२३ जेठ, अमेरिका । अमेरिकी गृह सुरक्षा विभागले नेपालको अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गरेको छ । बिहीबारबाट लागू हुने गरी ६० दिनभित्र अमेरिकामा बस्दै आएका नेपालीहरुले स्वैच्छिकरुपमा अमेरिका छोड्नुपर्नेछ वा अन्य वैकल्पिक कानुनी मार्ग अपनाउनुपर्नेछ । खारेजीको यो निर्णयसँगसँगै आगामी अगष्ट ५ उप्रान्त सोही स्टाटसमा बसेका नेपालीहरु अवैध हुनेछन् । यस अघि डिसेम्वर २४… Continue reading नेपालको टीपीएस खारेज, दुई महिनाभित्र अमेरिका छोड्नुपर्ने
Author: Vishwanews.com
गाउँगाउँका सडक कालोपत्र, स्थानीय खुसी
२३ जेठ, दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ को लामीडाँडामा कुनै बेला वर्षात्मा हिलाम्मे र अन्य समयमा धुलाम्मे सडकका कारण आवतजावत गर्न निकै कठिन थियो । तर, अहिले सडक कालोपत्र भएपछि आवतजावतमा निकै सहज भएको छ । “पहिले हिलैहिलो हुन्थ्यो, साइकल लैजान पनि समस्या हुन्थ्यो”, स्थानीय नन्दकुमार पुनले भने, “अहिले त साइकलमा नै बजार पुग्न सजिलो छ,… Continue reading गाउँगाउँका सडक कालोपत्र, स्थानीय खुसी
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
२३ जेठ, काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची… Continue reading सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
ट्रम्पको कर वृद्धिसँगै अप्रिलमा अमेरिकी व्यापार घाटा ह्वात्तै घट्यो
२३ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी कर वृद्धिसँगै आयातमा आएको गिरावटका कारण अमेरिकी व्यापार घाटा अप्रिलमा आधाभन्दा बढीले घटेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । ट्रम्पले लगभग सबै व्यापारिक साझेदारहरूमाथि १० प्रतिशत कर लगाउने घोषणा गरेकै महिना विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भनिने अमेरिकाले ६१.६ अर्ब डलरको व्यापार घाटा बेहोरेको थियो। मार्चको… Continue reading ट्रम्पको कर वृद्धिसँगै अप्रिलमा अमेरिकी व्यापार घाटा ह्वात्तै घट्यो
बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो
२३ जेठ, इटहरी । विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ । उक्त टोलीले बेपत्ता भएका सशस्त्र प्रहरी जवान झापाका हरेदेव राजवंशीको शव केहीबेरअघि सप्तकोशी किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले राससलाई जानकारी दिए… Continue reading बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो
ट्रम्पद्वारा हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध
एजेन्सी२२ जेठ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार हार्वर्ड विश्वविद्यालयमा पढ्न सुरु गर्ने विदेशी विद्यार्थीहरूको भिसामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । यसले उनको प्रशासनको उच्च शिक्षामाथिको कडाइलाई बढाएको छ । “हार्वर्ड विश्वविद्यालयमा अध्ययनको पाठ्यक्रम वा हार्वर्ड विश्वविद्यालयले आयोजना गरेको विनिमय आगन्तुक कार्यक्रममा भाग लिनका लागि मात्र वा मुख्य रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्न खोज्ने… Continue reading ट्रम्पद्वारा हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध
अमेरिका–चीन सम्बन्धको ‘मार्ग’ सच्याउन आवश्यकः चिनियाँ राष्ट्रपति
२२ जेठ, काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई दुई देशबीचको सम्बन्धको बाटोलाई ‘सच्याउनुपर्छ’ भनेका छन् ।वासिङ्टन र बेइजिङबीच व्यापार र विद्यार्थी भिसाजस्ता विषयमा विवाद भइरहेका बेला ट्रम्पको अनुरोधमा वार्ता भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । राष्ट्रपति सीले अमेरिकी समकक्षी ट्रम्पलाई भने, “चीन–अमेरिका सम्बन्धको ‘विशाल जहाज’को दिशा सुधारगर्न दुवै… Continue reading अमेरिका–चीन सम्बन्धको ‘मार्ग’ सच्याउन आवश्यकः चिनियाँ राष्ट्रपति
लगानी बोर्डको ६४औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
