चितवन । एमाले महाधिवेशनका दौरान २५ सय जना सुरक्षाकर्मी खटिने भएका छन् । जिल्ला सुरक्षा समितिले चितवनमा एक हजार पाँच सय र नवलपरासीमा एक हजार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने जानकारी गराएको छ । सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुल थापा र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसी चितवन मै छन्… Continue reading एमाले महाधिवेशन : २५ सय सुरक्षाकर्मी खटिदै
Author: Vishwanews.com
आजबाट चितवनमा एमालेको १० औं महाधिवेशन शुरु
चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा गरिदैछ । बन्दसत्र भने सौराहमा हुने गरि तालिका तय गरिएको छ । चितवन महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनको उदघाटन मध्याह्नमा राखिएको छ । उदघाटन अघि विभिन्न स्थानबाट… Continue reading आजबाट चितवनमा एमालेको १० औं महाधिवेशन शुरु
सर्वोच्चमा जारी आन्दोलनबारे प्रधानमन्त्रीले कानुन व्यवसायीसङ्ग छलफल गर्ने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतमा जारी आन्दोलनबारे कानुन व्यवसायीसङ्ग छलफल गर्ने भएका छन् । प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन चर्काइरहेका नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीलाई प्रधानमन्त्रीले शुक्रबार बालुवाटार बोलाएका हुन् । शुक्रबार बिहान साढे १० बजेका लागि प्रधानमन्त्री देउवाले कानुन व्यवसायीसङ्ग छलफल गर्नेछन् । दुवै बारका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताहरू… Continue reading सर्वोच्चमा जारी आन्दोलनबारे प्रधानमन्त्रीले कानुन व्यवसायीसङ्ग छलफल गर्ने
एमाले महाधिवेशनमा आठ विदेशी पार्टीका पाहुना, २५ पार्टीले पठाए शुभकामना
काठमाडौं । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा आठ विदेशी पार्टीका १५ जना पाहुना उपस्थित हुने निश्चित भएको छ । बिहीवार नेकपा (एमाले) विदेश मामिला विभागले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । भारत, बङ्गलादेश, श्रीलङ्का र कम्बोडियाबाट आठ वटा पार्टीका १५ जना पाहुना महाधिवेशनका लागि आएका छन् । २५ देशबाट महाधिवेशनका लागि शुभकामना… Continue reading एमाले महाधिवेशनमा आठ विदेशी पार्टीका पाहुना, २५ पार्टीले पठाए शुभकामना
भारतले क्रिप्टोकरेन्सिमा लगाउने भयो प्रतिवन्ध
नयाँ दिल्ली । भारतले क्रिप्टोकरेन्सी माथी प्रतिवन्ध लगाउने भएको छ ।भारत सरकारले डिजिटल मुद्राबारे आफ्नो धारणा केही नरम बनाउँछ कि भन्ने अपेक्षाका बिच प्रतिवन्धको तयारी गरिएको भारतीय संचार माध्यमले जनाएका छन् ।नयाँ नियमअन्तर्गत प्रविधि प्रवर्धनका लागि गरिने केही प्रयोगबाहेक अन्य सबै अवस्थामा निजी क्रिप्टोकरेन्सी प्रतिबन्धित हुने बिबिसीले लेखेको छ । विधेयकको बारेमा घोषणा भएपछि भारतीय… Continue reading भारतले क्रिप्टोकरेन्सिमा लगाउने भयो प्रतिवन्ध
एमालेको महाधिवेशनमा प्रचण्ड नजाने
काठमाडौं । भोलिबाट शुरु हुने नेकपा एमालेको १० औं महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन् । उनकै निर्वाचन क्षेत्रमा आयोजना भएका कारण उनी आउने वा नआउने भन्ने विषयलाई चासोपुर्वक हेरिएको थियो । एमालेले माओवादी लगायतका विभिन्न दलका नेताहरुलाई महाधिवेशनमा सहभागी हुन आमन्त्रण गरेको छ । माओवादीले स्थायी कमिटी सदस्य… Continue reading एमालेको महाधिवेशनमा प्रचण्ड नजाने
नेपालमा थप ३३२ जनामा कोरोना पुष्टी,३ जना संक्रमितको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३०८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १०४ जनाको पीसीआर परीक्षण गर्दा २८१ जना र १८०५ जनाको एन्टिजेन परीक्षण गर्दा २७ गरी ३०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २० हजार २८५ जना… Continue reading नेपालमा थप ३३२ जनामा कोरोना पुष्टी,३ जना संक्रमितको निधन
सर्वोच्चमा मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्ने ‘फूलकोर्ट’को निर्णय
