काठमाडौंमा ठूलो जुवाखालमा प्रहरीको छापा, २५ जना पक्राउ

फाइल तस्वीर

काठमाडौं । प्रहरीले काठमाडौं महाराजगञ्जस्थित एक ठूलो जुवाखालमा छापा मारेको छ । जुवाखालबाट २५ जना पक्राउ परेको महानगरीय प्रहरी परिसर स्रोतले जनाएको छ । २५ जना पक्राउ परेपनि नाम भने अझै सार्वजनिक गरिएको छैन । जुवाखालबाट २ करोड भन्दा बढी बरारबरको चेक तथा नगद रकम बरामद भएको प्रहरीले जनाएको छ । महाराजगञ्जस्थित होटल साम्बालापछाडि एक… Continue reading काठमाडौंमा ठूलो जुवाखालमा प्रहरीको छापा, २५ जना पक्राउ

आज दिन भर देशभर बत्ति नजाने

काठमाडौं । यस वर्ष पनि देशभर लक्ष्मी पूजाको दिन लोडसेडिङ नहुने भएको छ । आइतबार परेको लक्ष्मीपूजाका लागि देशभर आवश्यकता अनुसार विद्यूत लोड पुर्याउने गरी तयारी भएको नेपाल विद्यूत प्राधिकरणले जानकारी दिएको छ । नेपालमा २०७३ साल अगाडी हरेक लक्ष्मी पूजाका दिन नेपाल विद्यूत प्राधिकरणले लोड कम हुने सामान चलाउन आग्रह गर्दै आएको थियो ।… Continue reading आज दिन भर देशभर बत्ति नजाने

अजरवैजानमा प्रधानमन्त्रीको व्यस्तता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यति बेला अजरवैजानमा छ । उनी अजरबैजानको राजधानी बाकुमा आयोजित असंलग्न आन्दोलनको १८औँ शिखर सम्मेलनमा भाग लिन अजरवैजान आएका हुन् । सोही अवसरमा प्रधानमन्त्री ओलीले भेनेजुयलाका राष्ट्रपति तथा नामका निवर्तमान अध्यक्ष निकोलस मदुरोसँग भेटवार्ता गरे । उनीहरुबीच शुक्रबार बाकु कन्भेन्सन सेण्टरमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।… Continue reading अजरवैजानमा प्रधानमन्त्रीको व्यस्तता

अब चितवनसम्म पाइपलाइनबाट ग्यास

बारा । भारतको मोतिहारीबाट अब चितवनसम्म पाइपलाइनबाट ग्यास आउने भएको छ । मोतीहारी–चितवन पाइपलाइन र अमलेखगञ्ज–चितवन इन्धन पाइपलाइनको काम शुरु गरिएको छ । शनिबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा सङ्केत पिल्लर गाड्दै यस आयोजनाको शुरुवात भएको घोषणा गरे । मोतिहारी–चितवन ग्यास पाइपलाइनसँगै अमलेखगञ्ज–चितवनपेट्रोलियम पाइपलाइन समेत बिस्तार हुने उक्त अवसरमा जानकारी… Continue reading अब चितवनसम्म पाइपलाइनबाट ग्यास

दुई वाणिज्य बैंक ग्लोबल आइएमई र जनता गाभिए

काठमाडौं । नेपालका दुई ठूला बैंक ग्लोबल आइएमई र जनता बैंक मर्जर भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बाध्यकारी वीग मर्जर नीति ल्याउने अपेक्षा गरिएको थियो । तर, नीति नआएपनि दुई ठूला बैंक गाभिने निष्कर्षमा पुगेका हुन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकामा मर्जरसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौतापत्रमा ग्लोबल आइएमई बैकका… Continue reading दुई वाणिज्य बैंक ग्लोबल आइएमई र जनता गाभिए

