Author: Vishwanews.com

  • शनिबार बुटवलमा पनि निको भए १० संक्रमित

    शनिबार बुटवलमा पनि निको भए १० संक्रमित

    बुटवल । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा यस रोगलाई पराजित गर्ने बिरामीको संख्या समेत बढ्दो छ । शनिबार वीरगन्जमा ९ जना डिस्चार्ज भएका थिए ।

    साँझ बुटवलमा थप १० जना बिरामी डिस्चार्ज भएका छन् । शुक्रबार समेत बाँकेको खजुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना डिस्चार्ज भएका थिए । शनिबार साँझ बुटवलको कोरोना विशेष अस्पतालबाट एकैपटक १० जना कोरोना संक्रमित निको भएर घर फर्किएको अस्पतालले जनाएको छ ।

    यसरी निको भएका सबै कपिलवस्तुका हुुन्। दुई साता अघि अस्पताल भर्ना संक्रमितको लगातार दुई पटकको रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । बुुटवल धागो कारखानस्थित कोरोना विशेष अस्पतालमा कोरोना संक्रमितलाई राखिएको छ । धागो कारखानको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जना थिए ।

    यस अघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा निको भएर घर गएका थिए । उनी प्रदेश ५ का पहिलो संक्रमित हुन् । प्रदेश ५ मा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै छ ।

    यस प्रदेशमा २ सय ७१ मा कोरोना देखिएको छ । प्रदेश ५ मा दुई जनाको ज्यान गएको छ । बाँके र गुल्मीका एक एक जनाको ज्यान गएको छ ।

  • नेपालमा २४ घण्टामा ३४९४ जनाको कोरोना परीक्षण

    नेपालमा २४ घण्टामा ३४९४ जनाको कोरोना परीक्षण

    काठमाडौं। नेपालमा कोरोनाको आशंकामा हालसम्म १ लाख ३२ हजार १ सय ९२ जनाको कोरोना परीक्षण भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ४५ हजार ९ सय ५७ जनाको पिसिआर र ८६ हजार २ सय ३५ जनाको आरडिटिबाट परीक्षण भएको हो । जसमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ९४ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।

    मुलुकभर हाल ५ सय ८ जना अस्पतालको आईसोलेसनमा छन् भने ३२ हजार ५ सय ८७ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ। संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । जसमध्ये ३ जनाको मृत्यु भएको छ भने ७० जना उपचारपछि डिस्जार्च भएका छन्।

  • थपिए ३६ सङ्क्रमित, कुल ५८४ बिरामी

    थपिए ३६ सङ्क्रमित, कुल ५८४ बिरामी

    काठमाडौं । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५८४ पुगेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार  थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका छन् । यसअघि शनिबार बिहान ३२ जना थपिएका थिए ।

  • शनिबार डिस्चार्ज भए ९ जना कोरोना सङ्क्रमित

    शनिबार डिस्चार्ज भए ९ जना कोरोना सङ्क्रमित

    काठमाडौं । नेपालमा शनिबार ९ जनाले कोरोनालाइ जित्न सफल भएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका ७१ जना कोरोना संक्रमितमध्ये ९ जना शनिबार डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

    लगातार दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । अस्पतालका अनुसार डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३/३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक छन् ।

    शनिबार ९ जना डिस्चार्ज भएसँगै नारायणी अस्पतालमा उपचाररत संक्रमितको संख्या ६२ रहेको छ । अब नेपालमा कोरोनालाइ जित्ने व्यक्तिको सङ्ख्या ७९ पुगेको छ ।

  • प्रचण्डलाई दिइयो अध्यावधिक नेपालको नक्सा

    प्रचण्डलाई दिइयो अध्यावधिक नेपालको नक्सा

    काठमाडौं । सरकारले नेकपा अध्यक्ष प्रचण्डलाई नेपालको अध्यावधिक नक्सा हस्तान्तरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नयाँ नक्सा हस्तान्तरण गरेकी हुन् । यस नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको छ । मन्त्री अर्यालले शनिवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा प्रदान गरेकी हुन्।

