डलर भन्दै कागजका टुक्रा दिएर ठगी गर्ने एक जना काठमाडौंमा पक्राउ

काठमाडौं । अमेरिकी डलर भन्दै कागजका टुक्रा दिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त कालिमाटीको टोलीले जेठ १७ गते काठमाडौं महानगरपालिका–१४ कलङ्कीमा सिन्धुपाल्चोक सुनकोशीका ६२ वर्षीय एक व्यक्तिलाई ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका ३३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका… Continue reading डलर भन्दै कागजका टुक्रा दिएर ठगी गर्ने एक जना काठमाडौंमा पक्राउ

पाकिस्तान र अफगानिस्तानमा भूकम्प, क्षतिको विवरण आउन बाँकी

इश्लामावाद । पाकिस्तान र अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)को मापन अनुसार बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा गएको भूकम्पको तीव्रता ६.१ रेक्टरस्केल मापन गरिएको छ । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ। भूकम्पको गहिराइ ५१ किलोमिटर छ । भूकम्पले गरेको… Continue reading पाकिस्तान र अफगानिस्तानमा भूकम्प, क्षतिको विवरण आउन बाँकी

आन्तरिक उडान नियमित, वार्ता जारी राख्ने सहमती

८ असार, काठमाडौं । बुधबार बाट रोक्ने भनिएको आन्तरिक उडान नियमित भएको छ । बुधबारबाट उडान रोक्ने घोषणा गरेका वायुसेवा कम्पनीले आज ११ बजेपछि सबै उडान नियमित हुने बताएका हुन् । गृह सचिवको संयोजकत्वमा मंगलबार मध्यरातमा प्राधिकरणका पदाधिकारी र वायुसेवा संचालकहरुबीचको वार्तामा उडान नरोकी समस्या समाधानका उपाय खोज्ने सहमती जुटेकोसँगै उडान नियमित हुन लागेको हो… Continue reading आन्तरिक उडान नियमित, वार्ता जारी राख्ने सहमती

विश्व बैंकको उपक्षेत्रीय कार्यालय श्रीलंकाबाट नेपालमा सर्यो

काठमाडौं । विश्व बैंकको उपक्षेत्रीय कार्यालय श्रीलंकाबाट नेपालमा सरेको छ । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंक प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौं दरबारमार्गमा रहने नेपालस्थित कार्यालयको संयूक्त रुपमा उद्घाटन गरे । यो कार्यालयको उद्घाटनपश्चात् श्रीलंकामा अवस्थित उपक्षेत्रीय कार्यालय विधिवत् रुपमा नेपालमा सरेको हो । अब यहीं कार्यालयबाट नेपाल, माल्दिभ्स र श्रीलंकाको कार्य संचालन हुनेछ… Continue reading विश्व बैंकको उपक्षेत्रीय कार्यालय श्रीलंकाबाट नेपालमा सर्यो

लेवनानका प्रधानमन्त्री र सेनापति शर्माबीच भेटवार्ता

काठमाडौं । लेवनानको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले लेवनानका प्रधानमन्त्री नाजीव आदमी मिकातीसँग शिष्टाचार भेट गरेका छन् । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भेटमा लेवनानको शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकको भूमिका, नेपाल र लेवनानबीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रहिआएको पारस्परिक सम्बन्ध एवम् हितका विषयमा छलफल भएको छ। लेवनान भ्रमणमा रहनुभएका प्रधानसेनापति… Continue reading लेवनानका प्रधानमन्त्री र सेनापति शर्माबीच भेटवार्ता

वैदेशिक व्यापार करीव २० खर्ब, उच्च व्यापार घाटाले समस्यामा अर्थतन्त्र

काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को ११ औं महिनासम्म नेपालको वैदेशिक व्यापार करीव २० खर्ब पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ मसान्तसम्म १९ खर्ब ४९ अर्ब ६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गतवर्ष यसै अवधिको तुलनामा २९.५ प्रतिशत बढी हो । गत वर्ष ११ महिनामा १५… Continue reading वैदेशिक व्यापार करीव २० खर्ब, उच्च व्यापार घाटाले समस्यामा अर्थतन्त्र

बुधबारदेखि सबै उडान रोक्ने वायुसेवा सञ्चालक संघको निर्णय, सरकारसँग राख्यो ५ बुँदे माग

काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ । संघले मंगलबार पत्रकार सम्मेलनमार्फत ५ बुँदे माग अघि सार्दै उक्त माग सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भएका एकपक्षीय, स्वेच्छाचारी… Continue reading बुधबारदेखि सबै उडान रोक्ने वायुसेवा सञ्चालक संघको निर्णय, सरकारसँग राख्यो ५ बुँदे माग

