Author: Vishwanews.com

  • यसरी ल्याइदैछ विदेशबाट नेपाली, प्राथमिकता अनुसार खर्च यात्रु स्वयमले बेहोर्नुपर्ने

    यसरी ल्याइदैछ विदेशबाट नेपाली, प्राथमिकता अनुसार खर्च यात्रु स्वयमले बेहोर्नुपर्ने

    काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणका कारण विदेशमा अड्कििएका नेपालीलाई घर फिर्ता ल्याउन तयारी थालेको छ । शुक्रबार कोरोना भाइरससँग सम्बन्धित उच्चस्तरीय समितिले विदेशमा रहेका नेपाली फर्काउने कार्ययोजना पारित समेत गरेको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिले नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गर्दै कार्ययोजना पारित गरेको हो । सरकारले विदेशबाट फर्काउने नेपालीको प्राथमिकता अनुसारको सूची तयार पार्ने जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिएको छ।

    आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका तर आफन्तको मृत्यु भएका कारण काजक्रिया गर्न आउनुपर्ने अवस्थामा रहेका व्यक्तिहरुलाई समेटेर सम्बन्धित देशका दूतावासमार्फत् परराष्ट्रले ती देशबाट फर्काउनै पर्ने नेपालीको तथ्यांक संकलन गर्नेछ।

    यस्तै पर्यटन मन्त्रालयले उनीहरुलाई फर्काउनका लागि आवश्यक विमानको व्यवस्था गर्नेछ। नेपाली फर्काउँदा आफ्नै देशका विमान कम्पनीलाई प्राथमिकतामा राखिएको छ। यस अवस्थामा नेपाल एयरलाइन्सको जहाजको अधिकतम उपयोग गरिने भएको छ । करार अवधि सकिएका र रोजगारी गुमाएका व्यक्तिहरु, कोरोना बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य अवस्था भएका व्यक्तिहरु, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरु पनि घर फर्काउने प्राथमिकतामा छन्।

    भारतसहित विभिन्न देशबाट करीव १३ लाख नागरिक स्वदेश फर्किने आँकलन सरकारले गरेको छ । कतिपय श्रम गन्तव्य मुलुकले नेपाली नागरिकलाई आफैंले विमान चार्टर्ड गरेर फिर्ता पठाउने प्रस्तावसमेत पठाएका छन् ।

    उच्चस्तरीय समन्वय समितिका एक सदस्यका अनुसार स्वदेशबाट फर्किएका नागरिकलाई दुई सातासम्म काठमाडौंमा होल्ड गरेर आ आफ्नो जिल्ला पठाइने भएको छ । जिल्ला पठाउने सन्दर्भमा सातै प्रदेशका लागि फोकल पर्सन तोकिएका मन्त्रीहरुले सम्बन्धित जिल्ला प्रशासन र स्थानीय तहसँग समन्वय गरेर उनीहरुलाई पठाइने छ ।

    दुई सातासम्म काठमाडौंमा क्वारेन्टिनमा राख्नका लागि दुईथरी व्यवस्था गरिनेछ । होटल क्वारेन्टिनमा बस्न चाहनेले १४ दिनसम्म होटलमा बस्नुपर्नेछ । कुन होटलमा बस्ने भन्ने उनीहरुले पहिलेनै बुक गर्ने व्यवस्था हुनेछ । होटल क्वारेन्टिनमा बस्दा व्यक्ति आफैंले खर्च व्यहोर्नुपर्नेछ ।

    होटल क्वारेन्टिनको व्यवस्थापन पर्यटन मन्त्रालयले गर्नेछ । उनीहरुले १४ दिन क्वारेन्टिनमा बिताएर कोरोना परीक्षणपछि मात्र घर जान पाउनेछन् । त्यस्तै सार्वजनिक क्वारेन्टिनमा बस्नेको पनि परीक्षणपछि आ आफ्नो घर पठाइनेछ । प्रत्येक प्रदेशका अलग अलग क्वारेन्टिन बनाइने भएको छ ।

    स्वदेशबाट फर्किनेहरुको बर्गीकरण गरेर रोजगारी गुमाएर खर्चविहीन भएकाहरुलाई राज्यलेनै व्यवस्था गर्नेछ । अन्यले भने क्वारेन्टिनमा बस्दा आफ्नै खर्च गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ ।

  • प्रदेश र स्थानीय तहले कति-कति पाए बजेट ? (सूचीसहित)

    प्रदेश र स्थानीय तहले कति-कति पाए बजेट ? (सूचीसहित)

    काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/०७८ मा केन्द्र सरकार मार्फत प्रदेश र स्थानीय सरकारले पाउने अनुदान अनुदान रकम अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।

    आफ्नो वेबसाइटमार्फत केन्द्र सरकारले आगामी वर्ष समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरी चार शीर्षकमा प्रदेश र स्थानीय तहलाई कुल ३ खर्ब ६२ अर्ब ६३ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको बजेट सार्वजनिक गरेको हो।

    जसअनुसार अर्थ मन्त्रालयले ७ वटा प्रदेशलाई ९९ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    प्रदेश १ ले १५ अर्ब ११ करोड ३८ लाख रुपैैयाँ, प्रदेश २ ले १३ अर्ब ४० करोड ५९ लाख रुपैयाँ, वाग्मती प्रदेशले १४ अर्ब ८६ करोड ९८ लाख रुपैयाँ पाएका छन् ।

