ताइवान आसपास चीनको सैन्य अभ्यासविरुद्ध अमेरिकाको कडा आलोचना

Getty Images\BBC

काठमाडौं । चीनले आफूमाथि आक्रमण गर्न अभ्यास गरेको ताइवानले बताएपछि संयुक्त राज्य अमेरिकाले बेइजिङले उत्तेजना फैलाउन खोजेको र अनुत्तरदायी काम गरेको भन्दै उसको चर्को आलोचना गरेको छ। बीबीसीका अनुसार ताइवानले चिनियाँ सैन्य अभ्यासको यथोचित प्रतिक्रिया दिइएको जनाएको छ। बेइजिङले त्यस्तो अभ्यास थालेको आइतवार चौथो दिन पुगेको छ । ह्वाइट हाउसका अनुसार चीनले ताइवानबारे विद्यमान यथास्थिति… Continue reading ताइवान आसपास चीनको सैन्य अभ्यासविरुद्ध अमेरिकाको कडा आलोचना

नयाँ सिजनअघि बार्सिलोनाको उत्कृष्ट प्रदर्शन, जित्यो जोन गाम्पर उपाधी

काठमाडौं । नयाँ सिजन शुरु हुनु अगाडी बार्सिलोना उत्कृष्ट लयमा देखिएको छ । आइतबार राती क्लवले मेक्सिकन क्लब पुमास यूएनएएमलाई आधा दर्जन गोल अन्तरले हराउँदै जोन गाम्परको उपाधि जितेको छ । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ६–० को जित निकालेको हो। बार्सिलोनाका लागि पेड्रीले दुई गोल गरे। रोबर्ट लेवान्डोस्की, औसमाने डेम्बेले, पिएरे औबामेयाङ… Continue reading नयाँ सिजनअघि बार्सिलोनाको उत्कृष्ट प्रदर्शन, जित्यो जोन गाम्पर उपाधी

सोमबार पूर्वी नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौं । सोमबार देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ । मौसमविद्‍का अनुसार हाल प्रदेश नम्बर–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ। देशका बाँकी भूभागमा आंशिक बदली छ। कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेकाले पूर्व क्षेत्रमा वर्षा भइरहेको छ।… Continue reading सोमबार पूर्वी नेपालमा भारी वर्षाको सम्भावना

त्रिभुवन विमानस्थलको सेवा चुस्त पार्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । अनुगमनका क्रममा मन्त्री श्रेष्ठले विमानस्थलको संरचना तथा सुधारका लागि भएका प्रयासका बारेमा जानकारी लिनुका साथै यात्रुहरुलाई सहज हुने गरी व्यवस्थापन चुस्तदुरुस्त राख्न व्यवस्थापन पक्षलाई निर्देशन दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई अन्तर्राष्ट्रिय जगतमा जोड्ने प्रमुख विमानस्थल रहेको चर्चा गर्दै… Continue reading त्रिभुवन विमानस्थलको सेवा चुस्त पार्न पर्यटनमन्त्रीको निर्देशन

निर्वाचनमा तालमेल मिलाउन गठन भएको सत्ता गठबन्धनको कार्यदलको बैठक आज

काठमाडौं । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक सोमबार बस्ने भएको छ । सिट बाँडफाँटको मोडालिटी तयार पार्न बनाइएको कार्यदलको बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । गत साउन २० मा सत्ता… Continue reading निर्वाचनमा तालमेल मिलाउन गठन भएको सत्ता गठबन्धनको कार्यदलको बैठक आज

पहिलो दिन निर्वाचन आयोगमा ५ वटा दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले गरेको दल दर्ताको आह्वानको पहिलो दिन ५ वटा राजनीतिक दल दर्ता भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्‍यको निर्वाचनमा भाग लिन उनीहरुलाई आयोगलेदल दर्ताको लागि आह्वान गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार पहिलो नम्बरमा सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ ।… Continue reading पहिलो दिन निर्वाचन आयोगमा ५ वटा दल दर्ता

१ जनवरी २०२३ बाट संचालनमा आउने भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । पोखरामा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ बाट सञ्चालनमा आउने भएको छ । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने मिति तय गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी १७ पुसदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो । यो नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । चिनियाँ… Continue reading १ जनवरी २०२३ बाट संचालनमा आउने भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

जवराविरूद्धको महाअभियोग प्रस्ताव छलफलका लागि समितिमा

काठमाडौं । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ । प्रतिनिधिसभाको आइतवारको बैठकमा महाअभियोग प्रस्तावको सम्बन्धमा छलफल भएको थियो। छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव प्रतिनिधिसभाले यसअघि नै गठन गरेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए। सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधिसभाको बहुमतले स्वीकृत गरेको छ। आइतबार एमालेका सांसदहरूले प्रधानन्यायाधीशविरुद्धको महाभियोग… Continue reading जवराविरूद्धको महाअभियोग प्रस्ताव छलफलका लागि समितिमा

नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण तीव्र गतिमा,सुरुङ खन्ने काम ६० प्रतिशत पूरा

काठमाडौं । राष्ट्रिय गौरव आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम झन्डै दुई तिहाई सम्पन्न हुन लागेको हो । नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार साउन २२ गतेसम्म सुरुङ खन्ने काम ६० प्रतिशत पूरा भएको छ । हालसम्म ३ हजार २७६ मिटर सुरुङ खन्ने काम पूरा भएको हो । कोभिडकालमा… Continue reading नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण तीव्र गतिमा,सुरुङ खन्ने काम ६० प्रतिशत पूरा

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । शेयर बजार दोहोरोे अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १०.२७ अंकले बढेर २१२३.८२ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २१९ कम्पनीको २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँ बराबरको ६१ लाख ६ हजार ५२१ कित्ता शेयर किनबेच भएका… Continue reading नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

उपत्यकामा नो हर्न अभियान पुन: सुरु, अत्यावश्यक अवस्थामा बाहेक निषेध

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ। आइतवार एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा आजबाट यो अभियान शुरु गरिएको… Continue reading उपत्यकामा नो हर्न अभियान पुन: सुरु, अत्यावश्यक अवस्थामा बाहेक निषेध

नेपालमा थप ५५३ जनामा कोरोना पुष्टी, ४३३ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०४० जनाको पीसीआर परीक्षण गर्दा ४५१ जना र १७४९ जनाको एन्टिजेन परीक्षण गर्दा १०२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९० हजार १२७ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप ५५३ जनामा कोरोना पुष्टी, ४३३ जना संक्रमण मुक्त

नयाँ सिजनको पहिलो खेलमै चम्किए मेसी र नेयमार

काठमाडौं । लियोनल मेसी र नेयमार चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा क्लेरमोन्टलाई ५–० को गोल अन्तरले पराजित गरेको छ ।पीएसजीका लागि नेयमारले गोलको खाता खोलेपछि अचराफ हकिमी र मारक्विन्होसले पहिलो हाफमा गोल थपे । दोस्रो हाफमा मेसी चम्किए । उनले दुई गोल गरे । त्यसमध्ये एक गोल उत्कृष्ट ‘ओभर हेड… Continue reading नयाँ सिजनको पहिलो खेलमै चम्किए मेसी र नेयमार

क्याथे प्यासिफिकले काठमाडौं उडान थाल्दै

rss

काठमाडौं । हङ्कङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हङ्कङ–काठमाडौं–हङ्कङ उडान भर्ने भएको छ । एयरवेजले असोज १५, ९अक्टोबर (तारिख) देखि सातामा एउटा उडान भर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हो ।प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार क्याथे एयरवेजले उडानका लागि सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको र मात्रै स्लट मिलाउन बाँकी… Continue reading क्याथे प्यासिफिकले काठमाडौं उडान थाल्दै

इजरायल–प्यालेस्टाइनबीच युद्ध चर्कियो, मृत्यु हुने २४ पुगे

Photo : microsites-live-backend.cfr.org

काठमाडौं\एजेन्सी । इजरायल र यालेस्टाइनबीच पुनः युद्ध चर्किएको छ । इजरायलले प्यालेस्टिनी समूह इस्लामिक जिहादका लडाकुको अखडामा आक्रमण गरेको बताएको छ । तर, मारिनेमा ६ जना बालबालिका समेत छन् । यी दुई मुलुकबीच एक वर्षपछि पुनः हिंशा भड्किएको हो । सन् २०२१ को मे महिनामा इजरायलमा दुई सय प्यालेस्टिनी र एक दर्जन इजरायलीको मृत्यु भएपछि… Continue reading इजरायल–प्यालेस्टाइनबीच युद्ध चर्कियो, मृत्यु हुने २४ पुगे

आइतबार पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौं । आइतबार देशभर मौसममा आंशिकदेखि सामान्य बदली रहने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालमा बढी वर्षाको सम्भावना छ । देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना… Continue reading आइतबार पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावबारे प्रतिनिधिसभामा आजबाट छलफल