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिनदेखि ओरालो लागेको बजारमा मंगलबार दोहोरो अंकको सुधार आएको हो । मंलगबार बजार मापक सूचक नेप्से ३७.४९ अंकले बढेर १९२२.३० विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २३१ कम्पनीको १ अर्ब २५ करोड ३७ लाख ५७ हजार ७१४ रुपैयाँ बराबरको ३७ लाख ६५… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

रवि लामिछानेले खोले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, चुनाव चिन्ह घण्टी

काठमाडौं । टेलिभिजनकर्मी रवि लामिछाने औपचारिक रुपमा राजनीतिमा होमिएका छन्। मंगलबार औपचारिक राजनीतिको यात्रा र पार्टी घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीको नाम सार्वजनिक गरेका हुन्। क्षमतावान व्यक्तिका लागि आफ्नो पार्टीको ढोका सदैव ढोका खुला रहेको पनि उनले स्पष्ट पारेका छन्। ‘म यही मञ्चबाट नयाँ राजनीतिक दल खोल्ने घोषणा गर्छुु, उनले भने, ‘हाम्रो पार्टीको नाम हुनेछ,… Continue reading रवि लामिछानेले खोले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, चुनाव चिन्ह घण्टी

अब कुटनीतिक पत्र परराष्ट्र मन्त्रालयबाट मात्र आदान-प्रदान

काठमाडौं । सरकारले अब विदेशी कूटनीतिक नियोगलाई गरिने सबै पत्राचार परराष्ट्र मन्त्रालयबाट मात्र गर्ने निर्णय औपचारिक रुपमा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले अब अरु निकायबाट पत्राचार गर्न नपाउने गरी निर्णय भएको छ । विदेशी कूटनीतिक नियोगलाई लेखिने पत्र परराष्ट्र मन्त्रालयबाट मात्र गरिने पनि बैठकले निर्णय गरेको हो । अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा… Continue reading अब कुटनीतिक पत्र परराष्ट्र मन्त्रालयबाट मात्र आदान-प्रदान

आज २१ जुन, वर्षकै लामो दिन

THT

काठमाडौं । २१ जुन, आज यो वर्षकै लामो दिन हो । जुन २१ तारिखलाई वर्षकै सबैभन्दा लामो दिन मानिन्छ । यस दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुन्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आज १३ घण्टा ४५ मिनेटको छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१… Continue reading आज २१ जुन, वर्षकै लामो दिन

मुलुकभर आज पनि मौसम बदली रहने, बढी जोखिम कहा ?

काठमाडौं । मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश… Continue reading मुलुकभर आज पनि मौसम बदली रहने, बढी जोखिम कहा ?

ग्यासमा दोहोरो मूल्य कहिलेबाट ?

file

काठमाडौं । सरकारले खाना पकाउने ग्यासमा उच्च घाटा बेहोरिरहेको छ । जसका कारण अन्य पेट्रोलियम पदार्थको मूल्य बढाउँदा समेत नेपाल आयल निगमलाई उच्च घाटा छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुनः एक पटक ग्यासमा दोहोरो मूल्य लागु गर्ने विषय बहसमा ल्याएको छ । मन्त्रालयका सचिव गणेश प्रसाद पाण्डेयले अर्थमन्त्रालयले सरकारले यस्तो जानकारी गराएका हुन्… Continue reading ग्यासमा दोहोरो मूल्य कहिलेबाट ?

प्रवासी नेपालीलाई मताधिकार दिलाउनेबारे कांग्रेसले पहल गर्ने

काठमाडौं । नेपाली कांग्रेसले प्रवासी नेपालीलाई मताधिकार दिलाउने बारे पहल गर्ने भएको छ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउन लागेका हुन् । उनीहरुले मंगलबार बिहान आयोगका प्रमुख आयुक्त दिनेश प्रसाद थपलियालाई भेटेर ध्यानाकर्षण गराउन लागेका हुन् । सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई… Continue reading प्रवासी नेपालीलाई मताधिकार दिलाउनेबारे कांग्रेसले पहल गर्ने

मेयर बालेनको चुनाव खर्च ३,९४,४८९

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चनाुव खर्च सार्वजनिक गरेका छन् । उनका अनुसार स्थानीय चुनावमा ३ लाख ९४ हजार ४८९ रुपैयाँ मात्र खर्च भएको छ । यसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढी खर्च भएको उनले बताएका छन् । चुनावी खर्च सार्वजनिक गर्दै उनले भनेका छन्, ‘मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो… Continue reading मेयर बालेनको चुनाव खर्च ३,९४,४८९

