लोमान्थाङमा ‘तिजी’ पर्व सुरु

रासस११ जेठ, मुस्ताङ । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका लोमान्थाङमा शनिबारदेखि सदियौं वर्षदेखि चल्दै आइरहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजी औपचारिक रूपमा सुरु भएको छ । उपल्लो मुस्ताङमा तिजी पर्वलाई सबैभन्दा महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ । उपल्लो मुस्ताङको लोछोदिन समुदायका गुरुङ र विष्ट समुदायका… Continue reading लोमान्थाङमा ‘तिजी’ पर्व सुरु

चीनमा नेपाली संस्कृति प्रदर्शन

११ जेठ, गुइलिन । नेपाल–चीनबीच पर्यटन, कला तथा सांस्कृतिक प्रवर्द्धनका लागि यहाँ साङ्गीतिक तथा ‘अवार्ड’ कार्यक्रम आयोजना गरिएको छ । एसएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टको आयोजना तथा चङ्दोंसीगुइलिन फुक्सी एस्ट्रेट म्यानेजमेन्ट र गुइलिन एलाइट एजुकेशन कन्सल्टिङको सहआयोजनामा सम्पन्न तेस्रो एसएमएस नेपाल–चीन सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धन सम्मान तथा पुरस्कार, २०८१ गएराति सम्पन्न भएको हो । कार्यक्रममा… Continue reading चीनमा नेपाली संस्कृति प्रदर्शन

मादी नदीमा जिप खस्यो, तीन जनाको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट शनिबार राति खसेको जीप । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । तस्बिरः कृष्ण न्यौपाने/रासस

११ जेठ, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको मृत्यु भएको छ । तीन जनाको सनाखत समेत भएको छ । मृत्यु हुनेमा व्यास –५ पाटन बस्ने अन्दाजी ३५ वर्षीय प्रविन थापा मगर, सोही ठाउँ बस्ने २२ वर्षीय कुमार थापा र २०–२२ वर्षीय कुशल थापा रहेको… Continue reading मादी नदीमा जिप खस्यो, तीन जनाको मृत्यु

जापान भ्रमण पुरा गरी परराष्ट्रमन्त्री स्वदेश फिर्ता

११ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफूले हालै सम्पन्न गरेको पाँचदिने जापान भ्रमण उपलब्धिमूलक रहेको बताएकी छिन् । जापान भ्रमण पूरा गरी गएराति स्वदेश फर्किएपछि उनले आफ्नो भ्रमणका क्रममा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्वपूर्ण भेटवार्ता भएका तथा नेपाल– जापान सहयोग एवं विभिन्न परियोजनाका बारेमा कुराकानी भएको जानकारी दिइन् । भेटवार्ताहरु मुलुकका लागि उपलब्धिमूलक… Continue reading जापान भ्रमण पुरा गरी परराष्ट्रमन्त्री स्वदेश फिर्ता

गाजामा राहत सामग्री लुटिँदा मानवीय संकट गहिरिँदै

(250524) -- BRUQIN, May 24, 2025 (Xinhua) -- This photo taken on May 23, 2025 shows tents set up by Israeli settlers near the West Bank village of Bruqin. About 40 Israeli settlers rioted in the village of Burqin in the West Bank, burning houses and cars, Israel's state-owned Kan TV News reported on Friday. (Photo by Ayman Nobani/Xinhua)

एजेन्सी११ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा भइरहेको युद्ध अहिले सबैभन्दा पीडादायी र क्रूर अवस्थामा पुगेको बताएका छन् । इजरायलले केही समयदेखि गरेको कडा घेराबन्दी केही सहज बनाएपछि राहत सामग्री गाजामा प्रवेश गर्न थालेको थियो। तर राहत लादिएका १५ भन्दा बढी ट्रकहरू बाटोमै लुटिए, जसले अवस्था अझ भयावह बनाएको छ। गाजा क्षेत्र… Continue reading गाजामा राहत सामग्री लुटिँदा मानवीय संकट गहिरिँदै

ट्रम्पद्वारा आयातमा भारी करको घोषणा, एप्पल पनि निशानामा

Class President Katherine LaReau, right, presents the class gift to President Donald Trump at the United States Military Academy commencement ceremonies in West Point, N.Y., Saturday, May 24, 2025. (AP Photo/Manuel Balce Ceneta)

