भारतमा ४ बलात्कारीलाई १ फेब्रुअरी बिहान ६ बजे फाँसी

नयाँ दिल्ली । निर्भया काण्डका दोषिमध्ये ४ जनालाई आगामी १ फेब्रुअरीमा फाँसी दिइने भएको छ । भारतको नयाँ दिल्लीमा गुड्दै गरेको बसमा निर्भयाको बलत्कार भएको थियो । बलात्कारपछि हत्यासमेत गरेको आरोपमा दोषि देखिएका ४ जना अहिले मृत्यु कुरिरहेका छन् । दिल्लीको पाटियाला कोर्टमा उनीहरुलाई एक फेब्रुअरी बिहान ६ बजे फाँसी दिइने भएको छ । यसअघि… Continue reading भारतमा ४ बलात्कारीलाई १ फेब्रुअरी बिहान ६ बजे फाँसी

ह्यारी र मेघनको शाही उपाधी खारेज

लण्डन । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेघनको शाही उपाधी खारेज भएको छ । अब उनीहरुले हिज–हर रोयल हाइनेस उपाधि प्रयोग गर्न पाउने छैनन् । यसका साथै पब्लिक फन्डका रुपमा प्राप्त हुने रकमको भोगाचलन समेत रोकिएको छ । बेलायती राजदरबारले शनिबार यस्तो घोषणा गरेको हो। राजकुमार दम्पतीले राजखानदानबाट अगल बस्ने निर्णय गर्दै त्यसको जानकारी… Continue reading ह्यारी र मेघनको शाही उपाधी खारेज

मोटरसाइकललाई ठक्कर दिएको कारभित्र पेस्तोल

जनकपुर । प्रहरीले दुई चाइनिज पेस्तोलसहित जनकपुरबाट दुई जनालाई पक्राउ गरेको छ । शनिबार मोटरसाइकललाई ठक्कर दिएर दूर्घटनामा परेको कारमा जाँच गर्दा चाइनिज पेस्तोल फेला परेको हो । प्रहरीका अनुसार बा १४ च ७४५९ नम्बरको कारले ज ९ प ५८०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ दूर्घटना भएको थियो । त्यसपछि घटनास्थल पुगेर प्रहरीले जाँच थाल्यो ।… Continue reading मोटरसाइकललाई ठक्कर दिएको कारभित्र पेस्तोल

विकासमा अवरोध, सोलुमा हवाइ फायर

सोलुखुम्बु । सोलुखुम्बुको तिङ्लामा तनाव भएको छ । शनिबार तिङ्लाबासीले राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्ने कार्यक्रम विथोलेपछि प्रहरीले हवाई फायर गर्नु परेको छ । प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरी भीड नियन्त्रणमा लिनु परेको थियो । तर, प्रदर्शनकाीले भने दर्जनभन्दा बढी मोटरसाइकल र एउटा गाडीलाई जलाएर ध्वस्त बनाएका छन् । तिङ्लामा निर्माण भएको… Continue reading विकासमा अवरोध, सोलुमा हवाइ फायर

अन्नपूर्ण आधार शिविर जाने बाटोमा आधा दर्जन हिमपहिरो, दर्जनौं व्यक्ति परेको आशंका

पोखरा । अन्नपूर्ण आधार शिविर एबिसी) पदमार्गमामा शुक्रबार गएको हिउँपहिरोमा दर्जनौं व्यक्ति परेको आशंकामा शनिबार पनि खोज तथा उद्दार जारी रहेको छ । प्रहरीका अनुसार शनिबार मात्र करीव २ सय पर्यटक तथा नेपालीलाई सुरक्षित स्थानमा ल्याइएको छ । ६० जना भन्दा बढी पर्यटक तथा नेपाली गाइड र भरिया हराइरहेको आंशका छ । यद्दपी र्संख्या यकिन… Continue reading अन्नपूर्ण आधार शिविर जाने बाटोमा आधा दर्जन हिमपहिरो, दर्जनौं व्यक्ति परेको आशंका

कहिले टुंगिएलान द्वन्द्वकालीन मुद्दा ?

