हेटौडा । प्रहरीले शनिबार ५३ किलो गाँजा बरामद गरेको छ । हेटौंडा-वीरगञ्ज सडकखण्डमा पर्ने रातोमाटे-चुरियामाइ जंगलमा गाँजा बरामद भएको हो । त्यसका लागि प्रहरीले हवाइ फायर नै गर्नु परेको छ । प्रहरीका अनुसार शनिबार विहान हेटौंडाबाट वीरगञ्जतर्फ गइरहेको डिए ३ सिएक्यु ४१७२ नम्बरको कारलाई रातोमाटे प्रहरी चौकीले चेकजाँच गर्न रोकेको थियो । तर, कार नरोकी… Continue reading आधा क्विन्टल गाँजा पक्रन प्रहरीले गर्यो हवाई फायर
Author: Vishwanews.com
अष्ट्रेलियामा फेरी चम्किए सन्दीप
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने विश्वप्रसिद्ध क्रिकेट लीग बीगब्यासमा उत्कृष्ट फर्ममा छन् । अस्ट्रेलियामा जारी बिगब्यास लिगमा उनको टोली मेलबर्न स्टार्सले पाँचौं जित हात पार्ने क्रममा शनिबार पनि सन्दीप चम्किएका छन् । उनको तीन विकेटको मद्दतमा मेलबर्नले रेनेगेड्सलाई सस्तैमा समेट्न सफल भयो । सन्दीपले शनिबार महत्वपूर्ण तीन विकेट लिँदा मात्र २६ रन खर्चिए… Continue reading अष्ट्रेलियामा फेरी चम्किए सन्दीप
अष्ट्रेलियामा तीन नेपालीको डुबेर ज्यान गयो
काठमाडौं । पछिल्लो दुई दिनमा अष्ट्रेलियामा तीन जना नेपालीको ज्यान गएको छ । सिड्नीको बेरोरा क्षेत्रमा क्याम्पिङमा गएका दुई नेपालीको नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । शुक्रबार साँझ पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको बताइएको छ । चितवनका विशाल सेढाइ र धादिङका रोशन छत्कुल्लीको डुबेर ज्यान गएको हो । एक जनालाई… Continue reading अष्ट्रेलियामा तीन नेपालीको डुबेर ज्यान गयो
कांग्रेसले टुंग्यायो प्रदेशसभा उमेदवार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि पार्टीका तर्फबाट उठ्ने उम्मेदवारको टुंगो लगाएको छ । पार्टी केन्द्रीय समितिले कांग्रेस पदाधिकारी बैठकलाई उमेदवार छनोटको अधिकार दिएको थियो । सोही अनुसार शनिबार १४ जना उम्मेदवारको टुंगो पार्टीले लगाएको छ । २ उम्मेदवारको नाम टुंगो लाग्न बाँकि रहेको छ । ९ माघमा हुने निर्वाचनमा… Continue reading कांग्रेसले टुंग्यायो प्रदेशसभा उमेदवार
नर्सिङ केयर गिभरमा जापानमा फेरी नेपालीलाई अवसर
काठमाडौं । जापानले नेपाली कामदारका लागि नेपालमा भाषा परीक्षा सञ्चालनको तयारी गरेको छ । पहिचो चरणमा परीक्षा गरिसकेको जापानले जनवरी र मार्चमा दुई चरणमा केयर गिभरका लागि भाषा परीक्षाको तयारी गरेको हो । जनवरीमा १ हजार र मार्चमा १ हजार ३ सय जनालाई भाषा परीक्षामा सहभागी गराउने तयारी जापानको रहेको छ । जापान फाउन्डेसनका अनुसार… Continue reading नर्सिङ केयर गिभरमा जापानमा फेरी नेपालीलाई अवसर
एलपी ग्यासमा दिइएको सरकारी अनुदान हटाइदै
काठमाडौं । आयातित एलपी ग्यासमा दिँदै आएको सरकारी अनुदान हट्ने भएको छ । यसको तयारी भइरहेको जल तथा उर्जा मन्त्री वर्षमान पुनले जानकारी दिएका छन् । उनका अनुसार भारतबाट आयात हुने खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने तयारी भइरहेको बताएका हुन् । उनका अनुसार ऊर्जा मन्त्रालयले यसै वर्षबाट ग्यासको अनुदान हटाउन प्रस्ताव गरेको… Continue reading एलपी ग्यासमा दिइएको सरकारी अनुदान हटाइदै
शनिबार पनि मौसम प्रतिकूल