काठमाडौं । अहिले निलम्बितमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे प्रतिनिधि सभाको आजको बैठकबाट छलफल शुरु हुने भएको छ । संघीय संसद सचिवालयको कार्यसूची अनुसार आइतबार बिहान ११ बस्ने बैठकमा महाभियोग प्रस्ताव पेस हुने कार्यक्रम छ । संघीय संसद सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको सात दिन प्रतिनिधि सभामा पेस गर्न परिपक्व हुन्छ । प्रतिनिधि सभा… Continue reading प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावबारे प्रतिनिधिसभामा आजबाट छलफल

निर्वाचनलाई लक्षित गरी दल दर्ता आजबाट

काठमाडौं । आगामी प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लक्षित गरी आजबाट दल दर्ताको समय तोकिएको छ । निर्वाचन मंसिर ४ मा हुदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आजदेखि साउन ३१ गतेसम्म दल दर्ताको समय तोकिएको बताए । आयोगमा २०७९ साउन १९ सम्म दर्ता कायम भएका राजनीतिक दलहरु प्रत्यक्ष र समानुपातिक… Continue reading निर्वाचनलाई लक्षित गरी दल दर्ता आजबाट

सल्यानमा विषालु च्याउ सेवनबाट बालिकाको मृत्यु, ८ जना बिरामी

सल्यान । सल्यानमा जंगली च्याउ खाँदा एक बालिकाको ज्यान गएको छ । शारदा नगरपालिका ४ साइलाकम्दकी ४ वर्षीया जोशना बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजेतिर बालिकाको मृत्यु भएको हो। उनको जिल्ला अस्पताल सल्यानमा उपचार सम्भव नभएपछि शनिबार बिहान सवा ७… Continue reading सल्यानमा विषालु च्याउ सेवनबाट बालिकाको मृत्यु, ८ जना बिरामी

६६० जनामा कोरोना पुष्टी

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको शनिबारको तथ्यांक अनुसार आज एक जनाको मृत्यु भएको छ । शनिबार एन्टिजेन र पिसिआर गरी कुल ४६ सय ८२ वटा नमुनाको परीक्षण गरिएको थियो । यस अवधिमा निको हुनेको संख्या भने ४४४ छ । नेपालमा… Continue reading ६६० जनामा कोरोना पुष्टी

पनौतीमा ‘अफ्रिकन स्वाइन फिबर’बाट ७ सय बङ्गुर मरे

पनौती\रासस । पनौती नगरमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिबर’को सङ्क्रमणका कारण ठूलो सङ्ख्यामा पशु मरेका छन् । व्यावसायिकरुपमा फार्ममा पालिएका बङ्गुरमा गत सोमबार मात्रै उक्त सङ्क्रमण पुष्टि भएको थियो । उक्त रोगका कारण नगरका तीन स्थानको फार्ममा छ सय सात बङ्गुर मरिसकेको नगर कृषि तथा पशुपक्षी शाखाले जनाएको छ । उक्त रोगले नगरको वडा नं ५… Continue reading पनौतीमा ‘अफ्रिकन स्वाइन फिबर’बाट ७ सय बङ्गुर मरे

बाबुराम भट्टराई भन्छन् : राजनीतिमा अझै परीक्षण बाँकी छ

काठमाडौं । जनता समाजवादी पार्टी छाडेर नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको राजनीतिमा अझै परीक्षण बाँकी रहेको बताएका छन् । आफूहरुले दुई÷तीनवटा प्रयोग गरेको, तर यसले मात्र परिणाम दिन नसकेको भन्दै उनले थप परीक्षण बाँकी रहेको बताएका हुन् । नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठकलाई शनिबार सम्बोधन गर्दै उनले नेपालजस्तो भूराजनीतिक… Continue reading बाबुराम भट्टराई भन्छन् : राजनीतिमा अझै परीक्षण बाँकी छ

जापान पुगेर प्रचण्डले भने : विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल जारी छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल भइरहेको जानकारी गराएका छन् । जापान भ्रमणमा रहेका उनले शनिबार त्यहाँ आयोजित एक कार्यक्रममा भने, ‘अहिले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तिर हामी बहस गरिरहेका छौं ।’ उनले हालै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिकता संशोधन विधेयकले… Continue reading जापान पुगेर प्रचण्डले भने : विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल जारी छ