    उक्त अवसरमा अध्यक्ष प्रचण्डले नक्सा तयार पार्न खटिने मन्त्रीसहित मन्त्रालयका कर्मचारीलाई धन्यवाद दिएका थिए । मन्त्री अर्यालले आफूहरु नक्सा प्रकाशनको तयारी अवस्थामा नै रहेको र त्यसका लागि पार्टी र सरकारको निर्देशनको पर्खाइमा रहेको जानकारी दिएकी र्थिन् । सरकारले नयाँ नक्सा राजपत्रमा समेत प्रकाशन गरिसकेको छ । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत नक्सा दिइएको थियो ।

  • कर्मचारी सञ्चय कोषले ल्यायो सापटी सेवा

    कर्मचारी सञ्चय कोषले ल्यायो सापटी सेवा

    काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएसँगै मुलुकमा लकडाउन जारी छ । लकडाउनपछि बन्द रहेका कर्मचारी संचय कोषका सेवा अब शुरु हुने भएका छन् । अहिलेलाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने लागिएको कोषले जनाएको छ । कोरोनाका कारण ११ चैतदेखि सरकारले लकडाउन शुरु गरेको हो । त्यसपछि कोषका सबै सेवा बन्द थिए । अब आइतबारदेखि अनलाइनमार्पmत विशेष सापटी सेवा सञ्चालन गर्ने तयारी गरिएको कोषले जनाएको छ ।

    लकडाउनका कारण यातायात र हिँडडुलमा भएको असहज अवस्थालाई मध्यनजर गर्दै घर तथा कार्यालयमै बसेर सरल, सहज र प्रभावकारीरूपमा सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप अनलाइन विशेष सापटी सेवा शुरु गरिएको कोषले जनाएको छ ।

    हाललाई यो सेवा विशेष सापटी लिन योग्यता पुगेका र केवाइसी अपडेट गरेका सञ्चयकर्ताले प्राप्त गर्न सक्नेछन । त्यसका लागि सञ्चयकर्ताले कोषको वेबसाइटमा गएर प्राप्त निर्देशनअनुसार अनलाइन फाराम भरेर त्यससँगै विशेष सापटीको आवेदन फाराम भरी स्क्यान कपी अपलोड गरेर पठाउनुपर्ने हुन्छ ।
    कोषले उक्त आवेदन फारामलाई रुजु गर्छ र सो गरिसकेपछि सम्बन्धित सञ्चयकर्ताको बैंक खातामै रकम जम्मा गरिदिनेछ । कोषले कोभिड–१९ का कारण हाल बन्द रहेका अन्य सेवासमेत क्रमशः सञ्चालनको तयारीसमेत पूरा गरेको छ ।
    लकडाउन खुकुलो हुनेबित्तिकै कोषका कार्यालयमार्पmत सुरक्षितरूपमा कोषका अन्य सेवा प्रवाह हुनेगरी तयारी गरिएको कोषले जनाएको छ ।

  • भारतमा १ लाख २५ हजारलाई कोरोना

    भारतमा १ लाख २५ हजारलाई कोरोना

    नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणको दर तिब्र छ । शनिबार बिहानसम्म यस मुलुकमा १ लाख २५ हजारमा संक्रमण पुष्टी भएको त्यहाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा समग्र संक्रमितको संख्या एक लाख २५ हजार १०१ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ६५४ नयाँ संक्रमित फेला परेका छन् । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार ७२० पुगेको तथ्यांक छ ।

    पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट १३७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । भारतमा अहिलेसम्म ५१ हजार ७८४ संक्रमित निको भएर घर फर्किएको तथ्यांक छ । भारतमा संक्रमण बढ्दा त्यसले नेपालमा समेत जोृखिम बढाएको छ । कोरोना कहरबाीच भारतले भने लकडाउन खुकुलो बनाइसकेको छ । त्यहा आगामी सोमबारबाट आन्तरिक उडान समेत नियमित हुँदैछ ।

  • काठमाडौंमा एक सहित ३२ सङ्क्रमित थपिए

    काठमाडौंमा एक सहित ३२ सङ्क्रमित थपिए

    काठमाडौं । काठमाडौंमा एक सहित शनिबार नेपालमा ३२ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान गरेको अपडेट अनुसार कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।

    यो सँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये हालसम्म ७० जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएका मध्ये ३ जनाको निधन भएको छ। पछिल्लो केही दिन यता औसत ५० भन्दा बढी बिरामी थपिएका छन् ।

  • नेपालमा ५१६ पुगे कोरोना सङ्क्रमित, ७० डिस्चार्ज

    नेपालमा ५१६ पुगे कोरोना सङ्क्रमित, ७० डिस्चार्ज

    काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५१६ पुगेको छ । शुक्रबार एकैदिन ५९ जना नयाँ बिरामी थपिए । स्वास्थ तथा जनसंख्या मन्त्रालयले शुक्रवार साझ थप ९ जनामा कोरोना संक्रमणको पुष्टि गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार साझ बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो ।

    बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

    मकवानपुर हेटौंडा-३ की ५४ वर्षीया एक महिला, भक्तपुर-९ की ४२ वर्षीया महिला, सप्तरी बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष छन्। थपिएका सबै संक्रमितको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

    साँझ थपिएका ९ सहित शुक्रबार ५९ जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । नेपालमा ७० जनाले कोरोनालाइ जितेका छन् । शुक्रबार एकै दिन २१ जना डिस्चार्ज भए ।

  • पाकिस्तानको कराँचीमा यात्रुवाहक विमान दुर्घटना

    पाकिस्तानको कराँचीमा यात्रुवाहक विमान दुर्घटना

    काठमाडौं । पाकिस्तानको कराँचीमा एक विमान दुर्घटना भएको छ । पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटना भएको हो ।

    उक्त विमानमा ९१ यात्रु र ८ जना चालकदलका सदस्य रहेको बीबीसीले जनाएको छ ।

    घटनास्थलमा धुवाँ उडेको देखिएको थियो । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आएको छैन ।

    जिन्ना इन्टरनेशनल विमानस्थल नजिकै भएको दुर्घटना भएको विमानमा प्राविधिक समस्या आएको बताइएको छ । विमान दुर्घटनाका केही तस्बिरहर सार्वजनिक भएका छन् । विमान खसेको घरमा आगलागी भएको छ ।

    कयौं घरबाट धुँवा निस्किरहेका छन् । पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार कयौं परिवार यी घरहरुमा फसेका छन् । दुर्घटनाबाट भएको मानवीय क्षतिबारे विस्तृत विवरण आइसकेको छैन ।

  • नेपालमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    नेपालमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    काठमाडौं । थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट अनुसार बाँके जिल्लामा १४ जनामा संक्रमण पुष्टि भएको छ।

    संक्रमित मध्ये भेरी अस्पतालमा परीक्षण गरिएका १८ देखि ६१ वर्षका पुरुषहरु छन्। जसमध्ये बाँकेको नरैनापुर गाउँपालिकाका १३ जना रहेका छन्।

    त्यस्तै संक्रमित मध्ये कैलालीका तीन जना रहेका छन्। कैलालीका १९, २३ र २६ वर्षका व्यक्तिमा संक्रमण पुष्टि भएको छ।

    त्यस्तै मोरङ रतुवामाईका एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

    त्यस्तै आज डढेल्धुरा र बैतडीमा नयाँ संक्रमण पुष्टि भएको छ। डडेल्धुराका २८ वर्षका पुरुष र बैतडीका २२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएसँगै संक्रमण फैलिने जिल्ला ४० पुगेका छन्।

    योसँगै संक्रमितको संख्या पाँच सय सात पुगेको छ।

  • संविधान संसोधन प्रस्ताव संसदमा लैजाने सरकारको निर्णय

    संविधान संसोधन प्रस्ताव संसदमा लैजाने सरकारको निर्णय

    काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने निर्णय गरेको हो ।

    नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने ठहरसहित निर्णय गरिएको स्रोतले जनाएको छ ।

    निर्णय अनुसार नयाँ नक्सा कार्यान्वयनका गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने छ । संविधान संसोधनको प्रस्ताव दुईतिहाई बहुमतबाट मात्र पारित हुनसक्छ ।

    प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ।

    सरकारले ल्याएको नयाँ नक्सा बुधबार सार्वजनिक गरिएको थियो । नयाँ नक्सामा भारतबाट अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको छ ।

  • कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुसहित आफन्त डिस्चार्ज

    कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुसहित आफन्त डिस्चार्ज

    काठमाडौं । नेपालमा कोरोनाबाट निधन भएकी पहिलो संक्रमित महिलाको नवजात शिशु र उनका आफन्तहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    कोरोना परीक्षणमा शिशुसहित परिवारका सबै सदस्यमा कोरोना नेगेटिभ देखिएको थियो ।

