काठमाडौं । नेपालमा पाँचतारे होटेलको संख्या १५ पुगेको छ । १६ असारमा ठमेलमा खुलेको अलफ्ट काठमाडौं ठमेलले पर्यटन विभागबाट पाँचतारे होटेलको वर्गिकरण स्वीकृति लिएसँगै नेपालमा पाँचतारे होटेलको संख्या १५ पुगेको हो । ठमेलस्थित १४ तला अग्लो छायाँ सेन्टरमा यो होटेल अवस्थित छ । २ असारमा मेरियट काठमाडौं होटेलले पाँचतारे होटेलको मान्यता पाएको थियो । यस… Continue reading नेपालमा १५ पाँचतारे होटेल
Author: Vishwanews.com
आत्मसमर्पण गरेका पुलिसका पूर्व महानिरिक्षक कारागार चलान
काठमाडौं । भ्रष्टाचारमा दोषि सावित नेपाल प्रहरीका नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजी) रमेशचन्द ठकुरीले बिहीबार आत्मसमर्पण गरेका छन् । सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका उनलाई बिहीबार नै डिल्लीबजार कारागार चलान गरिएको सर्वोच्च स्रोतले जानकारी दिएको छ । सुडान भ्रष्टाचार काण्डमा दोषि सावित उनी विगत दुई वर्ष देखि फरार थिए । आत्मसमर्पण गर्दै कारागार बाहिर बसेर पुनरावेदन… Continue reading आत्मसमर्पण गरेका पुलिसका पूर्व महानिरिक्षक कारागार चलान
प्रधानमन्त्रीलाई कांग्रेस सांसद रंगमतीको चेतावनी, ‘मास्कबारे बुझ्न स्कुटरमा संगै यात्रा गरौं ‘
काठमाडौं । काठमाडौं उपत्यका धुलो मुक्त भएको र अब मास्क लगाएर हिड्न नपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमाथि कांग्रेस सांसद रंगमती शाहीले आपत्ति जनाएकी छिन् । बिहीबार प्रतिनिधि सभा विकास तथा प्रविधि समिति बैठकमा प्रमुख प्रतिपक्षी दलकी सांसद शाहीले काठमाडौंमा मास्क लगाउनु पर्छ या पर्दैन रहेछ भन्ने बारे जान्न आफूसँगै स्कुटरमा बसेर यात्रा गर्न चेतावनी… Continue reading प्रधानमन्त्रीलाई कांग्रेस सांसद रंगमतीको चेतावनी, ‘मास्कबारे बुझ्न स्कुटरमा संगै यात्रा गरौं ‘
उपनिर्वाचनको तयारीमा जुट्यो आयोग
काठमाडौं । निर्वाचन आयोग उपनिर्वाचनको तयारीमा जुटेको छ । देशभर रिक्त रहेका विभिन्न पदमा उपनिर्वाचनमार्फत पदपूर्ति गर्नुपर्ने छ । आयोगका अनुसार अहिलेसम्म संघ, प्रदेश र स्थानीय तहका ४७ स्थानमा उपनिर्वाचन गर्नुपर्ने भएको छ । २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमध्ये ती स्थानमा पद खाली छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य १, प्रदेश सभा… Continue reading उपनिर्वाचनको तयारीमा जुट्यो आयोग
विप्लवविरुद्ध आक्रामक सरकार, प्रवक्ता भन्छन्, “वार्तामा नआए सिद्धिन्छ”
काठमाडौं । सरकारले शान्तिपूर्ण प्रक्रियामा नआए विप्लव समूहको अस्तित्व नरहने चेतावनी दिएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विप्लव समूह राजनीतिक नभएर संगठित आतंककारी समूह भएको भन्दै शान्तीपूर्ण राजनीतिमा आउन आग्रह गरे । बिहीबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले सरकार विप्लव समूहविरुद्ध कडा रणनीति… Continue reading विप्लवविरुद्ध आक्रामक सरकार, प्रवक्ता भन्छन्, “वार्तामा नआए सिद्धिन्छ”
पेरु कोपा अमेरिका फूटलबको फाइनलमा
ब्राजिल । चिलीविरुद्ध प्रभावशाली जीत निकाल्दै पेरु कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ। अब पेरुको भेट फाइनलमा ब्राजिलसँग हुने भएको छ । चिली साविक विजेता टोली हो । सोही टोलीलाई पेरुले ३–० गोल अन्तरले गराएको हो । पहिलो हाफमै दुई गोलको अग्रता लिएको पेरुले दोस्रो हाफमा एक गोल थप्यो । खेलको २१ औं मिनेटमा… Continue reading पेरु कोपा अमेरिका फूटलबको फाइनलमा
दीपक मनाङे नेकपा प्रवेश
कास्की । आपराधिक पृष्ठभूमिका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपामा प्रवेश गरेका छन् । उनी गण्डकी प्रदेशका सांसद हुन् । मनाङबाट स्वतन्त्र सांसदका रुपमा विजयी भएका उनलाई चुनावमा नेकपाले नै सहयोग गरेको थियो । बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई पार्टी प्रवेश गराए । राजीवसँगै विप्लव समूहका कास्की संयोजक पुष्प कार्कीसमेत नेकपामा प्रवेश… Continue reading दीपक मनाङे नेकपा प्रवेश
लिविया आक्रमणमा नेपाली पनि परेको पुष्टि
काठमाडौं । लिवियाको आप्रवासी हिरासत केन्द्रमा भएको आक्रमण र हताहतीमा एक नेपाली पनि परेका छन् । इजिप्टको कायरो स्थित नेपाली दूतावासले आक्रमणमा परी एक नेपालीको निधन भएको पुष्टी गरेको हो । आक्रमणमा नेपाली सन्तोष श्रेष्ठको ज्यान गएको दूतावासले पुष्टी गरेको हो । आक्रमणमा परी घाइते भएका उनको स्थानीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको बताइएको छ… Continue reading लिविया आक्रमणमा नेपाली पनि परेको पुष्टि
लम्जुङमा स्मार्ट फिल्म सिटी बन्ने, ६ अर्ब लगानी
काठमाडौं । आकर्षक जिल्ला लम्जुङमा स्मार्ट फिल्म सिटी निर्माण गरिने भएको छ । सीटी निर्माणसम्बन्धी एक सम्झौतामा बुधबार इटालियन र नेपाली कम्पनीबीच हस्ताक्षर भयो । यस सम्झौताको साक्षी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा रहे । स्काई इन्टरनेट नेपाल र इटालियन कम्पनी एरिया होल्डिङबीच फिल्म सीटी निर्माणको सहमतिमा सम्झौता भएको हो । सम्झौता अनुसार… Continue reading लम्जुङमा स्मार्ट फिल्म सिटी बन्ने, ६ अर्ब लगानी
नेपालमा नहुने भयो आइफा अवार्ड
काठमाडौं । तीब्र आलोचना र संसदीय समितिको निर्देशनसँगै अब नेपालमा आइफा अवार्ड नहुने भएको छ । पर्यटन बोर्ड स्रोतका अनुसार यो अवार्ड अगाडी बढाउने पक्षमा सरकार छैन । तयारी बिनै बाहिर नकारात्मक हल्ला भएका कारण थप आलोचना हुने डरले सरकार आफ्नो निर्णयबाट पछि हट्ने निष्कर्षमा पुगेको हो । संसदको अन्तरराष्टिय सम्बन्ध समितिले मंगलबार आइफा अवार्ड… Continue reading नेपालमा नहुने भयो आइफा अवार्ड
त्रिवि सेवा आयोगका पदाधिकारीको कतुर्त : जनताका छोराछोरीलाई फेल गराएर आफन्त पास
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष सहितका पदाधिकारी नम्बर थप गरेर विद्यार्थी उत्तीर्ण गराउने काममा संलग्न रहेको पुष्टी भएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बुधबार शिक्षा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मा, सदस्य चिन्तामणी पोखरेल, प्रशासन प्रमुख परशुराम… Continue reading त्रिवि सेवा आयोगका पदाधिकारीको कतुर्त : जनताका छोराछोरीलाई फेल गराएर आफन्त पास
कोपा अमेरिका : बाहिरियो अर्जेन्टिना, ब्राजिल फाइनलमा
ब्राजिल घरेलु मैदानमा जारी कोपा अमेरिका फुटलबलको फाइलनमा पुगेको छ । बुधबार बिहान सम्पन्न सेमिफाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी अर्जेन्टिनालाई हराउँदै ब्राजिल फाइनल प्रवेश गरेको हो । ब्राजिलले अर्जेन्टिनालाई २-० गोल अन्तरले हरायो । विश्व चर्चित खेलाडीको बाहुल्य रहेको खेलमा ग्राबियल जेससको गोलमार्फत १९ औं मिनेटमा अग्रता लिएको थियो । ७१ औं मिनेटमा रोब्रेटो फ्रिमिनोले गोल गर्दै… Continue reading कोपा अमेरिका : बाहिरियो अर्जेन्टिना, ब्राजिल फाइनलमा
स्पोर्ट्स अवार्डमा प्याराग्लाइडिङको राज
काठमाडौं । वर्षको उत्कृष्ट खेल अर्वाड पल्सर स्पोर्ट्स अवार्डमा प्याराग्लाइडिङका खेलाडी युकेश गुरुङ उत्कृष्ट खेलाडी (पुरुष) बनेका छन् । लामो समयदेखि फूटबल र क्रिकेटका खेलाडीले यो अवार्डमा कब्जा जमाउने गरेका थिए । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष पल्सर स्पोर्ट्स अवार्ड आयोजना गर्छ । यस पटकको कार्यक्रम मंगलबार राजधानीमा सम्पन्न भयो । युशेकले पारस खड्का… Continue reading स्पोर्ट्स अवार्डमा प्याराग्लाइडिङको राज
आइफा अवार्डमा संसदको हस्तक्षेप, सबै प्रक्रिया रोक्न निर्देशन
काठमाडौं । व्यवस्थापिका संसद, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्डका सबै प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले उक्त निर्देशन दिएको समिति सभापति पवित्रा निरौलाले जानकारी दिइन । सरकार र आइफा आयोजकबीच प्रारम्भीक चरणको छलफल भइसकेको छ । छलफलमा आयोजकले नेपाल सरकारसँग ४० लाख डलर नगद र अन्य व्यवस्थापनको खर्च जुटाउन… Continue reading आइफा अवार्डमा संसदको हस्तक्षेप, सबै प्रक्रिया रोक्न निर्देशन
१२ हजार भूकम्प पिडितले एकमुष्ट ३ लाख पाउने
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्राविधिक गाउँमा खटिनु अगाडी नै घर निर्माण गरेका करीव १२ हजार भूकम्पपिडित परिवारलाई एकमुष्ट तीन लाख रुपैयाँ दिने भएको छ । प्राधिकरणले भूकम्पपिडितका लागि बनाइएका घरको निरिक्षण गर्न प्राविधिक खटिनुपूर्व नै निर्माण भएका घर धनीले एकमुष्ट ३ लाख अनुदान पाउने गरी कार्यविधि बनाएको छ । प्राधिकरण कार्यकारी समितिको मंगलबारको बैठकले… Continue reading १२ हजार भूकम्प पिडितले एकमुष्ट ३ लाख पाउने
अमेरिका जाने विद्यार्थीको भिषा शूल्क घट्यो
काठमाडौं । अमेरिकी सरकारले उक्त देशमा पढ्न जाने विद्यार्थीका लागि भिषा शुल्क घटाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार विद्यार्थीका लागि भिषा शुल्क घटाएको हो । दूतावासले नेपाली विद्यार्थीसँग २ सय अमेरिकी डलर छूट गर्ने निर्णय भएको जानकारी गराएको छ । घटेको शूल्क १ जुलाई अर्थातः सोमबारदेखि कार्यान्वयनमा आएको छ । उक्त दिनदेखि आवेदन दिने… Continue reading अमेरिका जाने विद्यार्थीको भिषा शूल्क घट्यो
लोकसेवाको विज्ञापन रद्द नहुने
काठमाडौं । लोकसेवाको विज्ञापन रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा अदालतले अन्तरिम आदेश दिएन । यससँगै अब लोकसेवाको विज्ञापनले निरन्तरता पाउने भएको छ भने परिक्षा पनि हुने भएको छ । आयोगले गत १५ जेठमा विभिन्न ७ सय ५३ स्थानीय तहका लागि विज्ञापन खोलेको थियो । तर, उक्त विज्ञापन समावेशीताको सिद्धान्त अनुरुप नभएको भन्दै… Continue reading लोकसेवाको विज्ञापन रद्द नहुने
नाजायज सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर छोरीद्धारा आमाको हत्या
काठमाडौं । आइतबार भक्तपुरमा ६० वर्षिय सावित्री भट्टराईको हत्यामा आफ्नै छोरीको संलग्नता रहेको प्रहरीले बताएको छ । विवाहित छोरीले नाजायज सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर आमाको हत्या गरेको निचोडमा प्रहरी पुगेको हो । भक्तपुरको चाँगुनारायण बाँसबारीकी भट्टराईको आइतबार घाँटी रेटेर हत्या भएको अवस्थामा प्रहरीले फेला थियो। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार साबित्रीकी छोरी ईश्वरी भट्टराईसहित… Continue reading नाजायज सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर छोरीद्धारा आमाको हत्या
नेकपा संसदीय दलको बैठक सोमबारबाट शुरु, सांसदका अनेकौं गुनासा
काठमाडौं । नेकपा संसदीय दलको बैठक सोमबारबाट राजधानीमा शुरु भएको छ । सोमबार अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)सहित २९ जना सांसदले आफ्नो भनाई राखे । बैठकमा नेकपा सांसदले एकता प्रक्रिया छिटो टुंग्याउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् । एकता नटुंगिएसम्म तल्लो तहसम्म अलमल हुने र त्यसले कार्यक्रता बेरोजगार भएर बस्नु पर्ने अवस्था सिर्जना… Continue reading नेकपा संसदीय दलको बैठक सोमबारबाट शुरु, सांसदका अनेकौं गुनासा
अब काठमाडौं उपत्यकामा साझा यातायातका विद्युतीय बस
काठमाडौं । महानगरपालिका, प्रदेश सरकार र साझा यातायातको संयुक्त लगानीमा काठमाडौं उपत्यकासहितका शहरी क्षेत्रमा विद्युतीय सार्वजनिक बस चल्ने भएको छ । यी तीन निकायबीच पहिलो चरणमा ३० वटा विद्युतीय बस खरीद गरी चलाउने सम्झौता भएको छ । यी बसको मूल्य ४५ करोड हुनेछ । यस अभियानमा प्रदेश ३ सरकार समेत जोडिएको छ । अब त्रिपक्षीय… Continue reading अब काठमाडौं उपत्यकामा साझा यातायातका विद्युतीय बस
नेपाल एयरलाइन्स ६२ औं वर्षमा, जति पुरानो उत्ति धेरै ऋण
काठमाडौं । नेपाल वायुसेवा निगमले सोमबार स्थापनाको ६१ औं वार्षिकोत्सव मनाएको छ । ६१ वर्ष पुरानो गौरव बोकेपछि निगमले आफ्नो साँखलाई भने निरन्तरता दिन सकेको छैन । सोमबार राजधानीमा आयोजित कार्यक्रममा निगमको अहिले करीव ३७ अर्ब हाराहारी ऋण रहेको जानकारी दिइयो । यो ऋण निगमले जहाज किन्दा लागेको हो । तर, जहाज आइसकेपछि निगमले योजनाअनुसार… Continue reading नेपाल एयरलाइन्स ६२ औं वर्षमा, जति पुरानो उत्ति धेरै ऋण
आइफा अर्वाडमा रकमको विवाद, पर्यटन बोर्ड भन्छ, ऐतिहासिक अवसर
काठमाडौं । नेपालमा आयोजनाको तयारी भइरहेको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) सम्झौता नहुँदै विवादमा तानिएको छ । खासगरी अवार्ड आयोजकले नेपालमा अवार्ड कार्यक्रम आयोजना गर्न नगद रकम मागेको र त्यसमा नेपाल सरकार पनि सहमत भएको खबर बाहिरिएसँगै विवाद शुरु भएको छ । आयोजकले नेपालसँग प्रारम्भिक छलफलममै ५० लाख डलर माग गरेको थियो । पछिल्लो… Continue reading आइफा अर्वाडमा रकमको विवाद, पर्यटन बोर्ड भन्छ, ऐतिहासिक अवसर
त्रिभुवन विमानस्थल २१ घण्टा खुल्दै
काठमाडौं । धावनमार्गको पीच उप्काएर नयाँ बनाउने काम शुरु भएपछि दैनिक १० घण्टा बन्द भएको त्रिभुवन विमानस्थल सोमबारदेखि २१ घण्टा खुल्ने भएको छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार यो आयोजना निर्धारित समयमै सम्पन्न भएको छ । १८ चैतबाट शुरु भएको काम तीन ७० दिनमा सक्ने लक्ष्य लिइएको थियो । ३०५० मिटर लामो धावनमार्गको पीच… Continue reading त्रिभुवन विमानस्थल २१ घण्टा खुल्दै
बालकको ज्यान गएपछि राजमार्गमा प्रदर्शन, प्रहरीको गोलीले १ जनाको मृत्यु
काठमाडौं । बालुवा झिक्न बनाएको खाल्डोमा परी बालक ज्यान गएको विषयलाई लिएर भएको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा सर्लाहीमा एक जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिकामा राजमार्गमा प्रदर्शन गरिरहेका स्थानीय माथि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागि सत्यनारायण महतोको मृत्यु भएको छ । खोलामा बालुवा झिकेपछि बनेको खाल्डोमा डुबेर स्थानीय बालकको मृत्यु भएपछि… Continue reading बालकको ज्यान गएपछि राजमार्गमा प्रदर्शन, प्रहरीको गोलीले १ जनाको मृत्यु
काठमाडौंको फोहोर सडकमै, ५ दिनदेखि संकलन ठप्प
काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्याण्डफिल साइटका स्थानीयको अवरोधका कारण पुनः काठमाडौंको फोहोर संकलन प्रभावित भएको छ । काठमाडौंको फोहोर पछिल्लो ५ दिनदेखि उठ्न नसक्दा दूर्गन्ध फैलिएको छ भने वर्षायाम भएका कारण महामारीको समेत सम्भावना बढेको छ । सिसडोल साइटमा फोहोर फाल्न छुट्याइएको स्थान भरिसकेको र जथाभावी फोहोर फाल्दा स्थानीयलाई असर पुग्ने भन्दै… Continue reading काठमाडौंको फोहोर सडकमै, ५ दिनदेखि संकलन ठप्प
सरकारको आलोचना दशैंसम्म मात्र : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले दशैंपछि नागरिकले सरकारको आलोचना गर्न छाड्ने दावि गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीले ओलीले दशैँसम्म सरकारमाथि भइरहेको आलोचना बन्द हुने दावि गरेका हुन् । स्वर्गिय नेता मदन भण्डारीको ६८ औँ जन्मजयन्ति पारेर शनिबार राजधानीमा आयोजना भएको विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्रीले गतवर्ष आलोचना भएका विषय… Continue reading सरकारको आलोचना दशैंसम्म मात्र : प्रधानमन्त्री
खडेरीको मारमा कृषक, मध्य असारमा पनि रोपाईंको चटारो छैन
काठमाडौं । आइतबार नेपालमा धान दिवस मनाइदैछ । सरकारले हरेक वर्ष १५ असारलाई धान दिवस घोषणा गरेअनुसार यस दिन विविध कार्यक्रम आयोजना गरिन्छन् । मध्य असारमा रोपाईमा व्यस्त हुने नेपाली कृषक यस सिजनमा भने खडेरीको मारमा परेका छन् । नेपालका अधिकांश स्थानमा वर्षातको पानी राम्रोसँग नपर्दा रोपाई नै हन नसकेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले… Continue reading खडेरीको मारमा कृषक, मध्य असारमा पनि रोपाईंको चटारो छैन
कोपा अमेरिका : अर्जेन्टिना र ब्राजिलको भेट सेमिफाइनलमा
ब्राजिल । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिना र चिलीले क्वार्टरफाइनलका खेल जितेका छन् । सेमिफाइनलमा स्थान पक्का गर्ने क्रममा अर्जेन्टिनाले भेने भेनेजुयलालाई पराजित गर्यो भने चिलीले कोलम्बियालाई हरायो । शनिबार बिहान भएको खेलमा चिली र कोलम्बियाको खेलको नतिजा भने पेनाल्टी सूटआउटका माध्यमबाट आएको थियो । सेमिफाइनलमा विश्व फूटबलका दुई उत्कृष्ट टोली अर्जेन्टिना र… Continue reading कोपा अमेरिका : अर्जेन्टिना र ब्राजिलको भेट सेमिफाइनलमा
जागे नागरिक अगुवा, भन्छन् “हामी रैती बन्न इन्कार गर्छौ”
काठमाडौं । नागरिक अगुवाहरुले वर्तमान सरकारले ल्याएका विभिन्न कानून तथा विधेयकका सम्बन्धमा पहिलो पटक मुख खोलेका छन् । उनीहरुले शनिबार एक संयुक्त अपिल सार्वजनिक गर्दै नागरिकलाई रैती बनाउन खोज्ने सरकारी रबैयाको विरोध गरेका हुन् । अपिलमा भनिएको छ, “हामी रैती बन्न इन्कार गर्छौं ।” सूचना, ज्ञान, न्याय र मानवाधिकार वर्जित गर्ने गरी सरकारले एक पछि… Continue reading जागे नागरिक अगुवा, भन्छन् “हामी रैती बन्न इन्कार गर्छौ”
नेपालले मलेसियासँग टी-२० सिरिज खेल्ने
काठमाडौं । टी-२० विश्वकप क्रिकेट छनोट खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टीमले मलेसियासँग २ खेलको सिरिज खेल्ने भएको छ । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटमा यी दुई टोली पनि प्रतिस्पर्धा गर्नेछन् । त्यस अगाडी नै दुई देशबीच सिरिज हुने भएको हो । छनोट चरणको तयारीकै क्रममा सिरिज खेल्न लागिएको बताइएको छ । यी दुई मुलुकबीच… Continue reading नेपालले मलेसियासँग टी-२० सिरिज खेल्ने