दोहोरो अंकले घट्ने नेपाली शेयर बजार, ५ अर्ब १५ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १४.४८ अंकले घटेर २८७१.५ विन्दुमा झरेको छ । आइतवार शेयर बजारमा उछाल आएको थियो । त्यसदिन १०५ अंकले बजार बढेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२५ कम्पनीको ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार… Continue reading दोहोरो अंकले घट्ने नेपाली शेयर बजार, ५ अर्ब १५ करोडको कारोबार

किस्तामा गाडी किन्दा महंगो पर्ने, हायर पर्चेज कर्जामा राष्ट्र बैंकको कडाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीको ब्याजदरमा कडाई गरेसँगै अब किस्तामा गाडी किन्दा मूल्य बढी पर्ने भएको छ । राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७०’ को तेस्रो संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो। जसमा औसत ब्याजदर अन्तर ४ प्रतिशत भन्दा बढी नहुने गरी… Continue reading किस्तामा गाडी किन्दा महंगो पर्ने, हायर पर्चेज कर्जामा राष्ट्र बैंकको कडाई

एमसीसीको बाहनामा गठबन्धन नटुटोस, छिटो पास गरौं : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको बाहनामा गठबन्धन टुट्न नहुने बताएका छन् । आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने समेत उनको भनाई छ । सोमबार सामाजिक संजालबाट आफ्नो धारणा सार्वजनिक गर्दै उनले सर्वसम्मतीले एमसीसी पारित गर्नुपर्ने बताएका हुन् । भट्टराईले लेखेका छन्, ‘एमसीसी सम्झौतालाई… Continue reading एमसीसीको बाहनामा गठबन्धन नटुटोस, छिटो पास गरौं : बाबुराम भट्टराई

बालकुमारीबाट चोरी भएको मूर्तिबारे सूचना दिनेलाई ५ लाख पुरस्कार घोषणा

ललितपुर । ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारी माईको मूर्ति बारे सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिइने भएको छ । चोरी भएको एक सातासम्म पनि यो मूर्तिबारे प्रहरीले कुनै सुराक पाउन सकेको छैन । बालकुमारी गुठीले विशेष सूचना निकालेर पुरस्कार घोषणा गरेको हो। ललितपुर महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष बाबुराज महर्जनले विशेष सूचना… Continue reading बालकुमारीबाट चोरी भएको मूर्तिबारे सूचना दिनेलाई ५ लाख पुरस्कार घोषणा

खोप कार्ड गरिवार्य गरेको विरोधमा क्यानडामा प्रदर्शन, राजधानी ठप्प

काठमाडौं । सरकारले अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकका लागि कोभिडविरुद्ध खोप अनिवार्य गरेसँगै भएको विरोध प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन पनि ठप्प भएको छ। बीबीसीका अनुसार राजधानी ओटावामा फ्रिडम कन्भोई भनिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी छन्। उक्त प्रदर्शनसँग सम्बन्धित ठानिएका स्वस्तिक चिह्न अङ्कित झण्डा देखाइएको र एकजना अज्ञात सैनिकको चिहानमा महिला नाच्दै गरेको… Continue reading खोप कार्ड गरिवार्य गरेको विरोधमा क्यानडामा प्रदर्शन, राजधानी ठप्प

राजनीतिका कारण अर्थतन्त्रमा समस्या आएको हो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा अपेक्षित उन्नती हुन नसक्नुमा राजनीतिको दोष रहेको बताएका छन् । विकासमैत्री नीतिको अभाव रहेको भन्दै उनले यस्तो बताएका हुन् । आइतवार मन्त्रालयमा अर्थविद्हरूसँगको छलफलमा उनले विकासमैत्री संरचना र विकासमैत्री नीतिको अभाव रहेको उल्लेख गरे । विकासमैत्री संरचना तथा विकासमैत्री नीतिहरूको अभाव देखिरहेको भन्दै मन्त्री शर्माले ‘यस्ता जटिलताले विकासमा बाधा… Continue reading राजनीतिका कारण अर्थतन्त्रमा समस्या आएको हो : अर्थमन्त्री

