एमसिसिको अध्ययन गर्न नेकपाले बनायो समिति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एमसीसीबारे अध्ययन गर्न समिति गठन गरेको छ । पूर्वप्रधानमन्त्री तथा सचिवालय सदस्य झलनाथ खनालको नेतृत्वमा समिति गठन गरिएको हो । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बसेको थियो । उक्त बैठकले खनाल नेतृत्वमा स्थायी कमिटी सदस्य भीम रावल र प्रदीपकुमार ज्ञवाली रहेको समिति गठन गरेको हो। यो… Continue reading एमसिसिको अध्ययन गर्न नेकपाले बनायो समिति

स्कूलबाटै बालिका अपहरण गर्ने अपहरणकारी पक्राउ, बालिकाको उद्दार

भक्तपुर । आइतबार राजधानीको एक स्कुलबाटै बालिका अपहरणमा परेकी छिन् । भक्तपुरको निकोसेरास्थित एक विद्यालयबाट अपहरणमा परेकी बालिकाको करीव ३ घण्टापछि प्रहरीले उद्दार गरेको छ । अपहरणमा संलग्न रहेको आरोपमा एक २० वर्षिय यूवक समेत पक्राउ परेका छन् । सर्लाही लालबन्दी ५ स्थायी घर भई भक्तपुर ठिमी बस्ने आशिष थापालाई पक्राउ गरेको हो । चिनजान… Continue reading स्कूलबाटै बालिका अपहरण गर्ने अपहरणकारी पक्राउ, बालिकाको उद्दार

चीनबाट फर्काएपछि नेपालीलाई कहाँ राखिदैछ ?

काठमाडौं । कोरोना भाइरस उत्पत्ति भएको शहर चीनको वुहानबाट करीव ३ सय नेपालीले घर फर्कन इच्छा व्यक्त गरेका छन् । उनीहरुले उद्दारका लागि बेइजिङस्थित नेपाली दूतावासमा निवेदन बुझाएका हुन् । उ नीहरु अति प्रभावित क्षेत्रबाट नेपाल भित्रन लागेका कारण सिधै घर पठाउन मिल्दैन । कोरोनाको संक्रमण दुई सातासम्म पनि कुनै लक्षणबीना सुसुप्त अवस्थामा रहन सक्ने… Continue reading चीनबाट फर्काएपछि नेपालीलाई कहाँ राखिदैछ ?

भारतले घटायो नेपाललाई दिने अनुदान, भूटानलाई बढायो

काठमाडौं । भारतले नेपाललाई दिने अनुदान कटौती गरेको छ । आर्थिक वर्ष २०२०\२१ को बजेट सार्वजनिक गर्दै भारत सरकारले नेपालका लागि उपलब्ध गराउने वार्षिक अनुदान कटौती गरेको हो । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले शनिबार संसदमा बजेट पेश गरिन् । उक्त बजेटले नेपाललाई दिने अनुदान घटेको हो । अब भारतले वार्षिक ८ अर्ब भारु मात्र नेपाललाई… Continue reading भारतले घटायो नेपाललाई दिने अनुदान, भूटानलाई बढायो

हालै चीन भ्रमण गरेका विदेशीलाई अमेरिका प्रवेशमा रोक, ६ देशले गरे यस्तै निर्णय

काठमाडौं । चीनमा कोरोना भाइरसले महामारीको रुप लिएसँगै यूरोप र अमेरिकी मुलुकले हालै चीनमा यात्रा गरिसकेका विदेशीलाई आफ्नो मुलुक जान प्रतिवन्ध लगाएका छन् । यो निर्णयले खासगरी चिनियाँ पर्यटक नै प्रभावित हुनेछन् । किनकी अन्य धेरै मुलुकले आफ्ना नागरिकलाई चीन जान कडाई गरिसकेका छन् । अमेरिका, अष्टे्रलिया, इटाली, जापान, रुस र पाकिस्तानले हालै चीन भ्रमण… Continue reading हालै चीन भ्रमण गरेका विदेशीलाई अमेरिका प्रवेशमा रोक, ६ देशले गरे यस्तै निर्णय

कोरोनाबाट मर्नेको आंकडा ३ सय नाघ्यो

काठमाडौं । चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ सय नाघेको छ । तीन साताअघिबाट फैलन थालेको यो रोगको महामारीमा परी शनिबार रातीसम्म ३ सय ४ जनाको ज्यान गइसकेको चिनियाँ संचरमाध्यमले जनाएका छन् । चीनको वुहान प्रान्तबाट यो रोग फैलन थालेको हो । १४ हजार ३ सय ८० जनामा उसको संक्रमण फैलिसकेको छ । कोरोना… Continue reading कोरोनाबाट मर्नेको आंकडा ३ सय नाघ्यो

