भारतको सहयोगमा युक्रेनबाट चार जना नेपाली स्वदेश फर्किए

काठमाडौं । भारतीय सरकारले चलाएको उद्धार अभियानमार्फत चार जना नेपाली समेत युक्रेनबाट स्वदेश फर्कन सफल भएका छन् । भारत सरकारको सहयोगमा चार जना नेपाली आज काठमाण्डौ आइपुगेका परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी गराएकी छिन् । भारत सरकारले युक्रेनमा रहेका आफ्ना नागरिकलाई अपरेशन गंगा कार्यक्रम मार्फत् स्वदेश फर्काइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली नागरिकलाई… Continue reading भारतको सहयोगमा युक्रेनबाट चार जना नेपाली स्वदेश फर्किए

भेरी नदीमा नुहाउने क्रममा सुर्खेतमा तीन बाल-बालिका वेपत्ता

सुर्खेत । सुर्खेतमा भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएको प्रहरीले जनाएको छ । शनिबार बेलुका पाँच बजेको समयमा दुई जना बालिका र एक जना बालक बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी गराएको छ । स्थानीय संचारमाध्यमले लेखे अनुसार भेरीगङ्गा नगरपालिका वडा नम्बर १३ की १२ वर्षीया गङ्गा खड्का, १२ वर्षीया कृष्णा… Continue reading भेरी नदीमा नुहाउने क्रममा सुर्खेतमा तीन बाल-बालिका वेपत्ता

नेपालमा ७३ जनामा कोरोना पुष्टी

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टमा ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार २३८ पीसीआर परीक्षणमा ३० जना र दुई हजार ८२४ एन्टिजेन परीक्षणमा ४३ जना गरी ७३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १९२ रहेको छ ।… Continue reading नेपालमा ७३ जनामा कोरोना पुष्टी

भारतमा वैकल्पिक शक्तिको सानदार बिस्तार : दिल्लीपछि पंजावमा आम आदमीको दुई तिहाईको सरकार

नयाँ दिल्ली । परम्परागत राजनीतिक शक्तिलाई चूनौति दिँदै वैकल्पिक शक्तिका रुपमा उदाए्का अरविन्द केजरीवालले आफ्नो शक्तिलाई अझ मजवुत बनाउन सफल भएका छन् । भारतको राजधानी शहर नयाँ दिल्ली राज्यमा लगातार दुई कार्यकाल मूख्यमन्त्री पद सम्हालिरहेका उनले आफ्नो पार्टीलाई पंजाव राज्यमा समेत ऐतिहासिक जित दिलाएका छन् । कुल ११७ सीट रहेको यो राज्यमा आम आदमी एक्लैले… Continue reading भारतमा वैकल्पिक शक्तिको सानदार बिस्तार : दिल्लीपछि पंजावमा आम आदमीको दुई तिहाईको सरकार

काठमाडौंको मेयर उठ्ने चर्चाबारे राजेश हमालको स्पष्टिकरण, के भन्छन् ?

काठमाडौं । पछिल्लो केही दिनयता अभिनेता राजेश हमाल काठमाडौंको मेयर उठ्दैछन् भन्ने चर्चा समाजिक संजालमा चुलिएको छ । केही विद्यार्थी नेताले त उनलाई सार्वजनिक रुपमै राजनीतिमा आउनु अगाडी यसबारे पढेर आउन समेत चूनौति दिए । केही मानिसहरु भने उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा एमालेबाट मेयर उठ्न लागेको सम्म लेख्न भ्याए । उता, स्वयमः… Continue reading काठमाडौंको मेयर उठ्ने चर्चाबारे राजेश हमालको स्पष्टिकरण, के भन्छन् ?

दुई थाई युवतिको साथबाट प्रतिवन्धित भारतीय नोट बरामद

काठमाडौं । नेपालमा प्रतिबन्धित भारतीय मुद्रासहित दुई विदेशी महिला पक्राउ गरेका छन् । नेपालबाट भारत जन लागेका दुवै जनालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ पर्नेमा थाई नागरिक ३२ वर्षीया वान्विसा जन्टासन र वारापर्न खुर्सोम्बात छन् । वान्विसाको साथबाट एक हजार र पाँचसयका एक लाख ७९ हजार ५०० र वारापर्नको साथबाट एक… Continue reading दुई थाई युवतिको साथबाट प्रतिवन्धित भारतीय नोट बरामद

रुसविरुद्ध लड्न अमेरिकाले सेना नपठाउने राष्ट्रपति बाइडनको घोषणा

काठमाडौं । रुसविरुद्ध लड्न अमेरिकाले सेना नपठाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रवार यस्तो बताएका हुन् । उनले अमेरिका रूससँग लड्न यूक्रेनमा आफ्नो सेना पठाउने पक्षमा नरहेको बताए । उनले ट्वीट गर्दै यस्तो बताएका हुन् । यद्दपी नेटोलाई सक्षम बनाएर नेटो क्षेत्रको हर भूमी रक्षाका लागि भने प्रतिवद्ध रहेको उनले बताएका छन् ।… Continue reading रुसविरुद्ध लड्न अमेरिकाले सेना नपठाउने राष्ट्रपति बाइडनको घोषणा

युक्रेनबाट २५ लाख मानिस विस्थापित, थप तीन शहरमा रुसको आक्रमण

काठमाडौं । रुस युक्रेन युद्धका कारण युक्रेनबाट विस्थापित हुनेको संख्या २५ लाख नाघेको छ । संयुक्त राष्ट्रसङ्घका शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले यस्तो जानकारी गराएका हुन् । बीबीसीका अनुसार तीमध्ये झण्डै १,१६,००० तेस्रो देशका नागरिक हुन् । समाचार संस्था एएफपीका अनुसार झण्डै २० लाख मानिसहरू युक्रेन भित्रै विस्थापित बनेका छन् । रुसले युक्रेनेका लुट्स र नीप्रो… Continue reading युक्रेनबाट २५ लाख मानिस विस्थापित, थप तीन शहरमा रुसको आक्रमण

पश्चिमा मुलुकको प्रतिवन्धले रुसमा सकारात्मक प्रभाव पर्छ : पुटिन

KREMLIN.RU/AFP

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकले रुस माथि लगाएको प्रतिवन्धले रुसलाई सकारात्मक प्रभाव नै पार्ने बताएका छन् । पुटिनले रुसको एक मुख्य साझेदार बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग मस्कोमा भेट्दै यस्तो बताएका हुन् । उनले रुसविरुद्ध लगाइएका प्रतिबन्धले आफ्नो देशमा सकारात्मक प्रभाव पार्ने बताएका हुन् । अर्थतन्त्र र प्रविधिको सम्प्रभुतालाई बलियो बनाउन यस्तो प्रतिवन्धको… Continue reading पश्चिमा मुलुकको प्रतिवन्धले रुसमा सकारात्मक प्रभाव पर्छ : पुटिन

खोपको मात्रा पुरा गरेकाको अब कोरोना परीक्षण नहुने

काठमाडौं । नेपालमा पूर्ण रुपमा कोरोनाको खोप लगाएका व्यक्तिको अब पिसिआर परीक्षण नहुने भएको छ । स्वास्थ्य मन्त्रालयले कोभिडको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाहरुलाई पीसीआर टेस्ट अनिवार्य नगराउन सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई निर्देशन दिएको हो । अब उपचारका लागि अस्पताल जाँदा कोभिड–१९ सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाहरूलाई… Continue reading खोपको मात्रा पुरा गरेकाको अब कोरोना परीक्षण नहुने

चितवनमा तीन जना सवार मोटरसाइकल दुर्घटना, सबैको मृत्यु

चितवन । चितवनमा तीन जना सवार मोटरसाइकल दुर्घटनामा सबै यात्रुको निधन भएको छ । प्रहरीका अनुसार इच्छाकामना गाउँपालिका-२ मा मोटरसाइकल दुर्घटनामा उनीहरुको निधन भएको हो शुक्रबार साँझ पाँच बजे इच्छाकामना २ रमाइलोडाँडास्थित भित्री सडकखण्डमा शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३(००२ प ५९८६ नं.को मोटरसाइकल अनियन्त्रित भएर सडकबाट ४०० मिटर तल खसेको हो । दुर्घटनामा परी मृत्यु… Continue reading चितवनमा तीन जना सवार मोटरसाइकल दुर्घटना, सबैको मृत्यु

