काठमाडौं । कोभिड १९ को नयाँ भेरियन्टका कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा सूचारु हुने भएका छन् । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र हुने ८ वटा परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बुधबार विभिन्न संकायका डिनसहित बसेको बैठकले स्थगित सबै परीक्षा फागुन एक गतेदेखि गर्ने निर्णय गरेको हो । त्रिविको सूचना अनुसार फागुन एक… Continue reading स्थगित भएका त्रिविका सबै परीक्षा सूचारु हुने
Author: Vishwanews.com
कोरोना बढेपछि पुसमा केही कम भयो विदेश जाने नेपालीको संख्या
काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको फैलावटसँगै पुस महिनामा विदेशिने नेपालीको संख्यामा केही कमी आएको छ । पछिल्लो जेठयता लगातार बढिरहेको संख्या पुसमा केही कम भएको देखिएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुसमा ६६ हजार ६२५ जना श्रमिकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । पुसमा दैनिक ओसतः २ हजार २२० जना… Continue reading कोरोना बढेपछि पुसमा केही कम भयो विदेश जाने नेपालीको संख्या
नेपालमा थप २१ जनामा ओमिक्रोन भेरियन्ट पुष्टी
काठमाडौं । नेपालमा थप २१ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा २४ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २१ जनामा ओमिक्रोन पुष्टी भएको जानकारी दिइन्। ३ जनामा डेल्टा भेरियन्ट देखिएको छ । यसले देशका सातवटै प्रदेशमा ओमिक्रोन भेरियन्ट फैलिएको पुष्टि मन्त्रालयका प्रवक्ता डा। संगिता मिश्रााले जानकारी… Continue reading नेपालमा थप २१ जनामा ओमिक्रोन भेरियन्ट पुष्टी
नेपालमा थप ३६३७ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको निधन
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुसार ६४९९ जनाको पीसीआर परीक्षण गर्दा २२०५ जना र ५०८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ ४३२ जना गरी कुल ३६३७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो। ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो… Continue reading नेपालमा थप ३६३७ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको निधन
ओमिक्रोनको ‘सब भेरियन्ट’ ५७ देशमा फैलियो, पहिलोभन्दा ३३ बढी प्रतिशत संक्रामक
काठमाडौं । ओमिक्रोनको सब भेरियन्ट आक्रमक रुपमा फैलिएको छ । पहिलो भेरियन्टभन्दा ३३ बढी प्रतिशत संक्रामकको असर युरोप र अमेरिकी राष्ट्रहरुमा समेत देखिएको छ। यो सब भेरियन्ट ओमिक्रोनभन्दा पनि निकै संक्रामक रहेको बताइएको छ।यो सब भेरियन्ट संक्रामक भएपनि यसले गम्भीर बिरामी भने नगर्ने चिकित्सकहरुले बताएका छन्। विश्व स्वास्थ्य संगठनको अनुसार ओमिक्रोन भेरियन्टको ‘सब भेरियन्ट’ ५७… Continue reading ओमिक्रोनको ‘सब भेरियन्ट’ ५७ देशमा फैलियो, पहिलोभन्दा ३३ बढी प्रतिशत संक्रामक
‘दिनदिनै अनेक समाचारले दिमाग खराब गर्ने काम नगर्नुस्,गठबन्धन फुट्नेवाला छैन’-माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हालको पाँच दलीय गठबन्धन नफुट्ने बताएका छन् । बुधबार अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलहरू मिलेर अगाडि बढ्ने बताएका हुन् । कसैले चाहँदैमा हालको गठबन्धन नफुट्ने उनको भनाइ छ । अध्यक्ष नेपालले भने, ‘दिनदिनै पत्रिकामा अनेक समाचार सुनेर कतिपयको… Continue reading ‘दिनदिनै अनेक समाचारले दिमाग खराब गर्ने काम नगर्नुस्,गठबन्धन फुट्नेवाला छैन’-माधव नेपाल
‘स्थानीय तहको निर्वाचनदेखि सरकार भाग्न पाउँदैन, जेठ ५ भित्रै हुनुपर्छ- ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेठमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन्। बुधबार भक्तपुरको जर्मन हस्पिटालिटीमा पार्टी प्यालेसमा बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन जेठमै हुनुपर्ने बताएका हुन् । उनले जेठ ५ भित्रै निर्वाचन गराउनुपर्ने संवैधानिक बाध्यता सरकारले बुझ्नुपर्ने पनि बताए । अध्यक्ष ओलीले भने,… Continue reading ‘स्थानीय तहको निर्वाचनदेखि सरकार भाग्न पाउँदैन, जेठ ५ भित्रै हुनुपर्छ- ओली
नेपालको दार्चुला र भारतको धार्चुला जोड्न महाकाली नदीमाथि बन्ने भयो मोटरबेल पुल
काठमाडौं । नेपालको दार्चुला र भारतको धार्चुला जोड्न महाकाली नदीमाथि पहिलो मोटरबेल पुल बनने भएको छ । यसका लागि नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले मंगलबार भौतिकमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । भारतीय राजदूत क्वात्राले नेपाल–भारतबीच… Continue reading नेपालको दार्चुला र भारतको धार्चुला जोड्न महाकाली नदीमाथि बन्ने भयो मोटरबेल पुल
स्थानीय तह निर्वाचनमा १२ अर्ब खर्च लाग्ने अनुमान, ४ जेठमा प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी ४ जेठमा स्थानीय तहको निर्वाचनको प्रस्ताव गरेको छ । सो निर्वाचनमा १२ अर्ब बजेट आवश्यक पर्ने अनुमान समेत आयोगको छ । मंगलबार २०७९ साल जेठ ४ बुधबारका दिन स्थानीय तहको निर्वाचन एकसाथ गर्ने प्रस्ताव गर्दै आयोगले सो अनुमान गरेको हो । आयोगले एकै चरण निर्वाचन नभए खर्च थप हुने अनुमान… Continue reading स्थानीय तह निर्वाचनमा १२ अर्ब खर्च लाग्ने अनुमान, ४ जेठमा प्रस्ताव
अमेरिकाले रुसलाई युद्धमा धकेलिरहेको छ : पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युक्रेनमा युद्धमा धकेलिरहेको बताएका छन् । बीबीसीका अनुसार युक्रेन सङ्कट बढिरहेका बेला कैयौँ साताहरूपछि सार्वजनिक रूपमा धारणा राख्दै पुटिनले अमेरिकी लक्ष्य रुसमाथि प्रतिबन्ध लगाउने बहानाका रूपमा उक्त टकराबलाई प्रयोग गर्नु भएको बताए। यद्यपि उनले वार्ताको सम्भावनालाई नकारेका छैनन्। पुटिनले अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाबारेको रुसी चिन्तालाई… Continue reading अमेरिकाले रुसलाई युद्धमा धकेलिरहेको छ : पुटिन
एमसीसी नेपालको स्पष्टीकरण: गोप्य सम्झौता छैन
काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए नेपाल)ले एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी कुनै पनि ‘गोप्य’ अथवा लुकाइएको दस्तावेज नभएको प्रष्टीकरण दिएको छ । अर्थ मन्त्रालय अन्तर्गतको एमसीए नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीए-नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था भएको र सार्वजनिक महत्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सार्वजनिक गरिएकाले उक्त आरोपहरु निराधार भएको… Continue reading एमसीसी नेपालको स्पष्टीकरण: गोप्य सम्झौता छैन
आजबाट पुनः प्रतिकुल बन्दै मौसम, यस्तो छ पूर्वानुमान
काठमाडौं । नेपालमा आजबाट मौसम पुनः प्रतिकुल बन्ने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आगामी शनिबारसम्म बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ । यस अवधिमा बदलीसँगै असिनासहितको वर्षा र हिमपातको सम्भावना छ । यसले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर… Continue reading आजबाट पुनः प्रतिकुल बन्दै मौसम, यस्तो छ पूर्वानुमान
आज सोनाम ल्होछार, देशभर सार्वजनिक बिदा
काठमाडौं । आज देश तथा विदेशमा रहेका तामाङ समुदायले सोनाम ल्होछार मनाउँदैछन् । नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो… Continue reading आज सोनाम ल्होछार, देशभर सार्वजनिक बिदा
मरिससविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय खेलमा नेपाल विजयी, तीन रातो कार्ड
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकन राष्ट्र मरिससविरुद्ध नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ । खेल भने तनावपूर्ण बनेको छ । तीन खेलाडीले रातो कार्ड पाए । नेपालका एक र मरिससका दुई खेलाडीले रातो कार्ड पाए । दशरथ रंगशालामा सुजल श्रेष्ठले १० औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । राष्ट्रिय टिममा पहिलो… Continue reading मरिससविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय खेलमा नेपाल विजयी, तीन रातो कार्ड
पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । अब नेपालमा पेट्रोलको मूल्यले नयाँ रेकर्ड राखेको छ । राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजेल, मटितेल प्रतिलिटर रु. ३ ले बढेको हो । पेट्रोल १४२ र मटितेल १२५ रुपैयाँ कायम भएको छ । यसअघि २०७० साल फागुन ३० गते… Continue reading पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो
नेपालमा थप ५५८३ जनामा कोरोना पुष्टी, ८२६७ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३५५७ जना र ६८९८ जनाको एन्टिजेन परीक्षण गर्दा १९२६ गरी ५५८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ५७ हजार… Continue reading नेपालमा थप ५५८३ जनामा कोरोना पुष्टी, ८२६७ जना संक्रमण मुक्त
भारतले नेपाललाई दिने वार्षिक अनुदान घटायो
काठमाडौं । भारत सरकारले नेपाललाई दिने वार्षिक अनुदान रकम घटाएको छ। भारत सरकारले वित्त वर्ष २०२२/ २३ मा नेपाललाई अनुदान दिने गरी ७ अर्ब ५० करोड भारतीय रुपैयाँ (१२ अर्ब नेपाली रुपैयाँ) बजेट छुट्याएको हो । यो अघिल्लो वर्षको बजेटमा छुट्याइएको रकम भन्दा कम हो । गत वर्ष सन् २०२१–२२ को बजेट मार्फत भारतले नेपाललाई… Continue reading भारतले नेपाललाई दिने वार्षिक अनुदान घटायो
सन्दीप आइपीएलको मेगा अक्सनमा, न्यूनतम मूल्य ४० लाख भारु
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मेगा अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने मात्र सहभागी हुने भएका छन्। भारतीय क्रिकेट नियन्त्रण बोर्ड(बीसीसीआई)ले मंगलबार सार्वजनिक गरेको एक्सन सहभागी हुने खेलाडीको लिस्टमा नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने मात्र नाम समावेश गरेको हो । दिल्लीबाट तीन पटक आइपीएल खेलेका सन्दीपले न्यूनतम मूल्य ४० लाख भारु (६४ लाख नेपाली रुपैयाँ)… Continue reading सन्दीप आइपीएलको मेगा अक्सनमा, न्यूनतम मूल्य ४० लाख भारु
जेठ ५ भित्र निर्वाचन हुन्छ, तयारीमा जुट्नुहोस् : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन मिति जेठ ४ गते तोक्ने संकेत गरेका छन् । सोमबार वाग्मती प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्ने बताएका हुन् । कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले जेठ ४ गते स्थानिय निर्वाचन गर्ने भन्दै प्रधानमन्त्रीले निर्वाचनका लागि तयारीमा जुट्न… Continue reading जेठ ५ भित्र निर्वाचन हुन्छ, तयारीमा जुट्नुहोस् : प्रधानमन्त्री देउवा
भारतमा क्रिप्टोकरेन्सी वैधानिक, कारोबारमा घाटा भए पनि ३० प्रतिशत कर लाग्ने
काठमाडौं । भारत सरकारले आफ्नै ‘डिजिटल करेन्सी’ प्रचलनमा ल्याउने भएको छ । क्रिप्टोकरेन्सीले विश्व अर्थतन्त्रलाई पछ्याइरहेको समयमा भारतले आफ्नै ‘डिजिटल करेन्सी’ ल्याउने घोषणा गरेको हो ।लोकसभामा उनले आर्थिक वर्ष २०२२/२३ को बजेट प्रस्तुत गर्दै ‘डिजिटल इकोनमी’ को विकासमा सरकार लाग्ने घोषणा गरेकी छिन्। भारतको रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले गत वर्षदेखि डिजिटल करेन्सी बनाउने तयारी… Continue reading भारतमा क्रिप्टोकरेन्सी वैधानिक, कारोबारमा घाटा भए पनि ३० प्रतिशत कर लाग्ने
नेपाली शेयर बजारमा दोहोरो अंकको कमब्याक, धेरै कमाउने जलविद्युत समूहका लगानीकर्ता
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १९.२६ अंकले बढेर २८९१.३० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२३ कम्पनीको ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ बराबरको १ करोड, २१ लाख ६७ हजार ६०५ कित्ता शेयर किनबेच भएका… Continue reading नेपाली शेयर बजारमा दोहोरो अंकको कमब्याक, धेरै कमाउने जलविद्युत समूहका लगानीकर्ता
ब्राजिलमा विनासकारी बाढी, कम्तिमा २४ को मृत्यु
साओपाओलो । ब्राजिलमा यो साता आएको विनासकारी बाढी र पहिरोमा परी कम्तिमा २४ जना मारिएको खबर सार्वजनिक भएको छ । ब्राजिलमा पछिल्लो दुई दिनयता वर्षासँगै बाढी र पहिरोको प्रकोप बढेको छ । यसले कम्तीमा २४ जनाको ज्यान गइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । धेरै मानिस विस्थापित भएका छन् । ब्राजिलको साओपाओलो सहर सबैभन्दा बढी प्रभावित… Continue reading ब्राजिलमा विनासकारी बाढी, कम्तिमा २४ को मृत्यु
तनहुँमा ट्रक र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु
तनङँ । तनहुँमा ट्रक र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गको दमौली डुम्रे सडक खण्डमा गतराति भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको हो । ज्यान गुमाउनेमा मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका–५ का २२ वर्षीय अनिल मगर र २१ वर्षीय विकास विक रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी… Continue reading तनहुँमा ट्रक र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु
दोस्रो मैत्रीपूर्ण खेलमा आज नेपाल र मरिसस भिड्दै
काठमाडौं । नेपाल र मरिससबीच मंगलबार दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल हुँदैछ । खेल अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुँदैछ । यसअघि शनिबार सम्पन्न पहिलो खेलमा नेपाल विजयी भएको थियो । नेपाललाई जित दिलाउन विमल घर्तीमगरले गरेको गोल निर्णय बनेको थियो । प्रशिक्षक अबदुल्लाह अलमुताइरीले आज दुई खेलाडी परिवर्तन गरेका छन्… Continue reading दोस्रो मैत्रीपूर्ण खेलमा आज नेपाल र मरिसस भिड्दै
किसानले पाउने दुधको मूल्य बढेर प्रतिलिटर ५६.४ रुपैयाँ पुग्यो, उपभोक्तामा भार
काठमाडौं । नेपालमा दुघको मूल्य बढेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ तोक्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम गरेको हो । यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपियाँ थियो । दुधको समर्थन मूल्य १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपैयाँले बढेसँगै उपभोक्ताले… Continue reading किसानले पाउने दुधको मूल्य बढेर प्रतिलिटर ५६.४ रुपैयाँ पुग्यो, उपभोक्तामा भार
बेलायती प्रदानमन्त्री जोन्सनले जनतासँग किन मागे माफी ?
