विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा

File Photo

काठमाडौं । नेपालले विश्वकप फुटबल २०२२ का लागि छनोट प्रतियोगिता खेल्ने प्रारम्भिक टोली घोषणा गरेको छ । नेपालले विश्वकप छनोटको दोस्रो चरणका लागि तयार तिब्र बनाएको छ । नेपालको मूख्य प्रशिक्षण अहिले योहान कालिनले सम्हालेका छन् । उनले पहिलो चरणमा ३१ जना खेलाडी राखेर प्रारम्भीक टोली घोषणा गरेका हुन् । उनले सुरुआती प्रशिक्षणमा ३६ खेलाडीलाई… Continue reading विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा

सरकारी कर्मचारीलाई कस्दै सरकार

साभार स्केच

काठमाडौं । राज्य कोषबाट तलव भत्ता खाने सरकारी कर्मचारीलाई सरकारले काममा कस्ने भएको भएको छ । खासगरी कार्यालय समयमा अफिस भन्दा बढी निजी काममा ध्यान दिने सरकारी कर्मचारीमाथि कडाईको तयारी सरकारले गरेको हो । कानून बनाएरै निजी काममाथि बन्देज लगाउने तयारी सरकारको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले कानून बनाएरै कार्यालय समयमा निजी… Continue reading सरकारी कर्मचारीलाई कस्दै सरकार

मनसुन जारी, पश्चिम पहाडमा जोखीम

प्रतिकात्मक तस्वीर

काठमाडौं । मेघ गर्जनसहितको वर्षा र चट्याङले मंगलबार देशको पश्चिमी पहाडी भेगको मौसम प्रभावित हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले ती स्थानका नदि किनार र जोखीमपूर्ण स्थानमा रहेका मानिसलाई पूर्वजानकारी दिँदै सचेत गराएको छ । महाशाखाका अनुसार मंगलबार केही स्थानमा हल्का वर्षा हुनेछ भने पश्चिमी पहाडका केही स्थानमा भने भारी वर्षा हुने अनुमान गरेको… Continue reading मनसुन जारी, पश्चिम पहाडमा जोखीम

तरकारी र फलफूलमा कतिसम्मको विषादी खानलायक ?

काठमाडौं । सरकारले नेपालमा उत्पादित फलफूल तथा तरकारीका लागि किटनाशक विषादीको अधिकतम सीमा तोकेको छ । नेपालमा पहिलो पटक यस्तो सीमा तोकिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार पहिलो चरणमा दश प्रजातीका फलफूल र तरकारीको एमआरएल (म्याक्सिमम रेजिड्यू लिमिट) तोकिएको छ । विभागले स्याउ, केरा, करेला, भन्टा, काउली, बन्दा, भिन्डी, आलु, गोलभेँडा… Continue reading तरकारी र फलफूलमा कतिसम्मको विषादी खानलायक ?

मेलम्चीको ठेक्का चिनियाँ कम्पनीलाई, दशैंपछि काम

काठमाडौं। मेलम्ची खानेपानी आयोजना निर्माण गर्न नयाँ ठेक्का सम्झौताको तयारी भएको छ । मेलम्चीको बाँकि काम सम्पन्न गर्न चिनियाँ कम्पनी छानिएको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार सुरुङमार्ग फिनिसिङ र हेडवर्क्सको कामका लागि चिनियाँ कम्पनी सिनो हाईड्रो छनोट भएको हो । आयोजनाको मूल्यांकन समितिले उक्त कम्पनी छानेको हो । एसियाली विकास बैकले स्वीकृति दिएमा… Continue reading मेलम्चीको ठेक्का चिनियाँ कम्पनीलाई, दशैंपछि काम

पेट्रोलपम्प व्यवस्थित बनाउने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र जथाभावी खुलेका पेट्रोलपम्पलाई व्यवस्थित बनाइने भएको छ । मापदण्ड बीना नयाँ पेट्रोलपम्प खोल्न नदिने र भएका पेट्रोलपम्पले पनि व्यवस्थित संचालनको वातावरण बनाउनु पर्ने निर्णय महानगरपालिकाले गरेको छ । महानगरपालिकाका अनुसार अब महानगर भित्र सडक किनारमा बीना मापदण्ड कुनै पनि पेट्रोलपम्प खोल्न अनुमति दिइने छैन । खासगरी सडक किनारमै पेट्रोलपम्प खुल्दा… Continue reading पेट्रोलपम्प व्यवस्थित बनाउने तयारी