काठमाडौं । पश्चिमी वायुको प्रभावले आएको मौसमको अदली बदली शनिबार समेत कायम रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार साँझबाट मात्र मौसम सफा हुने सम्भावना रहेको छ । शनिबार अधिकांश स्थानमा दिउँसो र साँझसम्म पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी भेगका केही स्थानमा वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने भएको… Continue reading शनिबार पनि मौसम प्रतिकूल
बगदादमा फेरी आक्रमण, ६ मारिए
काठमाडौं । इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सुलेमानी मारिएको भोलीपल्ट इराकको बगदादमा दोस्रो हवाई हमला भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार आक्रमणमा कम्तिमा ६ जना मारिएका छन् । इरान समर्थित शिया मिलिसियालाई लक्षित गर्दै सैन्य क्याम्प ताजी नजिकै आक्रमण भएको बताइएको छ । आक्रमणका कारण ६ वटा शव जलेको अवस्थामा फेला परेको थिए… Continue reading बगदादमा फेरी आक्रमण, ६ मारिए
चार महिनामा बने ४५ पक्की पुल
काठमाडौं । देशभर सडक निर्माणले गति लिएको छ । यसै सन्दर्भमा चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा देशभर ४५ वटा पक्की पुलको निर्माण सकिएको छ । सडक विभागको तथ्यांक अनुसार पहिलो चौमासिक अवधि भित्रै ४५ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । चालु आर्थिक वर्षमा मात्र तीन सय पक्की पुलको निर्माण पुरा गरिसक्ने योजना… Continue reading चार महिनामा बने ४५ पक्की पुल
कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइबर बिस्तार हुने
काठमाडौं । कर्णाली र सुदुर पश्चिम प्रदेशअन्तर्गत मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइवर नेटवर्क बिस्तार गरिने भएको छ । यस सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच शुक्रबार सम्झौता भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला सदरमुकाम र नगरपालिकामा अप्टिकल फाइवर नेटवर्क विस्तार गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । शुक्रबार प्राधिकरणका अध्यक्ष पुरुषत्तोम खनाल र… Continue reading कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइबर बिस्तार हुने
नेकपाले टुग्यायो राष्ट्रिय सभा उमेदवार, नारायणकाजी पनि उठ्ने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि उम्मेदवार छनोट गरेको छ । नेकपाका प्रवक्ता नारयणकाजी श्रेष्ठसहित पूर्वमाओवादीबाट ७ र पूर्वएमालेबाट ९ जना पर्ने गरी उमेदवारको टुंगो लागेको छ । नेकपाले राजपासँग तालमेल गरेको छ । दुई जना राजपाबाट उमेदवार हुनेछन् । नेकपाले भने १६ जना उम्मेदवार तोकेको हो । निर्वाचन आयोगको… Continue reading नेकपाले टुग्यायो राष्ट्रिय सभा उमेदवार, नारायणकाजी पनि उठ्ने
अर्थ मन्त्रालयका उपसचिवविरुद्ध ४ करोड ६८ लाख भ्रष्टाचार मुद्दा
काठमाडौं । अर्थमन्त्रालयका सहसचिव राजेन्द्र ढुंगानाविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । शुक्रबार ढुंगाना र उनकी श्रीमतीविरूद्ध ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा अख्तियारले मुद्दा दर्ता गरेको हो । सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि मुद्दा दर्ता गरेको अख्तियार… Continue reading अर्थ मन्त्रालयका उपसचिवविरुद्ध ४ करोड ६८ लाख भ्रष्टाचार मुद्दा
के युद्धको तयारीमा छन् अमेरिका-इरान ?