राफेल नाडाललाई कीर्तिमानी ग्रान्डस्लाम टेनिसको उपाधि

Getty Images

काठमाडौं । स्पेनिस टेनिस स्टार राफेल नाडालले कीर्तिमानी ग्रान्डस्लाम टेनिसको उपाधि जितेका छन् । उनी सर्वाधिक पटक ग्रान्डस्लाम टेनिस उपाधी जित्ने पहिलो खेलाडी बन्न सफल भए । आइतबार मेलवर्नमा भएको अस्ट्रेलियन ओपनतर्फ पुरुष एकलको उपाधि जित्दै ३५ वर्षीय नाडालले महत्वपूर्ण कीर्तिमान आफ्नो नाममा लेखाए । उनले विश्व दोस्रो वरीयतामा रहेका रुसी स्टार डानियल मेदभेदेभलाई हराएका… Continue reading राफेल नाडाललाई कीर्तिमानी ग्रान्डस्लाम टेनिसको उपाधि

बीना सुनुवाई भारतमा ४१ वर्ष जेल जिवन काटेका दुर्गाप्रसादकी आमाको निधन

काठमाडौं । भारतमा बीना सुनुवाई ४१ वर्ष जेल जिवन काट्न बाध्य भई गत वर्ष नेपाल र्फकन सफल दुर्गाप्रसाद तिम्सिनाकी आमाको निधन भएको छ । भारतको जेलमा बिना सुनुवाई ४१ वर्ष जेल सजाय काटेका उनी घर आएसँगै आमाको मुहारमा खुसी फर्किएको थियो । तिम्सिनाकी आमा धनमाया ८७ वर्षकी थिइन् । धनमायाको आइतबार बिहान निधन भएको नाति… Continue reading बीना सुनुवाई भारतमा ४१ वर्ष जेल जिवन काटेका दुर्गाप्रसादकी आमाको निधन

थप ३५४० जनामा कोरोना पुष्टी, ६३५९ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३५४०जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार २३५ जना र ३०४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४९१ गरी३५४०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ५० हजार… Continue reading थप ३५४० जनामा कोरोना पुष्टी, ६३५९ जना संक्रमण मुक्त

नेपालमा कोरोना संक्रमणबाट एकैदिन ३२ जनाको निधन

File

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३२ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा देशभर ३२ जना संक्रमितको निधन भएको हो । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७३५ पुगेको छ ।

नेपाली शेयर बजारमा उछाल, एकैदिन तेहेरो अंकको कमब्याक

काठमाडौं । सत्ता पक्षीय गठबन्धनबीच आगामी जेठसम्म स्थानीय तहको चुनाव गर्ने सहमती भएसँगै लगानीकर्ता उत्साहित हुँदा बजारमा उछाल आएको छ । शनिबार बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले ०७९ जेठभित्र स्थानीयत तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । निर्वाचन हुने निश्चित भएपछि शेयर लगानीकर्तामा आइतवार बजार खुलेदेखिनै उत्साह बढेको छ । चुनाव… Continue reading नेपाली शेयर बजारमा उछाल, एकैदिन तेहेरो अंकको कमब्याक

वैदेशिक रोजगारीसम्बन्धी गुनासो छ? यी नम्बरमा सिधै फोन गर्नुहोस्

काठमाडौं । तपाइ वैदेशिक रोजगारीका लागि विदेशमा हुनुहुन्छ ? वा विदेश जाने तयारीमा हुनुहुन्छ ? आफू जान लागेको काम वा कम्पनीबारे कुनै जिज्ञासा छ ? वा शुल्क कति लाग्ने भन्ने अन्यौलमा हुनुहुन्छ ? अब तपाइ सिधै सरकारलाई फोन गर्न सक्नुहुन्छ। तपाइको गुनासो सुन्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टर तथा वैदेशिक रोजगारीसम्वन्धी गुनासो… Continue reading वैदेशिक रोजगारीसम्बन्धी गुनासो छ? यी नम्बरमा सिधै फोन गर्नुहोस्

वाग्मती किनारमा बनेका अनधिकृत संरचना हटाउन सात दिने अल्टिमेटम

काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती नदी किनाराको दुवै तर्फ अनाधिकृत रुपमा बनेका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ । समितिले सूचना जारी गर्दै समितिले वाग्मती नदी किनारको दुवैतर्फ गुह्येश्वरीदेखि थापाथली पुलसम्मको क्षेत्रमा बनेका अनधिकृत अस्थायी तथा स्थयाी संरचना हटाउन निर्देशन दिएको हो । यसअघि पनि… Continue reading वाग्मती किनारमा बनेका अनधिकृत संरचना हटाउन सात दिने अल्टिमेटम

सोलुखोला जलविद्युत आयोजनामा तीन दिन देखि बेपत्ता मजदुर मृत फेला

file

काठमाडौं । सोलुखुम्बुमा निर्माणाधिन सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङमा बेपत्ता कामदारको शव तीन दिनपछि फेला परेको छ । ८६ मेगावाटको यो हाइड्रोपावरको सुरुङमा बिहीवारदेखि बेपत्ता बारा कोलभी नगरपालिका–१ का २४ वर्षीय राकेश चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । बिहीवार सुरुङ मार्गमा जाने क्रममा बकेट चुडिँदा हाड्रोपावरका कामदार… Continue reading सोलुखोला जलविद्युत आयोजनामा तीन दिन देखि बेपत्ता मजदुर मृत फेला

आज बोलाइएको संसद बैठक २६ माघसम्मका लागि सारियो

काठमाडौं । आइतबार बस्ने गरि बोलाइएको प्रतिनिधिसभा बैठक १० दिन पर सारिएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै संघीय संसद् सचिवालयले बैठक माघ २६ गतेसम्म स्थगित गरेको हो । त्यसो त दलहरबीच सहमति नबन्दा एमालेले संसदमा लगातार अवरोध गरिरहेको छ । सचिवालयका अनुसार आइतबार दिउँसो १ बजे बस्ने गरि बोलाइएको बैठक अब माघ… Continue reading आज बोलाइएको संसद बैठक २६ माघसम्मका लागि सारियो

भारी हिमपातपछि अमेरिकी ५ राज्यमा आपतकालिन अवस्था घोषणा

CNN

न्यूयोर्क । अमेरिकामा भारी हिमपातपछि ५ राज्यमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भारी हिमपात भएको हो । अमेरिकाको न्यूयोर्क, न्यूजर्सी, मेरील्याण्ड, रोड आइल्याण्ड र भर्जिनियाका सरकारले आपतकाल घोषणा गरेका छन् । हिमपातले सडक, विद्युत र हवाई उडान अवरुद्ध भएको अन्तरर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । शुक्रबारदेखि आइतबारसम्म करिब ६ हजार उडानहरु… Continue reading भारी हिमपातपछि अमेरिकी ५ राज्यमा आपतकालिन अवस्था घोषणा

आज नेपालमा शहीद दिवस, विविध कार्यक्रम गरि मनाईंदै

काठमाडौं । नेपालमा आज शहीद दिवस मनाइंदैं छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेको सम्झनामा हरेक वर्ष १६ माघमा शहीद दिवस मनाइन्छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । महानगरपालिकाले माघ १० देखि १६… Continue reading आज नेपालमा शहीद दिवस, विविध कार्यक्रम गरि मनाईंदै

मैत्रिपूर्ण खेलमा मोरिससलाई नेपालले हरायो, विमलले गरे गोल

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरिससलाई नेपालले हराएको छ । यी दुई मुलुकबीच पहिलो पटक भेटमा भएको हो । घरेलु मैदानमा भएको खेलमा नेपालले बाजी मारेको हो । विमल घर्ती मगरले गरेको एक मात्र गोल नेपालको जितमा निर्णायक बन्यो । शनिबार दशरथ रंगशालामा भएको खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टको पासमा गोल गरेका हुन्… Continue reading मैत्रिपूर्ण खेलमा मोरिससलाई नेपालले हरायो, विमलले गरे गोल

नेपालमा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो… Continue reading नेपालमा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ६ जनाको मृत्यु

स्थानीय तहको निर्वाचन जेठ भित्र गर्ने सत्तारुढ दलबीच सहमति

काठमाडौं । स्थानीय तहको निर्वाचन जेठ भित्रै गर्न सत्तारुढ गठबन्धनमा रहेका दल सहमत भएका छन् । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने भएको छ ।… Continue reading स्थानीय तहको निर्वाचन जेठ भित्र गर्ने सत्तारुढ दलबीच सहमति

माधव नेपालले भने : वैशाखमा चुनाव भएपनि सामना गर्न तयार छौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमा भएपनि पार्टी त्यसको सामना गर्न तयार रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उनले आफूहरु चुनावसँग नडराउने बताए । चुनावसँग समाजवादी पार्टी नआत्तिएको भन्दै उनले भने, ‘चुनाव यही बैशाखमै हुन्छ भने पनि हामी हामी सामना… Continue reading माधव नेपालले भने : वैशाखमा चुनाव भएपनि सामना गर्न तयार छौं

पश्चिमा राष्ट्रलाई युक्रेनले भन्यो : आतंक नफैलाउ

REUTERS\BBC

काठमाडौं । पछिल्लो समय पश्चिमा मुलुकले युक्रेनमा रुसले आक्रमण गर्न थालेको भन्दै हरेक दिन बताइरहँदा युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले भने आफ्नो देशको सीमामा रुसी सेनाको उपस्थितिकाबीच आतङ्क सिर्जना नगर्न पश्चिमा राष्ट्रहरूलाई आग्रह गरेका छन्। निकट भविष्यमा आक्रमण हुने चेतावनीले युक्रेनको अर्थतन्त्रलाई जोखिममा पारेको भन्दै उनले आतंक सिर्जना नगर्न भनेका छन् । बीबीसीका अनुसार उनको भनाई… Continue reading पश्चिमा राष्ट्रलाई युक्रेनले भन्यो : आतंक नफैलाउ

आजबाट मौसममा सुधार, तापक्रम बढ्ने

THT

काठमाडौं । पछिल्लो दुई साता लगातार प्रतिकुल बनेको मौसम शनिबारबाट केही सुधार हुने अपेक्षा गरिएको छ । काठमाडौं उपत्यका, तराई र पहाडी भेगका धेरैजसो क्षेत्रमा दुई सातादेखि खुलेर घाम लागेको छैन । धुम्मिएको मौसममा शनिबारबाट सुधार देखिने मोसम पूर्वानुमान महाशाखाको भनाई छ । न्यून चापीय प्रणालीको प्रभाव हिजोदेखि नै कम हुन थालेको र आजदेखि थप… Continue reading आजबाट मौसममा सुधार, तापक्रम बढ्ने

नेपालमा अझै ७३ लाख खोप स्टक, कतिले लगाए ?

काठमाडौं । नेपालमा ७३ लाख मात्रा भन्दा खोप भण्डार केन्द्रमा स्टक रहेको सरकारले जनाएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाका अनुसार सरकारसँग ७३ लाख ३५ हजार ४०० मात्रा खोप सबै प्रदेशका भण्डारण केन्द्रमा स्टक छ । खोप लगाउन आवश्यक पर्ने ६१ लाख ६८ हजार सिरिन्ज समेत सरकारसँग स्टक रहेका कारण तत्काल नेपालमा… Continue reading नेपालमा अझै ७३ लाख खोप स्टक, कतिले लगाए ?

