भारतको गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले पठाए शुभकामना सन्देश

Photo : Free Press Journal

काठमाडौं । भारतको ७३ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेकी छन्। भारतको स्वतन्त्रताको ७५औं वार्षिकोत्सव भारतमा ‘आजादीको अमृत महोत्सव’का रूपमा मनाइन लागेकामा राष्ट्रपति भण्डारीले बधाई तथा शुभकामना व्यक्त गरेकी हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले पनि… Continue reading भारतको गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले पठाए शुभकामना सन्देश

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरिँदै

काठमाडौं । आज राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक हुँदैछ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्न कार्यक्रम राखेको छ । जनगणना कात्तिक २५ बाट मंसिर ५ सम्म चलेको थियो । तीन महिना भित्र जनगणनाको प्रारम्भिक र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागको योजना अनुसार आज प्रारम्भिक नतिजा आउन… Continue reading राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरिँदै

समस्यामा परे सिधै सम्पर्क गर्न भन्दै श्रम मन्त्रीले सार्वजनिक गरे फोन नम्बर

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीले कुनै समस्या पर्दा सिधा सम्पर्क गर्न सक्ने गरि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले फोन नम्बर सार्वजनिक गरेका छन् । पछिल्लो समय भिजिट भिसाको नाममा श्रमिकलाई अलपत्र बनाउने क्रम बढेपछि उनले आफ्नो फोन नम्बर सार्वजनिक गर्दै समस्या पर्दा टिपाउन आह्वान गरेका छन् । यस्तो काममा संलग्न कम्पनी… Continue reading समस्यामा परे सिधै सम्पर्क गर्न भन्दै श्रम मन्त्रीले सार्वजनिक गरे फोन नम्बर

आज राष्ट्रिय सभा निर्वाचन, आजै नतिजा आउने

File

काठमाडौं । आज राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आज मतदान हुदैछ । आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुन लागेको हो । नतिजा आजै सार्वजनिक हुने छ । निर्वाचन आयोगका अनुसार मतदान ९ बजेबाट शुरु भइ ३ बजे सम्पन्न हुनेछ । त्यसपछि मतगणना हुनेछ । निर्वाचनमा … Continue reading आज राष्ट्रिय सभा निर्वाचन, आजै नतिजा आउने

भिजिट भिसामा खाडी मुलुकमा जाने युवाका समस्याबारे अध्ययन गर्न समिति गठन

काठमाडौं । नेपालबाट भिजिट भिसामा खाडी मुलुक पुग्ने नेपाली युवाका समस्याबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ । भिजिट भिसामा दुबईलगायत खाडी मुलुकमा गई भोग्नु परेका कठिनाई र समस्या समाधान उपाय खोज्न गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको समन्वयात्मक परिचालन र व्यवस्थापनबारे… Continue reading भिजिट भिसामा खाडी मुलुकमा जाने युवाका समस्याबारे अध्ययन गर्न समिति गठन

क्रिप्टोकरेन्सीको कारोबारमा ३७ करोड ६४ विगो दाविसहित एक परिवारमाथि मुद्दा दायर

काठमाडौं । नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको अभियोगमा ३७ करोड ६४ विगो दाविसहित एक परिवारमाथि मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले सोमबार दायर गरेको मुद्दाअनुसार परिवार नै मिलेर अवैध क्रिप्टोकरेन्सीमा लगानी गरेको पाइएको दावि गरिएको छ । कैलाली लम्कीचुवा–१० स्थायी घर भई हाल काठमाडौँको कालोपुलमा बस्ने दिनेश खड्काले दिदी भगवती, बुबा… Continue reading क्रिप्टोकरेन्सीको कारोबारमा ३७ करोड ६४ विगो दाविसहित एक परिवारमाथि मुद्दा दायर

