दीपक मनाङ्गे पक्राउ

पोखरा । प्रदेशसभा सांसद दीपक मनाङ्गेलाई प्रहरीले पक्रेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई बिहीबार पक्राउ गरेको हो । पोखराको लेकसाइडस्थित होटेल प्याराडाइजबाट उनलाई पक्राउ गरिएको हो । सादा पोशाकमा गएका प्रहरीले उनलाई समातेका थिए । जिल्ला प्रहरी कार्यालय कास्की अनुसार उनीमाथि अनुसन्धान थालिएको छ । मनाङ्गेले बिहीबार राष्ट्रिय सभाको निर्वाचनमा मतदात गरी होटल… Continue reading दीपक मनाङ्गे पक्राउ

हिमालय एयरलाइन्सले तीन जहाज थप्ने, चीनमा पाँचौ गन्तब्य

काठमाडौं । निजी लगानीको हिमालय एयरलाइन्सले यसै वर्ष तीन एयरबस जहाज भित्राउने भएको छ । कम्पनीले फेब्रुअरीबाटै जहाजहरु नेपाल आउने र गन्तब्य थप्ने योजना बनाएको छ । अहिले कम्पनीसँग तीन वटा जहाज छन् । हिमालयले अहिले १० गन्तब्य पुर्याएको छ । कम्पनीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी योजना सार्वजनिक गरेको हो । कम्पनीका उपाध्यक्ष विजय… Continue reading हिमालय एयरलाइन्सले तीन जहाज थप्ने, चीनमा पाँचौ गन्तब्य

राष्ट्रियसभा निर्वाचन : १६ पदमा नेकपा, दुई पदमा राजपा विजयी

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन बिहीबार सम्पन्न भएको छ । निर्वाचनमा नेकपाको तर्फबाट उठेका सबै उमेदवारले जितेका छन् । नेकपाले प्रदेश नं २ मा बाहेक अन्यत्र एकल उमेदवारी दिएको थियो । प्रदेश नं २ मा भने राजपासँग मिलेर उमेदवारी दिएको थियो । यहाँ नेकपाको एकल बहुमत थिएन् । सोहीकारण ४ सीटमध्ये २\२ सीट बाँडेका थिए… Continue reading राष्ट्रियसभा निर्वाचन : १६ पदमा नेकपा, दुई पदमा राजपा विजयी

नारायणकाजी बने राष्ट्रियसभा सांसद

काठमाडौं । नेकपाका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ सांसद बनेका छन् । उनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । बिहीबार सम्पन्न निर्वाचनमा उनी कूल ३४ सय ६२ मतभार प्राप्त गर्दै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई हराए । उनी रेग्मीभन्दा १ हजार २ सय १८ मतभारले अगाडी रहे ।… Continue reading नारायणकाजी बने राष्ट्रियसभा सांसद

एनआरएनएसँगको सहकार्यमा १० विमानस्थलको सरसफाई अडिट गरिने

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)सँगको सहकार्यमा नेपालका १० विमानस्थलको सरसफाईबारे अडिट गर्ने भएको छ । नेपालका १० ठूला र अति व्यस्त रहने तराई भेगका विमानस्थलमा अहिले भइरहेको सरसफाईको अवस्थाबारे अडिट गरिन लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । विमानस्थलहरुमा सरसफाईको मौजुदा अवस्थाबारे एक महिनासम्म स्थलगत अध्ययन गरी जानकारी लिने… Continue reading एनआरएनएसँगको सहकार्यमा १० विमानस्थलको सरसफाई अडिट गरिने

कोरोना भाइरस भित्रन नदिन त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क

काठमाडौं । त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको छ । कोरोना भाइरसको संक्रमण भएका व्यक्ति नेपाल प्रवेश गर्न नसकुन भन्ने उद्देश्यले हेल्थ डेस्क स्थापना गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । चीनसहितका मुलुकमा यो रोगको संक्रमण फैलिएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग मिलेर विमानस्थलमा यस्तो कक्ष स्थापना गरिएको हो । अब… Continue reading कोरोना भाइरस भित्रन नदिन त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क