इजरायलले गर्यो प्यालेस्टिनी लडाकूको अखडामा हमला, कम्तिमा १० जना मारिए

File : timesofisrael

काठमाडौं\एजेन्सी । इजरायलले गाजा स्ट्रीपमा एक प्यालेस्टिनी लडाकू समूहको अखडामाथि आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हमलामा शीर्ष कमान्डरसहित कम्तीमा १० जना मारिएका छन्। बीबीसीका अनुसार मृत्यु हुनेमध्ये एकजना बालिकासमेत छन् र अन्य दर्जनौँ घाइते भएका छन्। इजरायलका प्रधानमन्त्रीले त्यस्तो कारबाही प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)बाट एउटा तत्कालको जोखिम देखिएपछि उक्त कारबाही गरिएको बताएका छन्।… Continue reading इजरायलले गर्यो प्यालेस्टिनी लडाकूको अखडामा हमला, कम्तिमा १० जना मारिए

पुनः उठ्न छाड्यो काठमाडौंको फोहोर, सडकमा थुप्रियो डंगुर

काठमाडौं । काठमाडौंमा पुनः फोहोर उठ्न छाडेको छ । यसले सडकमा डंगुर बढेको छ । महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याउन र त्यसो नगरे कारावाही गर्ने चेतावनी दिएको थियो । तर, महानगर आफैले फोहोर उठाउन नसक्दा फोहर सडकमा थुप्रिएको हो । बाटो मर्मतको कारण देखाउँदै काठमाडौं महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहरको अन्तिम… Continue reading पुनः उठ्न छाड्यो काठमाडौंको फोहोर, सडकमा थुप्रियो डंगुर

पहाडी भेगका नदीमा बढ्यो पानीको बहाव, सतर्क रहन आह्वान

File

काठमाडौं । देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको छ । बाढी पूर्वानुमान महाशाखाले सतर्क रहन भनेको छ । सिन्धुपाल्चोक, सोलुखुम्बु, दोलखा, प्युठान लगायतका ठाउँमा ठूलो पानी परेकाले यी जिल्ला र आसपासको क्षेत्र भएर बग्ने नदी तथा खोलामा पानीको सतह बढिरहेकाले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो । सिन्धुपाल्चोक र आसपास… Continue reading पहाडी भेगका नदीमा बढ्यो पानीको बहाव, सतर्क रहन आह्वान

थाइल्याण्डमा नाइट क्लवमा आगलागी, कम्तिमा १४ जना मारिए

AP

बैंकक । थाइल्यान्डको दक्षिणपूर्वी प्रान्त चोनबुरीस्थित एउटा नाइट क्लबमा आगलागीमा परी कम्तीमा १४ जनाको मृत्यु भएका छ। आगलागीमा परि ४० जना घाइते भएको समाचार संस्था एपीले जनाएको छ। स्थानीय समय अनुसार शुक्रबार १२स्४५ बजे बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा आगलागी भएको थियो। प्रत्यक्षदर्शीहरूले स्टेज नजिकैको छतमा धुवाँ र आगो देखेको र त्यसपछि विस्फोटहरू भएको… Continue reading थाइल्याण्डमा नाइट क्लवमा आगलागी, कम्तिमा १४ जना मारिए

नुवाकोटमा भूकम्प, काठमाडौंसम्म ठूलो धक्का

काठमाडौं । नुवाकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । बिहान ५ः२६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएको छ । यसअघि साउन १५ गते बिहान ८ : १३ बजे खोटाङको साकेला गाउँपालिका५ मात्तिम बिर्ता… Continue reading नुवाकोटमा भूकम्प, काठमाडौंसम्म ठूलो धक्का

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापानमा

टोकियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान पुगेका छन् । जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका हुन् । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान गएका हुन् । सचिवालयका अनुसार आइतबार उनी नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने भएका छन् । प्रचण्डका… Continue reading माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापानमा

आगामी निर्वाचनका लागि ३१ साउनसम्म दल दर्ता गर्न पाइने

TKP

काठमाडौं । निर्वाचन आयोगले आइतबारदेखि निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ताको आह्वान गरेको हो । यसअघि दर्ता भएका दलहरु निर्वाचन प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने हुन्छ । आयोगका अनुसार ११६ राजनीतिक दल दर्ता भएका छन् । सरकारले आगामी मंसिर ४ गतेका लागि… Continue reading आगामी निर्वाचनका लागि ३१ साउनसम्म दल दर्ता गर्न पाइने