हट्यो संसदको गतिरोध, विशेष संसदीय समिति गठन

काठमाडौं । सरकार र प्रतिपक्षी दलबीच दुई बुँदे सहमति भएसँगै प्रतिनिधिसभाको गतिरोध हटेको छ । दुई पक्षबीच सोमबार प्रतिनिधिसभाको वर्तमान गतिरोध अन्त्य गरी संसदलाई प्रभावकारी बनाउने र फेरि यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्न संविधान, नियम र स्थापित परम्पराअनुसार आवश्यक अध्ययन गरी सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने गरी दुई बुँदे सहमति भएको… Continue reading हट्यो संसदको गतिरोध, विशेष संसदीय समिति गठन

जम्बु कश्मीर अब केन्द्र शासित प्रदेश, मोदी कदमले काम गर्ला ?

नयाँ दिल्ली । भारतमा सरकारले संविधानको अनुच्छेद नै खारेज गरी जम्बु कश्मीरका अधिकार कटौतीमार्फत पूर्णतया केन्द्र शासित क्षेत्रमा रुपान्तरण गर्यो । अब जम्बु कश्मीर छुट्टै स्वतन्त्र राज्य रहेन । केन्द्र शासित दुई वटा प्रदेशमा जम्बु कश्मीरलाई रुपान्तरण गरिएको छ । सरकारले प्रदेश पुनर्गठनको प्रस्ताव समेत गरेको थियो । यो प्रस्ताव पनि राज्यसभाबाट पास भइसकेको छ… Continue reading जम्बु कश्मीर अब केन्द्र शासित प्रदेश, मोदी कदमले काम गर्ला ?

नागपन्चमी : किन पुजिन्छ नाग ?

काठमाडौं । सोमबार, श्रावण शुक्ल पञ्चमी । हरेक वर्ष यही तिथि पारेर नेपालमा नागपञ्चमी पर्व मनाइन्छ । यस दिन नागका विभिन्न आकृति सहितका तस्वीरलाई विशेष पूर्जाअर्चना गरी घरको मूलढोकामा टास्ने प्रचलन रहेको छ । अझ गाईको गोबरले नाग टास्दा राम्रो हुन्छ भन्ने मान्यता समेत रहेको छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर नाग, सर्प, बिच्छीजस्ता… Continue reading नागपन्चमी : किन पुजिन्छ नाग ?

रोममा एनआरएनए यूरोपेली बैठक, ९ देशका राजदूत एकै स्थानमा भेला

रोम । गैर–आवासीय नेपाली संघ (एनआरएनए) को १२ औं युरोपेली बैठक इटालीको रोममा सम्पन्न भएको छ । अगस्ट ३ र ४ तारीखमा संचालित बैठकमा नेपालको पर्यटन प्रवद्र्धन मूख्य एजेण्डाका रुपमा रहेको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ । बैठकमा विभिन्न ९ देशका लागि नेपाली राजदूतले भाग लिए । उनीहरुले नेपालमा लगानी प्रवद्र्धन, पर्यटन विकास र… Continue reading रोममा एनआरएनए यूरोपेली बैठक, ९ देशका राजदूत एकै स्थानमा भेला

कहिले आउँछ टिकटकको स्मार्टफोन ?

अब टिकटक आफैले स्मार्ट फोन निर्माण गर्ने भएको छ । भिडियो सेयरिङ एप टिकटक विश्वव्यापी रुपमा सफल भइरहेको छ । अब उसले आफ्नो सेवा बिस्तार गर्दै व्यवसायमा प्रवेशको योजना बनाएको हो । तथ्यांक अनुसार टिकटकका विश्वभर ५० करोडभन्दा प्रयोगकर्ता पुगिसकेका छन् । टिकटक विकास गरेको बाइटडान्स अब स्मार्टफोन निर्माण गरी व्यवसाय बिस्तारमा जुटेको हो ।… Continue reading कहिले आउँछ टिकटकको स्मार्टफोन ?

नेपाली सांगितिक क्षेत्रमा तीजको बाढी

काठमाडौं । नेपाली महिलाको महान चाड तीज शुरु हुन अझै करीव १ महिना बाँकि छ । तर, सांगितिक क्षेत्र भने तीजमय बनेको छ । नेपालमा मौसम अनुसार आउने गीत संगितमा सम्भवतः सबैभन्दा बढी बाढी तीजकै आउँछ । सबैजसो चर्चित लोक गायक गायिकाले यस मौसमको सदूपयोग गर्दै आफ्नो एल्वम निकाल्छन् । त्यसो त तीजमा नाम नचलेका… Continue reading नेपाली सांगितिक क्षेत्रमा तीजको बाढी