काठमाडौं । शुक्रबार बिहान इराकको राजधानी बग्दादमा अमेरिकाले ड्रोन आक्रमणमार्फत इरानका शक्तिशाली व्यक्ति मध्ये एक मेजर जनरल कसिम सुलेमानीलाई मारेको छ । उनी एलिट कर्दस फोर्स प्रमुख हुन् । इरानको रेभुलसनरी गार्डअन्तर्गत रहने यस सैन्य संगठनको बिस्तार र कार्यक्षेत्र नै इरानीको सीमा भन्दा बाहिर रहेको छ । यस फोर्सको प्रमुख भने इरानका सर्वोच्च नेता आयोतोल्लाह… Continue reading के युद्धको तयारीमा छन् अमेरिका-इरान ?
राष्ट्रियसभा चुनावमा कांग्रेस र समाजवादीले तालमेल गर्ने
काठमाडौं । नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । दुई पार्टीबीच प्रदेश २ का चार सिट बाँडफाँट गर्ने सहमति भएको छ । सहमति अनुसार कांग्रेसले महिला र अल्पसंख्यक तथा समाजवादीले दलित र अन्य पदको उमेदवारी दिने भएका छन् । सहमतिपत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र समाजवादीका अध्यक्ष उपेन्द्र… Continue reading राष्ट्रियसभा चुनावमा कांग्रेस र समाजवादीले तालमेल गर्ने
सरकारले उखु किसानसँग गर्यो सहमति, किसानले ७ माघभित्र सबै पैसा पाउने
काठमाडौं । सरकारले ७ माघ भित्र कृषकले सबै पैसा पाउने गरी समन्वय गर्ने सहमति जनाएपछि सरकार र आन्दोलनरत सर्लाहीका उखु किसान सहमति भएको छ । उद्योग मन्त्रालयमा शुक्रबार साँझ दुई पक्षबीच पाँचबुँदे सहमति भएको हो । सहमतिसँगै उखु किसानको आन्दोलन समेत स्थगित भएको छ । सर्लाहीस्थित अन्नपूर्ण चिनी मिलले कृषकको दुई वर्षदेखिको करीव ४५ करोड… Continue reading सरकारले उखु किसानसँग गर्यो सहमति, किसानले ७ माघभित्र सबै पैसा पाउने
सुडानमा सैन्य जहाज दूर्घटनामा कम्तिमा १८ मारिए
काठमाडौं । सुडानमा सेनाको एक जहाज दुर्घटनामा परेको छ । दूर्घटनामा कम्तिमा १८ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । पश्चिमी डार्फुर राज्यमा जहाज दुर्घटनामा परेको थियो । चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको र त्यसमा तीन जना न्यायाधिस समेत रहेका थिए । प्रान्तीय राजधानी एल जेनिनाको एयरपोर्टबाट उडेको पाँच मिनेटमै जहाज दुर्घटना… Continue reading सुडानमा सैन्य जहाज दूर्घटनामा कम्तिमा १८ मारिए
आज लाग्ला सभामुखको टुंगो ?
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक आज बस्दैछ । शुक्रबार बिहान डाकिएको बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन र र सभामुख पदमा पार्टीका नेताको टुंगो लगाउने विषयमा छलफल हुने बताइएको छ । बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ । बिहीबार पनि बैठक बसेको थियो, तर सहमति हुन सकेन् । सभामुख पदमा अध्यक्षद्धय प्रचण्ड र केपी… Continue reading आज लाग्ला सभामुखको टुंगो ?
