काठमाडौं । करिब ७ दशकपछि भारतीय ध्वजावाहक एयर इन्डियाको स्वामित्व टाटा ग्रुपको हातमा आएको छ । बिहीबार भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा भारत सरकारले स्वामित्व टाटा ग्रुपलाई हस्तान्तरण गरेको हो । सन् १९३२ मा एयर इन्डिया तत्कालीन टाटा ग्रुपका अध्यक्ष जेआरडी टाटाले स्थापना गरेका थिए । उक्त समयमा यो एयरलाइन्सको नाम टाटा एयरलायन्स रहेको… Continue reading भारतीय ध्वजावाहक ७० वर्षपछि फेरि टाटाको हातमा, बजार हिस्सा १३.३ प्रतिशत
Author: Vishwanews.com
टेक्सासमा तीन प्रहरी अधिकारीमाथि गोली प्रहार
टेक्सास । टेक्सासको डाउनटाउन ह्युस्टन नजिकै झडपमा तीन प्रहरी अधिकारी माथि गोली प्रहार भएको छ। संदिग्ध व्यक्ति सेतो मर्सिडीजमा भागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, तीन अफिसरहरू माथि म्याकगोवेन सेन्टको २१०० ब्लकमा गोली हानिएको छ। संदिग्ध व्यक्ति सेतो मर्सिडीजमा घटनास्थलबाट भागेको छ र अहिले खोजी भइरहेको प्रहरीले जनाएको छ।
तीन महिनामा एप्पलले कमायो १२३.९ बिलियन डलर
काठमाडौं । एप्पल कम्पनीको बिक्री बढेको छ । अक्टोबर र डिसेम्बरको बीचमा एप्पलको बिक्री ११ प्रतिशतले बढेको हो । माइक्रोचिपको विश्वव्यापी अभाव भए पनि क्रिसमसको समयमा बिक्री बढेको अनुमान गरिएको छ । अमेरिकी सञ्चार माध्यमका अनुसार गएको तीन महिनामा मात्रै १२३.९ बिलियन कमाई गरेको छ । बजार बन्द भएपछि कम्पनीको शेयर मूल्य चार प्रतिशतले उकालो… Continue reading तीन महिनामा एप्पलले कमायो १२३.९ बिलियन डलर
अमेरिकामा चार दशकयताकै उच्च आर्थिक वृद्धि
न्युयोर्क । अमेरिकी अर्थव्यवस्थामा पछिल्लो चार दशक यताकै उच्च आर्थिक वृद्धिदर देखिएको छ । कोरोना भाइरसको महामारीपछि अर्थतन्त्र चलायमान भए सङ्गै आर्थिक वृद्धिदरमा उछाल देखिएको हो । सन् २०२० मा अत्यधिक लकडाउन र प्रतिवन्धले प्रभावित भएको अर्थतन्त्रले सन् २०२१ मा तीब्रता लिएको हो । अमेरिकी वाणिज्य विभागले सार्वजनिक गरेको आधिकारिक आंकडा अनुसार अर्थव्यवस्थामा ५.७ प्रतिशतको… Continue reading अमेरिकामा चार दशकयताकै उच्च आर्थिक वृद्धि
बेलायतले कोभिड विरुद्धका कडा प्रावधान हटायो, जनजीवन सहज बन्दै
लन्डन । बेलायतले कोभिड विरुद्ध यस अघि घोषणा गरेका धेरै जसो प्रोटोकल खुकुलो पारेसङ्गै जनजीवन सहज बन्न थालेको छ । बेलायतमा बिहीवारबाट लागू हुने गरि धेरै जसो प्रतिवन्ध फुकुवा भएका छन् । सक्रिय सङ्क्रमित भने ५ दिन आइसोलेसनमा रहनु पर्छ । बिहीबारदेखि अनिवार्य मास्क लगाउनु पर्ने शर्त हटेको छ । तर, मानिसले आफ्नो सुरक्षाका लागि… Continue reading बेलायतले कोभिड विरुद्धका कडा प्रावधान हटायो, जनजीवन सहज बन्दै
युक्रेनमा रुसले आक्रमण गरे रुसको ग्यास पाइपलाइन अवरुद्ध गराइदिने अमेरिकाको चेतावनी
