लगनगाँठो कस्ने तयारीमा गायिका इन्दिरा जोशी

काठमाडौं । गायिका इन्दिरा जोशी विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले प्रेमी शरद् केडियासँग आगामी मंगलबार विवाह गर्न लागेकी हुन् । उनले आइतबार एक सन्देश जारी गर्दै भनेकी छिन्, ‘भगवान र हाम्रो परिवारको आशिर्वादसहित हाम्रो बिहेको खबर सुनाउन पाउँदा हामीलाई हर्षानुभूति भएको छ ।’ इन्दिराले अगाडी लेख्छिन्, ‘हामीप्रति शुभेच्छा राख्नुहुने सबैप्रति आभार व्यक्त गर्दछौं,… Continue reading लगनगाँठो कस्ने तयारीमा गायिका इन्दिरा जोशी

दुईतर्फी नै खुल्यो मुग्लिन-आँबुखैरेनी सडक

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी सडक खण्ड पूर्ण रुपमा खुलेको छ । २७ जेठको बिहान साँखरमा पहिरोले सडक भत्काएपछि त्यो सडक अवरुद्ध भएको थियो । २७ गते दिउँसो भित्तो खारेर सडक बनाएपछि दिउँसोको समयमा साना गाडी चल्दै आए पनि रातिको समयमा सडक पूर्ण रुपमा बन्द थियो । यस्तै मालबाहक तथा ठूला सवारी साधान २७ गतेदेखि… Continue reading दुईतर्फी नै खुल्यो मुग्लिन-आँबुखैरेनी सडक

‘चिसो मान्छे’को ‘जीवन बाटोमा’ गीतको लिरिकल भिडियो सार्वजनिक

काठमाडौं । दिपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘चिसो मान्छे’ को ‘जीवन बाटोमा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ। आइतबार सार्वजनिक भएको भिडियो ‘ओएसआर डिजिटल’को यूट्यूबमार्फत रिलिज भएको हो । गीतको सुरुवाती अंश देउडा रहेको छ। गीतको देउडा भाकामा रेखा जोशीले स्वर दिएकी छन् भने बाँकी भाग निखिता थापाले गाएकी छन्। सहदेव अर्याल… Continue reading ‘चिसो मान्छे’को ‘जीवन बाटोमा’ गीतको लिरिकल भिडियो सार्वजनिक

महानगरपालिकाले १० वटा स्मार्ट शौचालय सञ्चालनमा ल्याउने, शौचालय प्रयोग गर्न दिने संस्थालाई कर छुट नदिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले थप १० वटा नयाँ स्मार्ट शौचालय सञ्चालनमा ल्याउने भएको छ । सार्वजनिक शौचालय नहुँदा सर्वसाधरणले सास्ती खेप्नु परेपछि महानगरपालिकाले १० वटा सार्वजनिक स्मार्ट शौचालय सञ्चालन गर्न लागेको हो । ‘छिट्टै स्मार्ट ट्वाइलेट सुचारु हुन्छ । १० वटा नयाँ ट्वाइलेट सञ्चालनमा ल्याइने छ,’ आइतबार बसेको काठमाडौं महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै महानगरका… Continue reading महानगरपालिकाले १० वटा स्मार्ट शौचालय सञ्चालनमा ल्याउने, शौचालय प्रयोग गर्न दिने संस्थालाई कर छुट नदिने

ताइवानलाई नउक्साउन अमेरिकालाई चीनको चेतावनी

काठमाडौं । चीनले ताइवानलाई आफ्नो देशबाट छुट्ट्याउने प्रयत्नविरुद्ध सैन्य शक्ति प्रयोग गर्ने चेतावनी संयुक्त राज्य अमेरिकालाई दिएको छ। चीनका रक्षामन्त्री वे फङ्खले आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग एशियाली सुरक्षा सम्मेलनको अवसर पारेर सिङ्गापुरमा भेटेका थिए। सो अवसरमा कुराकानी गर्दै ताइवानलाई चीनबाट छुट्ट्याइए चिनियाँ सेनासँग लड्नुबाहेक अरू विकल्प नहुने र त्यसले युद्ध निम्त्याउने धारणा वेले व्यक्त… Continue reading ताइवानलाई नउक्साउन अमेरिकालाई चीनको चेतावनी