आजबाट तीन दिनसम्म हिमपात र वर्षात, चिसो फेरी बढ्ने
काठमाडौं । दुई साता अघि देशभर चिसो ल्याउने गरी आएको पश्चिमी वायुको प्रभावलाई दोहोर्याउने गरी चिसो बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजबाट तीन दिनसम्म मौसम प्रभावित हुनेछ । देशभर मौसम बदली भइ केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेका विभागले जनाएको छ । काठमाडौं उपत्यकासहित देशभर आकासमा बादल लागेको छ… Continue reading आजबाट तीन दिनसम्म हिमपात र वर्षात, चिसो फेरी बढ्ने
अब काठमाडौंमा सादा पोशाकमा घुमुवा पुलिस नखट्ने
काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट सादा पोशाकमा खटिदै आएको समूह अब नखट्ने भएको छ । यसरी खटिदै आएको टोलीको ड्यूटी हटाएर अब पोशाकमै प्रहरी खटाउने निर्णय भएको छ । यस्तो निर्णय बिहीबारबाटै कार्यान्वयनमा आएको कार्यालयले जानकारी दिएको छ । मातहतका प्रहरी कार्यालयले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा आफै खटिदै आएको र महानगरीय अपराध नियन्त्रण… Continue reading अब काठमाडौंमा सादा पोशाकमा घुमुवा पुलिस नखट्ने
सांसद कनोडियालाई कांग्रेसको निर्देशन : उखु किसानको वक्यौता तिर
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका प्रदेश, ५ संसदीय दलका उपनेता वीरेन्द्र कनोडियालाई उखु किसानको वक्यौता तिर्न निर्देशन दिएको छ। बिहीबार केन्द्रीय कार्यसमिति बैठकले कनोडियालाई उखु किसानको भुक्तानी तत्काल गर्न निर्दशन दिएको हो । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कनोडिया सञ्चालक रहेको मिलले समेत उखु किसानको भुक्तानी नदिएको समाचारबारे पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरे । उनले वक्तौता… Continue reading सांसद कनोडियालाई कांग्रेसको निर्देशन : उखु किसानको वक्यौता तिर
मेटिने भए ट्रक साहित्य
काठमाडौं । अब सार्वजनिक तथा निजी कुनै पनि सवारी साधनमा फिल्मी डाइलग, कविता, मुक्तक, हाइकु तथा चुटकिला पढ्न नपाइने भएको छ । यातायात व्यवस्था विभागका अनुसार अब सबै सार्वजनिक यातायातले यसरी लेखिएका साहित्य हटाउनु पर्ने भएको छ । लामो तथा छोटो, कुनै पनि दूरीका यातायातका साधनले साहित्य राख्न पाउने छैनन् । रमाइला, रोचक तथा प्रेमिल… Continue reading मेटिने भए ट्रक साहित्य
मोवाइल र इन्टरनेट बैंकिङको सीमा बढ्यो, उपभोक्ता लाभान्वित हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल वालेट, मोवाइल बैंकिङ तथा इन्टरनेट बैंकिङका माध्यमबाट हुने कारोकारको सीमा बढाएको छ । यसले उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने भएका छन् । राष्ट्र बैंकले बिहीबार भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशिका जारी गरेको छ । जसअनुसार बैंक खाताबाट मोवाइल वालेटमा स्थानान्तरण हुने रकम प्रतिकारोबार ५ हजारबाट २५ हजार पुगेको छ ।… Continue reading मोवाइल र इन्टरनेट बैंकिङको सीमा बढ्यो, उपभोक्ता लाभान्वित हुने
इजिप्टका चार नागरिकलाई नेपालद्वारा देश निकाला
काठमाडौं । नेपालले गैरकानूनी रुपमा नेपालमा बसेका ४ जना इजिप्टका नागरिकलाई देशनिकाला गर्ने निर्णय गरेको छ । भिसा अवधी सकिएपछि पनि लामो समयसम्म नेपालमा बसिरहेका ४ जना इजिप्टका नागरिकलाई निष्कासन गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । उनका अनुसार सरकारले भिसा दस्तुर, विलम्ब शुल्क र जरिवाना… Continue reading इजिप्टका चार नागरिकलाई नेपालद्वारा देश निकाला
उखु किसानको पैसा तिर्न मिल मालिकलाई अल्टिमेटम
काठमाडौं । सरकारले उखु किसानको वक्यौता तिर्न चिनि मिलका मालिकहरुलाई अल्टिमेटम दिएको छ । किसानको पैसा तिर्न बाँकी चिनी मिल सञ्चालकले माघ पहिलो सातासम्म सबै पैसा तिरिसक्नु पर्ने गरी सरकारले अल्टिमेटम तोकिदिएको हो । आफ्नो पैसा माग गर्दै काठमाडौं आएका उखु किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टबीच भएको वार्तामा सरकारले उक्त निर्देशन… Continue reading उखु किसानको पैसा तिर्न मिल मालिकलाई अल्टिमेटम
कास्मिरमा मारिए गोर्खा सैनिक
काठमाडौं । काश्मिरको लाइन अफ कन्ट्रोल (एलओसी)मा भारत र पाकिस्तानी सेनाबीचको गोली हानाहानमा एक गोर्खा सैनिकको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार मृत्यु हुनेमा गोरखास्थित रीप गाउँका अर्जुन थापामागर रहेका छन् । २५ वर्षिय नेपाली गोर्खा सैनिकको ज्यान गएको हो । आक्रमणमा दुई भारतीय सैनिक मारिएका थिए । भिडन्त बुधबार राति जम्मु र कास्मिरको… Continue reading कास्मिरमा मारिए गोर्खा सैनिक
सर्वोच्च अदालतले माग्यो सुगौली सन्धीयताका नक्सा, के आउला फैसला ?
काठमाडौं । सर्वोच्च अदालतले सीमा विवादका सम्बन्धमा सन् १८१६ को सुगौली सन्धी यताका नेपालका आधिकारिक नक्सा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । सन्धीको अनुसूचीसहितको प्रतिलिपि तथा नेपालको आधिकारिक नक्सा १५ दिन पेश गर्न सरकारका नाममा आदेश आएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले सुगौली सन्धिदेखि कै दस्तावेज संकलन गर्न समत सरकारलाई आदेश दिएको… Continue reading सर्वोच्च अदालतले माग्यो सुगौली सन्धीयताका नक्सा, के आउला फैसला ?
नेपाल भ्रमण वर्षको भब्य उद्घाटन, पर्यटकलाई नेपाल भम्रणमा आउन आह्वान
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को भब्य उद्घाटन भएको छ । काठमाडौंको दशरथ रंगशालामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीबाट ज्योती बाल्दै भ्रमण वर्षको प्रारम्भ गरिएको हो । राष्ट्रपति भण्डारीले सुन्दर देश नेपाल भमणमा आउन संसारभरका पर्यटकसँग आह्वान गरेकी छिन् । उनले सगरमाथा र बुद्धको देश नेपालमा पर्यटकलाई स्वागत गरेकी हुन् । विगतमा पर्यटक आउन… Continue reading नेपाल भ्रमण वर्षको भब्य उद्घाटन, पर्यटकलाई नेपाल भम्रणमा आउन आह्वान
आजबाट मलेसियामा बढ्यो कामदारको न्यूनतम पारिश्रमिक
काठमाडौं । मलेसियामा कामदारको न्यूनतम पारिश्रमिक आजबाट बढेको छ । यसबाट मलेसियामा रहेका करीव १ लाख ६० हजार नेपालीसहित ४० लाख विदेशी कामदारसमेत प्रत्यक्ष लाभान्वित हुने भएका छन् । मलेसिया नेपाली कामदारका लागि आकर्षक गन्तब्य मध्ये एक हो । यहाँ स्वदेशी र विदेशी सबै श्रमिकको न्यूनतम पारिश्रमिक बढाइएको हो । मलेसिया सरकारले १ जनवरी १… Continue reading आजबाट मलेसियामा बढ्यो कामदारको न्यूनतम पारिश्रमिक
आज विश्वभर नयाँ वर्षको उल्लास
काठमाडौं । इस्वी संवतअन्तगर्त नयाँ वर्ष सन् २०२० आजबाट शुरु भएको छ । नेपालीसहित विश्वभर शुभकामना आदान प्रदान, घुमघाम र मिठो खानपान गरी यो पर्व मनाउने प्रचलन रहेको छ । इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को मृत्युपछि उनका अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । सन् २०१९ लाई बिदाई गरी २०२० को स्वागतमा… Continue reading आज विश्वभर नयाँ वर्षको उल्लास
आज नेपाल भ्रमण वर्षको उद्घाटन, २० लाख पर्यटक ल्याउने लक्ष्य
काठमाडौं । आज नेपाल भ्रमण वर्षको उद्घाटन हुँदैछ । राष्ट्रपति विद्यादेवि भण्डारीबाट भ्रमण वर्षको उद्घाटन हुने कार्यक्रम राखिएको छ । दिउँसो तीनबजेबाट भ्रमण वर्ष उद्घाटन विशेष कार्यक्रम प्रारम्भ हुँदैछ । सरकारले वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित पर्यटन वर्ष मनाउन लागेको हो । यस अवसरमा विभिन्न ४ मुलुकबाट पर्यटन मन्त्री आएका छन् । नीहरुले सम्बोधन… Continue reading आज नेपाल भ्रमण वर्षको उद्घाटन, २० लाख पर्यटक ल्याउने लक्ष्य