काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा मृत्यु भने शून्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ हजार २५४ जनाको पीसीआर परीक्षणमा १८ जना र ७७३ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट… Continue reading नेपालमा भेटिए २३ कोरोना संक्रमित
Author: Vishwanews.com
शेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ३७.२७ अंकले घटेर १९३४.११ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२३ कम्पनीको १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँ बराबरको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading शेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
ठूलो दुर्घटनाबाट बच्यो स्पाइसजेटको जहाज, आकासमै आगो लागेपछि आकस्मिक अवतरण
पटना । भारतमा स्पाइसजेटको जहाज ठूलो दुर्घटनाबाट बचेको छ । जहाजको एक इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको भारतयि संचारमाध्यमले जनाएका छन् । आइतबार दिउँसो बिहारको पटनाबाट राजधानी दिल्लीका लागि उडेको स्पाइसजेटको जहाजमा टेकअफका बेला चरा ठोक्किएको थियो। उडेको केहीबेरमै जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको हो। उडिरहेको जहाजको एकातिर धुँवाको मुस्लो आएको स्थानीयले… Continue reading ठूलो दुर्घटनाबाट बच्यो स्पाइसजेटको जहाज, आकासमै आगो लागेपछि आकस्मिक अवतरण
संसदीय समितिमा प्रधानमन्त्री उपस्थित नभएपछि विवाद
काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थिति भएपछि विवाद उत्पन्न भएको छ । समितिनले उनलाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको छ । समितिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बोलाएको थियो । तर अन्तिम समयमा प्रधानमन्त्रीको सचिवालयले आइतबारको बैठकमा उपस्थित हुन… Continue reading संसदीय समितिमा प्रधानमन्त्री उपस्थित नभएपछि विवाद
सडक खन्दा कसौडीभरी प्राचिन चाँदीका सिक्का भेटिएपछि…
दाङ । दाङको तुलसीपुरमा सडकको नयाँ ट्र्याक खन्ने क्रममा गाडेको अवस्थामा एक कसौँडी पुराना चाँदीका सिक्का भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ सिमराटोलको खेत हुँदै आँखा अस्पतालसम्मको नयाँ ट्र्याक खोल्ने क्रममा डोजरका चालकले गत बुधवार गाडेको अवस्थामा एक कसौँडी प्राचीन सिक्का फेला पारेका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीका… Continue reading सडक खन्दा कसौडीभरी प्राचिन चाँदीका सिक्का भेटिएपछि…
नदीहरुमा पानीको वहाव बढ्दै, कुनमा कति जोखिम ?
काठमाडौं । अविरल वर्षाका कारण देशका केही नदीमा आइतबार समेत पानीको बहाव उल्लेख्य बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार कोशी, तमोर, सुनकोशी, नारायणी, मर्स्याङ्दी, कन्काई, कमला, बागमती, पूर्वी राप्तीलगायत नदीहरूको बहाव उल्लेख्य बढ्नेछ। यी नदीहरूमा बहाव सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ। अरू प्रमुख नदीहरूमा बहाव सतर्कता… Continue reading नदीहरुमा पानीको वहाव बढ्दै, कुनमा कति जोखिम ?
टोखामा कामदारबीच झडप, एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा कामदारबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । कामदारहरूबीच झडप हुँदा टोखा नगरपालिका १ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बुको मृत्यु भएको हो । लिम्बुलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बुसहित तीन जनालाई शनिबार राति नै पक्राउ… Continue reading टोखामा कामदारबीच झडप, एक जनाको मृत्यु
रुकुम पश्चिममा जिप दुर्घटना, २ जनाको मृत्यु
रुकुम । रुकुमपश्चिम आठबिसकोट नगरपालिका ११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका ८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका ११ का कमल खड्का छन् ।… Continue reading रुकुम पश्चिममा जिप दुर्घटना, २ जनाको मृत्यु
प्रियंका रानी जोशी बनिन् मिस नेपाल
काठमाडौं । काठमाडौंकी प्रियंका रानी जोशी यसवर्षको मिस नेपाल वर्ल्ड घोषित भएकी छिन् । शनिबार साँझ सम्पन्न ललितपुरको गोदावरीमा ग्रान्ड फिनालेबाट उनले उपाधी जितेकी हुन् । उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिएकी छिन् । सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए । गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको… Continue reading प्रियंका रानी जोशी बनिन् मिस नेपाल
एसीसी महिला टी-२० च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित
काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गरेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । शनिबार दोस्रो जित निकाल्ने क्रममा नेपालले १०८ रनको लक्ष्य पछ्याएको कुवेतलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८२ रनमात्र बनायो । कुवेतका लागि कप्तान अम्ना तारिक १४, मर्याम ओमर ५,… Continue reading एसीसी महिला टी-२० च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित
धादिङमा स्थानीयले लुटे अवैध रुपमा आएको रासायनिक मल
धादिङ । धादिङको धार्केमा रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेका दुई ट्रक स्थानीयबाट लुटिएका छन् । मल बोकेको ट्रकलाई राजमार्ग छेउ रोकेर किसानले मल झिकेका छन् । अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरीको बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानले ट्रकको… Continue reading धादिङमा स्थानीयले लुटे अवैध रुपमा आएको रासायनिक मल
मुग्लिन–नारायणगढ सडक पटक पटक अवरुद्ध, हजारौं यात्रु मर्कामा
काठमाडौं । पश्चिम नेपाललाई राजधानी काठमाडौंसँग जोड्ने एक मात्र राजमार्गको भरपर्दो विकल्प खडा नगर्दा वर्षायाम सुरु भएसँगै यात्रुले सास्ती भोग्नु परेको छ । नारायणगढ–मुग्लिन सडक शनिबार समेत बन्द भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना ६ चारकिलोमा बिहान साढे ११ बजेतिर सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको हो । यो राजमार्गको… Continue reading मुग्लिन–नारायणगढ सडक पटक पटक अवरुद्ध, हजारौं यात्रु मर्कामा
दुबईका राजकुमार नेपाल भ्रमणमा
काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आएका छन् । उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न शनिबार नै झापा पुगेका छन् । उनको भ्रमणबारे विस्तृतमा भने सार्वजनिक गरिएको छैन ।
प्रधानसेनापति शर्मा लेवनान उडे, उतैबाट अमेरिका जाने
काठमाडौं । प्रधानसेनापति महारथी पर्भुराम शर्मा औपचारिक भ्रमणका लागि लेवनान उडेका छन् । सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा आज लेवनान प्रस्थान गरेका हुन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्नुका साथै यूएन मिसनको भावी योजनाका बारेमा जानकारी लिन शर्मा लेवनान गएका हुन् । प्रधानसेनापति शर्मा नेतृत्वको भ्रमणदललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा… Continue reading प्रधानसेनापति शर्मा लेवनान उडे, उतैबाट अमेरिका जाने
आफुले कसैमाथि हातपात नगरेको पर्यटन मन्त्री आलेको स्पष्टीकरण
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात नगरेको दावि गरेका छन् । शुक्रबार भाइरस अडियो र समाचारको खण्डन गर्दै उनले कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नगरेको बताएका हुन् । उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नोे गम्भीर ध्यानाकर्षण… Continue reading आफुले कसैमाथि हातपात नगरेको पर्यटन मन्त्री आलेको स्पष्टीकरण
एक अमेरिकी कुटनीतिज्ञलाई रुसमा १४ वर्ष जेल सजाय सुनाइयो
काठमाडौं । रुसले एक जना अमेरिकी कूटनीतिज्ञलाई १४ वर्ष जेल सजाय सुनाएको छ । रुसको मस्को स्थित एक अदालतले अमेरिकी नागरिक मार्क फोगेललाई गाँजा तस्करी गरेको आरोपमा १४ वर्ष जेल सजाए सुनाएको बीबीसील लेखेको छ । अदालतले एक विज्ञप्तिमार्फत भनेको छ, ‘अमेरिकी नागरिक फोगेल दोषी पाइयो ।’ फोगेलले यसअघि मस्कोस्थित अमेरिकी दूतावासमा काम गरेका थिए… Continue reading एक अमेरिकी कुटनीतिज्ञलाई रुसमा १४ वर्ष जेल सजाय सुनाइयो
मिस नेपालको फाइनल आज, २४ जनाबाट छानिनेछिन् नेपाल सुन्दरी
काठमाडौं । मिस नेपाल २०२२ को फाइनल आज हुने भएको छ । शनिबार ललितपुरस्थित गोदावरी हलमा मिस नेपालको ग्रान्ड फिनाले हुन लागेको हो । जहाँ २४ जना सुन्दरी ताजको प्रतिस्पर्धामा छन् । कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै आयोजना हुन लागेको हो । द हिडन ट्रेजरले यसपटकको संस्करणलाई भव्य… Continue reading मिस नेपालको फाइनल आज, २४ जनाबाट छानिनेछिन् नेपाल सुन्दरी
अहिले भारतभर किन चर्किरहेको छ आन्दोलन ?
नयाँ दिल्ली । भारतमा छोटो निश्चित अवधिका लागि सैनिक भर्ती गर्ने नयाँ सरकारी योजनाको विरोधमा देशव्यापी प्रदर्शन जारी छ । खासगरी उत्तर प्रदेश र विहार राज्यमा चर्को विरोध प्रदर्शनहरू भएका छन् । जहाँ प्रदर्शनकारीले रेलमा आगजनी गर्नुका साथै मुख्य राजमार्गमा बन्द गराइदिएका छन् । उनीहरूले उक्त योजना फिर्ता हुनु पर्ने माग गरेका छन्। समाचारहरूका अनुसार… Continue reading अहिले भारतभर किन चर्किरहेको छ आन्दोलन ?
एसपीपीमा संलग्न नहुने पत्र अमेरिकालाई पठाउन संसदीय समितिको निर्देशन
काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा संलग्न नहुनेबारे औपचारिक रूपमा अमेरिकी सरकारलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ । समितिले परराष्ट्रमन्त्री नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र र रक्षा सचिवहरूसँगको छलफलपछि शुक्रबार उक्त निर्देशन दिएको हो । एसपीपी अमेरिकी सैन्य रणनीतिको हिस्सा रहेको तथ्यहरूले देखाएको भन्दै संसदीय समितिले उक्त कार्यक्रममा नेपाल… Continue reading एसपीपीमा संलग्न नहुने पत्र अमेरिकालाई पठाउन संसदीय समितिको निर्देशन
मङ्कीपक्स आशङ्का गरिएका व्यक्तिमा कुष्टरोग पुष्टी भएपछि…
काठमाडौं । काठमाडौंको टेकु अस्पतालमा भर्ना भएका एक पुरुषमा मङ्कीपक्स नभएको पुष्टि भएको छ । बिहीवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मङ्कीपक्स भएको आशङ्कामा भर्ना गरिएका ती पुरुषमा मङ्कीपक्स पुष्टि नभएको अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी गराए । हिजो र आज शुक्रवार प्रयोगशाला परीक्षण टोलीले गरेको अनुसन्धानबाट मङ्कीपक्स नभएको पुष्टि गरिएको छ ।… Continue reading मङ्कीपक्स आशङ्का गरिएका व्यक्तिमा कुष्टरोग पुष्टी भएपछि…
मौसम परिवर्तनसँगै बढ्न थाले कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो केही दिनयता नेपालमा कोरोना भाइरसका संक्रमित बढीरहेको तथ्यांक आएको छ । मौसमी भाइरलले ज्वरो बढाएपछि परीक्षण गर्नेहरु समेत बढेका छन् । जसले गर्दा कोरोनाका बिरामी समेत बढेको देखिएको हो । शुक्रबार पीसीआर र एन्टिजेन गरी तीन हजार ६ सय १०… Continue reading मौसम परिवर्तनसँगै बढ्न थाले कोरोना संक्रमित
युवती प्रयोग गरेर ब्ल्याकमेल गर्ने गिरोह पक्राउ
काठमाडौं । युवतीहरुलाई प्रयोग गरेर ब्ल्याकमेल गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उपत्यकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश्यले युवतीको प्रयोग गरी ब्ल्याकमेल गर्ने गिरोहलाई समातेको हो । कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ पर्नेमा सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीय निकिता केसी, ढुसेनी–३, काभ्रपलाञ्चोककी १८ वर्षीय मनिषा… Continue reading युवती प्रयोग गरेर ब्ल्याकमेल गर्ने गिरोह पक्राउ
बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा दिउँसो ३ बजे आइपीओ बाँडफाँड गरेको हो । सर्वसाधारणलाई छुट्याइएको १३ लाख ६५ हजार कित्ता आइपीओ एक लाख ३६ हजार ५ सय जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् । मागभन्दा बढी आवेदन परेका कारण यो गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। कम्पनीले… Continue reading बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा
प्रधानसेनापतिले भने-‘अमेरिकालाई पत्र पठाइएको सत्य हो, आशंका नगरौं सैन्य गठबन्धनका लागि होइन’
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकालाई नेपाली सेनाले पत्र लेखेको स्वीकारेका छन् । शुक्रबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठककमा पत्रका बारेमा जवाफ दिँदै प्रधानसेनापति शर्माले सेनाको तत्कालीन नेतृत्वले अमेरिकालाई पत्र लेखेको विषय सत्य भएको बताएका हुन्। तर नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारे । सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी… Continue reading प्रधानसेनापतिले भने-‘अमेरिकालाई पत्र पठाइएको सत्य हो, आशंका नगरौं सैन्य गठबन्धनका लागि होइन’
शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार डेढ वर्ष यताकै कम
काठमाडौं । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिमदिन दिन शेयर बजार मापक सूचक नेप्से ७.५७ अंकले घटेर १९७१.३६ विन्दुमा आइपुगेको छ । यसदिन २२० कम्पनीको ७३ करोड ६२ लाख ३५ हजार २९८ रुपैयाँ बराबरको २३ लाख ५४ हजार ९११ कित्ता शेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम… Continue reading शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार डेढ वर्ष यताकै कम
युद्धकै बीच जब चार विदेशी सरकार प्रमुख युक्रेन पुगे
पेरिस । फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रोले युक्रेनले प्रतिरोध गर्नैपर्ने र जित्नैपर्ने बताउँदै रुसी बर्बरता को आलोचना गरेका छन्। फ्रान्सका राष्ट्रपति, जर्मनीका चान्सलर ओलाफ सोल्ज र इटलीका प्रधानमन्त्री मारिओ ड्रागी बिहीवार बिहान युक्रेन पुगेर राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीसँग भेटेका छन्। माँक्रो, सोल्ज र ड्रागीको भ्रमणको उद्देश्य आफूहरूले गरिरहेको सहायताप्रति भएको आलोचनाको विरोध गर्ने, युक्रेनलाई आर्थिक र मानवीय… Continue reading युद्धकै बीच जब चार विदेशी सरकार प्रमुख युक्रेन पुगे
पर्यटनमन्त्री प्रेम आले पुनः विवादित, अपशब्द बोलेको अडियो सार्वजनिक
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले पुनः विवादमा तानिएका छन् । उनले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई अपशब्द तथा अश्लील गाली गरेको अडियो सार्वजनिक भएको छ । अश्लिल गालीगलौज समेटिएको अडियो सार्वजनिक भएपछि उनको सामाजिक सञ्जालमा आलोचना थालिएको छ । यसअघि मन्त्री आलेले भारतको मुम्बई पुगेका एक नेपाली युवकसँग गालीगलौज गरेको भिडियो… Continue reading पर्यटनमन्त्री प्रेम आले पुनः विवादित, अपशब्द बोलेको अडियो सार्वजनिक
निरन्तरको वर्षाले नदीहरुका वहाव बढ्दै
काठमाडौं । काठमाडौं उपत्यकासहित मुलकका अधिकांश स्थानमा भइरहेको वर्षाले नदीहरुमा जल प्रवाहको बहाव बढेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ। शुक्रबार दिउँसो पनि वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानमा… Continue reading निरन्तरको वर्षाले नदीहरुका वहाव बढ्दै
ताप्लेजुङमा पहिरोमा परी २ जना बेपत्ता
ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–७ खेवाङमा गतराति पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन् । राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएको प्रहरीले जनाएको छ । तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण अधिकारीलाई उदृत… Continue reading ताप्लेजुङमा पहिरोमा परी २ जना बेपत्ता
गैरआवासीय नेपालीका माग सम्बोधन हुने प्रधानमन्त्री देउवाको आश्वासन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी विषय शीघ्र सम्बोधन गर्ने आश्वासन दिएका छन् । सङ्घले बिहीबार राजधानीमा आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनारको उद्घाटन गर्दै उनले नागरिकताको विषय सबै सरोकारवालासँग छलफल गरेर टुङ्गो लगाइने बताए । उनले भने, “तपाईंहरुले गैरआवासीय नेपालीलाई नागरिकताको… Continue reading गैरआवासीय नेपालीका माग सम्बोधन हुने प्रधानमन्त्री देउवाको आश्वासन