काठमाडौं । १ माघमा टुडिखेलमा आयोजित कार्यक्रममा सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले हरेक पल सामना गर्ने एक पेचिलो आरोपबारे मुख खोले । प्रचण्डलाई १७ हजार मानिस मारेको आरोप लाग्छ । तर, उनले नेतृत्व गरेको माआवादीबाट भएको हत्याभन्दा तेब्बर संख्यामा तत्कालिन सरकारबाछ मानिस मरेका छन । उनले सोही सन्दर्भमा ५ हजारको मात्र जिम्मा आफूले लिने तर… Continue reading कहिले टुंगिएलान द्वन्द्वकालीन मुद्दा ?

७ दिनभित्र पशुपति क्षेत्रका अवैध संरचना हटाउन निर्देशन

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले क्षेत्र भित्र निर्माण भएका अवैध संरचना हटाउन अल्टिमेटम दिएको छ । सात दिनको अल्टिमेटम दिएको कोषले उक्त समय भित्र पनि नहटाए आफैले हटाउने चेतावनी समेत दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले एक साता अघि कोषको भ्रमण गरी व्यवस्थापनका लागि निर्देशन दिएका थिए । सोही… Continue reading ७ दिनभित्र पशुपति क्षेत्रका अवैध संरचना हटाउन निर्देशन

अन्नपूर्ण पदमार्गमा हिमपहिरो, ९ जना परेको आंशका

पोखरा । अन्नपूर्ण पदमार्ग क्षेत्रमा हिमपहिरो गएको छ । पदमार्गको देउराली नजिकै हिउँ पहिरो गएको र त्यसमा केही पर्यटकसहित नेपाली सहयोग समेत परेको आशंका गरिएको ट्रेकिंग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)ले जनाएको छ । हिमपहिरोमा केही चिनियाँ र कोरियाली पर्यटक परेको अनुमान छ । हिमपहिरोका कारण ५ जना हराइरहेको पुष्टी टानले गरेको छ । कूल… Continue reading अन्नपूर्ण पदमार्गमा हिमपहिरो, ९ जना परेको आंशका

विश्वकै होचा व्यक्ति खगेन्द्र थापामगरको निधन

काठमाडौं । विश्वकै होचा व्यक्तिका नाममा कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उनको शुक्रबार निधन भएको हो । उनी २८ वर्षका थिए । उनलाई परिवारले बिहीबार अस्पतालमा भर्ना गरेका थिए । उनको आइसीयूमा राखेर उपचार गरिएको थियो । अस्पतालले शुक्रबार दिउँसो करिव ३ बजे उनलाई मृत घोषणा गरेको थियो… Continue reading विश्वकै होचा व्यक्ति खगेन्द्र थापामगरको निधन

एमसीसीबारे अमेरिकाले दियो १० बुँदै स्पष्टिकरण

काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे उठेका विभिन्न प्रश्नबारे प्रष्ट पारेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले यस परियोजनामा सैन्य संलग्नता अमेरिकी कानूनद्धारा नै निषेध भएको जनाएको छ । नेपालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहित विभिन्न खेमामा एमसीसी परियोजना इण्डो प्यासिफिक रणनीतिको अंग भएको भन्दै व्यापक विरोध भइरहेको छ । यही सन्दर्भमा अमेरिकाले… Continue reading एमसीसीबारे अमेरिकाले दियो १० बुँदै स्पष्टिकरण

कांग्रेस संसदीय दलको बैठक आज

काठमाडौं । संसदमा देखिएको गतिरोधका सम्बन्धमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालयमा दिउँसो साढे १ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा सभामुख चयनमा देखिएको अन्यौल र यसले पारेको प्रभावका सम्बन्धमा छलफल हुने बताइएको छ । कांग्रेसले सभामुख चयनमा ढिलाई गरेर सत्तारुढ… Continue reading कांग्रेस संसदीय दलको बैठक आज

आज पनि ओली र प्रचण्ड भेट, खुल्ला सभामुखको गाँठो ?

काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता हुँदैछ । सम्भवतः आज सभामुखको टुंगो लाग्ने नेकपाका नेताहरुले बताएका छन् । बिहीबारको वार्ता सहमति नजिक पुगेको र शुक्रबार सभामुखको टुंगो लाग्ने बताइएको छ । यद्दपी बिहीबार यसबारे ठोस के कुराकानी भयो भन्ने चाही खुलाइएको छैन । प्रतिनिधिसभा ६ माघका लागि बोलाइएको छ… Continue reading आज पनि ओली र प्रचण्ड भेट, खुल्ला सभामुखको गाँठो ?