अन्ततः एसपीपीबाट पछि हट्यो सरकार, अमेरिकालाई सहभागी नहुने ब्यहोराको पत्र लेखिने

काठमाडौं । तिव्र आलोचनापछि सरकार अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णयमा पुगेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकी सरकारलाई पत्र लेख्ने निर्णय गरेसँगै यो विषयको टुंगो लागेको हो । एसपीपीमा सहभागी हुन नेपालले नै प्रस्ताव गरेको भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणको पूर्वसन्ध्यामा एसपीपीबारे विाद उत्पन्न… Continue reading अन्ततः एसपीपीबाट पछि हट्यो सरकार, अमेरिकालाई सहभागी नहुने ब्यहोराको पत्र लेखिने

एन्फाको अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्ष निर्वाचित भएका हुन् । नेम्वाङले ४५ मत पाए । शेर्पाले ३९ मत मात्र पाए । अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाएनन् । नेम्वाङ यसअघि वरिष्ठ… Continue reading एन्फाको अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

थप २८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको १ हजार ८ सय ६२ पिसिआर परिक्षणका क्रममा २० जना र २ हजार ५२ एन्टीजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप १० जना निको हुँदा हालसम्म… Continue reading थप २८ जनामा कोरोना संक्रमण पुष्टि

आन्तरिक हवाई भाडा बढ्यो,कुन गन्तब्यमा कति ? (सूचीसहित)

काठमाडौं । हवाइ सेवाप्रदायकहरुले भाडा बढाएका छन्। नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ बढाएसँगै हवाई भाडा बढाउने निर्णय गरेका हुन्। संघका अनुसार सबैभन्दा बढी ५५५ रुपैयाँ र न्यूनतम १७० रुपैयाँले भाडा बढेको छ। काठमाडौं–धनगढी पुग्न अधिकतम १६ हजार ८०५ रुपैयाँ लाग्ने भएको छ । यो रुटमा एकै पटक ८४० रुपैयाँ भाडा बढेको हो… Continue reading आन्तरिक हवाई भाडा बढ्यो,कुन गन्तब्यमा कति ? (सूचीसहित)

उद्योगमन्त्री भन्छन् -‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक, अझै घाटामा छौं’

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक भएको बताएका छन्। सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग समिति बैठकमा उद्योगमन्त्री बडूले उक्त कुरा बताएका हुन् । उनले पेट्रोलियम पदार्थ खरीदभन्दा बिक्रि मूल्य कम हुँदा अझै पनि घाटा नै रहेको तर जनतालाई थप मारमा नपार्नका लागि ग्यासमा मूल्यवृद्धि गर्न नदिएको बताए। पेट्रोलियम… Continue reading उद्योगमन्त्री भन्छन् -‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक, अझै घाटामा छौं’

सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक

File

काठमाडौं । सरकारले लामो दूरीका सार्वजनिक गाडीमा बढाएको भाडा दर सार्वजनिक गरेको छ । सरकारले विभिन्न आधार बनाएर अन्तर प्रदेश चल्ने देशभरका रुटमा लागू हुने गरी सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको हो । विभागले दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातातात रुटमा सञ्चालन हुने) सार्वजनिक यात्रुबाहक सवारी साधनको भाडादर… Continue reading सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक

रोकिएन् शेयर बजारको ओरालो यात्रा, उच्च अंकले घट्यो नेप्से

काठमाडौं । नेपाली शेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ । बजेटपछि लगातार नेप्से परिसूचक घट्न थालेपछि लगानीकर्तामा निराशा छाएको छ। लगानीकर्ता अन्योलमा देखिएका छन् । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्। बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि बढ्ने आशा गरेको… Continue reading रोकिएन् शेयर बजारको ओरालो यात्रा, उच्च अंकले घट्यो नेप्से

बालबालिकालाई लगाउन अमेरिकाले नेपाललाई दियो २२ लाख कोरोना खोप

काठमाडौं । बालबालिकालाई लगाउन अमेरिकाले करिब २२ लाख मात्रा कोरोनाविरूद्धको खोप नेपाललाई अनुदानमा दिएको छ । ती खोप पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई प्रयोग गर्न मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अहिलेसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल मात्रा खोप १५ लाख मात्राको परिमाणमा… Continue reading बालबालिकालाई लगाउन अमेरिकाले नेपाललाई दियो २२ लाख कोरोना खोप

भिआइपी उडानका हेलिकप्टरमा अनिवार्य दुई पाइलट राख्नु पर्ने

काठमाडौं । भीआइपी सवार हेलिकप्टरमा अनिवार्य दुई पाइलट राख्नु पर्ने भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले आइतबार यस्तो निर्णय गरेको हो । उता, वायुसेवा कम्पनीले तोकिएको आधार विमानस्थल (अपरेटिङ बेस)मा रात्री विसान गरेर पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने भएको छ । विमान कम्पनीलेहरु उडान अनुमति लिँदा नै आफ्नो आधार विमानस्थल तोकेका हुन्छन् । तर,… Continue reading भिआइपी उडानका हेलिकप्टरमा अनिवार्य दुई पाइलट राख्नु पर्ने

काठमाडौंमा कल सेन्टर चलाएर अमेरिकी र क्यानेडियन नागरिकलाई ठग्ने नेपाली गिरोह पक्राउ

काठमाडौं । काठमाडौंमा कल सेन्टरको आवरणमा संगठितरुपमा अन्तरदेशीय ठगी धन्दा चलाउने गिरोह पक्राउ परेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कल सेन्टरको आवरणमा ठगी गर्ने गिरोहका १३ जना पक्राउ परेका हुन् । हालसम्म उनीहरुको निशानामा अमेरिकी र क्यानेडियन नागरिक थिए । ब्यूरोले आइतबार पत्रकार सम्मेलन गरेर गिरोहका नेपाली नाइके बुढानिलकण्ठ… Continue reading काठमाडौंमा कल सेन्टर चलाएर अमेरिकी र क्यानेडियन नागरिकलाई ठग्ने नेपाली गिरोह पक्राउ

मध्यरातमा नेपाल आयल निगमले बढायो पेट्रोलियम पदार्थको उच्च मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा उच्चदरमा मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य गत राति १२ बजेदेखि नै लागु भएको छ । अब एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ र एक लिटर डिजेल तथा… Continue reading मध्यरातमा नेपाल आयल निगमले बढायो पेट्रोलियम पदार्थको उच्च मूल्य

काठमाडौंमा हैजा पुष्टी

काठमाडौं । काठमाडौंमा हैजाका बिरामी भेटिएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई जनामा हैजा पुष्टि भएको हो । उनहिरुको दिसाको परीक्षणबाट हैजा पुष्टि भएको अस्पतालले जनाएको छ । र्‍यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आएपछि हैजाको आंशकामा बिहीबार अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो। उनीहरुको अवस्था सामान्य छ । सोमबार आईसीयूबाट वार्डमा… Continue reading काठमाडौंमा हैजा पुष्टी

काठमाडौं महानगरले ल्यायो नीति तथा कार्यक्रम, के-के परे प्राथमिकतामा ?

Photo : Gorakhapatra

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९\८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मेयर बालेन्द्र साहले आइतबार आयोजित ११ औं नगरसभामा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । उनले आकासे पानीको उपयोग देखि फोहोर मैला व्यवस्थापन सम्मका योजनालाई नीति तथा कार्यक्रममा समेटेका छन् । उनले महानगरभित्र होमस्टे सञ्चालनको घोषणा पनि गरेका छन्… Continue reading काठमाडौं महानगरले ल्यायो नीति तथा कार्यक्रम, के-के परे प्राथमिकतामा ?

मेट्रो योजना काठमाडौंको नीति तथा कार्यक्रममा, सफल होलान बालेन ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकामा मेट्रो स्थापानाको सम्भाव्यता अध्ययन गर्न सरकारी तथा अन्य निकयहरुसँग सहकार्य गर्ने घोषणा गरेको छ । आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । जसमा मेट्रो रेल अध्ययन गर्ने र यसका लागि संघीय सरकारसँग पहल र सहकार्य गर्ने योजना छ ।… Continue reading मेट्रो योजना काठमाडौंको नीति तथा कार्यक्रममा, सफल होलान बालेन ?

नेटोको आंशका : रुस-युक्रेन युद्ध लामो समय चल्न सक्छ

Efrem Lukatsky–AP

काठमाडौं । पश्चिमा विश्वले युक्रेनलाई वर्षौँसम्म चल्न सक्ने लडाइँका लागि निरन्तर सहयोग गर्न तयारी गर्नुपर्ने नेटोका प्रमुखले बताएका छन्। नेटोका महासचिव येन्स स्टोलटेनबेर्गले युद्धको मूल्य उच्च भए पनि मस्कोलाई उसका सैनिक लक्ष्यहरू पूरा गर्न दिनु अझै घातक हुने बताए। यूकेका प्रधानमन्त्री बोरिस जोनसनले दीर्घकालीन द्वन्द्वको सामना गर्न तयारी गर्नुपर्ने चेतावनी दिएपछि नेटोका महासचिवको पछिल्लो धारणा… Continue reading नेटोको आंशका : रुस-युक्रेन युद्ध लामो समय चल्न सक्छ