काठमाडौं । अमेरिकाले रुसले युक्रेनमा आक्रमण गरे उसको पश्चिम युरोप जोड्ने प्रमुख ग्यास पाइपलाइन अवरुद्ध बनाइदिने चेतावनी दिएको छ । नोर्ड स्ट्रिम टु रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता जनाइएको पाइपलाइन हो। बिहीबार बर्लिनस्थित अधिकारीहरूले रुसले हमला गरे उक्त परियोजनामा प्रतिबन्ध लाग्न सक्ने धारणा राखेका थिए।बिबिसिका अनुसार पश्चिमा साझेदारहरूले आक्रमण भएको खण्डमा रुसको अर्थतन्त्रलाई आफूहरूले निशाना… Continue reading युक्रेनमा रुसले आक्रमण गरे रुसको ग्यास पाइपलाइन अवरुद्ध गराइदिने अमेरिकाको चेतावनी
प्र्याङ्कको नाममा व्यक्तिको अनुमती बेगर भिडियो, फोटो खिचेर सामाजिक संजालमा राख्न नपाइने
काठमाडौं । सरकारले प्र्याङ्क गर्ने नाममा व्यक्तिको अनुमति बेगर सामाजिक संजालमा फोटो वा भिडियो खिचेर राख्न रोक लगाएको छ । गृहमन्त्रालयले प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको अनुमतिबिना प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको… Continue reading प्र्याङ्कको नाममा व्यक्तिको अनुमती बेगर भिडियो, फोटो खिचेर सामाजिक संजालमा राख्न नपाइने
एसियाली महादेशबाट इरान विश्वकपमा छनोट
तेहरान । आगामी नोभेम्बरमा कतारले आयोजना गर्ने फिफा विश्वकप-२०२२ मा इरानले आफ्नो स्थान पक्का गरेको छ । कतार विश्वकपको लागि एसियाली क्षेत्रको तेस्रो चरणमा इराकविरुद्धको खेलमा १-० को जित निकाल्दै इरान विश्वकपमा छनोट हुने पहिलो एसियाली मुलुक बनेको छ । तेहरानस्थित आजादी स्टेडियममा भएको खेलमा इरानका मेहदी तारेमीले ४८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।… Continue reading एसियाली महादेशबाट इरान विश्वकपमा छनोट
नेपाल र भारतबिच सातामा ५६ उडान गर्ने बाटो खुला
काठमाडौं । नेपाल र भारतबीच उडान संख्या थप गर्न बाटो खुलेको छ । अहिले नेपाल एयरलाइन्स र एयर इण्डियाले हरेक दिन एक/एक उडान गरिरहेका छन् । दुई मुलुकबीच सातामा ५६ उडान संख्या पुर्याउने र दुबै मुलुकका एयरलाइन्सले बराबरी संख्यामा उडान गर्ने सहमति जुटेसँगै उडान संख्या थप हुन लागेको छ । नेपालले भारत सरकारलाई उडान संख्या… Continue reading नेपाल र भारतबिच सातामा ५६ उडान गर्ने बाटो खुला
रास्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार राष्ट्रपति भण्डारीसङ्ग भेट गर्न प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका छन् ।भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ । नियमित भेटघाटका क्रममा प्रधानमन्त्रीले मुलुकको समसामयिक विषयमा रास्ट्रपतिलाई जानकारी गराएका थिए । पछिल्लो समय एमाले र सत्तारुढ दलबीच स्थानीय तहको निर्वाचन कहिले गर्ने… Continue reading रास्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता, के भयो कुराकानी ?