जर्मनीको बोनस्थित दूतावास भवन बेच्न सिफारिस

काठमाडौं । व्यवस्थापिका संसद, संसदीय उपसमितिले जर्मनी, बोनस्थित नेपाली राजदूतावास भवन बेच्न सरकारलाई सिफारिस गरेको छ । सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिबाट जर्मनीको बोनस्थित दूतावासको भवन प्रयोगविहीन रहेको भन्दै तत्काल बेच्नु पर्ने सुझाव दिएको छ । उपसमितिका संयोजक राजेन्द्र कुमार केसीका अनुसार त्यहाँ रहेका दुई वटा भवन प्रयोग विहिन रहेका छन् । जर्मनीको राजधानी… Continue reading जर्मनीको बोनस्थित दूतावास भवन बेच्न सिफारिस

एएसफीबाट एन्फालाई नगद जरिवाना

काठमाडौं । मापदण्ड नपुगि क्लवहरुलाई मान्यता दिएको कसुरमा एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई नगद जरिवाना गरेको छ । एएफसीको अनुशासन तथा आचार संहिता समिति एन्फालाई १० हजार अमेरिकी डलर जरिवानको निर्णय गरेको हो । एएफसीले एन्फालाई गल्ती सच्याउने अवसर पनि प्रदान गरेको छ । दुई वर्ष भित्र त्यसो नगरे ३५… Continue reading एएसफीबाट एन्फालाई नगद जरिवाना

कास्की २ मा रविन्द्र पत्नी विद्या उठ्ने

पोखरा । आगामी उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की २ का लागि विद्या भट्टराईको नाम सिफारिस गरेको छ । नेकपा कास्की जिल्ला कमिटीले कास्की २ मा हुने उपचुनावमा विद्या भट्टराईलाई उठाउने निर्णय गरेको हो । उनी स्वर्गीय नेता रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेकै समयमा पाथिभरामा हेलिकोप्टर दूर्घटना हुँदा… Continue reading कास्की २ मा रविन्द्र पत्नी विद्या उठ्ने

प्रधानमन्त्री बाकुमा

बाकु । असंलग्न आन्दोलनमा सहभागी देशहरुको समूहमा आवद्ध राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री अजरबैजानको बाकु पुगेका छन् । बिहीबार बिहान अपरान्ह नेपालबाट प्रस्थान गरेका प्रधानमन्त्री राती बाकु पुगेका हुन् । सम्मेलन शुक्रबारदेखि प्रारम्भ हुँदैछ । बाकुस्थित हेयदार अलियेभ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलाई अजरबैजानका उपप्रधानमन्त्री अली अहमादोभले स्वागत गरे । उक्त… Continue reading प्रधानमन्त्री बाकुमा

काम नसकी लाप्राकबाट पन्छियो एनआरएनए

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) वैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त गोरखाको लाप्राकस्थित एकीकृत बस्ती निर्माण नसकिदै जिम्मेवारीबाट पन्छिएको छ । गोरखा भूकम्पको केन्द्रिविन्दु पनि हो । सबैभन्दा बढी क्षती पुगेको यो वस्तीलाई दुई वर्षमा ठडाउने भन्दै एनआरएनएले यसको जिम्मेवारी लिएको थियो । यसबीचमा दुई कार्यकाल फेरीए, ४ वर्ष बित्यो, तर वस्ती निर्माणको काम सकिएको… Continue reading काम नसकी लाप्राकबाट पन्छियो एनआरएनए

आजबाट शुरु भयो निर्वाचन आचारसंहिता

काठमाडौं । आगामी १४ मंसिरमा उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचनको तयारीमा निर्वाचन आयोगदेखि राजनीतिक दलसम्म होमिएका छन् । सोही निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आचार संहिता लागु लागेको छ । उपनिर्वाचनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारलाई शुक्रबारदेखि निर्वाचन आचार संहिता लागू भएको आयोगले जानकारी दिएको छ । आयोगले केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार,… Continue reading आजबाट शुरु भयो निर्वाचन आचारसंहिता