रुदीखोला जलविद्यूतले थाल्यो उत्पादन, साढे ६ मेगावाट विद्यूत राष्ट्रिय प्रशारणमा

काठमाडौं । लमजुङस्थित रुदीखोला बी जलविद्यूत आयोजनाले उत्पादन थालेको छ । पछिल्ला समय निजी क्षेत्रबाट धमाधम आयोजनाहरु निर्माण भइरहेका छन् । सम्भवतः नेपालमा सबैभन्दा ठूलो लगानी समेत जलविद्युतमा रहेको छ । रुदीखोला–बी जलविद्युत आयोजनाले शनिबारदेखि विद्युत् उत्पादन थालेको हो । यसको क्षमता ६.६ मेगावाट रहेको छ । यो क्षमताको विद्यूत शनिबार बाटै राष्ट्रिय प्रशाररणमा जोडिएको… Continue reading रुदीखोला जलविद्यूतले थाल्यो उत्पादन, साढे ६ मेगावाट विद्यूत राष्ट्रिय प्रशारणमा

आजसम्म निवेदन दिएका नेपालीलाई वुहानबाट नेपाल फर्काइने

काठमाडौं । चीनस्थित वुहान प्रान्तबाट चार्टर्ड विमानबाट नेपालीलाई स्वदेश फर्काइने भएको छ । सरकारले कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन प्रक्रिया थालेको हो । बेइजिङस्थित नेपाली दूताबासकाअनुसार चार्टर विमानबाट नेपालीको उद्दार गर्न निवेदन भने दिनु पर्छ । निवेदन दिने अवधि आजसम्म मात्र छ । जसले निवेदन दिए, उनीहरुलाई मात्र नेपाल ल्याइने दूतावासले… Continue reading आजसम्म निवेदन दिएका नेपालीलाई वुहानबाट नेपाल फर्काइने

चीनमा नेपाली सुरक्षित छन् : चीन

काठमाडौं । चीनले कोरोना भाइरस प्रभावित क्षेत्रमा नेपालीहरु सुरक्षित रहेको बताएको छ । चीनमा रहेका नेपालीका सम्बन्धमा विभिन्न गुनासो बढ्दै गएपछि चिनियाँ दूतावासले एक विज्ञप्ती जारी गरेको छ । दूतावासका अनुसार नेपालीको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी चीनले गरेको छ । त्यसकारण नेपालीहरु सुरक्षित रहेको सम्न्बधमा आश्वस्त रहन दूतावासले आग्रह गरेको छ । ‘विद्यार्थीहरुसहित… Continue reading चीनमा नेपाली सुरक्षित छन् : चीन

सुधारिँदै वैदेशिक व्यापार, व्यापारघाटा निरन्तर ओरालो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा समग्र वैदेशिक व्यापार सुधारोन्मुख देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ६ महिनासम्म आइपुग्दा आयात घटेको छ । निर्यातले उच्च दरमा वृद्धिको बाटो पहिलाएको छ । यसले समग्र व्यापार घाटा घटाउन महत्वपूर्ण भूमिका खेलेको छ । यस आव पहिलो महिनाबाटै व्यापार घाटा कम हुन थालेको… Continue reading सुधारिँदै वैदेशिक व्यापार, व्यापारघाटा निरन्तर ओरालो

अस्ट्रेलियाको क्यानबेरामा आपतकाल घोषणा

क्यानबेरा । आगोलागी नियन्त्रणमा आउन नसकेपछि अष्ट्रेलिय सरकारले राजधानी क्यानबेरामा आपतकालिन अवस्था घोषणा गरेको छ । यहाँ लामो समयदेखिको डढेलोले ठूलो धनजनको क्षति भइसकेको छ । वनस्पति र वन्यजन्तुको अथाहा क्षति भइसकेको छ । तर, पनि आगलागी नियन्त्रणमा नआएपछि सरकारले राजधानी र यस आसपासको क्षेत्रमा आपतकाल घोषणा गरेको हो । शुक्रबार अस्ट्रेलियाका अधिकारीहरूले राजधानी सहर… Continue reading अस्ट्रेलियाको क्यानबेरामा आपतकाल घोषणा

बालुवाटार जग्गा प्रकरण : नेता बचे, कर्मचारी मुछिए

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा नेतालाई जोगाइएको छ । ललितानिवासमा ११४ रोपनी जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वमुख्य सचिव लीलामणि पौडेलसहित ४० जनाभन्दा बढीलाई दोषि सावित गरेको छ । यस प्रकरणमा अधिकांश कर्मारीलाई मुछेर राजनीतिक दलका नेताहरुलाई भने सफाई दिइएको बताइएको छ । मन्त्रिपरिषदले कार्यदेश दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको थियो ।… Continue reading बालुवाटार जग्गा प्रकरण : नेता बचे, कर्मचारी मुछिए

प्रदेश २ मा विदेश जान बैंकले ऋण दिने, साहुको ऋण लिन नपर्ने

जनकपुरधाम । अब प्रदेश दुईबाट रोजगारीका लागि विदेश जाने यूवाले बैंकबाट ऋण पाउने भएका छन् । व्यक्तिगत रुपमा गाउँका साहुहरुले चर्को व्याजमा ऋण लिँदा धेरै घरपरिवार समस्यामा पर्ने गरेका छन् । यसैसन्दर्भमा प्रदेश सरकारको पहलमा बैंकले यूवालाई विदेश जाने प्रयोजनका लागि ऋण दिन थालेका हुन । प्रदेश २ बाट वैदेशिक रोजगारीमा जाने युवाले विनाधितो सहुलियत… Continue reading प्रदेश २ मा विदेश जान बैंकले ऋण दिने, साहुको ऋण लिन नपर्ने

नेपालमा गाँजालाई वैधानिकता दिन प्रयास

काठमाडौं । नेपालमा गाँजाको खेती तथा सेवन प्रतिवन्धित छ । यसको किनबेच पनि गैरकानूनी हो । तर, केही व्यक्ति र संस्था भने यसको वैधानिकताको पक्षमा उभिएका छन् । उनीहरुलाई पछिल्लो समय केही सांसदले समेत साथ दिएका छन् । सत्तारूढ नेकपाका ४६ सांसदले प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । उनीहरुले गाँजाको प्रतिवन्ध हटाएर… Continue reading नेपालमा गाँजालाई वैधानिकता दिन प्रयास

कोरोना संक्रमण : विश्व स्वास्थ्य संगठनले गर्यो विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

काठमाडौं । विश्व स्वास्थय संगठन (डब्यूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । चीनबाट फैलिएको कोरोनाले विश्वव्यापी रुपमा प्रभाव फैलाउन थालेसँगै विश्वव्यापी स्वास्थ्य आपतकाल निम्त्याएको डब्लूएचओको भनाई छ । खासगरी चीन र चीन बाहिर यस रोगले पार्न थालेको प्रभावलाई दृष्टिकोण गरी आपतकाल घोषणा गर्नुपरेको डब्लूएचओका प्रमुख टेड्रोस एड्हानोमले बताएका छन् । उनका अनुसार बिभिन्न भाइरसका… Continue reading कोरोना संक्रमण : विश्व स्वास्थ्य संगठनले गर्यो विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

पर्वतमा बन्यो विश्वकै दोस्रो अग्लो बन्जी

काठमाडौं । पर्वतमा नेपालका सबैभन्दा अग्लो र संसारकै दोस्रो अग्लो बन्जीस्पट तयार भएको छ । पर्वतको सदरमुकाम कुस्माबजार नजिक कालीगण्डकी नदीमाथि विश्वकै अग्लो बञ्जीजम्पको सफल परीक्षण गरिएको हो । बिहीबार श्रीपञ्चमीको दिन पारी यो शाहसिक पर्यटकीय प्रडक्टको परीक्षण भएको हो । पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकास्थित बलेवा जोड्ने गरी कालीगण्डकीमाथि पुल बनाइएको… Continue reading पर्वतमा बन्यो विश्वकै दोस्रो अग्लो बन्जी

साउनामा पसेका दम्पत्ति मृत फेला

ललितपुर । ललितपुरको फिट एण्ड फाइन जिमखानामा साउनामा पसेका एक दम्पत्तिको निधन भएको छ । जीम सकेर उनीहरु वाफ लिन साउना पसेका थिए । ललितपुर महानगरपालिका–१५ तिखेदेबलमा बस्ने हस्त गर्बुजा मगर र नेत्रकुमारीको गतराती निस्सासिएर मृत्यु भएको हो । ललितपुर प्रहरी परिसर जावलाखेलका अनुसार हस्त पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिवका रुपमा काम गरिसकेका व्यक्ति हुन्… Continue reading साउनामा पसेका दम्पत्ति मृत फेला