मोरङमा उखुबारीमा खाल्डो खनी पुरेको अवस्था दुई शव भेटियो
विराटनगर । मोरङको धनपालथान गाउँपालिका-७ स्थित उखुबारीमा खाल्डो खनेर दुई शव पुरिएको अवस्था भेटिएको छ । त्यसमध्ये एउटा शवको पहिचान समेत भएको छ । बिहीबार उत्खनन गरी निकालिएको शव धरान उपमहानगरपालिका–३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीलाई उदृत गर्दै स्थानीय संचार माध्यमले जनाएका छन् । श्रेष्ठ भक्तपुरमा बस्दै आएका थिए… Continue reading मोरङमा उखुबारीमा खाल्डो खनी पुरेको अवस्था दुई शव भेटियो
नेपालमा थप ८ हजार १७ जनामा कोरोना पुष्टी, १५ जना संक्रमितको निधन
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८ हजार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६०७२ जनाको एन्टिजेन परीक्षण गर्दा २२०१ गरी ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना… Continue reading नेपालमा थप ८ हजार १७ जनामा कोरोना पुष्टी, १५ जना संक्रमितको निधन
झिनो अंकले बढेर नेपाली शेयर बजारको ओरालो यात्रामा ‘ब्रेक’
काठमाडौं । झिनो अंकले बढेर शेयर बजारको ओरालो यात्रा रोकिएको छ । आइतबारदेखि ओरालो लागेको बजार ४ दिनमा नेप्से १४५ अंकले घटिसकेको थियो । आज सूचक झिनो अंकले बढेपनि कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ३.२९अंकले बढेर २७७९.९३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका… Continue reading झिनो अंकले बढेर नेपाली शेयर बजारको ओरालो यात्रामा ‘ब्रेक’
उखुको मूल्य बढेसँगै उद्योगीले बढाए चिनीको मूल्य प्रतिकिलो १६ रुपैयाँसम्म
काठमाडौं । चिनी उद्योगीहरुले चिनीको मूल्य बढाएका छन् । उद्योगीहरुले उखुको मूल्य बढेको भन्दै चिनीको मूल्य प्रतिकेजी ८ देखि १६ रुपैयाँसम्म वृद्धि गरेका हुन् । उद्योगीले चिनीको मूल्य प्रतिकिलो ८२ रुपैयाँदेखि ९० रुपैयाँसम्म मूल्य तोकेका हुन् । यसअघि उद्योगीहरुले प्रतिकिलो ७२ देखि ७६ रुपैयाँसम्ममा चिनी दिँदै आएका थिए । उद्योगमै चिनीको मूल्य बढेसँगै अब खुद्रा… Continue reading उखुको मूल्य बढेसँगै उद्योगीले बढाए चिनीको मूल्य प्रतिकिलो १६ रुपैयाँसम्म
काठमाडौंको शंकरापुरमा माकल बालेर सुतेका दम्पत्ती मृत फेला
काठमाडौं । काठमाडौंको शंकरापुरमा एक दम्पत्ती मृत फेला परेका छन्। शंकरापुर नगरपालिका–३ स्थित बोजेनीमा बुधबार राती खाना खाएर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीय फुलकुमारी थिङ बिहीबार बिहान मृत भेटिएका हुन्। महानगरीय प्रहरी वृत्त वौद्धका अनुसार बिहान ७ बजेसम्म पनि ढोका नखुलेपछि दुई छोराहरु सूर्यबहादुर र सुनिल थिङले ढोका फोडेर हेर्दा… Continue reading काठमाडौंको शंकरापुरमा माकल बालेर सुतेका दम्पत्ती मृत फेला
नेपालका सबै भन्सार कार्यालयमा शुरु भयो विद्युतीय भुक्तानी प्रणाली
काठमाडौं । नेपालका सबैभ भन्सार कार्यालयमा विद्युतीय भुक्तानी प्रंणालीको शुरुवात भएको छ । भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बुधबार शुरूवात गरे । ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित एक समारोहकाबीच उनले सो प्रणालीको शुभारम्भ गरेका हुन् । इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाईन मार्फत् नै तिर्न सक्ने भएका… Continue reading नेपालका सबै भन्सार कार्यालयमा शुरु भयो विद्युतीय भुक्तानी प्रणाली
प्याब्सनले भन्यो : २३ माघबाट विद्यालय खोलौं
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल (प्याब्सन) ले परिस्थितिको मूल्यांकन गरि २३ माघबाट विद्यालय खोल्न दिन माग गरेको छ । प्याब्सनले खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्थाको समेत माग गरेको हो । प्याब्सन केन्द्रीय कार्यसमितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेटेर कोरोना महामारीको परिस्थिति हेरेर… Continue reading प्याब्सनले भन्यो : २३ माघबाट विद्यालय खोलौं
धेरै प्रतिशत जनसंख्याले खोप लगाउने मुलुकको सूचिमा नेपाल पनि
काठमाडौं । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल परेको छ। राससका अनुसार आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसकेको छ । ६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन्। प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित… Continue reading धेरै प्रतिशत जनसंख्याले खोप लगाउने मुलुकको सूचिमा नेपाल पनि
अमेरिका र रुसको चेपुवामा युक्रेन
काठमाडौं । दुई शक्तिशाली राष्ट्र बीचको तानातानीमा एक निरिह मुलुक चेपुवामा परेको छ । रुसले युक्रेनलाई नेटो सदस्य बन्नबाट रोक्न चाहन्छ । यदी बनेमा उसमाथि सैन्य कारवाहीको तयारी गरिरहेको अमेरिकाले आरोप लगाउँदै आएको छ । अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसको मागलाई अस्वीकार गर्दै आएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेन सङ्कट… Continue reading अमेरिका र रुसको चेपुवामा युक्रेन
ग्राहकको आफ्नै खाताबाट २ लाखसम्म पैसा निकाल्न राष्ट्रिय वाणिज्य बैंकमा चेक वा एटीएम नचाहिने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा ग्राहकले आफ्नो खाताबाट २ लाख रुपैयाँसम्म रकम निकाल्न चेक वा एटीएम नचाहिने भएको छ । यो बैंकका ग्राहकले २ लाख रुपैयाँसम्म निकाल्न क्यूआरमार्फत नगद भुक्तानी दिने व्यवस्था मिलाएको हो । बैंकले ५७औँ वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआर टेलर सेवा लागू गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ रुपमा डिजिटल बैंकिङ सेवा… Continue reading ग्राहकको आफ्नै खाताबाट २ लाखसम्म पैसा निकाल्न राष्ट्रिय वाणिज्य बैंकमा चेक वा एटीएम नचाहिने
राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काविरुद्ध अख्तियारको मुद्दा
काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको अभियोग लागेको छ । उनले नेपाल प्रहरीमा जागिर खाँदा यस्तो कसुर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगले बुधबार विशेष अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका अनुसार खड्काले पेस गरेको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली… Continue reading राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काविरुद्ध अख्तियारको मुद्दा
अख्तियारद्धारा चर्चित उद्योगीदेखि खानी विभागका महानिर्देशकमाथि सवा अर्ब बराबरको भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुनढुंगा खानी उत्खननमा भ्रष्टाचार भएको ठहर गर्दै चर्चित उद्योगीदेखि खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसम्मलाई विपक्षी बनाई भ्रष्टाचार मुद्दा दायर गरेको छ । विभागका उपमहानिर्देशक जयराज घिमिरे, ९ जना व्यापारीसहित १८ व्यक्ति तथा ९ कम्पनी विरुद्ध १ अर्ब २४ करोड ४५ लाख २६ हजार ६ सय ४३… Continue reading अख्तियारद्धारा चर्चित उद्योगीदेखि खानी विभागका महानिर्देशकमाथि सवा अर्ब बराबरको भ्रष्टाचार मुद्दा दायर
राष्ट्रिय सभा निर्वाचन : एमालले एक सिट जित्दा अन्य सबै सिटमा गठबन्धन विजयी
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा सात वटै प्रदेशको नतिजा आएको छ । जसमा एक सिटमा एमाले विजयी हुँदा अन्य सिटमा भने गठबन्धनले स्वभाविक जित निकालेको छ । कुल १९ सिटका लागि ९ दलका ४३ जना उमेदवार भिडेका थिए । प्रदेश नं १ मा खुला तर्फ नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित भए । नेकपा एमालेका गुरु… Continue reading राष्ट्रिय सभा निर्वाचन : एमालले एक सिट जित्दा अन्य सबै सिटमा गठबन्धन विजयी
नेपालमा थप ८ हजार ४५४ जनामा कोरोना पुष्टी, सक्रिय संक्रमित ९० हजार नाघे
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६८१० जनाको एन्टिजेन परीक्षण गर्दा २८८३ गरी ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना… Continue reading नेपालमा थप ८ हजार ४५४ जनामा कोरोना पुष्टी, सक्रिय संक्रमित ९० हजार नाघे
रोकिएन नेपाली शेयर बजारको आरोलो यात्रा, ४ दिनमै १४३ अंकको गिरावट
काठमाडौं । शेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । आइतबारदेखि ओरालो लागेको बजारले आज पनि सोही यात्रा जारी राखेको हो । यससाताको ४ दिनमा नेप्से १४३ अंकले घटिसकेको छ । साताको कारोबारको चौथोदिन शेयर बजार मापक सूचक (नेप्से) ३८.४५ अंकले घटेर २७७६.६१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २३३ कम्पनीको ४… Continue reading रोकिएन नेपाली शेयर बजारको आरोलो यात्रा, ४ दिनमै १४३ अंकको गिरावट
विस्तृतमा हेर्नुहोस् ‘राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा’
काठमाडौं । केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना सार्वजनिक गरेको छ । विभागले आज राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजानिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो। नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ। १० वर्षअघि नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो… Continue reading विस्तृतमा हेर्नुहोस् ‘राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा’
सबैभन्दा बढी जनसंख्या काठमाडौंमा, मनाङमा कम
काठमाडौं । नेपालका ७७ वटै जिल्लामध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा रहेको छ। बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार ७७ जिल्लामध्ये काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ रहेको छ। सबैभन्दा कम जनसंख्या रहेको मनाङमा ५ हजार ६४५ जना रहेका छन्। धेरै जनसंख्या भएका जिल्लाहरुमा मोरङ, रुपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो,… Continue reading सबैभन्दा बढी जनसंख्या काठमाडौंमा, मनाङमा कम
मैत्रीपूर्ण खेलका लागि ३४ सदस्यीय टोली घोषणा, ९ जना नयाँ अनुहार
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि सबै ३४ सदस्यीय टोली घोषणा गरेको छ । मौरिसससँग हुने दुई खेलमा दुई टोली गठन गरी खेलाडीलाई मैदानमा उतारिने भएको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १५ र १८ माघमा दशरथ रंगशालामा हुने दुई खेलमा लागि जगजित श्रेष्ठ, विमल घर्ती मगर, दर्शक गुरुङ,… Continue reading मैत्रीपूर्ण खेलका लागि ३४ सदस्यीय टोली घोषणा, ९ जना नयाँ अनुहार
नेपालको जनसंख्या २ करोड ९१ लाख, सबैभन्दा धेरै मधेसमा
काठमाडौं । केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना सार्वजनिक गरेको छ । विभागले आज राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजानिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो। नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ। नेपालमा अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय… Continue reading नेपालको जनसंख्या २ करोड ९१ लाख, सबैभन्दा धेरै मधेसमा
पशुपति धर्मशाला चलाउन बतास समूहसँग भएको सम्झौता सरकारले गर्यो रद्द
काठमाडौं । सरकारले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले यस्तो जानकारी गराएका हुन् । आलेका अनुसार बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको हो । मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग सम्झौता रद्द भएको मन्त्री आलेले जानकारी गराए… Continue reading पशुपति धर्मशाला चलाउन बतास समूहसँग भएको सम्झौता सरकारले गर्यो रद्द