एक्लिएका प्रधानमन्त्रीले पुनः तिब्र बनाए छलफल

काठमाडौं । नेकपामा एक्लो बनेका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई आफ्नो पक्षमा तान्न छलफललाई पुनः तिब्र बनाएका छन् । अघिल्लो साता अर्का अध्यक्ष पुष्पकमल दाहाल र ओलीबीच पत्रमार्फत वाकयुद्ध भएको थियो । त्यस क्रममा प्रचण्डले वर्तमान सरकारका कमी कमजोरी र आम मानिसले उठाएका प्रश्नलाई पत्रमा राखेका थिए । ओलीले… Continue reading एक्लिएका प्रधानमन्त्रीले पुनः तिब्र बनाए छलफल

भारतमा वायु प्रदुषण रोक्न रेड लाइट बल्दा गाडी बन्द गर्नुपर्ने

Photo : DNA India

नयाँ दिल्ली । भारतमा वायुप्रदुषण ह्वात्तै बढेको छ । धान भित्राएपछि पराललाई खेतमा छाडी कृषकले आगो लगाउने गर्छन् । सोहीकारण राजधानी दिल्ली लगायत यस आसपासका क्षेत्रमा हरेक वर्ष वायु प्रदुषण उच्च स्तरमा पुग्ने गर्छ । वायु प्रदुषण रोक्न सरकारले गाडीबाट हुने प्रदुषण नियन्त्रण गर्ने योजना ल्याएको छ । जसअनुसार अब रेडलाइट बलेर गाडी रोकिने अवस्था… Continue reading भारतमा वायु प्रदुषण रोक्न रेड लाइट बल्दा गाडी बन्द गर्नुपर्ने

आज तिहारको चौथो दिन, गाई र गोरु पूजा गरिँदै

काठमाडौं । यमपञ्चकको आज चौथो दिन गाई र गोरुको पूजा गरेर मनाइदैछ । गाईलाई नेपालमा भगवान मानिन्छ । उनको पूजा गर्दा आमासरह माया पाइने धार्मिक विश्वास रहेको छ । धार्मिक अनुष्ठानहरुमा गाईको दूध, गहुँत र गोबर पवित्र हुन्छ । सोहीकारण पनि हिन्दुहरु गाईलाई भगवान मान्ने गर्छन् । आधुनिक विज्ञानमा समेत स्थानीय गोरस रोगको प्राकृतिक औषधिका… Continue reading आज तिहारको चौथो दिन, गाई र गोरु पूजा गरिँदै

हास्य कलाकार गजुरेलले जिते कोरोना

काठमाडौं । कोरोना भाइरसका कारण आइसीयूमा उपचार गराएर मनोज गजुरेल अन्ततः कोरोनालाई जित्न सफल भएका छन् । कोरोना भाइरस पुष्टी भएपछि घरमै आइसोलेसनमा बसेका उनी ११ दिन अगाडी भने अस्पताल भर्ना भएका थिए । निमोनियाका कारण उनमा बढी समस्या देखिएको थियो । अस्पताल बसाईपछि भने आफु घरमै आराम गरिरहेको सामाजिक संजालबाट गजुरेलले जानकारी गराएका छन्… Continue reading हास्य कलाकार गजुरेलले जिते कोरोना

नेपालमा थपिए १९४६ संक्रमित, २५०३ जनाले जिते

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या पछिल्लो २४ घण्टामा १९४६ जना थप भएका छन् । यससँगै अब नेपालमा कुल संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ५ सय ३ जनाले भने कोरोना जित्न सफल भएका छन् । अब नेपालमा कोरोना… Continue reading नेपालमा थपिए १९४६ संक्रमित, २५०३ जनाले जिते

डा. केसीले सरकारबाट कोरोना उपचार खर्च नलिने

काठमाडौं । स्वास्थ्य अभियन्ता डा. गोविन्द केसी अहिले कोरोना भाइरसको संक्रमणसँग लडिरहेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार टुइटमार्फत निःशुल्क उपचार गर्ने बताएका थिए । प्रधानमन्त्रीले सामाजिक चर्चाका लागि गरेको उक्त टुइटको डा. केसीले प्रतिवाद गरेका छन् । आफ्नो उपचार आफै गर्न सक्ने नागरिकको व्यक्ति विशेषको उपचारको जिम्मा लिनु भन्दा आम नागरिकलाई निःशुल्क… Continue reading डा. केसीले सरकारबाट कोरोना उपचार खर्च नलिने

