सामान्य बन्दै जम्मु कश्मीर

श्रीनगर । संविधानको एक अनुच्छेद नै खारेज गर्दै केन्द्र प्रशासित प्रदेशमा रुपान्तरण भएको भारतको जम्मु कश्मीर अब क्रमशः सामान्य बन्दै गएको छ । सरकारले पाँच दिनपछि शुक्रबार टेलिफोन र इन्टरनेट आंशिक रूपमा खोलेको छ । जसले गर्दा संचारले गति लिएको छ । प्रहरीका अनुसार पछिल्लो ६ दिन यता एउटा पनि अप्रिय घटना भएको छैन ।… Continue reading सामान्य बन्दै जम्मु कश्मीर

अब धमाधम बन्नेछन् चार्जिङ स्टेशन, आकर्षण बिद्युतिय सवारीमा

काठमाडौं । सरकारले विद्यूतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएसँगै मुलुकभित्र अब पूर्वाधार विकासले गति लिने भएको छ । सरकारले चालु आर्थिक वर्षभित्र मात्र करी डेढ दर्जन स्थानमा चार्जिङ स्टेशन स्थापनाको लक्ष्य सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयक कार्ययोजनामा १ वर्ष भित्र २० स्थानमा चार्जिङ स्टेशन निर्माणको लक्ष्य राखिएको छ । सरकारले… Continue reading अब धमाधम बन्नेछन् चार्जिङ स्टेशन, आकर्षण बिद्युतिय सवारीमा

प्रहरी नै वन्यजन्तु तस्करीमा, जवान पक्राउ

दार्चुला । सशस्त्र प्रहरी जवान दीपकसिंह बडाल बाघको अबैध छालासहित पक्राउ परेका छन् । दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटाबाट प्रहरीले सशस्त्र प्रहरीका जवानलाई बाघको छालासहित पक्राउ गरेको हो । उनी शुक्रबार राति पक्राउ परेको प्रहरीले जानकारी दिएको छ गस्तीमा खटिएको प्रहरीले जवान बडाललाई पक्राउ गरेका हो । उनको साथबाट ३९ इन्च लामो तथा १० इन्च चौडा… Continue reading प्रहरी नै वन्यजन्तु तस्करीमा, जवान पक्राउ

किन आक्रामक छन् प्रचण्ड ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एकसाता यता नेपालमा छैनन् । नेपालमा सरकारको नेतृत्व कार्यबाहक प्रधानमन्त्रीका रुपमा इश्वर पोखरेलले गरिरहेका छन् भने नेकपाको नेतृत्व अध्यक्ष प्रचण्डले । जुन दिन प्रधानमन्त्री ओली स्वास्थोपचारका सिलसिलामा सिंगापुरतर्फ लागे, त्यसै रात प्रचण्ड यूएईबाट श्रीमती सिताको उपचार गरी स्वदेश फर्किए । जब प्रचण्ड नेपाल फर्किए , तब उनको आक्रामक अभिव्यक्ति… Continue reading किन आक्रामक छन् प्रचण्ड ?

बालुवा निकाल्न खनेको खाल्डोले लियो दुई युवाको ज्यान

फाइल तस्वीर : हिउँदमा खोलामा वालुवा निकाल्दै

धादिङ । जथाभावी वालुवा निकाल्ने र खोलानालाको दोहन अत्यधिक भएका क्षेत्रमा दूर्घटनाको जोखिम ह्वात्तै बढेको छ । शनिबार मात्र धादिङमा दुई युवाले बालुवा निकाल्न खनेको खाल्डोमा परी ज्यान गुमाउनु परेको छ । गजुरी गाउँपालिका-६ ठुलीफाँटस्थित दरिङगाल खोलामा खाल्डोमा डुबेर स्थानीय २१ वर्षीय भीम तामाङ र २३ वर्षीय सुमन स्याङतानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ… Continue reading बालुवा निकाल्न खनेको खाल्डोले लियो दुई युवाको ज्यान

नेपालमा छोइनसक्नु सुनको भाउ, खुम्चियो बजार

काठमाडौं ।सुनको भाउ आकासीयपछि नेपालमा सुन आम सर्वसाधारणको पहुँचबाट निकै टाढा पुगेको छ । अहिले प्रतितोला सुनको मूल्य ७० हजार नाघेको छ । यो इतिहासकै सर्वाधिक हो । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार भाउ आकासिएपछि बिक्रि ठप्प भएको छ । जसले गर्दा बजार खुम्च्याइदिएको छ । नेपालमा तीन, दशैं र बिवाहको मौसममा बढी सुनको कारोबार… Continue reading नेपालमा छोइनसक्नु सुनको भाउ, खुम्चियो बजार

अब ललितपुरको धुलो पनि ब्रुमरले बढार्ने

ललितपुर । ललितपुर महानगरपालिकाले ब्रुमर किनेको छ । सडक धुलो सफा गर्न किनिएका दुई अत्याधुनिक ब्रुमर संचालनमा आएको महानगरपालिकाले जानकारी दिएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले २ वटा ब्रुमर सञ्चालनमा आएको जानकारी दिए । महानगरपालिकाले यी दुई ब्रुमरका लागि ४ करोड रुपैयाँ खर्च गरेको छ । सोहीअवसरमा महानगरका… Continue reading अब ललितपुरको धुलो पनि ब्रुमरले बढार्ने

त्रिशुलीमा बस दूर्घटना, २६ वेपत्ता, १६ जनालाई जिवित उद्दार

धादिङ । बेनिघाटस्थित त्रिशुली नदीमा खसेर दूर्घटनाग्रस्त बसमा सवार रहेका यात्रु मध्ये १६ जनाको सकुशल उद्दार गरिएको छ । तीन यात्रुले ज्यान गुमाएका छन् । प्रहरीका अनुसार बसमा ४५ जना यात्रु थिए । २६ जना अझै वेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार बिहान साढे ३ बजे दूर्घटनामा परेको बसको उद्दार अबेर मात्र शुरु… Continue reading त्रिशुलीमा बस दूर्घटना, २६ वेपत्ता, १६ जनालाई जिवित उद्दार

नेपालले ओमनमा टी-२० सिरिज खेल्ने निश्चित

काठमाडौं । पाँच देशले प्रतिस्पर्धा गर्ने टी-२० इन्टरनेशनलमा नेपालले पनि प्रतिस्पर्धा गर्ने पक्का भएको छ । नेपाललाई ओमानले निम्त दिएपनि त्यसको स्वीकृतिका लागि इन्टरनेशनल क्रिकेट काउन्सिलमा पठाइएको थियो । आइसीसीले अनुमति दिएसँगै नेपालको सहभागिता सुनिश्चित भएको हो । मुलुकभित्र आधिकारिक क्रिकेट संघ आइसीसीले निलम्बन गरेपछि अहिले नेपाली क्रिकेटबारे हरेक निर्णय आइसीसीबाटै हुने गर्छ । यो… Continue reading नेपालले ओमनमा टी-२० सिरिज खेल्ने निश्चित

गोली हानेर समातिए तामाङ

काठमाडौं । प्रहरीले काठमाडौंमा दुई युवालाई पक्राउ गर्न गोली प्रहार गरेको छ । काठमाडौंको स्वयम्भूमा लोप्चन नामले चिनिने मिलन तामाङमाथि प्रहरीले गोली प्रहार गरेको हो । गोली लागेका लोप्चनसहित अर्का यूवक अमृत तामाङ पनि प्रहरीको फन्दामा परेका छन् । रामेछापस्थित लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई धम्काएर २ करोड मागेको आरोप लोप्चन माथि छ । उनले… Continue reading गोली हानेर समातिए तामाङ

विदेशमा भिजिट नेपालको उद्घाटन सम्बन्धित राष्ट्रप्रमुखबाट गराउने योजना

काठमाडौं । सरकारले विदेशमा भिजिट नेपाल २०२० को उद्घाटन सम्बन्धित देशका राष्ट्रप्रमुखबाट गराउने योजना सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हरेक देशमा भिजिट नेपाल २०२० को दियो सम्बन्धित मुलुकका राष्ट्रप्रमुखबाट गराउने योजना रहेको बताएका हुन् । शुक्रबार राजधानीमा भिजिट नेपालको तयारीका सम्बन्धमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले त्यसका लागि विदेशस्थित… Continue reading विदेशमा भिजिट नेपालको उद्घाटन सम्बन्धित राष्ट्रप्रमुखबाट गराउने योजना

एक वर्षमा सरकारले तिर्यो ७५ अर्ब ऋण

काठमाडौं । व्यक्तिजस्तै मुलुकले पनि आफ्नो वित्तीय आवश्यकता पुरा गर्न ऋण लिन्छ । निश्चित अवधिमा ऋणको साँवाब्याज भुक्तानी पनि गर्नुपर्छ । नेपाल सरकारले एक वर्षको अवधिका करीव ७५ अर्ब रुपैयाँ लिएको ऋणको साँवा ब्याज भुक्तानीमा खर्च गरेको छ । अर्थ मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५-७६ मा सरकारले वैदेशिक ऋणमा साँवा-ब्याज तिर्ने प्रयोजनका लागि २४… Continue reading एक वर्षमा सरकारले तिर्यो ७५ अर्ब ऋण

