अमेरिकी दम्पत्तिविरुद्ध न्यूक्लियर फर्मुला बेच्ने कोशिस गरेको आरोप, दोषि पाइए जन्मकैद

CBS\BBC

मेरिल्याण्ड । अमेरिकामा एक दम्पत्तिमाथि देशको एक महत्वपूर्ण सैन्य रहस्यलाई बिक्रि गर्ने कोशिस गरेको आरोप लागेको छ । दुबै जना गिरफतारीमा परेका छन् । बीबीसीले जनाए अनुसार यो कसुर पुष्टी भएमा दुबै जना जन्म कैदका लागि जेल जाने छन् । ४२ वर्षिय जोनाथन टोएबे र उनकी ४५ वर्षीय पत्नी डायनामाथि यस्तो आरोप लागेको हो ।… Continue reading अमेरिकी दम्पत्तिविरुद्ध न्यूक्लियर फर्मुला बेच्ने कोशिस गरेको आरोप, दोषि पाइए जन्मकैद

चार मुलुकका राजदूतले राष्ट्रपति समक्ष बुझाए ओहदाको प्रमाणपत्र

RSS

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिणअफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा शुक्रबार नेपालका लागि ब्राजिलका आवासीय राजदूत कार्लोस अल्वेर्टो माइकल्सेन डेन हार्टोगसहित इटाली, माल्टा र दक्षिणअफ्रिकाका गैरआवासीय राजदूतहरू क्रमशः भिन्चेञ्जो डि लुक्का, रुबिन गाउची र जोएल सिबुसिसो एन्डेबेलेले आ–आफ्नो ओहोदाको प्रमाणपत्र… Continue reading चार मुलुकका राजदूतले राष्ट्रपति समक्ष बुझाए ओहदाको प्रमाणपत्र

बाल-बालिकालाई लगाइने फाइजर खोप सोमबार अमेरिकाबाट नेपाल आउने

Photo : Dan Stepenosky| LATIMES

काठमाडौं । बालबालिकालाई वितरण गर्ने तयारी गरिएको फाइजर खोपको पहिलो खेप अमेरिकाबाट सोमबार नेपाल आउने भएको छ । अमेरिकाको फाइजर बायोएनटेक कम्पनीले बनाएको यो खोप नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिने तयारी छ । नेपाल सरकारले अमेरिकाबाट खरीद गरेको खोपमध्ये पहिलो खेप नेपाल ल्याउन लागिएको हो । युएस फुड एन्ड ड्रग डमिनिस्ट्रेसनबाट अनुमति पाएपछि… Continue reading बाल-बालिकालाई लगाइने फाइजर खोप सोमबार अमेरिकाबाट नेपाल आउने

प्रधानमन्त्री आगामी साता बेलायत भ्रमणमा जाने, यस्तो छ तालिका

File

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी साता बेलायत भ्रमणमा जाँदैछन् । जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिट आयोजना हुने ग्लास्गो सहरमा नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री देउवा बेलायत जान लागेका हुन् । उनको टोलीमा दुई दर्जन प्रतिनिधि रहने भएका छन् । लण्डस्थित नेपाली दूतावासले भ्रमणको समन्वय गरिरहेको छ । प्रधानमन्त्रीको भ्रमण ५ दिने हुने छ ।… Continue reading प्रधानमन्त्री आगामी साता बेलायत भ्रमणमा जाने, यस्तो छ तालिका

इटलीबाट १३ वर्षपछि नेपाल फर्किएका विकास ए-डिभिजन क्लव च्यासलमा आवद्ध

काठमाडौं । इटलीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका युवा खेलाडी विकास मेराग्लिया नेपालमा ए डिभिजन लीग खेल्न च्यासल युथ क्लबमा आवद्ध भएका छन् । शहीद स्मारक ए डिभिजन लिग फुटबल खेल्दै उनी राष्ट्रिय टीममा स्थान बनाउने होडमा रहने छन् । शुक्रवार च्यासल युथ क्लबले इटलीमा व्यावसायिक खेल खेल्दै आएका युवा खेलाडी विकासलाई क्लबमा अनुबन्ध… Continue reading इटलीबाट १३ वर्षपछि नेपाल फर्किएका विकास ए-डिभिजन क्लव च्यासलमा आवद्ध

विराटनगर विमानस्थल आजबाट संचालनमा

विराटनगर । बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल शनिबारबाट सञ्चालनमा आएको छ । दिउँसोको समयमा मौसम सफा भएको अवस्थामा उडान गर्न मिल्ने गरि विमानस्थल आंशिक रुपमा खुलेको छ । रात्रिकालिन उडान भने तत्काल हुने छैन । दुई दिनसम्म उपकरणहरुको परीक्षण गर्नुपर्ने भएकाले रात्रिकालिन उडान नभएको बताइएको छ । बिहान देखि साँझ ५ बजेसम्म मात्र यहाँ… Continue reading विराटनगर विमानस्थल आजबाट संचालनमा

जनकपुरको रेल भारतले नेपाललाई हस्तान्तरण गर्यो

काठमाडौं । नेपालको धनुषा कुर्थादेखि भारतको जयनगरसम्म चल्ने ३५ किलोमिटर रेलखण्ड भारतले नेपाललाई हस्तान्तरण गरेको छ। यससँगै एक वर्षदेखि जनकपुर आइपुगेर थन्किएको रेल शीघ्र सञ्चालनको बाटो खुलेको छ । नेपालले किनेर पनि एक वर्षभन्दा बढी समयदेखि रेल सञ्चालन गर्न सकेको छैन । अन्तर्देशिय उक्त रेलखण्ड नेपालको स्वामित्वमा नआएका कारण नेपालले रेल चलाउन सकेको थिएन ।… Continue reading जनकपुरको रेल भारतले नेपाललाई हस्तान्तरण गर्यो

पुनर्निर्माणको सफलताबारे जानकारी दिन मंसिरमा अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं । नेपालमा पुनर्निर्माणको सफलताबारुे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसिर तेस्रो साता काठमाडौंमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । प्राधिकरणले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने जानकारी दिएको हो । भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा प्राप्त भएका अनुभव तथा… Continue reading पुनर्निर्माणको सफलताबारे जानकारी दिन मंसिरमा अन्तर्राष्ट्रिय सम्मेलन हुने

एमालेमा फेरी चर्कियो विवाद, १० बुँदे सहमति कार्यान्वयन कार्यदलबाट रावलको राजिनामा

काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा पुनः विवाद चर्किएको छ । सो प्रयोजनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएसँगै विवाद सतहमा आएको हो । रावलले शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन गर्ने अग्रसर… Continue reading एमालेमा फेरी चर्कियो विवाद, १० बुँदे सहमति कार्यान्वयन कार्यदलबाट रावलको राजिनामा

नेपालमा थप ७०८ जनामा कोरोना पुष्टी, ११ जना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७०८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५३ पीसीआर परीक्षण गर्दा ५७४ जना र २१२३ एन्टिजेन परीक्षण गर्दा १३४ गरी ७०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८ हजार ९६ जना पुगेको छ… Continue reading नेपालमा थप ७०८ जनामा कोरोना पुष्टी, ११ जना संक्रमितको निधन

यती एयरलाइन्सलाई अन्तर्राष्ट्रिय चार्टर्ड उडानको अनुमति

काठमाडौं आन्तरिक क्षेत्रको उडान गर्दै आएको यती एयरलाइन्सले अन्तर्राष्ट्रिय चार्टर्ड उडानको अनुमति (एनओसी) पाएको छ । बिहीबार नेपाल नागरिक उडड्यन प्राधिकरणबाट एओसी पाएको कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। एनओसी पाएलगत्तै एटिआर ७२ सिरीजको जहाजमार्फत भारत, म्यानमार, बंगलादेश, भुटान र श्रीलंका, थाइल्याण्ड लगायत दक्षिण एसियाका विभिन्न मुलुकमा चार्टर उडान गर्ने तयारी… Continue reading यती एयरलाइन्सलाई अन्तर्राष्ट्रिय चार्टर्ड उडानको अनुमति

पूर्व न्यायाधीशहरुको फोरमले भन्यो -‘प्रधानन्यायाधीशको भूमिकामा शंका खडा भयो’

काठमाडौं । पूर्व न्यायाधीश फोरम, नेपालले प्रधानन्यायाधीश चाेलेन्द्र समसेर जबराको भूमिकामाथि प्रश्न खडा भएको बताएको छ । पूर्व न्यायाधीशहरुको फोरमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशको कामले प्रश्न खडा गरेको बताएको हो । ‘संवैधानिक प्रावधान भन्दा माथि रहेको प्राकृतिक न्याको सिद्धान्तको परिपालना गर्नुको सट्टा न्यायाधीश विपक्षी बनाइएको मुद्दामा आफैं न्यायकर्ता हुनेगरी संवैधानिक इजलासमा प्रधानन्यायाधीश आफैं… Continue reading पूर्व न्यायाधीशहरुको फोरमले भन्यो -‘प्रधानन्यायाधीशको भूमिकामा शंका खडा भयो’

बेमौसमी वर्षाले धानबालीमा ७ अर्ब २२ करोडको क्षति

काठमाडौं । पछिल्लो केही दिन यता परेको बेमौसमी वर्षाका कारण देशको विभिन्न स्थानमा साढे ७ अर्ब बढीको धानबालीको क्षति भएको छ । कृृषि तथा पशुपन्छी विकास मन्त्रालयले तीनवटा प्रदेशमा गरेको प्रारम्भिक अध्ययनअनुसार ७ अर्ब २२ करोड बराबरको धानबालीमा क्षति भएको हो । मन्त्रालयको अध्ययन अनुसार प्रदेश १ र सुदुरपश्चिम प्रदेशको तुलनामा लुम्बिनी प्रदेशका जिल्लामा धेरै… Continue reading बेमौसमी वर्षाले धानबालीमा ७ अर्ब २२ करोडको क्षति

धुलिखेल जिपलाइनमा प्रचण्ड सरर…

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन् । नाति नातिनी सहित पुगेका प्रचण्ड आफैले क्लासिक जिपलाइनको अनुभव लिएका हुन् । सहासिक गतिविधिमा आफुलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफुले जिपलाइनको निक्कै मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको… Continue reading धुलिखेल जिपलाइनमा प्रचण्ड सरर…

भारत, पाकिस्तान र अफगानिस्तान जलवायु परिवर्तनबाट सबैभन्दा जोखिममा रहेका ११ मुलुकभित्र

Prabhat Kumar Verma/Pacific Press/LightRocket via Getty Images\BBC HINDI

वासिंटन डिसी । नेपालका तीन छिमेकी मुलुक भारत, पाकिस्तान र अफगानिस्तान जलवायु परिवर्तनका कारण सबैभन्दा जोखिममा रहेका ११ वटा मुलुकको सूचिमा परेका छन् । समाचार एजेन्सी रोयटर्सले जनाए अनुसार अमेरिकी गुप्तचर एजेन्सीको एक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनमा यी ११ मुलुक जलवायु परिवर्तनबाट सबैभन्दा जोखिममा पर्नेछन् । साथमा उनीहरुसँग सो समस्यासँग जुध्ने क्षमता समेत… Continue reading भारत, पाकिस्तान र अफगानिस्तान जलवायु परिवर्तनबाट सबैभन्दा जोखिममा रहेका ११ मुलुकभित्र

प्रदेश १ का मूख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत माग्दै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मतका लागि प्रस्ताव गर्ने भएका छन् । प्रदेशसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ । बैठकमा आचार्यले विश्वासको मत माग्ने भएका हुन् । प्रस्तावमा शुक्रबार नै मतदान हुने सम्भावना भने कम रहेको नेताहरुले बताएका छन् । सोहीकारण विपक्षी दलले भने एमालेले सत्ता लम्ब्याउन चाहेको… Continue reading प्रदेश १ का मूख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत माग्दै

दुबईमा अलपत्र सात नेपालीलाई घर फर्काइयो

पर्सा । वैदेशिक रोजगारीका सिलसिलामा दुबई पुगेर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवाको उद्धार गरिएको छ । उनीहरु घर फर्केका छन्। राससका अनुसार बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो। दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा,… Continue reading दुबईमा अलपत्र सात नेपालीलाई घर फर्काइयो

३२ जना नेपाली अझै अफगानिस्थानमा रोकिए

Reuters

काबुल । अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएसँगै विदेशी नागरिक धमाधम फिर्ता भइरहेको छन् । तर, त्यहाँ अवैधानिक रुपमा पुगेका ३२ जना नेपाली भने कानूनी रुपमा नेपाल आउन नपाएपछि उतै रोकिएका छन् । बुधबार अफगानिस्तानमा कार्यरत संयुक्त राष्ट्रसंघका निकायमा खटिएका नेपालीको एक समुहलाई घर फर्काउन जहाज काठमाडौं आएको थियो । विमानस्थल स्रोतका अनुसार यो जहाजमा वैधानिक… Continue reading ३२ जना नेपाली अझै अफगानिस्थानमा रोकिए

कोरोनाबाट विश्वभर करीव २ लाख स्वास्थ्यकर्मीको निधन भएको डब्लूएचओको अनुमान

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले कोभिडले स्वास्थ्यकर्मीमा नराम्ररी प्रभाव पारेको बताएको छ । यस संक्रमणबाट विश्वभर ८० हजारदेखि १,८०,००० को बीचमा उनीहरूको मृत्यु भएको हुन सक्ने संगठनको अनुमान छ । सन् २०२० को ज्यानुअरीदेखि सन् २०२१ को मे महिनाको बीचमा सो सङ्ख्यामा स्वास्थ्यकर्मीको ज्यान गएको अनुमान छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपका… Continue reading कोरोनाबाट विश्वभर करीव २ लाख स्वास्थ्यकर्मीको निधन भएको डब्लूएचओको अनुमान

प्रकोप पिडितलाई थप राहत प्याकेज ल्याउने प्रधानमन्त्रीको प्रतिवद्धता

File

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो प्रभावितलाई राहत तथा पुनस्र्थापनाको प्याकेज आउने आवश्वासन दिएका छन् । त्यसका लागि योजनाबद्ध ढंगले कार्यक्रम अगाडि बढाइने उनले बताए । बिहीबार बाढी र पहिरोले प्रभावित भएको जिल्लाहरुको भ्रमणका लागि सुदुरपश्चिममा निस्किएका प्रधानमन्त्रीले बाढीका कारण देशभरि ठूलो मात्रामा जनधनको क्षति भएकाले सरकार गम्भीर रहेको बताए । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका… Continue reading प्रकोप पिडितलाई थप राहत प्याकेज ल्याउने प्रधानमन्त्रीको प्रतिवद्धता

दक्षिण कोरिया पनि अन्तरिक्ष होडमा, पहिलो रकेट परीक्षण

File| EPA\BBC

सोल । अन्तरिक्ष होडमा अब दक्षिण कोरिया समेत समावेश भएको छ । दक्षिण कोरियाले देशमै निर्मित पहिलो रकेट परीक्षण गरेको हो । बीबीसीका अनुसारनुरी भनिने कोरियन स्याटलाइट लन्च भीइकल टु राजधानी सोल भन्दा ५०० किमी दक्षिणको गोहुङबाट प्रक्षेपण गरिएको छ । राष्ट्रपति मून जे-इनले रकेटले उडान सम्पन्न गरे पनि कक्षमा नमुना भूउपग्रह राख्ने उद्देश्य पूरा… Continue reading दक्षिण कोरिया पनि अन्तरिक्ष होडमा, पहिलो रकेट परीक्षण

नेपालमा थप ५४५ जनामा कोरोना पुष्टी, ७२६ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८६ पीसीआर परीक्षण गर्दा ४७० जना र १९६३ एन्टिजेन परीक्षण गर्दा ७५ जना गरी ५४५ जनामा कोरोना भाइरसको संक्रमण भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७ हजार… Continue reading नेपालमा थप ५४५ जनामा कोरोना पुष्टी, ७२६ जना संक्रमण मुक्त

बेमौसमी वर्षाले ८ मुख्य सडकमार्ग अझै अवरुद्ध,कहिले खुल्छ अझै अनिश्चत

काठमाडौं । कार्तिक महिनाको २ गते यता लगातार २ दिन पानी पर्दा १२ स्थानमा सडक पहिरो गएको छ । सडकमा पहिरो जाँदा पूर्वदेखि पश्चिम सबैतिरका सडक हाल अवरुद्ध अवस्थामा रहेका छन् । केही सडक खुल्ने अनिश्चत रहेको छ । केही सडकहरु २/४ दिनमा खुलाउने सडक विभागले जनाएको छ । लगातार परिरहेको पानीले सिद्धार्थ राजमार्ग अन्तर्गत… Continue reading बेमौसमी वर्षाले ८ मुख्य सडकमार्ग अझै अवरुद्ध,कहिले खुल्छ अझै अनिश्चत

माओवादी केन्द्रले तोक्यो ३३ विभाग र प्रतिष्ठानका प्रमुख (सूचीसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले ३३ वटा विभाग, सम्पर्क समिति र नीति प्रतिष्ठान गठन गरेको छ। बिहीवार पेरिसडाँडामा बसेको बैठकले ३३ वटा केन्द्रीय विभागलाई पूर्णता दिँदै ३५ सदस्य रहने गरि विभागका प्रमुख चयन गरेको हो । प्रवक्ता कृष्णबहादुर महराका अनुसार विभागबाहेक एउटा नीति अध्ययन प्रतिष्ठान गठन भएको छ । त्यसको प्रमुख रामचन्द्र झा छन्… Continue reading माओवादी केन्द्रले तोक्यो ३३ विभाग र प्रतिष्ठानका प्रमुख (सूचीसहित)

नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । ब्याजदरमा नेपाल राष्ट्र बैंकक हस्तक्षेपपछि बुधबार ६० अंकले बढेको बजार आज फेरि दोहोरो अंकले घटेको हो । सूचकसँगै जस्तै कारोबार रकममा पनि गिरावट आएको छ । बिहीबार करिब साढे २ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सेयर बजार मापक सूचक नेप्से आज १४.७०… Continue reading नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट

फिफा बरियताः नेपाल एक स्थान तल झर्‍यो, बेल्जियम शीर्ष स्थानमा यथावत

काठमाडौं । फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पछिल्लो समय सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६९ औं स्थानमा पुगेको हो । अघिल्लो महिना नेपाल १६८ औं स्थानमा थियो । दक्षिण एसियाली देशमा भारत सबैभन्दा माथि १०६औं स्थानमा रहेको छ । त्यस्तै, अफगानिस्तान १५२ औं,… Continue reading फिफा बरियताः नेपाल एक स्थान तल झर्‍यो, बेल्जियम शीर्ष स्थानमा यथावत

प्राकृतिक विपत्तीमा ज्यान गुमाएकाका परिवारलाई कांग्रेसले २५ हजार दिने

काठमाडौं । नेपाली कांग्रेसले बाढीपहिरो र डुबानमा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई २५ हजार रूपैयाँ दिने भएको छ । पार्टीको बाढीपहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले विज्ञप्ती निकाल्दै यस्तो जानकारी गराएको हो । संयोजक मोहनबहादुर बस्नेतका अनुसार बाढीपहिरोमा परेर मृत्यु भएका प्रति मृतक परिवार २५ हजार राहत उपलब्ध गराइने भएको छ । कांग्रेसले यसअघि पनि… Continue reading प्राकृतिक विपत्तीमा ज्यान गुमाएकाका परिवारलाई कांग्रेसले २५ हजार दिने

प्रधानमन्त्री आज सुदुरपश्चिमका बाढी र डुबान प्रभावित क्षेत्रमा जाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सुदुरपश्चिमका बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा पुग्ने भएका छन् । बिहीबार धनगढी पुगेर त्यहाँबाट हेलिकप्टरमार्फत् डडेल्धुरा, डोटीलगायत क्षेत्रको निरीक्षणमा जाने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री देउवा आज सुदूरपश्चिम मै बास बस्नेछन् । गत शनिबारदेखि परेको पानीले सुदूरपश्चिम क्षेत्रमा बढी क्षति गरेको छ । यसअघि बुधबार सरकारले… Continue reading प्रधानमन्त्री आज सुदुरपश्चिमका बाढी र डुबान प्रभावित क्षेत्रमा जाने

आजबाट खुल्यो मौसम, यस्तो छ पूर्वानुमान

THT

काठमाडौं । नेपालमा आज अधिकांश स्थानमा बिहानैबाट घाम लागेको छ । तीन दिनसम्मको अविरल वर्षाले करीव १ सय मानिसको ज्यान लिएको मौसमले अब भने थामिने संकेत गरेको हो । गतराति देशका धेरै ठाउँको मौसम बद्ली भए पनि अब घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । अबको दुई\तीन दिन लगातार झरी पर्ने छैन । भारतको… Continue reading आजबाट खुल्यो मौसम, यस्तो छ पूर्वानुमान

बाढी पसेको विराटनगर विमानस्थल आज पनि नचल्ने

काठमाडौं । बुधबार बाढी पसेर अवरुद्ध भएको विराटनगर विमानस्थल बिहीबार समेत नचल्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार साढे ५ बजेसम्मका लागि विमानस्थल बन्द घोषणा गरेको छ । यसले करीव दुई दर्जन उडानमार्फत हरेक दिन यात्रा गर्ने सयौं यात्रु प्रभावित बनेका छन् । एयरलाइन्सहरुले आजका लागि निर्धारित सबै उडान रद्द भएको सूचना जारी… Continue reading बाढी पसेको विराटनगर विमानस्थल आज पनि नचल्ने