अफगानिस्तानको सीमा कारबाहीमा ५८ पाकिस्तानी सैनिक मारिए

Zabihullah Mujahid, the Taliban government's chief spokesman, speaks during a press conference at the Government Media and Information Center in Kabul, Afghanistan, Sunday, Oct. 12, 2025. (AP Photo/Siddiqullah Alizai)

पेशावर, २६ असोज (रासस\एपी) । अफगानिस्तानले आफ्नो भूमि र हवाई क्षेत्रको बारम्बार उल्लङ्घन भएको दाबी गर्दै आइतबार राति सञ्चालन गरिएको सीमा कारबाहीमा ५८ जना पाकिस्तानी सैनिक मारिएको जनाएको छ । यसअघि यसै साताको सुरुआतमा अफगान अधिकारीहरूले पाकिस्तानले राजधानी काबुल र देशको पूर्वी भागका बजारहरूमा बम प्रहार गरेको आरोप लगाएका थिए । पाकिस्तानले भने सो आक्रमणको… Continue reading अफगानिस्तानको सीमा कारबाहीमा ५८ पाकिस्तानी सैनिक मारिए

युरोपमा स्वचालित सीमा जाँच सुरु

Photo : etias.com

ब्रसेल्स, बेल्जियम, २६ असोज (रासस\एएफपी)युरोपको सेन्जेन खुला सीमा क्षेत्रमा प्रवेश गर्ने गैर–इयू यात्रीहरूको गैरकानुनी प्रवेशलाई नियन्त्रण गर्न भन्दै आइतबारदेखि स्वचालित सीमा जाँच सुरु गरिएको छ। स्वचालित सीमा जाँच सेवा सञ्चालनमा आएसँगै सेन्जेन खुला सीमा क्षेत्रमा प्रवेश गर्ने व्यक्तिको फोटो खिचिनेछ र औठा छाप लिइनेछ । युरोपेली सङ्घले सीमा सुरक्षा र अवैध आप्रबासीहरूको प्रवेशमा नियन्त्रणका लागि… Continue reading युरोपमा स्वचालित सीमा जाँच सुरु

ट्रम्प र सिसीले इजिप्टमा गाजा शान्ति शिखर सम्मेलनको अध्यक्षता गर्ने

File (AP Photo/Evan Vucci)

कायरो, २६ असोज (रासस\एएफपी)अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजिप्टका समकक्षी अब्देल फताह अल–सिसीले सोमबार शार्म अल–शेखमा हुने गाजा शान्ति शिखर सम्मेलनको अध्यक्षता गर्ने भएका छन् । शिखर सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका प्रमुखसहित विश्वभरका नेताहरूले पनि भाग लिने कार्यक्रम छ । सिसीको कार्यालयका अनुसार रेड सी रिसोर्ट सहरमा हुने भेलाले ‘२० भन्दा बढी देशका नेताहरूलाई’ एकसाथ ल्याउनेछ… Continue reading ट्रम्प र सिसीले इजिप्टमा गाजा शान्ति शिखर सम्मेलनको अध्यक्षता गर्ने

बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

राष्ट्रिय समाचार समितिढोरपाटन, २७ असोज । यस वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलुखेती गर्दै आएका छन् । हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको छ । आलु उत्पादनका हिसाबले जिल्लाको माथिल्लो क्षेत्र उपयुक्त रहेकाले बर्सेनि करोडौँ… Continue reading बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

पाँच हजार ५४७ कैदीबन्दी अझै फरार, समाजमा आतंक

२७ असोज, काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका कारागारबाट भागेकामध्ये पाँच हजार ५४७ कैदीबन्दी अझै फरार छन् । कारागार व्यवस्थापन विभागले फरार कैदीबन्दीलाई कारागार फिर्ता ल्याउन अझ प्रभावकारी बनाउने जनाएको छ । आइतबारको गृहमन्त्री स्तरीय बैठकले कैदीबन्दीलाई कारागारमा फिर्ता ल्याउन केही महत्त्वपूर्ण निर्णय गरेको समेत विभागले स्पष्ट पारेको छ… Continue reading पाँच हजार ५४७ कैदीबन्दी अझै फरार, समाजमा आतंक

सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न विभागको आग्रह

राष्ट्रिय समाचार समितिकाठमाडौँ, २७ असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्री वितरण हुने सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न सम्वद्ध सबैमा पुनःध्यानाकर्षण गराएको छ । नियमित बजार अनुगमनका क्रममा विशेष गरी तिहारको अवसरमा प्रयोग गरिने भाई मसला, तामा÷चाँदीका भाँडा तथा झिलिमिली बनाउन प्रयोग हुने विद्युतीय सामग्रीलगायत अन्य विभिन्न वस्तुमा अधिकतम् खुद्रा… Continue reading सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न विभागको आग्रह

सिरहाको विभिन्न स्थानबाट लागुऔषधसहित तीन पक्राउ

file

राष्ट्रिय समाचार समितिसिरहा, २७ असोज । प्रहरीले यहाँको विभिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुई जनालाई गोलबजार क्षेत्रबाट र एक जनालाई माडर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, शनिबार राति करिब ११ बजे इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण… Continue reading सिरहाको विभिन्न स्थानबाट लागुऔषधसहित तीन पक्राउ

हमासले युद्धपछिको गाजामा शासनमा भाग नलिने पुष्टि

(251012) -- GAZA, Oct. 12, 2025 (Xinhua) -- Palestinians carrying their belongings head back to Gaza City, Oct. 11, 2025. The ceasefire deal between Israel and Hamas entered into effect on Friday. (Photo by Rizek Abdeljawad/Xinhua)

दोहा, २६ असोज (रासस÷एएफपी) । समूहको वार्ता समितिका नजिकका हमास स्रोतले आइतबार युद्धपछिको गाजामा हमासले शासनमा भाग नलने पुष्टि गरेको छ । यो घोषणा विश्व नेताहरूले इजिप्टमा गाजा शान्ति शिखर सम्मेलनका लागि भेला हुने तयारीको बीचमा आएको हो । स्रोतका अनुसार इजरायल–हामास युद्धविराम लागू भएको केही दिनपछि दुवै पक्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०–बुँदे युद्ध… Continue reading हमासले युद्धपछिको गाजामा शासनमा भाग नलिने पुष्टि

हमासले चाँडै बन्धक रिहाइको सङ्केत गरेपछि इजरायलद्वारा उनीहरूको सकुशल फिर्ताका लागि तयारी

Palestinians collect aid parcels from aid trucks which entered from the Karem Abu Salem crossing, in Khan Yunis in the southern Gaza Strip on October 12, 2025, as a ceasefire between Israel and Palestinian factions holds in the besieged territory. A Gaza ceasefire was holding for a third day on October 12, ahead of a US-proposed hostage-prisoner exchange and a summit aimed at charting a path to peace after two years of war. (Photo by Omar AL-QATTAA / AFP)

जेरूसेलम, २६ असोज (रासस÷सिन्ह्वा) । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार इजरायलले बन्धकहरूलाई ‘तुरुन्त बुझ्ने र सकुशल’ रिहा गर्ने तयारी गरेको बताएका छन् । नेतन्याहूको कार्यालयले बन्धक तथा बेपत्ता व्यक्तिहरूका लागि इजरायलका संयोजक गल हिर्शसँग उनीहरूको फिर्तीको तयारीका बारेमा कुराकानी गरेको जनाएको छ । एक इजरायली अधिकारीले सार्वजनिक प्रसारक कानसँग भने, “सेनाले बन्धकहरू सोमबार बिहानभन्दा पहिले… Continue reading हमासले चाँडै बन्धक रिहाइको सङ्केत गरेपछि इजरायलद्वारा उनीहरूको सकुशल फिर्ताका लागि तयारी

प्यालेस्टिनी सात नेतालाई बन्धक र बन्दी आदानप्रदानमा रिहा गरिनुपर्ने हमासको अडान जारी

