काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा आजबाट बन्दसत्र सुरु हुनेछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा महाधिवेशन जारी छ । बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुने कार्यतालिका रहेको छ । आइतबार प्रज्ञा भवनमै माओवादीको महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएको हा । आजको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरु पेस गर्ने कार्यक्रम छ… Continue reading आजबाट माओवादी केन्द्रको बन्दसत्र
Author: Vishwanews.com
माओवादी कमजोर हुनुको कारणबारे आत्मसमीक्षा हुन्छ : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर हुनुको कारणबारे आत्ममीक्षा हुने बताएका छन् । आइतबारबाट राजधानीमा शुरु ८ औं महआधिवेशन तथा राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यसमा अरुलाई आरोपित नगरेर आफैंलाई चिरफार गरिने बताएका हुन् । प्रचण्डले शान्ति प्रक्रियामा आएपछि आफूहरु कहाँ चुक्यौँ भन्ने कुराको आत्मसमीक्षा महाधिवेशनमा प्रस्तुत हुने… Continue reading माओवादी कमजोर हुनुको कारणबारे आत्मसमीक्षा हुन्छ : प्रचण्ड
तीन घण्टा माओवादीको महाधिवेशन उद्घाटनमा बसेका देउवाले यसरी गरे प्रचण्डको प्रशंसा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार नेकपा माओवादी केन्द्रको महाधिवेशन तथा राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा करीप ३ घण्टा बसे । आफुभन्दा अगाडीका सबै वक्ताको भाषण सुनेका उनले प्रचण्ड भन्दा अगाडी अन्तिम दोस्रो वक्ताका रुपमा भोषण गरे । सो क्रममा उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको खुलेर प्रसंशा गरे । प्रचण्डको जोडबलमा नेपालमा संविधानसभा निर्वाचन भएको र… Continue reading तीन घण्टा माओवादीको महाधिवेशन उद्घाटनमा बसेका देउवाले यसरी गरे प्रचण्डको प्रशंसा
माओवादीको महाधिवेशनमा पुगेर प्रधानमन्त्रीले भने : एमसीसी नेपालको हितमा छ
काठमाडौं । नेकपा माओवादी केन्द्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) हुबहु सम्झौता गर्न नहुने पक्षमा छ । सोही पार्टीको महाधिवेशन तथा राष्ट्रिय सम्मेलनको उद्घाटनका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले भने एमसीसी नेपालको हितमा रहेको बताए । देउवाले एमसीसी राष्ट्रघाती भन्नेहरुले नपढी त्यसो भनेको समेत बताए । ‘राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन, त्यो पनि… Continue reading माओवादीको महाधिवेशनमा पुगेर प्रधानमन्त्रीले भने : एमसीसी नेपालको हितमा छ
नेपालमा थप २१९ जनामा कोरोना पुष्टी, २८३ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २१९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १८० जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र २ हजार ४९७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ गरी २१९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार… Continue reading नेपालमा थप २१९ जनामा कोरोना पुष्टी, २८३ जना संक्रमण मुक्त
विद्युत् चुहावट नियन्त्रणमा कुलमानको कमाल, चुहावट रोक्दा डेढ अर्ब बढी नाफा हुने