प्रदेश सांसद दिपक मनाङेविरूद्ध प्रहरीमा जाहेरी

पोखरा । गण्डकी प्रदेशका सांसद दिपक मनाङेविरूद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले दीपक मनाङेविरूद्ध प्रहरीमा जाहेरी दिएका हुन् । उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा आफूमाथि कुटपिट गरेको भन्दै बुधबार जाहेरी दिएका छन् । मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा व्यवस्थापनप्रति चित्त नबुझेको झोकमा मनाङेले विरूद्धअसन्तुष्टि जनाउँदै मनाङेले… Continue reading प्रदेश सांसद दिपक मनाङेविरूद्ध प्रहरीमा जाहेरी

किसानको वक्यौता नतिर्ने उद्योगको बैंक खाता रोक्का

काठमाडौं । सरकारले उखु किसानको पैसा नतिर्ने चिनी मिलको बैक खाता रोक्का गर्ने भएको छ । अन्नपुर्ण सुगर एण्ड जनरल प्रालि, इन्दिरा सुगर एण्ड एग्रो प्रालि र लुम्बिनी चिनी उद्योग प्रालिको बैंक खाता रोक्का गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार अन्नपूर्ण र इन्दिरा उद्योगका सञ्चालक राकेश अग्रवाल हुन् ।… Continue reading किसानको वक्यौता नतिर्ने उद्योगको बैंक खाता रोक्का

धादिङमा ग्याङ फाइट, एकको मृत्यु

धादिङ । धादिङमा ग्याङ फाइट भएको छ । युवाको दुई समूहबीच भएको फाइटमा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । खनियाँवास गाउँपालिका–४ का २५ वर्षीय सन्तबहादुर तामाङको फाइटमा परी मृत्यु भएको हो । उनी कर्तव्य ज्यान मुद्दामा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटनामा केही युवा… Continue reading धादिङमा ग्याङ फाइट, एकको मृत्यु

नेपाली खेलाडी सावित्रा र अनित आइलीग खेल्न भारततर्फ

काठमाडौं । नेपाली खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत भारतको सबैभन्दा ठूलो फुटबल  प्रतियोगिता आइलीग खेल्न भारततर्फ प्रस्तान गरेका छन् । उनीहरु मंगलबार भारततर्फ लागेका हुन् । यी दुई खेलाडी नेपालको राष्ट्रिय टोलीमा जमेका खेलाडी हुन् । उनीहरुलाई भारतीय क्लवले आवद्ध गरेको छन् । गतवर्ष दुबै खेलाडी सेथु क्लवबाट खेलेका थिए । यसपटक भने उनीहरुको… Continue reading नेपाली खेलाडी सावित्रा र अनित आइलीग खेल्न भारततर्फ

अमेरिकामा समेत भेटियो कोरोना भाइरस

काठमाडौं । कोरोना भाइरसले चीनमा ६ जनाको निधन भइसकेको छ । यो रोग अब अमेरिकासम्म पुगेको पाइएको छ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेको संचारमाध्यमले उल्लेख गरेका छन् । जनवरी १५ मा चीनबाट फर्किएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पाइएको छ । रोग नियन्त्रण केन्द्र अमेरिकाका अनुसार ती व्यक्तिको परिचय गोप्य… Continue reading अमेरिकामा समेत भेटियो कोरोना भाइरस

रिसोर्टमा ८ भारतीय पर्यटकको मृत्युबारे छानविन समिति गठन

काठमाडौं । सरकारले मकवानपुरको दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा एउटै कोठामा ८ जना भारतीय पर्यटकको मृत्युबारे छानविन गर्न समिति गठन गरेको छ । मंगलबार यस्तो घटना भएको हो । उनीहरुको मृत्युको कारण हिटर बालेर झ्याल ढोका थुनेका कारण निसास्सिएर भएको बताइएको छ । घटनामा रिसोर्टको तर्फबाट के कस्तो कमजोरी भएको हो या होइन ?, रिसोर्टमा मापदण्ड… Continue reading रिसोर्टमा ८ भारतीय पर्यटकको मृत्युबारे छानविन समिति गठन