एजेन्सी११ जेठ, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली सङ्घबाट आयात हुने सम्पूर्ण वस्तुमा ५० प्रतिशत कर लगाउने र यदि एप्पल कम्पनीले आफ्ना फोनहरू अमेरिकाभित्र उत्पादन नगरेमा ती सामानमा २५ प्रतिशत कर लगाइने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा उल्लेख गर्दै भनेका छन्, “हाम्रो वार्ता युरोपेली सङ्घसँग अघि बढिरहेको छैन । त्यसैले, म… Continue reading ट्रम्पद्वारा आयातमा भारी करको घोषणा, एप्पल पनि निशानामा

युक्रेनसँगको शान्ति सम्झौताको मस्यौदा तयार गर्दै रूस

एजेन्सी११ जेठ, काठमाडौं । रूसी विदेशमन्त्री सेर्गेई लावरोभले मस्कोले युक्रेनसँग दीर्घकालीन शान्ति सम्झौताका लागि आवश्यक सर्तहरूको समावेश भएको दस्तावेजको मस्यौदा तयार गरिरहेको जानकारी दिएका छन् । उनका अनुसार यो मस्यौदा कैदीहरूको आदान–प्रदान प्रक्रिया सम्पन्न भएपछि प्रस्तुत गरिनेछ ।रूसी विदेश मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा विदेशमन्त्री लावरोभले रूस किभसँग तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धको शान्तिपूर्ण समाधानमा… Continue reading युक्रेनसँगको शान्ति सम्झौताको मस्यौदा तयार गर्दै रूस

सियरा लियोनमा तीन हजारभन्दा बढी व्यक्तिमा एमपक्स सङ्क्रमण, १४ को मृत्यु

एजेन्सी१० जेठ, काठमाडौं । सियरा लियोनमा सन् २०२५ को सुरुदेखि अहिलेसम्म दर्ता भएका एमपोक्सका बिरामीको सङ्ख्या तीन हजार ११ पुगेको छ भने १४ जनाको मृत्यु भएको नयाँ सरकारी तथ्याङ्कले देखाएको छ । स्वास्थ्य मन्त्रालयले स्थानीय समयअनुसार शुक्रबार राति सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार पश्चिम अफ्रिकी मुलुक सियरालियोनका सबै क्षेत्रमा अहिले संक्रमण पुष्टि भएको छ । नयाँ… Continue reading सियरा लियोनमा तीन हजारभन्दा बढी व्यक्तिमा एमपक्स सङ्क्रमण, १४ को मृत्यु

सप्तरीमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

१० जेठ, राजविराज । हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेखपुरमा आज इँटा बोकेको ट्र्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्युभएको छ भने एकजना घाइते भएका छन् । मोटरसाइकलमा सवार तीनजनामध्ये दुई जनाको ज्यान गएको हो । दुवै जनालाई उपचारका लागि लगेकामा एक जनाको बाटोमै र अर्काको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको… Continue reading सप्तरीमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

युएईमा तापक्रमको रेकर्ड पुनः ब्रेक, पुग्यो ५१.६ डिग्री

१० जेठ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) को तापक्रम लगातार दोस्रो दिन शनिबार ५१.६ डिग्री सेल्सियस पुगेको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ । “आज युएईको स्थानीय समयअनुसार १३ः४५ बजे स्वेइहान (अल ऐ)० मा ५१।६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ,” केन्द्रले शनिबार जारी विज्ञप्तिमा उल्लेख छ । अबुधाबी क्षेत्रमा शुक्रबार रेकर्ड गरिएको तापक्रमभन्दा… Continue reading युएईमा तापक्रमको रेकर्ड पुनः ब्रेक, पुग्यो ५१.६ डिग्री

अमेरिकाको सान डिएगोमा विमान दुर्घटना, पाइलटसहित ६ जनाको मृत्यु

Photo Source : ABC NEWS

एजेन्सी१० जेठ, काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो नगरमा बिहान बाक्लो कुहिरोबीच एक सानो निजी विमान आवासीय क्षेत्रमा खस्दा पाइलटसहित विमानमा सवार सबै ६ जनाको मृत्यु भएको छ । अमेरिकी राष्ट्रिय यातायात सुरक्षा निकायका अनुसार ‘सेसना ५५० सिटेसन’ नामक सो विमान बिहीबार बिहान ३ः४७ बजे विद्युतको तारमा ठोक्किएर सिधै आवासीय क्षेत्रमा खसेको थियो ।… Continue reading अमेरिकाको सान डिएगोमा विमान दुर्घटना, पाइलटसहित ६ जनाको मृत्यु