(251012) -- GAZA, Oct. 12, 2025 (Xinhua) -- Palestinians carrying their belongings return to the north along the Salah al-Din Road in central Gaza Strip, Oct. 11, 2025. Displaced Palestinians have begun returning from the southern part of the Gaza Strip to the north after the Israeli army announced that civilians are permitted to move through the coastal Rashid Road and Salah al-Din Road, local sources said on Friday. (Photo by Rizek Abdeljawad/Xinhua)

गाजा शहर, २७ असोज (रासस\एएफपी) । हमासले गाजामा युद्धविराम सम्झौता अन्तर्गत इजरायलले रिहा गर्न लागेका कैदीहरूको सूचीमा सात वरिष्ठ प्यालेस्टिनी नेताहरू पनि समावेश हुनुपर्ने अडान जारी राखेको वार्तामा मध्यस्थ स्रोतले आइतबार एएफपीलाई बताएको छ। विवरणलाई दोस्रो स्रोतले पुष्टि गर्दै भन्यो, “हमासले अन्तिम सूचीमा सात वरिष्ठ नेताहरू खासगरी मारवान बरघोटी, अहमद सादत, इब्राहिम हामेद र अब्बास… Continue reading प्यालेस्टिनी सात नेतालाई बन्धक र बन्दी आदानप्रदानमा रिहा गरिनुपर्ने हमासको अडान जारी

विपीन जोशी जीवित रहेका बन्धकमध्ये एक रहेको विश्वास

FILE - This combo of images provided by the Hostages and Missing Families Forum, shows Israeli hostages, top row from left, Gali Berman, Ziv Berman, Elkana Bohbot, Rom Braslavski, Nimrod Cohen, Ariel Cunio; second row from from left, David Cunio, Evyatar David, Guy Gilboa-Dalal, Maksym Harkin, Eitan Horn, Bipin Joshi; third row from left, Segev Kalfon, Bar Kupershtein, Matan Angrest, Omri Miran, Eitan Mor, Tamir Nimrodi: bottom row from left, Yosef-Chaim Ohana, Alon Ohel, Avinatan Or, Matan Zangauker. (Hostages and Missing Families Forum via AP, File)

तेल अभिव, २७ असोज (रासस\एपी) । इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि छन् । उनको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बनेको छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको विनाशकारी आक्रमणपछि दुई वर्ष लामो युद्ध सुरु… Continue reading विपीन जोशी जीवित रहेका बन्धकमध्ये एक रहेको विश्वास

गाजाबाट मुक्त हुने सबै बन्धकहरू इजरायली सीमामा प्रवेश भएपछि मात्र प्यालेस्टिनी कैदीहरू रिहा गरिने

(251012) -- GAZA, Oct. 12, 2025 (Xinhua) -- Members of Palestinian police forces are seen on a street at the al-Nuseirat refugee camp in central Gaza Strip, Oct. 11, 2025. The ceasefire deal between Israel and Hamas entered into effect on Friday. (Photo by Rizek Abdeljawad/Xinhua)

जेरुसलेम, २६ असोज (रासस÷एएफपी) । इजरायलले गाजामा बन्धक बनाइएका सबै बन्धकहरू देश आइपुगेको पुष्टि भएपछि प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न सुरु गर्ने प्रधानमन्त्रीका प्रवक्ताले आइतबार बताएका छन्। “भोलि रिहा हुन लागेका हाम्रा सबै बन्धकहरू सीमा पार गरेर इजरायलमा प्रवेश गरेको पुष्टि भएपछि मात्र इजरायलबाट प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिनेछ,” शोस बेड्रोसियनले पत्रकारहरूसँग भने । यसअघिका युद्धविरामका क्रममा… Continue reading गाजाबाट मुक्त हुने सबै बन्धकहरू इजरायली सीमामा प्रवेश भएपछि मात्र प्यालेस्टिनी कैदीहरू रिहा गरिने

राजनीतिक दल र व्यक्तिगत सम्पत्तिको क्षति विवरण पठाउन जाँचबुझ आयोगको अनुरोध

काठमाडौँ, २६ असोजः भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले ‘जेनजी’ प्रदर्शनका क्रममा राजनीतिक दल, सङ्घसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण पठाउन अनुरोध गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै प्रदर्शनमा काठमाडौँलगायत मुलुकका विभिन्न स्थानमा राजनीतिक दल, सङ्घसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण आयोगले तोकेको ढाँचामा पठाउन अनुरोध गरेको हो… Continue reading राजनीतिक दल र व्यक्तिगत सम्पत्तिको क्षति विवरण पठाउन जाँचबुझ आयोगको अनुरोध

सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

काठमाडौँ, २६ असोजः सर्वोच्च अदालतले यही असोज २८ गतेदेखि रिट दर्ता र सुनुवाइ गर्ने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट) ले आज यही असोज २८ गतेदेखि दर्ता एवम् सुनुवाइ हुने निर्णय गरेको हो । “यस अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधिसंहिता, २०७४ को दफा १५७ तथा… Continue reading सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

नेपाली सेनालाई बेलायतमा चौथो पटक स्वर्ण पदक

काठमाडौँ, २६ असोजः नेपाली सेनाले संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा सञ्चालन भएको एक्सरसाइज क्याब्रिअन पट्रोल, २०२५ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । यही असोज २३ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त अभ्यासमा बेलायतसहित… Continue reading नेपाली सेनालाई बेलायतमा चौथो पटक स्वर्ण पदक

घटस्थापनायता काठमाडौँमा १७५ दुर्घटना, नौ जनाको मृत्यु

काठमाडौँ, २६ असोजः दसैँको घटस्थापनादेखि आजसम्म काठमाडौँ उपत्यकामा १७५ सवारीसाधन दुर्घटनामा परी नौ जनाले ज्यान गुमाएका छन् । दसैँको घटनस्थापनादेखि आजसम्म उपत्यकामा १७५ सवारीसाधन दुर्घटना भएका र उक्त दुर्घटनामा परी १८८ जना गम्भीर घाइते भएका काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार अधिकांश घटना रातिको समयमा दुर्घटना… Continue reading घटस्थापनायता काठमाडौँमा १७५ दुर्घटना, नौ जनाको मृत्यु

आईसीसी टी-२० विश्वकप छनोट : यूएईमाथि नेपालको रोमाञ्चक जित

२६ असोज, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेले । उनले ५८ रन बनाए । ध्रुव पराशरले… Continue reading आईसीसी टी-२० विश्वकप छनोट : यूएईमाथि नेपालको रोमाञ्चक जित

सुन काण्डमा पूर्वसभामुख महरा पक्राउ

काठमाडौँ, २६ असोजः पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज उनलाई पक्राउ गरेको हो । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी शिवकुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा सुन बेचबिखन गरी आपराधिक समूह बनाई सङ्गठित रुपमा लाभ लिएको अभियोगमा उनलाई पक्राउ गरिएको उल्लेख छ । विज्ञप्तिमा विसं २०७९ पुष… Continue reading सुन काण्डमा पूर्वसभामुख महरा पक्राउ

हिल्सा हुँदै मानसरोवर कैलाश जाने तीर्थयात्री बढे

दाने बोहरा र रासस सिमकोट, २६ असोजः यहाँको हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको यस वर्षको यात्रा सकिएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको मानसरोवर कैलाश यात्राको याम सकिएको होटल व्यवसायी मिम लामाले जानकारी दिनुभयोे । काठमाडौँ, नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने… Continue reading हिल्सा हुँदै मानसरोवर कैलाश जाने तीर्थयात्री बढे

अमेरिकी पूर्व राष्ट्रपति बाइडेनको प्रोस्टेट क्यान्सरको उपचारका लागि ‘रेडिएसन थेरापी’ दिँइँदै