कोरोनाभाइरसले चीनमा लियो ६ ज्यान, महामारी फैलन सक्ने आंशका

काठमाडौं । चीनमा हालै देखिएको कोरोनाभाइरस नामक रोगले चीनमा ६ जनाको ज्यान लिएको छ । यो रोगलाई एक अज्ञात रोग मानिएको छ । चिनियाँ अधिकारीलेहरुका अनुसार चीनमा यस रोगले महामारीको रुप लिने सम्भावना बढेको छ । चीनको मध्य क्षेत्र वुहान शहरमा केही हप्ता पहिले मात्र यस रोगका लक्षण देखिन थालेका थिए । वुहानका नगरप्रमुख झाओ… Continue reading कोरोनाभाइरसले चीनमा लियो ६ ज्यान, महामारी फैलन सक्ने आंशका

दिपक मनाङेले गरे एन्फा कास्कीका अध्यक्षमाथि हातपात

पोखरा । गण्डकी प्रदेश सांसद राजिब गुरुङ ‘दीपक मनाङे’ले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका छन्। पोखराको लेखनाथस्थित भण्डारढिकमा मंगलबारदेखि शुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिता उद्घाटनपूर्व विवाद उत्पन्न भएका थियो । सोहीक्रममा मनाङेले गुरुङमाथि हातपात गरेका हुन्। मनाङेले मुक्का र लात्ती हानेको गुरुङले बताएका छन् । गुरुङका अनुसार प्रतियोगितामा… Continue reading दिपक मनाङेले गरे एन्फा कास्कीका अध्यक्षमाथि हातपात

धादिङमा मिनी ट्रक दूर्घटना, ७ ले गुमाए ज्यान

धादिङ । धादिङको निलकण्ठ नगरपालिका, ८ मा मिनी ट्रक दुर्घटना हुँदा ७ जनाको निधन भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेलाई हलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । ट्रकमा २५ जना सवार रहेको बताइएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सेते गुरुङ, प्रेमबहादुर गुरुङ, बलवहादुर गुरुङ, नारायण श्रेष्ठ, विदुर गुरुङ, तिलकबहादुर गुरुङ र… Continue reading धादिङमा मिनी ट्रक दूर्घटना, ७ ले गुमाए ज्यान

दामनको एभरेष्ट पानारोमा रिसोर्टमा ८ जना भारतीयको मृत्यु

काठमाडौं । भारतको केरेलाबाट नेपाल भ्रमणमा आएका ८ पर्यटकको दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा निधन भएको छ । उनीहरु भारतको केरलाबाट १५ जनाको समूहमा आएका थिए । पोखरा, काठमाडौं हुँदै दामनमा बसेर उनीहरु स्वदेश फर्कने क्रममा रहेको बेला यस्तो घटना भएको हो । प्रहरीका अनुसार मंगलबार राती सुतेका उनीहरु एउटै कोठामा थिए । दुई परिवारका बाबु,… Continue reading दामनको एभरेष्ट पानारोमा रिसोर्टमा ८ जना भारतीयको मृत्यु

किसानको वक्यौता तिर्न उद्योगीलाई दिएको समयसीमा आज सकिदै, आधा उद्योगले तिरेनन्

काठमाडौं । सरकारले उखु किसानलाई बक्यौता रकम तिर्न चिनी उद्योगीलाई दिएको समयसीमाको आज अन्तिम दिन हो । तर, सोमबार सम्म आधा उद्योगले किसानको पैसा दिएका छैनन् । १८ पुसमा चिनी उद्योग र सरकारबीच भएको वार्तामा उखु किसानको वक्यौता रकम ७ माघसम्म उपलब्ध गराउने सहमति भएको थियो । सो समयसीमा बितिसक्दा समेत किसानको भुक्तानी भने यथावत… Continue reading किसानको वक्यौता तिर्न उद्योगीलाई दिएको समयसीमा आज सकिदै, आधा उद्योगले तिरेनन्

नेपाल र ओमानसँगको सिरिजका लागि अमेरिकी टोली घोषणा

काठमाडौं । विश्वकप क्रिकेट लिग २ अन्तर्गत हुने सिरिजमा खेल्न अमेरिकाले राष्ट्रिय टोली घोषणा गरेको छ । सिरिज नेपालमा माघ अन्तिम साता संचालन हुँदैछ । त्रिकोणात्मक एकदिवसीय सिरिजमा भाग लिन आउनु अगाडी अमेरिकाले भारतको मुम्बईमा अभ्यास गर्ने जनाएको छ । अमेरिकाले शौरभ नेत्रभाल्करको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको युएसए क्रिकेट एशोसिएशनले जनाएको छ ।… Continue reading नेपाल र ओमानसँगको सिरिजका लागि अमेरिकी टोली घोषणा

ओली र मोदी आज भिडियो कन्फ्रेन्समा जोडिदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी आज भिडियो कन्फ्रेन्समा जोडिने भएका छन् । भारतको नयाँ दिल्लीबाट मोदी र सिंह्दरबारबाट जोडिने ओलीले आज खासगरी दुई परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भारतीय सहयोगमा विराटनगरमा निर्माण भएको एकिकृत भन्सार जाँच चौकी (आइसीपी) आज भारतले नेपाललाई हस्तान्तरण गर्दैछ । करीव ३ वर्ष… Continue reading ओली र मोदी आज भिडियो कन्फ्रेन्समा जोडिदै

प्रहरीकै गाडीमा ट्राफिकले ह्वीललक (बुट) लगाएपछि

काठमाडौं । काठमाडौंको अनामनगरमा प्रहरीको गाडी ट्राफिक कारवाहीमा परेको छ । सोमबार ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक गरेको हो । महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक गरेको हो । सडक नै ढाकेर रोकेर राखिएको उक्त गाडीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको भनाई छ । उक्त गाडीलाई सर्वसाधारणलाई… Continue reading प्रहरीकै गाडीमा ट्राफिकले ह्वीललक (बुट) लगाएपछि

१२ माघमा सभामुख निर्वाचन, उपभामुखले दिइन् राजिनामा

काठमाडौं । प्रतिनिधिसभाका सभामुख चयनको मिति १२ माघमा राखिएको छ । सोमबार प्रतिनिधिसभाको बैठकले उक्त दिनका लागि निर्वाचनको मिति तय गरेको हो । सोमबार जेष्ठ सदस्य महन्थ ठाकुरले बैठक संचालन गरेका थिए । ठाकुरले मिति तोकेलगत्तै संसद सचिवालयले सभामुख निर्वाचनको तालिका सार्वजनिक गरेको हो । सभामुखको उम्मेदवारी दर्ताको समय मंगलबार राखिएको छ । नेकपाले अग्नी… Continue reading १२ माघमा सभामुख निर्वाचन, उपभामुखले दिइन् राजिनामा

श्रीले थाल्यो जनकपुर उडान, पोखरामा पनि उड्ने

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी श्री एयरलाइन्सले जनकपुरमा नियमित उडान थालेको छ । दैनिक एक उडान गर्ने गरी जनकपुरमा श्रीले सेवा थालेको हो । कम्पनीका अनुसार अब जनकपुरमा २ हजारमै श्रीले उडान सेवा दिने भएको छ । यसअघि बुद्धले करीव ४ हजार रुपैयाँ भाडा लिइरहेको थियो । प्रवद्र्धनात्मक भाडा २ हजार राखेको र… Continue reading श्रीले थाल्यो जनकपुर उडान, पोखरामा पनि उड्ने

नेकपाको आचार संहिता : तँ उच्चारण निषेध

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना नेता, कार्यक्रता र सदस्यका लागि ११ बुँदे जारी आचार संहिता सार्वजनिक गरेको छ । यस आचार संहितामा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् । जसअनुसार पारिवारिक महत्वलाई मूख्य स्थानमा राख्न भनिएको छ । सबै सदस्य जुटेर पारिवारिक बैठक गर्नुपर्ने, दिनभर गर्नुपर्ने… Continue reading नेकपाको आचार संहिता : तँ उच्चारण निषेध

२ मार्चदेखि नारिता उड्ने भयो नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल वायुसेवा निगमले जापानको नारितामा उडानको मिति सार्वजनिक गरेको छ । निगमका अनुसार २ मार्च २०२० बाट निगमको नारिता उडान निश्चित भएको हो । यसअघि निगमले जापानकै ओशाका शहरमा उडान गरिरहेको थियो । अब ओशाका बन्द गरेर निगमले नारितामा उडान बिस्तारको तयारी गरेको छ । यस रुटमा साताको तीन उडान गर्ने निगमको तयारी… Continue reading २ मार्चदेखि नारिता उड्ने भयो नेपाल एयरलाइन्स