वर्ल्ड लिंकमा भित्रियो विदेशी लगानी

काठमाडौं इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकमा विदेशी लगानी भित्रिएको छ । कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ वैदेशिक लगानी भित्र्याएको बिहीबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो । यस कम्पनीमा बेलायतको विकास वित्त संस्था सिडिसी ग्रुपले लगानी गर्न लागेको हो । उक्त कम्पनीले सो रकम बराबरको वर्ल्डलिंकको १० प्रतिशत सेयर किन्ने भएको हो । सिडिसी बेलायत… Continue reading वर्ल्ड लिंकमा भित्रियो विदेशी लगानी

चर्चित र्‍यापर भिटेन पक्राउ

काठमाडौं । प्रहरीले अर्का विवादित गायक (र्‍यापर) भिटेनलाई पक्राउ गरेको छ । बिहीबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले जाउलाखेलबाट उनलाई पक्रेको हो । अस्लिल शब्द मिसाएर गीत गाउने र त्यसलाई टिकटक तथा यूट्यूवमा राख्ने होडबाजीमा पछिल्लो समय गायक गायीकाले नेपाली संस्कृतिमाथि नै प्रहार गरिरहेका छन् । प्रहरीले पछिल्लो समय अराजकता फैलने शब्द राखी गीत संगित… Continue reading चर्चित र्‍यापर भिटेन पक्राउ

आधा घण्टा विमानस्थल बन्द गरी उडे प्रधानमन्त्री, दिनभर यात्रुलाई सास्ती

काठमाडौं । बिहीबार अजरबैजानको बाकुतर्फ प्रस्थान गरेका प्रधानमन्त्रीको सवारीका दौरान करीव आधा घण्टा विमानस्थल बन्द भयो । विमानस्थलले जारी गरेको नोटाम अबधिभर कुनै पनि व्यवसायीक उडानका जहाजले उड्ने वा ओर्लने अनुमति पाउँदैनन् । त्यसबेला आकासमा होल्ड भएका र मैदानमा रहेका जहाजहरुले भने बिहीबार दिउसो तीन चार घण्टासम्म पनि सास्ती भोग्नु पर्यो । १ बजे अपरान्हका… Continue reading आधा घण्टा विमानस्थल बन्द गरी उडे प्रधानमन्त्री, दिनभर यात्रुलाई सास्ती

डुइङ विजनेस इन्डेक्समा नेपालको छलाङ

काठमाडौं । ‘डुइङ विजनेस इन्डेक्स’ मा नेपालले उल्लेख्य प्रगति गरेको छ । विश्व बैंकले निकाल्ने यस्तो प्रतिवेदनले विश्वव्यापी मान्यता पाउने गर्छ । डुइङ विजनेस २०२० प्रतिवेदन अनुसार नेपाल ९४ औं स्थानमा रहेको छ । अघिल्लो वर्ष नेपाल १ सय १० औं स्थानमा रहेको थियो । डुइङ विजनेसले हेर्ने विभिन्न १० क्षेत्रमध्ये नेपालले ५ क्षेत्रमा सकारात्मक… Continue reading डुइङ विजनेस इन्डेक्समा नेपालको छलाङ

ट्रक भित्र ३९ वटा शव कहाँबाट आयो ?

लण्डन । बुधबार बेलायतको राजधानी लन्डनमा एक ट्रक भित्र ३९ शव बरामद भयो । ट्रक चालक २५ वर्षिय एक यूवक पनि पक्राउ परे । यस घटनाले विश्वलाई भयभित मात्र पारेको छैन, आखिर अति विकसित मुलुक बेलायतमै यो अमानवीय घटना कसरी भयो भने जिज्ञासा समेत उत्पन्न गराएको छ । ट्रक बेल्जियमबाट जहाजमा चढाएर वेलायत पुगेको प्रहरीले… Continue reading ट्रक भित्र ३९ वटा शव कहाँबाट आयो ?