२२ जेठ, काठमाडौं । लगानी बोर्ड नेपालको ६४औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा बसेको बैठकले पर्वतको सेराफाँट ९वीरेठाँटी÷नयाँ पुल०देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशनसहित ८१।०४१ किलोमिटरको लामो केवलकार निर्माणका लागि लगानी स्वीकृत गरेको हो… Continue reading लगानी बोर्डको ६४औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
संसदमा विपक्षीको विरोध कायमै, बैठक भोली बस्ने गरी स्थगित
२२ जेठ, काठमाडौं । केही दिनदेखि सूचना टाँस गरेर स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज अपराह्न १० मिनेट बसेर फेरि भोलिसम्मका लागि स्थगन भएको छ । निर्धारित समयभन्दा झण्डै साढे चार घन्टा ढिला गरी बसेको बैठक प्रारम्भ हुने वित्तिकै प्रतिपक्षी सांसदहरुले उठेर विरोध जनाए । सभामुख देवराज घिमिरेले आसनमा बसेर दलीय आधारमा बोल्नका लागि सहयोग… Continue reading संसदमा विपक्षीको विरोध कायमै, बैठक भोली बस्ने गरी स्थगित
मबाट सरकारी एक टुक्रा जमिन कसैलाई दिने निर्णय भएको छैन : अध्यक्ष नेपाल
२२ जेठ, चन्द्रपुर । नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले एक टुक्रा पनि सरकारी जमिन कसैलाई दिने निर्णय नभएको बताएका छन् । गृहनगर रौतहटको गौरमा आज पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले आफ्नो कार्यकालमा राष्ट्रलाई नोक्सान हुने कुनै पनि निर्णय नगरेको बताए । “म प्रधानमन्त्री हुँदा कुनै पनि मन्त्रीलाई अनुचित काम… Continue reading मबाट सरकारी एक टुक्रा जमिन कसैलाई दिने निर्णय भएको छैन : अध्यक्ष नेपाल
सप्तकोशीमा अभ्यास गर्दै गर्दा गोताखोर बेपत्ता
२२ जेठ, इटहरी । सप्तकोशी नदीमा सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता भएका छन् । सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालयले सप्तरी र सुनसरीलाई छुट्याउने सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा गोताखोर बेपत्ता भएको जानकारी दिएको छ । बेपत्ता हुनेमा दन्तकाली तालिम केन्द्र बरमजियाका प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी रहेको कार्यालयले जनाएको छ । उनीहरु… Continue reading सप्तकोशीमा अभ्यास गर्दै गर्दा गोताखोर बेपत्ता
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
२२ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएइ) जाने कामदारका लागि न्यूनतम एक हजार दिराम तलब निर्धारण गरेको छ । मन्त्री शरतसिंह भण्डारीले सरकारले बजारको अवस्था हरेर तलब निर्धारण गरेको जानकारी दिँदै युएईस्थिति दूतावासको सुझावमा न्यूनतम तलब एक हजार हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको सहमतिमा मन्त्रीस्तरीय निर्णय… Continue reading युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
नेपाल र हङ्कङबीचको खेल बराबरीमा सकियो
२२ जेठ, काठमाडौं । नेपाल र हङ्कङबीचको अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । हङ्कङको राष्ट्रिय रङ्गशालामा आज सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । खेलको दोस्रो हाफको अतिरिक्त समयमा नेपाल १० खेलाडीमा सीमित भएको थियो । नेपालका मणि लामाले दुईवटा पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए । एएफसी एसियन कप… Continue reading नेपाल र हङ्कङबीचको खेल बराबरीमा सकियो
पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । पतन्जलीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न दिएको र दुई महिना नबित्दै गैरकानुनी रुपमा हाउजिङ कम्पनीलाई बेच्ने अनुमतिको स्वीकृति उनले दिएका थिए । नेपालमा पहिलोपटक… Continue reading पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर
मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु
२२ जेठ, पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण हुन लागेको हो । मोदी गाउँपालिका–२ पातीचौर–६ डिमुवा जोड्नेगरी पुल निर्माण हुन लागेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । आयोजनाका इञ्जिनियर कल्पना मिश्रका अनुसार… Continue reading मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु
पर्यटन बोर्डले सुरु गर्यो ‘नेपाल ट्राभल स्पेसलिस्ट’ अनलाइन पाठ्यक्रम
२२ जेठ, काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन पेसाकर्मीहरूको ज्ञान, दक्षता र सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘ट्राभल स्पेसलिस्ट–बेसिक लेभल’ अनलाइन पाठ्यक्रम सार्वजनिक गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालसँगको सहकार्यमा बोर्डले अनलाइन पाठ्यक्रम सुरु गरेको हो । काठमाडौँमा जारी हिमालयन ट्राभल मार्टको उद्घाटनका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले क्युआर… Continue reading पर्यटन बोर्डले सुरु गर्यो ‘नेपाल ट्राभल स्पेसलिस्ट’ अनलाइन पाठ्यक्रम
प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान
२२ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् । विश्व वातावरण दिवस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले प्रकृतिमुखी जीवनशैली अवलम्बनमा जोड दिए । “प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहोर वातावरणीय दृष्टिले… Continue reading प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान
कैलाश मानसरोवर दूरदर्शन सुरु
२२ जेठ, सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन सुरु भएको छ । वैशाख महिनाको दोस्रो हप्तादेखि उत्तरी न्यालु, नारा, हिल्ला हुँदै लिमी जाने बाटो खुलेपछि जेठ महिनाको पहिलो सातादेखि आन्तरिक पर्यटक कैलाश मानसरोवरको दूरदर्शनका लागि लाप्चा पुग्ने गरेका नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए । पर्यटकका लागि उत्कृष्ट… Continue reading कैलाश मानसरोवर दूरदर्शन सुरु
आइसिसी विश्वकप लिग २ः नेपाल विजयी
२१ जेठ, काठमाडौं । आइसिसी विश्वकप लिग २ अन्तर्गत आज सम्पन्न खेलमा नेपाल विजयी भएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्डसलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो । नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य नेपालले ४७ दशमलव एक ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा आरिफले महत्वपूर्ण अर्धशतक… Continue reading आइसिसी विश्वकप लिग २ः नेपाल विजयी
सवारी दुर्घटनामा एक जनाको मृत्यु
२२ जेठ, भद्रपुर । दमक–७ पूर्वपश्चिम राजमार्गमा बुधबार साँझ यात्रुबाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दमकबाट केर्खातर्फ जाँदै गरेको मे१ख ३०२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्र ०१–०२–०५२ प २२११ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मिलन थापा गम्भीर घाइते भएका थिए । उपचारका लागि आर्य न्यूरो अस्पताल विराटनगर लगिएकामा… Continue reading सवारी दुर्घटनामा एक जनाको मृत्यु
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस् : गृहमन्त्री
२१ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । आज सामाखुसीस्थित नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन् । “जुनसुकै बेला जेसुकै हुन सक्छ । त्यो मानसिकताका साथ बस्नुपर्छ । मनसुनजन्य विपद्को पूर्वानुमान… Continue reading जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस् : गृहमन्त्री
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि
२१ जेठ, बैतडी । भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । कोभिड पुष्टि हुनेमा दुई पुरूष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया महिलामा कोभिड पुष्टि… Continue reading भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि
नेदरल्याण्ड्सले नेपाललाई दियो दुई सय २६ रनको चुनौती
२१ जेठ, काठमाडौं । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका लागि २२६ रनको लक्ष्य दिएको छ । स्कटल्याण्ड्सको डुन्डेस्थि फोर्थहिल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्सले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २२५ रनको योगफल बनाएको हो । नेदरल्याण्ड्का लागि नोहा कोर्सले ५५ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक… Continue reading नेदरल्याण्ड्सले नेपाललाई दियो दुई सय २६ रनको चुनौती