केन्याको राजधानी नैरोबीमा आगलागी, आठको मृत्यु

एजेन्सी१० जेठ, काठमाडौं । केन्याको राजधानी नैरोबीको एक अनौपचारिक बस्तीमा शनिबार आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।स्थानीय समयअनुसार बिहान ५ बजेतिर शहरको माकिना क्षेत्रमा आगलागी सुरु भएको प्रहरी अधिकारी पेट्रिसिया येगोनले जानकारी दिए । उनले भने, “आगलागीमा आठ जनाको जलेर मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । घाइतेहरूलाई… Continue reading केन्याको राजधानी नैरोबीमा आगलागी, आठको मृत्यु

अध्यागमन काण्डमा गृह मन्त्रालयले गर्यो यस्तो खण्डन

१० जेठ, काठमाडौं । गृह मन्त्रालयले गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने दावि गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका घटनासँग जोडिएर आएको विषयबारे स्पष्ट पार्दै मन्त्रालयले कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएको भन्दै दुःख व्यक्त गरेको छ । विमानस्थल अध्यागमन कार्यालयको कामकारबाहीका सम्बन्धमा अख्तियार… Continue reading अध्यागमन काण्डमा गृह मन्त्रालयले गर्यो यस्तो खण्डन

डोल्पामा यार्सा सङ्कलन गर्ने समूहबीच झडप

File Photo

१० जेठ, काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका(१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच आज दिउँसो झडप भएको छ । पूर्वी रुकुमको मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठूलीभेरी नगरपालिकाका स्थानीयबीच यार्सागुम्बा सङ्कलनमा सीमा इलाकाको विषयमा विवाद भई छ(सात सय जनाको सङ्ख्यामा रहेकाबीच झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी… Continue reading डोल्पामा यार्सा सङ्कलन गर्ने समूहबीच झडप

अनियमितता गरेको प्रमाणित भए राजनीतिबाट सन्यास लिन्छु : गृहमन्त्री

१० जेठ काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफुमाथि उठेको प्रश्नको स्पष्टीकरण दिएका छन् । उनले आज एक भिडियो सन्देश जारी गर्दै आफुले आर्थिक अनियमितता गरेको प्रमाणित भए मन्त्री पदमात्र नभएर राजनीतिबाटै राजिनामा दिने बताएका छन् । उनीमाथि अध्यागमन विभागको सेटिङमा भिजिट भिसामा विदेश मान्छे पठाउँदा कमिसन लिएको र त्यो कार्यमा मन्त्रीको सचिवालयका मानिस समेत जोडिएको… Continue reading अनियमितता गरेको प्रमाणित भए राजनीतिबाट सन्यास लिन्छु : गृहमन्त्री

नेपाली समाजको कालो यथार्थ : छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको मृत्यु

रासस१० जेठ, काठमाडौं । जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय ऐन, २०६८’ जारी भएको आज १४ वर्ष पूरा भएको छ । तर ऐन कार्यान्वयन पछि पनि जातीय भेदभाव तथा छुवाछूतका घटनामा कमी आउन सकेको छैन । यस अवधिमा पानी, चुल्हो छोएको र अन्तजातीय विवाह गरेको निहुँमा १७ जना दलित समुदायका व्यक्तिको हत्या भएको छ… Continue reading नेपाली समाजको कालो यथार्थ : छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको मृत्यु

गाउँ र सहर जोड्न ‘गाउँ पर्यटन मार्ट’

रासस१० जेठ, पोखरा । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना एवं गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको सहआयोजनामा शुक्रबारदेखि पोखरामा गाउँ पर्यटन मार्ट सुरु भएको छ । गण्डकी प्रदेशभित्र होमस्टे सञ्चालन गरिरहेका २७ होमस्टेसँगै कोशी प्रदेश र बन्दीपुरबाट पर्यटन सम्बद्ध प्रतिनिधि मार्टमा सहभागी छन् । मार्टमा सहभागी होमस्टेका तर्फबाट आआफ्ना होमस्टेमा दिइने सेवा,… Continue reading गाउँ र सहर जोड्न ‘गाउँ पर्यटन मार्ट’