काठमाडौं । सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको छ । सर्वोच्च अदालतमा न्यायाधीशको आज बसेको पूर्ण बैठक (फूलकोर्ट) बैठकले उक्त प्रक्रियाबाट पेसी तोकी मुद्दाको सनुुवाइ गर्ने निर्णय गरेको हो । गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकी सुनुवाइ गर्नुपर्ने माग सर्वोच्चका न्यायाधीश र नेपाल बार एशोसिएशनको पनि थियो । उक्त माग… Continue reading सर्वोच्चमा मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्ने ‘फूलकोर्ट’को निर्णय
नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्ने प्रस्ताव राष्ट्रसंघद्वारा अनुमोदन
काठमाडौं । नेपाललाई संयुक्त राष्ट्रसंघको महासभाले आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । उक्त प्रस्तावलाई अनुमोदनका लागि संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले महासभामा पेस गरेको थियो । संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृत राईले राससलाई दिएको जानकारीअनुसार नेपालको स्तरोन्नतिसम्बन्धी प्रस्तावलाई पाँच वर्षको तयारी… Continue reading नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्ने प्रस्ताव राष्ट्रसंघद्वारा अनुमोदन
कांग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा बिहीबार पत्रकार सम्मेलन गरी निधिले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन्। उनले सभापतिको उम्मेवारी घोषणा गर्नअघि सबै नेतासँग छलफल गरेको बताए। ‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा… Continue reading कांग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी घोषणा
झिनो अंकले घट्यो नेपाली शेयर बजार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन बिहीवार नेप्से ३.२२ अंकले घटेर २७३१.७८ विन्दुमा कायम भएको छ । यसदिन २३३ कम्पनीको ३ अर्ब ७८ करोड ७ लाख ९ हजार ३३० रुपैयाँ बराबरको कारोबार भएको छ । ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर किनबेच भएका छन्… Continue reading झिनो अंकले घट्यो नेपाली शेयर बजार
हुस्सुका कारण आन्तरिक उडान हरेक दिन प्रभावित
काठमाडौं । आन्तरिक गन्तब्यका विमानस्थलहरुमा बाक्लो हुस्सुका कारण हरेक दिन उडान प्रभावित बनेको छ । याअले उडान डिले तथा रद्द हुने क्रम समेत बढेको छ । बिहिवार बिहान विराटनगर, भरतपुर, भोजपुर, दाङ, राजविराज, सुर्खेत, धनगढीसहितका विमानस्थल अबेरसम्म खुलेनन । यो समस्या केही दिन देखि दोहोरिएको हो । आन्तरिक उडानहरु प्रभावित हुदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको… Continue reading हुस्सुका कारण आन्तरिक उडान हरेक दिन प्रभावित
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान आजबाट
काठमाडौं – लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित यो वर्ष अभियान चलाउन लागिएको हो । यो दिवस नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर विविध कार्यक्रमका साथ मनाइन्छ । संयुक्त राष्ट्रसङ्घले सन् १९९९ को महासभाबाट नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने… Continue reading लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान आजबाट
सभामुख स्पेन प्रस्थान, केके छन् कार्यक्रम ?
काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटा स्पेन प्रस्थान गरेका छन् । अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३औं सम्मेलनमा सहभागी हुन सभामुख अग्निप्रसाद सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन प्रस्थान गरेका छन् । सभामुख सापकोटा नेतृत्वको नेपाली टोली बुधबार राति ८:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्पेन लागेको हो । सभामुखका साथमा प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी,… Continue reading सभामुख स्पेन प्रस्थान, केके छन् कार्यक्रम ?
आज सर्वोच्च अदालतमा फुल कोर्ट बस्दै
काठमाडौं । सर्वोच्च अदालतमा आज फुलकोर्ट बैठक बस्ने भएको छ । गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने बारे निर्णय गर्न फुलकोर्ट बैठक लागेको बताइएको छ । बैठकले आगामी सातादेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गर्ने तयारी समेत छ । अहिले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा आफैले पेसी तोक्दै आएका छन् । अघिल्लो बिहीबार बसेको फुलकोर्ट बैठकले प्रधानन्यायाधीश जबराको… Continue reading आज सर्वोच्च अदालतमा फुल कोर्ट बस्दै
नेपालमा चार महिनामा ५ खर्ब ६८ अर्ब व्यापार घाटा
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिना (साउन–कात्तिक) मा नेपालको व्यापार घाटा ५ खर्ब ६८ अर्ब पुगेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिक मसान्तसम्म ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको वस्तु आयात भएको छ । निर्यात ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँको भएको छ । सोहिकारण ५ खर्ब ६८… Continue reading नेपालमा चार महिनामा ५ खर्ब ६८ अर्ब व्यापार घाटा
कोरोनाका कारण युरोपमा आगामी मार्चसम्म थप ७ लाख मानिसको मृत्यु हुन सक्ने डब्लूएचओको भनाइ
काठमाडौं । सन् २०२२ को मार्चसम्म युरोपमा थप सात लाख मानिसको कोभिड-१९ का कारण मृत्यु हुनसक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ। बिबिसीका अनुसार डब्ल्यूएचओले युरोप क्षेत्रमा राखेका ५३ देशमा अहिलेसम्म कोभिडका कारण १५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। सन् २०२२ को मार्चसम्म तीमध्ये ४९ देशका सघन उपचार कक्षमा “उच्च वा चरम दबाव” हुने… Continue reading कोरोनाका कारण युरोपमा आगामी मार्चसम्म थप ७ लाख मानिसको मृत्यु हुन सक्ने डब्लूएचओको भनाइ
कोरोनाका कारण बन्द उद्योग-व्यवसायमध्ये ८७ प्रतिशत संचालनमा
काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण बन्द भएका उद्योग व्यवसायमध्ये ८७ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा यस्तो देखाइएको छ । पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग-व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको छ ।सर्वेक्षणको नतिजा अनुसार ८७.२… Continue reading कोरोनाका कारण बन्द उद्योग-व्यवसायमध्ये ८७ प्रतिशत संचालनमा
नेपाली सेयर बजारमा झिनो अंकको सुधार, धेरै गुमाउने गोर्खा फाइनान्सका सेयरधनी
काठमाडौं । सेयर बजार झिनो अंकको सुधार आएको छ । मंगलबार ३२ अंकले घटेको बजारमा आज करिब २ अंकले बढेको हो । सूचकसँगै आज कारोबार रकममा पनि झिनो सुधार सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५ करोडले बढेर सवा ४ अर्ब पुगेको छ । सेयर बजार मापक सूचक नेप्से १.८९ अंकले बढेर… Continue reading नेपाली सेयर बजारमा झिनो अंकको सुधार, धेरै गुमाउने गोर्खा फाइनान्सका सेयरधनी
नेपालमा थप ३३२ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २३३० जनाको एन्टिजेन परीक्षण गर्दा २७ गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २० हजार ४ जना… Continue reading नेपालमा थप ३३२ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन
महाधिवेशनको मुखमै एमालेलाई झड्का,अमर गिरी एकीकृत समाजवादीमा प्रवेश
काठमाडौं । पार्टीको १०औँ महाधिवेशनको मुखमै नेकपा एमालेलाई झड्का लागेको छ । १०-१२ मंसिरमा पार्टीको १०औँ महाधिवेशन हुन लागेका बेला एमालेको अनुशासन आयोगका सदस्य तथा महाधिवेशनका प्रतिनिधि अमर गिरीले एमाले परित्याग गरेका हुन् । उनले बुधबार विज्ञप्तिमार्फत् एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न लागेकाे जानकारी दिए ।
गुण एयरलाइन्सको पोखरा-भरतपुर नियमित उडान शुरु
काठमाडौं । नेपालको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले पोखरा-भरतपुर नियमित उडान शुरु गरेको छ। गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाका अनुसार आन्तरिक पर्यटनलाई टेवा पुर्याउने उद्देश्यका साथ शुरु गरेको हो । उडानको पहिलो दिनमै यात्रुहरुबाट साथ पाएकाले थप हौसला मिलेको एयरलाइन्सले बताएको छ। गुणले भोलिदेखि पोखरा-भैरहवा र शुक्रबारदेखि पोखरा-नेपालगन्ज अन्तर प्रदेश उडान समेत… Continue reading गुण एयरलाइन्सको पोखरा-भरतपुर नियमित उडान शुरु
एमालेको महाधिवेशनका दौरान भरतपुरमा कसरी गरिदैंछ सवारी व्यवस्थापन ?
नारायणगढ । नेकपा एमालेको १० औँ महाधिवेशन चितवनको नारायणगढस्थित नारायणी किनारमा हुँदैछ । एके पटक ५ लाख मानिस उतार्ने दावि गरेको एमालेको यो महाधिवेशन आयोजना हुने दिन नारायणगढमा यातायात सेवा अस्तव्यस्त हुने छ । कार्यक्रम शुक्रबार हुँदैछ । नारायणगढको यो कार्यक्रमले काठमाडौंतर्फ आउने पूर्व र पश्चिमका सवारी साधनका साथै पूर्व र पश्चिमतर्फ जाने काठमाडौंतर्फका यात्रुलाई… Continue reading एमालेको महाधिवेशनका दौरान भरतपुरमा कसरी गरिदैंछ सवारी व्यवस्थापन ?
अल्बर्ट आइन्स्टाइनको सापेक्षतासम्बन्धी सिद्धान्तको पाण्डुलिपी १ करोड ३० लाख डलरमा बिक्रि
पेरिस । अल्बर्ट आइन्स्टाइनले सापेक्षतासम्बन्धी सिद्धान्त तयार गर्ने प्रयास गरिरहँदा गरेको हिसाबकिताबको एक पाण्डुलिपि १ करोड ३० लाख डलरमा लिलामीमा बिक्रि भएको छ । बीबीसीका अनुसार फ्रान्सको पेरिसस्थित क्रिस्टिको लिलामी घरमा यो पाण्डुलिपी बिक्रि भएको हो । यो बिक्रीले वैज्ञानिक दस्तावेजको लिलामीको कीर्तिमान नै तोडेको समाचारमा उल्लेख छ । सैद्धान्तिक भौतिकशास्त्रीको महान् वैज्ञानिक काम देखिएका… Continue reading अल्बर्ट आइन्स्टाइनको सापेक्षतासम्बन्धी सिद्धान्तको पाण्डुलिपी १ करोड ३० लाख डलरमा बिक्रि
माओवादी केन्द्रका केन्दिय सदस्य बन्जाडेको सवारी दुर्घटनामा निधन
बुटवल । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडेको सवारी दुर्घटनामा निधन भएको प्रहरीले जनाएको छ । रुपन्देहीको जितगढीमा गएराति उनलाई बसले ठक्कर दिंएको थियो । गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा बुधबार बिहान निधन भएको हो । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माओवादीमा लामो समय देखि सक्रिय… Continue reading माओवादी केन्द्रका केन्दिय सदस्य बन्जाडेको सवारी दुर्घटनामा निधन
कांग्रेस महाधिवेशन : रुपन्देहीमा झडप-प्यूठानमा गोली चल्यो
बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला अधिवेशनहरु जारी छन् । यस दौरान विभिन्न जिल्लामा दुई गूट बीचमा हिंसात्मक झडप भएका खबर आएका छन् । प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा प्रहरीले रबरको गोली चलाएको छ । दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन अरु ग्यास र गोली चलेको प्रहरीले जनाएको… Continue reading कांग्रेस महाधिवेशन : रुपन्देहीमा झडप-प्यूठानमा गोली चल्यो
अब खोप कार्डका आधारमा नेपाल र भारतमा आवत-जावत गर्न सकिने
काठमाडौं । अब कोरोना विरुद्धको खोप कार्ड देखाएर नेपाल र भारतमा आवतजावत गर्न सकिने भएको छ । नेपाल सरकारले भारतसँग कोभिड खोप प्रमाणपत्रको आधारमा आवतजावतलाई मान्यता दिने समझदारी गरेसँगै यस्तो बाटो खुलेको हो । मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा खोप प्रमाणपत्रको आधारमा आवतजावतको मान्यता दिनेगरी समझदारी भएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा… Continue reading अब खोप कार्डका आधारमा नेपाल र भारतमा आवत-जावत गर्न सकिने
पर्यटन मन्त्रीले इयूका प्रतिनिधिसँग भने : हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली नागरिक उड्डयन क्षेत्रलाई कालो सूचीबाट हटाउन यूरोपेली यूनियनका प्रतिनिधिसँग आग्रह गरेका छन् । युरोपेली संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री आलेले युरोपियन युनियनले नेपालको वायुसेवा क्षेत्रलाई कालो सूचीमा राखेकाले हटाउन आग्रह… Continue reading पर्यटन मन्त्रीले इयूका प्रतिनिधिसँग भने : हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउ
कक्षा-११ को रजिष्ट्रेसन फाराम र १२ को परीक्षा आवेदन फारम खुल्यो
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेसन र कक्षा १२ को परीक्षा आवेदन फारम खुला गरेको छ। । बोर्डले शैक्षिकसत्र २०७८र७९ मा भर्ना भएका विद्यार्थीहरूका लागि रजिष्ट्रेसन फाराम खुलाएको हो । कक्षा १२ मा अध्ययनरत विद्यार्थीका लागि परीक्षा आवेदन फारम पनि खुला गरेको जनाएको छ । बोर्डले आउँदो पुस २१ गतेसम्म ४०० रुपैयाँ… Continue reading कक्षा-११ को रजिष्ट्रेसन फाराम र १२ को परीक्षा आवेदन फारम खुल्यो
नेपालमा थप ३५१ जनामा कोरोना पुष्टी, ९ जना संक्रमितको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७२९ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र १४४५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ गरी ३५१जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १९ हजार ६९९जना पुगेको छ… Continue reading नेपालमा थप ३५१ जनामा कोरोना पुष्टी, ९ जना संक्रमितको निधन