काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लागेको सेयर बजार साढे ३ वर्ष वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । सूचकसँगै कारोबार रकम पनि निरन्तर बढ्दै गएको छ । आज नेपाली सेयर बजारको इतिहासमै तेस्रो धेरै ४ अर्ब २५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यससाता लगातार ४ अर्ब बढीको कारोबार भएको आज तेस्रो दिन… Continue reading सेयर बजार साढे तीवर्ष वर्ष यताकै उच्च विन्दुमा, इतिहासकै तेस्रो धेरै कारोबार
Author: Vishwanews.com
विश्वकै प्रभुत्वशाली देश जापान, शक्तिशाली देश अमेरिका उत्कृष्ट १० मा पनि परेन
काठमाडौं । जापान विश्वकै प्रभूत्वशाली देश बनेको छ । फ्युचर ब्रान्डले कोरोना भाइरस महामारीका दौरान ६ महिनासम्म गरिएको अध्ययनले प्रमुख कार्यकारी, कर्मचारी र अन्य माथिल्लो तहका विश्वभरका २५ सयभन्दा धेरै मानिसहरुको रायलाई समेटेर यो रिपोर्ट सार्वजनिक गरेको हो । प्रकाशित अध्ययन अनुसार शक्तिशाली देश अमेरिका, चीन, बेलायत र रुस शीर्ष १० भित्रमा पनि परेका छैनन्… Continue reading विश्वकै प्रभुत्वशाली देश जापान, शक्तिशाली देश अमेरिका उत्कृष्ट १० मा पनि परेन
मेलम्चीको सुरुङ पुनः परीक्षण गरिँदै, माघसम्म काठमाडौंमा पानी झर्ने
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण आगामी महिना भित्रमा गरिने भएको छ । गत असार महिनामा भएको परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको छ । सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । उनका… Continue reading मेलम्चीको सुरुङ पुनः परीक्षण गरिँदै, माघसम्म काठमाडौंमा पानी झर्ने
अमेरिकाले यूएईलाई अत्याधुनिक क्षेप्यास्त्र सहित २८ खर्बको युद्ध सामग्री बेच्दै
वासिङटन । संयुक्तराज्य अमेरिकाले अरब मुलुक संयुक्त अरब इमिरेट्स (यूएई) का लागि करिब २३ अर्ब ३७ करोड अमेरिकी डलर (करिब २८ खर्ब रुपैयाँ) बराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री विक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेशी मन्त्रालयका अनुसार यूएईलाई विक्री गरिने सामग्रीहरुमा एफ–३५ लडाकू विमान, एमक्यू–नाइन–बी मानवरहीत ड्रोन तथा आकाशबाट आकाशमा तथा आकाशबाट जमिनमा मार हान्न… Continue reading अमेरिकाले यूएईलाई अत्याधुनिक क्षेप्यास्त्र सहित २८ खर्बको युद्ध सामग्री बेच्दै
काठमाडौं जिल्ला प्रशासनको स्थगित सेवा मंसिर ३ देखि सुचारु,स्थानीय तहलाई बार अनुसार पालो
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ३ गतेदेखि स्थगित सम्पूर्ण सेवाहरु दिने भएको छ । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बन्द गरेको सेवा बुधबारदेखि पुनः सञ्चालनमा ल्याउन लागेको हो । प्रशासन कार्यालयले बिहीबार सूचना प्रकाशित गरी नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नावालिग परिचयपत्र, राहदानी हतियार दर्ता तथा नवीकरण जस्ता सेवा… Continue reading काठमाडौं जिल्ला प्रशासनको स्थगित सेवा मंसिर ३ देखि सुचारु,स्थानीय तहलाई बार अनुसार पालो
चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने
काठमाडौं। कोरोना संक्रमण भएपछि मेडिसिटी अस्पतालमा उपचार गराइरहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले केसीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो। अर्थ मन्त्री विष्णु पौडेलले सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय भएको ट्वीटरमार्फत जानकारी दिएका छन्। नेता केसीलाई मंगलबार कोरोना संक्रमण… Continue reading चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने
अन्ततः प्रधानमन्त्री सचिवालय बैठक बोलाउन तयार
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुक्रबार दिउँसो चार बजे बस्ने भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मालाई बैठक बोलाउन अन्य सचिवालय सदस्यले चर्को दवाव दिएका थिए । महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय बैठक शुक्रबार दिउँसो बस्ने जानकारी सचिवालय सदस्यहरुलाई गराएको नेपाली संचारमाध्यमहरुले उल्लेख गरेका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल… Continue reading अन्ततः प्रधानमन्त्री सचिवालय बैठक बोलाउन तयार
कतारका राजकुमार आमादब्लम चुचुरोमा
काठमाडौं । कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाले आमादब्लम हिमालको सफल आरोहण गरेका छन् । पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार राजकुमार शेख मोहमदसहितको टोली बुधबार बिहान ११ः२० मा अमादब्लम हिमालको चुचुरो पुगेको हो । उनीहरुलाई हिमालयन गाइड्स नेपालले हिमाल आरोहणको प्रवन्ध मिलाएको हो । विश्वकै सुन्दर तर आरोहणमा भने यो हिमाल कठिन मानिन्छ ।… Continue reading कतारका राजकुमार आमादब्लम चुचुरोमा
विश्वकप छनोटमा नेपालले खेल्न बाँकि खेलको तालीका सार्वजनिक
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा हुनुपर्ने विश्वकप छनोट खेलहरु प्रभावित भएका छन् । नेपालले प्रतिस्पर्धा गरिरहेका फिफा विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरण अन्तर्गतका बाँकी खेल सन् २०२१ को जुन महिनाभित्र सकिने गरी नयाँ तालिका आएको छ । एसियन फुटबल कन्फेडेरेसन एएफसीले विश्वकप र एसियन कप छनोटका बाँकी खेल… Continue reading विश्वकप छनोटमा नेपालले खेल्न बाँकि खेलको तालीका सार्वजनिक
आजबाट नेपालको दोस्रो ठूलो पर्व तिहार शुरु
काठमाडौं । आजबाट हिन्दु धर्मावलम्बीको महान पर्व तिहार शुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक आजबाट प्रारम्भ भएको हो । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार बिहीबार बेलुकी यमदीपदान शुरु गरिन्छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार भने शुक्रबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक… Continue reading आजबाट नेपालको दोस्रो ठूलो पर्व तिहार शुरु
कलंकीमा दुई वटा ट्रक ठोक्किए, तीन जनाको मृत्यु
काठमाडौं । काठमाडौंको कलंकीमा दुई वटा ट्रक ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक ट्रकले अर्को ट्रकलाई ठक्कर दिएर दुर्घटना भएको प्रहरीको भनाई छ । कलंकीको मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले ठक्कर… Continue reading कलंकीमा दुई वटा ट्रक ठोक्किए, तीन जनाको मृत्यु
रुसले भन्यो : स्पुतनिक ९२ प्रतिशत प्रभावकारी भयो
मस्को । रूसले कोरोना भाइरसविरुद्ध उत्पादन गरेको भ्याक्सिन स्पुतनिक फाइभ ९२ प्रतिशत प्रभावकारी भएको सार्वजनिक गरेको छ । अमेरिकी र जर्मन कम्पनीले आफ्नो उत्पादन ९० प्रतिशत प्रभावकारी भएको दावि सार्वजनिक गरेसँगै रुसले आफ्नो उत्पादनबारे पछिल्लो अपडेट सार्वजनिक गरेको हो । रूसको सार्वभौम वेल्थ फन्डले बुधबार अन्तरिम परीक्षणमा भ्याक्सिनको प्रभावकारिता ९२ प्रतिशत देखिएको सार्वजनिक गरेको छ… Continue reading रुसले भन्यो : स्पुतनिक ९२ प्रतिशत प्रभावकारी भयो
संखुवासभा पुगेर प्रधानमन्त्रीले भने : म दुबै पदबाट हट्दिन
संखुवासभा । प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभर संखुवासभामा व्यस्त रहे । नेपाली सेनाको विशेष हेलिकोप्टर चढेर संखुवासभा पुगेका उनले किमाथांकास्थित सशस्त्र प्रहरीको बोर्डर पोष्टको अनुगमन गरे । कोशी करिडोर र अरुण तेस्रो जलविद्युत आयोजनामा समेत स्थलगत अनुगमन गरे । स्थानीय बासिसँग भेटे र स्थानीय जनप्रतिनिधिसँग छलफल समेत गरे । उनले स्थानीय पत्रकारसँग समेत कुरा… Continue reading संखुवासभा पुगेर प्रधानमन्त्रीले भने : म दुबै पदबाट हट्दिन
बामदेवको मुद्दामा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार, मन्त्री बन्न बाटो खुला
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय सभा सदस्यामा नियुक्त गरिएका नेकपाका उपाध्यक्ष वामदेव गौतमको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन नपर्ने फैसला गरेको छ। बुधबार प्रधानन्यायधिससहितको संबैधानिक इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको हो। यो निर्णयले गौतमलाई मन्त्री बन्न बाटो खुलेको छ। गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सरकारको निर्णयमा बदर गर्न माग गर्दै परेको… Continue reading बामदेवको मुद्दामा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार, मन्त्री बन्न बाटो खुला
नेपालमा कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या वृद्धि
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोनासको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २६ जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ११७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २२ जनाको मृत्यु भएको थियो। पछिल्लो केही सातायता कोरोना… Continue reading नेपालमा कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या वृद्धि
उपत्यकामा १२६१ जना कोरोना संक्रमित थपिए
काठमाडौं। काठमाडौं उपत्यकामा १२६१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ९७६, ललितपुरमा २०४ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको छ।
नेपालमा थप २५६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ८१ नमुना परीक्षण गर्दा २५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख २ हजार हजार ३२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार… Continue reading नेपालमा थप २५६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख नाघ्यो
उपत्यकामा तिहार केन्द्रीत चहलपहल बढ्यो,सुरक्षा व्यवस्थामा थप कडाइ
काठमाडौं । उपत्यकामा तिहार केन्द्रीत चहलपहल बढेको छ । कोरोना भाइरसको संक्रमण र जोरा बिजोरको बीच नै चहलपहल बढेपछि नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर ट्राफिक चेकिङमा कडा गर्न लागेको हो । दशैँको तुलनामा अहिले भीडभाड बढेसँगै सुरक्षा व्यवस्थामा पनि कडाइ गरिएको प्रहरीले जनाएको छ । दशैँअघिदेखि नै सुरु भएको एकीकृत सुरक्षा योजना बमोजिम तिहार नजिकिँदै… Continue reading उपत्यकामा तिहार केन्द्रीत चहलपहल बढ्यो,सुरक्षा व्यवस्थामा थप कडाइ
नेप्से परिसूचक १७ सय माथि, बजार पुँजीकरणमा दिनदिनै नयाँ रेकर्ड
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । बुधबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से २८.८९ अंकले बढेर १७०७.६७ विन्दुमा कायम भएको छ । यसदिन १९५ कम्पनीको ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७ सय ४२ रुपैयाँको कारोबार भएको छ । १ करोड २५ लाख २३ हजार ६ सय… Continue reading नेप्से परिसूचक १७ सय माथि, बजार पुँजीकरणमा दिनदिनै नयाँ रेकर्ड
बिहारमा चल्यो मोदी लहर, नितिश कुमारले फेरी सरकार बनाउने
पटना । नेपालसँग सीमाना जोडिएको बिहारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जादु चलेको छ । सन् २०१५ मा ५३ सीटमा खुम्चिएको भारतीय जनता पार्टीलाई उनले यस पटक ७० सीटमा विजयी बनाउन सफल भएका छन् । बिहार विधानसभा निर्वाचनमा नितिशकुमार र भारतीय जनता पार्टीको एनडिए गठबन्धनले १ सय २५ सिट जित्दै पूर्ण बहुमत समेत प्राप्त गरेको छ।… Continue reading बिहारमा चल्यो मोदी लहर, नितिश कुमारले फेरी सरकार बनाउने
प्रधानमन्त्री आज संखुवासभा जाने, के छ कार्यक्रम ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लामो समयपछि काठमाडौं बाहिरको भ्रमणमा निस्कँदैछन् । दोस्रो पटक मृगौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री उपत्यका बाहिर निस्किएका छैनन् । प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको तालीका अनुसार प्रधानमन्त्री ओली आज दश बजे संखुवासभा जाने कार्यक्रम तय भएको छ । उनी हेलिकोप्टरमा त्यहा जाने छन् । पार्टीभित्र तिब्र विवाद भइरहेका समयमा प्रधानमन्त्री उपत्यका… Continue reading प्रधानमन्त्री आज संखुवासभा जाने, के छ कार्यक्रम ?
दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु
दाङ । दाङमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार देउखुरीको राप्ती गाउँपालिका वडा नं ४ मौरीघाटमा ट्रकको ठक्करबाट तीन जनाको ज्यान गएको हो । ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई गतराती ८ बजे ठक्कर दिएको थियो । प्रहरीका अनुसार मोटरसाइकलमा… Continue reading दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु
मुम्बईले उचाल्यो पाँचौ उपाधी, दिल्ली निरास
दुबई । साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को पाँचौ उपाधी उचाल्न सफल भएको छ । १३ वटा संस्करण पुरा हुँदा सर्वाधिक उपाधी जित्ने टीमका रुपमा मुम्बई कायम रहेको छ । मुम्बई पछि चेन्नईले सर्वाधिक ३ पटक उपाधी उचालेको छ । युएईको दबुई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित… Continue reading मुम्बईले उचाल्यो पाँचौ उपाधी, दिल्ली निरास
सुनको मूल्य ३४ सय घट्यो, कोरोना खोपबारे सकारात्मक समाचारको प्रभाव
काठमाडौं । सोमबार कोरोना भाइरसविरुद्ध अमेरिकी र जर्मन कम्पनीले निर्माण गरिरहेको खोपको सफलताबारे आएको समाचारले विश्वभर सुनको मूल्यमा प्रभाव पारेको छ । आज सुनको मूल्यमा एकै दिन प्रतितोला ३ हजार ४ सयको गिरावट आएको छ । सुनको मूल्यमा अन्तर्राष्टिय बजारमा आएको गिरावटको प्रभाव नेपाली बजारमा समेत देखिएको छ । लामो समय अन्तर्राष्ट्रिय बजारमा लगानी सुनमा… Continue reading सुनको मूल्य ३४ सय घट्यो, कोरोना खोपबारे सकारात्मक समाचारको प्रभाव
नेकपाका पाँच नेताको प्रधानमन्त्रीलाई सन्देश, ‘२७ गते सचिवालय बैठकमा आउनु’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका कुनै पनि तहका बैठक राख्ने पक्षमा छैनन् । तर, पार्टीका अन्य नेता भने बैठक राखेर विवादहरुमा सामुहिक छलफल चलाउनु पर्ने मागमा छन् । सोहीकारण उत्कर्षमा पुगेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्र कुनै निष्कर्ष आउन सकेको छैन । आज नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठक बोलाएका थिए ।… Continue reading नेकपाका पाँच नेताको प्रधानमन्त्रीलाई सन्देश, ‘२७ गते सचिवालय बैठकमा आउनु’
काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं । काठमाडौं उपत्यकामा आज भूकम्पको धक्का महसुस गरिएको छ । काठमाडौं नजिक धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको हो । मंगलबार दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पुष्टी गरेको छ । यसले काठमाडौं र यस आसपासका जिल्लामा धक्का महसुस गरिएको… Continue reading काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं उपत्यकामा थपिए १४२० सक्रमित
काठमाडौं । आज काठमाडौं उपत्यकामा थप १४२० जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा १ हजार १ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा १ सय ९३ जना कोरोना संक्रमित थपिएका हुन् । आज महिला ६ सय ३ र पुरुष ८ सय… Continue reading काठमाडौं उपत्यकामा थपिए १४२० सक्रमित
नेपालमा कोरोनाबाट थप २४ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विभिन्न अस्पताल र होम आइसोलेसनमा उनीहरुको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । अब नेपालमा कोरोनाबाट मृत्यु हुने संक्रमितको कुल संख्या ११ सय ४८ पुगेको छ। पछिल्लो समय नेपालमा औसतः २० भन्दा बढी… Continue reading नेपालमा कोरोनाबाट थप २४ जनाको मृत्यु
नेपालमा थपिए २७३६ संक्रमित, ८५३ संक्रमणमुक्त (कुन जिल्लामा कति थपिए ?)
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९६० नमुना परीक्षण गर्दा १०५९ महिला र १६७७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । अब नेपालमा कुल संक्रमितको संख्या २ लाख नजिक पुगेको छ । १ लाख ९९ हजार… Continue reading नेपालमा थपिए २७३६ संक्रमित, ८५३ संक्रमणमुक्त (कुन जिल्लामा कति थपिए ?)
थानकोटमा बसको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ थानकोटमा बसको ठक्करबाट एक जनाको निधन भएको छ । आज बिहान साढे ४ बजे तरकारी बेच्न निस्किएका ४० वर्षिय नविन लोहारको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । बालाजु निवासी उनी थानकोटमा बसी व्यवसाय गर्दै आएका थिए । नम्बर नखुलेको पहेलो रंगको सार्वजनिक बसले उनलाई ठक्कर दिएको प्रहरीको… Continue reading थानकोटमा बसको ठक्करबाट एक जनाको मृत्यु