राष्ट्रपति स्वदेश फिर्ता, प्रधानमन्त्री आज अजरबैजान जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि वैदेशिक भमणमा सिलसिलामा अजरबैजान जाँदै छन् । असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री अजरबैजानको बाकुतर्फ जान लागेका हुन् । उनी बिहान ११ बजे कतार एयरवेजमार्फत उक्त मुलुक प्रस्थान गर्नेछन् । यससँगै प्रधानमन्त्रीले आफ्नो पछिल्लो कार्यकालमा करीव १ दर्जन मुलुकको भ्रमण पुरा गरेका छन् ।… Continue reading राष्ट्रपति स्वदेश फिर्ता, प्रधानमन्त्री आज अजरबैजान जाने

नेपाली र अमेरिकी सेनाबीच संयुक्त कार्यक्रम

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त कार्यक्रम ‘ल्याण्ड फोर्स टल्क’ सुरू भएको छ। कार्यक्रम सैनिक मुख्यालय जंगी अड्डामा बुधबारबाट शुरु भएको हो । कार्यक्रम बिहीबारसम्म चल्ने भएको छ । संयुक्त कार्यक्रममा नेपाली सेनाको शान्ति स्थापना कार्यको क्षमता अभिवृद्धि, मानवीय सहयोग र विपद् प्रतिकार्य फौज व्यवसायीकरण सहयोग तथा नेपाली सेना र अमेरिकी सेनाले संचालन… Continue reading नेपाली र अमेरिकी सेनाबीच संयुक्त कार्यक्रम

युवतीको बलत्कारपछि हत्या गरी अमेरिका पलायन व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौं । भनिन्छ, अपराधी पानी मुनी गएपनि लुक्न सक्दैन । तर, त्यसका लागि प्रहरीको इच्छाशक्ति पनि उत्तिकै आवश्यक छ । नेपाल प्रहरीले बुधबार एक यस्तो उदाहरण प्रस्तुत गर्न सफल भयो । बुधबार बिहान टर्कीस एयरलाइन्सको जहाजबाट आएका एक युवकलाई त्रिभुवन विमानस्थलमा ओर्लनासाथ पक्रियो । उनी अमेरिकाबाट आएका थिए । प्रहरीका अनुसार उनलाई अमेरिका मै प्रहरीले… Continue reading युवतीको बलत्कारपछि हत्या गरी अमेरिका पलायन व्यक्ति २० वर्षपछि पक्राउ

आर्यघाटमा दाहसंस्कारमा लाग्ने शुल्क बढ्यो: घाट सेवकको आन्दोलन फिर्ता

काठमाडौं । पशुपति आर्यघाटमा बुधबार एकाएक एक सूचना टासिएको पाइयो । सूचना अनुसार पशुपति आर्यघाटमा दाह संस्कारको काम अनिश्चितकालका लागि बन्द गरिएको र सेवा अवरुद्ध भएको उल्लेख थियो । यो सूचनासँगै घाट सेवकहरुले दाहसंस्कार रोकेका थिए । आफन्त गुमाएको शोकमा पशुपतिना मन्दिरको पवित्र स्थलमा दाहसंस्कारका लागि पुगेका मानिस अलपत्र परेका थिए । तर, दिउँसो समस्या… Continue reading आर्यघाटमा दाहसंस्कारमा लाग्ने शुल्क बढ्यो: घाट सेवकको आन्दोलन फिर्ता

