आज नेपाली सेना दिवस, टुडिखेलमा विशेष कार्यक्रम

File Photo

काठमाडौं । आज नेपाली सेनाले सेना दिवस मनाउँदैछ । यस अवसरमा काठमाडौंको टुडिखेलमा विशेष कार्यक्रम आयोजना हुँदैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्ति सहभागी हुने भएका छन् । नेपाली सेनाको परमाधिपति राष्ट्राध्यक्ष हुने प्रचलन रहेको छ । कार्यक्रममा राष्ट्रपतिबाट नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही वार्षिक–२०७७ लोकार्पण गर्ने… Continue reading आज नेपाली सेना दिवस, टुडिखेलमा विशेष कार्यक्रम

आज महाशिवरात्रि, भगवान शिवको आरधना गर्दै मनाईंदै

काठमाडौं । आज हिन्दुधर्मावलम्बीको महान पर्व महाशिवरात्रि देश तथा विदेशमा मनाईंदैछ । आराध्यदेव भगवान् शिवको पूजा–आराधनाका साथ यो पर्व मनाउने गरिन्छ । आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ । भगवान शिवको मूख्य मन्दिर काठमाडौंको पशुपतिनाथसहितका देशभरका शिवालयमा भक्तजनको घुईचो लाग्छ । पशुपतिनाथ मन्दिरमा मात्र १० लाख भन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ ।… Continue reading आज महाशिवरात्रि, भगवान शिवको आरधना गर्दै मनाईंदै

राष्ट्रपति बाइडेनले एकै पटक तीन मुलुकका प्रधानमन्त्रीसँग सामुहिक वार्ता गर्दै

Photo : 24newsHD

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले एकै पटक अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग सामुहिक वार्ता गर्ने भएका छन् । अमेरिकी संचारमाध्यमहरुका अनुसार यो कदमलाई चीनको बढ्दो प्रभाव न्यूनिकरणको पाइलाका रुपमा हेरिएको छ । राष्ट्रपतिबाट पहिलो पटक यस प्रकारको पहल हुन लागेको संचारमाध्यमले लेखेका छन् । वार्ता भर्चुअल विधिबाट शुक्रबार हुनेछ । निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको… Continue reading राष्ट्रपति बाइडेनले एकै पटक तीन मुलुकका प्रधानमन्त्रीसँग सामुहिक वार्ता गर्दै

कर्णाली नदीमा हाम फालेकी आमासहित चार जनाको अन्त्येष्टी, एक छोरी अझै बेपत्ता

तस्बिर सौजन्य: गोरखापत्र

दैलेख । घरेलु हिंसाको शिकार बनेकी दैलेखकी एक महिलाले आइतबार राती आफ्ना चार सन्तानसहित यो संसारलाई त्याग्ने अकल्पनीय निर्णय लिइन् । आइतबार भएको यो घटनामा चार जनाको शव भेटिएको छ भने एक जना अझै वेपत्ता छिन् । कर्णालीमा हाम फालेका एकै परिवारका पाँच जनामध्ये शव फेला परेका चार जनाको दाहसंस्कार गरिएको छ । आठबिस नगरपालिका–३… Continue reading कर्णाली नदीमा हाम फालेकी आमासहित चार जनाको अन्त्येष्टी, एक छोरी अझै बेपत्ता

सुनको आपूर्ति कोटा बढाउने अर्थमन्त्रीको आश्वासन

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सुनको आपूर्ति कोटा बढाउने आश्वासन दिएका छन् । यस विषयमा सरकार सकारात्मक रहेको उनको भनाई छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरुसँग बुधबार सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले सुनको आपूर्ति बढाउन सरकार सकारात्मक रहेको आश्वासन दिएका हुन् । बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भइरहेको भन्दै उनले केही दिनभित्रै यस… Continue reading सुनको आपूर्ति कोटा बढाउने अर्थमन्त्रीको आश्वासन

नेपालमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं । नेपालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ९७३ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

‘ओलीसँग सहकार्य हुँदैन माओवादी र कांग्रेससँग छलफलका लागि खुल्ला छौं’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले असंवैधानिक कदम उठाउने र अलोकतान्त्रीक कार्य गर्ने प्रतिगामी शक्तिलाई बहिर्गमन गराउने पार्टीको रणनीति भएको बताएका छन् । बुधबार संघीय संसद भवनमा सञ्‍चारकर्मीसंग कुरा गर्दै असंवैधानिक कदम र प्रतिगमन कदम चाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने पार्टीको मूल ध्येय हुने यादवले बताए । हाम्रो मुख्य ध्ययअ… Continue reading ‘ओलीसँग सहकार्य हुँदैन माओवादी र कांग्रेससँग छलफलका लागि खुल्ला छौं’

प्रतिनिधि सभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठक शोक प्रस्ताव पारित गरि स्थगित भएको हो । बैठकमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित भएको थियो ।

महाशिवरात्रीमा पशुपतिनाथ दर्शन गर्न कसरी बस्ने लाइन ?

