काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूह आज प्रदेशस्तरीय कार्यकर्ता भेलाको तयारीमा छ । उक्त समूहको मंगलबार बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आज सातै प्रदेशमा भेला गर्ने निर्णय गरे अनुसार नेताहरुलाई प्रदेशमा खटाइएको छ । पार्टी विभाजनको काम निकै तिब्र गतिमा गरेको यो समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । दुईदिन भित्र… Continue reading नेकपा ओली पक्षले आज प्रदेश भेला गर्दै
Author: Vishwanews.com
मेसीले तोडे पेलेको ऐतिहासिक कीर्तिमान
काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन स्टार लिओनल मेसीले ब्राजिलियन महान खेलाडीले राखेको ऐतिहासिक कीर्तिमान तोडेका छन् । कुनै पनि एउटा क्लवका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान अब मेसीका नाममा बसेको छ । यो रेकर्ड यसअघि पेलका नाममा थियो । मेसीले ला लिगाअन्तर्गत मंगलबार राती सम्पन्न रियल भालडोलिडविरुद्धको खेलमा गोल गर्दै बार्सिलोनाका लागि करियरमा ६४४… Continue reading मेसीले तोडे पेलेको ऐतिहासिक कीर्तिमान
बहिनीले प्रेम विवाह गरेपछि दाजुद्धारा बहिनीको हत्या
खोटाङ । बहिनीले आफुले रोजेको केटा विवाह नगरी प्रेम विवाह गरेपछि ठूलो बुबाका छोरा (दाजु)ले बहिनीको हत्या गरेका छन् । खोटाङमा यस्तो घटना भएको हो । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार आफुले मन पराएका प्रेमीसँग प्रेम विवाह गरेकी साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको विवाह भएको तेस्रो दिनमै दाजुले हत्या गरेका हुन् ।… Continue reading बहिनीले प्रेम विवाह गरेपछि दाजुद्धारा बहिनीको हत्या
नेकपा संसदीय दलको नेता बन्दै प्रचण्ड
काठमाडौं । प्रचण्ड नेपाल पक्षको नेकपाले आज संसदीय दलको नेतामा प्रचण्डलाई छनोट गर्दैछ । त्यसका लागि आज १ बजे पार्टीको संसदीय दलको बैठक बोलाइएको छ । मंगलबार अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरी दोस्रो अध्यक्षमा माधव कुमार नेपाललाई छानिएको थियो । आज संसदीय दलको बैठकले नेता छान्ने छ । आज १ बजे संघीय संसद… Continue reading नेकपा संसदीय दलको नेता बन्दै प्रचण्ड
प्रधानमन्त्रीको कदमबारे कांग्रेस अझै अनिर्णित, आज पनि जारी रहने केन्द्रिय समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसले सरकारले संसद विघटन गर्ने गरी चालेको असंवैधानिक कदमको औपचारिक धारणा बनाउन अझै सकेको छैन । यसले कांग्रेस भित्र समेत असन्तुष्टी तिब्र बन्दै गएको छ । खासगरी सभापति शेर बहादुर देउवाको मौन समर्थनमै प्रधानमन्त्रीबाट पछिल्ला कदम चालेको आशंका कांग्रेस भित्रै गर्न थालिएको छ । मंगलबार पार्टीका तर्फबाट धारणा बनाउन बसेको केन्द्रीय समिति… Continue reading प्रधानमन्त्रीको कदमबारे कांग्रेस अझै अनिर्णित, आज पनि जारी रहने केन्द्रिय समिति बैठक
बेलायतबाट नेपालमा यात्रु ल्याउन रोक
काठमाडौं । सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमन रोकेको छ । बुधबार राती १२ बजेबाट लागु हुने गरी नेपाल सरकारले बेलायतबाट कुनै पनि यात्रु आउन नपाउने गरी रोक लगाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई यस्तो निर्देशन दिएको छ । बेलायतबाट कुनै पनि एयरलाइन्सले सिधा उडानबाट वा बेलायतको… Continue reading बेलायतबाट नेपालमा यात्रु ल्याउन रोक
नेकपाको अध्यक्षबाट केपी ओलीलाई हटाइयो, माधवकुमार नेपाल दोस्रो अध्यक्षमा चयन
