काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक तारा एयरलाइन्सले पोखरा-जोमसोम उडान एक साताका लागि बन्द गरेको छ । मौसमका कारण जेठ २० देखि २७ गतेसम्म एकसाताका लागि उक्त रुटको उडान बन्द गरिएको तार एयरले जनाएको छ । आज जोमसोमका लागि निर्धारण गरिएका सबै उडान समेत रद्द भएको छ । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले एकसाताका… Continue reading तारा एयरको पोखरा-जोमसोम उडान १ साता बन्द
Author: Vishwanews.com
अमेरिकामा अर्को सामुहिक गोली काण्ड : अस्पतालमा चार जना मारिए, कैयौं घाइते
ओक्लाहोमा । अमेरिकामा अर्को सामुहिक गोलीकाण्ड भएको छ । ओक्लाहोमा राज्यको टुलसास्थित एउटा अस्पतालमा भएको गोलीकाण्डमा चारजना सर्वसाधारण मारिएको बीबीसीले लेखेको छ । सन्दिग्ध आक्रमणकारी पनि मारिएको सरक्षाकर्मीको दावि छ । अधिकारीहरूका अनुसार सेन्ट फ्रान्सिस अस्पताल खाली गराउन अझै काम भइरहेको छ जहाँ एक पुरुष राइफलसहित रहेका विवरण आएका थिए। गोलीकाण्डमा कैयौँ घाइते भएको पनि… Continue reading अमेरिकामा अर्को सामुहिक गोली काण्ड : अस्पतालमा चार जना मारिए, कैयौं घाइते
भिजिट भिसामा जानेहरुका समस्या समाधान गर्ने बारे गृह र श्रममन्त्रीबीच छलफल
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठबीच वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने विषयमा देखिएका समस्या समाधानबारे छलफल भएको छ । बुधबार गृह मन्त्रालयमा भएको छलफलमा गृहसचिव टेकनारायण पाण्डे, श्रम मन्त्रालयका सचिव एक नारायण अर्याल, गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल, अध्यागमन विभागका महानिर्देशनक नारायणप्रसाद भट्टराई, वैदेशिक रोजगार विभागका महानिर्देशक… Continue reading भिजिट भिसामा जानेहरुका समस्या समाधान गर्ने बारे गृह र श्रममन्त्रीबीच छलफल
दरवार हत्याकाण्डका २१ वर्ष, रहस्यको पर्दा अझै खुलेन
काठमाडौं । देशभर अविरल वर्षातका बीच आजैका दिन काठमाडौंबाट २१ वर्षअघि एक सनसनीपूर्ण, दुखद र अविश्सनीय खबरले विश्वभर तरंग फैलिएको थियो । नेपालमा राजतन्त्रलाई धेरै मानिसहरु भगवान विष्णुको अवतार मान्थे । दरबार भित्रका दाउपेचबारे पढ्दै र सुन्दै आएका जनताले आधुनिक युगमा यतिसम्मको विभत्स घटना हुन्छ भन्ने कल्पना भने गरेका थिएनन् । २०५८ साल जेठ १९… Continue reading दरवार हत्याकाण्डका २१ वर्ष, रहस्यको पर्दा अझै खुलेन
अर्जेन्टिनाको अपराजित खेल ३२ पुग्यो, कप्तान मेसीलाई अर्को उपाधी
लण्डन । दक्षिण अमेरिकन च्याम्पियन अर्जेन्टिना र युरोपियन च्याम्पियन इटालीबीचको प्रतिस्पर्धामा जित निकाल्दै अर्जेण्टिनाले आफ्नो अपराजित यात्रा ३२ खेलसम्म पुर्याएको छ । ‘फाइनलिसीमा’ नाममा भएको प्रतियोगिताको उपाधि जित्दा अर्जेन्टिनाले इटलीलाई ३–० गोलले हरायो । इंग्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लगि मार्टिनेजले २८ मिनेटमा पहिलो गोल गरेका थिए। अर्जेन्टिनाका लागि डि मारियाले पहिलो हाफको इन्जुरी… Continue reading अर्जेन्टिनाको अपराजित खेल ३२ पुग्यो, कप्तान मेसीलाई अर्को उपाधी
खेतीयोग्य जमिन बाँझो राखेमा १ लाखसम्म जरिवाना
काठमाडौं । खेतीयोग्य जग्गा बाँझो राखे एक लाख रुपैयाँसम्म जरिवाना हुने गरी सरकारले नियम बनाएको छ । मन्त्रिपरिषदले भूउपयोग नियमावली स्वीकृत गरी जग्गा बाँझो राख्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको हो । नियमावलीले काबु बाहिरको पारिस्थिति बाहेक कृषिक्षेत्रमा वर्गीकृत जमिन लगातार तीन वर्षसम्म बाँझो राखेमा कसूर गरेको मानिने व्यवस्था गरेको छ । यस्तो… Continue reading खेतीयोग्य जमिन बाँझो राखेमा १ लाखसम्म जरिवाना
बारामा पोखरीमा डुबेर दुई जनाको मृत्यु
बारा । बारामा पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । कोल्हबी नगरपालिका–११ बेलवा बस्ने ५२ वर्षीय बिरनाथ चौधरी र कलैया उपमहानगरपालिका १६ मझौलिया टोल बस्ने ९ वर्षीया यस्तफा अन्सारीको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बेलुका साढे ९ बजे बिरनाथ घरदेखि ५०० मिटर पश्चिमपट्टी पोखरीमा डुबेर मृत्यु… Continue reading बारामा पोखरीमा डुबेर दुई जनाको मृत्यु
प्रधानमन्त्री र एमाले अध्यक्षसँगको भेटबारे बालेनले के भने ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेकोबारे बोलेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् भेटघाटलाई अन्यथा नलिन अपिल गरे । ‘काठमाडौंको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाव समेट्न र सहकार्यका लागि पहल गर्न धेरैभन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेका छौं,’… Continue reading प्रधानमन्त्री र एमाले अध्यक्षसँगको भेटबारे बालेनले के भने ?
नेपालका होटेल ‘सिंगल युज प्लास्टिक फ्रि’ बनाउने अभियान प्रारम्भ
काठमाडौं । नेपालका होटलहरु अब सिंगल युज प्लास्टिक मुक्त बन्ने भएका छन् । होटल संघ नेपाल (हान)ले बुधबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल तथा नेपालका लागि बेलायती राजदूतको उपस्थितिमा यस्तो अभियान प्रारम्भ गरेको हो । अब होटलले प्लास्टिकबाट बनेका एक पटक प्रयोग गरेर फाल्नुपर्ने ब्रस, काइयो, प्लास्टिक चप्पल, प्याकिङ प्लास्टिकसहित होटलका कोठामा प्रयोग हुने प्लास्टिकजन्य… Continue reading नेपालका होटेल ‘सिंगल युज प्लास्टिक फ्रि’ बनाउने अभियान प्रारम्भ
अर्थमन्त्रीले भने : बजेटमा सबैको अपनत्व छ
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सबैको अपनत्व कायम हुने गरी सरोकारवाला पक्षहरुसँग बारम्बार छलफल गरी आगामी आर्थिक वर्ष ०७९\८० को बजेट ल्याएको बताएका छन् । उनले बजेट कार्यान्वयनमा सहयोग गरेर मुलुकलाई आत्मनिर्भर र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न पनि आग्रह गरेका छन् । नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले… Continue reading अर्थमन्त्रीले भने : बजेटमा सबैको अपनत्व छ
मध्यपहाडी लोकमार्ग अधुरै छाड्ने ठेकेदारलाई ७ दिने स्पष्टीकरण माग
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको हटिया–बुर्तिबाङ खण्डमा अधुरो कालोपत्र भएको छ । निर्माण कम्पनीले कालोपत्र गरेर सडक नबुझाउँदै सडकमा खाल्डा परेको, मापदण्डअनुसार कालोपत्र नसकेको र आवश्यक पूर्वाधार सम्पन्न नगरेको भन्दै मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले ठेकेदार कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको छ । मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले निर्माण व्यवसायीका… Continue reading मध्यपहाडी लोकमार्ग अधुरै छाड्ने ठेकेदारलाई ७ दिने स्पष्टीकरण माग
काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको जहाज आकाशबाटै फर्कियो
काठमाडौं । काठमाडौंबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको जहाज आकाशबाटै काठमाडौं फर्किएको छ । त्रिभुवन विमानस्थलबाट भद्रपुर उडेको बुद्ध एयरको ९५३ उडान नम्बरको जहाज ३० नटिकल माइल उडेपछि काठमाडौं फिर्ता आएको हो । सो जहाजको पछिल्लो टायरको केही भाग धावनमार्गमा भेटिएपछि जहाज काठमाडौं फिर्ता गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको हो । उक्त विमान सकुशल काठमाडौं… Continue reading काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको जहाज आकाशबाटै फर्कियो
रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार १ अर्ब ७ करोडमा सीमित
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि बढ्ने आशा गरेको शेयर बजार लगातार ओरालो लागेको छ । बजेट घोषणापछिको पहिलो कारोबार दिन सोमबार ५० अंकले घटेको नेप्से दोस्रोदिन ३५ अंकले र आज ७ घटेको छ । पछिल्लो तीन कारोबार दिनमै नेप्से ९२ अंकले घटेको छ । बुधवार नेप्से ७.२६ अंकले घटेर २१३०.७१… Continue reading रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार १ अर्ब ७ करोडमा सीमित
‘बजेट आर्थिक संकट र मूल्यवृद्धि रोक्नेतर्फ उन्मुख छैन,स्रोतका स्पष्ट आधार के’ ?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन अहिलेको बजेट आर्थिक संकट र मूल्यवृद्धि रोक्नेतर्फ उन्मुख नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बजेट माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । आगामी निर्वाचनलाई लक्षित गरेर मात्र बजेट ल्याइएको भन्दै उनले आम मानिसको जीवन परिवर्तन गर्न नसक्ने बताए । साथै, स्रोत… Continue reading ‘बजेट आर्थिक संकट र मूल्यवृद्धि रोक्नेतर्फ उन्मुख छैन,स्रोतका स्पष्ट आधार के’ ?
‘स्वतन्त्रले नै देश चलाउछन् भनेर नसोचौँ, त्यो भ्रममा हामी नपरौँ’- प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीत तहको निर्वाचनमा धरान उपमहानगरपालिका र काठमाडौं महानगरपालिकामा जित हासिल गर्नेमात्र स्वतन्त्र उम्मेदवार भएको बताएका छन् । बुधबार काठमाडौंको कमलपोखरीस्थित कुमारी हलमा आयोजित जनप्रतिनिधिहरुको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यी दूई नगरमा स्वतन्त्र रुपमा उठेर जित हासिल गरेका मात्र स्वतन्त्र उम्मेदवार भएको बताए ।… Continue reading ‘स्वतन्त्रले नै देश चलाउछन् भनेर नसोचौँ, त्यो भ्रममा हामी नपरौँ’- प्रचण्ड
मिस नेपालको अन्तिम प्रतिस्पर्धामा २४ युवती, को-को छन् ?
काठमाडौं । मिस नेपाल–२०२२ को अन्तिम प्रतिस्पर्धाका लागि २४ जना युवती छनोट भएका छन् । मिस नेपाल २०२२ को अन्तिम तयारी चलिरहँदा २४ प्रतिस्पर्धी अब उपाधीका लागि भिड्नेछन् । अन्तिम प्रतिस्पर्धामा रहेका युवतीलाई ब्याच र अंक प्रदान गरिएको छ। पूर्वमिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ, मिस अर्थ, मिस इन्टरनेसनल र मिस सुप्रान्यासनलका विजयी सुन्दरीले ब्याच प्रदान… Continue reading मिस नेपालको अन्तिम प्रतिस्पर्धामा २४ युवती, को-को छन् ?
विद्यालयमा हुने बन्दुक हमलाले अमेरिकामा बालबालिकामाथि कस्तो असर परिरहेको छ ?
न्यूयोर्क (बीबीसी) । अमेरिकी विद्यालयमा भएका बन्दुक आक्रमणका घटनामा एउटा निराशाजनक भावना जोडिएको छ। घटनालाई लिएर सञ्चारमाध्यममा आक्रोशहरू देखिन छोडेपछि पनि अन्य बेलामा जस्तो सामान्य अवस्था हुने छैन। हालैको एक घटनामा १८ वर्षीय साल्भाडर रामोसले टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा गोली प्रहार गर्दा कम्तीमा १९ जना विद्यार्थी र दुई वयस्कहरू मारिए। सातदेखि १० वर्षसम्मका बालबालिकालाई… Continue reading विद्यालयमा हुने बन्दुक हमलाले अमेरिकामा बालबालिकामाथि कस्तो असर परिरहेको छ ?
निजामती अस्पतालले मोडुलर आइसीयू संचालनमा ल्याउने
काठमाडौं । बानेश्वरस्थित निजामती अस्पतालले १६ बेडको मोडुलर आईसीयू संचालनमा ल्याउने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. विधानिधि पौडेलका अनुसार १६ बेडको मोडुलर आईसीयू सञ्चालन गर्न लागेको हो । मंगलबार निर्देशक पौडेलले आफ्नो एक वर्षको कार्यविवरण प्रस्तुत गर्दै १६ बेडको मोडुलर आइसियु सञ्चालन गर्न लागेको जानकारी गराए । आगामी छ महिनामा निमार्ण सम्पन गरी… Continue reading निजामती अस्पतालले मोडुलर आइसीयू संचालनमा ल्याउने
राष्ट्रपति आज बडिमालिका भ्रमणमा जाने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सुदुरपश्चिमको चर्चित धार्मिक गन्तब्य बडिमालिकाको भ्रमणमा जाने भएकी छिन् । उनी बुधबार बिहान बाजुरा प्रस्थान गर्ने कार्यक्रम छ । सोही सिलसिलामा उनी मंगलबार नै सुर्खेत पुगेकी छिन् । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक्रमअनुसार उनी मंगलबार सुर्खेत आएकी जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद… Continue reading राष्ट्रपति आज बडिमालिका भ्रमणमा जाने
चार किलो चाँदीका गहनासहित एक भारतीय पक्राउ
सप्तरी । सशस्त्र प्रहरी सीमा सुरक्षाबलले भारी परिमाणको चाँदीका तयारी गहना सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलको विओपी स्वर्णपट्टीबाट खटिएको टोलीले बोदेबर्साइन नगरपालिका ९ स्थित इँटा भट्टा नजिकबाट भारतको विहार राज्य मधुवनी जिल्ला खुटौना ग्राम पञ्चायत ११ कामट टोल बस्ने २२ वर्षीय बशिष्ठ चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका… Continue reading चार किलो चाँदीका गहनासहित एक भारतीय पक्राउ
माओवादीले आफ्ना निर्वाचित प्रतिनिधिलाई आजबाट प्रशिक्षण दिने
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनमा जितेका जनप्रतिनिधिलाई आजबाट प्रशिक्षण दिने भएको छ । कार्यक्रम काठमाडौंमा आयोजना गरिएको छ । स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्रको भनाई छ । कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून… Continue reading माओवादीले आफ्ना निर्वाचित प्रतिनिधिलाई आजबाट प्रशिक्षण दिने
थप ९ जनामा कोरोना पुष्टी
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा देशभर थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९ जनामा संक्रमण पुष्टि भएको हो। ३ हजार ४७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। २ हजार ८५ जनाको पिसिआर र ९ सय ६२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै… Continue reading थप ९ जनामा कोरोना पुष्टी
‘कबड्डी चार’ चलचित्र : अभिनेत्री र दर्शकबीचको विवाद टुंगियो, दुई पक्षबीच सहमती
काठमाडौं । कवड्डी–४’ फिल्म हेर्न पुगेका दर्शक र अभिनेत्री मिरुना मगरबीचको विवाद सहमतीमा टुंगिएको छ । फिल्म निर्माण पक्षका अभिनेता दयाहाङ राई, निर्देशक रामबाबु गुरुङ र बौद्ध भिक्षुका तर्फबाट खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ आदिले संयुक्त हस्ताक्षर गरी विवाद टुंगाइएको हो । दुबै पक्षवीच भएको सम्झौता पत्रमा लेखिएको छ, ‘प्रदर्शनरत नेपाली कथानक चलचित्र कवड्डी द… Continue reading ‘कबड्डी चार’ चलचित्र : अभिनेत्री र दर्शकबीचको विवाद टुंगियो, दुई पक्षबीच सहमती
मेलम्चीको पानी काठमाडौं पठाउन बन्द, वर्षा पछि मात्रै ढोका खोलिने
काठमाडौं । मेलम्ची खानेपानीको मुखढोका बन्द गरिएको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा शुरू भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएको भन्दै मंगलबारदेखि मुल ढोका बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले मंगलबारदेखि पानी पठाउन बन्द गरिएको जानकारी दिए। उनले वर्षायामसँगै पानीको टनेल र सुरुङमा… Continue reading मेलम्चीको पानी काठमाडौं पठाउन बन्द, वर्षा पछि मात्रै ढोका खोलिने
विश्व बजारमा कच्चा तेलको मूल्य फेरि उकालो,एकसातामै १४ डलर बढ्यो
काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्य फेरि उकालो लागेको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १२४ अमेरिकी डलर पुगेको छ । पछिल्लो एक सातामै कच्चा तेलको मूल्य प्रतिब्यारेल १४ डलर बढेको छ । गत मंगलबार कच्चा तेलको मूल्य प्रतिब्यारेल ११० डलर थियो । यस्तै, डब्लूटीआई तेलको मूल्य १२० डलर पुगेको… Continue reading विश्व बजारमा कच्चा तेलको मूल्य फेरि उकालो,एकसातामै १४ डलर बढ्यो
नेप्सेमा ३५.५३ अंकको गिरावट, एक अर्ब ३१ करोडको कारोबार
काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट घोषणापछिको पहिलो कारोबार दिन सोमबार ५० अंकले घटेको नेप्से आज ३५ अंकले घटेको छ । पछिल्लो दुई कारोबार दिनमै नेप्से ८५ अंकले घटेको छ । मंगलबार नेप्से ३५.५३ अंकले घटेर २१३७.९२ विन्दुमा आइपुगेको छ । यसदिन २२९ कम्पनीको १ अर्ब… Continue reading नेप्सेमा ३५.५३ अंकको गिरावट, एक अर्ब ३१ करोडको कारोबार
च्याम्पियन्स लिग फाइनल आधा घण्टा ढिला सुरु भएको घटनाबारे स्वतन्त्र जाँचबुझ थालियो
पेरिस । यूरोपीयन फुटबल एसोसिएशनले शनिवार सम्पन्न यूइएफए च्याम्पियन्सलिग फाइनल खेल आधा घण्टा ढिला मात्र सुरु गरिएको घटनाबारे स्वतन्त्र रुपमा जाँच थालेको छ । लिभरपुल र रियल म्याड्रिडबीचको यो खेल फ्रान्सको पेरिसमा भएको थियो । स्वतन्त्र भेन्यूमा भएको भए पनि आफ्नो क्लवको समर्थन गर्न अन्य मुलुकबाट समर्थक र प्रहरीबीचको झडपका कारण खेल केहीबेर अवरुद्ध भएको… Continue reading च्याम्पियन्स लिग फाइनल आधा घण्टा ढिला सुरु भएको घटनाबारे स्वतन्त्र जाँचबुझ थालियो
युवालाई विदेश पुर्याएर अलपत्र पार्ने ५ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले नेपालीहरुलाई यूएई पुर्या्एर अलपत्र पार्ने काममा संलग्न ५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्युरोका एसएसपी कुवेर कडायतले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई भेटी भिजिट भिसामा यूएई पुर्याएर अलपत्र पार्ने काममा संलग्न मुख्य अभियुक्तहरु पक्राउ गरिएको जानकारी दिएका छन् । कडायतका अनुसार मुख्य आरोपी त्रिनेत्र… Continue reading युवालाई विदेश पुर्याएर अलपत्र पार्ने ५ जना पक्राउ
अंग्रेजी नयाँ वर्षबाट पोखरा विमानस्थल संचालनमा आउला ?
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालन आगामी नयाँ वर्ष २०२३ बाट गर्ने तयारी छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा यस्तो जानकारी गराएका हुन् । उनले घोषणा गरेकै मितिमा नियमित उडान गर्न सजिलो भने छैन । खासगरी भौतिक संरचना निर्माणको काम समयमै सकिए पनि यहाँ अन्य व्यवस्थापकीय… Continue reading अंग्रेजी नयाँ वर्षबाट पोखरा विमानस्थल संचालनमा आउला ?
युरोपेली मुलुकहरु रुसी तेल आयातमा प्रतिवन्ध लगाउन सहमत
काठमाडौं (बीबीसी) । पूर्ण प्रतिबन्ध लगाउने कुरामा हङ्गेरीले विरोध जनाएपछि युरोपेली सङ्घका नेताहरू रुसी तेल आयातको दुई तिहाइभन्दा बढीमा रोक लगाउने एउटा योजनामा सहमत भएका छन्। अब यो वर्षको अन्त्यसम्ममा ईयूले लगभग ९० प्रतिशत रुसी तेल आयातलाई कटौती गर्नेछ। युरोपेली काउन्सिलका प्रमुख चार्ल्स मिशेलले यो सम्झौताले रूसी ुयुद्ध औजारुका लागि ठूलो वित्तीय स्रोत बन्द गरेको… Continue reading युरोपेली मुलुकहरु रुसी तेल आयातमा प्रतिवन्ध लगाउन सहमत