लण्डन । प्रधानमन्त्री बोरिस जोन्सनले जनतासँग माफी मागेका छन् । बेलायती संचारमाध्यमहरुका अनुसार कोरोना महामारीका बेला मुलुकमा प्रोटोकल लागु थियो । त्यही अवस्थामा भोजमा सहभागी भएका उनको आलोचना भएको थियो । त्यसपछि उनले जनतासँग माफि मागेका छन् । सरकारी आवास १० डाउनिङ स्ट्रिटमा आयोजित एक भोजमा सहभागी भएपछि उनको आलोचना भएको हो । आलोचनापछि उनले… Continue reading बेलायती प्रदानमन्त्री जोन्सनले जनतासँग किन मागे माफी ?
सुरक्षा परिषदमा रुस र अमेरिकाबीच चर्काचर्की
काठमाडौं । युक्रेनसँगको विवादलाई लिएर संयुक्त राष्ट्र सघं सुरक्षा परिषद्मा रुस र अमेरिकाबीच चर्काचर्की भएको छ । बीबीसीका अनुसार आफ्नो सिमानामा मस्कोले सेना परिचालन गरेपछि त्यसबारे छलफल गर्न अमेरिकाले बैठक बोलाएपछि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा रुसी र अमेरिकी राजदूतबीच आक्रोशपूर्ण आरोपप्रत्यारोप भएको हो । राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले रुसले गरेको सैन्य परिचालनलाई… Continue reading सुरक्षा परिषदमा रुस र अमेरिकाबीच चर्काचर्की
जापानले नेपाललाई दियो खोप चिस्यान सम्बन्धी उपकरण
काठमाडौं । जापान सरकारले संयुक्त राष्ट्र सङ्घीय बाल कोष (यूनिसेफ) मार्फत नेपाललाई खोप चिस्यान प्रणाली सुधार गर्न विभिन्न सामग्री सहयोग गरेको छ ।यूनिसेफले नेपाललाई नौ वटा उच्च क्षमताका कुलर, सोलारबाट चल्ने ३८ वटा खोप रेफ्रिजेरेटर, लामो दुरीमा खोप बोक्न प्रयोग हुने ११ सय नौ वटा खोप बक्स र ५३ वटा खोप बक्स नेपाल सरकारलाई प्रदान… Continue reading जापानले नेपाललाई दियो खोप चिस्यान सम्बन्धी उपकरण
काठमाडौं बौद्धको एक रेष्टुरेन्टमा अनलाइन जुवा खेलिरहेका ७४ जना एकै पटक पक्राउ
काठमाडौं । काठमाडौंको बौद्धस्थित प्लटिङ नजिक एक रेष्टुरेन्टमा अनलाइन जुवा (बिङ्गो) खेलिरहेका ७४ जना एकै पटक पक्राउ परेका छन् । दोलखा घर भई बानेश्वर बस्ने ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टमा आइतबार साँझ महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले सोमबार एक सूचना जारी गरी यस्तो… Continue reading काठमाडौं बौद्धको एक रेष्टुरेन्टमा अनलाइन जुवा खेलिरहेका ७४ जना एकै पटक पक्राउ
चावहिलमा युवाबीच झडप, एक जना मारिए
काठमाडौं । काठमाडौं महानगरपालिका ७ स्थित चाबहिल मित्रपार्क ओरालोमा चार जना युवाबीच झडप हुँदा एक जना मारिएका छन् । मृत्यु हुनेको नाम नखुलेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त, गौशालाका अनुसार झगडामा संलग्न गुल्मी घर भई सिफल बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र उदयपुरको बेलटार नगरपालिका-७ घर भई चाबहिल बस्दै आएका २८ वर्षीय सुरेश… Continue reading चावहिलमा युवाबीच झडप, एक जना मारिए