प्रधानमन्त्री एक्सन रुममा, गौरवका आयोजनाको अपडेट लिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाको अपडेट लिए । तीन जना केन्द्रिय मन्त्री र प्रमुख सल्लाहकारसहित उनी करीव एक घन्टा एक्सन रुममा बसेका थिए । त्यसक्रममा उनले विभिन्न राष्ट्रिय गौरवका आयोजनाको अपडेट भिडियो मार्फत लिएका थिए । एक्सन रुपमा प्रधानमन्त्रीसँगै अर्थमन्त्री युवराज खतिवडा, उर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई… Continue reading प्रधानमन्त्री एक्सन रुममा, गौरवका आयोजनाको अपडेट लिए

लोडसेडिङ हटेको उल्लासमय पर्व तिहार

काठमाडौं । ४ वर्ष अगाडीसम्म नेपाल विद्यूत प्राधिकरणले हरेक तिहारमा एक सूचना जारी गथ्र्यो । सूचनामा बढी विद्यूत खपत हुने सामग्रीको कम प्रयोग गरी लोडसेडिङ हुनबाट बचाउन आह्वान गरिएको हुन्थ्यो । तर, जब प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ आए, त्यसपछि पहिलो वर्ष काठमाडौंबाट लोडसेडिङ हट्यो । त्यसपछिका वर्षहरुमा भने क्रमशः देशभरबाट लोडसेडिङको कालो इतिहास मेटिने क्रममा… Continue reading लोडसेडिङ हटेको उल्लासमय पर्व तिहार

भाइरल डोजर काण्ड, चालक पक्राउ

बैतडी । सामाजिक सञ्जाल अहिले एक भाइरल भिडियोका कारण तात्तिएको छ । सोमबारदेखि भाइरल उक्त भिडियो एभिन्यूज च्यानलले सार्वजनिक गरेको उक्त भिडियोमा केही मानिसहरुले डोजरमा ढुंगा हानिरहेका छन् भने डोजरले मानिसहरुलाई नै पेल्न खोजेको देखिन्छ । यसै मेसोमा डोजरले एक महिलाई नराम्ररी धक्का दिन्छ । उनी पल्टिन्छिन् । यो भिडियो बैतडी जिल्ला, दशरथचन्द नगरपालिका ९… Continue reading भाइरल डोजर काण्ड, चालक पक्राउ

तिहारमा पटाका प्रतिवन्ध, विकृतियुक्त गीत बजाए कारवाही

काठमाडौं । सरकारले तिहार मनाउने नाममा विकृति नभित्राउन आम सर्वसाधारणमा अनुरोध गरेको छ । गृह मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै तिहारमा देउसी भैलोजस्ता मनोरञ्जनात्मक कार्यक्रममा समाजमा नकारात्मक असर पार्ने खालका गीत, संगीत तथा श्रव्य दृश्य सामग्री उत्पादन, गायन, प्रसारण विक्री वितरण नगर्न नगराउन आग्रह गरेको हो । यस्तो काम भएमा कानून बमोजिम कडा कारवाही… Continue reading तिहारमा पटाका प्रतिवन्ध, विकृतियुक्त गीत बजाए कारवाही

प्रचण्डको स्पष्टोक्ति, प्रधानमन्त्री र आफूबीच विवाद छैन

पाँचथर । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच विवाद नरहेको बताएका छन् । पछिल्लो एक सातायता प्रधानमन्त्री र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री पद चलाउने सहमतिको विषयलाई लिएर विवाद रहेको सार्वजनिक भएको थियो । प्रधानमन्त्रीले यसबीचमा दुई वटा पत्रिकामा अन्तर्वार्ता समेत दिएर प्रधानमन्त्री पद कसैले माग्दैमा नपाउने आशय समेत व्यक्त… Continue reading प्रचण्डको स्पष्टोक्ति, प्रधानमन्त्री र आफूबीच विवाद छैन