    यस्तै गण्डकी प्रदेशले १३ अर्ब ३५ लाख ९९ लाख, प्रदेश ५ ले १४ अर्ब ६ करोड ९६ लाख, कर्णाली प्रदेशले १४ अर्ब ८३ करोड ६५ लाख र सुदूरपश्चिम प्रदेशले १४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ पाएका छन् ।

  • कोरोना संक्रमण देखिएका थप एक जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो

    कोरोना संक्रमण देखिएका थप एक जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार भारतबाट फर्किदै गर्दा कृष्णनगर सीमामा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको हो।नेपाल प्रवेश भएसँगै जेठ ११ गते ती व्यक्तको नमुना लिइएको थियो।

    स्वाब परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको डा देवकोटाले जानकारी दिए। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का ३५ वर्षीय पुरुषको बाटोमा ज्यान गएको थियो ।

    बसमा सवार भएर आएका उनको अत्यधिक बन्ता गरेका कारण बोल्न नसक्ने अवस्थामा थिए। भारतवाट दुईवटा बस रिर्जभ गरेर आइतवार उनीसहित ९१ जना नेपाल प्रवेश गरेका थिए।

    उनको कपिलवस्तु ल्याएर पोस्टमाटम गरिएको थियो । त्यहीँबाट स्वाब निकालेर कोरोना परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको हो।

  • नेपालमा कोरोना संक्रमित संख्या १२ सय नाघ्यो

    नेपालमा कोरोना संक्रमित संख्या १२ सय नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशको विभिन्न ठाँउमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमितको संख्या थपिएको हो ।

    यससँगै नेपालमा संक्रमितहरुको संख्या १२ सय १२ पुगेको छ । एकै दिन सय जनाभन्दा बढी संक्रमित भेटिएको यो लगातार दोस्रो दिन बनेको छ। हिजो एकै दिन १ सय ५६ जना नयाँ संक्रमित थपिएका थिए।

  • महँगो हुने भयो पेट्रोलियम पदार्थ

    महँगो हुने भयो पेट्रोलियम पदार्थ

    काठमाडौँ । नेपालमा पेट्रोलियम पदार्थको मुल्यमा भारी वृद्धि हुने भएको छ । सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा लगाउँदै आएको भन्सार शुल्कमा थप १० रुपैयाँ बढाउने निर्णय गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट वक्तव्यमार्फत इन्धनको भन्सार शुल्क बढेको घोषणा गरेका हुन् ।

     

    अब सर्वसाधारणलाई मासिक थप पौने २ अर्ब रुपैयाँ भार थपिने भएको छ । बढेको भन्सार शुल्क शुक्रबारदेखि नै लागू भएको छ । निगमका अनुसार यसको असर तत्काल उपभोक्तामा नपरेपनि यसको असर अन्तिममा मुल्यमा पर्नेछ । अहिले भने निगमको लागत बढ्ने भएको छ ।

    पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ २० पैसा भन्सार शुल्क लाग्ने गरेकोमा आजबाट प्रतिलिटर २५ रुपैयाँ २० पैसा पुगेको छ । डिजेलमा प्रतिलिटर २ रुपैयाँबाट बढेर १२ रुपैयाँ र मट्टितेलमा पनि २ रुपैयाँबाट बढेर १२ रुपैयाँ शुल्क लाग्ने भएको छ ।

     

    यो दर अनुसार अब सरकारले पेट्रोलियम पदार्थबाट मात्र थप मासिक पौने २ अर्ब राजस्व उठ्ने भएको छ । सरकारले हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार चाहिँ हटाएको छ । यसले हवाइ भाडा केही कम हुनेछ ।

  • कर्मचारीको सेवा सुबिधा कटौती, जनप्रतिनिधिको यथावत

    कर्मचारीको सेवा सुबिधा कटौती, जनप्रतिनिधिको यथावत

    काठमाडौं । सरकारले कर्मचारीको सेवा सुबिधामा व्यापक कटौतीको घोषणा गरेको छ कोरोना रोकथाम र नियन्त्रणमा खटिने कर्मचारी बाहेक सबै कर्मचारीले यसअघि पाउदै आएको सबै प्रकारको भत्ता कटौती गरिएको अर्थ मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार आगामी वर्ष खर्च पुनरावलोकन आयोगको सिफारिस अनुसार अनावश्यक खर्च हुने शीर्षकको रकम कटौती गरिएको जानकारी गराए ।

     

    फर्निचर, सवारी साधन खरिद, भ्रमण, खाजालगायत खर्चमा समेत यो साल कटौती गरिएको उनले जनाए । कर्मचारीको सेवा सुबिधा काटेपनी अर्थमन्त्रीले उच्च पदस्थ पदाधिकारी र जनप्रतिनिधिको सेवा सुबिधा भने चलाउन सकेनन् ।

  • कालीमाटीका ११६ प्रहरीको कोरोना नेगेटिभ, अरुको रिपोर्ट आउन बाँकी

    कालीमाटीका ११६ प्रहरीको कोरोना नेगेटिभ, अरुको रिपोर्ट आउन बाँकी

    काठमाडौं । महानगरीय प्रहरी वृत्त कालीमाटी र सोही क्षेत्रमा कार्यरत ११६ प्रहरीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले एक सय १६ को नमूना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। थप ११५ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

    वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत्त सिल गरिएको छ । सिल गरिएपछि वृत्त र प्रभागसहित त्यहाँ रहेका ट्राफिक प्रहरीसमेत दुई सय ३१ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो।

    अब एक सय १५ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ। दुई सय ३१ जनाकै नमूना संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो।