    ति नवजात शिुश र परिवारलाई आज आइसुलेसन वार्डबाट डिस्चार्ज गरिएको धुलिखेल अस्पतालले जनाएको छ । वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरालाई जन्म दिएर डिस्चार्ज भई घर गएकी सुत्केरीको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि धुलिखेल ल्याउँदै गर्दा जेठ २१ गते मृत्यु भएको थियो ।

  • नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ७० पुग्यो

    नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ७० पुग्यो

    काठमाडौं । एकै दिन २१ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ७० पुगेको छ । बाँकेका २१ जना कोरोना संक्रमित शुक्रबार बिहान निको भएर घर फर्किएका हुन् ।

    बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोभिड १९ को आइसोलेसनमा उपचाररत उनीहरु लगातार दोस्रो पटकको कोरोना परीक्षणको रिपोर्ट नेगिटिभ आएपछि शुक्रबार बिहान डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

    नेपालमा एकै दिन ठूलो संख्यामा बिरामी डिस्चार्ज भएका हुन् । यसले सकारात्मक सन्देश भने प्रवाह गर्नेछ । आज डिस्चार्ज भएकाहरु नेपालगञ्ज उपमहानगरालिका वडा नम्बर ८ का हुन्। जहाँ २५ संक्रमित भेटिएका थिए।

    डिस्चार्ज हुनेमध्ये बाँकेका पहिलो पटक कोरोना देखिएका मुस्लिम धर्मगुरु ६० वर्षिय पुरुष समेत छन् । वैशाख १९ गते पहिलो संक्रमित भेटिएका थिए। बाँकेमा कुल संक्रमितको संख्या १०१ पुगेको छ।

    बाँकेको नरैनापुरमा मात्र संक्रमित हुनेको संख्या एक मृत्युसहित ७४, नेपालगञ्ज उपमहानगरपालिकामा २५ र खजुरा गाउँपालिका एक नर्ससहित दुई जना संक्रमित छन्। नेपालमा शुक्रबार बिहानसम्म कुल ४८७ जनामा कोरोना पुष्टी भएको छ । ३ जनाको ज्यान गएको छ ।

  • साउदी अरबमा १३६४ नेपालीमा कोरोना, ७ को गयो ज्यान

    साउदी अरबमा १३६४ नेपालीमा कोरोना, ७ को गयो ज्यान

    काठमाडौं । कोरोना कहरका बीच साउदी अरवमा ७ जना नेपालीको यस भाइरसका कारण निधन भएको छ । यस मुलुकमा कोरोना संक्रमित नेपालीको संख्या एक हजार ३ सय ६४ पुगेको त्यहास्थित नेपाली दूतावासले जनाएको छ ।

    दूतावासका अनुसार राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्रमा ३ जना छन् । उनीहरुमध्ये १७ जना महिला छन् । जेद्दा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना संक्रमित भएको तथ्यांक छ ।

    साउदी अधिकारीहरुका अनुसार संक्रमणबाट निको हुने समेत उत्तिकै छन् । कोरोनाको संक्रमण भएकासँग टेलिफोन सम्पर्कमा रहनेलाई उच्च मनोबल दिने र हौसला प्रदान गर्ने प्रकारका कुराकानी गर्न समेत दूतावासले आग्रह गरेको छ ।

    रूघाखोकी, ज्वरो तथा स्वासप्रश्वासको समस्या भएमा आफ्नो कम्पनीको व्यवस्थापनलाई अनुरोध गरी स्वास्थ्य जाँच गराउन साउदीमा रहेका नेपालीलाई दूतावासले आग्रह गरेको हो ।

    कोरोनाबाट समस्यामा परेका नेपालीहरूको विवरण सङ्कलन गर्न नेपाली राजदूतावासले जेष्ठ १ गतेदेखि अनलाइन फारम समेत सार्वजनिक गरेको छ ।

    उक्त फारम नेपाली राजदूतावासको वेबसाइटमा गई भर्न सकिन्छ । यसअघि टेलिफोन, ह्वाट्सएप तथा इमेलबाट आफ्नो विवरण टिपाएकाले फारम भर्न नपर्ने दुतावासले उल्लेख गरेको छ । कोरोना कहरका बीच घर फर्कन चाहने धेरै नेपाली रहेको मुलुकमध्ये साउदी पनि एक हो ।

  • आलमको घरमा पुलिसको छापा, गाउँलेले अवरोध गर्दा १२ राउन्ड हवाइ फायर

    आलमको घरमा पुलिसको छापा, गाउँलेले अवरोध गर्दा १२ राउन्ड हवाइ फायर

    रौतहट । रौतहट क्षेत्र–२ बाट निर्वाचित भएपनि फौजदारी अभियोगका कारण निलम्बित सांसद महमद आफताब आलमको घरमा प्रहरीले छापा हानेको छ । हत्या तथा विस्फोटक पदार्थ ओसारपसार मुद्दामा पुर्पक्षका लागि उनी नख्खु कारागारमा छन् । यसै अवस्थामा प्रहरीले उनको रौतहटस्थित घरमा छापा मारेको छ । उनी काङ्ग्रेसका नेता हुन् ।

    घरमा छापा मार्न प्रदेश २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले नै निर्देश गरेका थिए । प्रहरी राति १२ः३० बजे आलमको राजपुर स्थित घरमा पुगेको थियो ।

    स्रोतका अनुसार आलम प्रकरणमा आरोपित मध्येका एक आलमका भाइ महमद महताब आलम लुकिछिपी घरमा आएको सूचना पाएपछी प्रहरी उनको घरमा पुगेको हो ।

    प्रहरी छापा मार्न पुग्दा ठूलो सङ्ख्यामा गाउँले उनको घरमा पुगेका थिए । भिड हटाउन प्रहरीले १२ राउन्ड हवाइ फायर गर्नु परेको प्रदेश प्रहरीले जनाएको छ ।

    घरका प्रहरीले आलमका भाइलाइ भने भेटाउन सकेन । १२ वर्ष अगाडी भएको हत्या कान्डमा आलमसहितका व्यक्तिमा अनुसन्धान भइरहेको छ ।

  • नेपालमा थपिए ३० कोरोना संक्रमित, कुल संक्रमितको संख्या ४८७

    नेपालमा थपिए ३० कोरोना संक्रमित, कुल संक्रमितको संख्या ४८७

    काठमाडौं । शुक्रबार बिहान थप ३० जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

    शुक्रवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार काठमाडौं र चितवनमा गरिएको परीक्षणमा नयाँ संक्रमण थपिएका हुन् ।

    संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्। तीमध्ये १५ जना सर्लाहीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    बाँकी संक्रमितहरूमध्ये कपिलवस्तुका ९, नवलपरासी सुस्ताका ३, चितवनका २ र नवलपरासी सुस्तापूर्वका एकजना छन्।

    सर्लाही गाडैता नगरपालिका ८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षका पुरुष तथा १८ वर्षिय महिलामा करोना देखिएको हो ।

    कपिलबस्तु वाणगंगा नगरपालिका मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५ र ५३ वर्षिय पुरुषहरु तथा ८ वर्षिया बालिकामा पनि कोरोना देखिएको छ ।

    नवलपरासी वर्दाघाट सुस्ता पूर्व विनय त्रिवेणी गाउँपालिका ६ का ४५ वर्षका पुरुष, भरतपुर महानगरपालिका ६ केसरबाघ चितवनका ७४ वर्षका पुरुष र ७३ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको छ ।

    नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३ र १८ का ३३ र ३५ वर्षका पुरुष तथा १५ वर्षिय महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।

    यो सँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म ४९ जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएका मध्ये ३ जनाको निधन भएको छ।

  • आज एकै दिन सर्वाधिक बिरामी डिस्चार्ज हुँदै

    आज एकै दिन सर्वाधिक बिरामी डिस्चार्ज हुँदै

    नेपालगन्ज । आज एकै दिन सर्वाधिक बिरामी डिस्चार्ज हुने भएका छन् ।  नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनालाई डिस्चार्जको तयारी गरिएको नेपालको सरकारी समाचार संस्था राससले उल्लेख गरेको छ ।

    राससका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जनाले कोरोनालाइ जितेका छन् ।

