काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप निर्माण सफल भई सार्वजनिक प्रयोगमा आउनासाथ नेपाल आपूर्तिको व्यवस्था मिलाउन तयारी थालेको छ । सोहीक्रममा सरकारले सचिवस्तरको एक उच्चस्तरीय समिति गठन गरेको छ। सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सचिव रहेको तीन सदस्यीय समिति गठन गरेको हो । समितिले कोरोनाविरूद्धका खोपबारे अध्ययन गरी नेपाल ल्याउने… Continue reading कोरोना विरुद्धको खोप नेपाल ल्याउन सरकारी समिति गठन
Author: Vishwanews.com
आज आइपिएल फाइनल : दिल्ली सामु पहिलो उपाधी जित्ने मौका
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेटको १३ औं संस्करणको उपाधी भिडन्त आज हुँदैछ । फाइनलमा सर्वाधिक ४ पटकको विजेता मुम्बई इन्डियन्सले पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्दैछ । आज दिल्ली सामु मुम्बईबाट जारी सिजनमा भोगेको लगातार तेस्रो हारको बदला लिने मौका त छँदैछ, उसका लागि पहिलो उपाधी उचाल्ने मौका समेत… Continue reading आज आइपिएल फाइनल : दिल्ली सामु पहिलो उपाधी जित्ने मौका
मन्त्रीहरुको चैतसम्मको ५० प्रतिशत सुविधा कोरोना कोषमा
काठमाडौं । सरकारले चर्को आलोचनाका बीच मन्त्रीहरुको तलव भत्ता कटौती गर्ने निर्णय गरेको छ । अब यस्तो रकम कोरोना उपचार तथा रोकथाम कोष जम्मा गरिने भएको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सुविधा कटौती आगामी चैतसम्म लागु हुने भएको छ । यसअघि जनतामाथि कर मात्र उठाउने, निःशुल्क उपचारको दायित्वबाट… Continue reading मन्त्रीहरुको चैतसम्मको ५० प्रतिशत सुविधा कोरोना कोषमा
पैंचो ल्याउन नसकेपछि सरकारले बंगलादेशबाट मल किन्ने
काठमाडौं । सरकारले बंगलादेशबाट पैंचोमा मल ल्याएर पछि फिर्ता गर्ने प्रक्रिया पुरा गर्न नसकेपछि मल ल्याउन पुनः नयाँ प्रक्रियामा जाने निर्णय गरेको छ । अब बंगलादेशबाटै जीटूजीमार्फत रासायनिक मल खरिद गरिने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको छ । बंगलादेशबाट मल पैंचोमा ल्याउन दुई मुलुकका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता समेत भएको… Continue reading पैंचो ल्याउन नसकेपछि सरकारले बंगलादेशबाट मल किन्ने
अब सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क
काठमाडौं । अब सरकारी अस्पतालमा कोरोना भाइरसको परीक्षण र उपचार निःशुल्क हुने भएको छ । सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याएको बताइएको छ ।… Continue reading अब सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क
न्यूजिल्याण्डकी प्रधानमन्त्रीको देशबासीलाई उपहार, साना व्यवसायीले राहत पाउने
काठमाडौं । न्यूजिल्याण्डमा नवगठित सरकारले आफ्ना मतदाता तथा नागरिकका लागि आकर्षक सहुलियत प्याकेज ल्याएको छ । खासगरी साना व्यवसायीलाई बचाई राख्न विषेश राहत कार्यक्रम ल्याइएको हो । लेबर पार्टीबाट नवगठिन सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको महामारीका कारण साना तथा मझौला उद्योगमा ठूलो प्रभाव परेको छ । प्रधानमन्त्री जसिन्दा अर्डेर्नले… Continue reading न्यूजिल्याण्डकी प्रधानमन्त्रीको देशबासीलाई उपहार, साना व्यवसायीले राहत पाउने
किशोरीको ज्यान लिने चितुवालाई स्थानीयले मारे
बैतडी । बैतडीमा १८ वर्षीया माया महताको ज्यान लिएको चितुवालाई स्थानीयले मारिदिएका छन् । सोमबार बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी १८ वर्षीया महतालाई चितुवाले आक्रमण गरी ज्यान लिएको थियो । डडेल्धुरा, भागेश्वर गाउँपालिका–१ मर्मागाडमा घासँ काट्न पुगेकी उनलाई चितुवाले सोमबार दिउँसो आक्रमण गरेको थियो । चितुवाले आक्रमण गरी उनलाई मारेपछि पनि लास छोडेको थिएन । त्यसपछि… Continue reading किशोरीको ज्यान लिने चितुवालाई स्थानीयले मारे
हास्य टेलिश्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टिभिबाट आउने
काठमाडौं । नेपालको लोकप्रिय हास्य श्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ। कोरोना महामारीका कारण यो श्रृङ्खला रोकिएको थियो । यसअघि नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको ‘सक्किगोनी’ अब हिमालय टिभिबाट आउने गरी सम्झौता भएको हो । कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’का अनुसार आगामी मंसिर २५ गतेदेखि हरेक बिहीबार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण… Continue reading हास्य टेलिश्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टिभिबाट आउने
नेपालमा थप २५७१ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति थपिए ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण गर्दा १०५१ महिला र १५२० पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका… Continue reading नेपालमा थप २५७१ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति थपिए ?
कोराना संक्रमणबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या ११२६ पुग्यो
काठमाडौं । नेपालमा कोराना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १८ जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ११२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार २१ जनाको मृत्यु भएको थियो । शनिबार… Continue reading कोराना संक्रमणबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या ११२६ पुग्यो
काठमाडौं उपत्यकामा १४२८ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा १४२८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ११३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै हालसम्म काठमाडौंमा ७३ हजार २०३, ललितपुरमा १० हजार ३५४ र भक्तपुरमा ६ हजार ५९८ संक्रमित पुगेका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारको निर्णय रोक्न निर्देशन
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ। सोमबार सिंहदरवारमा बसेको समितिको बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को साटो ‘नेपाल’ मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको हो। गत असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले नेपालको आधिकारिक नाम ुसंघीय लोकतान्त्रिक गणतन्त्र नेपालुबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाएर ‘नेपाल’… Continue reading संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारको निर्णय रोक्न निर्देशन
बाइडेनको योजना : कोभिड प्रमुख प्राथमिकता, सात देशमा यात्रा प्रतिबन्धको अन्त्य
काठमाडौं । अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडेनले कोभिड-१९ महामारीसँग जुझ्ने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने उनको टोलीले जनाएको छ । उनी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति हुने भएका हुन । उनको टोलीका अनुसार अमेरिकामा कोभिड परीक्षणको दायरा बढाइनेछ र सर्वसाधारणहरूलाई मास्क लगाउन भनिनेछ । बाइडेनले जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको सामना… Continue reading बाइडेनको योजना : कोभिड प्रमुख प्राथमिकता, सात देशमा यात्रा प्रतिबन्धको अन्त्य
विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा मन्त्रालयले तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएसँगै रिक्त स्थानमा शाक्यलाई जिम्मेवारी दिइएको हो। शाक्यलाई प्राधिकरणकै सहायक कम्पनी एनइए इन्जिनियरिङ’ बाट प्राधिकरणमा फिर्ता बोलाएर यो जिम्मेवारी दिइएको छ। उनले सोमबार नै पदबाहाली गरेका छन् । शाक्य फर्किएसँगै प्राधिकरणका उपकार्यकारी निर्देशक… Continue reading विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई
अजरबैजानको दावी : विवादित शुशी शहर कब्जा गर्यौं
काठमाडौं । अजरबैजानले विवादित नागोर्नो काराबाखको एक सहर कब्जा गरेको घोषणा गरेको छ । उसको यो दावीलाई अर्मेनियाले भने अस्विकार गरिदिएको छ । बीबीसीका अनुसार अजरबैजानका राष्ट्रपति इलहाम अलीयेवले नागोर्नो काराबाखको शुशी सहर आफ्नो कब्जामा लिएको घोषणा गरेका छन् । अर्मेनियाले भने यस भेगमा भिडन्त जारी रहेको र अजरबैजानको दावि झुट भएको बताएको छ ।… Continue reading अजरबैजानको दावी : विवादित शुशी शहर कब्जा गर्यौं
अधिक चिसोले हुम्लामा जम्न थाल्यो पानी
सिमकोट । नेपालमा अधिक चिसोका कारण हिमाली भेगको जनजीवन प्रभावित हुने छ । यसै सिलसिलामा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ। राष्ट्रिय समाचार समिति (रासस)का अनुसार कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो। रातको समयमा अत्यधिक चिसो हुने भएकाले… Continue reading अधिक चिसोले हुम्लामा जम्न थाल्यो पानी
भाइटीकाको उत्तम साइत ११:३७ बजे
काठमाडौं । यो वर्ष भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ लाई तोकेको हो । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार मंसिर १ गते टीका परेको छ । त्यस दिन टीका लगाउन साइत हेर्नु नपरे पनि उत्तम साइत भने साढे ११ बजे रहेको हो ।… Continue reading भाइटीकाको उत्तम साइत ११:३७ बजे
आज पनि नबस्ने भयो कांग्रेस कार्यसमिति बैठक
काठमाडौं । पटक पटक स्थगित भइरहेको नेपाली कांग्रेस कार्यसमिति बैठक आज पनि स्थगित भएको छ । केही नेतामा कोरोना भाइरसको संक्रमण भएको र केही आइसोलेसनमा बस्नु परेको भन्दै नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक सारेको हो । अब अर्को बैठक कात्तिक २७ गते बोलाइएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी बिहीबार दिउँसो १ बजे… Continue reading आज पनि नबस्ने भयो कांग्रेस कार्यसमिति बैठक
दिल्ली पुग्यो आईपीएलको फाइनलमा, मुम्बईसँग उपाधी भिडन्त
दुबई । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । आइपीएल इतिहासमा पहिलो पटक यो टोली फाइनल खेल्न लागेको हो । नेपाली स्टार सन्दीप लामिछाने सम्मिलित यो टोलीले उनलाई भने यो सिजन बेन्चमै सिमित राखेको छ । युएईमा आइतबार राती सम्पन्न दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो ।… Continue reading दिल्ली पुग्यो आईपीएलको फाइनलमा, मुम्बईसँग उपाधी भिडन्त
एक सातामा विदेशमा ५४४ जना नेपालीमा कोरोना पुष्टी, एक जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरसको महामारी कतिपय मुलुकमा पुनः दोहोरिन थालेको छ । यसको शिकार विदेशमा रहेका नेपाली समेत हुन थालेका छन् । कुनै बेला संक्रमण शून्यमा झरिसकेका यूरोपेली मुलुकमा पुनः दैनिक हजारौं मानिसमा कोरोना देखिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो हप्ता कुन ५ सय ४४ जना नेपालीमा कोरोना देखिएको छ । अष्ट्रिया… Continue reading एक सातामा विदेशमा ५४४ जना नेपालीमा कोरोना पुष्टी, एक जनाको मृत्यु
उखु किसानले अझै पाएनन् बक्यौता, पुनः आए काठमाडौं
काठमाडौं । उखु किसानले मन्त्रालयमा सम्झौता भएको एक वर्षसम्म पनि बक्यौता रकम नपाएपछि पुनः सरकारको ढोका ढक्ढकाएका छन् । उनीहरुले छठ पर्वअघि सम्पूर्ण रकम भुक्तानी नभए मङ्सिर २७ गतेबाट काठमाडौं केन्द्रित आन्दोलनको चेतावनी समेत सरकारलाई दिएका छन् । आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटमसहितको स्मरण पत्र बुझाउँदै उखु किसानहरूले काठमाण्डौ केन्द्रित आन्दोलनको चेतावनी… Continue reading उखु किसानले अझै पाएनन् बक्यौता, पुनः आए काठमाडौं
नेपालमा थप २८१७ जनामा कोरोना पुष्टि, २८१२ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८१२ जना निको… Continue reading नेपालमा थप २८१७ जनामा कोरोना पुष्टि, २८१२ जना संक्रमणमुक्त
काठमाडौं उपत्यकामा १५३३ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा १५३३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२९४, ललितपुरमा १६२ र भक्तपुरमा ७७ जना संक्रमित थपिएका हुन् ।
कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु , मृतकको संख्या ११ सय नाघ्यो
काठमाडौं । नेपालमा कोराना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २१ जनाको मृत्यु भएको हो । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८ जना पुगेको छ । शनिबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको… Continue reading कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु , मृतकको संख्या ११ सय नाघ्यो
विदेशमा रहेका नेपालीकाे उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस
काठमाडौं । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसीको बैठकले नेपालीहरुको उद्दार सकिएकाले उडान बन्द गर्न सिफरिस गरेको सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ। साथै बैतडीको झुलाघाट नाका र केबलकार, जंगल सफारी र साहसिक पर्यटनका क्षेत्र… Continue reading विदेशमा रहेका नेपालीकाे उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस
बाइडेनको जितले महाशक्ति बन्ने होडमा रहेको चिनियाँ प्रणालीसमक्ष अर्को चुनौती खडा
काठमाडौं । केही दिनको अनिश्चिततापछि जो बाइडन अमेरिकी राष्ट्रपतीय निर्वाचन हुने निश्चित भएको छ ।उनी राष्ट्रपतिमा निर्वाचित भएसँगै अमेरिकामा मात्रै होइन विश्व शक्ति बन्ने होडमा रहेको चीन, भारत लगायत देशमा समेत समेत प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पर्ने आँकलन गर्न थालिएको छ । ट्रम्पको अपरिपक्क अभिव्यक्ति तथा नीतिका कारण चीन, उत्तरकोरिया लगायत देशसँग सम्बन्ध चिसिँदै गएकाले यतिबेला… Continue reading बाइडेनको जितले महाशक्ति बन्ने होडमा रहेको चिनियाँ प्रणालीसमक्ष अर्को चुनौती खडा
दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब ५२ करोड बढीको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । साताको पिहलो दिन आइतबार नेप्से १२.४९ अंकले बढेर १६४८.५८ विन्दुमा कायम भएको छ । यसदिन १९८ कम्पनीको ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६१ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ८६ लाख ३८ हजार ५६ कित्ता सेयर किनबेच भएका… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब ५२ करोड बढीको कारोबार
दोस्रो हाफमा मैदान छिरेर पनि चम्किए मेसी, बार्सिलोना विजयी
बार्सिलोना । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल बेटिसमाथि सहज जित निकाल्ने क्रममा कप्तान लियोनल मेसी चम्किएका छन् । पहिलो हाफ बेन्चमा बसेका उनी दोस्रो हाफमा मैदान छिरेका हुन् । पहिलो हाफ १\१ गोलको बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा बार्सिलोनाले ४ गोल थप्यो । जसमा एक पेनाल्टीसहित दुई गोल मेसीले गरे । समग्रमा… Continue reading दोस्रो हाफमा मैदान छिरेर पनि चम्किए मेसी, बार्सिलोना विजयी
अमेरिकालाई रातो र नीलो राज्यका रूपमा रहन दिन्नँ : बाइडेन
काठमाडौं । अमेरिकी राष्ट्रपतीय चुनावमा जो बाइडेनले अब अमेरिकालाई कुनै रातो त कुनै नीलो राज्यका रूपमा रहन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो सम्बोधन मार्फत उनले यस्तो प्रतिक्रिया दिएका हुन् । देशवासीका नाममा आइतबार पहिलो सम्बोधन गर्दै जो बाइडेनले अमेरिकी नागरिकले आफूलाई अमेरिकाको इतिहासमै सबैभन्दा बढी मत दिएर जिताएको उल्लेख गरे… Continue reading अमेरिकालाई रातो र नीलो राज्यका रूपमा रहन दिन्नँ : बाइडेन
निर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमलालाई प्रधानमन्त्री ओलीको बधाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई ज्ञापन गरेका छन्। ट्वीटरमार्फत ओलीले उनीहरुको जितलाई प्रभावकारी र ऐतिहासिक समेत भनेका छन् । उनले अमेरिकाको नयाँ नेतृत्वसँग नजिक रहेर काम गर्ने अवसर प्राप्त हुने आशा व्यक्त गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउँदै बाइडेन राष्ट्रपतिमा निर्वाचित भएका हुन्… Continue reading निर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमलालाई प्रधानमन्त्री ओलीको बधाई