विश्वकप छनोट : ब्राजिल शीर्ष स्थानमा

Photo : CBS sports

काठमाडौं । फिफा विश्वकप फुटबलको छनोटमा ब्राजिलले भेनेजुएलालाई पराजित गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा ब्राजिलले भेनेजुएलालाई १ ० गोलले हराएको हो । घरेलु मैदानमा ब्राजिललाई जित दिलाउन रोबर्टो फिर्मिन्होले गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६७ औं मिनेटमा फिर्मिन्होले गोल गरे… Continue reading विश्वकप छनोट : ब्राजिल शीर्ष स्थानमा

तिहारका लागि बैंकहरु बन्द, डिजिटल कारोबार जारी रहने

काठमाडौं । तिहारको बिदाको अवसर पारी आजबाट तीन दिनसम्म बैंक तथा त्यसका शाखा बन्द भएका छन् । तिहारको बिदा अवधि शनिबार, आइतबार र सोमबार सबै बैंक र शाखा बन्द हुने नेपाल बैंकर्स संघले जानकारी दिएको छ । यसअघिका वर्षहरुमा बैंक तथा वित्तीय संस्थामा कुनै न कुनै माध्यमबाट सेवा प्रवाह जारी रहन्थ्यो । यो वर्ष कोरोना… Continue reading तिहारका लागि बैंकहरु बन्द, डिजिटल कारोबार जारी रहने

सुनिल थापा बने कांग्रेस सहमहामन्त्री

काठमाडौं । नेपाली कांग्रेसले सुनिलबहादुर थापालाई सहमहामन्त्री बनाएको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले थापालाई सहमहामन्त्री बनाउने निर्णय गरेको हो । बैठकले थापासँगै कांग्रेसमा प्रवेश गरेका ६ जना नेतालाई समेत केन्द्रीय सदस्य बनाउने निर्णय समेत गरेको पार्टी कार्यालयले जनाएको छ । अब रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव, किरण गिरी र टि.एन. योगीलाई… Continue reading सुनिल थापा बने कांग्रेस सहमहामन्त्री

महाकवि देवकोटाको ११२ औं जन्मजयन्ती आज

काठमाडौं । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती मनाइदैछ । देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको हो । दश वर्षका उमेरमा कविता लेख्न शुरु गरेका उनी नेपाली साहित्य क्षेत्रका कहिल्यै नअस्ताउने श्रष्टाका रुपमा रहेका छन् । देवकोटाले नेपाली साहित्यलाई महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत,… Continue reading महाकवि देवकोटाको ११२ औं जन्मजयन्ती आज

आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइदै

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन मनाइदैछ । यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा मनाइने गरेकोमा यो वर्ष तीथिमा भएको परिवर्तनले यी दुबै पर्व एकै दिन मनाउनु पर्ने भएको हो । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आजै बिहान नदी, तलाउ वा धारामा… Continue reading आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइदै

अब नेपालबाट हङकङ जान सरकारी ल्यावमा मात्र कोरोना परीक्षण गर्नुपर्ने

काठमाडौं । नेपालबाट हङकङ जाने यात्रुले निजी ल्यावमा कोरोना परीक्षण गरेमा उडान अनुमति नपाउने भएका छन् । नेपाल वायुसेवा निगमले अब सरकारी ल्याबमा मात्र कोरोना परीक्षण गर्नुपर्ने शर्त राखेको छ । नेपालबाट पीसीआर नेगेटिभ रिर्पोट लिएर हङकङ पुगेका यात्रुमा परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि हङकङले तेस्रो पटक नेपाल एयरलाइन्सलाई उडानमा दुई साता प्रतिवन्ध लगाएको छ… Continue reading अब नेपालबाट हङकङ जान सरकारी ल्यावमा मात्र कोरोना परीक्षण गर्नुपर्ने

बंगलादेशसँग नेपाल २-० ले पराजित

Photo : Dhaka Tribune

काठमाडौं । बंगलादेश र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । शुक्रबार ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली बंगलादेशले नेपाललाई २-० गोल अन्तरमा हरायो । बंगलादेशले खेलको दुवै हाफमा एक एक गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो । खेलको दशौँ मिनेटमै मोहम्मद नविन नेवाज जीवनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए ।… Continue reading बंगलादेशसँग नेपाल २-० ले पराजित

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति जना कोरोना संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा २१११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६ हजार हजार ३३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५३७… Continue reading पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति जना कोरोना संक्रमित थपिए ?

अमेरिकाले हस्तान्तरण गर्‍यो सय थान भेन्टिलेटर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अमेरिकी सरकारले १ सय थान भेन्टिलेटर सहयोग गरेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई अमेरिकी राजदूत र्‍यान्डी बेरीले शुक्रबार मन्त्रालयमा १ सय थान भेन्टिलेटर हस्तान्तरण गरेका हुन्। कोरोना संक्रमणबाट गम्भीर भएका बिरामीलाई उपचार गर्न भेन्टिलेटर आवश्यक हुन्छ। नेपालमा पर्याप्त भेन्टिलेटर नहुँदा सबै गम्भीर बिरामीले उपचार पाउन सकेका छैनन्।… Continue reading अमेरिकाले हस्तान्तरण गर्‍यो सय थान भेन्टिलेटर

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघ्यो

File

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि विहिबार १५ जनाको मृत्यु भएको थियो।

काठमाडौं उपत्यकामा १२०७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप १२०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा ९१९, भक्तपुरमा १०८ र ललितपुरमा १८० जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

नेपालमा थप २१११ जनामा कोरोना संक्रमण, ३५३७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा २१११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६ हजार हजार ३३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५३७… Continue reading नेपालमा थप २१११ जनामा कोरोना संक्रमण, ३५३७ जना संक्रमणमुक्त

नेकपा सचिवालय बैठक बस्दै, प्रचण्डसहित ५ नेताको एक मत

काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि आनाकानी गर्दै आएको बैठक कार्यकारी अध्यक्ष प्रचण्डले आफै डाकेर एक्सन लिने चेतावनीपछि बस्न तयार भएको हो । सचिवालय बैठक अघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सचिवालय सदस्यसँग अनौपचारिक छलफल गरेका छन् । प्रचण्डले नेताद्वय झलनाथ खनाल र… Continue reading नेकपा सचिवालय बैठक बस्दै, प्रचण्डसहित ५ नेताको एक मत

अन्तराष्ट्रिय फुटबल : आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र बंगलादेश भिड्दैछन् । एक साता अगाडी बंगलादेश पुगेको नेपाली राष्ट्रिय फुटबल टिमले आज नेपाली समय अनुसार पौने ५ बजे बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीच ढाकास्थित बंगबन्धु रङ्गशालामा प्रतिस्पर्धा हुनेछ । मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज नाम दिइएको यस सिरिजमा नेपाल र बंगलादेशबीच दुई… Continue reading अन्तराष्ट्रिय फुटबल : आज नेपाल र बंगलादेश भिड्दै

आज कांग्रेस केन्द्रिय समिति बैठक, के होला निर्णय ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजका लागि बोलाइएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा दिउँसो एक बजे बोलाइएको बैठकमा पार्टीको आसन्न १४ औं महाधिवेशनको मिति तय गर्ने सम्भावना रहेको छ । पार्टी कार्यालयका अनुसार यसबाहेक पार्टीको आन्तरिक विवादका विषयमा समेत छलफल हुनेछ । महाधिवेशन नजिकिएको सन्दर्भमा सभापति शेरबहादुर देउवा र… Continue reading आज कांग्रेस केन्द्रिय समिति बैठक, के होला निर्णय ?