विवादित गायक थापा पक्राउ, गीत हटाएपछि रिहा

काठमाडौं । तिहारको गीतमा उच्छृंखल शब्द राखी मौलिकपनः बिगार्दै गाएर आलोचित बनेका गायक दुर्गेस थापालाई प्रहरीले पक्रेको छ । मौलिकता बिगारेको र उच्छृंखलता फैलाएको आरोपमा उनीविरुद्ध उजुरी परेपछि प्रहरीले थापालाई मंगलबार पक्रिएको थियो । उनको पक्राउपछि पनि जनमत उनको पक्षमा देखिएन । सबै तिरबाट उनको आलोचना र प्रहरीको समर्थन भयो । त्यसपछि थापाले युट्युवबाट विवादित… Continue reading विवादित गायक थापा पक्राउ, गीत हटाएपछि रिहा

आइतबारबाट हिमालय एयरलाइन्स बेइजिङ उड्दै

काठमाडौं । हिमालय एयरलाइन्सले आइतबार (१० कात्तिक)मा काठमाडौं–बेइजिङ सिधा उडान शुरु गर्ने भएको छ । कम्पनीले सोमबार उक्त गन्तब्यका लागि उडानको मिति सार्वजनिक गरेको हो । नेपालबाट कुनै पनि कम्पनीले पहिलो पटक चीनको राजधानी बेइजिङमा सिधा उडान गर्न लागेको हो । नेपाल एयरलाइन्सले सांघाई हुँदै जापानको ओसाकामा उडान गरेको अनुभव बाहेक कुनै पनि नेपाली वायुसेवा… Continue reading आइतबारबाट हिमालय एयरलाइन्स बेइजिङ उड्दै

जब अस्ट्रेलियाका ठूला अखबारका फ्रन्टपेज खाली छापिए

अष्ट्रेलिया । अस्ट्रेलियामा खुला अखबारले सरकारविरुद्ध आन्दोलनको एक शैली अपनाएका छन् । उनीहरुले फ्रन्ट पेज खाली छाडे । र त्यहा लेखिएको थियो, ‘सरकार मीडियाको स्वतन्त्रमा दखल दिइरहेको छ ।’ अष्ट्रेलियामा प्रेसमाथि प्रतिवन्धको विरोधमा पत्रिकाहरुले विरोधको यो शैली अपनाएका हुन् । आफ्नो फ्रन्ट पेज खाली राख्दै पत्रिकाहरुले सरकारविरुद्ध एकता समेत प्रदर्शन गरेका छन् । अष्ट्रेलियामा राष्ट्रीय… Continue reading जब अस्ट्रेलियाका ठूला अखबारका फ्रन्टपेज खाली छापिए

पाँचौ वर्षमा पनि नखुल्ने भयो भाइटिकामा बालगोपालेवर मन्दिर

काठमाडौं । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर एक ऐतिहासिक विषेशताका कारण चर्चित छ । यो मन्दिर हरेक वर्ष केवल भाइटिकाका दिन मात्र सर्वसाधारणको लागि खुल्ने गर्छ । तर, यसरी खुल्न छाडेको पनि ५ वर्ष पुगेको छ । वैशाख २०७२ को भूकम्पले भत्किएको रानी पोखरी र बालगोपालेवर मन्दिरको पुनर्निर्माणको काम नसकिएपछि यस वर्ष पनि भाइटिकामा यो मन्दिर नखुल्ने… Continue reading पाँचौ वर्षमा पनि नखुल्ने भयो भाइटिकामा बालगोपालेवर मन्दिर

आङ सान सू ची नेपाल आउने

काठमाडौं । म्यानमारकी स्टेट काउन्सिलर आङ सान सू ची नेपाल भ्रमणमा आउने भएकी छिन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उक्त जानकारी गराएका हुन् । उनका अनुसार सरकारले सू चीको नेपाल भ्रमणको तयारी समेत थालिसकेको छ । राष्ट्रपति विद्यादेवि भण्डारीको म्यानमार भ्रमणका दौरान सू चीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रवद्र्धनका सिलसिलामा नेपाल आउन चाहेको बताएकी थिइन्… Continue reading आङ सान सू ची नेपाल आउने