सुनको मूल्यले राख्यो कीर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । आइतबार ईतिहासमै सबैभन्दा उच्च मूल्यमा सुनको कारोबार भएको हो । नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला ६६ हजार ३ सय रुपैयाँ मूल्यमा पुगेको हो । तेजाबी सुनको मूल्य भने प्रतितोला ६६ हजार कायम भयो । शुक्रबार ६५ हजार ८ सयमा पुगी… Continue reading सुनको मूल्यले राख्यो कीर्तिमान

नेपाल एयरलाइन्सले दूर्गमका विमानस्थलमा थाल्यो परीक्षण उडान

काठमाडौं । नेपाल एयरलाइन्सले दूर्गम पहाडी तथा हिमाली भेगका विमानस्थलमा परीक्षण उडान शुरु गरेको छ । निगमको वाई१२इ जहाजबाट धमाधम परीक्षण उडान भइरहेको निगमले जानकारी दिएको छ । पर्यटन वर्ष २०२० का लागि सहयोग पु¥याउन भन्दै निगमले आफ्नो सक्रियता बढाएको उल्लेख गरेको छ । निगमले आन्तरिक उडान सुदृढ बनाउने लक्ष्यसहित साउन १८ मा चौरजहारी विमानस्थल… Continue reading नेपाल एयरलाइन्सले दूर्गमका विमानस्थलमा थाल्यो परीक्षण उडान

भूकम्पले भत्काएका ४ लाख २४ हजार घर पुनर्निर्माण सकियो

काठमाडौं । १२ वैशाख २०७२ को भूकम्प र त्यसपछिका परकम्पबाट प्रभावित ४ लाख २४ हजार ९७७ लाभग्राहीका घर निर्माण सम्पन्न भएका छन् । थप २ लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जानकारी दिएको छ । पुनर्निर्माण सम्पन्न र बनाउँदै गरेका सहित कुल ६ लाख ४४ हजार २९१ घर पुनर्निर्माणको प्रक्रियामा… Continue reading भूकम्पले भत्काएका ४ लाख २४ हजार घर पुनर्निर्माण सकियो

योगेश भट्टराईलाई सांसदका सुझाव : निस्कदा कुनै दाग नलागोस

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई सांसदहरुले मन्त्री पदबाट बाहिरिँदा कुनै दाग नबोकी निस्कने गरी काम गर्न सुझाव दिएका छन् । आइतबार अन्तरराष्टिय सम्बन्ध समितिको बैठकमा सहभागी भएको सबैजसो सांसदले मन्त्री भट्टराईसँग देशले ठूलो आशा गरेको भन्दै त्यसमा सफल हुन सुझाव दिएका हुन् । बैठकमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपाललाई संसारभरको… Continue reading योगेश भट्टराईलाई सांसदका सुझाव : निस्कदा कुनै दाग नलागोस

प्रधानमन्त्री स्वास्थ्य जाँच गर्न सिंगापुरमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका सिलसिलामा सिंगापुर पुगेका छन् । प्रधानमन्त्रीको नियमित स्वास्थ्य परिक्षणमा संलग्न निजी चिकित्सकहरुको सल्लाहमा उनी सिंगापुर गएका हुन् । शनिबार राती काठमाडौंबाट प्रधानमन्त्रीको टोली सिंगापुर लागेको हो । प्रधानमन्त्री सँगै श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत रहेका छन्… Continue reading प्रधानमन्त्री स्वास्थ्य जाँच गर्न सिंगापुरमा

टेक्सस गोलिकाण्ड : २० मारिए, दर्जनौं घाइते

टेक्सस । अमेरिकाको टेक्ससमा भएको गोलिकाण्डमा २० जना मारिएका छन् । कम्तिमा २६ जनालाई घाईते अवस्थामा अस्पताल पुर्याइएको छ । एक सपिंग मलमा भएको भयानक गोली काण्डमा ठूलो हताहती भएको हो । टेक्ससस्थित एल पासो क्षेत्रमा पर्ने सीएलओ वालमार्टमा यो गोली काण्ड भएको हो । यो अमेरिका र मेक्सिकोको सीमा नजिकै पर्ने क्षेत्र हो ।… Continue reading टेक्सस गोलिकाण्ड : २० मारिए, दर्जनौं घाइते

भारतमै उठ्यो तरकारीमा विषादी मुद्दा

काठमाडौं । भारतबाट नेपाल आउने तरकारी तथा फलफूलमा हानिकारक विषादी पाइएपछि सरकारले नाका मै त्यसको चेकजाँच गर्ने निर्णय गर्यो । केही समय कार्यान्वयन पनि भएपछि अचानक भारतले सन्धी सम्झौताको हवाला सरकारलाई उक्त निर्णय फिर्ता लिन बाध्य बनायो । अहिले भारतीय सीमा नाकाबाट निर्वाध रुपमा विषादीसहितको तरकारी र फलफूल भित्रिरहेको छ । यही मेसोमा स्वयमः भारतमा… Continue reading भारतमै उठ्यो तरकारीमा विषादी मुद्दा

मेसीलाई ३ महिनाको प्रतिवन्ध

दक्षिण अमेरिकी फुटबल प्रशासकीय निकाय दक्षिण अमेरिकी फुटबल संंघले विश्वचर्चित खेलाडी लियोनल मेसीमाथि ३ महिनाको प्रतिवन्ध लगाएको छ । साथै उनीमाथि ५० हजार अमेरिकी डलर जरिवानासमेत तोकिएको छ । अर्जेन्टाइन कप्तान मेसीले कोपा अमेरिका फूटबलको सेमिफाइनलमा ब्राजिलसँगको खेलपछि प्रशासकीय निकाय नै ब्राजिललाई जिताउन लागेको टिप्पणी गरेका थिए । प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा बीना… Continue reading मेसीलाई ३ महिनाको प्रतिवन्ध

६४ अर्बमा बन्ने भयो औद्योगिक पार्क

सांकेतीक तस्वीर

काठमाडौं । झापाको दमकमा औद्योगिक पार्क निर्माण गर्न लगानी बोर्डले लगानी स्वीकृत गरेको छ । बोर्डका अनुसार यो परियोजनाको लागत ६४ अर्ब रुपैयाँ रहेको छ । चीन–नेपाल फ्रेण्डसीप औद्योगिक पार्क निर्माण हुन लागेको हो । स्वीकृत भएको यो लगानी कार्यान्वयनमा आउँदा सम्भवतः अहिलेसम्मकै ठूलो विदेशी लगानी हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको… Continue reading ६४ अर्बमा बन्ने भयो औद्योगिक पार्क

नेपालको पानी विदेश निर्यातको तयारी

काठमाडौं । नेपालको पानी अब विदेशमा निर्यातको तयारी शुरु गरिएको छ । रुद्र गंगा नेचुरल वाटर कम्पनीले रसुवाबाट स्प्रिङ पानीको उत्पादन थालेको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त पानीको ब्राण्ड सार्वजनिक गरिएको हो । हिमालबाट बगेर आउने शुद्ध पानी प्रशोधन गरी उत्पादन थालिएको हो । खानेपानी मन्त्री बिना मगरले रसुवा ब्रान्डको पानी उत्पादन… Continue reading नेपालको पानी विदेश निर्यातको तयारी

राजधानीमै असुरक्षित मजदुर, मेलम्चीको पाइप भित्र निसास्सिएर मृत्यु

काठमाडौं । राजधानी भित्रैको विकास निर्माणको काम कति असुरक्षित तरिकाले भइरहेको छ भन्ने उदाहरण शुक्रबार एक डरलाग्दो घटनाले उजागर गरेको छ । काठमाडौंको बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई मजदुर निसास्सिएर मृत्युवरण गर्न बाध्य भएका छन् । पाइप सफा गर्न पाइप भित्र पसेका सप्तरी स्थायी घर भएका २५ वर्षीय सुरेश साह… Continue reading राजधानीमै असुरक्षित मजदुर, मेलम्चीको पाइप भित्र निसास्सिएर मृत्यु

भदौ १ बाट खुल्दैछन् अन्नपूर्ण वेशक्याम्पका होटेल

काठमाडौं । गत फागुनमा आएको हिमपात र वर्षाले भत्किएका होटेलको पुनर्निर्माण सकिएपछि अन्नपूर्ण वेशक्याम्पका होटेल पुनः संचालनको तयारी गरिएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का मिडिया संयोजक गोपाल श्रेष्ठले सार्वजनिक गरेको सूचना अनुसार १ भदौबाट अन्नपूर्ण वेशक्याम्पको पदयात्रामा जाने पाहुनाले होटेलमा बास बस्न पाउने भएका छन् । संसारकै व्यस्त पदयात्रा मार्गमध्ये यो पनि… Continue reading भदौ १ बाट खुल्दैछन् अन्नपूर्ण वेशक्याम्पका होटेल

मंसिर १४ मा हुने भयो उपनिर्वाचन

काठमाडौं । उपनिर्वाचन आगामी मंसिर १४ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबारको निर्णयले उपनिर्वाचनको मिति तय गरेको हो । आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले उपनिर्वाचनको मिति तय भएको जानकारी दिएका छन् । शनिवार पर्ने उक्त दिन सबै तहको निर्वाचन एकै पटक संचालन हुने भएको छ । देशभर ५० स्थानमा उपनिर्वाचन गर्नुपर्ने खरेलद्धारा जारी विज्ञप्तीमा… Continue reading मंसिर १४ मा हुने भयो उपनिर्वाचन

समुन्द्री मार्ग हुँदै भारत प्रवेश गरेका माल्दिभ्सका पूर्व उपराष्ट्रपति पक्राउ

भारतीय केन्द्रिय एजेन्सीले माल्दिभ्सका पूर्व उप राष्ट्रपति अहमद अदीब अब्दुल गफूरलाई नियन्त्रणमा लिएको छ । उनी गैरकानूनि रुपमा समुन्द्रि मार्गबाट भारत प्रवेश गरेका थिए । उनी भारत आउने कुनै सूचना नरहेको र अवैध रुपमा भारत प्रवेश गरेपछि पक्राउ गरिएको भारतीय अधिकारीहरुले पुष्टी गरेका छन् । उनी बिहीबार भारत पुगेका थिए । तूतीकोरिन समुन्दी तटबाट उनी… Continue reading समुन्द्री मार्ग हुँदै भारत प्रवेश गरेका माल्दिभ्सका पूर्व उपराष्ट्रपति पक्राउ

यमनमा सैन्य परेडमाथि आक्रमण, दर्जनौं हताहत

यमनमा एक सैन्य परेडमाथि आक्रमण हुँदा कम्तीमा ४७ जनाको निधन भएको छ । यमनका दक्षिणी पोर्ट सीटी अदनमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा ठूलो संख्यामा सैनिक मारिएका हुन् । अंतरराष्ट्रीय संचारमाध्यमहरुका अनुसार सैन्य शिविरमा परेड चलिरहेका बेला सिमाइल आक्रमण भएको थियो । सिमाइल आक्रमणमा परी ३६ जनाको निधन भएको र त्यसअघि भएको आत्मघाति विष्फोटमा ११ जना… Continue reading यमनमा सैन्य परेडमाथि आक्रमण, दर्जनौं हताहत

दलहरु आफ्नै अडानमा, संसद अवरोध कायमै

कठमाडौं । राजनीतिक दल आ-आफ्नो अडानमा टसमस नहुँदा व्यवस्थापिका संसदको अवरोध बिहीबार पनि कायम रह्यो । विहीबार सभामुख कृष्णबहादुर महराले सर्वदलीय बैठक आह्वान गरी संसदको अवरोध हटाउने प्रयास थालेका थिए । तर, सर्वदलीय बैठकमा दलहरु आफ्नो अडानमा टसमस भएनन् । सर्लाहीका दुई गोलीकाण्डका घटनामा संसदीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दलसहित मषेधवादी दलले… Continue reading दलहरु आफ्नै अडानमा, संसद अवरोध कायमै

१५ मंसिर अगाडी नै उपनिर्वाचनको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले आगामी १५ मंसिर अगावै उपनिर्वाचन सम्पन्न गर्न सरकार समक्ष सिफारिस गरेको छ। आयोगका अनुसार मध्य मंसिरभन्दा अगाडी नै उपनिर्वाचन सक्न सरकारलाई सिफारिस गरिएको छ । आयोगले उपनिर्वाचनको विषयमा प्रधानमन्त्रीसँग छलफल गरिसकेको छ । अब दलहरुसँगको छलफलमा मिति तयर गर्ने सरकारको छ । आयोगका अनुसार अहिले देशभर ५० स्थानमा उपनिर्वाचन गराउनु पर्ने… Continue reading १५ मंसिर अगाडी नै उपनिर्वाचनको सिफारिस

१८ वर्ष नपुगी मदिरा किन्न रोक

पर्वत । पर्वतमा मदिरा बिक्रिका लागि नयाँ मापदण्ड तोकिएको छ । अब १८ वर्ष नपुगेको किशोर किशोरीले मदिरा खरीद गर्न नपाउने भएको छन् । मदिराको अवैध कारोबार र यसको अधिक प्रयोगले यूवापुस्तामा आपराधिक गतिविधि बढ्दै गएपछि नयाँ मापदण्ड लागु गर्ने निर्णय भएको हो । मदिरा बिक्रि दिउँसोको समयमा समेत गर्न रोक लगाइएको छ । साँझ… Continue reading १८ वर्ष नपुगी मदिरा किन्न रोक