काठमाडौं । प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट हटाउने निर्णय गरेको छ। मंगलबार कार्की बैंक्वट बबरमहलमा बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय पारित गरेको हो । उक्त बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१५ भन्दा बढी सदस्य सहभागी थिए । ३१५ जना केन्द्रीय कमिटीका सदस्यले ओलीलाई हटाउने निर्णय सर्वसम्मतरुपमा… Continue reading नेकपाको अध्यक्षबाट केपी ओलीलाई हटाइयो, माधवकुमार नेपाल दोस्रो अध्यक्षमा चयन
नेपालमा ७२२ जना कोरोना संक्रमित थपिए, थप ३ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ७ हजार जनाको पिसिआर परीक्षण गर्दा ७ सय २२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण… Continue reading नेपालमा ७२२ जना कोरोना संक्रमित थपिए, थप ३ जनाको मृत्यु
राजनीतिक प्रभावबाट बाहिरियो नेपाली सेयर बजार, दुई दिनमै १२५ अंकभन्दा माथि
काठमाडौं । राजनीतिक प्रभावबाट सेयर बजार बाहिर आएको छ । सेयर बजार तीव्र उछाल आएको छ । आइतबार संसद विघटन भएसँगै इतिहासकै दोस्रो धेरै ९७ अंकले घटेको बजारमा त्यस यताका दुई दिनमै १२८ अंकले बढेको छ । आज सूचकसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । सोमबारको तुलनामा आज कारोबार रकम करिब ५ करोडले बढेको… Continue reading राजनीतिक प्रभावबाट बाहिरियो नेपाली सेयर बजार, दुई दिनमै १२५ अंकभन्दा माथि
बुढानिलकण्ठ नगरपालिकाको सामाजिक विकास समिति संयोजकमा शान्ता ढकाल
काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाले सामाजिक विकास समिति संयोजकको जिम्मेवारी नगर कार्यपालिका सदस्य शान्ता ढकाललाई दिएको छ। बुढानिलकण्ठ नगर कार्यपालिकाको पुस १ गते बसेको बैठकले ढकाललाई उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो। करिव २ दशक नेपालको शिक्षा क्षेत्रमा सक्रिय रहेकी ढकाल स्थानीय निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ बाट लोकप्रिय मत सहित विजयी बनेकी थिइन्।… Continue reading बुढानिलकण्ठ नगरपालिकाको सामाजिक विकास समिति संयोजकमा शान्ता ढकाल
संसद विघटनविरुद्ध नेकपा सांसदद्वारा सर्वोच्चमा रिट दर्ता
काठमाडौं । संसद विघटनको निर्णयविरुद्ध प्रतिनिधिसभाका सदस्यहरुले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीकै सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले रिट दर्ता गरेका हुन् । रिटमा प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ । उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन… Continue reading संसद विघटनविरुद्ध नेकपा सांसदद्वारा सर्वोच्चमा रिट दर्ता
राष्ट्रपतिद्वारा युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्। मन्त्री पदबाट हटेपछि पार्टीभित्र सहमती नै नभइ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट खतिवडालाई राजदूतमा सिफारिस गरेका थिए । सो सिफारिस संसदीय सुनुवाइ समितिबाट यसअघि नै अनुमोदन भएकोमा मंगलबार राष्ट्रपतिले नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले… Continue reading राष्ट्रपतिद्वारा युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त
ओली समूहले विस्तारित केन्द्रीय सदस्यको सूची निर्वाचन आयोगमा दर्ता
काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले विस्तार गरेको पार्टी केन्द्रीय समितिको सूची निर्वाचन आयोगमा दर्ता भएको छ । प्रमुख निर्वाचन आयुक्तको तोक लगाएपछि दर्ता शाखामा पुगेको हो । केन्द्रीय समिति बिस्तार भएको उल्लेख छ र सँगै विस्तारित केन्द्रीय समितिमा रहेका सदस्यहरुको सूची संलग्न रहेको पत्रमा पार्टी अध्यक्ष ओलीको हस्ताक्षर रहेको आयोग स्रोतले… Continue reading ओली समूहले विस्तारित केन्द्रीय सदस्यको सूची निर्वाचन आयोगमा दर्ता
ओली समूहको महाधिवेशन आगामी वर्ष मंसिर २ गते गर्ने बालुवाटार भेलाको निर्णय
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा छ । प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि विवाद उत्कर्षमा पुगेको हो । विवाद विभाजनसम्म पुगेको छ । बालुवाटारमा भेला भएको ओली समूहको बैठकले केन्द्रीय सदस्य संख्या ११९९ बनाएर थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेको छ । हाल नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको… Continue reading ओली समूहको महाधिवेशन आगामी वर्ष मंसिर २ गते गर्ने बालुवाटार भेलाको निर्णय
नारायणकाजी श्रेष्ठ ओली समूहको कारबाहीमा, प्रवक्ता जिम्मेवारी प्रदीप ज्ञवालीलाई
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । बालुवाटारमा जारी भेलाबाट श्रेष्ठलाई प्रवक्ताबाट हटाउँदै प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको सहभागी एक नेताले जानकारी दिए। श्रेष्ठलाई पार्टी हित विपरित गतिविधि गरेको आरोप लगाएको छ । श्रेष्ठको भूमिकाप्रति ओली पक्ष केही समययता… Continue reading नारायणकाजी श्रेष्ठ ओली समूहको कारबाहीमा, प्रवक्ता जिम्मेवारी प्रदीप ज्ञवालीलाई
ओलीद्वारा ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा
काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आफू निकट केन्द्रीय सदस्यहरुको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् । बालुवाटारमा आफूपक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या ११९९ बनाएर थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेका हुन् । हाल… Continue reading ओलीद्वारा ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा
कोरोना खोप लगाइरहेको बेलायतमा नयाँ भाइरस देखियो, संसारभर प्रतिवन्ध बढ्दै
काठमाडौं । बेलायतले संसारमै पहिलो पटक कोरोना भाइरसको खोप लगाउन थालेको हो । तर, यस मुलुकमा कोरोना भाइरसको नयाँ प्रकृतिको भाइरस देखा परेको छ । सोहीकारण संसारभर बेलायतबाट हुने आगमनलाई प्रतिवन्ध लगाउन शुरु भएको छ । नेपालको छिमेकी मुलुक भारतले समेत बेलायत उडान रद्द गरेको छ । अहिलेसम्म ४० भन्दा धेरै मुलुकले बेलायतबाट सम्बन्धित मुलुकमा… Continue reading कोरोना खोप लगाइरहेको बेलायतमा नयाँ भाइरस देखियो, संसारभर प्रतिवन्ध बढ्दै
अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले लगाए कोरोना खोप
वासिंगटन डिसी । अमेरिकी नवनिर्वाचित राष्ट्रपतिमा जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले फाइजर–बायोएनटेकले बनाएको कोरोना भाइरस विरुद्धको खोप लगाएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । खोपबारे सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह गर्न आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताएका छन् । उनले डेलवरको नेवार्कमा खोप लगाएका बाइडेनले निर्धक्क भई खोप लगाउन आह्वान गरेका छन्… Continue reading अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले लगाए कोरोना खोप