वासिङ्टन, २५ असोज (रासस÷एएफपी) । अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनले प्रोस्टेट क्यान्सरसँग लड्न विकिरण र हार्मोन थेरापी लिइरहेको उनका प्रवक्ताले जानकारी गराएका छन् । “प्रोस्टेट क्यान्सरको उपचार योजनाको एक भागको रूपमा, राष्ट्रपति बाइडेन हाल ‘रेडिएसन थेरापी’ र हर्मोन उपचार गराइरहेको समेत उनले बताए । गत मे महिनामा ८२ वर्षीय पूर्व राष्ट्रपतिको कार्यालयले बाइडेनलाई हड्डीसम्म फैलिएको… Continue reading अमेरिकी पूर्व राष्ट्रपति बाइडेनको प्रोस्टेट क्यान्सरको उपचारका लागि ‘रेडिएसन थेरापी’ दिँइँदै

नेपालमा हिउँद लागेको संकेत गर्ने ७ तस्वीर

दाङको घोराही उपमहानगरपालिका–१४, झिंगौरास्थित स्वर्गद्वारी मन्दिर आश्रममा रहेका गाईलाई चराउन चरन क्षेत्रतर्फ लगिँदै। यहाँ ७५ भन्दाबढी गाई रहेको आश्रमले जनाएको छ । तस्बिरः सुशीला ओली/रासस चरन क्षेत्रतर्फ लगिँदै स्वर्गद्वारी मन्दिर आश्रममा पालिएका गाई घोराही(दाङ), २६ असोजः

काठमाडौँ, २६ असोजः हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी र… Continue reading नेपालमा हिउँद लागेको संकेत गर्ने ७ तस्वीर

जेनजी आन्दोलन : तेइस अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी

काठमाडौँ, २६ असोजः गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म रु २३ अर्ब २२ करोड ७८ लाखबराबरको बीमा दाबी गरिएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूले रु एक अर्ब ५८ करोड ५६ लाखबराबरको भुक्तानी गरिसकेका छन् । बीमाबापतको रकम सहज र शीघ्र रूपमा… Continue reading जेनजी आन्दोलन : तेइस अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी

अझै खुलेन मेची राजमार्ग

राष्ट्रिय समाचार समितिफिक्कल, २६ असोज । गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ । सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि… Continue reading अझै खुलेन मेची राजमार्ग

एनआरएनएको स्थापना दिवसमा कवि गोष्ठी, नेपाली मौलिकता झल्काउने प्रयास

राष्ट्रिय समाचार समितिकाठमाडौँ, २६ असोज : नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले बहुभाषिक कविगोष्ठीले नेपाली मौलिकताको अनुहार झल्किने बताउनुभएको छ ।गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को २२औँ स्थापना दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा गैरआवासीय नेपाली सङ्घ र भाषा साहित्य समितिको सहकार्यमा यहाँ आयोजित ‘साहित्यिक गोष्ठी तथा बहुभाषिक सिर्जना’ वाचन कार्यक्रममा साहित्यिक गोष्ठी तथा बहुभाषिक सिर्जना’ वाचन… Continue reading एनआरएनएको स्थापना दिवसमा कवि गोष्ठी, नेपाली मौलिकता झल्काउने प्रयास

अनुमति लिएरमात्र क्यासिनोले विदेशी मुद्राको कारोबार गर्नुपर्ने

सुबास ढुंगाना/रासस

राष्ट्रिय समाचार समितिकाठमाडौँ, २६ असोजः नेपाल राष्ट्र बैंकले क्यासिनोलगायतका संस्थाले इजाजत लिएरमात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९को दफा ३ अनुसार इजाजत लिएरमात्र विदेशी विनिमयको कारोबार गर्नुपर्ने प्रावधानअनुसार नै नयाँ प्रबन्ध गरिएको जनाएको छ । विदेशी विनिमयका सम्बन्धमा विभिन्न विनियमावली जारी भएको स्मरण… Continue reading अनुमति लिएरमात्र क्यासिनोले विदेशी मुद्राको कारोबार गर्नुपर्ने

तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै

राष्ट्रिय समाचार समिति काठमाडौँ, २६ असोजः तिहार सुरु हुन अझै केही दिन बाँकी भए पनि सङ्घीय राजधानी काठमाडौँका विभिन्न स्थानका बजारमा अहिले किनमेल गर्नेको चहलपहल बढेको छ । यसपटक तिहार आगामी कात्तिक २ गतेदेखि सुरु हुँदैछ । तर, तिहारमा आवश्यक पर्ने सामग्री पहिले नै किन्न उपभोक्ता बजारमा धाउन थालेका कारण चहलपहल बढेको व्यापारीहरू बताउँछन् ।… Continue reading तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै

भोजपुर, सानोदुम्माका ९० प्रतिशत नागरिक विद्युत्को पहुँचमा

राष्ट्रिय समाचार समिति (रासस)भोजपुर, २६ असोजः पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका करिब ९० प्रतिशत नागरिक अहिले केन्द्रीय विद्युत्को पहुँचमा पुगेका छन् । भौगोलिक रूपमा विकट मानिने यस वडामा स्थानीय तहको पहलमा घरघरमा बत्ती बलेको हो । वडाध्यक्ष बोमप्रसाद राईका अनुसार विद्युत् विस्तारको शून्य अवस्थाबाट सुरु गरिएको अभियान अहिले अन्तिम चरणमा पुगेको छ । “दुई बस्तीका ११ घरमा… Continue reading भोजपुर, सानोदुम्माका ९० प्रतिशत नागरिक विद्युत्को पहुँचमा

उत्तर कोरियाद्वारा भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन

In this pool photograph distributed by the Russian state agency Sputnik, North Korean leader Kim Jong Un (2nd R), Vietnam's Communist Party General Secretary To Lam (R) and China's Premier Li Qiang (3rd R) attend an event marking the 80th anniversary of the founding of the Workers' Party of Korea in Pyongyang on October 9, 2025. North Korea's leader Kim Jong Un hailed "friendly and cooperative" ties with China as he hosted Premier Li Qiang and other foreign dignitaries for celebrations marking 80 years under the ruling Workers' Party, state media reported on October 10. (Photo by Yekaterina SHTUKINA / POOL / AFP)

सियोल, २५ असोज (रासस÷एएफपी) । उत्तर कोरियाले आफ्नो सत्तारुढ वर्कर्स पार्टीको ८०औँ वार्षिकोत्सवको अवसरमा आयोजित भव्य सैन्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) प्रदर्शन गरेको प्योङयाङको सरकारी मिडिया कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ । उक्त परेडमा रुस र चीनका उच्च अधिकारीहरू पनि उपस्थित थिए ।परेडमा नेता किम जोङ उनले व्यक्तिगत रूपमा… Continue reading उत्तर कोरियाद्वारा भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन

गाजामा वेपत्ता हुनेको सङ्ख्या नौ हजार ५०० भन्दा बढी

(251010) -- GAZA CITY, Oct. 10, 2025 (Xinhua) -- Palestinians walk on road returning to Gaza City, near the central Gaza Strip, on Oct. 10, 2025. Displaced Palestinians have begun returning from the southern part of the Gaza Strip to the north after the Israeli army announced that civilians are permitted to move through the coastal Rashid Road and Salah al-Din Road, local sources said on Friday. (Photo by Rizek Abdeljawad/Xinhua)

गाजा, २५ असोज (रासस–सिन्ह्वा) । सन् २०२३ अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि अहिलेसम्म नौ हजार ५०० व्यक्तिहरूको अवस्था अज्ञात रहेको गाजास्थित नागरिक सुरक्षा निकायले शनिबार जानकारी गराएको छ। नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बसालले एक विज्ञप्ति जारी गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई इजरायली अधिकारीहरूसँग समन्वय गरेर उनीहरूको भाग्य निर्धारण गर्न आग्रह गर्नुभएको छ ।… Continue reading गाजामा वेपत्ता हुनेको सङ्ख्या नौ हजार ५०० भन्दा बढी

बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन

२५ असोज, काभ्रे । गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग आजदेखि खुलाइएको छ । शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ‘ट्रयाक’ खुलाएपछि परीक्षण गरी आज बिहानदेखि राजमार्ग पूर्ण रूपमा खुलाइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । आज बिहानैदेखि सवारीसाधन सञ्चालनमा ल्याउने… Continue reading बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन