कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

Photo : The Rising Nepal

काठमाडौँ, २८ असोजः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर… Continue reading कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

काठमाडौँ, २८ असोजः गएराति काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका–८ घर भई काठमाडौँको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा… Continue reading तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस

राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, २८ असोज । नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई)ले विदेशस्थित नेपाली नागरिकका लागि मतदानको व्यवस्था गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई नौ बुँदे नीति सिफारिस गरेको छ । ‘विदेशस्थित नेपाली नागरिकका लागि बाह्य मतदानको व्यवस्था आगामी २०२६ को निर्वाचन र त्यसपछिका सम्भावित उपायहरू’ शीर्षकको नीति सिफारिस एनपीआईले निर्वाचन आयोगका आयुक्त जानकी तुलाधर र अन्य… Continue reading विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस

नेपाल वायुसेवा निगमले अक्टोबर-१९ को काठमाडौँ—ग्वाञ्जाओ उडान किन गर्यो रद्द ?

file

काठमाडौँ, २८ असोज स् राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले अक्टोबर १९ को काठमाडौँ–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ । निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियमित उडान तालिकाबमोजिम १९ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिए । उक्त उडानको सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिसकिएको समेत निगमले… Continue reading नेपाल वायुसेवा निगमले अक्टोबर-१९ को काठमाडौँ—ग्वाञ्जाओ उडान किन गर्यो रद्द ?

अष्ट्रेलियामा आर्थिक असमानता गहिरिँदै, गरिबको संख्या ३७ लाख पुग्यो

सिड्नी, २८ असोज (रासस\सिन्ह्वा) । अष्ट्रेलियामा गरिबीमा जीवन यापन गर्ने जनसङ्ख्या सन् २०२४–२५ आर्थिक वर्षमा ३७ लाख पुगेको छ, जुन देशको कुल जनसङ्ख्याको १४.२ प्रतिशत हो । अष्ट्रेलियन सामाजिक सेवा परिषद् (एसीओएसएस) र न्यु साउथ वेल्स विश्वविद्यालयले तयार पारेको ‘अष्ट्रेलियामा गरिबी सन् २०२५ ः सारांश’ प्रतिवेदनअनुसार, अघिल्लो तथ्याङ्क सन् २०२१–२३ मा गरिबी दर १२।४ प्रतिशत… Continue reading अष्ट्रेलियामा आर्थिक असमानता गहिरिँदै, गरिबको संख्या ३७ लाख पुग्यो

तीन अर्थशास्त्रीलाई यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार, के थियो योगदान ?

स्टकहोम, २७ असोज (रासस\एपी) । नवप्रर्वतन र नवीनताद्वारा प्रेरित आर्थिक वृद्धिको व्याख्या गर्ने असाधारण योगदानका लागि प्रख्यात अर्थशास्त्री जोएल मोकिर, फिलिप अघियन र पिटर होविटलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल स्मारक पुरस्कार प्रदान गरिएको छ । मोकिर अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयसँग सम्बद्ध हुनुहुन्छ । अघियन फ्रान्सको कलेज डे फ्रान्स र लन्डन स्कूल अफ इकोनोमिक्ससँग तथा हाविट अमेरिकाकै… Continue reading तीन अर्थशास्त्रीलाई यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार, के थियो योगदान ?

दक्षिण अफ्रिकामा बस दुर्घटना, कम्तीमा ४० जनाको मृत्यु

जोहनस्बर्ग,२८ असोज (रासस÷एएफपी) । दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा भएको एक भीषण बस दुर्घटनामा परी कम्तीमा ४० जनाको ज्यान गएको छ । मृत्यु हुनेहरूमा मालावी र जिम्बावेका नागरिकहरू पनि रहेका छन् । दुर्घटना आइतवार भएको हो, जब जिम्बावे जाँदै गरेको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट तल खस्दा गम्भीर दुर्घटना भएको थियो । बस दक्षिण अफ्रिकाको ग्क्वेबेर्हा… Continue reading दक्षिण अफ्रिकामा बस दुर्घटना, कम्तीमा ४० जनाको मृत्यु

मेक्सिकोमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो, ६५ जना बेपत्ता

Houses sit damaged after flooding in Poza Rica, Veracruz state, Mexico, Sunday, Oct. 12, 2025. (AP Photo/Felix Marquez)

मेक्सिको सिटी, २८ असोज (रासस÷एएफपी) । मेक्सिकोको मध्य र पूर्वी क्षेत्रमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६४ पुगेको छ भने अन्य ६५ जना अझै हराइरहेका छन् । मेक्सिकोको नागरिक सुरक्षा अधिकारीहरूका प्रमुख लौरा वेलाज्क्वेजले बाढीले प्रायः भेराक्रुज, हिडाल्गो र पुएब्ला राज्यमा बढी क्षति पु¥याएको बताए ।मृत्यु हुनेको सङ्ख्या १२ घण्टाअघिको सङ्ख्याभन्दा १७ प्रतिशतले… Continue reading मेक्सिकोमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो, ६५ जना बेपत्ता

अमेरिका–चीन व्यापार तनावबीच आइएमएफ बैठक सुरु

File : (Photo by AFP) / China OUT

वासिङ्टन, २८ असोज (रासस\एएफपी) । विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच नयाँ व्यापार चुनौतीको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैङ्कले अर्थमन्त्री तथा केन्द्रीय बैङ्कका गभर्नरहरूको अर्धवार्षिक भेला सोमबारदेखि वासिङ्टनमा सुरु गरेको छ । गत हप्ता चीनले महत्त्वपूर्ण खनिजको निर्यातमा नयाँ प्रतिबन्ध लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसको जवाफमा बेइजिङमाथि १०० प्रतिशत नयाँ कर लगाउने बताएका… Continue reading अमेरिका–चीन व्यापार तनावबीच आइएमएफ बैठक सुरु

गाजामा युद्धविराम : करिब दुई हजार प्यालेष्टिनी कैदी रिहा

People react as they gather to watch a live broadcast of Israeli hostages released from Gaza at a plaza known as hostages square in Tel Aviv, Israel, Monday, Oct. 13, 2025. The release took place as part of a cease-fire agreement between Israel and Hamas. (AP Photo/Oded Balilty)

जेरुसेलम, २८ असोज (रासस÷एएफपी) । इजरायली कारागार सेवाले सोमबार गाजामा युद्धविराम सम्झौताको एक भागको रूपमा करिब दुई हजार प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको बताएको छ। एक विज्ञप्तिमा भनिएको छ, “देशभरका विभिन्न जेलबाट एक हजार ९६८ जना ‘आतङ्ककारी’लाई आवश्यक प्रक्रियाका लागि ओफर र क्ट्जियोट जेलमा स्थानान्तरण गरिएको छ ।” “जेलमा आवश्यक गतिविधिहरू पूरा भएपछि र राजनीतिक अधिकारीहरूको… Continue reading गाजामा युद्धविराम : करिब दुई हजार प्यालेष्टिनी कैदी रिहा

अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन, के भने ?

वाशिङटन डिसी, २८ असोज । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई सम्बोधन गरेका छन् । उक्त चेम्बर अफ कमर्सले आयोजना गरेको ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड स् अमेरिका नेपालको साझेदारीको मजबुती विषयक संवाद कार्यक्रममा मन्त्री खनालले नेपालको… Continue reading अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन, के भने ?

गैरकानुनी रूपमा चन्दा उठाउनेमाथि कारबाही हुने

काठमाडौँ, २८ असोजः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग माग गरेको… Continue reading गैरकानुनी रूपमा चन्दा उठाउनेमाथि कारबाही हुने

अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच अमेरिकामा भेटवार्ता

वासिङ्टन डिसी, २८ असोज । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबीच सोमबार यहाँ भेटवार्ता भएको छ ।भेटवार्ताका क्रममा विश्वबैंकको सहयोगमा सञ्चालित विविध कार्यक्रमको सिंहावलोकन गर्नुका साथै आगामी दिनमा हुनसक्ने सहकार्य र साझेदारीको विषयमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ । भेटघाटका अवसरमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरु,… Continue reading अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच अमेरिकामा भेटवार्ता

विश्वकप छनोटः नेपालद्वारा कतार पराजित

काठमाडौँ, २८ असोजः ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी–२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै विजयी भएको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ१ मा आज भएको खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै सुपर सिक्समा लगातार दोस्रो जित दर्ता गराएको हो… Continue reading विश्वकप छनोटः नेपालद्वारा कतार पराजित

काठमाडौंको जडीबुटीमा टिपरको ठक्करबाट एकको मृत्यु

काठमाडौँ, २७ असोजः काठमाडौँको जडीबुटीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा गएराति कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बाप्र ०१–००४ क ५३६२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ घर भएका ३७ वर्षीय दिनेश थापाको मृत्यु भएको हो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज… Continue reading काठमाडौंको जडीबुटीमा टिपरको ठक्करबाट एकको मृत्यु

खाल्टोको पानीमा डुबेर तीन जना बालिकाको मृत्यु

राससचन्द्रपुर, २७ साउन । रौतहटमा आज बिहान पानी भरिएको खाल्टोमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिका–८ लक्ष्मीपुरका तीन जना बालिकाको पानीको एउटै खाल्टोमा परेर मृत्यु भएको हो । मृत्यु हुनेमा राजदेवी नपा–८ लक्ष्मीपुर टोल बस्ने इन्दल बैठाको १३ वर्षीया छोरी आस्थाकुमारी बैठा, सोही गाउँका नवल यादवको १५ वर्षीया छोरी राघनीकुमारी… Continue reading खाल्टोको पानीमा डुबेर तीन जना बालिकाको मृत्यु

विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ

file

काठमाडौँ, २७ असोजः प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट अवैध लागूऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनले भने, “एयर एसियाको उडानद्वारा… Continue reading विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ

इजरायलमा बन्धक रिहाईको उल्लास (तस्वीर कथा)

People gather to watch a live broadcast of Israeli hostages released from Gaza at a plaza known as hostages square in Tel Aviv, Israel, Monday, Oct. 13, 2025. The release took place as part of a cease-fire agreement between Israel and Hamas. (AP Photo/Oded Balilty)

२७ असोज, काठमाडौं । गाजा युद्धविराम सम्झौताको कार्यान्वयनका रूपमा सोमबार बन्धक रिहा गरिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल र इजिप्टको भ्रमणका लागि अवतरण गरेका छन् । उनले आफ्ना इजिप्टका समकक्षी अब्देल फताह अल–सिसीसँग मिलेर शार्म अल–शेखमा आयोजना हुने गाजा शान्ति शिखर सम्मेलनको सह–अध्यक्षता गर्दैछन् । गाजा शान्ति सम्झौताअनुसार दुवै पक्षले सन् २०२३ अक्टोबर… Continue reading इजरायलमा बन्धक रिहाईको उल्लास (तस्वीर कथा)

सुरक्षा परिषद् बैठक : अन्तरराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

काठमाडौँ, २७ असोज । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा आज परिषद्को बैठक बसेको छ । सिंहदरबारस्थित सचिवालयमा बसेको परिषद्को ४० औँ बैठकमा हालको वर्तमान अन्तरराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाका समसामयिक विषयमा समीक्षा गरिएको रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्य–सचिव सुमनराज अर्यालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए । बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा,… Continue reading सुरक्षा परिषद् बैठक : अन्तरराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

मेक्सिकोमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

Houses sit damaged after flooding in Poza Rica, Veracruz state, Mexico, Sunday, Oct. 12, 2025. (AP Photo/Felix Marquez)

मेक्सिको सिटी, (रासस\क्यूएनए) । मेक्सिकोमा भारी वर्षा पछि आएको बाढीका कारण मृत्यु हुनेहरूको सङ्ख्या ४४ पुगेको छ । बाढीले देशभर अनपेक्षित विनाश गरेको जनाइएको छ । मेक्सिकन अधिकारीहरूले विशेष गरी पाहाडी क्षेत्रहरू, हिमश्रङ्खला लगायतका संरचना पानीको कारण प्रभावित भएको र राहतकर्मीहरू राहत वितरणका लागि हर सम्भव प्रयास गरिरहेको जनाएका छन् । मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले… Continue reading मेक्सिकोमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने

President Donald Trump poses for a photo with Israel's Prime Minister Benjamin Netanyahu before he boards Air Force One at Ben Gurion International Airport, Monday, Oct. 13, 2025, near Tel Aviv, as Israel's President Isaac Herzog, left, watches. (AP Photo/Evan Vucci)