जम्मू कश्मीर मुद्दामा प्रधानमन्त्री मोदीको सम्बोधन

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै अनुच्छेद ३७० को खारेजीसँग जम्मू कश्मीरबाट आतंकवाद र परिवारवादबाट पनि खारेज भएको बताएका छन् । उनले बिहीबार साँझ देशवासीका नाममा सम्बोधन गरेका हुन् । भारत केन्द्र सरकारले संविधानको अनुच्छेद ३७० खारेज गर्दै जम्मू कश्मीरलाई केन्द्र शासित प्रदेश बनाउने ऐतिहासिक घोषणा गरेको छ । यस… Continue reading जम्मू कश्मीर मुद्दामा प्रधानमन्त्री मोदीको सम्बोधन

पूर्ण डिजिटल बन्दै एक सरकारी अस्पताल

काठमाडौं । नेपालमा सरकारी अस्पतालको छवि राम्रो छैन । सरकारी अस्पताल भन्नासाथ धेरै भीड, भद्रगोल व्यवस्था र अस्तव्यस्तताको प्रतिक मानिन्छन् । तर, नेपालमै एक यस्तो सरकारी अस्पताल छ, जसले आफ्नो सेवालाई क्रमशः डिजिटल बनाउँदै लगेको छ । नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा अब अनलाइनबाटै टिकट बुक गर्न सकिने सुविधा शुरु भएको छ । अस्पतालको ओपिडी टिकट… Continue reading पूर्ण डिजिटल बन्दै एक सरकारी अस्पताल

खुद्रे आयोजनामा डोजर निषेध

काठमाडौं । सरकारले साना तथा खुद्रे आयोजनामा डोजर लगाउन रोक लगाएको छ । स्थानीय सरकारहरुलाई परिपत्र गर्दै केन्द्र सरकारले उक्त निर्णय गरेको हो । अब एक करोड रुपैयाँसम्मभन्दा साना आयोजनामा डोजर प्रयोगमा रोक लगाएको हो । सरकारी तथा सार्वजनिक आयोजनामा डोजर प्रयोगमा रोक लगाइएको हो । श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा… Continue reading खुद्रे आयोजनामा डोजर निषेध

प्रवासी नेपालीलाई पर्यटन मन्त्रीको आह्वान : गाली होइन, पर्यटक पठाउनुस

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रवासमा बसेका नेपालीले नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेख्य सहयोग गर्न सक्ने सम्भावना रहेको बताएका छन् । प्रवासी नेपालीले सहयोग गर्ने हो भने नेपाल भ्रमण वर्षमा ५० लाख पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको समेत उनले उल्लेख गरे । गौतमबुद्ध विमानस्थल भैरहवाको स्थलगत अध्ययन तथा लुम्बिनी विकास कोषको बैठकमा… Continue reading प्रवासी नेपालीलाई पर्यटन मन्त्रीको आह्वान : गाली होइन, पर्यटक पठाउनुस

चर्किदै जापान-दक्षिण कोरिया व्यापारिक सम्बन्ध, के हुन्छ विदेशी कामदारको रोजगारी ?

दक्षिण कोरिया । दक्षिण कोरियाको साउथ सुकुङ्सा प्रान्तमा आप्रवासी कामदार आन्दोलित भएका छन् । नेपालसहितका एक दर्जन मुलुकका विदेशी कामदारले सामूहिक रुपमा ‘जापान बहिष्कार’ आन्दोलनमा ऐक्यबद्धता जनाएको दक्षिण कोरियाली संचारमाध्यमहरुले लेखेका छन् । नेपाल, मंगोलिया, म्यान्मार, बंगलादेश, भियतनाम, श्रीलंका, उज्बेकिस्तान, इन्डोनेशिया, चीन, कम्बोडिया, पाकिस्तान र फिलिपिन्सका आप्रवासी कामदार यो आन्दोलनको समर्थनमा रहेका हुन् । जापानका… Continue reading चर्किदै जापान-दक्षिण कोरिया व्यापारिक सम्बन्ध, के हुन्छ विदेशी कामदारको रोजगारी ?

भारतविरुद्ध पाकिस्तानको कडा कदम, तोडियो व्यापारिक सम्बन्ध

इस्लामावाद । जम्मू कश्मीरको विषयलाई लिएर पाकिस्तानले भारतविरुद्ध कडा कदम चालेको छ । पाकिस्तानले भारतसँगको व्यापारिक सम्बन्ध नै तोड़ने निर्णय गरेको छ । पाकिस्तानी सुरक्षा परिषद्को बैठकले उक्त निर्णय गरेको हो । पाकिस्तानस्थित भारतीय उच्चायुक्तलाई भारत पिर्ता पठाउने र आफ्ना राजदूतलाई पनि भारतबाट फिर्ता बोलाउने निर्णय पाकिस्तानले गरेको छ । पाकिस्तानले भारतीय सीमामा अवस्थिति एयरस्पेस… Continue reading भारतविरुद्ध पाकिस्तानको कडा कदम, तोडियो व्यापारिक सम्बन्ध

चर्चित विदेशी खेलाडीलाई वरियतामा उछिने पारसले

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी-२० वरीयतामा ठूलो फड्को मार्न सफल भएका छन् । संसारभरका चर्चित क्रिकेटरहरुलाई पछाडी पार्दै पारस वरियताको २५ औं स्थानमा उक्लिन सफल भएका हुन् । यो वरियता अलराउन्डरका लागि हो । भारतका सुरेश रैना, हार्दिक पाण्डया, अफगानिस्तानका रसिद खानजस्ता विश्वचर्चित खेलाडीलाई पारसले उछिनेका… Continue reading चर्चित विदेशी खेलाडीलाई वरियतामा उछिने पारसले

भिषण आगोमा डढे सुविसुका उपकरण

काठमाडौं । सुविसु केवुल नेटवर्कको केन्द्रिय कार्यालय बालुवाटारमा भिषण आगलागी भएको छ । बुधबार दिउँसो लागेको आगो करीव १ घण्टाको प्रयासपछि मात्र नियन्त्रणमा आएको थियो । सुविसु इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक कम्पनी हो । सुविसुको मुख्य सर्भर रहेकै भवनमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । जेनेरेटर चलाउन राखिएको इन्धन भण्डारण क्षेत्रबाट आगोलागी… Continue reading भिषण आगोमा डढे सुविसुका उपकरण

नेपाल एयरलाइन्सको उपचारमा पर्यटन मन्त्रीको एक्सन

काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावाहक वायुसेवा नेपाल एयरलाइन्सको सुधारमा पर्यटन मन्त्री योगेश भट्टराईले काम थालेका छन् । बुधबार एक अध्ययन समिति गठन गर्दै मन्त्री भट्टराईले निगममा सुधारको खोजी थालेका हुन् । लामो इतिहास बोकेको नेपाल एयरलाइन्सले नेपालमा हवाई यातायातको विकास, पर्यटन क्षेत्रको विकास तथा अन्तर्राष्ट्रिय स्तरमा मुलुकको प्रतिष्ठा बृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ… Continue reading नेपाल एयरलाइन्सको उपचारमा पर्यटन मन्त्रीको एक्सन

३८० पुरातात्विक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माण सकियो

काठमाडौं । २०७२ साल बैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाहरुमध्ये ३८० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण सम्पन्न पुरातात्विक सम्पदाहरुमध्ये विश्व सम्पदा सूचीभित्रका ९६ वटा छन् भने विश्व सम्पदा सूचीबाहिरका २ सय ८४ वटा छन् । यी सम्पदाहरुको पुनर्निर्माणमा २ अर्ब १२ करोड ६२ लाख रुपैयाँ खर्च भएको पुनर्निर्माण… Continue reading ३८० पुरातात्विक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माण सकियो

सिंहदरबारको आडमै भेटियो बम

काठमाडौं । बुधबार एका बिहानै राजधानीको माइतिघर मण्डलामा बम भेटिएको छ। बम भेटिएको स्थान सिंहदरबारको आड नै हो भने यहाँबाट केही मिटरको मात्र दूरीमा सैनिक मुख्यालय रहेको छ । माइतीघर मण्डलास्थित सेन्ट जेभियर्स कलेज अगाडि सकेट बम फेला परेको प्रहरीले पुष्टी गरेके छ । महानगरीय प्रहरी परिसरका अनुसार बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय… Continue reading सिंहदरबारको आडमै भेटियो बम