राजधानीमा दिनभर वर्षा, भोलीबाट मात्र मौसममा सुधार

फाइल तस्वीर

काठमाडौं । देशभर वर्षा जारी रहेको छ । राजधानी काठमाडौंमा पछिल्लो १२ घण्टा देखि वर्षा जारी छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । काठमाडौं आसपासका डाँडाहरुमा समेत हिमपात जारी छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा र हिमपात जारी रहेको हो । वायुको पश्चिमी न्यून… Continue reading राजधानीमा दिनभर वर्षा, भोलीबाट मात्र मौसममा सुधार

यूएईमा भयानक बस दूर्घटना, तीन नेपालीसहित ६ जनाको ज्यान गयो

यूएई । यूएईको आबुधाबीमा बिहीबार भयानक बस दूर्घटना भएको छ । दुर्घटनामा परि अहिलेसम्म तीन नेपालीसहित ६ जनाले ज्यान गुमाएका छन् । यूएइस्थित नेपाली दूतावासका अनुसार दुर्घटनामा झापाकी कृष्णकुमारी अधिकारी र प्युठानकी भावना कुँवरको ज्यान गएको छ । घरको ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङले समेत दूर्घटनामा ज्यान गुमाएकी छिन् । आवुधावीको एमबीएम कम्पनीमा सरसफाइसम्बन्धी काम… Continue reading यूएईमा भयानक बस दूर्घटना, तीन नेपालीसहित ६ जनाको ज्यान गयो

बेल्जियमकी राजकुमारी नेपाल आउँदै, एक साता बस्ने

काठमाडौं । बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा आउँदैछिन् । परराष्ट्र मन्त्रालयका अनुसार एस्ट्रिड आगामी आइतबार (५ माघ)मा नेपाल आउनेछिन । उनी नेपालमा एक साता बस्ने छिन् । नेपाल बसाईका अवसरमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसहित उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली र स्वास्थ तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग भेट्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको… Continue reading बेल्जियमकी राजकुमारी नेपाल आउँदै, एक साता बस्ने

प्रचण्ड-ओली भेट, वार्ता सकारात्मक

काठमाडौं । केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीचको सम्बन्ध चिसिएको हल्ला फैलिएको थियो । खासगरी सभामुख चयनका विषयमा नेकपाभित्र चुलिएको विवादले दुई नेताबीच दूरी बढेको बताइएको थियो । यसै सन्दर्भमा ओली र प्रचण्डबीच बिहीबार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच सभामुख चयनबारे छलफल भएको बताइएको छ । उपसभामुखलाई राजिनामा… Continue reading प्रचण्ड-ओली भेट, वार्ता सकारात्मक

सुनिताले जन्माइन चम्ल्याहा शिशु

पोखरा । पोखराको मणिपाल कलेजमा चम्ल्याहा (चार) बच्चा जन्मिएका छन् । स्याङ्जा, पुतलीबजार १ की २६ वर्षीया सुनिता पौडेल प्रधानको कोखबाट भाग्यमानी चार सन्तानको जन्म भएको हो । ३ छोरी र १ जना छोराको जन्म भएको । चिकित्सकका अनुसार शल्यक्रिया गरी बच्चा जन्माइएको हो । बिहीबार जन्मिएका यी शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको… Continue reading सुनिताले जन्माइन चम्ल्याहा शिशु

त्रिशुलीमा दुई बच्चासहित दम्पत्तीले हाम फाले

प्रतिकात्मक तस्वीर

काठमाडौं । त्रिशुली नदीमा बिहीबार दुई बच्चासहित एक दम्पत्तीले हाम फालेको छन् । यस घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जनालाई बचाउन सकिएको प्रहरीले जनाएको छ । धादिङमा भएको घटनामा दुई नाबालक र एक महिलाको निधन भएको छ र पुरुषलाई भने सकुसल बचाएर प्रहरीले निन्त्रणमा राखेको छ । जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार… Continue reading त्रिशुलीमा दुई बच्चासहित दम्पत्तीले हाम फाले

रुसमा राजनीतिक परिवर्तन, मन्त्रीमण्डलले दियो राजिनामा

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले संविधान सुधारको प्रस्ताव राखेपछि रुसको मन्त्रीमण्डलका सबै सदस्यले राजिनामा गरेका छन् । रुसका प्रधामन्त्री दिमित्री मेदभेदेभ सहित उनको मन्त्रिपरिषदका मन्त्रीले राजीनामा गरेका हुन् । प्रधानमन्त्री दिमित्रीको क्याविनेटले पुटिनलाई सहयोग गर्न राजीनामा दिएको उल्लेख गरेका छन् । पुटिनले समेत प्रधानमन्त्री पदबाट राजिनामा दिएका दिमित्रिसहित सबै सदस्यलाई धन्यबाद ज्ञापन गरेका छन्… Continue reading रुसमा राजनीतिक परिवर्तन, मन्त्रीमण्डलले दियो राजिनामा

भूकम्प सुरक्षा दिवसकै दिन बझाङमा भूकम्प

काठमाडौं । बझाङमा बिहीबार बिहान भूकम्पको धक्का महसुश गरिएको छ । आज माघ २ भूकम्प सुरक्षा दिवस मनाउने दिनमै पश्चिम नेपालमा भूकम्पको अनुभव गरिएको हो । बिहीबार बिहान ५ बजेर ५९ मिनेटमा तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले उल्लेख गरेको छ । भूकम्पको क्षतिबारे भने थाहा… Continue reading भूकम्प सुरक्षा दिवसकै दिन बझाङमा भूकम्प

काभ्रेको जंगलबाट जुवाडे पक्राउ

फाइल तस्वीर

काठमाडौं । काभ्रेमा जंगलबाट जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई नियन्त्रणमा लिएको जानकारी गराएको छ । उनीहरु जंगलमा लुकेर तास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । बुधबार बेलुका उनीहरुलाई पक्राउ गरिएको र उनीहरुको साथबाट नगद रु एक… Continue reading काभ्रेको जंगलबाट जुवाडे पक्राउ

राजधानीका चोक-चोकमा बल्न थाले ट्राफिक लाइट

काठमाडौं । राजधानी काठमाडौंका सडकमा ट्राफिक लाइट बल्न थालेका छन् । सडक विभाग र महानगरीय ट्राफिक प्रहरी कार्यालयबाट बिग्रेका ट्राफिक बत्ति मर्मत तथा नयाँ जडान गरी ट्राफिक लाइट बाल्न सफल भएका हु्न । बानेश्वर, सिंहदरबार, गौशाला, महाराजगञ्ज चोक, कालिमाटी, तीनकुने, पद्मोदय चोक, पुतलीसडक, बागबजार, पुरानो बानेश्वर, मित्रपार्कमा ट्राफिक बत्ति बल्न थालेको छ । यसले ट्राफिक… Continue reading राजधानीका चोक-चोकमा बल्न थाले ट्राफिक लाइट

ललितानिवास काण्डका आरोपीको घरमा बम विस्फोट

फाइल तस्वीर

काठमाडौं । बालुवाटारको ललितानिवास जग्गा काण्डका आरोपित मध्ये एक शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । बुधबार साँझ उनको नागार्जुनस्थित घरमा बम विस्फोट भएको प्रहरीले पुष्टी गरेको छ । नागार्जुन, १ नर्सरी चोकमा उनको घर रहेको छ । विस्फोटले घरमा सामान्य क्षति भएको र पार्किङ गरी राखेको गाडीमा समेत सामान्य क्षति भएको बताइएको छ… Continue reading ललितानिवास काण्डका आरोपीको घरमा बम विस्फोट

प्रचण्डले भने : १७ हजार मारेको दोष किन मलाई मात्र ?

काठमाडौं । १० वर्ष लामो सशस्त्र द्वन्द्वमा विद्रोही माओवादीको नेतृत्व गरेका नेकपा अध्यक्ष प्रचण्डले १७ हजार मान्छे मारेर आएको भन्ने तथ्यांकलाई सच्याउन आग्रह गरेका छन् । उनले जनयुद्धका क्रममा भएका नराम्रा कामको जिम्मेवारी लिने भन्दै माओवादीका तर्फबाट मारिएका ५ हजारको मात्र आफूले जिम्मा लिने बताएका छन् । १२ हजार मानिस हिँजोका राज्य सत्ताले मारेको र… Continue reading प्रचण्डले भने : १७ हजार मारेको दोष किन मलाई मात्र ?

आधा आर्थिक वर्ष सकिदा मात्र १३.७२ प्रतिशत विकास खर्च

काठमाडौं । विकास खर्चका सन्दर्भमा यस पटक पनि सरकार असफल भएको छ । आर्थिक वर्ष २०७६\७७ को आधा समय घर्किएको छ । तर, यसबीचमा मात्र १३.७२ प्रतिशत विकास खर्च सम्भव भएको सरकारी तथ्यांकले देखाएको छ । महालेखा नियन्त्रकको कार्यालयले जारी गरेको आंकडा अनुसार यस बीचमा २५.५१ प्रतिशत बजेट खर्च भएको छ । त्यसमध्ये पूँजिगत खर्च… Continue reading आधा आर्थिक वर्ष सकिदा मात्र १३.७२ प्रतिशत विकास खर्च

चर्चित नेपाली बुलफाइट आज

काठमाडौं । पछिल्ला वर्षहरुमा गोरु जुधाइले व्यवसायिक रुप लिएको छ । सोही मौका पारेर आज नुवाकोट र रसुवामा गोरु जुधाई महोत्सव आयोजना हुँदैछ । देशविदेशका पर्यटक आकर्षित गर्ने उद्देश्यले पछिल्लो एक दशकयता नुवाकोट र रसुवामा व्यवसायिक रुपमै गोरु जुधान थालिएको हो । नुवाकोटको तारुका र नुवाकोट तथा रसुवाको सीमाना वेत्रावतीमा आज भब्य मेला लाग्छ ।… Continue reading चर्चित नेपाली बुलफाइट आज

सिंहदरबारको पुरानो संसद भवन भत्काउन निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सिंहदरबार भित्रको पुरानो संसद भवन भत्काउन नेपाल पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ। भूकम्पले भत्काएको यो भवन जीर्ण बनिसकेको छ । यो भवनलाई सरकारले राजकीय भोज आयोजना गर्न भवनका रुपमा विकास गर्ने योजना बनाएको छ । समितिले भने पुरानो भवन भत्काएर नयाँ बनाउन निर्देशन दिएको छ । समितिको मंगलबार… Continue reading सिंहदरबारको पुरानो संसद भवन भत्काउन निर्देशन

काठमाडौंमै एनसेलका टावरमा आगजनी, प्राधिकरणको आपत्ति

काठमाडौं । निजी लगानीको दूरसञ्चार कम्पनी एनसेलमा आक्रमण हुने क्रम अझै रोकिएको छैन । राजधानी काठमाडौं मै एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका, ८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको प्रहरीले जनाएको छ । आगजनीका कारण टावरमा पुगेको क्षतिले सेवा सेवा अवरुद्ध भएको कम्पनीले जानकारी… Continue reading काठमाडौंमै एनसेलका टावरमा आगजनी, प्राधिकरणको आपत्ति

टसमस गरिनन् शिवमाया, नेकपालाई सकस

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा गर्न नमानेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संकटमा फसेको छ । उपसभामुखलाई राजिनामा गर्न लगाएर सभामुखमा आफ्नो पार्टीबाट माथिल्लो तहका नेता राख्ने र उपसभामुख विपक्षि दललाई दिने रणनीतिमा शिवमाया तगारो बनेकी छिन् । उनले आफूलाई हटाएर देखाउन चूनौति दिँदै राजिनामा नगर्ने बताएकी हुन । उनको शर्त भने आफू… Continue reading टसमस गरिनन् शिवमाया, नेकपालाई सकस

पोर्चुगलमा दुई नेपाली दाजुभाईलाई समुन्द्री छालले बगायो

काठमाडौं । पोर्चुगलमा दुई नेपाली दाजुभाईलाई समुन्द्री छालले बगाएको छ । दूर्घटनामा दुबै जनाको ज्यान गएको हो । समुन्दी किनारमा माछा मार्न पुगेका धादिङका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङको मृत्यु भएको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ । पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा यो दूर्घटना भएको हो । माछा मार्न किनारमा… Continue reading पोर्चुगलमा दुई नेपाली दाजुभाईलाई समुन्द्री छालले बगायो