पौने चार अर्ब कर छलिको अभियोगमा कोकाकोलाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । नेपालमा पौने ४ अर्ब बराबर कर छलिको अभियोगमा बहुराष्ट्रिय कम्पनी कोकाकोला र संचालकविरुद्ध मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले राजश्व चुहावटको अभियोगमा शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रूपैयाँ बिगो र बिगो बराबर जरिवाना गरी जम्मा सात अर्ब ४३… Continue reading पौने चार अर्ब कर छलिको अभियोगमा कोकाकोलाविरुद्ध मुद्दा दर्ता

स्थानीय तहमा उठ्ने उमेदवारले खर्च गर्न पाउने रकमको सिलिङ तोकियो, कसको कति ?

File

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहमा उमेदवार बन्ने उमेदवारले खर्च गर्न पाउने रकमको सिलिङ तोकेको छ । निर्वाचन ३० वैशाखमा घोषणा गरिएको छ । शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्दै आयोगले खर्च सीमाबारे जानकारी गराएको हो । आयोगका अनुसार निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुख उम्मेदवारले बढीमा ७ लाख ५० हजार रुपैयाँमात्रै खर्च गर्न पाउने… Continue reading स्थानीय तहमा उठ्ने उमेदवारले खर्च गर्न पाउने रकमको सिलिङ तोकियो, कसको कति ?

पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ

काठमाडौं । नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका नायक पल शाहका म्यानेजर कृष्ण जोशी पनि पक्राउ परेका छन्। शाहको मतियारको रुपमा म्यानेजर जोशीलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाको प्रमाण नष्ट गर्ने प्रयास गरेको, नाबालिगलाई धम्की दिएको र करणीका लागि बालिगलाई फकाउने र प्रबन्धमा सलग्न देखिएको जोशीमाथि आरोप छ। जाहेरी दर्तापछि चार दिन सम्म भुमिगत… Continue reading पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ

किर्गिस्तान र ताजिकिस्तानका सीमा सुरक्षाकर्मीहरूबीच गोली हानाहान

काठमाडौं । किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरूबीच शुक्रबार गोली हानाहान भएको किर्गिज सीमा सेवाले स्पुतनिकलाई बताएको छ। ‘बिहीबार बिहान २:५० बजे, मार्च ११, २०२२ मा किर्गिज(ताजिक राज्य सीमामा किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरू बीच गोली हानहान भएको’ सीमा सेवाले उल्लेख गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

रेमिट्यान्स घट्यो, ७ महिनामा ५ खर्ब ४० अर्ब भित्रियो

काठमाडौं । चालू आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्समा गिरावट आएको छ । गत वर्षको तुलनामा विदेशिनेको संख्यामा वृद्धि भए पनि रेमिट्यान्स भने घटेको हो । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ७ महिनाको तथ्यांक अनुसार माघ महिनामा सम्ममा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आई रु.५ खर्ब ४० अर्ब १२ करोड… Continue reading रेमिट्यान्स घट्यो, ७ महिनामा ५ खर्ब ४० अर्ब भित्रियो

ओलीको कटाक्ष –‘ गोरु ब्याउँदैन भन्थे, सर्वोच्चमा पाँचवटा बाच्छा पायो ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बाहिर गएर सरकार ढालेको आरोप लगाएका छन् । प्रेस चौतारीको नवौं राष्ट्रिय सम्मेलनको समारोहलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन्। संविधान बाहिर गएर आफू नेतृत्वको सरकार ढालेको आरोप लगाउँदै उनले अदालतले सरकार बनाउने बताए । ‘संविधान बाहिर गएर सरकार ढालियो,’ उनले भने, ‘ संविधान बाहिर… Continue reading ओलीको कटाक्ष –‘ गोरु ब्याउँदैन भन्थे, सर्वोच्चमा पाँचवटा बाच्छा पायो ’

बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या सुल्झाउन ‘र्‍यापिड एक्सन टास्क फोर्स’ बनाउने

काठमाडौं । सरकारले बन्चरेडाँडा ल्यान्डफिल साइटमा देखिएको समस्या समाधानका लागि सहजीकरण गर्नका र्‍यापिड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ। मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले फोहोर व्यवस्थापन र साइट सञ्चालन गर्दा मानव जीवन, पशुपन्छी, जीवजन्तु, वनस्पतिमा पर्ने प्रभाव न्यूनीकरण गर्न आवश्यक सबै उपाय अवलम्बन गरी… Continue reading बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या सुल्झाउन ‘र्‍यापिड एक्सन टास्क फोर्स’ बनाउने