काठमाडौं । यस वर्षको महाशिवरात्री पर्व बिहीबार मनाइदैछ । यस दिन काठमाडौंको पशुपतिनाथ मन्दिरमा भब्य मेला लाग्छ । लाखौं भक्तजन महादेवको दर्शनका लागि पशुपति मन्दिर पुग्ने गर्छन । यसको तयारी पुरा भइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार यस वर्ष महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसर प्रवेश गर्न… Continue reading महाशिवरात्रीमा पशुपतिनाथ दर्शन गर्न कसरी बस्ने लाइन ?

रोनाल्डोको टीम युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरियो

AFP

काठमाडौं । क्रिष्टियानो रोनाल्डो आवद्ध रहेको टीम इटालियन च्याम्पियन युभेन्ट्स जारी यूईएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ । क्वार्टरफाइनलका लागि भएको दोस्रो लेगमा घरेलु मैदानमा पोर्टोलाई हराएपछि अवे गोलको आधारमा युभेन्ट्स बाहिरिएको हो । गएराति अतिरिक्त समयमा लम्बिएको खेल ३–२ मा सकियो । पहिलो लेग पोर्टोले २–१ ले आफ्नो पक्षमा पारेको फाइदा दोस्रो लेगमा उठायो ।… Continue reading रोनाल्डोको टीम युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरियो

ह्यारी र मेघनको अन्तर्वार्ताबारे बेलायती महारानीको प्रतिक्रिया सार्वजनिक, दुःख व्यक्त

लण्डन । राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले बेलायती राजपदवी त्याग गरी अलग भएका छन् । उनीहरु राजदरबार छोडेर पहिला क्यानडा पुगे, त्यसपछि एक धनाढ्यको सहायतामा अमेरिका पुगेर त्यही बसोबास गरिरहेका छन् । बेलायतकी महारानी एलिजावेथका नाती राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले यसै साता अमेरिकामा एक दिएको एक अन्तर्वाता बहुचर्चित बन्यो ।… Continue reading ह्यारी र मेघनको अन्तर्वार्ताबारे बेलायती महारानीको प्रतिक्रिया सार्वजनिक, दुःख व्यक्त

आज बस्दै प्रतिनिधिसभा बैठक, के छन् एजेण्डा

काठमाडौं । आज प्रतिनिभिसभा बैठक बस्दैछ । यसअघि २३ फागुनमा बसेको बैठक कांग्रेस तथा जनता समाजवादी पार्टीको अवरोधपछि स्थगित भएको थियो । आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । फागुन २३ गतेको बैठकमा सरकारले विभिन्न अध्यादेश पेश गर्न खोजेको थियो । सोहीकारण प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपाले विरोध… Continue reading आज बस्दै प्रतिनिधिसभा बैठक, के छन् एजेण्डा

सँगै लागुऔषध खाने साथीको चक्कु प्रहार गरी हत्या

निजगढ । बाराको निजगढमा १८ वर्षीय युवक रोहित शर्माको हत्यामा उनका आफ्नै मिल्ने साथीको संलग्नता देखिएको छ । साथी साथी भएपनि एकले अर्कोलाई मार्ने धम्की दिएका कारण आफ्नै साथीको हातबाट उनको हत्या भएको देखिएको हो । प्रहरीले मंगलबार शर्माको हत्या गरेको आरोपमा रौतहट चन्द्रपुर ४ का २९ वर्षीय अरूणकुमार साहलाई पक्राउ गरी सार्वजनिक गरेको छ… Continue reading सँगै लागुऔषध खाने साथीको चक्कु प्रहार गरी हत्या

१३ जेठबाट शुरु हुने भयो एसईई परीक्षा

काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी १३ जेठबाट शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । परीक्षा जेठ २४ गते सकिने भएको छ । मंगलबार परीक्षाको मिति तय गरेको बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको छ । जेठ १३ गते पहिलो दिन अनिवार्य… Continue reading १३ जेठबाट शुरु हुने भयो एसईई परीक्षा