नेपाल र अफ्रिकी मुलुक मोरिसस आज मैत्रिपूर्ण फुटबल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम र मोरिससबीच आज पहिलो मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । खेल ४ः४५ बजे सुरु हुँदैछ । नेपालले पहिलो पटक अफ्रिकन राष्ट्रिय टोलीविरुद्ध फुटबल खेल्दा जितको लक्ष्य राखेको छ । यी दुई टीमको फिफा वरियता करीव समान छ । नेपाली टीमको कप्तानी किरण चेम्जोङले पगर्दैछन् । माल्दिभ्समा व्यवसायिक फुटबल… Continue reading नेपाल र अफ्रिकी मुलुक मोरिसस आज मैत्रिपूर्ण फुटबल खेल्दै

इलोन मस्कको रकेट चन्द्रमामा ठोक्किन सक्ने अनुमान

काठमाडौं । इलोन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनीले प्रक्षेपण गरेको एउटा रकेट चन्द्रमामा ठोक्किएर विस्फोट हुने अनुमान गरिएको छ । फाल्कोन ९ बूस्टर नाम दिइएको उक्त रकेट सन् २०१५ मा प्रक्षेपण गरिएको थियो । आफ्नो लक्ष्य पूरा गरेपछि पुनः पृथ्वीमा फर्कन आवश्यक इन्धन अभाव भएपछि यो रकेट अन्तरिक्षमै रहेको थियो । खगोलास्त्री जोनाथन म्याकडोवेललाई उदृत गर्दै… Continue reading इलोन मस्कको रकेट चन्द्रमामा ठोक्किन सक्ने अनुमान

स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने तयारी, सत्तारुढ दलको बैठकले तय गर्ने

File RSS

काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्ने सहमति सत्तारुढ दलमा जुट्दै गएपछि आज मितिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने बताइएको छ । प्रधानमन्त्री देउवाको जोड निर्वाचन आयोगको सिफारिस अनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले गठबन्धनले सोही… Continue reading स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने तयारी, सत्तारुढ दलको बैठकले तय गर्ने

हराएको भनि सूचना दिएपछि भेटिएमा पुरानो राहदानी बोकेर यात्रा नगर्न सरकारको आह्वान

काठमाडौं । नेपालबाट विदेश यात्रा गर्ने नेपाली नागरिकले साविकमा हराएको वा चोरी भएको भनी राहदानी विभागमा जानकारी गराएको राहदानी भेटिएमा त्यस्तो राहदानी बोकेर यात्रा नगर्न सरकारले सचेत गराएको छ । अध्यागमन विभागले शुक्रबार एक सूचना निकालेर यस्तो आह्वान गरेको हो । एक जना व्यक्तिसँग एउटा मात्र राहदानी हुने भन्दै एक भन्दा बढी राहदानी हुनु गैरकानूनी… Continue reading हराएको भनि सूचना दिएपछि भेटिएमा पुरानो राहदानी बोकेर यात्रा नगर्न सरकारको आह्वान

त्रिवि अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोवाइल चलाउन नपाउने

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा फ्रन्ट लाइनमा खटिने कर्मचारीले कार्यालय समयमा मोवाइल चलाउन नपाउने भएका छन् । अध्यागमन विभाग, त्रिभुवन विमानस्थलल अध्यागमन कार्यालयले शुक्रबार एक सूचना सार्वजनिक गर्दै यस्तो निर्णय भएको जानकारी गराएको छ । अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीले कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गरी अध्यागमनको काम गर्न… Continue reading त्रिवि अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोवाइल चलाउन नपाउने

माघ मसान्तसम्म भौतिक उपस्थितिमा कक्षा संचालन नहुने

काठमाडौं । माघ मसान्तसम्म भौतिक उपस्थितिमा शिक्षण संस्थामा कक्षा संचालन नहुने भएको छ । कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठन पाठन नगर्न सिफारिस गरेको हो । शुक्रबार बसेको बैठकले अहिलेपनि कोरोना महामारीको जोखिम रहेकाले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न मन्त्रिपरिषदमा सिफारिस गरेको छ । जनस्वास्थ्यका विज्ञहरुले मानिसहरुबीच… Continue reading माघ मसान्तसम्म भौतिक उपस्थितिमा कक्षा संचालन नहुने