    नमूना संकलन गरिएका सबै प्रहरी अहिले क्‍वारेन्टाइनमा छन्। उनीहरू सबै ब्यारेकभित्रै बसिरहेका छन्। कालीमाटी क्षेत्रको सुरक्षा जिम्मेवारी अन्य प्रहरी युनिटले गर्दै आएका छन् ।

  • भारतबाट फर्किदा बाटोमै मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

    भारतबाट फर्किदा बाटोमै मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

    काठमाडौं । भारतबाट अर्घाखाँची फर्किदै गर्दा बाटोमै मृत्यु भएका एक युवकमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ ।

    भारतको गुजरातबाट फर्किदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै मृत्यु भएका पुरुषमा कोरोना भएको पुष्टि भएको स्रोतले जनाएको छ ।

    अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का ३५ वर्षीय पुरुषको बाटोमा ज्यान गएको थियो ।

    बसमा सवार भएर आएका उनको अत्यधिक बन्ता गरेका कारण बोल्न नसक्ने अवस्थामा थिए। भारतवाट दुईवटा बस रिर्जभ गरेर आइतवार उनीसहित ९१ जना नेपाल प्रवेश गरेका थिए।

    उनको कपिलवस्तु ल्याएर पोस्टमाटम गरिएको थियो । त्यहीँबाट स्वाब निकालेर कोरोना परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

    भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको हो ।

  • २०७७/७८  का लागि आर्थिक बृद्धिदरको लक्ष्य ७ प्रतिशत, बजेटको पूर्णपाठ

    २०७७/७८ का लागि आर्थिक बृद्धिदरको लक्ष्य ७ प्रतिशत, बजेटको पूर्णपाठ

    काठमाडौं । सरकारले आर्थिक बर्ष २०७७/७८ का लागि ७ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत आगामी आबका लागि ७ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य लिएका हुन् । आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।

    संघीय प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको लागि उक्त परिमाणको बजेट विनियोजन गरेको जानकारी दिएका हुन्।

    बजेटका स्रोतमध्ये राजस्वबाट रु. ८ खर्ब ८९ अर्ब, वैदेशिक अनुदानबाट रु. ६० अर्ब, विदेशी ऋणबाट रु. २ खर्ब ९९ अर्ब र स्वदेशी ऋणबाट रु. २ खर्ब ५५ अर्ब जुटाइने छ ।

    कोरोनाभाइरस महामारीका कारण अर्थतन्त्र खुम्चिएको र आम्दानीका स्रोतहरु प्रभावित भएकाले चालु आवको तुलनामा आगामी वर्षको बजेट घटेको छ ।

    चालु आबको बजेट रु. १५ खर्ब ३० अर्ब रहेको थियो ।

  • १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन

    १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन

    काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।

    संघीय प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको लागि उक्त परिमाणको बजेट विनियोजन गरेको जानकारी दिएका हुन्।

    कुल विनियोजनमध्ये चालूतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४.४ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड अर्थात् ११.७ प्रतिशत रहेको छ।

    आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड व्यहोर्दा ५ खर्ब २४ अर्ब ५० करोड न्यून हुने मन्त्री खतिवडाले जानकारी दिए।

    उनका अनुसार सो न्यूनपूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड ऋण जुटाइनेछ।

    राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा पनि नपुग हुने खुद २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने मन्त्री खतिवडाले बताए।

    अर्थमन्त्री डा. खतिवडाले अर्थमन्त्रीका रुपमा लगातार तेस्रो बजेट ल्याएका हुन्। चालू आर्थिक वर्षका लागि उनले गत वर्ष १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरेका थिए। जसमध्ये चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख (६२.४ प्रतिशत), पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख (२६.६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख (११ प्रतिशत) विनियोजन गरिएको थियो।

  • नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो

    नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशको विभिन्न ठाँउमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमितको संख्या थपिएको हो ।

    देवकोटाका अनुसार बिहीबार दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी १४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका हुन्।

    योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १ हजार ४२ पुगेको छ। अहिलेसम्म ५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने १८७ जना निको भएका छन्।

    यो सहित नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।

  • कोराना महामारी: कस्तो छ सार्क राष्ट्रको अवस्था ?

    कोराना महामारी: कस्तो छ सार्क राष्ट्रको अवस्था ?

    काठमाडौं । नेपालमा बुधबारसम्म स्वास्थ्य मन्त्रालयले पुष्टि गरे अनुसार ८ सय ८६ जनामा संक्रमण देखिएको छ । बुधबार एकैदिन १ सय १४ जनामा संक्रमण देखिएको थियो। अहिलेसम्म ४७ जिल्लामा संक्रमण देखिइसकेको छ।

    त्यस्तै, १ सय ८३ जना संक्रमणमुक्त भइसकेका छन् भने ४ जनाको भने मृत्यु भएको छ। सार्कदेशमा देखिएको संक्रमण सबैभन्दा कम भुटानमा रहेको छ । भुटानमा संक्रमितको संख्या २८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ६ छ।

    सबैभन्दा धेरै भारत रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८६ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ४ हजार ५ सय ३४ पुगेको छ। भारतमा हालसम्म ६७ हजार ७ सय ४९ संक्रमित संक्रमणमुक्त भएका छन्।

    पाकिस्तानमा हालसम्म ५९ हजार १ सय ५१ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा १ हजार २ सय २५ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म १९ हजार १ सय ४२ जना उपचारपछि निको भएका छन्।

    श्रीलंकामा संक्रमितको संख्या १ हजार ४ सय ६९ छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १० छ भने निको हुनेको संख्या ७३२ छ।

    बंगलादेशमा कोरोना संक्रमितको संख्या ३८ हजार २ सय ९२ पुगेको छ। बंगलादेशमा हालसम्म ५ सय ४४ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ७ हजा ९ सय २५ छ।

    अफगानिस्तानमा संक्रमितको संख्या १२ हजार ४ सय ५६ पुगेको छ। अफगानिस्तानमा २ सय २७ जनाको मृत्यु भइसकेको छ भने १ हजार १ सय ३८ जना उपचारपछि निको भएका छन्।

    माल्दिभ्समा संक्रमितको संख्या १ हजार ४ सय ५७ छ। मृत्यु हुनेको संख्या ५ छ भने उपचारपछि निको हुनेको संख्या १९७ पुगेको छ।

  • प्रदेश २ : धनुषाका २९ सहित थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

    प्रदेश २ : धनुषाका २९ सहित थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । प्रदेश दुईका थप ७४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

    स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत विजय झाले आज बिहान थप ७४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

    वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    थपिएका संक्रमितहरूमा धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४ सर्लाहीका ७, सिरहाका ६ र रौतहटका ३ जना रहेका छन्।

  • अफ्रिकी रैथाने सलह नेपाल छिर्ने सम्भावना, कृषि बालीमा उच्च जोखिम

    अफ्रिकी रैथाने सलह नेपाल छिर्ने सम्भावना, कृषि बालीमा उच्च जोखिम

    काठमाडौं । अफ्रिकाको रैथाने सलह प्रजातीको विनासकारी किरा नेपाल आउन सक्ने सम्भावना बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अफ्रिकामा उत्पत्ती भएको यो किरा इरान, पाकिस्तान, भारत हुँदै नेपालतर्फ आउने सम्भावना छ । फट्याङ्ग्रा प्रजातिमा पर्ने यो किरा प्रवेश गर्यो भने हरियो बालिनाली सखाप पार्छ । त्यसले ठूलो खाद्य संकट निम्त्याउन सक्ने चेतावनी मन्त्रालयको रहेको छ । किरा अहिले भारतको नयाँ दिल्ली आसपास रहेको बताइएको छ । यो किरा ठूलो झुण्ड बनाएर उड्छ । हजारौं किरा एक साथ आउँदा त्यसले आकासमा बादल लागेको जस्तै भान हुन्छ ।

    नेपालमा यसअघि ६० वर्ष पहिले यस्तो सलहको झुण्ड आएको थियो । काठमाडौं उपत्यका र आसपासका जिल्लामा सलहले ठूलो क्षति पुर्‍याएको मन्त्रालयले जनाएको छ । सलहको सम्भावित प्रकोप रोकथामका लागि सरकारले पाँच सदस्यीय प्राविधिक समिति गठन समेत गरेको छ । समितिले नेपाल नजिकै आएको सलहको झुण्ड नेपाल पसे त्यसले पुर्‍याउन सक्ने क्षतिको आकलन र क्षति न्यूनीकरणको पूर्वतयारीका बारेमा योजना बनाउने जिम्मेवारी पाएको छ ।

    समितिलाई विषादीको मौज्दात हेरेर आयात आवश्यक देखिए त्यसको पनि तयारी गर्न समेत कार्यभार दिइएको छ । पाकिस्तानबाट हावाको चापसँगै पूर्व मडारिएको सलहको विशाल झुण्ड भारतको गुजरात, मध्यप्रदेश, राजस्थान, महाराष्ट्र हुँदै अहिले नयाँदिल्ली नजिक पुगेको मन्त्रालयले उल्लेख गरेको छ । पश्चिमी वायुको चापले यसलाई सुदूरपश्चिम प्रदेशबाट नेपाल प्रवेश गराउन सक्ने भन्दै मन्त्रालय यसको रोकथाममा जुटेको हो ।

  • २४१ कैदीको सजाय मिनाहा

    २४१ कैदीको सजाय मिनाहा

    काठमाडौं । आज सरकारले २४१ जना कैदीको कैद सजाय मिनाह गरिदिएको छ । गणतन्त्र दिवसको अवसरमा २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा र आठ जना व्यक्तिको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायत सजायँ माफ गरिएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद सजायँ मिनाहा तथा दण्ड जरिवाना माफी दिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

    रामबहादुर भन्ने रमेश विश्वकर्मासमेत २३३ जना कैदीको बाँकी कैद सजायँ माफी मिनाहा गरिएको हो । कपिल देव साह कानूसमेत आठ जना व्यक्तिहरुलाई बिभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट बिभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, विगो, सर्वस्वलगायतको सजाय माफी भएको कार्यालयको विज्ञप्तीमा उल्लेख छ ।

    गणतन्त्र दिवसका उपलक्ष्यमा कैद अवस्थामा रहँदा असल व्यवहार देखाउने र ५० प्रतिशतभन्दा बढी कैद सजाय भुक्तानी गरिसकेको मध्येबाट सजाय माफ गर्ने प्रावधान रहेको छ । आज नेपाल तथा विदेशमा रहने नेपालीले समेत गणतन्त्र दिवस मनाउँदैछन्

  • आज संघीय सरकारको बजेट, कम स्रोत र बढ्दो अपेक्षाबीच अग्नीपरिक्षामा अर्थमन्त्री

    आज संघीय सरकारको बजेट, कम स्रोत र बढ्दो अपेक्षाबीच अग्नीपरिक्षामा अर्थमन्त्री

    काठमाडौं । आज नेपाल सरकारले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७\७८ को वार्षिक बजेट प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले लगातार तेस्रो आर्थिक वर्षका लागि बजेट पढ्ने शौभाग्य पाएका छन् । बिहीबार दिउँसो ४ बजेट बजेट वक्तत्व संसदका दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्रीबाट प्रस्तुत हुने संसद सचिवालयले जानकारी दिएको छ ।

