Author: Vishwanews.com

  • आजबाट त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पस खुल्ने

    आजबाट त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पस खुल्ने

    काठमाडौं । आजबाट त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पस संचालनमा आउने भएका छन् । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयबाट जारी कोभिड १९ विरुद्धका सुरक्षा निर्देशिका तथा निर्देशन पालना गर्दै क्याम्पस सञ्चालनमा आउने भएका हुन् । सरकारले मंगलबार मध्यरातबाट लकडाउन अन्त्य भएको घोषणा गरेको छ । अधिक भिडभाड हुने केही क्षेत्रबाहेक नेपालमा सबै क्षेत्र अब पुर्ववतः अवस्थामा फर्काइएको छ ।

    नेपालमा ११ चैतमा लकडाउन शुरु भएको थियो । विश्वविद्यालयले लकडाउन अन्त्य भएसँगै आफनो नियमित कार्यक्रमलाई सुचारु राख्ने निर्णय गरेको हो । विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौँ ७ गतेबाट सुचारु गर्ने निर्णय समेत गरेको छ । यसअघि स्थगित भएका परीक्षा दशै अघि नै सक्ने लक्ष्य विश्वविद्यालयको छ । दशैपछि अन्य नियमित परीक्षा हुने भएका छन् ।

    विश्वविद्यालयले क्याम्पस सञ्चालन गर्ने निर्णय गरेसँगै विदामा बसेका प्रँध्यापकहरुलाई समेत क्याम्पस बोलाउने निर्णय गरिएको छ । उनीहरु क्याम्पसमा हाजिर हुनुपर्ने भएको छ । क्याम्पसमा नियमित पठनपाठन र परीक्षा बाहेक अन्य गतिविधि नियमित गरिने भएकोले विश्वविद्यालयका अध्यापक बोलाउने निर्णय त्रिविले गरेको हो । सरकारले १ भदौबाट विद्यालयहरुमा समेत भर्ना खोल्ने निर्णय गरेको छ ।

  • नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, ४१ पुगे ज्यान गुमाउने

    नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, ४१ पुगे ज्यान गुमाउने

    काठमाडौं । नेपालमा कोरेना भाइरसका कारण थप एक जनाको ज्यान गएको छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको ज्यान गएको हो । मंगलबार राति महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले पुष्टी गरेको छ । सिकित्स अवस्थामा अस्पताल आएका उनको आइसियुमा राखेर उपचार थालिएको थियो । सोही क्रममा उनको पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

    मंगलबार नै आइसियुबाट आइसोलेसनमा स्थानान्तरण गरिएको थियो। बिरामीमा रुघाखोकी र ज्वरो आएको अस्पतालले जनाएको छ । मृतकको शवलाई महोत्तरी पठाइएको छ । शव व्यवस्थापन भने नेपाल आमीले गर्नेछ । उनको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउने मानिसको संख्या ४१ पुगेो छ । यो संख्या स्वास्थ्य मन्त्रालयले आधिकारिक जारी गर्न भने बाँकि रहेको छ ।

  • होटेल र पर्यटन व्यवसाय १५ साउनबाट सूचारु

    होटेल र पर्यटन व्यवसाय १५ साउनबाट सूचारु

    काठमाडौं । सरकारले पर्यटन र होटेल व्यवसायसमेत संचालनमा ल्याउने निर्णय गरेको छ । ११ चैतमा शुरु भएको लकडाउनपछि यी सेवा बन्द थिए । अब सुरक्षा प्रवन्ध अपनाएर होटेल र पर्यटन सेवा संचालनको निर्णय भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने छ ।

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । अहिले होटल बन्द छन् । रेष्टुरेन्टहरुमा प्याकिङ र टेक अवे सेवा सूचारु छ । साउन १५ बाट भने होटल पनि खुल्ने भएका छन् । तर सामूहिक भोज, पार्टीजस्ता गतिविधि भने गर्न पाइने छैन । ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय समेत साउन १५ बाटै खोल्न सकिने भएको छ ।

    हिउँदे सिजनको पर्यटन व्यवसाय सूचारु हुने गरी सरकारले पर्यटन क्षेत्र खुला गर्ने निर्णय लिएको हो । नेपालमा कोरोना भाइरसको संक्रमण न्यून हुँदै गएपछि सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको हो । अब जनजीवन सामान्य बन्ने भएको छ । यद्दपी जोखिम रहने भन्दै सचेतना अपनाउन भने सरकारले आग्रह गरेको छ ।

  • लकडाउन हट्यो, सीमा नाका साउन ३२ गतेसम्मलाई बन्द

    लकडाउन हट्यो, सीमा नाका साउन ३२ गतेसम्मलाई बन्द

    काठमाडौं । सरकारले मंगलबार मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ।

    सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मंगलबार राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए। त्यस्तै संक्रमणको जोखिम भएका ठाउँमा मात्रै थप लकडाउन कायम रहनेछ ।

    साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने, भदौ १ देखि छोटो, मध्यम र लामो दूरीका यात्रुबहाक सवारीसाधनहरु सञ्चालन गर्न दिने र भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने निर्णय गरेको छ ।

    सरकारले भदौं १ गते बाट अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत खोल्ने निर्णय गरेको छ। यद्यपी अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ गतेसम्मलाई स्थगित गर्ने निर्णय भएको छ।

    सरकारले कोरोना संक्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो।

  • निजी सवारीको जोर विजोर हट्यो, के-के मा छ अझै प्रतिबन्ध ?