जनमोर्चा र मसालले सरकारलाई दिएको समर्थन फिर्ता लिए
काठमाडौं । राष्ट्रिय जनमोर्चा र मसालले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । जनमोर्चाको सोमबार बसेको पार्टी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका अनुसार पार्टीले सरकारलाई दिएको नैतिक समर्थन फिर्ता लिने निर्णय गरेको हो । ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरी असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी कदम चालेका… Continue reading जनमोर्चा र मसालले सरकारलाई दिएको समर्थन फिर्ता लिए
सरकारको कदमबारे आज तीन ठूला दलले आगामी रणनीति तय गर्दै
काठमाडौं । आज तीन ठूला दल सरकारको कदमको प्रतिरोध गर्ने सम्बन्धमा आगामी रणनीति तय गर्न जुट्दैछन् । त्यसका लागि ती दलको छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दैछ । सत्तारुढ नेकपाका दुई गूटको बैठक छुट्टाछुट्टै समयमा बस्दैछ । यद्दपी प्रचण्ड समुहले सरकारको कदमबारे आफ्नो आगामी रणनीति बनाउने छ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको बैठक समेत… Continue reading सरकारको कदमबारे आज तीन ठूला दलले आगामी रणनीति तय गर्दै
के आज नेकपा फूटको औपचारिक दिन हो ? दुबै गूटका छुट्टाछुट्टै केन्द्रिय समिति बैठक आह्वान
काठमाडौं । सत्तारुढ कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले आज छुट्टाछुट्टै केन्द्रिय समिति बैठक बोलाएका छन् । यसलाई नेकपा फूटको औपचारिक विन्दुका रुपमा हेरिएको छ । किनकी आजको बैठकमा प्रधानमन्त्री ओली पक्षले अध्यक्ष प्रचण्डलाई कारवाहीको निर्णय गर्ने बताएको छ । प्रचण्डले नेतृत्व गरेको समूहको स्थायी समिति बैठकले भने यसअघि नै ओलीलाई कारवाही गर्नेै निर्णय गरी… Continue reading के आज नेकपा फूटको औपचारिक दिन हो ? दुबै गूटका छुट्टाछुट्टै केन्द्रिय समिति बैठक आह्वान
४ महिनामा विदेशबाट नेपालीले पठाए ३ खर्ब ३७ अर्ब
काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीले पछिल्लो चार महिनाको अवधिमा करीव साढे ३ खर्ब रुपैयाँ नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार कोरोना महामारीका वावजुत पनि नेपालमा रेमिट्यान्स ११ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म कुल ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र… Continue reading ४ महिनामा विदेशबाट नेपालीले पठाए ३ खर्ब ३७ अर्ब
टिकटिक बनाउन पुलमा झुन्डिदा झरेका युवाको मृत्यु
कोहलपुर । टिकटकका लागि मानिस के सम्म गर्न सक्ला ? हामीले टिकटकका लागि अनेक शाहसिक पोज देख्ने गर्छौं । तर, नेपालमा एक युवाले ज्यानै गुमाएका छन् । टिकटक बनाउन झोलुङ्गे पुलको तारमा झुन्डिदा त्यहाँबाट खसेर घाइते भएका दाङको तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा सोमबार बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा ज्यान गएको… Continue reading टिकटिक बनाउन पुलमा झुन्डिदा झरेका युवाको मृत्यु
कृषि परियोजनामा विश्व बैंकले दियो साढे ९ अर्ब
काठमाडौं । कृषि परियोजनामा खर्च गर्ने गरी विश्व बैंकबाट करीव साढे ९ अर्ब (८ करोड डलर) बराबरको वित्तीय सम्झौता भएको छ । नेपाल सरकार र विश्व बैंकबीच आज अर्थ मन्त्रालयमा आयोजना भएको कार्यक्रममा हस्ताक्षर भएको हो । ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलताको प्रवर्द्धन गर्दै कोभिड महामारी पश्चातको आर्थिक पुनरूत्थानलाई अभिवृद्धि गर्ने गरी… Continue reading कृषि परियोजनामा विश्व बैंकले दियो साढे ९ अर्ब