    बजेट लगत्तै संसदको अर्को बैठक समेत आह्वान गरिएको छ । संभवतः उक्त बैठकमा भने संविधान संशोधनको प्रस्ताव जाने छ । यसअघि बुधबारको बैठकमा संविधान संशोधनको प्रस्ताव जाने भनिएपनि तयारी नपुगेको भन्दै दलहरुले समय मागेपछि रोकिएको थियो । सरकारले नयाँ नक्सा सार्वजनिक गरेसँगै त्यसलाई संविधानमा अनुवन्ध गर्न संविधान संशोधन गर्न लागिएको हो । त्यसका लागि दुई तिहाई बहुमत चाहिन्छ ।

    आज आउने बजेटले कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई माथि उकास्ने गरी केही युगान्तकारी घोषणाको अपेक्षामा जनता छन् । खासगरी २० लाख भन्दा बढी मानिसलाई नयाँ रोजगारीको खाँचो यो वर्ष पर्नेछ । कृषिमा आत्मनिर्भर बनाउने योजना अनुसारको कार्यक्तम ल्याउनु पर्ने माग समेत उठेको छ । तर, समग्रमा सरकारसँग आर्थिक जोहो गर्ने स्रोतको भने कमि छ । यसअवस्थामा अर्थमन्त्री आज अग्नी परिक्षामा हुनेछन् । किनकी यसअघिका दुई बजेटमा खासै जनताको मन जित्न नसकेका उनीमाथि लाग्दै आएको आरोप पखाल्ने मौका समेत उनले पाएका छन् । यस वर्ष करीव १६ खर्ब हाराहारीको बजेट आउने अपेक्षा गरिएको छ ।

  • आज १३ औं गणतन्त्र दिवस, दिपावली गर्न सरकारको आह्वान

    आज १३ औं गणतन्त्र दिवस, दिपावली गर्न सरकारको आह्वान

    काठमाडौं । आज नेपालमा गणतन्त्र दिवस मनाइदैछ । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । सरकारले यस दिनको उपलक्ष्यमा दिपावली गर्न समेत आम जनतासँग आह्वान गरेको छ । जनआन्दोलन २०६२\६३ को बलमा आम निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

    दुई सय ३८ वर्ष लामो शाहवंश राज शासनको अन्त्य भई त्यस दिन देखि नेपालमा जनताको छोराछोरी पनि सर्वोच्च तहमा पुग्न सक्छन् भन्ने सन्देश प्रवाह भएको थियो । यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले औपचारिक समारोह भने आयोजना गरेन् । यसअघि २०७२ साल जेठ १५ मा समेत गणतन्त्र दिवस मनाइएको थिएन् । त्यसदिन सो वर्ष आएको विनासकारी भूकम्पले पुर्याएको जनधनको क्षतिको शोकमा गणतन्त्र दिवस नमनाउने निर्णय भएको थियो ।

    गणतन्त्र पछिका दिनहरु अपेक्षित सहज हुने अनुमान जनतको थियो । तर, त्यसअनुसार सरकारहरुले काम गर्न नसकेपछि यस व्यवस्थाप्रति पनि जनतको निरासा भने बढ्दो छ । यद्दपी पात्र खराब हुन सक्छन्, व्यवस्था राम्रो भनि सुद्धिकरणमा लाग्नुपर्छ भन्ने चेतसमेत जनतामा आइसकेको छ ।

  • नेपालमा एक दिनमा अहिलेसम्म कै धेरै सङ्क्रमित भेटिए, कुल बिरामी ९ सयभन्दा माथि

    नेपालमा एक दिनमा अहिलेसम्म कै धेरै सङ्क्रमित भेटिए, कुल बिरामी ९ सयभन्दा माथि

    काठमाडौं । नेपालमा बुधबार सर्वाधिक सङ्ख्यामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन उक्त संख्‍यामा कोरोनाका बिरामी भेटिएका हुन् । बुधबार थपिएको सङ्ख्यासँगै नेपालमा कुल संक्रमित संख्या ९०१ पुगेको छ ।

    मन्त्रालयको तथ्यांक अनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखियो । उनीहरु सबै सप्तरीका हुन् ।

    कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखियो । हेटौंडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले उल्लेख गरेको छ ।

    पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखियो । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामा कोरोना देखियो ।

    भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखियो । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

    बुधबार कर्णालीमा पनि १५ जनामा कोरोना पुष्टि भएको छ । वीरेन्द्रनगरको प्रयोगशालामा भएको परीक्षणबाट १५ जनामा पोजेटिभ देखिएको हो

  • ललितपुरमा कोरोना सङ्क्रमितको मृत्यु, नेपालमा ज्यान गुमाउनेको सङ्ख्या ५ पुग्यो

    ललितपुरमा कोरोना सङ्क्रमितको मृत्यु, नेपालमा ज्यान गुमाउनेको सङ्ख्या ५ पुग्यो

    नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित थप एक बिरामीको ज्यान गएको छ । ललितपुरमा एक जनाको मृत्यु भएको हो। अब नेपालमा कोरोनाबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५ पुगेको छ ।

    ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । अस्पताल स्रोतका अनुसार उनमा कोरोना पोजेटिभ थियो ।

    ललितपुरकी साम्सद पम्फा भुसालले समेत कोरोनाका कारण ललितपुरमा एक जनाको ज्यान गएको पुष्टि गरेकी छिन् ।

    उनको कोरोना परिक्षणको रिपोर्ट बुधबार आएको थियोे जसमा नतिजा पोजेटिभ थियो । उनी दीर्घरोगी रहेको बताएको छ ।

  • रुकुम घटनामा हराइरहेका तीन मध्ये एक जनाको शव फेला

    रुकुम घटनामा हराइरहेका तीन मध्ये एक जनाको शव फेला

    रुकुम । पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा घटेको घटनामा हराइरहेका तीन जना मध्ये एक जनाको शव बुधबार फेला परेको छ । जाजरकोटको भेरी नगरपालिका ११ कुदुका लोकेन्द्र सुनारको शव भेरी नदीको किनारमा फेला परेको प्रहरीले पुष्टी गरेको छ । उनको शव घटनास्थलबाट करिब १० किलोमिटर तल कुदु भन्ने स्थानमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकका परिवार र आफन्तले लोकेन्द्रको शव फेला पारेका हुन् ।

    अब रुकुम पश्चिममा भएको मानवीय नरसंहारमा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा र चौरजहारीका टीकाराम सुनारको यस घटनामा ज्यान गइसकेको छ । भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही र वडा नम्बर ४ का सन्दीप विक भने अझै हराइरहेका छन् ।

    प्रहरीले बुधबारबाट गोताखोर परिचालन गरी खोजी शुरु गरेको छ । जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक आफ्नी प्रेमिकालाई भगाउन रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गएको बेला स्थानीयको आक्रमणमा परेका थिए । उनीहरु १९ जनाको टोलीमा थिए । ज्यान जोगाउन नवराजसहित युवाहरु भेरी नदीमा हाम फालेका थिए । घटनामा प्रहरीले १२ जनालाई पक्राउ गरिसकेको छ ।

    (photo:The Kathmandu Post)

  • नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८३ पुग्यो

    नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८३ पुग्यो

    काठमाडौं । नेपालमा थप ७ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिएका जानाकारी अनुसार पछिल्लो पटक कोशी अस्तपालका बाट ४ जना र बाँकेको शुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन् ।

    यो सहित कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १८३ पुगेको छ। यसअघि नारायणी अस्पतालबाट २१ जना डिस्चार्ज भएका थिए।

    नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ। कुल संक्रमितमध्ये हालसम्म नेपालमा ४ जनाको मृत्यु भएको छ।

  • नेपालमा एकै दिन थपिए सर्वाधिक संक्रमित, कुल संक्रमण ८८६ मा

    नेपालमा एकै दिन थपिए सर्वाधिक संक्रमित, कुल संक्रमण ८८६ मा

    काठमाडौं । नेपालमा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

    यो सहित नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ। एकैपटक यतिधेरै संख्यामा नेपालमा कोरोना संक्रमित थपिएको यो नै पहिलो पटक हो।

    मंगलबार मात्रै देशभर ९० जना कोरोना संक्रमित थपिएका थिए। भारतमा अड्किएका नेपाली दिनको हजारौँका दरले आउन थालेपछि कोरोना संक्रमित पनि तीव्रगतिमा बढेका हुन्। भारतले रेल सेवा सञ्‍चालन गरेर त्यहाँ रहेका नेपालीलाई सीमा क्षेत्रमा ल्याएर छाडिदिने गरेको छ।

    कुल संक्रमितमध्ये हालसम्म नेपालमा ४ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये १८३ जना उपचारपछि निको भएका छन्।

  • स्वास्थ्य मन्त्री काममा फर्किए, पिसिआर रिपोर्ट नेगेटिभ

    स्वास्थ्य मन्त्री काममा फर्किए, पिसिआर रिपोर्ट नेगेटिभ

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। उनले महाराजगञ्‍जस्थित शिक्षण अस्पतालमा भर्ना भएका एकजना कोरोना संक्रमितलाई भेटेका थिए । बिरामीमा कोरोना संक्रमण पुष्टी भएपछि मन्त्री ढकाल होम क्‍वारेन्टाइनमा थिए । उनको मंगलबार कोरोना परीक्षण गरिएको छ । जसमा रिपोर्ट नेगेटिभ आएको छ । त्यसपछि भने उनी मंगलबार नै काममा फर्किए ।

    मन्त्री ढकाललाई कोरोना संक्रमणको आशंकामा मंगलबार बिहान स्वाव परीक्षण गरिएको थियो। पिसिआर विधिबाट गरिएको परीक्षण नेगेटिभ आएको मन्त्रालयले स्रोतले जानकारी दिएको छ ।

  • अमेरिकामा कोरोनाबाट १ लाख माथि मृत्यु

    अमेरिकामा कोरोनाबाट १ लाख माथि मृत्यु

    काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा ज्यान गुमाउने संक्रमितको संख्या १ लाख नाघेको छ । मंगलबार एकै दिन ७ सय ४० जनाको ज्यान गएसँगै अमेरिकामा ज्यान गुमाउने कुल संख्या १ लाख भन्दा माथि नाघेको हो । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा एक लाख ५ सय ४५ जनाको ज्यान गईसकेको छ। यस मुलुकमा १७ लाख २५ हजार ३ सय ४७ कोरोना संक्रमित रहेका छन् । अमेरिकामा हालसम्म ४ लाख ७८ हजार २ सय २५ जनाले भने कोरोनालाई जित्न सफल भएका छन् ।

    अमेरिकापछि संक्रमितको दृष्टिकोणबाट ब्राजिल अगाडी आएको छ । यहाँ हालसम्म ३ लाख ९१ हजार २ सय २२ जनामा संक्रमण पुष्टी भइसकेको छ । ब्राजिलमा २४ हजार ५ सय १२ जनाले ज्यान गुमाइसेका छन्। रुसमा संक्रमितको संख्या ३ लाख ६२ हजार ३ सय ४२ रहेको छ । यहाँ ३ हजार ८ सय ७ जनाको मृत्यु भएको तथ्यांक छ । स्पेनमा हालसम्म २७ हजार १ सय १७ को ज्यान गएको छ। यस मुलुकमा २ लाख ८३ हजार ३ सय ३९ जनामा संक्रमण छ । बेलायतमा ३७ हजार ४८ जनाको ज्यान गएको छ । यस मुलुकमा २ लाख ६३ हजार २ सय २७ जनामा संक्रमण छ ।

    भारतमा संक्रमित हुनेको संख्या एक लाख ५० हजार नाघेको छ। ४ हजार ३ सय ४९ जनाको ज्यान गएको छ। विश्वभर संक्रमितको संख्या ५६ लाख ७७ हजार ७७ रहेको छ। मंगलबार संसारभर एकै दिन ९३ हजार ३० संक्रमित थपिएका छन्। नेपालमा ७७२ जनामा कोरोना देखिएको छ । ४ जनाको ज्यान गएको छ । १७६ जना भने डिस्चार्ज भएका छन् ।

  • एडीबीले नेपाललाई दिने भयो ३० अर्ब ऋण सहायता

    एडीबीले नेपाललाई दिने भयो ३० अर्ब ऋण सहायता

    काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई दिने ३० अर्ब रुपैयाँ (२५ करोड डलर) ऋण सहायता स्वीकृत गरेको छ । एडीबीले मंगलबार यस्तो जानकारी गराएको हो । कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर ऋण सहायता स्विकृत भएको बताइएको छ । सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड १९का कारण परेको आर्थिक तथा सामाजिक क्षति न्यूनीकरण गर्न यो रकम उपलब्ध गराइएको एडीबीले जनाएको छ ।

    एसियाली विकास बैंकका अध्यक्ष मसास्टुगु असकावाले प्रतिकुल अवस्थामा बैंक सबै नेपालको साथमा रहने बताएका छन् । उनले सहुलियतपूर्ण ऋण सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका गतिविधिमा लगाउन सक्ने समेत जानकारी गराएका छन् । गरिब र विपन्न वर्गका लागि सामाजिक संरक्षण कार्यक्रम बिस्तार गर्न र तीब्र आर्थिक पुनरुत्थानमा जान समेत यो ऋण सहायता महत्वपूर्ण सावित हुन सक्ने उनको भनाई छ ।

    यो रकमबाट प्रदेश प्रदेशमा कम्तिमा २ लाख क्षमताको क्वारेन्टाइन निर्माण तथा दैनिक ३ हजार मानिसलाई कोरोना परीक्षणको दायरामा ल्याउन सहयोग पुग्ने बैंकको विश्वास छ । एडीबीले यसअघि नेपाललाई कोरोनासँग जुध्न ३ लाख डलर सहयोग गरिसकेको छ ।

  • पर्साबाट एकै पटक २१ जना डिस्चार्ज

    पर्साबाट एकै पटक २१ जना डिस्चार्ज

    वीरगन्ज । कोरोना कहरका बीच पर्सामा एकै पटक २१ जना डिस्चार्ज भएका छन् । कोभिड–१९ संक्रमित उनीहरुको लगातार दोस्रो रिर्पोट नेगेटिभ आएको छ । सोहीकारण नारायणी कोभिड अस्पतालको एक शाखा गण्डक अस्पतालले मंगलबार राती डिस्चार्ज गरेको हो । गण्डक अस्पतालबाट डिस्चार्ज भएका व्यक्तिलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरे ।

    यस अस्पतालमा ६ महिलासहित ३० जना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो । त्यसमध्ये २१ जना निको भए । अब ९ जनाको उपचार भइरहेको छ । यसअघि नारायणी अस्पतालबाट ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । आइतबार १८ जना र सोमबार ४३ जना डिस्चार्ज भएका थिए । मंगलबार सम्म कुल १५५ जनाले कोरोना जितेकोमा अब कोरोनालाई जित्ने बिरामीको संख्या १७६ पुगेको छ ।

    पर्सामा ३ हजार ८० जनाको थ्रोट स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइएको थियो । अहिलेसम्म २९ सय ५५ जनाको रिपोर्ट आएको छ । मंगलबार मात्र १ सय जनाको नमुना संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।बिरामी डिस्चार्ज भएपछि अहिले पर्सास्थित ७० बेड क्षमताको नारायणी अस्पताल खाली भइसकेको छ ।

  • क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडा अध्यक्षको ज्यान गयो, कोरोना परिक्षण हुँदै

    क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडा अध्यक्षको ज्यान गयो, कोरोना परिक्षण हुँदै

     कन्चनपुर । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडा अध्यक्षको ज्यान गएको छ । कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुष्टि गरेको छ ।

    उनी आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका थिए । काम गर्दागर्दै एक्कासी बेहोस भएका उनलाइ सेती प्रादेशिक अस्पतालमा पुर्याएपछि मृत घोषणा गरिएको थियो । उनी ५८ वर्षीय हुन् ।

    अब उनको कोरोना परिक्षण गरिदैछ । पछिल्लो समय नेपालमा कोरोना आशङ्का नहुदै धेरै बिरामीको ज्यान गइरहेको छ ।