काठमाडौं । पछिल्लो एक वर्षमा विद्युत् चुहावट करिब तीन प्रतिशतले घटेको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार २०७७ कात्तिकसम्म १२.०१ प्रतिशतको विद्युत् चुहावट रहेकोमा २०७८ कात्तिकसम्ममा ९.२४ प्रतिशतमा झरेको हो । १ प्रतिशतमात्रै चुहावट घटाउँदा नेपाल विद्युत् प्राधिकरणलाई झण्डै ७० करोड रुपैयाँ बराबरको मुनाफा हुन जान्छ । स्थानीय प्रशासनले पनि चुहावट नियन्त्रणमा सहयोग गरेको छ… Continue reading विद्युत् चुहावट नियन्त्रणमा कुलमानको कमाल, चुहावट रोक्दा डेढ अर्ब बढी नाफा हुने
बीमा कम्पनी चम्किँदा नेपाली सेयर बजारमा उछाल
काठमाडौं । सेयर बजारमा लगातार उछाल आएको छ । गत मंगलबारदेखि उकालो लागेको बजार निरन्तर उच्च अंकले बढेको हो । पछिल्ला ४ दिनमै नेप्से २३० अंकले बढेको छ । सूचकसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । गतसाता औसतमा ४ अर्बको कारोबार हुँदै आएकोमा आज बढेर झन्डै सवा ५ अर्ब पुगेको छ । सेयर बजार… Continue reading बीमा कम्पनी चम्किँदा नेपाली सेयर बजारमा उछाल
सीमा तनावका बीच भारत र चीनबीच कीर्तिमानी १२० खर्बको व्यापार
काठमाडौं । भारत र चीनबीचको सम्बन्धमा उतारचढाव देखा परिरहेको समयमा दिल्ली र बेइजिङबीचको द्विपक्षीय व्यापार यो वर्ष १०० अर्ब अमेरिकी डलर (१२० खर्ब रुपैयाँ) भन्दा बढीको आँकडामा पुगेको छ। यत्रो ठूलो उपलब्धि भए पनि दुवै देशमा यसबारे खासै चर्चा भएको छैन। पूर्वी लद्दाखमा उत्पन्न सैन्य गतिरोधपछि भारत र चीनबीचको सम्बन्ध नाजुक अवस्थाबाट गुज्रिरहेको हुनाले यस्तो… Continue reading सीमा तनावका बीच भारत र चीनबीच कीर्तिमानी १२० खर्बको व्यापार
यू-१९ एसिया कप – आज नेपाल र श्रीलंका भिड्दै
शारजहा । युएईमा जारी एसिसी यु १९ एसिया कपमा आज नेपालले दोस्रो खेलमा बलियो प्रतिद्धन्द्धी श्रीलंकाको सामना गर्दैछ । श्रीलंका टेस्ट नेशन्स हो । यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग फराकिलो अन्तरमा हारेको छ । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार आइतबार बिहान ११ः१५ बजेदेखि शारजाहमा प्रारम्भ हुनेछ । नेपाललाई प्रतियोगिताको समिफाइनलमा स्थान बनाउने सम्भावना… Continue reading यू-१९ एसिया कप – आज नेपाल र श्रीलंका भिड्दै
गेष्ट हाउसमा बास-पशुपतिमा पाकेटमार काम
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा पाकेटमार गर्ने एक महिलासहित दुई जना पक्राउ परेका छन् । गेष्ट हाउसमा बसेर पशुपतिनाथ मन्दिर परिसरमा पकेटमार धन्दा धलाइरहेका उनीहरलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । प्रहरीले सार्वजसिनक गरेको विवरण अनुसार २६ वर्षका गोपाल अग्रवाल र १८ वर्षकी मुस्कान गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू भारतीय नागरिक हुन्। पक्राउ परेकाहरूसँग… Continue reading गेष्ट हाउसमा बास-पशुपतिमा पाकेटमार काम
ग्रीसमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा कम्तिमा १६ को मृत्यु
काठमाडौं । ग्रीसमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा कम्तिमा १६ जनाको मृत्यु भएको अन्र्तारष्ट्रिय संचारमाधयमले जनाएका छन् । सामुद्रिक टापु पारोस नजिकै आप्रवासी शरणार्थी चढेको डुङ्गा डुबेको हो । बीबीसीका अनुसार ज्यान गुमाउनेमा १२ पुरुष, तीन महिला र एक शिशु समेत छन् । मध्य एसियन सागरमा चार दिनको अन्तरमा आप्रवासी शरणार्थीहरू दुर्घटनामा परेको यो तेस्रो… Continue reading ग्रीसमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा कम्तिमा १६ को मृत्यु
राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दलले गरे दल दर्ता
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ वटा राजनीतिक दलहरुले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार शनिबारसम्म दल दर्ताको समय दिइएको थियो । आयोगले पुस १२ बाट निर्वाचन प्रक्रिया थाल्दैछ । शुक्रबार आठ र शनिबार चार वटा दलले दल दर्ता गराएका हुन् । नेपाली काँग्रेस र राप्रपा लगायतका दलले ढिला गरि… Continue reading राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दलले गरे दल दर्ता
माओवादी केन्द्रको ८ औं महाधिवेशन तथा राष्ट्रिय सम्मेलन आजबाट
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन तथा ८ औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । सम्मेलन कमलादीस्थित प्रज्ञा भवनमा आइतबार दिउँसो १ बजे उद्घाटन हुने कार्यक्रम छ । शुरुमा राष्ट्रिय सम्मेलन भनेको माओवादीले यसलाई ८औं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो । शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव गरेको हो ।… Continue reading माओवादी केन्द्रको ८ औं महाधिवेशन तथा राष्ट्रिय सम्मेलन आजबाट
नेपालमा १६७ जनामा कोरोना पुष्टि, २२६ संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ४,२८३ पीसीआर परीक्षणमा १५७ जना र २,१६४ एन्टिजेन परीक्षणमा १० जना गरी १६७ जनामा संक्रमण पुष्टि भएको हो । यस अवधिमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । कोरोना… Continue reading नेपालमा १६७ जनामा कोरोना पुष्टि, २२६ संक्रमण मुक्त
कांग्रेसको नयाँ केन्द्रिय कार्यसमिति बैठकले के निर्णय गर्यो ?
काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बसेको छ । केन्द्रीय निर्वाचन समितिबाट प्रमाण पत्र बुझेपछि पार्टी कार्यालय सानेपामा कार्यसमिति बैठक बसेको बसेको हो । बैठकले महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प गरेको महामन्त्री गगन थापाले जानकारी गराए । बैठकले पार्टी महाधिवेशनलाई सम्पन्न गराउन भूमिका खेल्ने… Continue reading कांग्रेसको नयाँ केन्द्रिय कार्यसमिति बैठकले के निर्णय गर्यो ?
ओलीले भने : चुनावसम्मै संसद अवरुद्ध गर्छौं
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा जारी अवरोध चुनावसम्मै कायम रहने बताएका छन् । एमालेले कारवाही गरेका सांसदलाई सभामुखले कारवाही नगरेको विरोधमा एमालले संसदमा अवरोध जारी राखेको छ । संसदमा एमालेको अवरोध चुनावसम्मै रहने ओलीले शनिबार विराटनगरमा पत्रकारसँगको कुराकानीमा बताए । आफूहरूले पार्टीबाट निकालेका मान्छेलाई राखेर सरकारले बोलाएको सर्वदलीय बैठकमा आफूहरू नजाने… Continue reading ओलीले भने : चुनावसम्मै संसद अवरुद्ध गर्छौं
आइतबारबाट माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन, कमजोरीको आत्मसमिक्षा गर्ने प्रचण्डको भनाई
काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आइतबारबाट काठमाडौंमा शुरु हुने छ । सिद्धान्नतः महाधिवेशन भन्न मिल्ने यो सम्मेलनबाट माओवादी केन्द्रले आगामी कार्यदिशा तय गर्नेछ । तर, नेतृत्वमा भने ठूलो फेरबदलको सम्भावना छैन । राष्ट्रिय सम्मेलनको पूर्वसुन्ध्यामा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धदेखि खुला राजनीतिसम्म कहाँ त्रुटी भयो भन्ने विषयमा गम्भीर आत्मसमीक्षा हुने बताएका छन्… Continue reading आइतबारबाट माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन, कमजोरीको आत्मसमिक्षा गर्ने प्रचण्डको भनाई
आफुलाई भोट नदिनेको समेत भावनाको कदर गर्ने कांग्रेस सभापति देउवाको प्रतिवद्धता
काठमाडौं । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा सबैको प्रतिनिधित्व हुने बताएका छन् । उृनले आफुलाई भोट नदिएको समेत भावनाको कदर गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा १४ औं महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण कार्यक्रममा प्रधानमन्त्री देउवाले ३३ प्रतिशत महिला, आदिवासी जनजातिलगायत सबै नेपालीलाई आत्मसात… Continue reading आफुलाई भोट नदिनेको समेत भावनाको कदर गर्ने कांग्रेस सभापति देउवाको प्रतिवद्धता
१४ वैशाखमा स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १४ मा स्थानीय तहको निर्वाचन देशभर एकैपटक गर्न सरकार समक्ष प्रस्ताव गरेको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा निर्वाचन आयोगले उक्त मितिमा चुनाब गराउन प्रस्ताव गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छलफलमा एकैदिन निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण बैशाख १४ गते बुधबार र दोस्रो चरण… Continue reading १४ वैशाखमा स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव
आज क्रिसमस डे, इसाई धर्मावलम्बीले विश्वभर मनाउँदै
काठमाडौं । इसाइ (क्रिश्चियन) धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको अवसर पारी आज विश्वभर ‘क्रिसमस डे’ मनाइँदैछ । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखमा येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वास क्रिश्चियन समुदायमा छ । मानिसलाई प्रेम गरेर… Continue reading आज क्रिसमस डे, इसाई धर्मावलम्बीले विश्वभर मनाउँदै
नेपाली कांग्रेसको नयाँ कार्यसमितिको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् । नयाँ कार्यसमिति निर्वाचित भएपछि आज पहिलो बैठक बस्न लागेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । आजै बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाण… Continue reading नेपाली कांग्रेसको नयाँ कार्यसमितिको बैठक आज बस्दै
एसएसपी यादवले किन रोजे आत्महत्याको बाटो ?
भैरहवा । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्तोषकुमार यादवले आत्महत्या गरेका छन् । उनलाई संघीय इकाई कार्यालय भैरहवाको सरकारी आवासमै झुण्डिएको अवस्थामा शुक्रबार मृत फेला पारिएको हो । प्रहरीले उनले आत्महत्या गरेको पुष्टी गरेको छ । संगठनले यसबारे अनुसन्धान थालेको समेत जनाएको छ । उनी सोही कार्यालयमा कार्यरत थिए । २०४९ सालमा सेवा प्रवेश गरेका यादव… Continue reading एसएसपी यादवले किन रोजे आत्महत्याको बाटो ?