जेरुसेलम, २७ असोज (रासस\एएफपी) । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई गाजाबाट बन्धकहरूको रिहाइमा महत्त्वपूर्ण भूमिका खेलेको र युद्ध अन्त्यका प्रयासमा योगदान पुर्‍याएको भन्दै देशको सर्वोच्च नागरिक सम्मान ‘इजरायली प्रेसिडेन्सियल मेडल अफ अनर’ प्रदान गर्ने घोषणा गरेका छन् । राष्ट्रपति हर्जोगले सोमबार आफ्नो कार्यालयमार्फत जारी गरिएको विज्ञप्तिमा भने, “आफ्नो अथक र निष्ठापूर्ण… Continue reading ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने

हमासको कब्जाबाट नफर्किने भए विपिन, मृत्यु भएको पुष्टी

एजेन्सी२७ असोज, काठमाडौं । हमासले विगत ७३८ दिनदेखि आफ्नो नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्युको पुष्टी गरेको छ । उनको शव आजै इजरेललाई बुझाइने भएको छ । यसअघि उनको अवस्था अज्ञात रहेको बताइएको थियो। इजरेलसँग सङ्घर्षविराम भएपछि हमासले आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्धकलाई सोमवार मुक्त गरेको छ । मृत्यु भएको ठानिएका २८ जनाको… Continue reading हमासको कब्जाबाट नफर्किने भए विपिन, मृत्यु भएको पुष्टी

हमासद्वारा गाजाबाट सबै २० जीवित बन्धकको रिहाइ

Hamas gunmen in escort buses carrying freed Palestinian prisoners arriving in the Gaza Strip after their release from Israeli jails under a ceasefire agreement between Hamas and Israel, in Khan Younis, southern Gaza Strip, Monday, Oct. 13, 2025. (AP Photo/Jehad Alshrafi)

जेरुसेलम, २७ असोज (रासस\एपी) । गाजा पट्टीमा दुई वर्षदेखि जारी विनाशकारी युद्ध अन्त्य गर्ने दिशामा एक ऐतिहासिक कदमस्वरूप हमासले सोमबार सबै २० जना जीवित इजरायली बन्धकलाई रिहा गरेको छ । यो कदम अमेरिकाको पहलमा भएको युद्धविराम सम्झौताअन्तर्गत आएको हो । यसले मध्यपूर्वमा स्थायी शान्तिको सम्भावनामा नयाँ आशा जगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलमा… Continue reading हमासद्वारा गाजाबाट सबै २० जीवित बन्धकको रिहाइ

विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

महेन्द्रनगर, २७ असोज । विगत दुई वर्षदेखि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विद्यार्थी विपिन जोशीको अवस्थाका विषयमा विपिनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग ‘भिडियो कन्फरेन्स’ भएको छ । उक्त भिडियो कन्फरेन्समा जोडिएका विपिनका परिवारका सदस्य किशोर जोशीले आज नियन्त्रण मुक्त हुन लागेका २० जना बन्धकमा विपिनको नाम नरहेको इजरायली सरकारका तर्फबाट इजरायली… Continue reading विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

विपिन जोशीको अवस्था अज्ञात, अन्य बन्धक रिहा

FILE - This combo of images provided by the Hostages and Missing Families Forum, shows Israeli hostages, top row from left, Gali Berman, Ziv Berman, Elkana Bohbot, Rom Braslavski, Nimrod Cohen, Ariel Cunio; second row from from left, David Cunio, Evyatar David, Guy Gilboa-Dalal, Maksym Harkin, Eitan Horn, Bipin Joshi; third row from left, Segev Kalfon, Bar Kupershtein, Matan Angrest, Omri Miran, Eitan Mor, Tamir Nimrodi: bottom row from left, Yosef-Chaim Ohana, Alon Ohel, Avinatan Or, Matan Zangauker. (Hostages and Missing Families Forum via AP, File)

काठमाडौँ, २७ असोजः विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो सम्बन्धमा आज बिहान इजरायलको स्थानीय समयानुसार ७ः३० बजे इजरायली सेना (आइडिएफ)ले इजरायलका लागि नेपाली राजदूत, निज जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठक गरेको थियो… Continue reading विपिन जोशीको अवस्था अज्ञात, अन्य बन्धक रिहा

अमेरिकाको टेनेसीमा विस्फोटक कारखानामा भीषण विस्फोट, १६ जनाको मृत्यु

Nioka Curtis wipes away tears during a candlelight vigil honoring the victims of a blast at an explosives plant, Accurate Energetic Systems, Sunday, Oct. 12, 2025, in Waverly, Tenn. (AP Photo/George Walker IV)

वासिङ्टन, २७ असोज (रासस\एएफपी) । अमेरिकी राज्य टेनेसीस्थित एक विस्फोटक कारखानामा भएको भीषण विस्फोटमा १६ जनाको निधन भएको अधिकारीहरूले शनिबार पुष्टि गरेका छन् । यसअघि बेपत्ता र मृत मानिएका दुई व्यक्तिलाई जीवित पाइएकोले मृतकको सङ्ख्या घटाइएको थियो । शुक्रबार बक्सनोर्ट सहरमा रहेको एक्युरेट एनर्जेटिक सिस्टम्स कम्पनीको स्वामित्वमा रहेको उक्त कारखानामा विस्फोट भएको हो । कम्पनीले… Continue reading अमेरिकाको टेनेसीमा विस्फोटक कारखानामा भीषण विस्फोट, १६ जनाको मृत्यु

अफगानिस्तानको सीमा कारबाहीमा ५८ पाकिस्तानी सैनिक मारिए

Zabihullah Mujahid, the Taliban government's chief spokesman, speaks during a press conference at the Government Media and Information Center in Kabul, Afghanistan, Sunday, Oct. 12, 2025. (AP Photo/Siddiqullah Alizai)

पेशावर, २६ असोज (रासस\एपी) । अफगानिस्तानले आफ्नो भूमि र हवाई क्षेत्रको बारम्बार उल्लङ्घन भएको दाबी गर्दै आइतबार राति सञ्चालन गरिएको सीमा कारबाहीमा ५८ जना पाकिस्तानी सैनिक मारिएको जनाएको छ । यसअघि यसै साताको सुरुआतमा अफगान अधिकारीहरूले पाकिस्तानले राजधानी काबुल र देशको पूर्वी भागका बजारहरूमा बम प्रहार गरेको आरोप लगाएका थिए । पाकिस्तानले भने सो आक्रमणको… Continue reading अफगानिस्तानको सीमा कारबाहीमा ५८ पाकिस्तानी सैनिक मारिए

युरोपमा स्वचालित सीमा जाँच सुरु

Photo : etias.com

ब्रसेल्स, बेल्जियम, २६ असोज (रासस\एएफपी)युरोपको सेन्जेन खुला सीमा क्षेत्रमा प्रवेश गर्ने गैर–इयू यात्रीहरूको गैरकानुनी प्रवेशलाई नियन्त्रण गर्न भन्दै आइतबारदेखि स्वचालित सीमा जाँच सुरु गरिएको छ। स्वचालित सीमा जाँच सेवा सञ्चालनमा आएसँगै सेन्जेन खुला सीमा क्षेत्रमा प्रवेश गर्ने व्यक्तिको फोटो खिचिनेछ र औठा छाप लिइनेछ । युरोपेली सङ्घले सीमा सुरक्षा र अवैध आप्रबासीहरूको प्रवेशमा नियन्त्रणका लागि… Continue reading युरोपमा स्वचालित सीमा जाँच सुरु

ट्रम्प र सिसीले इजिप्टमा गाजा शान्ति शिखर सम्मेलनको अध्यक्षता गर्ने

File (AP Photo/Evan Vucci)

कायरो, २६ असोज (रासस\एएफपी)अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजिप्टका समकक्षी अब्देल फताह अल–सिसीले सोमबार शार्म अल–शेखमा हुने गाजा शान्ति शिखर सम्मेलनको अध्यक्षता गर्ने भएका छन् । शिखर सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका प्रमुखसहित विश्वभरका नेताहरूले पनि भाग लिने कार्यक्रम छ । सिसीको कार्यालयका अनुसार रेड सी रिसोर्ट सहरमा हुने भेलाले ‘२० भन्दा बढी देशका नेताहरूलाई’ एकसाथ ल्याउनेछ… Continue reading ट्रम्प र सिसीले इजिप्टमा गाजा शान्ति शिखर सम्मेलनको अध्यक्षता गर्ने

बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

राष्ट्रिय समाचार समितिढोरपाटन, २७ असोज । यस वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलुखेती गर्दै आएका छन् । हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको छ । आलु उत्पादनका हिसाबले जिल्लाको माथिल्लो क्षेत्र उपयुक्त रहेकाले बर्सेनि करोडौँ… Continue reading बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन