काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दुर्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परी २२ जनाको निधन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले पुष्टी गरेको छ । निधन भएकामध्ये १० जनाको शव सोमबार साँझ काठमाडौं ल्याइएको छ । बाँकी शव आज काठमाडौं ल्याउने तयारी रहेको छ । नेपाली सेनाको हेलिकप्टरबाट सोमबार १० वटा शव काठमाडौं… Continue reading तारा एयर दुर्घटना : एक जनाको शव अझै वेपत्ता
Author: Vishwanews.com
संसदमा बजेटमाथिको छलफल आजबाट
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा मंगलबारबाट बजेटको सैद्धान्तिक छलफल प्रारम्भ हुँदैछ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमा छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले जवाफ दिनका लागि सभामुख अग्नि सापकोटाले जेठ १७,… Continue reading संसदमा बजेटमाथिको छलफल आजबाट
तारा एयर जहाज दुर्घटनाका मृतकमध्ये १० जनाको शव काठमाडौं ल्याइयो
काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौँ ल्याइएको छ। २२ जना सवार जहाज आइतबार बिहान दुर्घटनामा परेको थियो । सोमबार बिहान दुर्घटनास्थल पत्ता लागेको हो । त्यसपछि सुरु भएको सर्च अपरेशनका दौरान २१ जनाको शव भेटिएको थियो । त्यसमध्ये पहिलो चरणमा १० जनाको… Continue reading तारा एयर जहाज दुर्घटनाका मृतकमध्ये १० जनाको शव काठमाडौं ल्याइयो
वडाध्यक्ष डंगोलले भने-‘फोहोरमैला व्यवस्थापन नभएसम्म बैठकको भत्ता लिन्नँ, खातामा पैसा नहाल्नु होला’
काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठकमा वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले फोहोर व्यवस्थापन नभएसम्म भत्ता नलिने घोषणा गरेका छन्। सोमबार बसेको महागरपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्। ‘फोहोरमैला व्यवस्थापन नभएसम्म मैले बैठकको भत्ता लिन्नँ। कृपया खातामा पैसा नहाल्नु होला,’ उनले भने। त्यस्तै उनले सार्वजनिक शौचालयलाई व्यावसायिक गर्न… Continue reading वडाध्यक्ष डंगोलले भने-‘फोहोरमैला व्यवस्थापन नभएसम्म बैठकको भत्ता लिन्नँ, खातामा पैसा नहाल्नु होला’
नगर कार्यपालिका बैठकमा मेयर बालेनको प्रस्ताव-‘फोहोर व्यवस्थापनदेखि रेष्टुरेन्टहरुको शौचालय निःशुल्क प्रयोगसम्म’
काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठकमा ६ वटा एजेन्डामा छलफल भएका छन्। सोमबार बसेको महागरपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै उनले फोहोर व्यवस्थापनलाई राखेका प्रमुख एजेण्डाको रुपमा फोहोर व्यवस्थापनलाई राखेका छन् । उनले उनले काठमाडौं महानगरपालिकाको फोहोर सिसडोल बन्चरेडाँडामा फ्याँक्ने गरिएको भन्दै त्यसबाट हुने हानी न्यूनिकरण गर्न पहल गर्न आह्वान गरेका थिए। त्यस्तै उनले… Continue reading नगर कार्यपालिका बैठकमा मेयर बालेनको प्रस्ताव-‘फोहोर व्यवस्थापनदेखि रेष्टुरेन्टहरुको शौचालय निःशुल्क प्रयोगसम्म’
दौरा सुरुवालसहित नेपाल भाषामा पनि शपथ लिएका बालेनले किन लगाएनन् माला ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले शपथ लिएका छन्। राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमका बीच शाहले शपथ लिएका हुन्। दौरा सुरुवालमा देखिएका बालेननले नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए । राष्ट्रियसभा गृहमा आयोजित शपथग्रहण समारोहमा मेयर साहले माला लगाउन अस्वीकार गरेका थिए । यसअघि ओखरपौवास्थित डम्पिङ साइटमा… Continue reading दौरा सुरुवालसहित नेपाल भाषामा पनि शपथ लिएका बालेनले किन लगाएनन् माला ?
मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । ग्लोबल कन्सल्टेन्सीका संचालक मनोज पाण्डे थप ७ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका क्रममा एक सहभागीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई उच्च अदालत काठमाडौंले एक साताको म्याद थप गरेको हो । पीडित युवतीले सामाजिक सञ्जालमार्फत आठ वर्षअघिको घटनाबारे खुलासा गरेकी थिइन् । सक्सेस पार्टी भनेर… Continue reading मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
सवारी लाइसेन्सका लागि हालसम्म परेका सबै आवेदन रद्द, साँझदेखि पुनः नयाँ खुल्ने
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । विभागले सूचना जारी गर्दै नयाँ अनलाइन प्रणाली सुरु गर्नको लागि नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको जनाएको हो । नयाँ अनलाइन आवेदन जेठ १६ गते सोमबार साँझ ६ बजेदेखि सुरू हुनेछ… Continue reading सवारी लाइसेन्सका लागि हालसम्म परेका सबै आवेदन रद्द, साँझदेखि पुनः नयाँ खुल्ने
काठमाडौं महानगर प्रमुख बालेन्द्रले लिए शपथ
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले शपथ लिएका छन्। राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमका बीच शाहले शपथ लिएका हुन्। शपथ ग्रहणअघि निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको थियो। नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए । बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराएका छन्… Continue reading काठमाडौं महानगर प्रमुख बालेन्द्रले लिए शपथ
मुस्ताङ दुर्घटनामा परे एकै परिवारका ७ जना
काठमाडौं । मुस्ताङको मानापाथी हिमालको फेदी स्थित थासाङ गाउँपालिका–२ न्याउरिकोटको ल्याङके खोलाको मुहान क्षेत्रमा भएको तारा एयरको विमान दुर्घटनामा एकै परिवारका सात जना रहेको खुलेको छ । धनुषाबाट मुक्तिनाथ दर्शनका लागि हिडेका एकै परिवारका सात जना परेपछि धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँ शोकमा डुबेको छ । बिमान दुर्घटनामा १३ जना नेपाली मध्ये सात जना एकै… Continue reading मुस्ताङ दुर्घटनामा परे एकै परिवारका ७ जना
काठमाडौंका मेयर र उपमेयरको सपथ आज
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिको पद तथा गोपनियताको शपथ ग्रहण आज हुने भएको छ । बिहान ११ बजे राष्ट्रिय सभागृहमा शपथ ग्रहणको कार्यक्रम राखिएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराउने छन् । त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई… Continue reading काठमाडौंका मेयर र उपमेयरको सपथ आज
उदयपुरमा ट्रक दुर्घटना, चार जनाको मृत्यु
उदयपुर । उदयपुरकमा ट्रक दुर्घटनामा परी चार जनाको मृत्युु भएको छ । कटारी नगरपालिका–१४ भदौरेमा आइतबार राति ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बु जाँदै गरेको ना८ख ८२९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्गअन्तर्गत कच्ची सडकखण्डमा दुर्घटनामा परेको छ । राति करिब २ः३० बजेतिर ट्रक सडकबाट एक सय… Continue reading उदयपुरमा ट्रक दुर्घटना, चार जनाको मृत्यु
हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला
काठमाडौं । आइतबारबाट हराइरहेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको हो । स्थानीयले जहाज दुर्घटनाग्रस्त भएको स्थान पत्ता लगाएका छन् । अब त्यहाँ सैनिक र सुरक्षाकर्मीको टोली पुग्ने तयारी छ… Continue reading हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला
१७ खर्ब ९३ अर्बको बजेट, राजस्वबाट १२ खर्ब ४० अर्ब उठाउने लक्ष्य
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्बको आकारको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ आकारको बजेट ल्याएका हुन् । बजेट चालु तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड बिनियोजन गरिएको छ । पुँजीगत तर्फ ३ खर्ब ८० अर्ब ३८… Continue reading १७ खर्ब ९३ अर्बको बजेट, राजस्वबाट १२ खर्ब ४० अर्ब उठाउने लक्ष्य
किसान पेन्सन आयोजना घोषणा, सातै प्रदेशमा कोल्ड स्टोरेज स्थापना गरिने
काठमाडौं । सरकारले स्वदेशी किसानको प्रतिष्ठा बढाउन र कृषिमा आकर्षण वृद्धि गर्न किसान पेन्सन आयोजना घोषणा गरेको छ । सो कार्यक्रमका लागि बीउ पुँजी रु. १ अर्ब छुट्याइएको अर्थमन्त्री जनार्दन शर्माले बताए । त्यसै गरी एक सय ओटा सामुहिक खाद्यान्न गोदाम स्थापना गर्ने र सातै प्रदेशमा कोल्ड स्टोरेज स्थापना गरिने पनि उनको योजना छ ।… Continue reading किसान पेन्सन आयोजना घोषणा, सातै प्रदेशमा कोल्ड स्टोरेज स्थापना गरिने
कर्मचारीको तलब १५ प्रतिशत बढ्यो, साउनदेखि लागू हुने
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ । आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । उक्त तलब साउन एक गतेदेखि लागु हुनेछ । सरकारी कोषबाट तलब बुझ्ने निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद सेवा,… Continue reading कर्मचारीको तलब १५ प्रतिशत बढ्यो, साउनदेखि लागू हुने
सिंहदरबारबाट ग्याँस सिलिण्डर विस्थापन गर्ने देशभरका सबै परिवारले एउटा विद्युतीय चुलो पाउने
काठमाडौं । सिंहदरबारबाट ग्याँस सिलिण्डर विस्थापन थाल्ने सरकारको घोषणाकाठमाडौं । सरकारले आगामी आवदेखि ‘एलपि ग्यास छोडौ, विजुली जोडौ’ अभियान सञ्चालनमा ल्याउने भएको छ । जसअनुसार एलपि ग्यासमा उपलब्ध गराउदै आएको अनुदान क्रमशः कटौती गर्दै लगिने बताइएको छ । त्यस्तै सिंहदरबार परिसरभित्रबाट आगामी साउनभित्र सबै ग्यास सिलिन्डर हटाएर विद्युतिय चुलो जडान गरिने बताइएको छ । विस्तारै… Continue reading सिंहदरबारबाट ग्याँस सिलिण्डर विस्थापन गर्ने देशभरका सबै परिवारले एउटा विद्युतीय चुलो पाउने
शिक्षामा ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन, स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड
काठमाडौं । सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका लागि रु ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ। आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । केन्द्रको लागि ५ अर्व ३२ करोड रकम बजेट बिनियोजन गरिएको छ भने स्थानीय तहका लागि रु… Continue reading शिक्षामा ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन, स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड
अब ६८ वर्षमै वृद्धभत्ता, भत्ता नलिने घोषणा गर्ने नागरिकलाई सम्मान
काठमाडौं । सरकारले ६८ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने भएको छ। आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् । नयाँ व्यवस्था साउनदेखि… Continue reading अब ६८ वर्षमै वृद्धभत्ता, भत्ता नलिने घोषणा गर्ने नागरिकलाई सम्मान
गरिबलाई खाद्य सुरक्षा परिचयपत्र, सुपथ मूल्यमा खाद्यान्न दिइने
काठमाडौं । सरकारले गरिबलाई खाद्य सुरक्षा परिचयपत्र दिने भएको छ । यस्तै, उनीहरूलाई सुपथ मूल्यमा खाद्यान्न समेत दिइनेछ । आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।
पर्यटन क्षेत्रमा ९ अर्ब ३८ करोड बजेट, औद्योगिक पूर्वाधारलाई पौने ४ अर्ब
काठमाडौं । सरकारले पर्यटन क्षेत्रको लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। संसदमा आईतवार आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो बराबरको बजेट विनियोजन गरिएको बताए । पर्यटन प्रवद्र्धन लगायतका कार्यक्रम समावेश गरी उनले सो रकम विनियोजन गरेको जानाकारी दिए। उनका अनुसार सबै मठ मन्त्रीको मूर्तिहरु झल्कने गरी प्रतिकारात्मक… Continue reading पर्यटन क्षेत्रमा ९ अर्ब ३८ करोड बजेट, औद्योगिक पूर्वाधारलाई पौने ४ अर्ब
कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने
काठमाडौं । सरकारले सुदूरपश्चिमको कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने भएको छ । आइतबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् । उच्च हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा प्राथमिकता दिने पनि उनले बताए ।
वित्तीय समानीकरण अनुदानः प्रदेश र स्थानीयलाई कति बजेट ?
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटमार्फत प्रदेश र स्थानीय तहलाई दिइने बजेट छुट्याएका छन्। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रदेश र स्थानीय तहलाई दिइने बजेट सार्वजनिक गरेको हन् । यसअनुसार प्रदेश र स्थानीय तहको अधिकारको आधारमा समानीकरण अनुदान प्रदेशलाई ६१ अर्ब ४३ करोड र स्थानीय तहलाई १ खर्ब २३ करोड… Continue reading वित्तीय समानीकरण अनुदानः प्रदेश र स्थानीयलाई कति बजेट ?
खाद्यान्न आयात ३० प्रतिशतले कम गर्ने, भूमिहीन र दलितलाई तीन वर्षभित्र आवास
काठमाडौं । सरकारले धान, गहुँ, मकै, तरकारी र फलफूलको आयात ३० प्रतिशतले कम गर्ने उद्देश्य लिएको छ । आगामाी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमनत्री जनार्दन शर्माले खाद्यान्न३० प्रतिशत र समग्र आयत २० प्रतिशतले क मगर्ने लक्ष्य रहेको बताएका हुन्। यस्तै, उनले निर्यात दोब्बर गर्ने र आयात २० प्रतिशतले घटाउने पनि बजेटको उद्देश्य रहेको बताए… Continue reading खाद्यान्न आयात ३० प्रतिशतले कम गर्ने, भूमिहीन र दलितलाई तीन वर्षभित्र आवास
जहाज हराउनु अघि के भनेका थिए पाइलटले, को-को थिए जहाजमा ? (नामसहित)
काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरकाे जहाज सवा सम्पर्कविहीन नै छ । म्याग्दी कटेर उकालो लागेपछि जहाज बेपत्ता भएको बताइएको छ । मुस्ताङ थासाङ क्षेत्रका स्थानीयले उक्त जहाज त्यहाँ २ पटकसम्म घुमेको बताएका छन् । तारा एयरको ९ एनएईटी ट्विनअटर विमान दुर्घटनामा परेको हो। १९ यात्रु लिएर पोखराबाट आइतबार बिहान ताराको जहाज ९… Continue reading जहाज हराउनु अघि के भनेका थिए पाइलटले, को-को थिए जहाजमा ? (नामसहित)
खराब मौसमका कारण सम्पर्कविहीन जहाजको खोजीमा गएको हेलिकप्टर फर्कियो
काठमाडौं । पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीका लागि पठाइएको हेलिकप्टर फर्किएको छ। नेपाल नागरिक उड्डन प्राधिकरणका अनुसार विमानको अवस्थाबारे खोजतलासका लागि विमानको अवस्थाबारे खोजतलासका लागि फिस्टेल एयरको हेलिकप्टर खराब मौसमका कारण जोमसोम फर्किएको छ । मौसम सफा भएपछि फेरि हेलिकप्टर सम्पर्कविहीन जहाज खोजीका लागि पठाइने विज्ञप्तिमा उल्लेख छ। पोखराबाट विहान ९ः… Continue reading खराब मौसमका कारण सम्पर्कविहीन जहाजको खोजीमा गएको हेलिकप्टर फर्कियो
पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन
काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरकाे जहाज सवा २ घण्टादेखि सम्पर्कविहीन नै छ । म्याग्दी कटेर उकालो लागेपछि जहाज बेपत्ता भएको बताइएको छ । मुस्ताङ थासाङ क्षेत्रका स्थानीयले उक्त जहाज त्यहाँ २ पटकसम्म घुमेको बताएका छन् । बादल लागेका कारण जहाज नदेखिएको तर आवाज ठूलो आएको उनीहरूलाई उदृत गर्दै लेतेमा रहेका पत्रकार सुशील… Continue reading पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन
सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको ६९ वर्ष पुरा
काठमाडौं । संसारकै सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको ६९ वर्ष पुरा भएको छ । सोही सम्झनामा आज नेपाल र विदेशमा समेत अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । सगरमाथा ‘विश्वको सर्वोच्च शिखर, नेपालको गौरव’ भन्ने नाराका साथ दिवस मनाइंदैछ । सन् १८३० को दशकमा बेलायती भुगोलविद् जर्ज एभरेष्टको नेतृत्वमा हिमशिखरको विस्तृत सर्वेक्षण गर्ने कामको सुरुवातसँगै सन्… Continue reading सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको ६९ वर्ष पुरा
रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिग
पेरिस । स्पेनिस क्लब रियल मड्रिड यूईएफए च्याम्पियन्स लिग च्याम्पियन बनेको छ फ्रान्सको पेरिसमा गतराति सम्पन्न फाइनलमा इङ्ग्लिस क्लब लिभरपुललाई १–० गोलले हराउँदै रियल च्याम्पियन बनेको हो । रियलका भिनिसियस जुनियरले खेलको ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । यो सँगै रियलले कीर्तिमानी १४औँ पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।… Continue reading रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिग
सबल र आत्मनिर्भर अर्थतन्त्रसहित विकसित राष्ट्र बनाउनु गणतन्त्रको मूख्य कार्यभार : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना… Continue reading सबल र आत्मनिर्भर अर्थतन्त्रसहित विकसित राष्ट्र बनाउनु गणतन्त्रको मूख्य कार्यभार : राष्ट्रपति