    निजी सवारीको जोर विजोर हट्यो, के-के मा छ अझै प्रतिबन्ध ?

    काठमाडौं । सरकारले निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली हटाएको छ । । मन्त्रिपषिद्को सोमबार बसेको बैठकले जोड विजोर हटाउने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानाकारी दिए ।

    सार्वजनिक यातायात सञ्चालन पनि भएकाले निजी सवारीको जोर विजोर हटाइएको हो । त्यस्तै सरकारले साउन १५ गतेदेखि होटल तथा रेष्टुन्ट सञ्चालन गर्न दिने निर्णय गरेको छ।

    होटल तथा रेष्टुरेन्ट मा सभा सम्मेलन भने गर्न पाइने छैन। त्यस्तै, ट्राभल, ट्रेकिङ एजेन्सी पनि साउन १५ देखि नै सञ्चालन गर्न पाइने भएको छ।

    भदौ १ देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएको छ। खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेलकुद पनि भदौ देखि सञ्चालन गर्न पाइने भएको छ।

    ठूला सभा, सम्मेलन, गोष्ठी, सेमिनार गर्न भने बन्देज लगाइएको छ। शैलुन, ब्युटीपार्लर, जिमखाना, चिडियाखाना, धार्मिकस्थल, स्वीमिङ पुल, सिनेमा घरहरू सञ्चालन गर्न नपाइने भएको छ।

  • थप ६ सय ९ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या १२४७७

    थप ६ सय ९ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या १२४७७

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

    देशको विभिन्न अस्पतालबाट उनिहरु डिस्चार्ज भएका हुन् । यो सहित डिस्चार्ज हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ।

    नेपालका ७ जिल्लाहरु भोजपुर, पाँचथर, सङ्खुवासभा, धनकुटा, रसुवा, मनाङ्ग, र मुस्ताङ्गमा अहिले कोरोना संक्रमित छैनन् ।

    त्यस्तै, रौतहट, कैलाली, र बाजुरा जिल्लामा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्। हालसम्म नेपालमा १२ हजार ४ सय ७७ जना निको भएका छन् भने ४० जनाको मृत्यु भएको छ।

  • नेपालमा थप  १५० जनालाई कोरोना संक्रमण, ६०९ ‘डिस्चार्ज’

    नेपालमा थप  १५० जनालाई कोरोना संक्रमण, ६०९ ‘डिस्चार्ज’

    काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ९ सय ६३ वटा नमुना परिक्षण गरिएकोमा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घण्टामा थप ६ सय ९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ।

    कुल संक्रमितमध्ये ४० जनाको मृत्यु भएको छ।

  • काठमाडौंमा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु

    काठमाडौंमा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु

    काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१ तासीडाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ ।

    मंगलबार बिहान आएको पहिरोले पुरिएर रामकुमार रानामगरको जुम्ल्याह-३ वर्षकी छोरी सन्ध्या राना र शचिन रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आमाबुबा खाना खान थालेको बेला उनीहरुको खेल्ने क्रममा घरमाथिबाट खसेको पहिरोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । घटनाको थप विवरण आउन बाँकी छन् ।

  • यातायात व्यवसायीले बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने

    यातायात व्यवसायीले बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने

    काठमाडौं । यातायात व्यवसायीहरुले बिहीबारदेखि सार्वजनिक यातायातका साधन सञ्चालन हुने भएको छ ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा तीन वटै यातायात मजदुर संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी बिहीबारदेखि यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

    आफूहरुले अघि सारेका मागहरु सरकारले केही पूरा गरेको उल्लेख गर्दै ८ गतेदेखि सार्वजनिक सवारी सञ्चालनमा आउने जानकारी गराएका छन् ।

    छोटो दुरीको यातायात सञ्चालन गर्न तयार भएका व्यवसायीले पत्रकार सम्मेलनमा लामो दूरीको सवारीसाधन समेत संचालन गर्न सरकारसँग माग गरेका छन् ।

    उनीहरुले तत्काल लामो दुरीको सार्वजनिक यातायात संचालन गर्न सम्भव नभए प्रदेशस्तरमा भनेपनि गाडी संचालन गर्न दिने निर्णय गर्न सरकारसँग माग गरेका छन् ।

  • सप्तकोशीले खतराको तह पार गर्यो, ४६ ढोका खोलिए, सतर्क रहन आह्वान

    सप्तकोशीले खतराको तह पार गर्यो, ४६ ढोका खोलिए, सतर्क रहन आह्वान

    सप्तरी । सप्तकोशी नदीले खतराको तह पार गरेको छ । पहाडी भेगमा निरन्तरको वर्षाका कारण सप्तकोशीका सहायक नदीमा बाढी आएको हो । यी नदी सप्तकोशीमा पुग्दा यसले कोशीको जलसतह खतराको चिन्हभन्दा माथि ल्याइदिएको छ । मंगलबार बिहान ६ बजे पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । यो यस वर्षकै उच्च मापन रहेको बताइएको छ ।

    कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार हुने गर्छ । अहिले पछिल्लो तीन दिन यता देशभर अविरल वर्षात भइरहेको छ । यसले नदीहरुमा पानीको बहाब बढाएको हो । बहाव बढेपछि ५६ मध्ये ४६ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ । ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ ।

    पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने सम्भावना हुन्छ । जल तथा मौसम विज्ञान विभागले समेत सप्तकोशीमा बहाव बढेको भन्दै सप्तरी र सुनसरीका सचेत रहन आह्वान गरेको छ । सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा बुधबार विहानसम्म उच्च सतर्कता अपनाउन भनिएको छ । सम्भव भए सुरक्षित स्थानमा जान सूचित गरिएको छ ।

  • अक्स्फोर्डका वैज्ञानिकलाई डब्लूएचओको बधाई

    अक्स्फोर्डका वैज्ञानिकलाई डब्लूएचओको बधाई

    काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणमा सफलतातर्फ उन्मुख अक्स्फोर्ड यूनिभर्सिटीका वैज्ञानिकलाई विश्व स्वास्थ्य संगठनले बधाई ज्ञापन गरेको छ । भ्याक्सिन निर्माणमा सकारात्मक परिणाम प्राप्त भएकोलाई विश्व स्वास्थ्य संगठनले यसको स्वागत गरेको हो । भ्याक्सिन बनेपछि यसको तिब्र फैलावट नियन्त्रणमा भने अझै संघर्षको आवश्यकता रहेको समेत संगठनको भनाई रहेको छ ।

    जेनेभामा बोल्दै डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा. माइक रेयानले अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकको उपलब्धी सकारात्मक परिणाम भएको बताए । उनले देशहरुलाई परीक्षणको दायरा बढाउन समेत माग गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले निर्माण गरेको खोपलाई आशलाग्दो खोपको रुपमा हेरिएको छ ।

    यद्यपि यसको अन्य सुरक्षात्मक उपाय र ठूलो समूहमा गरिने परीक्षणका काम अहिले जारी रहेको छ । कोरोनाविरुद्ध हाल विश्वभर २३ स्थानमा भ्याक्सिन बनाउने काम जारी छ । डा. रेयानले कोरोनाको उपचार खोज्ने दिशामा धेरै भ्याक्सिनमाथि काम भइरहनु राम्रो संकेत भएको समेत बताएका छन् । कोरोनाको भ्याक्सिन निर्माणमा चीन, अमेरिका, बेलायत, रुस, भारतजस्ता शक्तिशाली मुलुक संक्रिय छन् ।

  • धादिङमा पहिरोमा पुरिएर तीनको ज्यान गयो

    धादिङमा पहिरोमा पुरिएर तीनको ज्यान गयो

    धादिङ । लगातार वर्षापछि आएको पहिरोले धादिमा मानवीय क्षति भएको छ । धादिङमा पहिरोमा पुरिएर गतराती एकैपरिवारको तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड रहेको प्रहरीले पुष्टी गरेको छ ।

    धादिङका विभिन्न स्थानमा पहिरोले वितण्डा मच्चाएको छ । सोहीकारण पृथ्वी राजमार्ग समेत अहिले अवरुद्ध छ । यसले काठमाडौंसँगको सम्पर्क टुटाएको छ ।

  • ‘विदेशबाट फर्कदा तोकेभन्दा बढी भाडा नबुझाउनु’

    ‘विदेशबाट फर्कदा तोकेभन्दा बढी भाडा नबुझाउनु’

    काठमाडौं । नेपाल वायुसेवा निगमले विदेशबाट स्वदेश फर्कने क्रममा तोकिएभन्दा बढी भाडा नतिर्न आफ्ना यात्रुलाई सचेत गराएको छ । आफ्नो कम्पनीबाट  तोकिएको भन्दा बढी भाडा नतिर्न यात्रुलाई आहृवान गरेको हो । उद्धार उडानका लागि निगमले तोकेको विभिन्न मुलुकको भाडादर वेवसाइटमा सार्वजनिक रुपमा राखिएको र सो भन्दा बढी भाडा नतिर्न निगमले यात्रुलाई सचेत गराएको हो ।  उक्त मूल्यभन्दा बढी अस्वभाविक मूल्य यात्रुबाट लिएर टिकट काटिदिने गरेको भन्दै यसरी टिकट काट्ने मान्छेबाट टिकट खरीद नगर्न समेत निगमले सचेत गराएको छ । कम्पनीको फोन नम्बरमा सम्पर्क गरी आधिकारिक निकायबाट मात्र टिकट किन्न समेत निगमले यात्रुसँग आग्रह गरेको छ ।

    कतिपय व्यक्ति तथा संस्थाले यात्रुबाट अस्वाभाविक रुपमा बढी मूल्यमा टिकट बिक्री गरेको भन्ने गुनासो आएको निगमले जनाएको छ । कतिपय व्यक्ति वा संस्थाले यात्रुलाई सहजै टिकट मिलाईदिने भनी आफ्नो सम्पर्क नं सहित विभिन्न संचार माध्यममा सुचना प्रकाशित गरेको बुझिएकाले त्यस्ता व्यक्ति वा संस्थाको भ्रममा नपर्न सम्वन्धित सबैलाई आग्रह समेत गरिएको छ ।

    उडान तालिकामा रहेका बाहेक अन्य गन्तव्यमा उडान नगरिएको भन्दै त्यस्तो गन्तब्यको टिकट नकाट्न समेत निगमले आग्रह गरेको छ । कम्पनीले संकटको समयमा सहुलितपूर्ण भाडादरमा उडान गरेको भन्दै विचौलियाबाट महंगो मूल्यमा टिकट नकिन्न निगमले आहृवान गरेको हो । निगमको वेवसाइटमा प्रकाशित भाडादर भन्दा बढी असुलेर कुनै व्यक्ति वा संस्थाले टिकट बिक्री गरेको प्रमाणित भए प्रचलित कानुन बमाजिम कारवाही हुने चेतावनीसमेत कम्पनीले जनाएको छ ।

  • अन्ततः खुल्ने भयो व्यवसायिक हवाई उडान, १ भदौबाट आन्तरिक र बाह्य दुबै सूचारु

    अन्ततः खुल्ने भयो व्यवसायिक हवाई उडान, १ भदौबाट आन्तरिक र बाह्य दुबै सूचारु

    काठमाडौं । नेपालमा हवाई उडान सूचारु हुने भएको छ । मन्त्रिपरिषद् बैठकले १ भदौबाट आन्तरिक र बाह्य दुबै क्षेत्रमा व्यवसायिक उडान सुचारु गर्ने निर्णय गरेको हो । नेपालमा चैतयता हवाई उडान बन्द छ । यसबीचमा चार्टर्ड उडान भने सूचारु थिए । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

    सरकारले चैत ५ बाट अन्तरराष्ट्रिय तर्फ हवाइजहाज आउन रोकेको थियो । आन्तरिक उडान भने ११ चैतको लकडाउनसँगै बन्द गरिएको थियो । यसले लाखौं मानिसको आवतजावत प्रभावित भएको छ । विदेशमा अलपत्र नेपाली अब सामान्य अवस्थामा जस्तै टिकट काटेर फर्कन सक्नेछन् । आन्तरिकतर्फ पनि सामाजिक दूरीसहितका नियमको पालना गरी कम्पनीहरुले हवाई उडान सामान्य बनाउने छन् । यसको तयारीमा कम्पनीहरु जुटिसकेका छन् ।

  • तिब्बतमा रहेको ताल फुट्ने चेतावनी, भोटेकोशीमा जोखिम

    तिब्बतमा रहेको ताल फुट्ने चेतावनी, भोटेकोशीमा जोखिम

    काठमाडौं । चीनको तिब्बतस्थित ‘केरुङ च्छो’ ताल खतराको चिन्हभन्दा माथि पुगेको छ । ताल फुट्न सक्ने भन्दै चिनियाँ अधिकारीले सतर्क रहने तटीय क्षेत्रमा बासिन्दालाई आग्रह समेत गरेका छन् । अविरल वर्षासँगै चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल भरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जानकारी गराएको छ ।

    चिनियाँ अधिकारीहरुले न्यालम क्षेत्रमा अत्याधिक वर्षा भइरहेको र यो पोखरी फुट्नसक्ने सम्भावना रहेको जानकारी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई गराएका हुन् । उनीहरुले आफ्ना नागरिकलाई भटाभट माथिल्लो भागमा सारिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । सोहीकारण नेपालमा भोटेकोशी तटिए क्षेत्रमा जोखिम बढेको छ ।

    पोखरी फुटेमा भोटेकोशी नदीमा आकस्मिक बाढी आउने सम्भावना रहेको छ । यसले नदी किनारको बस्तीमा ठूलो क्षति पुर्‍याउन सक्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ । नदी किनारका बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन समेत दिइएको छ । नदी आसपासका बासिन्दालाई सडकभन्दा माथि सुरक्षित रुपमा बस्न आग्रह गरिएको छ । खासगरी बाह्रबिसे क्षेत्रमा बाक्लो बस्ती भएकाले सचेत हुन आग्रह गरिएको छ ।

  • थप १७३ जनाले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या ११ हजार ८६८ पुग्यो

    थप १७३ जनाले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या ११ हजार ८६८ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७३ जनाले कोरोना जितेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशको विभिन्न अस्पतालबाट उनिहरु संक्रमण मुक्त भएका हुन् ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घण्टामा थप १ सय ७३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११ हजार ८ सय ६८ पुगेको छ। योसहित नेपालमा हालसम्म ११ हजार ८ सय ६८ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६६ दशमलव ५१ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।

    कुल संक्रमितमध्ये ४० जनाको मृत्यु भएको छ।

  • नेपालमा थप १८६ जनामा कोरोना संक्रमण, १७ हजार ८४४ पुगे संक्रमित

    नेपालमा थप १८६ जनामा कोरोना संक्रमण, १७ हजार ८४४ पुगे संक्रमित

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ४ हजार २ सय १६ वटा नमुना परिक्षण गरिएकोमा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घण्टामा थप १ सय ७३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११ हजार ८ सय ६८ पुगेको छ।

    कुल संक्रमितमध्ये ४० जनाको मृत्यु भएको छ।

  • पहिरोका कारण देशका मूख्य सडक खण्ड अवरुद्ध

    पहिरोका कारण देशका मूख्य सडक खण्ड अवरुद्ध

    काठमाडौं । देशभर परेको अविरल वर्षा र पहिरोका कारण देशका मूख्य सडक खण्ड अवरुद्ध बनेका छन् । ​चितवनको चारकिलोमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । सोमबार बिहान ठूलो पहिरो खसेको र दुई वटा बिजुलीका पोलसमेत ढलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठूलो पहिरो गएको र खस्ने क्रम जारी भएपछि सडक खुलाउन समस्या देखिएको छ । बिहान ५ बजेदेखि सडक अवरुद्ध छ ।

    यता, आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेर रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ क्षेत्रमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ क्षेत्रमा गएको पहिरो हटाउने प्रयास शुरु गरिएको छ । यस भेगमा पासाङ ल्हामु मार्गको राम्चे–धुन्चे खण्ड र धुन्चे–स्याफ्रु खण्ड भने सूचारु रहेको छ ।

