काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट)का लागि बिहान ११ बजेदेखि अनलाइन आवेदन फारम खोल्ने भएको छ । सोमबार विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदन सुविधाबारे जानकारी गराएको हो । यसअघि विभागले दिउँसो साढे ४ बजेपछि मात्र राहदानीको अनलाइन फारम भर्न पाउने व्यवस्था गरेको थियो । ‘राहदानी विभागले भोलिबाट प्रत्येक दिन ११ बजे अनलाइन… Continue reading राहदानीको अनलाइन आवेदन बिहान ११ बजेदेखि खुल्ने
Author: Vishwanews.com
दिनदिनै बढ्दै कोरोना, यी हुन् निःशुल्क उपचार गर्ने १७ अस्पताल
काठमाडौं । कोरोना संक्रमण बढ्दै जाँदा सरकारले १७ अस्पतालमा संक्रमितको निःशुल्क उपचार हुने व्यवस्था मिलाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर १७ वटा अस्पताललाई कोरोना संक्रमणको निःशुल्क उपचारका लागि तोकेको हो। संक्रमितको संख्या बढ्ने भएपछि अब अस्पताल भर्ना हुने बिरामीको संख्या पनि बढ्ने देखिन्छ। यसका लागि स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार गर्न सकिने अस्पतालहरूको सूची सार्वजनिक… Continue reading दिनदिनै बढ्दै कोरोना, यी हुन् निःशुल्क उपचार गर्ने १७ अस्पताल
नेपालमा एकैदिन थप ८९५ जनामा कोरोना पुष्टी, २६४ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३६८५ नमूनाको पीसीआरमा ६३२ र २२२४ नमूनाको एन्टिजेनमा २६३ जना गरी कूल ८९५ जनामा संक्रमण पुष्टी भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८७ हजार २२८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा एकैदिन थप ८९५ जनामा कोरोना पुष्टी, २६४ जना संक्रमण मुक्त
झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब ६७ करोडको कारोबार
काठमाडौं । शेयर बजारमा झिनो अंकको बढेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १.१५ अंकले बढेर २१९६.२५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २१७ कम्पनीको ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैयाँ बराबरको १ करोड ५ लाख १८ हजार ७१२ कित्ता शेयर… Continue reading झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब ६७ करोडको कारोबार
आइओसीले घटाएर पठायो इन्धनको भाउ, प्रतिलिटर कति घट्यो ?
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीले निगमलाई पेट्रोलियम पदार्थको सोमवार नयाँ मूल्यसूची पठाएको हो । आईओसीले अहिले घटाएर पठाए पनि यसअघिको नोक्सानीको असर परिरहेकाले सोनुरुप नेपालमा तत्काल तेलको मूल्य नघट्ने निगम स्रोतले जनाएको छ । आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल र… Continue reading आइओसीले घटाएर पठायो इन्धनको भाउ, प्रतिलिटर कति घट्यो ?
ललितपुरका दुई पालिकामा डेङ्गु सङ्क्रमित भेटिए
ललितपुर । ललितपुर महानगरपालिकाका साथै महालक्ष्मी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमित भेटिएका छन् । महानगरको वडा नं ५/१४ तथा महालक्ष्मीका केही वडामा उक्त सङ्क्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सतिश विष्टले जानकारी दिए । उनले भने, ‘हामीले मानभवन, कुमारीपाटी एवं तिखिदेवलका साथै महालक्ष्मीमा पनि उक्त रोगका बिरामी भेटेसँगै घर–घर घुमेर लाम्खुट्टे नष्ट गर्ने अभियान थालेका… Continue reading ललितपुरका दुई पालिकामा डेङ्गु सङ्क्रमित भेटिए
विप्लव र प्रकाण्डसहितका नेताहरुलाई पक्राउ पुर्जी जारी, यस्तो छ अभियोग
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ पुर्जी जारी… Continue reading विप्लव र प्रकाण्डसहितका नेताहरुलाई पक्राउ पुर्जी जारी, यस्तो छ अभियोग
काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला, हत्याको आशंका
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा एकै परिवारका चार जनाको मृत भेटिएका छन् । प्रहरीका अनुसार चारै जनाको शव घरभित्र फेला पारेको हो । मृतक श्रीमान–श्रीमती १३ वर्षकी छोरी र ८ वर्षका छोरा रहेका छन् । एकै परिवारका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८… Continue reading काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला, हत्याको आशंका
कोशी र नारायणीमा बाढी, अन्य कुन-कुन नदी किनारमा जोखिम छ ?
काठमाडौं । देशभर आएको वर्षाले ठूला नदीहरुको पानीको बहाव बढेको छ । मौसम पूर्वानुमान महाशाका अनुसार कोशी र नारायणी नदीमा बाढी आएको छ । नारायणी नदीका केही ठाउँमा पानीको सतह सतर्कता तहभन्दा माथि पुगिसकेको छ । नवलपरासीको बर्दघाट, डण्डा र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको छ । यो क्षेत्र भइ बहने… Continue reading कोशी र नारायणीमा बाढी, अन्य कुन-कुन नदी किनारमा जोखिम छ ?
मङ्कीपक्सका बिरामी बढेपछि न्यूयोर्कमा स्वास्थ्य आपतकाल लागु
न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा मङ्कीपक्सको प्रकोप फैलिएपछि सार्वजनिक स्वास्थ्य सङ्कटको घोषणा भएको छ । न्युयोर्क सहरका मेयर एरिक एडम्स र सहरका स्वास्थ्य आयुक्त आश्विन भासनले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा न्युयोर्कमा अहिलेसम्म १ हजार ३ सय ८३ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको बताइएको छ । न्युयोर्क सहर यो प्रकोपको केन्द्र बनेको र मङ्कीपक्सको जोखिम बढेको भन्दै… Continue reading मङ्कीपक्सका बिरामी बढेपछि न्यूयोर्कमा स्वास्थ्य आपतकाल लागु
रुसको आक्रमणमा युक्रेनका धनी व्यापारी मारिए
काठमाडौं । युक्रेनका धनाढ्य मध्येका एक अन्न निर्यात गर्ने व्यापारी, रुसको आक्रमणमा मारिएका छन् । दक्षिणी सहर मिकोलाइभस्थित उनीहरूको घरमा राति क्षेप्यास्त्र प्रहार हुँदा ७४ वर्षीय ओलेक्सी भाडातुर्सकी र उनकी श्रीमती राइसा मारिएको अधिकारीहरूले बताएका छन्। बीबीसीका अनुसार अन्न निर्यात सम्बन्धी कम्पनी निबुलोनका मालिक भाडातुर्सकीले हिरो अफ युक्रेन उपाधि समेत पाएका थिए। युक्रेनी राष्ट्रपति भोलोदिमिर… Continue reading रुसको आक्रमणमा युक्रेनका धनी व्यापारी मारिए
सोमबार देशभर भारी वर्षाको संभावना
काठमाडौं । सोमबार देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । त्यसैले देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल देशका प्रदेश १, बागमती,… Continue reading सोमबार देशभर भारी वर्षाको संभावना
पोखरामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु
कास्की । पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते छन्। अविरल वर्षापछि घर माथिबाट आएको पहिराले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने वर्ष २६ का सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए।… Continue reading पोखरामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु
विप्लव विरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले सोमबार उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो। उनीहरूमाथि लागेका यी… Continue reading विप्लव विरुद्ध पक्राउ पुर्जी जारी
साफ यू-२० च्याम्पियनसिप : नेपालको पोष्टमा भारतले गर्यो ८ गोल
काठमाडौं । साफ यू-२० च्याम्पियनसिप प्रतियोगितामा नेपालले भारतसँग लज्जास्पद हार बेहोरेको छ । सुरुवाती दुई खेलमा शानदार जित निकालेको नेपाल भारतसँग भने निरिह सावित भएको छ । नेपालको पोष्टमा भारतले ८ गोल छिरायो । माल्दिभ्स र श्रीलंकालाई भने नेपालले पराजित गरेको थियो । भारत विरुद्ध भने एक गोल पनि फर्काउन सकेन । पहिलो हाफमा एक… Continue reading साफ यू-२० च्याम्पियनसिप : नेपालको पोष्टमा भारतले गर्यो ८ गोल
दोस्रो कार्यकालका लागि अर्थमन्त्री शर्माले गरे पदभार ग्रहण
काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । आइतबार अर्थमन्त्रीमा नियुक्त भएका शर्माले साँझ राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रालयमा पुगेका हुन् । उनलानई मन्त्रालयमा राजस्व सचिव कृष्णहरी पुष्करसहितका कर्मचारीले भब्य स्वागत गरे । मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा मन्त्री शर्माले उच्च नेतृत्वलाई आफुलाई यो अवसर… Continue reading दोस्रो कार्यकालका लागि अर्थमन्त्री शर्माले गरे पदभार ग्रहण
नेपालमा थप ६२० जनामा कोरोना पुष्टी,२९७ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६२० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६५१ नमूनाको पीसीआरमा ४९१ र ३१९५ नमूनाको एन्टिजेनमा १२४ जना गरी कूल ६२० जनामा संक्रमण पुष्टी भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८६ हजार ५९५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप ६२० जनामा कोरोना पुष्टी,२९७ जना संक्रमण मुक्त
अर्थ मन्त्रालयमा जनार्दनको कमब्याक, राष्ट्रपतिद्वारा अर्थमन्त्री नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा जनार्दन शर्मालाई नियुक्त गरेकी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनले नियुक्ति गरेकी हुन् । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८-३-२९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री जनार्दन शर्मालाई मन्त्री पदमा नियुक्त… Continue reading अर्थ मन्त्रालयमा जनार्दनको कमब्याक, राष्ट्रपतिद्वारा अर्थमन्त्री नियुक्त
पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित, २१ गतेबाट देशभरको ढुवानी रोक्ने चेतावनी
काठमाडौं । ढुवानी भाडा समायोजन नगरिएको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन् । इन्धनको मूल्यमा भएको वृद्धि अनुसार ढ्वानी भाडा पनि समायोजन गर्नुपर्ने भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ढुवानी भाडा समायोजनको माग पूरा नभए पेट्रोलियम ढुवानी रोक्ने चेतावनी दिएको छ । साथै, आफ्ना मागहरु… Continue reading पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित, २१ गतेबाट देशभरको ढुवानी रोक्ने चेतावनी
ब्राजिलको राजदूतमा निर्मलराज काफ्ले नियुक्त
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय गणतन्त्र ब्राजिलको राजदूतमा निर्मलराज काफ्लेलाई नियुक्त गरेकी छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गर्दै सोबारे जानकारी दिएका छन्। संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले काफ्लेलाई आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। काफ्लेको यसअघि नै संसदीय सुनुवाइ प्रक्रिया सकिएको थियो।
उच्च अंकले बढ्यो नेप्से, लगानीकर्ता बीमा कम्पनीतर्फ आकर्षित
काठमाडौं । साताको कारोबारको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । आइतवार शेयर बजार मापक सूचक (नेप्से) ५४.५८ अंकले बढेर २१९५.१० विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२० कम्पनीको ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार २७१ रुपैयाँ बराबरको १ करोड १३ लाख ३९ हजार ४८६ कित्ता शेयर किनबेच… Continue reading उच्च अंकले बढ्यो नेप्से, लगानीकर्ता बीमा कम्पनीतर्फ आकर्षित
अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा, साँझ शपथको तयारी
काठमाडौं । जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै नियुक्त गर्न सिफारिस गरेका हुन् । संसद बजेट प्रस्तुत हुनु अघिल्लो दिन राति अनधिकृत व्यक्ति प्रवेश गराएर बजेटमा करका दर हेरफेर गराएको आरोप लागेपछि असार २२ गते शर्मामाथि छानबिन गर्न संसदीय… Continue reading अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा, साँझ शपथको तयारी
चीनले प्रक्षेपण गरेको रकेटको अवशेष पुनः पृथ्वीमा खस्यो
एजेन्सी । चीनले प्रक्षेपण गरेको रकेटको अवशेष पुनः पृथ्वीमा खसेको छ । चिनियाँ अन्तरिक्ष एजेन्सीका अनुसार लङ मार्च फाइभको अवशेष पुनः पृथ्वीमा खसेको हो । रकेटको अधिकांश हिस्सा वायुमण्डलमा नै जलेको र बाँकी भाग प्यासिफिक क्षेत्रको सुलु सागरमा खसेको एजेन्सीले जानकारी दिएको हो । यसअघि नै अन्तरिक्ष जानकारहरुले यो रकेट मानव बस्तीमा खस्ने सम्भावना निकै… Continue reading चीनले प्रक्षेपण गरेको रकेटको अवशेष पुनः पृथ्वीमा खस्यो
देशभर भारी वर्षाको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान
काठमाडौं आइतबार देशभर मेघ गर्जन र चट्याङसहित वर्षा हुने भएको छ । मनसुनी प्रणालीमा थप सक्रियता आएसँगै देशका विभिन्न भागमा हल्का देखी मध्यम र केही स्थानमा भारी वर्षासम्म हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको महाशाखाले जनाएको… Continue reading देशभर भारी वर्षाको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान
बालकुमारीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
ललितपुर । ललितपुरको बालकुमारीमा गतराति भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बा ५७ प ३१४३ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको जीपले ठक्कर दिँदा मोटरसाइकलका चालक काठमाण्डौको दक्षिणकाली नगरपालिका वडा नम्बर ८ का आशिष लामाको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति ११ बजे बीएण्डबी अस्पताल ग्वार्कोमा… Continue reading बालकुमारीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
अर्थमन्त्रीबारे माओवादी केन्द्रले आज निर्णय लिने
काठमाडौं । माओवादी केन्द्रले अर्थमन्त्रीमा जनार्दन शर्मालाई निरन्तरता दिने वा नयाँ व्यक्ति पठाउने भन्ने सन्दर्भमा आज निर्णय लिने भएको छ । पार्टीको आज बस्ने स्थायी समिति बैठकले सो निर्णय लिनेछ । बैठकले पार्टी पदाधिकारीको समेत टुङ्गो लगाउने तयारी गरेको बताइएको छ । पूर्व अर्थमन्त्री जनार्दन शर्माले संसदीय समितिको छानविनबाट क्लिन चिट पाएका छन् । उनी… Continue reading अर्थमन्त्रीबारे माओवादी केन्द्रले आज निर्णय लिने
राष्ट्रपति बाइडेनलाई १० दिनको अन्तरमा दोस्रो पटक कोरोना
वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई १० दिनको अन्तरमा दोस्रो पटक कोभिड पोजेटिभ भएको छ । ७९ वर्षिय राष्ट्रपति वाइडेनको शनिबार गरिएको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको राष्ट्रपतिका चिकित्सक केभिन ओकोनरलाई उदृत गर्दै सञ्चार एजेन्सीहरुले उल्लेख गरेका छन् । पुनः कोभिड देखिएपछि उनी ह्वाइट हाउसमै आइसोलनमा बसेका छन्। यसअघि उनलाई जुलाई २१ मा पछिल्लो… Continue reading राष्ट्रपति बाइडेनलाई १० दिनको अन्तरमा दोस्रो पटक कोरोना
साफ यू–२० च्याम्पियनसिप : लयमा रहेको नेपालले भारतको सामना गर्दै
काठमाडौं । भारतको भुबनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेलमा आज घरेलु टोली भारतसँग खेल्दैछ । खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । यसअघि दुई खेल जितेर आत्मविश्वास बटुलेको नेपाल लगातार तेस्रो खेल जित्दै फाइनल पुग्ने लक्ष्यमा छ । नेपालले यसअघि माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले… Continue reading साफ यू–२० च्याम्पियनसिप : लयमा रहेको नेपालले भारतको सामना गर्दै
पूर्वी नेपालमा भूकम्प, काठमाडौंसम्म धक्का
काठमाडौं । पूर्वी नेपालको खोटाङको मार्तिमबिर्ता केन्द्र विन्दु भएर नेपालमा भूकम्प गएको छ । नेपालमा ६ रेक्टर स्केलको मध्यम खालको भूकम्प गएको हो । यसको धक्का काठमाडौंसम्म महसुश गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ः१३ मा गएको भूकम्पको क्षतिको विवरण आइसकेको छैन । यो नयाँ भूकम्प हो या गोरखा भूकम्पकै परकम्प हो… Continue reading पूर्वी नेपालमा भूकम्प, काठमाडौंसम्म धक्का
पद्यश्री पुरस्कारको प्रतिस्पर्धामा ५ पुस्तक छानिए
काठमाडौं । पद्मश्री साहित्य पुरस्कारका लागि पाँच पुस्तक छानिएका छन् । उत्कृष्ट पुस्तकको संक्षिप्त सूचि सार्वजनिक भएको छ । डा. नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्को भोर, उषा हमालको भिक्षुसँग प्रेम, दीपक पराजुलीको मिथ्या र केवल बिनाबीको यादहरूको संग्रहालय सूचिमा छन् । पाँचमध्ये उत्कृष्ट कृतिले पद्मश्री पुरस्कार पाउने छ । खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले पुरस्कार… Continue reading पद्यश्री पुरस्कारको प्रतिस्पर्धामा ५ पुस्तक छानिए