अठारौँ गणतन्त्र दिवसमा राससमा हिमालका तस्बिर

१० जेठ, काठमाडौं । गणतन्त्र दिवस–२०८२ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले ‘पर्वतीय पर्यटनः हाम्रो पहिचान’ विषयमा केन्द्रित रहेर आइतबारदेखि तस्बिर प्रदर्शनी आयोजना गर्दैछ । भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा हुने प्रदर्शनीमा हिन्दूकुश हिमशृङ्खलका हिमाल, हिमाली र पहाडी जनजीवन तथा देशका प्रमुख पर्यटकीयस्थलका १०० वटा तस्बिर समेटिएका छन् । प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी… Continue reading अठारौँ गणतन्त्र दिवसमा राससमा हिमालका तस्बिर

नेपालमा दश महिनामा आठ हजार बढी विपद्का घटना

१० जेठ, काठमाडौं । पछिल्लो १० महिनामा औसतमा दैनिक २७ वटा विपद्का घटना घटेका छन् । ती घटनामा मृत्यु भएका ५८९ जनाको शव व्यवस्थापन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए । उनका अनुसार गत मनसुनमा धेरै विपद्जन्य घटना घटेको र मानवीय क्षतिसमेत भएको थियो । प्रवक्ता थापाले १० महिनामा… Continue reading नेपालमा दश महिनामा आठ हजार बढी विपद्का घटना

पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

हरि जिज्ञासु/रासस १० जेठ, सोलुखुम्बु । सोलुखुम्बुका स्थानीय दावा शेर्पाको ४६ वर्ष सगरमाथा क्षेत्रमा आवतजावत गर्दागर्दै बित्यो । कलिलो उमेरमै हिमालमा भारी बोक्न सुरू गरेका उनी ६१ वर्षका भए । पर्वतारोहण पथप्रदर्शकका रूपमा आठ पटक सगरमाथा आरोहण गरिसकेका दावामा हिमालप्रतिको मोह भने अझै उस्तै छ ।भरियाबाट पर्यटन क्षेत्रमा प्रवेश गरेका उनलाई सगरमाथा क्षेत्रका गाउँहरू र… Continue reading पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

१० जेठ काठमाडौं । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली नागरिकलाई नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी स्वदेश फर्काएको छ । शुक्रबार स्वदेश फर्कनेमा एक महिला र एक पुरुष छन् । सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया लाओस, म्यानमार… Continue reading कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

rss

१० जेठ, भक्तपुर । भक्तपुरमा सुरू भएको कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ (२००० मुनि) बुद्धिचाल प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरूमध्ये आठ वर्षका बालकदेखि ६८ वर्षका नागरिक प्रतिस्पर्धामा उत्रिएका छन् । भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा सुरू भएको प्रतियोगिता भारत, इङ्ग्ल्याण्डसमेत र नेपालको २५ जिल्लाबाट पाँच महिलासहित १२७ जनाको सहभागिता रहेको छ । प्रतियोगितामा… Continue reading बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

वर्षापछि कान्ति लोकपथ अवरुद्ध

File

१० जेठ, बागमती । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक गए रातिदेखि अबरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि गए रातिदेखि कान्तिलोकपथ सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । सडक अवरुद्ध… Continue reading वर्षापछि कान्ति लोकपथ अवरुद्ध

आजको मौसम : देशभर चट्याङसहित वर्षाको सम्भावना

१० जेठ, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।… Continue reading आजको मौसम : देशभर चट्याङसहित वर्षाको सम्भावना

बेलायती प्रसिद्ध पत्रिका द टेलिग्राफ अमेरिकी स्वामित्वमा लाने सहमति

GettyImages

एजेन्सी१० जेठ, काठमाडौं । अमेरिकी लगानी समूह ‘रेडबर्ड क्यापिटल पार्टनर्स’ले प्रसिद्ध बेलायती पत्रिका ‘द टेलिग्राफ’लाई ५० करोड पाउन्ड (करिब ६७ करोड अमेरिकी डलर) मा खरिद गर्ने सम्झौतामा सहमति जनाएको छ । रेडबर्डले ‘द टेलिग्राफ मिडिया ग्रुप ९टिएमजी०’ सँग १७० वर्ष पुरानो अखबारको प्रिन्ट र अनलाइन सेवा खरिद गर्न सैद्धान्तिक सहमति गरेको हो । अघिल्लो कन्जरभेटिभ… Continue reading बेलायती प्रसिद्ध पत्रिका द टेलिग्राफ अमेरिकी स्वामित्वमा लाने सहमति

यूएईमा अत्यधिक गर्मी : मे महिनामा ५०.४ डिग्रीको नयाँ कीर्तिमान

एजेन्सी१० जेठ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले शुक्रबार देशमा अहिलेसम्मकै मे महिनामा सबैभन्दा उच्च तापक्रम ५० दशमलव ४ डिग्री सेल्सियस मापन गरेको छ । यो तापक्रम सन् २००३ देखि रेकर्ड राख्न थालिएयता सबैभन्दा बढी हो भनी राष्ट्रिय मौसम केन्द्र (एनसीएम) ले जनाएको छ । आज देशको सबैभन्दा उच्च तापक्रम अबुधाबीको अल शावामेखमा अपराह्न… Continue reading यूएईमा अत्यधिक गर्मी : मे महिनामा ५०.४ डिग्रीको नयाँ कीर्तिमान

अमेरिकी सरकारद्वारा विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्डको अधिकार खारेज

एजेन्सी१० जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बिहीबार हार्वर्डको विदेशी नागरिकहरू (विद्यार्थी सङ्ख्याको एक चौथाइभन्दा बढी) भर्ना गर्ने अधिकार रद्द गरेको छ । यसले प्रतिष्ठित विश्वविद्यालयविरुद्ध राष्ट्रपतिको लडाइँलाई अझ तीव्र बनाएको छ । म्यासाचुसेट्सको क्याम्ब्रिजमा रहेको यस विश्वविद्यालयले तुरुन्त यो कदमलाई ‘गैरकानूनी’ भन्दै आलोचना गरेको छ र यसले क्याम्पस र समग्र देश दुवैलाई… Continue reading अमेरिकी सरकारद्वारा विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्डको अधिकार खारेज

इजिप्टमा सवारी दुर्घटना, सात जनाको मृत्यु, सात घाइते

एजेन्सी९ जेठ, काठमाडौं । इजिप्टको राजधानी कायरोको दक्षिणतर्फ पर्ने मिन्या प्रान्तको मरुभूमि सडकमा शुक्रबार यात्रुबाहक सानो बस पल्टिँदा कम्तीमा सात जनाको ज्यान गएको छ भने अन्य सात जना गम्भीर घाइते भएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार, चालकले अत्यधिक गतिमा सवारी चलाउँदा नियन्त्रण गुमाई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घाइतेहरूलाई मिन्या सार्वजनिक… Continue reading इजिप्टमा सवारी दुर्घटना, सात जनाको मृत्यु, सात घाइते

रूस–युक्रेन युद्धबन्दी सटासटबारे राष्ट्रपति ट्रम्पको घोषणा, तीन वर्षयताकै सबैभन्दा ठूलो”

(AP Photo/Alex Brandon)

एजेन्सी९ जेठ, काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेन र रूसबीच युद्धबन्दीहरूको एक महत्वपूर्ण सटासट सम्पन्न हुने जानकारी दिएका छन् । यो सटासट तीन वर्षदेखि जारी द्वन्द्वकालीन अवधिमा सबैभन्दा ठूलो हुने बताइएको छ । गत साता इस्तानबुलमा सम्पन्न वार्तामा युक्रेन र रूसले एक अर्काका एक–एक हजार युद्धबन्दीहरू साटासाट गर्ने सहमति जनाएका थिए… Continue reading रूस–युक्रेन युद्धबन्दी सटासटबारे राष्ट्रपति ट्रम्पको घोषणा, तीन वर्षयताकै सबैभन्दा ठूलो”

कानुनविपरीत वैदेशिक रोजगारमा पठाउनेलाई कारबाही गरिने

९ जेठ, काठमाडौं । वैदेशिक रोजगार विभागले कुनै पनि व्यक्ति वा संस्थाले गैरकानुनी तवरले वैदेशिक रोजगारीमा पठाउने र पठाउन सहजीकरण गर्ने कार्य नगर्न सूसुचित गरेको छ । विभागले आज सूचना जारी गर्दै कानुनविपरीत कुनै व्यक्ति वा संस्थाले वैदेशिक रोजगारमा पठाउन वा पठाउनका लागि प्रक्रिया अघि बढाउनेलाई कारबाही गर्ने चेतावनी दिएको हो । विभागले उजुरीका आधारमा… Continue reading कानुनविपरीत वैदेशिक रोजगारमा पठाउनेलाई कारबाही गरिने