    यता, सिद्धार्थ राजमार्ग समेत सोमबार बिहानैबाट अवरुद्ध भएको छ । आइतबार एकतर्फी सञ्चालनमा आएको बाटो पहिरो झरेपछि फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । सिद्धार्थ राजमार्गको तानसेन ८, गौडेपुलमा ठूला ढुङ्गा सहितको पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले पाल्पा बुटवलको सडक खण्डमा बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म यात्रा गर्न समेत रोक लगाएको छ । यो सडकमा माथिबाट ठूला ढगा खसेर दुर्घटना अत्यधिक हुने गरेका छन् ।

  • ​संसारमा फेरी तिव्र रुपमा फैलँदै कोरोना, सोमबार रेकर्ड ब्रेक

    ​संसारमा फेरी तिव्र रुपमा फैलँदै कोरोना, सोमबार रेकर्ड ब्रेक

    काठमाडौं । संसारमा कोरोना भाइरसको संक्रमणले पुनः गति लिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार एकैदिन भेटिने संक्रमितको संख्यामा सोमबार नयाँ रेकर्ड कायम भएको हो । २४ घण्टामा विश्वभर २ लाख ६० हजार संक्रमित थपिए । यो संख्या एकै दिन थप भएको सर्वाधिक संख्या हो । विश्वभर कोरोना भाइरसका कारण ६ लाख ४ हजार ७२५ जनाले ज्यान गुमाइसकेका छन् ।

    अमेरिकामा मात्रै १ लाख ४० हजार ४७४ जना संक्रमितको मृत्यु भइसकेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार ९०२ जना संक्रमित थपिए । यस दिन भारतमा ५४३ जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म १० लाख ७७ हजार ७८१ जना संक्रमित फेला परेका छन् । २६ हजार ८१६ जनाले कोरोनालाई जितेका छन् । विश्वभर १ करोड ४४ लाख ३८ हजार ८३८ जनामा कोरोना देखिएको छ ।

    अमेरिका, ब्राजिल र भारतमा बढी संक्रमण पुष्टी भएको छ । नेपालमा भने पछिल्लो समय संक्रमणको दार घटेको छ । आइसोलेसनमा हुने मानिसभन्दा डिस्चार्च हुनेको संख्या अधिक रहेकाले सकारात्मक सन्देश पाइएको छ ।

  • आज देशभर भारी वर्षा, पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध

    आज देशभर भारी वर्षा, पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध

    काठमाडौं । आज देशका अधिकांश स्थानमा भारी वर्षा जारी छ । यसले बाढी, पहिरो र डुबानको जोखिम बढाएको छ । विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पानीजन्य प्रकोपले समस्या निम्त्याउन सक्ने सम्भावना रहेको छ । अहिले न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले साउन ९ गतेसम्म ठूलो वर्षाको सम्भावना रहेको हो ।

    विभागका अनुसार प्रदेश २, प्रदेश ४, प्रदेश ५ र प्रदेश ७ का जिल्लाहरुमा अत्यधिक वर्षा भएको छ । मध्यमदेखि भारी वर्षाको सम्भावना जारी छ । यसले पहिरो, डुबान र बाढीको जोखिम क्षेत्रका बासिन्दा सतर्क रहनु पर्ने विभागको छ ।

    मौसमपूर्वानुमान महाशाखाका अनुसार सोमबार देशैभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने भएको छ ।

    काठमाडौं उपत्यकाका धेरै स्थानमा मध्यम वर्षा मापन भएको छ । त्यसैले विष्णुमती, मनोहरा, हुनमन्ते, नख्खु लगायतका नदी तथा खोलामा बहाव सतर्कता नजिक छ । नदी र नालाको पानी किनारको सडकसम्म आउन सक्ने भएकाले अझै तीन घण्टा सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत आग्रह गरेको छ ।

    बाढी सूचना केन्द्रका अनुसार अहिले बारा, पर्सा, रौतहटका धेरै स्थानमा भारी वर्षा भएको छ । थप वर्षा हुने सम्भावना छ । सोहीकारण लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने अनुमान छ । परासी, बर्दघाट, डण्डा बजारलगायत नवलपरासीका धेरै स्थानमा पनि भारी वर्षा मापन भएको छ ।

    थप वर्षा हुन सक्ने भएकाले अरूणखोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने सम्भावना रहेको छ । पश्चिम राप्ती, बाँकेको ढकेरी र आसपास पनि भारी वर्षा मापन गरिएको छ । यस क्षेत्रमा डुडवा खोला र आसपास एक्कासी बाढी आउन सक्ने र राप्ती नदीमा पनि जलसतह बढ्ने भएकाले डुबान भइरहने होचा स्थानमा दिउँसोसम्म सतर्क रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

  • नेपालमा कोरोना परीक्षण कुल जनसंख्याको एक प्रतिशतमाथि

    नेपालमा कोरोना परीक्षण कुल जनसंख्याको एक प्रतिशतमाथि

    काठमाडौं । नेपालमा कोरोना परीक्षण संख्या ३ लाख नाघेको छ । यससँगै नेपालमा कुल जनसंख्याको १ प्रतिशत भन्दा माथि व्यक्तिमा कोरोनाभाइरसको पिसिआर विधिबाट परीक्षण सम्पन्न भएको छ । सरकारले कुल जनसंख्याको २ प्रतिशतमा परीक्षण गर्ने लक्ष्य राखेको छ । यसको मतलव कुल ६ लाख मानिसको कोरोना परीक्षणको लक्ष्य सरकारको छ ।

    अहिले नेपालको जनसंख्या ३ करोड पुगेको छ । आइतबारसम्म ३ लाख ११ हजार ८ सय २९ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ। यो कुल जनसंख्याको १.०३ प्रतिशत हो। तीन लाख बढीको पिसिआर परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार ५ सय २ रहेको छ। जसमा ४० जनाको मृत्यु भएको छ । ११ हजार ६ सय ३७ जना निको भएका छन्। कोरोना जित्ने मानिस सक्रिय संक्रमित भन्दा धेरै भएका छन् ।

    दैनिक देखिने थप संक्रमित भन्दा कोरोना जित्ने मानिसको संख्या समेत माथि रहेके छ । सार्क सदस्य मुलुकमध्ये प्रति दश लाखमा पिसिआर परीक्षण गर्नेमा नेपाल माल्दिभ्स र भुटानपछि तेस्रो स्थानमा रहेको छ। नेपालले प्रति १० लाखमा १० हजार ६ सय ९९ जनाको परीक्षण गरेको छ। नेपालभन्दा भारत छ । भारतले प्रति १० लाखमा ९ हजार ७ सय ३० जनाको परीक्षण गरेको तथ्यांक रहेको छ।

  • ४ पाइलटसहित नेपाल एयरलाइन्सका १४ कर्मचारीले जिते कोरोना

    ४ पाइलटसहित नेपाल एयरलाइन्सका १४ कर्मचारीले जिते कोरोना

    काठमाडौं । नेपाल एयरलाइन्सका चार पाइलटसहित १४ जना उडान कर्मचारीले कोरोनालाई जित्न सफल भएका छन् । उनीहरुको तेस्रो चरणको कोरोना पिसिआर परीक्षण नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ आएका सबै कर्मचारीलाई परीक्षणपछि घर पठाइएको छ। दुई साताअघि नेपाल एयरलाइन्किा १४ कर्मचारीमा कोरोना पुष्टी भएको थियो ।

    विदेशबाट नेपालीको उद्दार थालिएपछि उनीहरु विदेश जाने क्रममा कोरोना सरेको थियो । त्यसपछि उनीहरुको अस्पतालमा उपचार गरिएको हो । ५ दिनसम्म ह्याम्स अस्पताल भर्ना गरिएको उनीहरुलाई ५ दिनपछि भने सोल्टी होटलको आइसोलेसनमा राखिएको थियो । एयरलाइन्सले आफ्ना पाइलटसहित उडान कर्मचारीलाई सोल्टी होटलमा राख्दै आएको छ। उनीहरूले चार वटा उडान गरेपछि एअरलाइन्सले पिसिआर परीक्षण गरेर घर पठाउने गरेको छ।

  • विदेशबाट चार्टर्ड उडानमार्फत फर्किए ३१ हजार नेपाली, अमेरिकाबाट आए ४२३

    विदेशबाट चार्टर्ड उडानमार्फत फर्किए ३१ हजार नेपाली, अमेरिकाबाट आए ४२३

    काठमाडौं । विदेशमा समस्यामा रहेका ३१ हजार नेपाली चार्टर्ड उडानबाट घर फर्किएका छन् । यसरी फर्कनेहरु विदेशबाट कम्पनीले टिकट काटेर पठाएका, सम्बन्धित मुलुकले जहाज चार्टर्ड गरेर पठाएका र आफै टिकट काटेर आएकाहरु हुन् । यसपछि अब सरकारले आफ्नो खर्चमा समस्यामा रहेका नेपालीको उद्दार गर्नेछ ।

    चार्टर्ड उडान सुरु गरेयता हवाईमार्गबाट मात्र करीव ३१ हजार नेपाली स्वदेश फर्किएको तथ्यांक सरकारले सार्वजनिक गरेको छ । यसबाहेक अझै ५० हजार नेपाली स्वदेश फर्काइहाल्नुपर्ने अवस्थामा रहेका छन् । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नेपाल भित्रबाट उद्दार उडान गरिरहेका छन् । विदेशबाट पनि कम्पनीहरु नेपाल आइरहेका छन् ।

    कुवेतबाट सोही मुलुकको सरकारले आफ्नै खर्चमा जजिरा एयरलाइन्समार्फत आममाफी पाएर क्याम्पमा बसिरहेका नेपालीलाई फर्काएको छ । तथ्यांक अनुसार करिब २९ हजार नेपाली आफ्नै खर्चमा स्वदेश फर्किएका हुन् । कुवेतले २ हजारभन्दा बढी नेपालीलाई उसकै खर्चमा फिर्ता पठाइदिएको छ । जेठ २३ बाट नेपालीको उद्दार थालिएको हो । सरकारी तथ्यांकअनुसार १९९ वटा फ्लाइटबाट ३० हजार ९४० नेपाली स्वदेश फर्किएका छन् । सबैभन्दा धेरै यूएईबाट नेपाली फर्किए । शनिबारसम्म ७ हजार १९६ जना नेपाली यूएईबाट फिर्ता भए ।

    कुवेतबाट ५ हजार ५४९ जना र साउदी अरेबियाबाट ५ हजार ५५ जना फर्किए । कतारबाट ३ हजार ३२९ र मलेसियाबाट ३ हजार २ सय २६ नेपाली घर आए । बहराइनबाट ९८०, बंगलादेशबाट ८४१, जापानबाट ७५६, माल्दिभ्सबाट ७०९, अष्ट्रेलियाबाट ६३४ जना नेपाली चार्टर्ड उडानका दौरान घर फर्किए । ओमानबाट ४९२, दक्षिण कोरियाबाट ४७६, अमेरिकाबाट ४२३, थाइल्यान्डबाट ३२६, बेलायतबाट २२९ जना नेपाली स्वदेश फर्र्किएको तथ्यांक छ ।

    यसबीचमा सिंगापुरबाट १४६, इजरायलबाट १२७, फिलिपिन्सबाट १०८ र चीनबाट १०५ जनालाई फर्काइएको छ । अफगानिस्तान, म्यान्मार, श्रीलंका, हङकङ, पाकिस्तान र टर्कीबाट पनि नेपालीहरु फर्किए ।

  • महाधिवेशनको हल्ला ओली कार्ड मात्र, सहमति नभएको प्रचण्डको स्पष्टोक्ति

    महाधिवेशनको हल्ला ओली कार्ड मात्र, सहमति नभएको प्रचण्डको स्पष्टोक्ति

    काठमाडौं । शनिबार एकाएक नेकपा विवाद समाधार भएको र नेताहरु सहमतिमा पुगेको जानकारी वालुवाटार स्रोतले संचारमाध्यमलाई गरायो । यसमा अध्यक्ष प्रचण्डसमेत सहमत भएको जानकारी बाहिरिएको थियो । तर, प्रचण्डपुत्री गंगा दाहालले प्रचण्ड सचिवालयको तर्फबाट शनिबार राती ट्वीट गर्दै महाधिवेशनबारे कुनै सहमति नभएको र छलफल जारी रहेको उल्लेख गरिन् ।

    नभन्दै महाधिवेशन वालुवाटारले सत्ता जोगाउन फ्याँकेको अर्को कार्ड मात्र भएको पुष्टी भएको छ । आइतबार प्रचण्डले केही नेताहरुसँगको छलफलमा ओलीसँग कुनै सहमति नभएको र आफुलाई परिवन्दमा पारेर शितल निवास बोलाइएको उल्लेख गरेका छन् । आइतबार खुमलटारमा स्थायी कमिटी सदस्यहरुको बैठकमा प्रचण्डले यस्तो जानकारी गराएका हुन् ।

    बैठकमा पूर्वप्रधानमन्त्रीद्धय माधव कुमार नेपाल र झलनाथ खनालसहित अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली भीम रावल, बेदुराम भुसाल, रघुजी पन्त, भीम आचार्य, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, मातृका यादव, वर्षमान पुनलगायत नेता सहभागी थिए ।

    उक्त भेलामा प्रचण्डले प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलले परिवन्दमा पारेर शीतल निवासमा पुर्‍याएको र त्यहाँका कुरा सुन्दा फसाउन र बदनाम गर्न खोजिएको महसुस आफुले गरेको उल्लेख गरे । प्रचण्डका अनुसार राष्ट्रपति कार्यलयमा बोलाएर फसाउन खोजेको महसुस भएपछि आफूले छोरी गंगा दाहाललाई शनिबार राति नै फेसबुकमा स्टाटस लेख्न लगाएको र सहमतिको भ्रममा नपर्न भनेको प्रचण्डले नेताहरुलाई जानकारी दिएका थिए ।

  • ६६.२४ प्रतिशत संक्रमित निको भएर घर फर्किए, ८ जिल्लामा कोरोना संक्रमण शून्य

    ६६.२४ प्रतिशत संक्रमित निको भएर घर फर्किए, ८ जिल्लामा कोरोना संक्रमण शून्य

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किने ६६.२४ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा ५८ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ११ हजार ६ सय ९५ पुगेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार कोरोनाभाइरस संक्रमितको कूल १७ हजार ६५८ संख्या पुगेको छ भने हालसम्म ६६।२४ प्रतिशत निको भएसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ९६३ जना रहेको छ ।

    नेपालमा हालसम्म भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी ८ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त बनेको छ ।

    पाँच सय भन्दा सक्रिय संक्रमित रहेका तीन जिल्लामा रौतहट कैलाली र बाजुरा रहेका छन् । देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भइसकेको छ ।

  • नेपालमा थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,६५८

    नेपालमा थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,६५८

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ७ सय ४१ वटा नमुना परिक्षण गरिएकोमा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा थप ५८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ९५ पुगेको छ।

    कुल संक्रमितमध्ये ४० जनाको मृत्यु भएको छ।

  • आइतबारदेखि फेरी वर्षा बढ्दै, बाढी र पहिरोको सम्भावना

    आइतबारदेखि फेरी वर्षा बढ्दै, बाढी र पहिरोको सम्भावना

    काठमाडौं । आइतबारदेखि केही दिन ठूलो पानी पर्ने सम्भावना रहेको छ । यसले बाढी र पहिरोको जोखिम निम्त्याउने भन्दै तटीय क्षेत्र तथा भिरालो जमिन आसपास घर भएकालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक आउने क्रममा रहेकाले आज र भोलि धेरै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    सोहीकारण यसले प्राकृतिक प्रकोपजन्य दूर्घटना निम्त्याउन सक्ने सम्भावना छ । खासगरी प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा रातिदेखि नै पानी पर्ने क्रम शुरु भएको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १ र प्रदेश २ का एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्ल्लेख छ ।

    वर्षा बढ्दा त्यसले विभिन्न नदी तथा खोलामा बाढी आउने भएकाले थप सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ । नवलपरासीको अरुणखोला, गिरुवारी खोला र साना नदी तटीय क्षेत्रका बाढी आउन सक्ने भएकाले आसपासका बासिन्दालाई बिहान १० बजेसम्म सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

    परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीको धेरै ठाउँमा ठूलो पानी परेको र अझै पानी परिरहने भएकाले अरुणखोला, गिरुवारी खोला र नवलपरासीको साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै महाशाखाले सचेत गराएको छ । मध्य साउनमा सबैभन्दा बढी बाढी र पहिरोको जोखिम रहेको छ ।

  • कोरोनाका कारण विदेशमा एक सातामा १६ नेपालीको निधन

    कोरोनाका कारण विदेशमा एक सातामा १६ नेपालीको निधन

    काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीका कारण विदेशमा एक सातामा थप १६ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आइतबार बिहान सार्वजनिक गरेको अपडेट अनुसार विश्वका विभिन्न मुलुकमा १६ जना नेपालीको ज्यान गएको हो । अब विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई सय नाघेको छ ।

    संघ मातहतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको मृत्यु भएको छ । समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्णरुपमा कोरोना मुक्त भएका छन् । कोराना संक्रमितमध्ये ९३ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये सबैजना कोरोना भाइरसबाट मुक्त भएका छन् ।

    विदेशमा ३० हजार ५ सय ७१ जनामध्ये २८ हजार ६ सय ८१ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

    गैरआवासीय नेपाली संघ, नेपाल सरकार र कूटनीतिक निकायको पहलमा विभिन्न २५ मुलुकबाट २९ हजार ७ सय ८० जना नेपालीको उद्धार भएको छ ।

    यस्तै मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो अवधिमा १ सय ७२ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ३४ जनामध्ये १ सय ५६ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १ सय ७ वटा शव नेपाल ल्याउन बाँकी रहेको एनआरएनएले जनाएको छ ।

  • नेकपा भित्रको संकट तत्कालका लागि टर्यो, महाधिवेशन अगाडी सार्ने निर्णयमा सहमति

    नेकपा भित्रको संकट तत्कालका लागि टर्यो, महाधिवेशन अगाडी सार्ने निर्णयमा सहमति

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद तत्कालका लागि साम्य भएको छ । पार्टी नै विभाजित हुने अवस्थाको नजिक पुगेको नेकपा विवाद एक पटक फेरी शीर्ष नेताको पहलमा थामिएको छ । आगामी मंसिरमा एकतापछिको पहिलो महाधिवेशन गर्ने विषयमा सहमति भएसँगै तत्कालका लागि विवाद टुंगिएको छ ।

    प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अबको चार महिनामा महाधिवेशन प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा अध्यक्ष पुष्पकमल दाहालले समर्थन गरेका छन् । सचिवालय बैठक अगाडी दाहाल र ओलीबीच झन्डै दुई घण्टा छलफल भएको थियो । त्यसपछि सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले एकता महाधिवेशनको मिति प्रस्ताव गरेका थिए ।

    स्थायी समिति बैठक एजेन्डामा प्रवेश नगरी भड्किएको र त्यसमा सबैका कमीकमजोरी रहेको भन्दै प्रधानमन्त्री ओलीले अब ढिलो नगरी पार्टी महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । त्यसपछि बोलेका अर्का अध्यक्ष पुष्पकमल दाहालले ओलीको प्रस्तावमा सहमति जनाए । सोहीकारण तत्कालका लागि नेकपाको विवाद मत्थर भएको छ ।

    प्रचण्डले आलोपालो प्रधानमन्त्रीको प्रस्तावसमेत छोडेका छन्। अन्य नेताले  शीर्ष दुई नेताबीचको सहमतिलाई लिखित रुपमा ल्याउन र कार्यान्वयनको वातावरण बनाउन माग गरेका छन् । उनीहरुले दुई अध्यक्षबीचको सहमतिको कार्यान्वयनमा आंशका गरेका हुन् ।

    महाधिवेशन छिटो गर्ने विषयमा नेताहरूले असहमति जनाएनन् । बरु मंसिरमै महाधिवेशन गर्न कति सम्भव हुने भन्नेमा आशंका व्यक्त गरेका छन् । सोहीकारण कार्यतालिकासहितको ठोस प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।

  • प्यूठानमा ट्याक्टर दुर्घटना, ७ जनाको ज्यान गयो

    प्यूठानमा ट्याक्टर दुर्घटना, ७ जनाको ज्यान गयो

    प्यूठान । प्यूठानमा ट्याक्टर दुर्घटनामा परी सात जनाको ज्यान गएको छ । स्वर्गद्वारी नगरपालिकाको धरमपानीबाट भिंगृ जाँदै गरेको ट्याक्टर वडा नम्बर तीनस्थित रुमालेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार रोल्पाको रुन्टीगढी गाउँपालिकाका ६ जना र एक जना त्रिवेणी गाउँपालिका रोल्पाका हुन्।

    मृत्यु हुनेमा रुन्टिगढि गाउँपालिका–५ वाईजाका अन्दाजी २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय विरेन्द्र वाठा मगर, १९ वर्षीय थमन वाठा मगर, गोर्वधन बुढामगर, २५ वर्षीय कविराम बस्नेत रहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक त्रिवेणी गाउँपालिकाका अन्दाजी २५ वर्षीय कमल कुँवर रहेको बताइएको छ । प्रहरीका अनुसार ट्याक्टरमा मजदुरहरु चढेका थिए । उनीहरु भिंगृ स्वर्गद्धारी सडक निर्माणमा खटिएका थिए । यो सढक खण्ड अहिल पिच गरिदैछ ।