नेपालमा मल कारखाना खोल्न उद्योगीहरुसँग प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालमा मल कारखाना खोल्न उद्योगीहरुसँग आग्रह गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरुसँग भेट्दै प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गरेका हुन् ।उनले उद्योगी, व्यवसायीहरुले मल कारखाना स्थापना गरेमा सरकार सहयोग गर्न तयार रहेको पनि बताए ।… Continue reading नेपालमा मल कारखाना खोल्न उद्योगीहरुसँग प्रधानमन्त्रीको आग्रह

नेपालमा थप १२ हजार ८ जनामा कोरोना पुष्टी, ८ जना संक्रमितको निधन

काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा ९हजार ४३२ जना र ७८०६ जनाको एन्टिजेन परीक्षण गर्दा २५७६ गरी १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण… Continue reading नेपालमा थप १२ हजार ८ जनामा कोरोना पुष्टी, ८ जना संक्रमितको निधन

राप्रपाको उर्दी-‘राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशमा ‘भोट’ नहाल्नु’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाका निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशका मतदान प्रक्रियामा सहभागी नहुने भएको छ । राप्रपाका केन्द्रीय पदधिकारीहरूको बैठकले प्रदेश १ बाहेक अन्य प्रदेशको मतदान प्रक्रियामासहभागी नहुने निर्णय गरेको हो । राप्रपाले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदेश १ मा पार्टीका उम्मेदवार अम्बरबहादुर विष्ट र रन्जु प्याकुरेललाई मत दिन आफ्ना मतदातालाई… Continue reading राप्रपाको उर्दी-‘राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशमा ‘भोट’ नहाल्नु’

भ्रष्टाचार नियन्त्रणमा नेपाल असफल, विश्व सूचकांकको ११७ औँ स्थानमा

काठमाडौं । नेपालमा भ्रष्टाचार नियन्त्रण असफल तथ्यांक सार्वजनिक भएको छ । भ्रष्टाचारको अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सूचकांक नेपाल भ्रष्टाचार नियन्त्रणमा असफल देखिएको हो । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको सन् २०२१ को भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) मा नेपाल गत वर्षकै स्थानमा रहेको छ । भ्रष्टाचार बढी हुने मुलुकहरुको… Continue reading भ्रष्टाचार नियन्त्रणमा नेपाल असफल, विश्व सूचकांकको ११७ औँ स्थानमा

तत्काल स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्न सरकारलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई मिति तोक्न आग्रह गरिएको जानकारी दिएका हुन्। स्थानीय तहको निर्वाचन बैशाखमै गर्नेगरि आयोगले तयारी गरिसकेको भन्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले तत्काल चुनावको मिति घोषणा गर्नुपर्ने बताए… Continue reading तत्काल स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह

नेपाली शेयर बजारको ओरालो यात्रा कायमै

काठमाडौं । शेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ५.९२ अंकले घटेर २८१४.७४ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२९ कम्पनीको ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँ बराबरको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading नेपाली शेयर बजारको ओरालो यात्रा कायमै

टोङ्गामा ज्वालामुखीले क्षतविक्षत समुन्द्रमुनीको ५० हजार किलोमिटर इन्टरनेट केबल कसरी जोडिदैंछ ?

काठमाडौं । अघिल्लो साता टोङ्गामा एक शक्तिशाली ज्वालामुखी विस्फोट भयो । जसका कारण दक्षिण प्रशान्त क्षेत्रको टापु राष्ट्र टोङ्गालाई बाँकी विश्वसँग जोड्न समुद्रमुनि बिछ्याइएको फाइबर(अप्टिक तार चुँडिएको छ। न्यूजील्यान्डको विदेश मन्त्रालयले महासागरमुनि ४९,८८९ किलोमिटर लामो तार मर्मतका लागि एक महिनाभन्दा बढी समय लाग्ने बताइसकेको छ । बीबीसीका अनुसार समुद्रमुनिको ज्वालामुखी विस्फोटन भएपछि उत्पन्न सुनामीका कारण… Continue reading टोङ्गामा ज्वालामुखीले क्षतविक्षत समुन्द्रमुनीको ५० हजार किलोमिटर इन्टरनेट केबल कसरी जोडिदैंछ ?

बुधबार हुँदैछ राष्ट्रिय सभाको निर्वाचन, तयारी पुरा

File

काठमाडौं । बुधबार राष्ट्रिय सभा निर्वाचन हुँदैछ । मतदान गर्न सातवटै प्रदेशका केन्द्रमा आवश्यक तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी गराएको छ । राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । आयोगले मतदान गर्न आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ… Continue reading बुधबार हुँदैछ राष्ट्रिय सभाको निर्वाचन, तयारी पुरा

टेकु अस्पतालमा आजबाट खोप लगाउन पाइने

काठमाडौं । स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण भएपछि रोकिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको खोप अभियान आजबाट पुनः संचालनमा आउने भएको छ । एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान मंगलबारबाट पुनः सञ्चालन गरिने भएको छ । काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन गरिएपछि खोप अभियान पुनः सञ्चालन… Continue reading टेकु अस्पतालमा आजबाट खोप लगाउन पाइने

बालबालिकालाई लगाउन थप ४० लाख मोडर्ना खोप ल्याइयो

काठमाडौं । नेपालमा बालबालिकालाई लगाउने थप ४० लाख मोडर्ना खोप ल्याइएको छ । सोमबार १६ लाख ६० हजार कोरोनाविरुद्धको मोडर्ना खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका अनुसार यो खोप १८ वर्षमुनिका बालबालिकालाई लगाउने हो । अमेरिकी खोप मोडर्ना कतार हुँदै नेपाल आएको हो । बाँकी २३ लाख ४० हजार मात्रा खोप… Continue reading बालबालिकालाई लगाउन थप ४० लाख मोडर्ना खोप ल्याइयो

युक्रेनका लागि साढे ८ हजार सैनिक एलर्ट अवस्थामा छन् : अमेरिका

Photo : ABC NEWS

वासिंटन । युक्रेनमाथि रुसले हमला गर्नसक्ने खबरका बीच करिब साढे आठ हजार अमेरिकी सैनिक छोटो सूचनामै जहाँ पनि जानसक्नेगरी उच्च सतर्क अवस्थामा रहेको पेन्टागनले जनाएको छ । बीबीसीका अनुसार रुसले भने युक्रेनमाथि हमला गरेर कब्जा गर्ने आफ्नो मनसाय नभएको बताउँदै आएको छ। पछिल्ला महिनाहरूमा रुसले युक्रेन नजिक ठूलो सङ्ख्यामा सैनिकहरूको उपस्थिति बढाएपछि त्यहाँ जुनसुकै बेला… Continue reading युक्रेनका लागि साढे ८ हजार सैनिक एलर्ट अवस्थामा छन् : अमेरिका

ग्रिसमा दुर्घटनामा मृत्यु भएका नेपालीको शव एनआरएनएको सहयोगमा नेपाल पठाइने

File

काठमाडौं । ग्रिसमा दुर्घटनामा परि अलपत्र अवस्थामा रहेका दुई नेपालीको शव गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा नेपाल पठाइने भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सहकोषाध्यक्ष लोकप्रसाद दाहालले ७ हजार २०० युरो संकलन गरि ग्रिस पठाइएको जानकारी गराएका छन् । टर्कीबाट अवैध रुपमा ग्रिस जाँदा मंसिर पहिलो साता सडक दुर्घटनामा चार नेपालीको मृत्यु… Continue reading ग्रिसमा दुर्घटनामा मृत्यु भएका नेपालीको शव एनआरएनएको सहयोगमा नेपाल पठाइने

११ घण्टा उडेको जहाजको पांग्रामा जब जिवित व्यक्ति भेटिए….

काठमाडौं । लगातार ११ घण्टा उडेको एक जहाजको पांग्रामा एक जिवित व्यक्ति भेटिएपछि विश्वभर अहिले यसको चर्चा भइरहेको छ । दक्षिण अफ्रिकाबाट आएको एउटा मालवाहक विमानको पाङ्ग्रा भएको भागमा लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा जीवितै फेला पारेको हो । सामान्यतया जोह्यानिस्बर्गबाट एम्स्टर्ड्यामको उडानका लागि ११ घण्टा लाग्छ। बीबीसीका अनुसार दक्षिण अफ्रिकाको… Continue reading ११ घण्टा उडेको जहाजको पांग्रामा जब जिवित व्यक्ति भेटिए….

सिद्धबाबामा आगामी महिनाबाट सुरुङ निर्माण थालिने

काठमाडौं । नेपालको सबैभन्दा बढी जोखिमयुक्त सडक मध्ये एक सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा क्षेत्रमा आगामी महिनाबाट सुरुङ निर्माणको काम थालिने भएको छ । यो नेपालको दोस्रो सुरुङमार्ग हुने छ । पहिलो सुरुङमार्ग नागढुंगामा बनिरहेको छ । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको हो । राससका अनुसार वर्षेनी… Continue reading सिद्धबाबामा आगामी महिनाबाट सुरुङ निर्माण थालिने

ढाका फिल्म महोत्सवमा दुई नेपाली फिल्मले जिते अवार्ड

काठमाडौं । ढाकामा संचालन भएको फिल्म महोत्सवमा दुई नेपाली फिल्मले अवाडी जित्न सफल भएका छन् । बंगलादेशको ढाकामा ‘ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ चलेको थियो । आइतबार सम्पन्न अवार्डको २० औं संस्करणमा चलचित्र ‘ऐना झ्यालको पुतली’बाट सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड र किरण पोखरेल निर्देशित ‘पुतलीको सपना’ले स्क्रिप्ट ल्याबतर्फ प्रथम पुरस्कार प्राप्त गरेको छ । ‘एसियन… Continue reading ढाका फिल्म महोत्सवमा दुई नेपाली फिल्मले जिते अवार्ड

हिमालय आइएसओ प्रमाणीकरण गराउने पहिलो नेपाली एयरलाइन्स

काठमाडौं । चीन संयुक्त लगानी निजी क्षेत्रको हवाई कम्पनी हिमालय एअरलाइन्स नेपालमै सर्वप्रथम आइएसओ ९००१ः२०१५; गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण हुन सफल भएको छ । हिमालयलाई आइएसओको स्तरीय व्यवस्थापन प्रणाली (आइएसओ ९००१ः२०१५)का मापदण्डअनुरुप व्यवस्थित भएकाले गत २९ डिसेम्बर २०२१ मै सम्मानित गरिएको थियो । एअरलाइन्सले हवाई यात्रा गर्ने यात्रुहरु तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन… Continue reading हिमालय आइएसओ प्रमाणीकरण गराउने पहिलो नेपाली एयरलाइन्स

अत्यधिक हिमपातका कारण अफगानिस्तानमा ४२ जनाको मृत्यु, ७६ घाइते

काबुल । अत्यधिक हिमपातका कारण अफगानिस्तानमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । हिमपातमै परी अरु ७६ जना घाइते समेत भएको स्थानीय सञ्चार माध्यमहरुले सोमबार समाचार सम्प्रेषण गरेका छन् । तालिवान सरकारको प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा हिमपात भएको जानकारी दिएको छ । मन्त्रालयका अधिकारीहरुले हिमपातका कारण दुई हजारभन्दा बढी घरहरुमा क्षति पुगेको… Continue reading अत्यधिक हिमपातका कारण अफगानिस्तानमा ४२ जनाको मृत्यु, ७६ घाइते

नेपाली शेयर बजारमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) १००.१० अंकले घटेर २८२०.४१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२८ कम्पनीको ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७७ रुपैयाँ बराबरको १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली शेयर बजारमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं उपत्यकामा सक्रिय संक्रमित ५२ हजार नाघ्यो

photo : Noah Seelam / AFP - Getty Images

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४६७६जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३६३४, भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५२ हजार ८४२ पुगेको छ ।

नेपालमा थप १० हजार ३१९ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन

काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५४ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ५४ जना र ४५४७ जनाको एन्टिजेन परीक्षण गर्दा २२६५ गरी १० हजार ३१९ जनामा कोरोना भाइरसको… Continue reading नेपालमा थप १० हजार ३१९ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन

उपचार अभावमा साउदीको कोठामा छट्पटाइरहेका युवाको श्रम मन्त्रीको पहलपछि उद्धार

काठमाडौं । शनिबार सामाजिक संजालमा एक भिडियो भाइरल भयो । जसमा साउदी अरेवीयमा उपचारको अभावमा एक युवा कोठामा छट्पटाइरहेका थिए । उनी थिए जाजरकोटका आइस राना । यो भिडियो भाइरल भएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले उनका सम्बन्धमा चासो लिए । साउदी अरवको जेद्धामा कोठामा छटपटाइरहेका रानाको उपचार र उद्धारमा मन्त्री श्रेष्ठले नै… Continue reading उपचार अभावमा साउदीको कोठामा छट्पटाइरहेका युवाको श्रम मन्त्रीको पहलपछि उद्धार

विदेशमा बस्ने नेपालीले पनि क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने

Photo : economictimes

काठमाडौं । सरकारले नेपालको पैसा विदेशिएको भन्दै नेपाल तथा विदेशमा सबै कुनै पनि नेपाली नागरिकले क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने नियम कार्यान्वयनमा ल्याएको छ । अब विदेशमा रहेका नेपाली र नेपालमा बसोबास गर्ने विदेशी नागरिकले समेत क्रिप्टोकरेन्सीको कारोबार गर्न पाउने छैनन् । नेपाल राष्ट्र बैंकले आइतबार एक सूचना जारी गरी क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी भएको स्पष्ट पारेको… Continue reading विदेशमा बस्ने नेपालीले पनि क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उमेदवारलाई विजयी गराउन आह्वान

File RSS

काठमाडौं । माघ १२ मा हुने राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका तर्फबाट संयुक्त रुपमा उठेका उम्मेदवारलाई विजयी गराउन पाँच दलीय गठबन्धनले अपिल गरेको छ । पाँच दलीय गठबन्धन समन्वय समितिका तर्फबाट अपील जारी गर्दै यस्तो आह्वान गरिएको हो । लोकतन्त्रको रक्षाका लागि साझा उम्मेदवार जिताउन आग्रह गरिएको छ । अपीलमा भनिएको छ, ’यही माघ १२ गते हुन… Continue reading राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उमेदवारलाई विजयी गराउन आह्वान

युक्रेनमा बढ्यो युद्धको खतरा, अमेरिकाले दुतावासका कर्मचारीलाई देश छाड्न भन्यो

REUTERS/Gleb Garanich

वासिंटन डिसी । अमेरिकी विदेश मन्त्रालयले युक्रेनस्थित आफ्नो दूतावासका कर्मचारीका आफन्तलाई सो देश छाड्न आदेश दिएको छ। यसले सो मुलुकमा युद्धको खतरा बढेको संकेत गरेको छ । बीबीसीका अनुसार रुसले युक्रेनमाथि हमला गर्ने चिन्ताबीच त्यस क्षेत्रमा तनाव बढेको हो । अमेरिकी विदेश मन्त्रालयको एक आदेशमा यस्तो भनेको छ । अमेरिकी विदेश मन्त्रालयले दूतावासमा रहेका अत्यावश्यक… Continue reading युक्रेनमा बढ्यो युद्धको खतरा, अमेरिकाले दुतावासका कर्मचारीलाई देश छाड्न भन्यो