यमनमा ड्रोन हमला, १ सय भन्दा बढी सैनिक मारिए

काठमाडौं । यमनमा सैन्य शिविरस्थित एक मस्जिदमा मिसाइल तथा ड्रोन आक्रमण भएको छ । यसबाट १ सय भन्दा बढी सैनिकको ज्यान गएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । अन्य सयौं यमनी सैनिक घाइते भएको समाचारमा जनाएको छ । आइतबार भएको यस आक्रमणमा हूती विद्रोहिको हात रहेको बताईएको छ । ईरान समर्थित हूती विद्रोही र साउदी… Continue reading यमनमा ड्रोन हमला, १ सय भन्दा बढी सैनिक मारिए

आजबाट नयाँ सभामुख चयन प्रक्रिया शुरु

काठमाडौं । यसअघि तीन पटकसम्म सूचना टाँस गरी स्थगित भएको प्रतिनिभिसभाको बैठक आज बस्दैछ । आजको बैठकले सभामुख चयन प्रक्रिया थाल्ने बताइएको छ । त्यसक्रममा उपसभामुखको राजिनामा समेत आउने छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले शनिबार मात्र सभामुखका उम्मेदवारको टुंगो लगाएको थियो । अब सभामुख अग्नी सापकोटा बन्दैछन् । पुस ११, १६ र २७… Continue reading आजबाट नयाँ सभामुख चयन प्रक्रिया शुरु

काठमाडौंमा विजुली बसको नाटक, बागमती प्रदेश सरकारले चलाउने

काठमाडौं । काठमाडौं उपत्यकामा भएको ट्रली बस राजनीतिक खिचातानीका कारण अस्ताएको करीव एक दशक पुग्न लागिसक्यो । नेपाल विद्यूत प्राधिकरण भन्छ, नेपाल अब विद्यूतमा आत्मभिर्नर भयो, खपत बढाइदिनुस । तर, विद्यूत खपत बढाउने गरी अगाडी बढेका धेरै योजना भने अलपत्र अवस्थामा छन् । त्यस्तै भएको छ विजुली बसमा समेत । साझा यातायातले ३ सय वटा… Continue reading काठमाडौंमा विजुली बसको नाटक, बागमती प्रदेश सरकारले चलाउने

यूएईमा १ वर्षमै गयो १०३ नेपालीको ज्यान

यूएई । पछिल्लो एक वर्षमा यूइएमा मात्र १ सय ३ जना नेपालीको ज्यान गएको छ । यूएईस्थित नेपाली दूतावासको तथ्यांक अनुसार यसरी ज्यान जानेमा ९९ जना पुरुष छन् भने ४ जना महिला छन् । यस मुलुकमा दूर्घटनाका कारण धेरैले ज्यान गुमाउँछन् । खासगरी तिबै गतिमा सवारी साधन चल्ने भएकाले सानो गल्तीको सजाय नि यहाँ मृत्यु… Continue reading यूएईमा १ वर्षमै गयो १०३ नेपालीको ज्यान

अन्नपूर्णमा हराएका ७ जनाको पत्ता लागेन, सोमबार खोजी जारी रहने

पोखरा । अन्नपूर्ण पदयात्राका क्रममा हराइरहेका ७ जना (४ कोरियाली र ३ नेपाली)को खोजी कार्य आइतबारसमेत जारी रह्यो । तर, बाक्लो हिउँ जमेका कारण उनीहरुका सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको कास्की प्रहरी जनाएको छ । अन्नपूर्ण आधार शिविर जाने बाटोको देउराली आसपास गएको हिमपहिरोमा उनीहरु परेको बताइएको छ । पहिरोले उनीहरुलाई पुरेका कारण जिवित फेला… Continue reading अन्नपूर्णमा हराएका ७ जनाको पत्ता लागेन, सोमबार खोजी जारी रहने

गायिका आस्था राउतलाई पक्रन अनुमति

काठमाडौं । ड्यूटीमा खटिएको प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको कसुरमा गायिका आस्था राउतमाथि कारवाही हुने भएको छ । उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउको अनुमति दिएको हो । अब उनी प्रहरीको फरार सूचीमा परेकी छिन् । आस्थ अहिले सिक्किममा… Continue reading गायिका आस्था राउतलाई पक्रन अनुमति