४८ वर्षिय राजीव ढुंगाना बने नेपाल विद्यार्थी संघका अध्यक्ष

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति गठन गरेका छन् । उनले ४८ वर्षिय राजीव ढुंगानालाई अध्यक्ष बनाएका छन् । यस विषयले भने पुनः सभापति देउवा एक पटक सामाजिक संजालमा हाँसोको पात्र बनेका छन् । किनकी जीवनको ४८ औं वसन्त पार गरिसकेका व्यक्तिलाई उनले विद्यार्थी संगठनको… Continue reading ४८ वर्षिय राजीव ढुंगाना बने नेपाल विद्यार्थी संघका अध्यक्ष

४ लाख रुपैयाँको विवादमा बंगलादेशी साथीको हत्या, मृत्युदण्डको डरले नेपाल फर्किए

काठमाडौं । एकसाता अगाडी काठमाडौंमा बंगलादेशी नागरिक मुहिउद्दिन अहमद परवेजको हत्या भयो । हत्याको जानकारी एक साता अगाडी नै आएको भएपनि प्रहरीले भने बुधबार मात्र घटना सार्वजनिक गरेको थियो । यस घटनामा संलग्न रहेको आरोपमा झापाको काकडभिट्टाबाट दुला मियाँलाई प्रहरीले प्रक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । प्रहरीका अनुसार काठमाडौंबाट विदेश उडाउने प्रलोभन देखाएर लिएको… Continue reading ४ लाख रुपैयाँको विवादमा बंगलादेशी साथीको हत्या, मृत्युदण्डको डरले नेपाल फर्किए

चीनमा रहेका नेपालीबारे के गरिरहेको छ सरकार ?

काठमाडौं । चीनमा ठूलो संख्यामा नेपाली बसोबास गर्छन् । खासगरी विद्यार्थीको चीनमा बाहुल्य रहको छ । चीनमा कोरोना भाइरसको प्रकोप बढेसँगै धेरै मुलुकले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेका छन् । तर, नेपालले भने यसतर्फ अझै पनि पहल थालिसकेको छैन । कोरोनाबाट अति प्रभावित १ सय ९० जना विद्यार्थीले चीनस्थित नेपाली दूतावासलाई उद्दारका लागि आग्रह गरेका थिए… Continue reading चीनमा रहेका नेपालीबारे के गरिरहेको छ सरकार ?

आज शहिद दिवस मनाइदै

काठमाडौं । आज शहिद दिवस मनाइदैछ । राणा शासन विरुद्ध आवाज उठाउने क्रममा मारिएका चार सहिद र त्यसपछिको परिवर्तनका लागि लडेका शहिदको सम्झनामा यो दिवस मनाउन लागिएको हो । जहानियाँ राणा शासनविरुद्धको सङ्घर्षका क्रममा विसं १९९७ सालमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएको थियो । उनीहरुको यसै बलिदानलाई सम्झना गर्दै… Continue reading आज शहिद दिवस मनाइदै

आज वसन्त पञ्चमी, बसन्तपुर जाँदै राष्ट्रपति

काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजाआरधना गरी आज वसन्त पञ्चमी मनाइदैछ । यो चाड प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइन्छ । यस दिन विद्यालय, शिक्षालय तथा सरस्वती मन्दिरहरुमा विशेष पूजाआजा आयोजना गरिन्छ । आज सरस्वतीको पूजा गर्दा विद्या र बुद्धि बढ्ने विश्वास जनमानसमा रहेको छ । काठमाडौं उपत्यकास्थित स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेजस्ता… Continue reading आज वसन्त पञ्चमी, बसन्तपुर जाँदै राष्ट्रपति

नेकपाको महाधिवेशन २०७७ चैतमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव आएको छ । बुधबारबाट राजधानीमा सुरु केन्द्रीय कमिटीको बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन २०७७ चैतको अन्तिममा गर्ने प्रस्ताव गरेका छन् । बैठकमा अध्यक्ष दाहालले महाधिवेशन २०७७ चैत २५ देखि ३० गनेसम्म गर्ने प्रस्ताव गरेका हुन् । २०७५ जेठ ३ गते तत्कालिन… Continue reading नेकपाको महाधिवेशन २०७७ चैतमा

हिमालय एयरलाइन्सले रोक्यो चीन उडान

काठमाडौं । हिमालय एयरलाइन्सले चीनका सबै उडान स्थगित गरेको छ । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै हिमालयले चीनका लागि उडान रोकेको जनाएको छ । नेपालबाट चिनियाँ शहरमा हिमालयले मात्र नियमित उडान गरिरहेको थियो । चीनको बेइजिंगलाई नेपालबाट हिमालयले जोडेको छ । तर, चीनमा तीन साताअगाडीबाट फैलिएको कोरोना भाइरसका कारण हिमालयको उडान प्रभावित भएको हो ।… Continue reading हिमालय एयरलाइन्सले रोक्यो चीन उडान