महंगियो भान्सा: तेल, तरकारी, दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ७ महिनाको तथ्यांक अनुसार माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य… Continue reading महंगियो भान्सा: तेल, तरकारी, दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च

७ महिनामै विदेशी विनिमय सञ्चिति २ खर्ब २६ अर्ब रुपैयाँले घट्यो, आयातमा थप कडाइको संकेत

काठमाडौं । विदेशी विनिमय सञ्चिति घटेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/०७९ को ७ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले यस्तो देखिएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७.० प्रतिशतले कमी आई ९ अर्ब ७५ करोड… Continue reading ७ महिनामै विदेशी विनिमय सञ्चिति २ खर्ब २६ अर्ब रुपैयाँले घट्यो, आयातमा थप कडाइको संकेत

रुसी फौज किएभ कब्जाको तयारीमा हो ?

Reuters

काठमाडौं । युक्रेन र रुसबीचको युद्ध केही दिनयता मथ्थर भएजस्तै देखिएको छ । यद्दपी पश्चिमा मुलुकहरुले भने रुसी फौज अब युक्रेनको राजधानी किएभ कब्जा गर्न त्यसतर्फ लागिरहेको बताउँछन् । राजधानी नजिकै पुनः तैनाथ भइरहेको भूउपग्रह तस्वीरबाट देखिएको बीबीसीले लेखेको छ । त्यसलाई युक्रेनी राजधानीतर्फ बढ्ने रुसी फौजको ताजा प्रयासको रूपमा हेरिएको छ। म्याक्सआर टेक्नोलोजिजका अनुसार… Continue reading रुसी फौज किएभ कब्जाको तयारीमा हो ?

भिजिट भिसामा विदेश जानेका लागि गृहले जारी गर्यो नयाँ नियम? के-के छन् प्रावधान ?

काठमाडौं । नेपालबाट भिजिट भिसामा विदेश जाने र अलपत्र पर्ने प्रवृत्ति बढेपछि सरकारले यसमा कडाई गरिरहेको छ । तर, कडा प्रावधान लादिएको भन्दै अधिकारकर्मीले सरकारको आलोचना समेत गरिरहेका छन् । यसै सन्दर्भमा भिजिट भिसामा विदेश जाने नेपालीलाई लक्षित गरि सरकारले नयाँ प्रावधान सार्वजनिक गरेको छ । यसमा कम्तीमा दस लाख रुपैयाँ आय र ५ लाख… Continue reading भिजिट भिसामा विदेश जानेका लागि गृहले जारी गर्यो नयाँ नियम? के-के छन् प्रावधान ?

नेपालमा ५० वर्ष माथिका नागरिकको मिर्गौला, कलेजो, मुट रोगको परीक्षण निःशुल्क

काठमाडौं । नेपालमा ५० वर्ष भन्दा माथिका नागरिकको मिर्गौला, कलेजो, मुट लगायतका रोगहरुको नियमित परीक्षण निःशुल्क हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । वर्षको एक पटक नियमित परीक्षण निशुल्क हुने भएको हो । मन्त्रिपरिषद बैठकले ज्येष्ठ नागरिक अस्पताल बनाउने निर्णय समेत गरेको छ । सो अस्पताल निर्माणका लागि मन्त्रालयले… Continue reading नेपालमा ५० वर्ष माथिका नागरिकको मिर्गौला, कलेजो, मुट रोगको परीक्षण निःशुल्क

स्थानीय तहको निर्वाचनलाई लक्षित गरि आयोगले दलहरुसँग छलफल गर्ने

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा तोकेको स्थानीय तह निर्वाचनलाई लक्षित गरि राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ । शुक्रबार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिसँग आयोगले छलफल गर्न लागेको हो । शुक्रबार बिहान ११ः३० बजे छलफलका लागि बोलाइएको छ । छलफलमा स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी गराइने… Continue reading स्थानीय तहको निर्वाचनलाई लक्षित गरि आयोगले दलहरुसँग छलफल गर्ने

भारतको मुम्बई र बैंलौरमा नेपाल एयरलाइन्सले पुन: उडान सूचारु गर्ने

काठमाडौं । नेपाल एयरलाइन्सले कोरोना भाइरसको महामारी फैलिएपछि बन्द भएका भारतका दुई गन्तब्यमा पुनः उडान सूचारु गर्ने भएको छ । निगमले बिहीबार सूचना निकाल्दै यी दुई रुटमा उडान पुनः सुचारु गर्ने जानकारी गराएको हो । नेपाल एयरलाइन्सले १३ चैतदेखि भारतको मुम्बईमा नियमित उडान पुनः सुरु गर्ने भएको हो । नेवानिले यो रुटमा साताको तीन वटा… Continue reading भारतको मुम्बई र बैंलौरमा नेपाल एयरलाइन्सले पुन: उडान सूचारु गर्ने

खानेपानी परियोजनाका लागि जापानले दियो २ अर्ब ३१ करोड अनुदान

काठमाडौं । जापान सरकारले नेपालको खानेपानी परियोजनाका लागि २ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुदान सहायता दिएको छ । अर्थ मन्त्रालयका अनुसार यस्तो अनुदान आदान–प्रदान पत्रमा बिहीबार हस्ताक्षर भएको छ । पत्रमा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानका राजदूत किकुता युटाकाले हस्ताक्षर गरे । जापानले उपलब्ध गराउने यो अनुदान रकम रकम विराटनगर खानेपानी सुधार… Continue reading खानेपानी परियोजनाका लागि जापानले दियो २ अर्ब ३१ करोड अनुदान

विदेशबाट नेपाल आउँदा पिसिआर वा खोप कार्ड मात्र देखाए पुग्ने

काठमाडौं । विदेशबाट नेपाल आउन सरकारले सहज प्रावधान बनाएको छ । अब स्वदेशी तथा विदेशी सबै यात्रुले पूर्ण खोप मात्रा पूरा गरेको खोप कार्ड वा पिसिआर नेगेटिभ रिपोर्ट देखाए पुग्ने भएको छ । मन्त्रिपरिषद्को सो निर्णय सरकारी निकायहरुले बिहीबार सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णय सरोकारवाला मन्त्रालयहरुलाई पठाएको… Continue reading विदेशबाट नेपाल आउँदा पिसिआर वा खोप कार्ड मात्र देखाए पुग्ने

संखुवासभा बस दुर्घटना : मृतक सबैको पहिचान खुल्यो, चालक र सहचालक दुवैको मृत्यु

काठमाडौं । संखुवासभाको मादी नगरपालिका–६ स्थित सातघुम्तीमा भएको बस दुर्घटनामा मृत्यु भएका १४ जनाकै सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार मृतक सबै पहिचान खुलेको छ। मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३१ वर्षीय विपीन निरौला, संखुवासभा मादी-५ का सहचालक ३५ वर्षीय उमेश भट्टराई रहेका छन् । त्यस्तै मादी-६ का ३०… Continue reading संखुवासभा बस दुर्घटना : मृतक सबैको पहिचान खुल्यो, चालक र सहचालक दुवैको मृत्यु

नेपाली शेयर बजार लयमा फर्कियो, उच्च अंकको कमब्याक

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लयमा फर्किएको छ । निरन्तर ओरालो लागेको बजार साताको कारोबारको अन्तिमदिन शेयर बजार उच्च अंकले बढेको हो । शेयर बजार मापक सूचक (नेप्से) ५२.२१ अंकले बढेर २५६६.७९ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२६ कम्पनीको २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९६९ रुपैयाँ बराबरको… Continue reading नेपाली शेयर बजार लयमा फर्कियो, उच्च अंकको कमब्याक

रुस युक्रेन द्वन्द्वबाट प्रभावित नेपालीहरुको उद्धार कार्य सम्पन्न, सबैभन्दा धेरै पोल्याण्डतिर

काठमाडौं । रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकासं नेपालीहरुको उद्धार कार्य सम्पन्न भएको छ । रुस युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जनाएका हुन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले युद्ध शुरु भएपछि युक्रेनमा रहेका नेपालीहरु आफ्नो ज्यान… Continue reading रुस युक्रेन द्वन्द्वबाट प्रभावित नेपालीहरुको उद्धार कार्य सम्पन्न, सबैभन्दा धेरै पोल्याण्डतिर