काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमणप्रति विरोध जनाएका छद्धन् । बुधबार विज्ञप्ति निकाल्दै खनालले ताइवान चीनको अभिन्न अंग भएकाले चीनले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन् । ‘चीनसँग कुटनीतिक सम्बन्ध स्थापना गरेका सबै देशले स्वीकार गरेका छन् कि ताइवान चीनको अभिन्न अंग… Continue reading अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति झलनाथ खनालको विरोध
Author: Vishwanews.com
नेपालमा कोरोनाको चौथो लहर: नेपालमा एकैदिन ९१५ जनामा कोरोना पुष्टी
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा ५९० जना र २ हजार ९११ जनाको एन्टिजेन परीक्षण गर्दा ३२५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८८ हजार ६५२ जना पुगेको… Continue reading नेपालमा कोरोनाको चौथो लहर: नेपालमा एकैदिन ९१५ जनामा कोरोना पुष्टी
अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गन ‘दिवेश पोखरेल’को ‘नेपाल टुर’को मिति तय
काठमाडौं । अर्थर गनको रुपमा चर्चित अमेरिकी आइडलका फाइनलिस्ट दिवेश पोखरेलको पहिलो नेपाल टुरको कन्सर्ट मिति निश्चित भएको छ । अमेरिकन आइडलमा क्रिडेन्स क्रियरवाटर रिभाइभल ब्याण्डको ‘ह्याभ यु इभर सिन द रेन’ गाएर चर्चामा आएका पोखरेल साउन ३१ गते काठमाडौंमा आइपुग्ने निश्चित भएको हो । उनले सात सहरमा १० वटा कन्सर्ट गर्दैछन् । उनी देशको… Continue reading अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गन ‘दिवेश पोखरेल’को ‘नेपाल टुर’को मिति तय
कोरोनाबाट नेपालमा १७ दिनमा १७ जनाको मृत्यु, छुटेकालाई खोप लगाउन सरकारको आग्रह
काठमाडौं । नेपालमा कोभिड संक्रमितको संख्या पून उकालो लागेको छ । साउन महिनाको शरुमा १ हजार ४ सय ३९ सक्रिय संक्रमित रहेकोमा साउन १७ गतेसम्म आइपुग्दा ५ हजार १ सय ४४ जना पुगिसकेका छन् । यो ग्राफ क्रमशः बढ्दै गएको देखिन्छ । त्यस्तै साउनमा कोभिड संक्रमणबाट १७ जनाले जयान गुमाइसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी… Continue reading कोरोनाबाट नेपालमा १७ दिनमा १७ जनाको मृत्यु, छुटेकालाई खोप लगाउन सरकारको आग्रह
लाभांश सम्बन्धी पुरानो व्यवस्था खारेज, अब ३० प्रतिशत भन्दा बढी पनि नगद दिन पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले नगद लाभांशमा गरेको कडाइ खारेज गरेको छ । राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन जारी गर्दै लाभांश सम्बन्धी विद्यमान व्यवस्था खारेज गरेको हो । बैंकले दुई वर्षदेखि नगद लाभांशमा कडाइ गर्दै आएको थियो । यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश वितरण गर्न… Continue reading लाभांश सम्बन्धी पुरानो व्यवस्था खारेज, अब ३० प्रतिशत भन्दा बढी पनि नगद दिन पाउने
शंकास्पद व्यक्ति चढेको सूचना आएपछि मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट सबै यात्रु ओरालियो
काठमाडौं । काठमाडौंबाट मुम्बईका लागि उड्न लागेको जहाजमा शंकास्पद व्यक्ति चढेको सूचना आएपछि सबैलाई बाहिर निकालिएको छ । १४१ जना यात्रु बोकेर बुधवार बिहान १ः१० मा मुम्बई उड्न नेपाल एयरलाइन्सको जहाजबाट सबै यात्रु ओरालिएको हो । शंकास्पद व्यक्ति चढेको सूचना आएपछि प्रहरीले जहाज रोकी जाँच गरेको थियो। सूचना आउनसाथ प्रहरीको केन्द्रीय ब्युरो त्रिभुवन विमानस्थल पुगेको… Continue reading शंकास्पद व्यक्ति चढेको सूचना आएपछि मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट सबै यात्रु ओरालियो
झिनो अंकले घट्यो नेप्से, ४ अर्ब २ करोडको कारोबार
काठमाडौं । शेयर बजारमा झिनो अंकको घटेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ६.७१ अंकले घटेर २१८६.७७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २१८ कम्पनीको ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँ बराबरको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर किनबेच भएका… Continue reading झिनो अंकले घट्यो नेप्से, ४ अर्ब २ करोडको कारोबार
सप्तकोशी बाढी प्रभावितको उद्धारमा खट्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सप्तकोशी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । बुधबार बिहानदेखि नदीको एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै बस्ती पसेको छ । नदीले धार बदलेर गाउँ पासेपछि बेलकाका वडानम्बर १, २, ८ र ९ का नागरिकलाई स्थानान्तरण गर्न सुरु गरिएको छ । उनीहरूलाई प्रभावकारी रुपमा छिटो स्थानान्तरण… Continue reading सप्तकोशी बाढी प्रभावितको उद्धारमा खट्न गृहमन्त्रीको निर्देशन
बस्तीमा छिर्यो सप्तकोशी, सतर्क रहन आह्वान
उदयपुर । पश्चिम धार कटान गर्दै आएको सप्तकोसी नदी बुधबार बिहान ४ बजेबाट उदयपुरको बेलका नगरपालिका(८ डुम्रिबोटेबाट पश्चिममा पसेको छ । पूर्वी पहाडमा लगातारको वर्षात्सँगै कोसी नदीमा आएको बाढीले पछिल्लो समय कटान तीव्र पारेसँगै पश्चिम तटीय क्षेत्रमा नदी पसेको हो । डुम्रिबोटेमा कटान गर्दै आएको कोसी सोही स्थानबाट बेलका नगरपालिकाका क्षेत्रमा पसेको छ । कोसी… Continue reading बस्तीमा छिर्यो सप्तकोशी, सतर्क रहन आह्वान
कलेजहरुले कम्तिमा १५ दिनको समय राखेर कक्षा ११ को भर्ना खोल्नु पर्ने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा भर्नाका लागि विद्यालय र क्याम्पसले खुलाएका सूचनामा ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले सूचना निकालेर शैक्षिक सत्र २०७९–०८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना कार्यक्रममा विद्यालय तथा क्याम्पसले फरक फरक भर्ना तालिका तय गरी छोटो समयको म्याद राखेकोमा ध्यानाकर्षण भएको जनाएको हो । छोटो समयको म्याद… Continue reading कलेजहरुले कम्तिमा १५ दिनको समय राखेर कक्षा ११ को भर्ना खोल्नु पर्ने
नारायणगढ–मुग्लिन सडक खण्ड आज पनि अवरुद्ध
काठमाडौं । मंगलबार २४ घण्टा बन्द भएपछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अबरूद्ध बनेको छ । पहिरो पन्छाएर खुलेको सडक त्यसको चार घण्टा पछि पुनः अवरुद्ध बनेको प्रहरीले जनाएकोछ । भरतपुर महानगरपालिका २९ नारायणगढ मुग्लिन सडक खण्डको केरावारी (मौरी खोल पुल नजिकै) लगातारको वर्षाको कारण माथिबाट लेदो सहितको पहिरो खसेर बाटो पुनः दुबै तर्फ… Continue reading नारायणगढ–मुग्लिन सडक खण्ड आज पनि अवरुद्ध
आजबाट मौसममा सुधार आउने
काठमाडौं । नेपालमा आजबाट मौसममा सुधार देखिने भएको छ । बुधबार साँझदेखि पूर्वी र मध्य नेपालमा कम पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । पश्चिमतिर भने हिजो अस्तीको तुलनामा एक÷दुई दिन बढी पानी पर्ने छ । अहिले मनसुनी न्यून चापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानभन्दा केही उत्तरतिर र पूर्वी भूभागमा सरदर स्थानमा अवस्थित छ ।… Continue reading आजबाट मौसममा सुधार आउने
अमेरिकी सभामुख पलोसी ताइवानमा, चीन र अमेरिकाबीच तनाव बढ्ने
काठमाडौं/बीबीसी । अमेरिकी संसद्कको तल्लो सदनकी सभामुख न्यान्सी पलोसी मङ्गलवार ढिलोगरी ताइवानमा पुग्ने अपेक्षा गरिएका बेला चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्नसक्ने भन्दै ताइवानले त्यसको तयारी गरिरहेको छ। पलोसीको भ्रमणलाई ह्वाइट हाउसले समर्थन गरेको छैन। तर उनको भ्रमण दशकौँमा भएको उच्च अमेरिकी अधिकारीको पहिलो भ्रमण हुनेछ। ताइवानस्थित प्रहरीले उनको आगमन हुने पुष्टि गरेको छ। उनी… Continue reading अमेरिकी सभामुख पलोसी ताइवानमा, चीन र अमेरिकाबीच तनाव बढ्ने
दाल भन्दै प्रतिवन्धित महंगो चूरोट भित्राउने फर्मविरुद्ध ११ करोड जरिवाना
काठमाडौं । दाल भनेर प्रतिबन्धित विदेशी महँगा चुरोट आयात गर्ने फर्मलाई वीरगञ्ज सुख्खा भन्सार कार्यालयले झण्डै पौने ११ करोड रुपैयाँ जरिवाना गरेको छ । काठमाडौंको टोखामा रहेको कालिका इन्टरप्राइजेज नामक व्यापारिक फर्मलाई गलत भन्सार घोषणा गरेर राजश्व छली गरेको आरोपमा १० करोड ७२ लाख रुपैयाँ जरिवाना गरेको हो । जरिवाना तिर्न सम्पर्कमा नआएपछि र्फमका सञ्चालक… Continue reading दाल भन्दै प्रतिवन्धित महंगो चूरोट भित्राउने फर्मविरुद्ध ११ करोड जरिवाना
साढे २२ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव नेपाल रंगेहात पक्राउ
काठमाडौं । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख घुससहित मंगलबार रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट ६ लाख र गाडीबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको जानकारी गराएको छ । यससँगै उनको साथबाट साढे २२ लाख रुपैयाँ भेटिएको हो ।… Continue reading साढे २२ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव नेपाल रंगेहात पक्राउ
बालाजु-त्रिशूली सडकको ठेक्का तोडियो, ठेकेदारको खाताको रकम पनि जफत
काठमाडौं । काठमाडौं उपत्यकाको फोहर ढुवानी गर्ने मुख्य सडकका रुपमा रहेको बालाजु-त्रिशूली सडक निर्माण सुरु भएको आठ वर्षसम्म निर्माण अलपत्र बनेको छ। पटक-पटक अवधि थप्दासमेत सम्पन्न नभएपछि अहिले सडक विभागले ठेक्का तोडेको छ। सडक अवस्था खराब हुँदा एम्बुलेन्सलगायत अरु अत्यावश्यक सेवा प्रवाहमासमेत कठीनाइ भइरहेको स्थानीयवासी र जनप्रतिनिधिले गुनासो गर्दै आएका छन्। दुई ठेक्कामा निर्माण अघि… Continue reading बालाजु-त्रिशूली सडकको ठेक्का तोडियो, ठेकेदारको खाताको रकम पनि जफत
नेपालमा थप ८१४ जनामा कोरोना पुष्टी, २९९ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८११ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६६२ नमूनाको पीसीआरमा ५०९ र २६५३ नमूनाको एन्टिजेनमा ३०५ जना गरी कूल ८१४ जनामा संक्रमण पुष्टी भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८७ हजार ७३७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप ८१४ जनामा कोरोना पुष्टी, २९९ जना संक्रमण मुक्त
झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट
काठमाडौं । शेयर बजारमा झिनो अंकको घटेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) २८१ अंकले घटेर २१९३।४३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २१७ कम्पनीको ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँ बराबरको ७८ लाख १३ हजार १०२ कित्ता शेयर किनबेच भएका… Continue reading झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट
म्याग्दी पहिरो अपडेट : एकै परिवारका पाँच जनाको मृत्यु,दुई जना घाइते
म्याग्दी ।म्याग्दीमा पहिरोले घर बगाउँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका दुई रुमको घाङ्लेपानीमा पहिरोले घर बगाउँदा ३८ वर्षीय घाम बहादुर विकसहित उनको परिवारका पाँच जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार पहिरोमा परी ३८ वर्षीय घामबहादुर, उनका पत्नी ३५ वर्षीया राममाया विक, छोरा १५ वर्षीय नविन विक, अर्का छोरा १३… Continue reading म्याग्दी पहिरो अपडेट : एकै परिवारका पाँच जनाको मृत्यु,दुई जना घाइते
कोरोना महामारीसँगै अमेरिकामा मंकीपक्सको त्रास, क्यालिफोर्नियामा आपत्काल घोषणा
काठमाडाैं । काेराेना महामारीपछि अमेरिकामा मंकीपक्सकाे आतंक देखिन थालेकाे छ । अमेरिकामा मंकीपक्सका संक्रमित दैनिक रूपमा बढ्न थालेका छन् । मंकीपक्स संक्रमणका ‘केस’ बढेपछि अमेरिकाको क्यालिफोर्नियामा आपत्काल घोषणा गरिएको छ । क्यालिफोर्निया न्युयोर्क र इलिनोइस पछि रोगलाई लिएर राज्यव्यापी आपतकाल जारी गर्ने यो तेस्रो अमेरिकी राज्य हो । आपतकालको घोषणापछि मंकीपक्सबारे समन्वय गर्न, सचेतना जगाउन… Continue reading कोरोना महामारीसँगै अमेरिकामा मंकीपक्सको त्रास, क्यालिफोर्नियामा आपत्काल घोषणा
अमेरिकी ड्रोन हमलाबाट अलकायदाका प्रमुख मारिए
काबुल (बीबीसी) । अल कायदाका नेता अयमान अल जवाहिरी अमेरिकी ड्रोन हमलामा अफगानिस्तानमा मारिएको अमेरिकी राष्ट्रपति जो बाइडनले पुष्टि गरेका छन्। अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतवार अफगान राजधानी काबुलमा उनी मारिएका हुन्। बाइडनले जवाहिरीले ‘अमेरिकी नागरिकहरू विरुद्ध हत्या र हिंसाको गोरेटो कोरेको बताए। ‘अब न्याय मिलेको छ र यी आतङ्कवादी नेता जीवित छैनन्’… Continue reading अमेरिकी ड्रोन हमलाबाट अलकायदाका प्रमुख मारिए
मंगलबार पनि भारी वर्षाको सम्भावना, बुधबारबाट मौसममा सुधार
काठमाडौं । मंगलबार पनि देशभर मनसुनी प्रणाली सक्रिय रहदा भारी वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार विहानै देखि प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ। दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश… Continue reading मंगलबार पनि भारी वर्षाको सम्भावना, बुधबारबाट मौसममा सुधार
म्याग्दीमा पहिरोले घर पुरियो, २ जनाको मृत्यु-तीनजना वेपत्ता
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका २ रुम गाउँको हल्लेपानीमा गयराती पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ । तीनजना वेपत्ता भएका छन् । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका… Continue reading म्याग्दीमा पहिरोले घर पुरियो, २ जनाको मृत्यु-तीनजना वेपत्ता
पहिरोका कारण मुग्लिन-नारायणगढ सडक हरेक दिन प्रभावित, यात्रुलाई सास्ती
काठमाडौं । मनसुनका बेला निरन्तर पहिरो जाँदा काठमाडौंलाई पश्चिम नेपालसँग जोड्ने एक मात्रा राजमार्ग मुग्लिन-नारायणगढ सडक खण्ड जोखिमपूर्ण बनेको छ । सोमबार पहिरोले रोकिएको सडक मंगलबार समेत बिहानैबाट ठप्प छ । गएराति ११ बजेदेखि नै यो सडक खण्ड ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका २९… Continue reading पहिरोका कारण मुग्लिन-नारायणगढ सडक हरेक दिन प्रभावित, यात्रुलाई सास्ती
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी
काठमाडौं । सरकारले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताएका हुन् । सोमबार तिलौराकोटको अवलोकन गर्न पगेका मन्त्री श्रेष्ठले तिलौराकोटको सम्वर्द्धन र संरक्षणका लागि सरकारले कुनै कसर बाँकी… Continue reading तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी
साफ यू–२० च्याम्पियनसिप : नेपाल र बंगलादेश भिड्दै
काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश लिगको अन्तिम खेलमा भिड्दैछन् । प्रतियोगितामा कुल पाँच राष्ट्र सम्मिलित छन् । च्याम्पियनसिपको फाइनलमा शीर्ष दुई टिम पुग्ने छन् । आइतरबार घरेलु टीम भारतसँग ८–० को पराकिलो अन्तरले हारेको नेपालआज भने दवावमा हनेछ । माल्दिभ्स र श्रीलंका फाइनल होडबाट बाहिरिसकेका छन् । बंगलादेश, भारत र नेपालमध्ये… Continue reading साफ यू–२० च्याम्पियनसिप : नेपाल र बंगलादेश भिड्दै
आज नाग पञ्चमी, यस्तो छ महत्व
काठमाडौं (रासस)। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं… Continue reading आज नाग पञ्चमी, यस्तो छ महत्व
करेन्ट लागेकी भाउजुलाई जोगाउँदा देवर-देउरानीको मृत्यु, भाउजु घाइते
दाङ । दाङमा करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको मृत्यु भएको छ । मुत्यु हुनेमा राप्ती गाउँपालिका–२ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगर छन् । करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए । त्यस्तै २७ वर्षीया भिमा गाहा मगर पनि… Continue reading करेन्ट लागेकी भाउजुलाई जोगाउँदा देवर-देउरानीको मृत्यु, भाउजु घाइते
काभ्रेस्थली हत्याकाण्ड : श्रीमतीमाथि आशंका र रिसको अकल्पनीय परिणाम
काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव भेटिएपछि सोमबार देशभर हावासरी खबर फैलियो । अनेक कोणबाट घटनाबारे चर्चा परिचर्चा भए । किनकी यस घटनामा दुई अवोध बालबालिकको समेत विभत्स तरिकाले हत्या भएको थियो । घरमा भित्रबाट चुलुक लगाएका कोठामा मृत शवहरु हेर्दा घटनाबारे अनेक आशंका गरिएका थिए । अन्ततः प्रहरीले यो घटनामा श्रीमानले… Continue reading काभ्रेस्थली हत्याकाण्ड : श्रीमतीमाथि आशंका र रिसको अकल्पनीय परिणाम
‘विप्लव’को चेतावनी-‘सरकारले देशलाई द्वन्द्वतिर धकेल्न खोज्यो, हातमा दही जमाएर बस्दैनौँ’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित नेताहरूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि नेकपाले आपत्ति जनाएको छ। ललितपुर जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लब र प्रवक्ता प्रकाण्डलाई पक्राउ पुर्जी जारी गरेपछि प्रवक्ता खड्गबहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘आजका मितिसम्म हाम्रो पार्टी तीनबुँदे सहमतिको… Continue reading ‘विप्लव’को चेतावनी-‘सरकारले देशलाई द्वन्द्वतिर धकेल्न खोज्यो, हातमा दही जमाएर बस्दैनौँ’