  • प्रेमिका भगाउन पुगेका एक दलित युवासहित तीनको गयो ज्यान, संसदमा हंगामा

    प्रेमिका भगाउन पुगेका एक दलित युवासहित तीनको गयो ज्यान, संसदमा हंगामा

    काठमाडौं । अन्तरजातीय प्रेम र भागी विवाहका लागि गएका युवाको हत्या भएपछि यतिबेला नेपालमा व्यापक विरोध शुरु भएको छ । गत शनिबार पश्चिम रुकुमको चौरजहारीमा जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकको हत्या भएको थियो । उनीसँगै गएका अन्य २ जनाको शव भेरी नदीमा भेटिएको थियो । उक्त घटनामा जोडिएका ३ जना बेपत्ता रहेका छन् । २१ वर्षिय विकलाई आफ्नी १७ वर्षिय प्रेमिकाले आफुलाई भगाउन उक्त गाउँ बोलाएकी थिइन् ।

    सोहीकारण उनी १९ जनाको टोली लगेर गाउँ गएका थिए । तर, प्रेमिकाको परिवारले स्थानीयलाई बोलाएपछि दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । गृहमन्त्री रामबहादुर थापाका अनुसार घटनामा ३ जनाको शव फेला परेको थियो । यस घटनाको छानविनका सम्बन्धमा उच्चस्तरीय समिति समेत गठन भएको छ । समितिले दुई साता भित्र प्रतिवेदन दिने गृहमन्त्री थापाले जानकारी दिए । दलित युवा र उनका साथीको हत्या भएपछि मंगलबार नेपाल दलित विद्यार्थी संघले दिउँसो राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

    मंगलबारको संसद बैठकमा पनि सांसदहरूले घटनाबारे छानबिन गर्न माग गरे । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न सरकारलाई आग्रह गरेको छ । संसदमा सांसदहरुले संसदीय छानविनको माग गर्दै हंगामा मच्याएका थिए । यस घटनाले आधुनिक जमानामा समेत छुवाछुतको पराकाष्ट जनाएको भन्दै नेपालमा व्यापक विरोध भएको छ ।

  • जापानको फुकुओकामा पहिलो पटक नेपाल एयरलाइन्स पुग्दै

    जापानको फुकुओकामा पहिलो पटक नेपाल एयरलाइन्स पुग्दै

    काठमाडौं । मंगलबार राती नेपाल एयरलाइन्स जापानको फुकुओकातर्फ उड्दैछ । नेपालबाट नेपाली विद्यार्थीलाई लिएर पहिलो पटक नेपाल एयरलाइन्स यो शहरमा जान लागेको हो । यसअघि नेपाल एयरलाइन्स नारिता र ओशाकामा पुगेको थियो । लकडाउनका कारण नेपालमै अड्किएका दुई जापानीसहित प्रवासी नेपालीलाई लिएर नेपाल एयरलाइन्सको चार्टर्ड विमान जापानको क्युसुको फुकुओकातर्फ उड्न लागेको नेपालको सरकारी समाचार समिति राससले जनाएको छ । नेपाल एयरलाइन्सको जहाजमा २६४ जना नेपाली छन् ।

    उनीहरु जापानमा विद्यार्थी र कामदार भिसामा कार्यरत रहेका बेला बिदामा नेपाल आएका थिए । नेपालमा लकडाउन भएपछि यतै रोकिएकाहरुलाई सरकारको अनुमतिपछि मार्गिक ट्राभल्स एण्ड टुर्स र रेसेन्ट एण्ड रिदम ट्राभल्स एण्ड टुर्सले चार्टर्ड फ्लाईटको व्यवस्थापन गरेको हो । मार्गिक ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक पर्शु बस्नेतका अनुसार २ जना जापानिजसहित २६६ यात्रु लिएर नेपाल एयरलाइन्स मंगलबार राति ११ बजे पहिलोपटक जापानको क्युसुको फुकुओका उडन लागेको हो । जहाज बुधबार बिहान ८ बजे जापान पुग्नेछ । सबै यात्रुसँग ११ सय डलरमात्रै भाडा लिइएको छ ।

    सो समितिले जापानको नियम(कानूनअनुसार यात्रुहरुको व्यवस्थापन गर्ने बस्नेतले जानकारी दिए । यसअघि गत मे २४ मा टोकियोका लागि उडान भएको थियो । फुकुओकामा हुने उडान क्युसु क्षेत्रकै पहिलो चार्टड फ्लाईट हो । नारितामा भने नेपाल एयरलाइन्सले नियमित उडान समेत गर्छ ।

  • आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने, कोरोनाले अर्थतन्त्र प्रभावित

    आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने, कोरोनाले अर्थतन्त्र प्रभावित

    काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.३ प्रतिशत रहने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मङ्गलबार संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन-२००७६/७७ पेश गर्दै यस्तो जानकारी गराएका हुन् । फागुनसम्म अर्थतन्त्रका धेरै परिसूचक सकारात्मक रहेको भए पनि कोरोनाका कारण त्यसपछि नकारात्मक प्रभाव देखिन थालेको उनले जानकारी गराए ।

    केन्द्रिय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने विभागको भन्दा ०.०३ प्रतिशत बढाएर अनुमान सार्वजनिक गरेको छ ।  सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो ।

    गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको ६.७५ प्रतिशत आर्थिक वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा भने ६.३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएको थियो ।

    कोरोनाले खासगरी सेवा क्षेत्रको वृद्धिदरलाई नराम्रोसँग प्रभावित बनाएको हो । व्यापार समेत प्रभावित बनाएको छ ।