आज काग तिहार, यमदूतका रुपमा पूजा गरिँदै

Photo : THT

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज काग तिहार परेको छ । यमदूतका रुपमा आज कागलाई पूजा गर्ने प्रचलन रहेको छ । कागलाई मनपर्ने खाना खान दिने र पूजा गर्ने प्रचलन रहेको छ । कागले यमराजसम्म राम्रो सन्देश पुर्याइदिने धार्मिक विश्वास लिइन्छ । त्यसो त सूचना प्रविधिको जमाना शुरु नभएको बेला कागलाई सन्देशबाहक पंक्षीका… Continue reading आज काग तिहार, यमदूतका रुपमा पूजा गरिँदै

बैतडीमा बस दुर्घटना, ९ जनाको मृत्यु

डडेलधुरा । बैतडीमा भएको बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना भएको हो । ८ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटना बिहीबार राती साढे १० बजे भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दार्चुलाको गन्नाबाट बस महेन्द्रनगर आइरहेको… Continue reading बैतडीमा बस दुर्घटना, ९ जनाको मृत्यु

गैरआवासीय नेपाली पिसिआर रिर्पोट लिएर नेपाल आउन सक्ने

काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नेपाल आउन अनुमति दिएको छ । नेपाली मुलका गैरआवासीय विदेशी नागरिक र उनीहरुको परिवारका सदस्यलाई यात्रा सुरु गर्नुभन्दा अघि बढीमा ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिर्पोटका आधारमा नेपाल प्रवेश अनुमति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार नेपालस्थित कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा… Continue reading गैरआवासीय नेपाली पिसिआर रिर्पोट लिएर नेपाल आउन सक्ने

अमेरिकासहित तीन मुलुकका लागि प्रस्तावित राजदुतको नाम अनुमोदन

काठमाडौं । अमेरिकासहित तीन मुलुकका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ । यससँगै अब निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूत बन्ने निश्चित भएको छ । बिहीबार समितिले तीन जना राजदूतको नाम अनुमोदन गरेको हो । १६ असोजमा मन्त्रिपरिषदको बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत… Continue reading अमेरिकासहित तीन मुलुकका लागि प्रस्तावित राजदुतको नाम अनुमोदन

थप १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११८९ पुग्यो

File

काठमाडौं । नेपालमा कोराना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार २६ जनाको मृत्यु भएको थियो।

काठमाडौं उपत्यकामा ९७३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा ९७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२८ महिला र ५४५ पुरुष संक्रमितहरु थप भएका हुन् । काठमाडौंमा मात्र हालसम्म १७ हजार ४५ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २९३ जनाको मृत्यु भएको छ । त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार २९२ जना… Continue reading काठमाडौं उपत्यकामा ९७३ जना कोरोना संक्रमित थपिए

सीमा नाकाको प्रतिबन्ध एक महिना थप, नेपालीबाहेकले प्रवेश नपाउने

काठमाडौं। सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सीमा नाकामा लगाएको प्रतिबन्ध एक महिना थप गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए। सरकारले यसअघि कात्तिक ३० गतेसम्म सीमा नाकामा प्रतिबन्ध लगाएको थियो । कोरोना महामारीका कारण चैत ११ यता नेपालका सबै स्थल नाकाबाट… Continue reading सीमा नाकाको प्रतिबन्ध एक महिना थप, नेपालीबाहेकले प्रवेश नपाउने

कात्तिकदेखि चैतसम्म प्रधानमन्त्रीको पूरै र मन्त्रीहरुको आधा तलब कोरोना कोषमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिकदेखि चैतसम्मको तलब कोरोना कोषमा जम्मा गर्ने भएका छन् । बिहीवार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्रीको तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिएका हुन् । त्यस्तै, अन्य मन्त्री र राज्यमन्त्रीहरुले पनि सोही अवधिको आधा तलब कोषमा जम्मा गर्ने भएका छन् । अर्थ… Continue reading कात्तिकदेखि चैतसम्म प्रधानमन्त्रीको पूरै र मन्त्रीहरुको आधा तलब कोरोना कोषमा

नेपालमा थप १९१३ जनामा कोरोना संक्रमण, २३४९ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार हजार २४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३४९जना… Continue reading नेपालमा थप १९१३ जनामा कोरोना संक्रमण, २३४९ जना संक्रमण मुक्त