सापकोटाविरुद्धको ज्यान मुद्दासम्बन्धी उजुरीमा अनुसन्धान गर्न आदेश
२१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले पूर्व सभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान मुद्दासम्बन्धी उजुरीमा अनुसन्धान गर्न आदेश गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेमी, डा मनोजकुमार शर्मा र डा कुमार चुँडालको संवैधानिक इजलासले आज उत्प्रेषण आदेश जारी गर्दै रोकिएको प्रक्रियामा अनुसन्धान अघि बढाउन आदेश गरेको हो । पूर्वसभामुख सापकोटाविरुद्ध काभ्रेका… Continue reading सापकोटाविरुद्धको ज्यान मुद्दासम्बन्धी उजुरीमा अनुसन्धान गर्न आदेश
सार्वजनिक यातायात सेवामा बन्द, हडताल नगर्न आदेश
२१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक यातायात सेवामा बन्द, हडताल नगर्न यातायात व्यवसायीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले आज नागरिकलाई प्रत्यक्ष असरपर्ने सार्वजनिक यातायात सेवामा बन्द हड्ताल नगर्न अल्पकालीन आदेश दिएको हो । अदालतले अल्पकालीन आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ… Continue reading सार्वजनिक यातायात सेवामा बन्द, हडताल नगर्न आदेश
जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री
२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास गर्दै जातीय छुवाछूत उन्मूलन हुनुपर्नेमा जोड दिएका छन् । उनले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताए । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जात, थर वा… Continue reading जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री
नयाँ तारामण्डल ‘शो’ले वैज्ञानिकहरूलाई ब्रह्माण्डीय रहस्य खोल्न सहयोग
एजेन्सी२१ जेठ, काठमाडौं । वैज्ञानिकहरूले एउटा अप्रत्याशित स्रोतबाट सौर्यमण्डलका धेरै रहस्यमध्ये एक खोलेका छन्ः सोमबार जनताका लागि खुला गरिएको तारामण्डल शो । अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीमा गत शरद ऋतुमा विशेषज्ञहरू ‘एन्काउन्टर्स इन द मिल्की वे’ तयार गर्न कडा मेहनत गरिरहेका थिए । यो ताराहरू र अन्य आकाशीय वस्तुहरूको चालद्वारा आकार पाएको हाम्रो घर आकाशगङ्गाको… Continue reading नयाँ तारामण्डल ‘शो’ले वैज्ञानिकहरूलाई ब्रह्माण्डीय रहस्य खोल्न सहयोग
विश्वको आर्थिक वृद्धि दर सन् २०२५–२६ मा घट्ने प्रक्षेपण
२१ जेठ, काठमाडौं । आर्थिक सहकार्य तथा विकास संगठन (ओईसीडी) ले मङ्गलबार सार्वजनिक गरेको पछिल्लो आर्थिक प्रतिवेदनअनुसार सन् २०२४ मा अनुमान गरिएको ३.३ प्रतिशतको विश्व आर्थिक वृद्धि दर आगामी वर्षहरूमा घट्दै सन् २०२५–२६ मा २.९ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ। प्रतिवेदनमा उल्लेख गरिएअनुसार, सन् २०२५ मे महिनासम्म कायम रहेका भन्सार शुल्कका दरहरू यथावत् रहने प्राविधिक… Continue reading विश्वको आर्थिक वृद्धि दर सन् २०२५–२६ मा घट्ने प्रक्षेपण
वीरगञ्जलाई विरुप बनाउने खम्बाका तार हटाइँदै
रासस२१ जेठ, वीरगञ्ज । वीरगञ्जलाई विरुप बनाएका बिजुलीका खम्बाका तार आगामी १५ दिनमा हटाइने भएको छ । स्थानीय प्रशासनले बिजुलीका खम्बामा लत्रिएका टेलिफोन, इन्टरनेट र केबलका तार हटाउने निर्णय गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा मङ्गलबार भएको जिल्ला विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायसँगको बैठकले नगर क्षेत्रका अव्यवस्थित तारलाई… Continue reading वीरगञ्जलाई विरुप बनाउने खम्बाका तार हटाइँदै
सडक पक्की बनेसँगै सुगम बन्दैछन् पर्वतका ग्रामीण बस्ती
रासस२१ जेठ, पर्वत । कुनै समय थियो, सरकारी वा गैरसरकारी निकायका कर्मचारीको पर्वत जिल्लामा सरुवा भयो भने आउन मान्दैनथे । पर्वत भनेको डाँडाकाँडा मात्रै भएको विकट जिल्ला होला, सडक सुविधा छैन होला भन्ने आम सोच थियो । विंस २०४८ तिर जिल्लामा तत्कालीन भूपि शेरचन राजमार्गको रुपमा पोखरा–बागलुङ राजमार्ग विस्तार भयो । जसले सदरमुकाम कुश्मा बजारलाई… Continue reading सडक पक्की बनेसँगै सुगम बन्दैछन् पर्वतका ग्रामीण बस्ती