तीन जलविद्युत आयोजनाबाट आज दिनभर विद्युत उत्पादन नहुने, यस्तो छ कारण

काठमाडौं । लमजुङमा सञ्चालित ७० मेगावाटको मध्य मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट विद्युत उत्पादन बन्द भएको छ । मर्मत कार्यका लागि विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द भएको हो । गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमस्र्याङ्दी–मस्र्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा… Continue reading तीन जलविद्युत आयोजनाबाट आज दिनभर विद्युत उत्पादन नहुने, यस्तो छ कारण

हेटौडामा ग्यास बुलेटको ठक्करबाट बाबुछोरीको मृत्यु

हेटौडा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ९ पशुपतिनगरमा सवारी दुर्घटनामा परी बावु छोरीको मृत्यु भएको छ । भारतबाट ग्याँस बोकेर आएको एनएल–१एल २९७१ नम्बरको ग्याँस बुलेटले हेटौंडा बजारतर्फ आउँदै गरेको ना६१प ४५९७ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिएको थियो । प्रहरीका अनुसार घटनामा ५५ वर्षीय बावु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय छोरी अमिना तामाङको मृत्यु… Continue reading हेटौडामा ग्यास बुलेटको ठक्करबाट बाबुछोरीको मृत्यु

नेपाल र अमेरिकाबीचको खेल नाटकीय रुपमा बराबरीमा टुंगियो

काठमाडौं । आईसीसी विश्वकप लिग – २ त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपाल र अमेरिकाबीच रोमाञ्चक खेलमा बराबरीको नतिजा आएको छ । अन्तिम दुई बलमा नेपालले दुई विकेट लिएपछि अमेरिकासँगको खेल बराबरीमा रोकिएको हो । दुवै टीमबाट समान २७४ रन बन्यो । दुबै टीमले १÷१ अंक बाँडेका छन् । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला… Continue reading नेपाल र अमेरिकाबीचको खेल नाटकीय रुपमा बराबरीमा टुंगियो

कुवेतसँगको हारपछि नेपाल एसियन कप छनोटबाट बाहिरियो

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल घरेलु टोली कुवेतसँग ४–१ ले पराजित भएको छ । शनिबार राती कुवेतको जाबेर अह अहमेद ईन्टरनेशनल स्टेडियममा भएको खेलमा कुवेतले नेपालमाथि एकपक्षीय नतिजा निकालेको हो । यससँगै नेपाल छनोटबाट बाहिरिएको छ । पहिलो खेलमा नेपाल जोडर्नसँग पराजित भएको थियो । कुवेतका लागि युसुफ अल… Continue reading कुवेतसँगको हारपछि नेपाल एसियन कप छनोटबाट बाहिरियो

जन्मदेश कुवेतविरुद्धको खेलमा मैदानमा ढलेका प्रशिक्षक अलमुताइरी डिस्चार्ज

कुवेत । एएफसी एसियन कप छनोटमा जन्मदेश कुवेतविरुद्धको खेलमा मैदानमै बेहोस भएर ढलेका नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रशिक्षक अल्मुताइरीलाई उपचारका लागि उनलाई फारवानिया अस्पताल लगिएको थियो । डिस्चार्ज भएपछि उनले फेसबुकमा लेखेका छन्, ‘चिन्ता नगर्नुहोस्, म गोर्खाली हुँ । एक टिम, जय नेपाल ।’ उनले भोलिबाट पुनः काममा… Continue reading जन्मदेश कुवेतविरुद्धको खेलमा मैदानमा ढलेका प्रशिक्षक अलमुताइरी डिस्चार्ज

धमाधम व्यवस्थापन हुँदै काठमाडौंको फोहोर, शनिबार २३ सय मेट्रिक टन उठ्यो

काठमाडौं । स्थानीयबासीसँग सहमती जुटेसँगै काठमाडौंबाट फोहोर उठ्न थालेको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा शनिवार करिव २ हजार ३ सय मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। शुक्रवार १५३ ट्रक फोहोर व्यवस्थापन गरिएकोमा शनिवार २ हजार ३ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको हो । फोहोर ढुवानी तथा अन्तिम विसर्जन कार्यका लागि केही अवरोध… Continue reading धमाधम व्यवस्थापन हुँदै काठमाडौंको फोहोर, शनिबार २३ सय मेट्रिक टन उठ्यो

साउदीस्थित नेपाली दुतावासले भन्यो : सामान्य जानकारी लिएर मात्र साउदी आउनु

काठमाडौं । साउदी अरबमा रहेको नेपाली दूतावासले साउदी आउनुपूर्व त्यहाँको सामान्य नीति नियम, भाषा, धर्मसंस्कृति र हावापानीबारेमा बुझेर आउन नेपाली श्रमिकलाई आग्रह गरेको छ । साउदीको बारेमा सामान्य जानकारीबिना आउँदा ठूलो सङ्ख्याका नेपाली श्रमिक समस्या परेको भन्दै दूतावासले सूचनामार्फत यस्तो आग्रह गरेको हो । दूतावासका अनुसार साउदी आएका श्रमिकले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र… Continue reading साउदीस्थित नेपाली दुतावासले भन्यो : सामान्य जानकारी लिएर मात्र साउदी आउनु

मामाको हत्या आरोपमा भान्जा पक्राउ

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–११, हीरापुरमा भान्जाले मामाको हत्या गरेका छन् । बारीमा काम गर्ने क्रममा भएको विवादमा भान्जा लालबन्दी–११, कै ३१ वर्षीय रवि विकले मामा लालबन्दी–१७, रानिगञ्ज निवासी ४५ वर्षीय अशोक विकको हत्या गरेका हुन् । तरकारी लगाउन माच बनाउने क्रममा विवाद भएपछि रविले माच बनाउनकै लागि काटिएको बाँसले मामा अशोकको टाउकोमा प्रहार गरेका… Continue reading मामाको हत्या आरोपमा भान्जा पक्राउ

नुवाकोटमा एक व्यक्ति आठ घण्टासम्म प्रसारण लाइनको तारमा चढेपछि..

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि उद्धार गरिएको छ । नेपाली सेनाको रेञ्जर गणको उद्धार टोलीले उनलाई प्रसारण लाइनमै नियन्त्रणमा लिएर भुइँमा झारेको हो । शनिबार विहान करिब ११ बजे ककनी गाउँपालिका ७ स्थित त्रिशुली–मातातीर्थ प्रशारण लाइनमा चढेका बेलकोटगढी नगरपालिका-१२ का माइला विक दिनभर प्रसारण… Continue reading नुवाकोटमा एक व्यक्ति आठ घण्टासम्म प्रसारण लाइनको तारमा चढेपछि..

मुग्लिन-आबुखैरेनी खण्डमा आज साना सवारीलाई मात्र अनुमती

तनहुँ । पृथ्वी राजमार्गको तनहुँमा पर्ने मुग्लिन–आँबुखैरेनी सडक खण्डमा शनिबार साना गाडी मात्र चलाउन पाइने भएको छ । आबुखैरेनीको मर्स्याङ्दी विद्युत् गृह नजिकै शुक्रबार बिहान सडक भासिएपछि सडक अवरूद्ध भएको थियो। सडक मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि सबै किसिमका सवारी सञ्चालनमा रोक लगाइएको छ। शुक्रबार बेलुकी ७ बजेदेखि… Continue reading मुग्लिन-आबुखैरेनी खण्डमा आज साना सवारीलाई मात्र अनुमती

आइसीसी विश्वकप लिग टु : आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा

काठमाडौं । अमेरिकाको टेक्सासमा जारी नेपाल, अमेरिका र ओमान सम्मिलित क्रिकेट विश्वकप लिग टुमा नेपालले घरेलु टोली अमेरिकाको सामना गर्दैछ । खेल पर्लल्याण्डस्थित मोसा क्रिकेट मैदानमा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । शृंखलामा दुवैले एक एक खेल खेलिसकेका छन् । नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको छ । अमेरिकाले… Continue reading आइसीसी विश्वकप लिग टु : आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा

एएफसी एसियन कप : आज नेपाल र कुवेत भिड्दै

काठमाडौं । एएफसी एसियन कप छनोटमा शनिबार कुवेत र नेपाल भिड्ने भएका छन् । खेल कुवेतको कुवेत सिटीस्थित जाबेर अह अहमद इन्टरनेशनल स्टेडियममा हुनेछ । कुवेत नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको मुलुक समेत हो । उनले नेपालकोतर्फ पहिलो पटक आफ्नै देश कुवेतको विपक्षमा रहेर प्रशिक्षक सम्हाल्दैछन् । शुक्रबार अल्मुताइरीले कुवेती भाषामा दिएको एउटा अन्तर्वार्ताको अंश सामाजिक… Continue reading एएफसी एसियन कप : आज नेपाल र कुवेत भिड्दै

काठमाडौंमा ४.७ म्याग्नेच्युटको ठूलो भूकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । राति २ः३६ मिनेटमा ४.७ म्याग्नेच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चागुनारायण क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यो नयाँ कम्पन नभई गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रको भनाई छ । रातको समयमा भुकम्प आएपछि उपत्यकामा मानिसहरु त्रसित बनेका… Continue reading काठमाडौंमा ४.७ म्याग्नेच्युटको ठूलो भूकम्पको धक्का

दुई ठूला वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट र मेगा गाभिने, बन्ने भयो नेपालकै ठूलो बैंक

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल एक आपसमा गाभिने भएका छन् । शुक्रबार इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै दुई बैंक गाभिने निश्चित बनेको छ । इन्भेष्टमेन्ट बैंकको १ सय कित्ता सेयर बराबर मेगा बैंकको ९० कित्ता स्वाप रेसियो हुनेगरी मर्जर गर्ने प्रारम्भिक… Continue reading दुई ठूला वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट र मेगा गाभिने, बन्ने भयो नेपालकै ठूलो बैंक

पृथ्वी राजमार्गको आबुखैरेनीमा सडक भासिदा ज्यान गुमाएका दुबै जनाको पहिचान खुल्यो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखरस्थित बाँध नजिक शुक्रबार बिहान सडक भासिँदा मृत्यु भएका दुवै पुरुषको पहिचान खुलेको छ। घटनापश्चात दमौली अस्पतालमा राखिएको शव मृतकका आफन्तजनले पहिचान गरेपछि सनाखत भएको हो। सो घटनामा परी मृत्यु हुनेमा गोरखा जिल्ला सिरानचोक गाउँपालिका–५ छोप्राक घरभई हाल आँबुखैरेनीमा बस्दै आएका ३५ वर्षीय केशव घिमिरेको दिउँसै पहिचान भएको… Continue reading पृथ्वी राजमार्गको आबुखैरेनीमा सडक भासिदा ज्यान गुमाएका दुबै जनाको पहिचान खुल्यो

रेमिट्यान्समा सामान्य सुधार, १० महिनामा ८ खर्ब ११ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले वृद्धि भई रु.८ खर्ब ११ अर्ब ७९ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को १० महिनाको तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.६ प्रतिशतले कमी आई… Continue reading रेमिट्यान्समा सामान्य सुधार, १० महिनामा ८ खर्ब ११ अर्ब रेमिट्यान्स भित्रियो

मुद्रास्फीति ७.८७ प्रतिशत , गेडागुडी, तेल, फलफूल, अण्डा लगायतको मूल्यवृद्धि उच्च

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले शुत्रलवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को १० महिनाको तथ्यांक अनुसार फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.६५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य… Continue reading मुद्रास्फीति ७.८७ प्रतिशत , गेडागुडी, तेल, फलफूल, अण्डा लगायतको मूल्यवृद्धि उच्च

विद्युत व्यापारमा नयाँ फड्को, आजदेखि ३६४ मेगावाट भारत निर्यात हुँदै

काठमाडौं । भारत सरकारले अनुमति दिएकै परिमाणमा विद्युत् निर्यात हुन थालेको छ। अघिल्ला वर्षमा वर्षाको समयमा जडित क्षमताअनुसार नै बिजुली उत्पादन हुँदा खेर जाने गरेको थियो। गत मनसुनमा मात्रै ५०० मेगावाट बराबरको बिजुली खेर गएको थियो। त्यसको बजार मूल्यमा हिसाब गर्दा पाँच अर्ब बराबर थियो। यस वर्ष भने प्राधिकरणले त्यो समस्या भोग्नुपरेको छैन। सरकारको सार्थक… Continue reading विद्युत व्यापारमा नयाँ फड्को, आजदेखि ३६४ मेगावाट भारत निर्यात हुँदै

रोकिएन शेयर बजारको आरालो यात्रा, कारोबार करोडमा झर्‍यो

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक नेप्से १४.६४ अंकले घटेर २०४८.१६ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार २२९ कम्पनीको ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैयाँ बराबरको ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading रोकिएन शेयर बजारको आरालो यात्रा, कारोबार करोडमा झर्‍यो

यी हुन् सरकारले हड्ताल गर्न निषेध गरेको अत्यावश्यक २५ सेवाहरु

काठमाडौं । सरकारले अत्यावश्यक २५ वटा सेवामा हड्ताल निषेधित क्षेत्र घोषणा गरेको छ । अत्यावश्य सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै गृहमन्त्रालये हड्ताल गर्न निषेध गरिएका २५ वटा सेवाको सूची राजपत्रमा प्रकाशित गरेको हो । हड्ताल गर्न बन्देज लगाइएको क्षेत्रमा डाँक, तार वा टेलिफोन सेवा, प्रिन्ट… Continue reading यी हुन् सरकारले हड्ताल गर्न निषेध गरेको अत्यावश्यक २५ सेवाहरु

युक्रेनमा दैनिक २ सय सैनिकले गुमाइरहेका छन् ज्यान

Efrem Lukatsky–AP

काठमाडौं (बीबीसी, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक वरिष्ठ सल्लाहकारले युद्धको अग्रमोर्चामा दैनिक १०० देखि २०० को बीचमा सैनिकले ज्यान गुमाइरहेको बताएका छन्। पूर्वी डोन्बास क्षेत्रमा रुसी फौजको सामना गर्नका निम्ति सयौँ पश्चिमा युद्ध प्रणाली युक्रेनलाई आवश्यक रहेको मिखाइलो पोदोलियाकले बताए। मस्कोसँग शान्तिवार्ता पुनः सुरु गर्न किएभ तयार नभएको पनि उनले उल्लेख गरे। सिङ्गो डोन्बासमाथि नियन्त्रण… Continue reading युक्रेनमा दैनिक २ सय सैनिकले गुमाइरहेका छन् ज्यान

शुक्रबार पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं । मुलुकका विभिन्न स्थानमा जेठमा लगातार पानी परेको छ । यो क्रम शुक्रबार समेत जारी रहने छ । प्रदेश १, बागमती, गण्डकी र मधेस प्रदेशमा लगातार पानी परिरहेको छ । लगातारको वर्षाले खोलानालामा पानीको सतह बढेको छ भने पहिरोका कारण मुख्य राजमार्गसहित ग्रामीण सडकको यात्रा कष्टकर हुन थालेको छ । आज पनि यी चार… Continue reading शुक्रबार पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

कमजोर ब्याटिङका कारण नेपाल हार्दा करणको प्रदर्शन ओझेलमा

टेस्सास । आइसिसी विश्वकप क्रिकेट लिग २ मा नेपाल पहिलो खेलमा ओमनसँग पराजित भएको छ । अमेरिकाको टेक्सासमा शुक्रबार विहान सम्पन्न खेलमा नेपाल ओमानसँग १३ रनले हारेको हो । ओमान, अमेरिका र नेपालबीचको यो त्रिकोणात्मक सिरिजमा ओमानले भने पहिलो जित निकाल्यो। करन केसीको उत्कृष्ट प्रदर्शनमा नेपालले बलिङमा ओमानलाई मध्यम योगफलमा रोक्न सफल भएको थियो ।… Continue reading कमजोर ब्याटिङका कारण नेपाल हार्दा करणको प्रदर्शन ओझेलमा

पृथ्वी राजमार्गको तनहुँ खण्ड अवरुद्ध, सडक भासियो

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्यामनजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध बनेको छ । गत रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो। सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्कालाई उदृत गर्दै राससले लेखेको छ । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने… Continue reading पृथ्वी राजमार्गको तनहुँ खण्ड अवरुद्ध, सडक भासियो

१७ वर्षसम्म उमेर समुहका व्यक्तिले आजबाट कोरोनाको बुस्टर डोज लगाउन सक्ने

काठमाडौं । आजबाट १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तिले कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सक्ने भएका छन् । दोस्रो मात्रा लगाएको तीन महिना पूरा भएकाहरुले बुस्टर डोज लगाउन सक्ने छन् । यसअघि १२ देखि १७ वर्ष उमेर समूहलाई गत पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप दिइएको थियो । उनीहरुलाई आजबाट बुस्टर डोजको रुपमा मोडर्ना वा फाइजर… Continue reading १७ वर्षसम्म उमेर समुहका व्यक्तिले आजबाट कोरोनाको बुस्टर डोज लगाउन सक्ने