कोरोनासँग भिड्न चीनले दुई दिनमै बनायो भब्य अस्पताल

बुहान । चीन अहिले कोरोना भाइरसको संक्रमणविरुद्ध संघर्ष गरिरहेको छ । यस रोगसँग लड्न चीनले चमत्कारिक काम गरेर देखाएको छ । चीनमा २ दिनमै एक भब् अस्पताल बाइएको छ । यो अस्पताल एक सय शैयाको रहेको छ । अत्याधुनिक सुविधा सम्पन्न अस्पतालमा केवल कोरोना रोगको मात्र उपचार हुने भएको छ । कोरोनालाई चीनमा अहिलेसम्मकै खतरनाक… Continue reading कोरोनासँग भिड्न चीनले दुई दिनमै बनायो भब्य अस्पताल

रोहित चन्द अझै दुई वर्ष पर्सिजाबाटै खेल्ने

काठमाडौं । अन्तराष्ट्रिय फूटबलमा माथिल्लो स्तरमा खेल्ने नेपाली खेलाडी हुने रोहित चन्द । उनी इण्डोनेसियाको ए डिभिजन लीग खेल्छन् । उनी नेपाली राष्ट्रिय टिमका मिडफिल्डर हुन् । उनलाई इन्डोनेसियाको ए डिभिजन क्लब पर्सिजा जकर्ताले थप दुई वर्षका लागि सम्झौता लम्ब्याएको छ । रोहित र पर्सिजाबीच १५ जनवरी २०२० देखि लागु हुने गरी बुधबार २ वर्षका… Continue reading रोहित चन्द अझै दुई वर्ष पर्सिजाबाटै खेल्ने

रसुवागढी नाकाबाट चिनियाँको प्रवेश रोकियो

file

काठमाडौं । चीनमा कोरोना भाइरसले प्रकोपको रुप लिएपछि नेपाल भित्रन नदिन रसुवागढी नाकामा कडाई गरिएको छ । १५ दिनका लागि रसुवागढी नाका बन्द गरिएको हो । नाकाबाट चीनबाट आउने पर्यटकलाई रोक्ने निर्णय भएको हो । बुधबारदेखि १५ दिनसम्म सो नाकाबाट चिनियाँ नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको गृह मन्त्रालयले उल्लेख गरेको छ । गृह मन्त्रालयका अनुसार… Continue reading रसुवागढी नाकाबाट चिनियाँको प्रवेश रोकियो

काठमाडौंमा शुरु भयो नेकपा केन्द्रिय समिति बैठक

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय समिति बैठक शुरु भएको छ । बैठकमा राजनीतिक प्रतिवेदन पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरी उद्घाटन गरेको बैठकमा प्रधानमन्त्रीे सरकारका कामको बचाउ गरे । उनले एमसीसी, यति समूहसँगको सरकारको सम्बन्धजस्ता विषयमा सरकारको तर्फबाट स्पष्टिकरण दिएका हुन् । बुधबार नै नेकपाको राजनीतिक प्रतिवेदन… Continue reading काठमाडौंमा शुरु भयो नेकपा केन्द्रिय समिति बैठक

काठमाडौंका केही क्षेत्रमा आज दिनभर बत्ति जाने

काठमाडौं । काठमाडौंमा चपथप बिस्तारको कामले विद्यूत आपूर्तिमा समस्या भएको छ । काठमाडौंका केही क्षेत्रमा आज दिनभर बत्ती जाने नेपाल विद्यूत प्राधिकरणले जनाएको छ । महाराजगंज वितरण केन्द्रबाट जाने विद्यूत काटिने भएको हो । बुढानिलकण्ठ फिडरबाट वितरित लाइन चक्रपथ विस्तारको लागि रुख कटान गर्न बुधबार बिहान साढे ७ बजे देखि साँझ ५ बजेसम्म सट डाउन… Continue reading काठमाडौंका केही क्षेत्रमा आज दिनभर बत्ति जाने

क्यारेवियन सागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जमैका । ल्याटिन अमेरिकी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । जमैकाको समुद्री तट र पूर्वी क्युबाको सीमामा रहेको क्यारेबियन सागरमा मङ्गलबार साँझ ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प भएको हो । यसको झड्का ल्याटिन अमेरिकी भेगका धेरै मूलुकमा गरिएको थियो । अमेरिकाको भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पका कारण मेक्सिकोदेखि फ्लोरिडा तथा मोन्टेगो खाडी, जमैकाको… Continue reading क्यारेवियन सागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी