको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा केसीविरुद्ध रिट दायर भएको हो । बोर्डको अध्यक्षमा आवेदन दिएका ७ जनाले केसीविरुद्ध अदालतमा रिट दर्ता गरेका हुन् । रिटमा केसीलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय खारेज… Continue reading भुवन केसीको नियुक्ति अयोग्य भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर
नेपालमा थप ८१५ जना कोरोना संक्रमित थपिए, ५ जनाको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४११ जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २१२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९२ हजार १४६ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप ८१५ जना कोरोना संक्रमित थपिए, ५ जनाको निधन
पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा
काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् । यसअघि भएका सहमति नेपाल आयल निगमले पालना नगरेको भन्दै व्यवसायीले फेरि आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । ढुवानी भाडा बढाउन पटक पटक सहमति गरे पनि त्यसलाई कार्यन्वयन निगमले आलटाल गरेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ । ‘आगामी… Continue reading पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा
रोकिएन नेपाली शेयर बजारको ओरालो यात्रा, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजारको आरोलो यात्र कायमै रहेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १९.०६ अंकले घटेर २०३७.८३ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२३ कम्पनीको १ अर्ब ७६ करोड १० लाख २३ हजार ३८ रुपैयाँ बराबरको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर किनबेच… Continue reading रोकिएन नेपाली शेयर बजारको ओरालो यात्रा, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
ताइवान आसपास चीनको सैन्य अभ्यास पूरा
काठमाडौं\बीबीसी । अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणको प्रतिक्रिया स्वरूप सुरु गरिएको करिब एक साता लामो सैन्य अभ्यास पूरा भएको चीनले जनाएको छ। चीनको सेनाले स्वशासित ताइवान वरपरको क्षेत्रमा गस्ती जारी रहने जनाउँदै यसअघिको हवाई र सामुद्रिक कारबाही सफल भएको बताएको छ। ताइवानलाई आफ्नो छुट्टिएको प्रान्त रहेको र कुनै समय बल प्रयोग गरेर मूल भूमिमै… Continue reading ताइवान आसपास चीनको सैन्य अभ्यास पूरा
काठमाडौं–केरुङ रेलमार्ग बन्ने सम्भावना बढेको हो ?
काठमाडौं । चिनियाँ भ्रमणमा रहेका परराष्ट्र मन्त्री नारायण खड्कासँगको औपचारिक भेटमा चीनका विदेश मन्त्री वाङ यीले दिएको आश्वासनपछि काठमाडौं–केरुङ रेलमार्ग बन्ने सम्भावना बढेको छ । चीनले केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । यो आयोजना अहिले पनि अन्यौलमा छ । चीनले आश्वासन मात्र दिएको आशंकाका बीच पुनः यो… Continue reading काठमाडौं–केरुङ रेलमार्ग बन्ने सम्भावना बढेको हो ?
बिहीबार बिहान खुल्यो आकास, दिउँसो वर्षाको सम्भावना
काठमाडौं । काठमाडौं उपत्यका र यस आसपासको क्षेत्रमा बिहीबार बिहान आकास खुलेको छ । तर, दिउँसोदेखि पहाडी भूभाग र अन्य भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मुलुकको प्रदेश एक, मधेस प्रदेश र बागमती… Continue reading बिहीबार बिहान खुल्यो आकास, दिउँसो वर्षाको सम्भावना
निर्वाचनको तयारीमा जुट्यो एकीकृत समाजवादी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ।शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले उम्मेदवारको छनोटका लागि आवश्यक मापदण्ड तथा विधि र प्रक्रियाबारेमा प्रस्ताव तयार गर्न महासचिव वेदुराम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले… Continue reading निर्वाचनको तयारीमा जुट्यो एकीकृत समाजवादी
सीट बाँडफाँट गर्न गठित सत्तारुढ दलको कार्यदलको बैठक आज
काठमाडौं । आगामी निर्वाचनमा सीट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्दैछ । दिउँसो २ बजे बालुवाटारमा बैठक बोलाइएको छ । कार्यदलको पहिलो बैठकले संयोजक तोक्ने काम गरेको थियो । कार्यदलमा कांग्रेसबाट तीन जना र अन्य चार दलबाट दुई-दुई जना सदस्य छन्। कार्यदललाई सिट बाँडफाँटको आधार तय गरी कुन दलले कति सिट… Continue reading सीट बाँडफाँट गर्न गठित सत्तारुढ दलको कार्यदलको बैठक आज
ताइवान मुद्दामा नेपालको सन्देश, एक चीन नीतिमा कट्टिवद्ध
काठमाडौं । अहिले ताइवान र चीनबीच तनावपूर्ण स्थिति सिर्जना भएको छ । यसमा अमेरिका समेत जोडिएको छ । यस मुद्दामा नेपाल चीनको पक्षमा रहेको सन्देश चिनियाँ सरकारलाई दिएको छ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्काले आफ्ना समकक्षीलाई भेटेर एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध रहेको बताए । परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच छिङ्दावमा… Continue reading ताइवान मुद्दामा नेपालको सन्देश, एक चीन नीतिमा कट्टिवद्ध
परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षीबीच भेट
काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार भेटवार्ता भएको छ । चीनको साङदोङ प्रान्तको छङ्दाओ सहरमा भएको उनीहरुबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा दुई देशबीचको आपसी सम्बन्ध विस्तारको विषयमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमले लेखेका छन् । छलफलमा यसअघि सम्झौता भएका भौतिक परियोजनालाई अघि बढाउने… Continue reading परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षीबीच भेट
नेपाल विद्युत प्राधिकरणको एक वर्षको नाफा १६ अर्ब ९ करोड
काठमाडौं । कुलमान घिसिङको नेतृत्वमा निरन्तर राम्रो प्रदर्शन गरिरहेको नेपाल विद्युत प्राधिकरणले एक वर्षको अवधिमा १६ अर्ब ९ करोड रुपैयाँ मुनाफा कमाएको छ । प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८\७९ को अपरिस्कृत तथ्यांक अनुसार संस्थाको वार्षिक नाफा १६४ प्रतिशतले बढेको हो । आव २०७७\७८ मा ६ अर्ब १० करोड मात्र खुद नाफा थियो । प्राधिकरणका… Continue reading नेपाल विद्युत प्राधिकरणको एक वर्षको नाफा १६ अर्ब ९ करोड
नर्भिकको संरचना नहटाउन सर्वोच्चको अल्पकालिन आदेश, भड्किए बालेन
काठमाडौं । सर्वोच्च अदालतले नर्भिक अस्पतालले भाडामा लिएको सरकारी जग्गामा रहेको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । काठमाडौं महानगरपालिकाले गत सोमबार २४ घण्टाभित्र उक्त संरचना हटाउन निर्देशन दिएको थियो भने मंगलबार मेयर बालेन्द्र (बालेन) साह आफैं नर्भिक अस्पताल पुगेका थिए । त्यसपछि अस्पताल र काठमाडौं महानगरका प्राविधिकले तोकेको समयमा संरचना भत्काउने… Continue reading नर्भिकको संरचना नहटाउन सर्वोच्चको अल्पकालिन आदेश, भड्किए बालेन
नेपालमा एकैदिन ८६८ जना कोरोना संक्रमित थपिए, ३ जनाको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टामा ३६१४ नमूनाको पीसीआर र ३०९१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ४९६ र एन्टिजेन विधिबाट ३७२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ५८८५ रहेको छ। पछिल्लो… Continue reading नेपालमा एकैदिन ८६८ जना कोरोना संक्रमित थपिए, ३ जनाको निधन
बालाजु बाइपासस्थित भएको आगलागी दुई घण्टापछि नियन्त्रणमा, क्षतिको विवरण संकलन हुँदै
काठमाडौं । बालाजु बाइपासस्थित एक जुत्ता कारखानामा भएको आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको छ । वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो दमकलको सहायतामा नियन्त्रणमा लिइएको हो । काठमाडौं, ललितपुर महानगरपालिका, भक्तपुर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सातवटा दमकलको प्रयासले आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत… Continue reading बालाजु बाइपासस्थित भएको आगलागी दुई घण्टापछि नियन्त्रणमा, क्षतिको विवरण संकलन हुँदै
एक वर्षमा कामनपाको खर्च ७ अर्ब ३१ करोड
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा ७ अर्व ३१ करोड ३५ लाख २९ हजार ४४२ रुपैयाँ ४७ पैसा खर्च गरेको छ । बुधबार राष्ट्रिय सभा गृहमा वार्षिक समीक्षा बैठकमा वित्त विभागले यो अङ्क प्रस्तुत गरेको हो। काठमाडौं महानगले करिब १९ अर्बको बजेट ल्याएकोमा साढे १६ अर्बमा झार्दा पनि ४४.२४ प्रतिशत मात्रै खर्च गरेको… Continue reading एक वर्षमा कामनपाको खर्च ७ अर्ब ३१ करोड
नेपाली शेयर बजारको ओरालो यात्र कायमै, तीन दिनमै नेप्से ६५ अंकले घट्यो
काठमाडौं । शेयर बजारको आरोलो यात्र कायमै रहेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ५.११ अंकले घटेर २०५७.६८ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २१८ कम्पनीको १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४६ रुपैयाँ बराबरको ४६ लाख ४० हजार८४४ कित्ता शेयर किनबेच भएका… Continue reading नेपाली शेयर बजारको ओरालो यात्र कायमै, तीन दिनमै नेप्से ६५ अंकले घट्यो
चीनसँगको मूख्य नाका रसुवागढी जाने बाटो पहिरोले बगायो, सडक अवरुद्ध
रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने बेत्रावती कालिकास्थान तथा बेत्रावती मैलुङ सडक पहिरोले बगाएको छ । जसले गर्दा नाकासम्म पुग्ने पहुँच नै अवरुद्ध बनेको छ । गतराति ठूलो वर्षाका कारण आएको पहिरोले जिल्लाको उत्तरगया गाउँपालिका-५ स्थित बनुवामा कालोपत्रे सडक नै बगाएपछि सम्पर्क टुटेको हो । सडक बन्द भएका कारण सदरमुकाम धुन्चे, रसुवागढी नाका,… Continue reading चीनसँगको मूख्य नाका रसुवागढी जाने बाटो पहिरोले बगायो, सडक अवरुद्ध