प्रमुख तीन दलले भने : संसद विघटन संविधान माथिको आक्रमण
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन संविधानमाथिको आक्रमण भएको प्रमुख तीन दलले निष्कर्ष निकालेका छन् । आज नेपाली कांग्रेसले आह्वान गरेको सर्वदलीय बैठकमा उपस्थित भएका मूख्य तीन दलले यस्तो निष्कर्ष निकालेका हुन् । सरकारको कदमबारे धारणा बनाउन आज संयुक्त बैठक बसेको थियो । नेपाली कांग्रेसको आह्वानमा उसैको पार्टी कार्यालय सानेपामा बसेको बैठकमा नेपाल… Continue reading प्रमुख तीन दलले भने : संसद विघटन संविधान माथिको आक्रमण
श्रीराम सुगर मिलको बैंक खातामा २५ करोड जम्मा
काठमाडौं । उखु किसानको बक्यौक्ता भुक्तानी गर्न श्रीराम सुगर मिलले आफ्नो बैंक खातामा २५ करोड रुपैयाँ जम्मा गरेको छ । श्रीरामले एक सूचना जारी गर्दै किसानको बक्यौता तिर्न पुस ३ गते १६ करोड ४४ लाख ७० हजार ७०० रुपैयाँ र आज ५ गते ८ करोड २५ लाख ५७ हजार ५१९ गरी कुल २५करोड ३० लाख… Continue reading श्रीराम सुगर मिलको बैंक खातामा २५ करोड जम्मा
नेपालमा थप ७४२ जनामा कोरोना संक्रमण, १०७९ जना डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७४२ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ भने अहिलेसम्म २ लाख ४३ हजार ७४३ जना संक्रमणमुक्त भएका छन्। यस्तै, पछिल्लो… Continue reading नेपालमा थप ७४२ जनामा कोरोना संक्रमण, १०७९ जना डिस्चार्ज
प्रधानमन्त्री सम्बोधन:असहयोग, विरोध र घेराबन्दी गरेपछि जनतासामू जानुको विकल्प रहेन (पूर्णपाठ)
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् विघटनको घटना अप्रत्यासित र आकस्मिक नभएको बताएका छन् । जनादेश र जनभावना विपरीत सरकारलाई घेराबन्दीमा पारेपछि जनतासामू जानुको विकल्प आफूसँग नरहेपछि संसद विघटन गरिएको उनको दाबी थियो । उनले संसद… Continue reading प्रधानमन्त्री सम्बोधन:असहयोग, विरोध र घेराबन्दी गरेपछि जनतासामू जानुको विकल्प रहेन (पूर्णपाठ)
ओलीको दाबी: सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्बहाली गर्न सक्दैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्बहाली गर्न नसक्ने दाबी गरेका छन् । आफूनिकटका नेतालाई बालुवाटार बोलाएर उनले प्रतिनिधिसभा पुनर्बहाली हुन नसक्ने बताएका हुन् । उनले ६४ प्रतिशत जनमत लिएको प्रधानमन्त्रीले विघटन गरेको निर्णय अदालतले उल्ट्याउन नसक्ने दाबी भेलामा गरेका हुन् । प्रधानमन्त्री ओलीले नेकपामा आफूले हस्ताक्षर नगरेको कुनै पनि निर्णयले वैधानिकता… Continue reading ओलीको दाबी: सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्बहाली गर्न सक्दैन
पुल्चोकमा गृहमन्त्री बादल समूहको छुट्टै भेला, को- को भए सहभागी ?
काठमाडौं । गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापाले आफू निकट केन्द्रीय सदस्य तथा सांसदहरुको छुट्टै भेला गरेका छन् । पुल्चोकस्थित सरकारी निवासमा उनले सोमबार बिहान आफू निकट सांसद र नेताहरुलाई भेलामा बोलाएका हुन् । पुर्व माओवादीमा बादल समुहका ३५ जना केन्द्रिय सदस्य छन् । त्यसैगरी उनको पक्षमा स्थायी कमिटी सदस्यहरु पम्फा भुसाल र देव… Continue reading पुल्चोकमा गृहमन्त्री बादल समूहको छुट्टै भेला, को- को भए सहभागी ?