गुगललाई उछिन्दै टिकटक बन्यो लोकप्रिय साइट
काठमाडौं । गुगललाई जित्दै टिकटक सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइट बनेको छ । भाइरल भिडिओ एपले अब अमेरिकी सर्च इन्जिन गुगलले भन्दा बढी हिट पाउन थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । प्रयोगकर्ता अब गुगलमा भन्दा धेरै समय टिकटकमा रमाउन थालेका छन्। सूचनाप्रविधि सुरक्षासम्बन्धी एक कम्पनी क्लाउड फ्लेअरले यस्तो विवरण सार्वजनिक गरेको छ । इन्टरनेटका… Continue reading गुगललाई उछिन्दै टिकटक बन्यो लोकप्रिय साइट
बंगलादेशमा ५ सय यात्रु चढेको पानीजहाजमा आगलागी, कम्तिमा ३७ जना मारिए
ढाका । बंगलादेशमा एक यात्रुवाहक पाजीजहाजमा आगलागी हुँदा कम्तीमा ३७ जनाको ज्यान गएको छ। कैयौं मानिस घाइते भएका कारण मृतक अझै बढ्न सक्ने अनुमान गरिएको छ । त्यहाँको सुगन्धा नदीमा घटना भएको हो। घटना भएको झालकोटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले अहिलेसम्म कम्तीमा ३७ वटा शव फेला पारिएको जानकारी गराएको बीबीसीले लेखेको छ ।… Continue reading बंगलादेशमा ५ सय यात्रु चढेको पानीजहाजमा आगलागी, कम्तिमा ३७ जना मारिए
‘पार्टी प्रवेशका नाममा सिला खोज्दै हिँडेका अवसरवादीले आगोसँग खेल्ने दुस्साहस नगर्नू’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगोसँग खेल्ने दुस्साहस नगर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । नेकपा (मसाल) बाट विद्रोह गरेको समूहसँग एकीकरण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले एमाले अध्यक्ष केपी ओलीको लक्षित गरेर यस्तो टिप्पणी गरेका हुन्। आफूले ओलीलाई आगोसँग नखेल्न भनेको स्मरण गर्दै प्रचण्डले थपे, ‘के भयो… Continue reading ‘पार्टी प्रवेशका नाममा सिला खोज्दै हिँडेका अवसरवादीले आगोसँग खेल्ने दुस्साहस नगर्नू’
नेपालमा थप २६० जनामा कोरोना पुष्टी, ३४९ जना संक्रमण मुक्त
काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर २६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६० जनाको पीसीआर परीक्षण गर्दा २३७ जना र ३ हजार ३३८ जनाको एन्टिजेन परीक्षण गर्दा २३ गरी २६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २६ हजार… Continue reading नेपालमा थप २६० जनामा कोरोना पुष्टी, ३४९ जना संक्रमण मुक्त
क्रिसमसका अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । क्रिसमस डेको अवसरमा सरकारले शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेको अवसरमा शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको बताए। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै प्रवक्ता कार्कीले शनिबार क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। मन्त्रिपरिषद्… Continue reading क्रिसमसका अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त
काठमाडौं । राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शर्मा जानकारी दिए । शर्मा यसअघि शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता भएर काम गरिसकेका छन् । त्यस्तै मन्त्री कार्कीकाअनुसार बैठकले औद्योगिक व्यवसाय ऐन, ०७६ को दफा ५ (१) बमोजिम… Continue reading राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त
यू-१९ एसिया कप : आज नेपाल र बंगलादेश भिड्दै
यूएई । युएईमा जारी एसीसी यू-१९ एसिया कपमा आज नेपालले पहिलो खेल बंगलादेशसँग खेल्दैछ । समूह ‘बी’ मा रहेको नेपालले बलियो प्रतिद्धन्द्धी बंगलादेशको सामना गर्न लागेको हो । नेपाल र बंगलादेशबीच नेपाली समय अनुसार बिहान ११ः१५ बजेबाट शारजहा क्रिकेट मैदानमा खेल प्रारम्भ हुनेछ । नेपालले यू-१९ एसिया कपमा अहिलेसम्म बंगलादेशलाई हराएको इतिहास छैन । पछिल्लो… Continue reading यू-१९ एसिया कप : आज नेपाल र बंगलादेश भिड्दै
विदेश जानेलाई प्राथमिकताका साथ जोन्सन एन्ड जोन्सनको खोप
काठमाडौं । नेपालमा सरकारले विदेश जानेलाई प्राथमिकताका साथ खोप वितरण शुरु गरेको छ । काठमाडौँका विभिन्न अस्पतालमा जोन्सन एन्ड जोन्सनको खोप दिन थालिएको हो । सैनिक अस्पताल छाउनी, शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीर अस्पताल, निजामती अस्पताल बानेश्वर, प्रसूति गृह थापाथली र टेकु अस्पतालबाट यो खोप लगाउन सकिने भएको… Continue reading विदेश जानेलाई प्राथमिकताका साथ जोन्सन एन्ड जोन्सनको खोप