तीजलाई भड्किलो बनाए कारवाही गर्ने चेतावनी

काठमाडौं । स्थानीय प्रशासनले विभिन्न जिल्लामा तीजलाई मर्यादित बनाउने प्रयास थालेका छन् । जिल्ला प्रशासन कार्यालयहरु यसमा सक्रिय देखिएका हुन् । तीज मनाउने नाममा एक महिना अगाडी बाटै होटेल र पार्टी प्यालेस भरिभराउ हुन गरेका छन् । मौलिक तीज गीतमा नाचगान हुने छाडेको छ भने यूट्यूवमा भड्किला गाना बजाएर नशामा झुल्ने क्रम शुरु भएको छ… Continue reading तीजलाई भड्किलो बनाए कारवाही गर्ने चेतावनी

खाना पकाउने ग्याँस सस्तियो, डिजेल, पेट्रोलमा बढ्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्य घटाएको छ । निगमका अनुसार प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य घटेको छ । घटेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने भएको छ । उता, पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल तथा मट्टितेलमा ५० पैसाका दरले मूल्य बढेको निगमले जानकारी दिएको छ । नयाँ मूल्य सूची अनुसार प्रतिलिटर… Continue reading खाना पकाउने ग्याँस सस्तियो, डिजेल, पेट्रोलमा बढ्यो

एकै दिन तीन आत्महत्या, किन रोज्दैछ व्यक्तिले डरलाग्दो बाटो ?

काठमाडौं । माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैनीले चितवन पुगेर आत्महत्याको बाटो रोजेका छन् । प्रहरीका अनुसार उनी सोमबार राती चितवनको नारायणगढस्थित बसपार्क नजिकै कंगारु होटलको कोठामा झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनी सोमबार दिँउसो साढे तीन बजे होटेलमा चेकइन गरेका थिए । रातको खाना खाने बेला बोलाउँदा उनले ढोका खोलेनन् । त्यसपछि लामो… Continue reading एकै दिन तीन आत्महत्या, किन रोज्दैछ व्यक्तिले डरलाग्दो बाटो ?

विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा

File Photo

काठमाडौं । नेपालले विश्वकप फुटबल २०२२ का लागि छनोट प्रतियोगिता खेल्ने प्रारम्भिक टोली घोषणा गरेको छ । नेपालले विश्वकप छनोटको दोस्रो चरणका लागि तयार तिब्र बनाएको छ । नेपालको मूख्य प्रशिक्षण अहिले योहान कालिनले सम्हालेका छन् । उनले पहिलो चरणमा ३१ जना खेलाडी राखेर प्रारम्भीक टोली घोषणा गरेका हुन् । उनले सुरुआती प्रशिक्षणमा ३६ खेलाडीलाई… Continue reading विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा

सरकारी कर्मचारीलाई कस्दै सरकार

साभार स्केच

काठमाडौं । राज्य कोषबाट तलव भत्ता खाने सरकारी कर्मचारीलाई सरकारले काममा कस्ने भएको भएको छ । खासगरी कार्यालय समयमा अफिस भन्दा बढी निजी काममा ध्यान दिने सरकारी कर्मचारीमाथि कडाईको तयारी सरकारले गरेको हो । कानून बनाएरै निजी काममाथि बन्देज लगाउने तयारी सरकारको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले कानून बनाएरै कार्यालय समयमा निजी… Continue reading सरकारी कर्मचारीलाई कस्दै सरकार

मनसुन जारी, पश्चिम पहाडमा जोखीम

प्रतिकात्मक तस्वीर

काठमाडौं । मेघ गर्जनसहितको वर्षा र चट्याङले मंगलबार देशको पश्चिमी पहाडी भेगको मौसम प्रभावित हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले ती स्थानका नदि किनार र जोखीमपूर्ण स्थानमा रहेका मानिसलाई पूर्वजानकारी दिँदै सचेत गराएको छ । महाशाखाका अनुसार मंगलबार केही स्थानमा हल्का वर्षा हुनेछ भने पश्चिमी पहाडका केही स्थानमा भने भारी वर्षा हुने अनुमान गरेको… Continue reading मनसुन जारी, पश्चिम पहाडमा जोखीम

तरकारी र फलफूलमा कतिसम्मको विषादी खानलायक ?

काठमाडौं । सरकारले नेपालमा उत्पादित फलफूल तथा तरकारीका लागि किटनाशक विषादीको अधिकतम सीमा तोकेको छ । नेपालमा पहिलो पटक यस्तो सीमा तोकिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार पहिलो चरणमा दश प्रजातीका फलफूल र तरकारीको एमआरएल (म्याक्सिमम रेजिड्यू लिमिट) तोकिएको छ । विभागले स्याउ, केरा, करेला, भन्टा, काउली, बन्दा, भिन्डी, आलु, गोलभेँडा… Continue reading तरकारी र फलफूलमा कतिसम्मको विषादी खानलायक ?