भागेका थुनुवा फेरी पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट फरार तीन थुनुवामध्ये २ जना पुनः पक्राउ परेका छन् । उनीहरु मंगलबार हिरासतको ग्रिल उप्काएर भागेको प्रहरीले बताएको थियो । लागु औषध कारोबार र चोरीको आरोपमा पक्राउ परेका थिए । अभियुक्त रुद्रलाल श्रेष्ठ, समशेर माझी र रवीकुमार तिमल्सिना हिरासतबाट भागेका थिए । भागेका मध्ये रुद्रलाल श्रेष्ठ, समशेर माझी… Continue reading भागेका थुनुवा फेरी पक्राउ

सर्वोच्चको फैसला : विषादी परीक्षण फिर्ता लिने निर्णय कार्यान्वयन नगर्नु

काठमाडौं । सर्वोच्च अदालतले भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने सरकारी निर्णय कार्यान्वयन गर्न आदेश दिएको छ । अर्को आदेश नआएसम्म तत्कालका लागि असार १८ मा मन्त्रीपरिषद्ले विषादी परीक्षण गर्ने निर्णय फिर्ता कार्यान्वयन नगर्न आदेश दिएको हो । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले विषादी परीक्षणसम्बन्धी तीनवटा रिटमाथि सुनुवाइ गरेको… Continue reading सर्वोच्चको फैसला : विषादी परीक्षण फिर्ता लिने निर्णय कार्यान्वयन नगर्नु

त्रिवि पुगेर प्रधानमन्त्रीले भने : गल्ती गर्नेहरु कारवाहीको भागिदार

काठमाडौं । एकपछि अर्को काण्ड बाहिरिएपछि बदनाम भइरहेको त्रिभुवन विश्वविद्यालयले ६० औं वार्षिकोत्सव मनायो । वार्षिकोत्सवका अवसरमा विश्वविद्यालयका कूलपति तथा प्रधानमन्त्री केपि शर्मा ओली त्रिभुवन विश्वविद्यालय पुगे । तर, उनी पुगेपछिको व्यवस्थापनको दृष्यले देशकै पाको विश्वविद्यालयको बेइज्यत मात्र गरेन, यो अहिले कुन अवस्थाबाट गुज्रिरहेको छ भन्ने पनि प्रष्ट देखायो । बुधबार काठमाडौंमा ठूलो पानी परेको… Continue reading त्रिवि पुगेर प्रधानमन्त्रीले भने : गल्ती गर्नेहरु कारवाहीको भागिदार

भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ता मारिए, फैलदै त्रास

भोजपुर । बुधबार बिहानै भोजपुर सदरमुकाम मै नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता र प्रहरीबीचको गोली हानाहानमा दुई जनाको ज्यान गएसँगै सर्वसाधारणमा त्रास फैलिएको छ । मुलुक शान्ती प्रक्रिया टुंग्याएर राजनीतिक स्थायित्वतर्फ अगाडी बढ्दै जाँदा सरकारले विप्लव समूहलाई प्रतिवन्धित समूह घोषणा गरेको छ । यसको प्रतिवादस्वरुप विप्लव समूहले गतिविधि बढाएसँगै देशभर त्रासको वातावरण शुरु भएको छ… Continue reading भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ता मारिए, फैलदै त्रास

न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा, भारत बाहिरियो

म्यान्चेस्टर । विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतलाई हराउँदै न्युजिल्यान्ड फाइनल प्रवेश गरेको छ । बुधबार बेलायतको म्यानचेस्टरमा सम्पन्न खेलमा न्यूजिल्याण्डले भारतमाथि १८ रनको रोमान्चक जीत हात पार्यो । खेल मंगलबार नै हुनुपर्ने थियो । तर, वर्षाले अवरुद्ध भएको खेल बुधबारका लागि सारिएको थियो । न्यूजिल्याण्डले मंगलबार नै ब्याटिङ गरेको थियो । भारतका लागि बुधबार २४० रनको… Continue reading न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा, भारत बाहिरियो

ओखलढुङ्गामा बस दूर्घटना, तीन जनाको ज्यान गयो

ओखलढुंगा । ओखलढुङ्गामा बुधबार बिहानै भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दूर्घटनामा परी अन्य १७ जना घाइते छन्। झापाको काँकडभिट्टाबाट सोलुखुम्बु तर्फ जाँदै गरैको मे १ ख १८९१ नम्बरको बस बिहान साढे ३ बजे सिद्धिचरण राजमार्गस्थित ओखलढुङ्गाको मानेभञ्ज्याङ, डडुवामा दुर्घटनामा परेको थियो । ओखलढुङ्गा प्रहरीका अनुसार मृत्यु हुने यात्रुको सनाखत भइसकेको… Continue reading ओखलढुङ्गामा बस दूर्घटना, तीन जनाको ज्यान गयो

नेपाल एसीसी यू-१९ एसिया कपमा छनोट

काठमाडौं । नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको उपाधि जित्दै एसीसी यू-१९ एसिया कपको टिकट पक्का गरेको छ । मंगलबार एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले हङकङविरुद्ध ६ विकेटको प्रभावशाली जीत हात पारेको हो । उपाधि हात पारेको नेपालले आगामी अगस्ट महिनामा श्रीलंकामा आयोजना हुने एसिसी यू-१९ एसिया कप खेल्ने भएको छ । उक्त… Continue reading नेपाल एसीसी यू-१९ एसिया कपमा छनोट

प्रहरी इन्कान्टरका घटना विवाद : संसदमा विपक्षीको हंगामा

काठमाडौं । प्रहरीको गोलीबाट धमाधम नागरिक मारिन थालेसँगै संसदमा प्रतिपक्षी दलले गृहमन्त्री समक्ष स्पष्टिकरण माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले गृहमन्त्री रामबहादुर थापाको चर्को आलोचना गरे । सर्लाहीमा बालक अमित रायको क्रसर उद्योगले खनेको खाल्डोमा परी मृत्यु भएपछि उठेको स्थानीयको आन्दोलनमाथि प्रहरीले गोली चलाउदा सरोजनारायण महतोको निधन भएको थियो । यो गैरन्यायिक हत्यामार्फत… Continue reading प्रहरी इन्कान्टरका घटना विवाद : संसदमा विपक्षीको हंगामा

प्रधानमन्त्रीलाई दिइयो राष्ट्रिय परिचयपत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र प्रदान गरिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रम आयोजना गरि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रधानमन्त्रीलाई परिचय पत्र हस्तान्तरण गरेको हो । विभाग गृहमन्त्रालय मातहतको निकाय हो । विभागका महानिर्देशक दीपक काफ्लेले प्रधानमन्त्रीलाई परिचयपत्र हस्तान्तरण गरेका थिए । उक्त अवसरमा प्रधानमन्त्री पत्नी राधिका… Continue reading प्रधानमन्त्रीलाई दिइयो राष्ट्रिय परिचयपत्र

रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्न सम्झौता

काठमाडौं । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गर्न ठेक्का सम्झौता भएको छ । बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैंचा पुनर्निर्माण गर्न मंगलबार पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी सीए\तुलसी कन्ट्रक्सन जेभीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्मा र निर्माण कम्पनीका… Continue reading रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्न सम्झौता

असारमै दुई तिहाई खेत बाँझै, २३ प्रतिशतमा मात्र रोपाईं

काठमाडौं । असार सकिन अब एक साता मात्र बाँकि छ । मानो रोपेर मुरी फलाउने महिनाका रुपमा परिचित यो महिनामा कृषक व्यस्त रहनु पर्ने हो । तर, प्रकृति कृषकमैत्री नबन्दा अहिलेसम्म रोपाईको माहोल शुरु हुन सकेको छैन । बालिविकास तथा जैविक संरक्षण केन्द्रका अनुसार मुलुकभर अहिलेसम्म मात्र २३ प्रतिशत खेतमा रोपाइं सम्पन्न भएको छ ।… Continue reading असारमै दुई तिहाई खेत बाँझै, २३ प्रतिशतमा मात्र रोपाईं

मन्त्रीपरिषद्को आकस्मिक बैठक, एजेण्डा गोप्य

काठमाडौं । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठक मंगलबार बिहान पुनः बोलाइएको छ । सामान्यतया नेपालमा मन्त्रीपरिषद् बैठक बिहीबार बस्ने प्रचलन छ । मंगलबार बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छ । पछिल्लाो समय तरकारी र फलफूलको विषादी परीक्षण सम्बन्धी विषय आलोचित बनेसँगै मन्त्रीहरुका फरक फरक धारणा आइरहेका छन् । सोमबार विभिन्न संचरमाध्यमले भारतले तरकारीको आयात नरोक्न… Continue reading मन्त्रीपरिषद्को आकस्मिक बैठक, एजेण्डा गोप्य

राष्ट्रिय चलचित्र पुरस्कार आगामी साता

काठमाडौं । लगातार दुई वर्ष रोकिएको राष्ट्रिय चलचित्र पुरस्कार यस वर्ष भने प्रदान गरिने भएको छ । चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवका असरमा आगामी २७ असारमा राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह आयोजना हुने भएको हो । कार्यक्रम राष्ट्रपति निवासमै आयोजना गर्ने तयारी छ । पुरस्कार समारोहको तिब्र तयारी भइरहेको बोर्डले विज्ञप्ती जारी… Continue reading राष्ट्रिय चलचित्र पुरस्कार आगामी साता

चार राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले चार देशका लागि प्रस्तावित भएको राजदूतको नाम अनुमोदन गरेको छ । समितिको सोमबारको बैठकमा संसदीय सुनुवाई लगत्तै चारै जना राजदूतको नाम अनुमोदन गरिएको थियो । अनुमोदन हुनेमा बंगलादेशका बंशिधर मिश्र, कतारमा नारदनाथ भारद्वाज, अष्ट्रेलियामा महेशराज दाहाल र स्पेनमा दाबा फुटी शेर्पाको नाम रहेको छ । सोमबार नै भएको संसदीय सुनुवाईमा… Continue reading चार राजदूतको नाम अनुमोदन

राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व सिलवाललाई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन् । उनी गोल्डनगेट कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् । शिक्षा व्यवसायसँग आवद्ध सिलवाललाई राखेप अध्यक्ष तथा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सदस्य सचिव नियुक्त गरेका थिए । उनले सोमबार नै सपथ ग्रहण गरे । सथप ग्रहणपछि बोल्दै सदस्यसचिव सिलवालले निर्धारित समयमा… Continue reading राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व सिलवाललाई

काठमाडौंका सम्पदा एक वर्षका लागि यूनेस्कोको खतरा सूचिबाट उम्किए

काठमाडौं । संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को)ले काठमाडौं उपत्यकालाई खतराको सूचिमा राख्ने प्रस्ताव एक वर्षका लागि स्थगित गरेको छ । अजरबैजानको बाकुमा जारी वर्ल्ड हेरिटेज कमिटीको ४३ औं सेसनले नेपालका सम्पदालाई एक वर्ष खतराको सूचिमा नराख्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । काठमाडौं उपत्यकाभित्रका सम्पदालाई… Continue reading काठमाडौंका सम्पदा एक वर्षका लागि यूनेस्कोको खतरा सूचिबाट उम्किए

बच्चाको डाइपरमा लुकाएर सुन तस्करी

काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट ४ सय ग्राम अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङका लीलाबहादुर बस्नेत र नवलपरासीका बीरबहादुर थारू छन् । उनीहरुले बच्चाको डाइपरमा लुकाएर सुन ल्याएको प्रहरीले बताएको छ । लीलाबहादुर बस्नेत कतारको दोहाबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आएका थिए । विमानस्थल प्रहरी र काठमाडौं प्रहरीको परिसरको संयुक्त टोलीले… Continue reading बच्चाको डाइपरमा लुकाएर सुन तस्करी

सेना-पुलिसका श्रीमती संघ खारेज हुनुपर्छ : भुसाल

काठमाडौं । नेकपा नेतृ पम्फा भुसालले सैनिक र प्रहरीको बजेटबाट श्रीमती संघ संचालन हुन नहुने बताएकी छिन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै भुसालले सेना र पुलिसमा रहेका श्रीमती संघहरु खारेज गर्नुपर्ने माग गरिन् । गणतन्त्रमा पनि राजतन्त्रकालिन अवशेष रहेको भन्दै उनले संविधानको प्रतिकूल हुने गरी अस्तित्वमा रहेका संस्थाहरु खारेज गर्नुपर्ने तर्क गरेकी छिन् । यस्ता… Continue reading सेना-पुलिसका श्रीमती संघ खारेज हुनुपर्छ : भुसाल

कांग्रेस केन्द्रिय समिति बैठक शुरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आइतबारबाट राजधानीमा शुरु भएको छ । दिउँसो २ बजेका लागि डाकिएको बैठक करीव ५ घण्टा ढिलो गरी शुरु भएको हो । बैठकमा राख्ने एजेन्डाका विषयमा शीर्ष तहका नेताहरुबीच विवाद भएपछि निर्धारित समयमा बैठक बस्न नसकेको हो । आइतबार बैठकमा महामन्त्री पूर्णबहादुर खड्काद्धारा १४ वटा एजेन्डा प्रस्तुत भए ।… Continue reading कांग्रेस केन्द्रिय समिति बैठक शुरु

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको टुइट विवादित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल आइतबार बिहान गरेको टुइटका कारण दिनभर विवादित रहे । दिनभर सामाजिक संजालमा उनको जमेर आलोचना भयो भने संचारमाध्यममा पनि उनी छाइरहे । टुइटले आम सर्वसाधारण मात्र आक्रोसित भएनन, स्वयमः नेकपाका नेता कार्यक्रताले पनि यस टुइटको खुलेर आलोचना गरेका छन् । टुइटमा रिमालले भनेका छन्, ‘भनिन्छ,… Continue reading प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको टुइट विवादित

पर्याप्त पूर्वाधार नहुँदा विषादी परिक्षण रोकियो : कृषि मन्त्री

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले पर्याप्त पूर्वाधार नबनेका कारण सीमा नाकामा फलफूल तथा तरकारीको विषादी परीक्षण रोकिएको बताएका छन् । आइतबार राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खनालले नेपालसँग विषादी परिक्षण गर्ने पूर्वाधार भएपनि पर्याप्त नरहेको उल्लेख गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पूर्वाधार अभावका कारण परीक्षण… Continue reading पर्याप्त पूर्वाधार नहुँदा विषादी परिक्षण रोकियो : कृषि मन्त्री

कोपा अमेरिकाः अर्जेन्टिना तेस्रो, मेसीलाई रातो कार्ड

ब्राजिल । कोपा अमेरिका फूटलबको तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । तर, यो खेल भने पूर्णतया विवादित भयो । ३७ औं मिनटमा कप्तान लियोनल मेसीलाई रेफ्रीले रातो कार्ड दिँदै मैदान बाहिर पठाएपछि खेल विवादित बनेको हो । मेसीले करियरकै दोस्रो रातो कार्ड पाए । आइतबार बिहान कोपा अमेरिका फूटबलको तेस्रो स्थानका… Continue reading कोपा अमेरिकाः अर्जेन्टिना तेस्रो, मेसीलाई रातो कार्ड

८ जनाको ज्यान लिने हत्यारा पक्राउ

काठमाडौं । फरार अभियुक्त नसिम खान अन्ततः प्रहरीको पञ्जामा परेका छन् । एक बालकसहित आठ जनाको जघन्य हत्या गरेको अभियोगमा उनलाई प्रहरीले खोजिरहेको थियो । कपिलवस्तुका स्थानीय उनी शनिबार राजधानीबाट पक्राउ परेको प्रहरीले पुष्टी गरेको छ । ३ फागुन २०७४ मा बालक मोहम्मद आयमान मुसलमानको अपहरणपछि हत्या गरेको अभियोग उनीमाथि छ । त्यसपछि खान फरार… Continue reading ८ जनाको ज्यान लिने हत्यारा पक्राउ

तरकारीको विषादी परिक्षण विवादमा सरकारको चौतर्फी विरोध

काठमाडौं । विदेशबाट आयात हुने फलफूल तथा तरकारीमा जीवनासक विषादी अवशेष परीक्षण गर्ने र विषादी देखिए नाकामै रोक्ने सरकारी निर्णय उल्टिएसँगै सरकारको व्यापक आलोचना शुरु भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस, सामाजिक सञ्जाल तथा आम नागरिकबाट मात्र नभई सत्तारुढ दलकै नेता तथा भातृ संगठनबाट समेत सरकारको आलोचना शुरु भएको हो । शनिबार नेकपा नेता… Continue reading तरकारीको विषादी परिक्षण विवादमा सरकारको चौतर्फी विरोध

काठमाडौंमा एकसाथ भूकम्प र वर्षात

फाइल तस्वीर

काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का अनुभव गरिएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागले पुष्टी गरेको छ । भूकम्पको केन्द्रविन्दु भक्तपुर रहेको छ । शनिबार सबैजना घरमा रहेको अवस्थामा भूकम्प गएका कारण शनिबारको धक्का धेरैले महसुश गरेका थिए । भूकम्प लगत्तै सामाजिक संजालमा भूकम्पबारे… Continue reading काठमाडौंमा एकसाथ भूकम्प र वर्षात

असार भित्रै खोलानालामा बहाव बढ्ने, सतर्क रहन सूचित

काठमाडौं । सरकारले खोला तथा नदी किनारका स्थानीयलाई पानीको बहाव बढ्ने भएकाले सचेत रहन सूचित गरेको छ । असार २८ पछि नदी तथा खोला किनारमा पानीको वहाव बढ्ने भन्दै बाढी पुर्वानुमान महाशाखाले बाली नाली समेत त्यस अगाडी नै स्याहार्न सुचित गरेको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतको महाशाखाले शनिबार उक्त सूचना जारी गरेको… Continue reading असार भित्रै खोलानालामा बहाव बढ्ने, सतर्क रहन सूचित

यू १९ एसिया कपमा नेपालको प्रभावशाली जीत

काठमाडौं । यू १९ एसिया कप छनोट क्रिकेटमा नेपालले सिंगापुरमाथि प्रभावशाली जीत निकालेको छ । सिंगापुर माथि २ सय १७ रनको जीत निकाल्दै नेपालले लगातार दोस्रो खेलमा आफूलाई अब्बल टोलीका रुपमा स्थापित गर्यो । यसअघि बुधबार सम्पन्न खेलमा नेपालले चीनमाथि १० विकेटको जीत निकालेको थियो । शुक्रबार सम्पन्न खेलमा रीत गौतमले शतक र कुशल मल्लले… Continue reading यू १९ एसिया कपमा नेपालको प्रभावशाली जीत

पूर्वमाओवादी खेमाबाट एक्लिदै डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पूर्व माओवादीकै नेता कार्यक्रताले साथ छाड्ने क्रम अझै जारी छ । शुक्रबार पूर्वमन्त्री तथा समाजवादी की नेतृ कल्पना धमला पार्टी परित्याग गरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरिन् । नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा धमलासहितका नेता तथा कार्यक्रतालाई नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र… Continue reading पूर्वमाओवादी खेमाबाट एक्लिदै डा. बाबुराम भट्टराई

भारतमा २७८ खर्ब भारुको बजेट

नयाँ दिल्ली । भारत सरकारले आव २०१९\२० का लागि बजेट सार्वजनिक गरेको छ । यो बजेट प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालको पहिलो बजेट हो । वित्त मन्त्री सीतारमणले २७,८६,३४९ करोड भारु (करीव ४ सय ५० खर्ब नेपाली रुपैयाँ) बराबरको बजेट लोकसभामा प्रस्तुत गरेकी हुन् । बजेटले आकर्षक कार्यक्रम समेटेको छ । पूर्वाधार विकासलाई उच्च… Continue reading भारतमा २७८ खर्ब भारुको बजेट

ग्लोबल र जनता बैंकबीच मर्जर हुने

काठमाडौं । दुई वाणिज्य बैंक ग्लोबल आइएमई र जनता बैंकबीच मर्जर हुने भएको छ । दुई बैंकबीच शुक्रबार आयोजित एक कार्यक्रममा मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर भयो नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अगाडी नै वीग मर्जरमा जान बैंकहरुलाई दवाव दिइरहेको छ । दुई बैंकबीचको औपचारिक सहमति सँगै अब यो एकिकृत बैंक नेपालको सबैभन्दा ठूलो बैंक बन्ने भएको… Continue reading ग्लोबल र जनता बैंकबीच मर्जर हुने