ट्यूनिसियामा डुंगा दुर्घटना, कम्तिमा ३९ जनाको मृत्यु

Reuters

ट्यूनिसिया । ट्यूनिसियामा भएको डुंगा दुर्घटनामा कम्तिमा ३९ जनाको मृत्यु भएको छ । १६५ जना भन्दा बढी घाइते भएको आंकडा आएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार दुई वटा डुङ्गा दुर्घटनामा परेका छन् । डुंगा मंगलबार अफ्रिकी साहारा क्षेत्रबाट छुटेका थिए । डुङ्गामा गरिबी र द्वन्द्वका कारण विभिन्न अफ्रिकी मुलुकबाट गैर–कानुनी रूपमा यूरोप छिर्न हिँडेका अफ्रिकी… Continue reading ट्यूनिसियामा डुंगा दुर्घटना, कम्तिमा ३९ जनाको मृत्यु

अफगानिस्तानमा मारिए २१ तालिवान लडाकु

File

काठमाडौं । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा २१ तालिवान मारिएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सरकारी सुरक्षाफौजको कारबाहीमा ती लडाकु मारिएका हुन् । थप १३ जना घाइते रहेको बताइएको छ । तालिबान लडाकू लुकेर बुसेको इलाकालाई लक्षित गरी सेनाले आक्रमण गरेको अफगान हवाईबलको भनाई छ । बलले विज्ञप्ति जारी गर्दै यसको पुष्टी गरेको हो । कान्दाहारको… Continue reading अफगानिस्तानमा मारिए २१ तालिवान लडाकु

त्रिशुलीमा ट्रक खस्दा दुई जनाको मृत्यु

धादिङ । धादिङमा ट्रक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्लाको बेनीघाट रोराङ गाउँपालिकामा मंगलबार ट्रक त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । रुपन्देहीबाट सिमेण्ट लिएर काठमाडौंँतर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८… Continue reading त्रिशुलीमा ट्रक खस्दा दुई जनाको मृत्यु

कांग्रेस नेता जोशीको स्वास्थ्य अझै जोखिमपूर्ण

काठमाडौं । मस्तिष्कघातका कारण अस्पतालमा उपचारार्थ भर्ना भएका कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था अझै जोखिमपूर्ण रहेको अस्पतालले जनाएको छ । उनी फागुन १४ गते शुक्रबार नर्भिक अस्पतालमा भर्ना भएका छन् । अस्पतालका अनुसार उनको अवस्थामा गम्भीर छ । तर, मंगलबार भने स्वास्थ्य अवस्था स्थिर र जोखिमपूर्ण अवस्थामा रहेको छ । जोशीको भेन्टिलेटरमा… Continue reading कांग्रेस नेता जोशीको स्वास्थ्य अझै जोखिमपूर्ण

महाशिवरात्रीमा मास्क नलगाए पशुपतिनाथ दर्शन गर्न नपाइने

Photo: THT

काठमाडौं । महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरको दर्शनमा जाने सबै जनाले मास्क अनिवार्य पहिरिनु पर्ने भएको छ । कोरोना महामारी अझै पनि जारी रहेका कारण संक्रमण फैलन नदिन यस्तो नियम बनाइएको पशुपति क्षेत्र विकास कोषको भनाई छ । अनिवार्य मास्क लगाएर आउन र मास्क नलगाए दर्शन गर्न नपाइने कोषको भनाई छ । महाशिवरात्रिको तयारी पुरा भएको समेत… Continue reading महाशिवरात्रीमा मास्क नलगाए पशुपतिनाथ दर्शन गर्न नपाइने

सेनाका प्यारासुट टुडिखेलमा अवतरण हुन नसकेपछि….

File Photo

काठमाडौं । नेपाली सेनाका प्यारासुटमा उडेर आकासबाट ग्राउण्डमा झरेका ६ जना सैनिक आज टुडिखेलको निर्धारित स्थानभन्दा बाहिर अवतरण भएका छन् । नेपाली संचारमाध्यमले जनाए अनुसार सेनाको जहाजबाट प्यारासुटसहित झरेका ६ जना सैनिक टुँडिखेल बाहिर ल्यान्ड भएका हुन् । यद्दपी यस दौरान कुनै दुर्घटना भने हुन पाएन । नेपाली सेनाका अनुसार अहिले सैनिकले शिवरात्री तथा सेना… Continue reading सेनाका प्यारासुट टुडिखेलमा अवतरण हुन नसकेपछि….

प्रचण्ड र देउवाबीच भेट, सत्ता सहकार्यका विषयमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । मंगलबार देउवालाई भेट्न प्रचण्ड साँझ उनको निवास बुढानीलकण्ठ पुगेका छन् । उनीहरुबीच बदलिँदो राजनीतिक परिस्थिति र सत्ता साझेदारीका विषयमा छलफल भएको बताएको छ । आजै बसेको माओवादीको बैठकले सत्ता साझेदारीका विषयमा कांग्रेस र जनता समाजवादी पार्टीसँग… Continue reading प्रचण्ड र देउवाबीच भेट, सत्ता सहकार्यका विषयमा छलफल

नेपालमा थप ५९ जनामा कोरोना संक्रमण, १ को मृत्यु, ६० डिस्चार्ज

काठमाडौं । नेपालमा थप ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका… Continue reading नेपालमा थप ५९ जनामा कोरोना संक्रमण, १ को मृत्यु, ६० डिस्चार्ज

ट्रम्प प्रशासनले प्रतिबन्ध लगाएका १३ देशका नागरिकलाई भिसाका लागि पुनः आवेदन दिन आह्वान

एजेन्सी । अमेरिकी विदेश विभागले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले १३ देशका नागरिक माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । प्रतिबन्ध फुकुवासँगै १३ देशका नागरिकहरुले भिसाका लागि पुनः आवेदन दिन पाउने भएका छन् । अधिकांश मुस्लिम बाहुल्‍य तथा अफ्रिकी देशका नागरिक थिए। राष्ट्रपति जो बाइडनले आफूले पदभार ग्रहण गरेको पहिलो दिनमा ट्रम्पले लगाएको प्रतिबन्धलाई खारेज गरेका थिए… Continue reading ट्रम्प प्रशासनले प्रतिबन्ध लगाएका १३ देशका नागरिकलाई भिसाका लागि पुनः आवेदन दिन आह्वान

एमाले र माओवादी केन्द्रलाई निर्वाचन आयोगले भन्याे-‘एकीकरण गर्ने भए १५ दिन भित्र निवेदन दिनू’

काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेको छ । आयोगले सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा खारेज गरेको हो । आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक राजनीतिक दल दर्ता भएको राजपत्रमा प्रकाशित सूचनालाई खारेज गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने भएको छ… Continue reading एमाले र माओवादी केन्द्रलाई निर्वाचन आयोगले भन्याे-‘एकीकरण गर्ने भए १५ दिन भित्र निवेदन दिनू’

एसईई परीक्षा जेठ १३ गतेबाट सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १३ गतेदेखि २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सञ्चालन गर्ने भएको छ । जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डले जनाएको छ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा बोर्डले नै लिने निर्णय गरेको थियो । गत वर्ष कोभिड–१९ को… Continue reading एसईई परीक्षा जेठ १३ गतेबाट सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफाले,दुईको शव भेटियो तीन वेपत्ता

तस्बिर सौजन्य: गोरखापत्र

कर्णााली। दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेका छन्। आमासहित चार बालबालिकाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएकाे छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले हामफालेका पाँचमध्ये सोमबार दुईको शव भेटिएको जानकारी दिए। हामफालेका मध्ये १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको… Continue reading एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफाले,दुईको शव भेटियो तीन वेपत्ता

धुम्बाराहीमा टाँगियो एमालेको बोर्ड

काठमाडौं । धुम्बाराहीमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गरिएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) एकतालाई पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गरिएको हो । एमालेको केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै भएका छ ।… Continue reading धुम्बाराहीमा टाँगियो एमालेको बोर्ड

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन्। सर्वोच्च अदालतको निर्णयपछि पहिलोपटक मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् । अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताएपछि अब उत्पन्न हुने राजनीतिक परिस्थिति र सत्तासमिकरणबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका एक नेताले जनाकारी दिए । सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी… Continue reading प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

आइ-पे डिजिटल वालेटलाई भुक्तानी सेवा प्रदायकको अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वालेट कम्पनी आइ पे डिजिटल वालेटलाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गरेको छ । बैंकले भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७२ बमोजिम दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कार्यको लागि भुक्तानी सेवा प्रदायकको अनुमति दिएको हो । सन् २०१० देखि नेपालमा सञ्चालन गर्दै आएको गुणस्तरीय र… Continue reading आइ-पे डिजिटल वालेटलाई भुक्तानी सेवा प्रदायकको अनुमति

छुट्टिए प्रचण्ड–माधव नेपाल समूह, एमाले र माओवादी केन्द्रमा फर्किने

अन्ततः छुट्टिए प्रचण्ड–माधव नेपाल समूह, एमालेमै गएर संघर्ष गर्ने नेपाल पक्षको निर्णयकाठमाडौं, २४ फागुन । प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी अलग अलग भएर जाने निर्णय गरेको छ। पेरिसडाँडामा आज बसेको यो समूहको बैठकले यस्तो निर्णय गरेको हो। उनी पेरिसडाँडाबाट फेरि भेटौंला भन्दै बाहिरिएका थिए । अब एमाले र माओवादी केन्द्र आफ्नोआफ्नो हिसाबले अघि… Continue reading छुट्टिए प्रचण्ड–माधव नेपाल समूह, एमाले र माओवादी केन्द्रमा फर्किने