    उनीहरु खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचार गराईरहेका छन् ।

    लगातार दोस्रो परिक्षण पनि नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । कोरोना पराजित गरेका २१ जनालाई आज नै स्वास्थ्य परामर्शपछि घर पठाइने छ ।
    सुशील कोइराला अस्पताल खजुराको कोरोना विशेष अस्पतालमा उनीहरुलगायत २५ जना संक्रमितलाई राखी उपचार भइरहेको छ । अन्य चार जनाको समयावधि नपुगेको हुँदा दोस्रो परीक्षण नगरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

    तीन दिनअघि दोस्रो तथा तेस्रो परीक्षणका लागि स्वाब सङ्कलन गरी भेरी अस्पतालको प्रयोगशालामा दुई पटकसम्म गरिएको परीक्षणमा पनि २१ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

    नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो सङ्क्रमण पुष्टि भएको थियो । यस शहरमा अहिले सङ्क्रमित १०१ पुगेका छन् ।
    बाँकेमा बिहीबार भने दुई जना नयाँ सङ्क्रमित थपिएका छन ।

  • ४५७ पुगे नेपालमा कोरोना सङ्क्रमित, बिहिवार फेरि थपिए ३ जना

    ४५७ पुगे नेपालमा कोरोना सङ्क्रमित, बिहिवार फेरि थपिए ३ जना

    काठमाडौं । नेपालमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या ४५७ पुगेको छ । बिहिवार साझ थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती निकाल्दै बाँके र कपिलवस्तुमा ३ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।

    बाँकेको नरैनापुर-३ का ३२ वर्षीय पुरुष र खजुराकी ४२ वर्षीय महिलामा र कपिलवस्तु सद्दोधन गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

    संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ। कुल संक्रमितमध्ये हालसम्म ४९ जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएका मध्ये ३ जनाको निधन भएको छ।

  • नेपालमा ९ जना कोरोना संक्रमित थपिए

    नेपालमा ९ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । नेपालमा बिहीबार ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

    प्रवक्ता देवकोटाको अनुसार रुपन्देही १ र झापामा ८ जना थपिएका पुरूष उनीहरू सबै क्वारेन्टिनमा बसेका थिए।

    संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ।

  • नेपालमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु

    नेपालमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु

    काठमाडौं । नेपालमा कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएका जानकारी अनुसार रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका पहिलो कोरोना संक्रमित ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहिबार बिहान मृत्यु भएको हो ।

    गुल्मीको मदाने गाउँपालिका पुर्कोटका उनी गएको जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।

    क्रिमसन अस्पतालमा भर्ना हुनुभन्दा एक हप्ता पहिल्यैदेखि उनमा ज्वरो देखिएको थियो । उनले गाउँकै पुर्कोट दहस्थित मदाने पोलिक्लिनिकमा जाँच गराएका थिए ।

    उनको भर्ना भएको दिनदेखि नै भेन्टिलेटरको सहायतामा उपचार भइरहको थियो।

    योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ।

    यसअघि बाँकेको नरैनापुर गाउँपालिकाको एउटा क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको र सिन्धुपाल्चोकको एक सुत्केरी महिलाको मृत्यु भएको थियो ।

  • अब काठमाडौंका नाकाबाट प्रवेश बन्द, कोरोना परीक्षणको रिपोर्ट चाहिने

    अब काठमाडौंका नाकाबाट प्रवेश बन्द, कोरोना परीक्षणको रिपोर्ट चाहिने

    काठमाडौं । सरकारले अब काठमाडौं उपत्यकामा प्रवेश झन कडाई गर्ने भएको छ । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा मानिसहरुको प्रवेश बढ्दा बढी जनघनत्व भएको क्षेत्रमा जोखिम भएको घभन्दै अत्यावश्यक कामबाहेक काठमाडौं छिर्न रोक लगाएको छ ।

    अब कुनै मानिस काठमाडौं जान हिडेको भए उसलाई स्रोतमै रोक्ने निर्णय गृह मन्त्रालयले गरेको छ । अब काठमाडौं आउनै पर्ने भए हरेक मानिसले आफ्नो आरडीटी परीक्षण आफ्नै खर्चमा गरी त्यसको रिपोर्ट देखाउनु पर्ने भएको छ ।

    काठमाडौं उपत्यकाभित्र अब स्थानीय तहले होटेल तथा स्कूलहरुलाई क्वारेन्टाइन बनाउन सक्नेछन् । त्यसको अध्ययन गर्न समेत गृहले निर्देशन दिएको छ । अब काठमाडौं उपत्यकामा लुकिछपी प्रवेश गरेमा लगत राखी कारवाही हुने भएको छ ।

    काठमाडौं उत्पकाका स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुखसहित सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौं उत्पकायमा पछिल्लो समय संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ ।

  • विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ५० लाख माथि

    विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ५० लाख माथि

    काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघेको छ ।

    बिहिबार बिहानसम्मको आङ्कडा अनुसार ५० लाख ७९ हजार ८९५ जना संक्रमित भएका छन् । महामारीबाट विश्वभर ३ लाख २९ हजार १८० जनाको मृत्यु भएको छ ।

    २० लाख १९ हजार ९४५ जना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा ४ हजार ६२६ जनाले ज्यान गुमाएका छन् भने ९६ हजार ९५८ जनामा संक्रमण पुष्टि भएको छ ।

    २७ लाख ३० हजार ७७० जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ७९८ जनाको अवस्था गम्भीर छ । नेपालमा ४४४ जनामा कोरोना देखिएको छ । ४५ जना निको भएका छन । दुई जनाको ज्यान गएको छ ।

  • आज दिनभर पानी पर्ने संभावना

    आज दिनभर पानी पर्ने संभावना

    काठमाडौं । बंगालको खाडीमा उत्पत्ति भएको शक्तिशाली चक्रवात अम्पुन बङ्गलादेश र भारतका विभिन्न शहरमा पसेको छ । यसको प्रभाव नेपालमा समेत देखिएको छ ।

    चक्रवातको सिधा प्रभाव समुन्द्रले छोएका क्षेत्रमा पर्छ । नेपालमा भने यसले पानी पारिरहेको छ । नेपालको पूर्वी र मध्य क्षेत्रमा वर्षा भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि पूर्वका केही ठाउँमा वर्षा भईरहेको छ । काठमाडौंमा समेत हल्का पानी परिरहेको छ ।

    पूर्वका धेरै ठाउँमा आज दिनभर नै मौसम बद्ली भई  पानी पर्ने सम्भावना छ । तर, चक्रवात कमजोर बन्दै गएकाले अब मध्य क्षेत्रको मौसम भने खुल्दै जाने महाशाखाले जनाएको छ ।

  • उपत्यका र दार्चुलामा भुकम्पको झट्का

    उपत्यका र दार्चुलामा भुकम्पको झट्का

    काठमाडौं । बिहिवार काठमाडौं उपत्यका र दार्चुला केन्द्रबिन्दु भएर छुट्टाछुट्टै समयमा भुकम्पको झट्का महसुस गरिएको छ । भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहीबार बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको हो ।भूकम्पको केन्द्रविन्दु अनन्तलिंगेश्वर आसपास रहेको छ ।

    बिहिवार नै बिहान २ बजेर ४१ मिनेट जाँदा दार्चुलाको उकु आसपास केन्द्रमा पनि भूकम्पको झट्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले उल्लेख गरेको छ ।

  • नेपालमा थपिए १७ कोरोना सङ्क्रमित, ४४४ पुगे कुल बिरामी

    नेपालमा थपिए १७ कोरोना सङ्क्रमित, ४४४ पुगे कुल बिरामी

    काठमाडौं । नेपालमा बिहिवार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान जारी गरेको सूचना अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान धरान र प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको हो ।

    नयाँ संक्रमितहरु झापा कचनकवल गाउँपालिका वडा नम्बर ३, ६ र ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, ४६ वर्षका पुरुषहरु छन्। त्यस्तै, धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरी, धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ।

    यससँगै कुल संक्रमितको संख्या ४ सय ४४ पुगेको छ। त्यसमध्ये दुई जनाको ज्यान गएको छ । ४१ जना भने निको भइसकेका छन् ।

  • मनिषा कोइराला नेपालको पक्षमा उभिदा भारतीय मिडियाको रोदन

    मनिषा कोइराला नेपालको पक्षमा उभिदा भारतीय मिडियाको रोदन

    काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरिन् । यसको विरुद्ध भारतीय मिडिया तल्लो स्तरमा झरेर उनको आलोचनामा लागेको छ । भारतका ठुला र चर्चित भनिएका एबिपी न्युजसहितका मिडियाले भारतको नुन खाएर चीनको समर्थन गरेको भन्दै उनी विरुद्ध लागेका हुन् ।

    मनिषाले नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको नक्सासम्बन्धित टुइटमा कोट गर्दै यो कदमलाइ स्वागतयोग्य भनेकी थिइन् । साथै, उनले यो मामलाले नेपाल, भारत र चीनको सम्बन्धमा कुनै असर गर्न नहुने उल्लेख गरेकी छिन् ।

    भारतीय मिडियाले तीन क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतकै भुमी दावी समेत गरेका छन् । यता नेपालले भने ती क्षेत्र भारतले अतिक्रमण गरेको भन्दै यसलाइ नेपालको नक्सामा राखिसकेको छ । लिम्पियाधुरासहित ३३५ वर्ग किलोमिटर भूमि समेटिएको नक्सा सरकारले आज जारी गरेको छ ।

    नेपालले चीनको उक्साहटमा नयाँ नक्सा जारी गरेको भारतिय मिडियाको दावी छ । मनिषा कोइराला नेपाली चेली हुन् । उनी बलिउडमा लामो समय राज गर्न सफल अभिनेत्री हुन ।

  • नेपालमा हवाई उडानको प्रतिवन्ध जेठ मसान्तसम्म

    नेपालमा हवाई उडानको प्रतिवन्ध जेठ मसान्तसम्म

    काठमाडौं । सरकारले नेपालमा हवाई उडान माथिको प्रतिवन्ध जेठ मसान्तसम्म लम्ब्याएको छ । बुधबार बसेको कोभिड १९ सङ्ग सम्बन्धित उच्चस्तरीय समितिले यस्तो निर्णय गरेको हो । यसअघि १८ जेठसम्म उडानमाथि प्रतिवन्ध थियो ।

    नेपालमा जेठ २० सम्म लकडाउन जारी छ । पछिल्लो दिनमा लकडाउन कडा गरिएको छ । हरेक दिन औसत ५० भन्दा बढी कोरोनाका बिरामी देखिएको सन्दर्भमा नेपालले अन्तर्राष्ट्रिय र आन्तरिक हवाइ उडान निरन्तर रोकिरहेको छ ।

  • नेपालमा थप २५ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ४२७ पुग्यो

    नेपालमा थप २५ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ४२७ पुग्यो

    काठमाडौं । नेपालमा थप २५ जनामा कोरोनाको संक्रमण देखिएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेमा ६ जना पुरुष, धनकुटामा ५ जना , नवलपरासी १ पुरुष मा संक्रमण देखिएको हो। यस्तै कपिलवस्तुमा १३ जनामा संक्रमण पुष्टि भएको छ।

    संक्रमितमध्ये ७ महिला र १८ पुरुष रहेका छन्। ३ वर्षीया बालकमा पनि संक्रमण पुष्टि भएको छ।

    यो सहित नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ। देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। कुल संक्रमित मध्ये ३५८ पुरुष र ६९ जना महिला छन्।

    नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। ४५ जना उपचारपछि निको भएका छन्।

  • अब यस्तो हुने भयो नेपालको नक्सा

    अब यस्तो हुने भयो नेपालको नक्सा

    काठमाडौं । सरकारले नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । बुधबार भूमिसुधार मन्त्री पद्मा अर्यालले नयाँ नक्सा सार्वजनिक गरेकी हुन् ।

    उनले नीति तथा कार्यक्रममा उल्लेख भएको एक साता नबित्दै सरकारले नक्सा सार्वजनिक गरेको उल्लेख गरिन् ।

    सबैको साझा प्रयासबाटै यसमा सफलता मिलेको उनको भनाई छ । उनका अनुसार अब नेपालको औपचारिक प्रयोगमा यही नक्सा प्रयोगमा आउने भएको छ । सरकारले विवादित भूमिलाई नेपालमा समेटेर नयाँ नक्सा ल्याएको हो ।

    नयाँ नक्सामा अन्तर्राष्ट्रिय सिमानामा खासगरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ भने यो नक्सामा सङ्घीयताअनुरुप प्रदेश र स्थानीय तह पनि समेटिएको छ ।

    नेपालले नयाँ राजनितिक नक्सा पारित गरेसँगै नेपालको क्षेत्रफल पनि बढ्ने भएको छ। अहिलेसम्म नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ। अबको नक्सामा ३ सय ३५ वर्ग किलोमिटर बढ्ने बताइएको छ।