Author: Vishwanews.com

  • नीति तथा कार्यक्रममा काङ्ग्रेसको टिप्पणी : सङ्कटलाइ सम्बोधन गरेन

    नीति तथा कार्यक्रममा काङ्ग्रेसको टिप्पणी : सङ्कटलाइ सम्बोधन गरेन

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रमले सङ्कटलाइ सम्बोधन गर्न नसकेको टिप्पणी गरेको छ । पट्यारलाग्दो कार्यक्रमको सूचीले कार्यक्रम कार्यान्वयनयोग्य नभएको काङ्ग्रेसको टिप्पणी छ ।
    काङ्ग्रेसले नीति तथा कार्यक्रम पुनर्लेखनको समेत माग गरेको छ । पार्टीले सोही प्रयोजनका लागि शनिबार संसद सचिवालयलमा संशोधन प्रस्तावसमेत दर्ता समेत गराएको छ ।

    शनिबार दर्ता गरिएको संशोधन प्रस्तावमा डा. मिनेन्द्र रिजाल, पुष्पा भुसाल र सञ्जयकुमार गौतमले हस्ताक्षर गरेका छन् ।

    शुक्रबार राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रमले कोरोनाको महामारीलाई सम्बोधन गर्न नसक्ने, विदेशमा रोजगारी गुमाएका नेपालीहरुलाई जोखिमबाट सुरक्षित गराउन नसक्ने र देशका सामु उत्पन्न चुनौतीको समामना गर्न नसक्ने निचोडमा काङ्ग्रेस पुगेको छ ।

    काङ्ग्रेस संसदिय दलको बैठक समेत शनिबार नै बसेको थियो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सीमानामा अलपत्र नेपालीलाई उद्दार गर्न सरकारको ध्यानाकर्षण गराए ।
    उनले क्वारेन्टाइनमा बस्ने प्रवन्ध मिलाउन र विदेशमा रहेका नेपालीहरुलाई स्वदेश र्फकने वातावरण बनाउन माग गरेका हुन् ।
    देउवाको जोड अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट ततकाल अनुमोदन हुनुपर्नेमा समेत रहेको छ ।

  • धुलिखेल अस्पतालमा स्वास्थ्य मन्त्रालयको टोली

    धुलिखेल अस्पतालमा स्वास्थ्य मन्त्रालयको टोली

    काठमाडौं । धुलिखेल अस्पतालमा बिहीबार राती निधन भएकी सुत्केरी महिलाको मृत्युबारे अनुसन्धान गर्न स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेको छ ।

    मृत्युपछि उनको स्वाव परिक्षण गरिएको थियो । परिक्षणमा महिलामा पीसीआर पोजेटिभ देखिएको छ । यद्दपी उनको मृत्यु कोरोनाका कारण हो या होइन भन्ने बारेमा भने स्वास्थ्य मन्त्रालयले कुनै पुष्टी गरेको छैन ।

    सिन्धुपाल्चोककी २९ वर्षिय महिला ९ दिनकी सुत्केरी हुन् । उनको डेलिभरी भने टिचिङ हस्पिटलमा भएको थियो । सामान्य डेलिभरी भएकी उनलाई बिहीबार दिउँसो अस्पतालमा ल्याइएको थियो ।

    अस्पतालले भने कोरोनाका कारण मृत्यु भएको हो या होइन भन्ने सम्बन्धमा पुष्टी गरिसकेको छैन । यसको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिइएको छ ।

    अहिले धुलिखेल अस्पताललाई सील गरिएको छ । मृतकका आफन्तको समेत स्वाव परीक्षण गर्न नुमना संकलन गरिएको छ ।

  • २७८ को कोरोना सङ्क्रमण पुष्टि, धुलिखेल अस्पतालमा निधन भएको महिलाबारे अनुसन्धान शुरु

    २७८ को कोरोना सङ्क्रमण पुष्टि, धुलिखेल अस्पतालमा निधन भएको महिलाबारे अनुसन्धान शुरु

    नेपालमा शनिबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार महोत्तरी र काभ्रेमा कोरोना पुष्टि भएको छ । अब नेपालमा कुल सङ्क्रमीत २७८ पुगेको छ । ३६ जना निको भएका छन् ।

    यता धुलिखेल अस्पतालमा बिहीवार राती निधन भएकि २९ वर्षकि महिलामा कोरोनाको लक्षण पुष्टि भएपछि अनुसन्धान थालिएको छ । मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले उनको मृत्युको कारणबारे अनुसन्धान जारी रहेको बताएका छँन्  ।

     

  • २७६ पुगे कोरोना सङ्क्रमित, कपिलवस्तुमा थपिए ३ जना

    २७६ पुगे कोरोना सङ्क्रमित, कपिलवस्तुमा थपिए ३ जना

    काठमाडौं । कपिलवस्तुमा फेरि तीन जना कोरोना सङ्क्रमीत भेटिएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जना पुरुषमा कोरोना देखिएको हो ।

    शुक्रबार नै बिहान ६ जनामा कोरोना पुष्टि भएको थियो । नयाँ आङ्कडा अनुसार अब नेपालमा कुल सङ्क्रमित २७६ पुगेका छन् । ३६ जना भने निको भइसकेका छन् ।

  • थप ६ जनामा कोरोना संक्रमण, कुल संक्रमित २७३

    थप ६ जनामा कोरोना संक्रमण, कुल संक्रमित २७३

    काठमाडौं । नेपालमा ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी कुल ६ जना संक्रमित शनिबार थपिएका हुन ।
    अब नेपालमा कुल संक्रमित २७३ पुगेका छन् । यसअघि शुक्रबार १८ जनामा संक्रमण भेटिएको थियो ।

  • सरकारको नीति तथा कार्यक्रममा छिर्यो एमसिसि, भिम रावलको आपत्ति

    सरकारको नीति तथा कार्यक्रममा छिर्यो एमसिसि, भिम रावलको आपत्ति

    काठमाडौँ । सरकारले शुक्रबार संसदमा सार्वजनिक गरेको आगामी आवको नीति तथा कार्यक्रममा विवादित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का कार्यक्रमलाई प्रवेश गराएको छ । एमसिसि के हुने भन्ने मुद्दा  टुङ्गो नलाग्दै यस मातहतका परियोजनालाई नीति तथा कार्यक्रममा घुसाइएको हो ।

    यस सम्बन्धमा नेकपा नेता भिम रावलले आपत्ती समेत जनाएका छन् । विभिन्न नेपाली संचारमाध्यमलाइ प्रतिक्रिया दिदै उनले विवादित मुद्दा  परियोजना सरकारको नीति तथा कार्यक्रममा राखेकोमा विरोध जनाएका हुन् ।

    यो कार्यक्रम संसदबाट पास हुनुपर्छ । तर, कतिपय कार्यक्रम इन्डो प्यासिफिक मुद्दा  सङ्ग संबंधित भएको भन्दै नेपालमा यसको विरोध जारी छ ।

    संसदमा विचाराधीन रहेका मुद्दा  सरकारले नीति तथा कार्यक्रममा समेट्दा संसदको समेत विशेषाधिकार हनन हुने नेता रावलको तर्क छ । यो कार्यक्रम पार्टीमा समेत विवादित छ ।सरकारले लप्सीफेदी रातमाटे प्रसारणलाइन बनाउने कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटेको छ । यो एमसिसि कै एक कार्यक्रम हो ।

  • कोरोनाले लियो ३ लाख ७ हजारको ज्यान, साढे ४५ लाखमा सङ्क्रमण

    कोरोनाले लियो ३ लाख ७ हजारको ज्यान, साढे ४५ लाखमा सङ्क्रमण

    काठमाडौं । कोरोना भाइरस संक्रमणले सन्सारभर ३ लाख ७ हजार ४ सय ८६ जनाको ज्यान गएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार त्यसमध्ये सबैभन्दा धेरै मानिसको ज्यान गइसकेको छ । अहिलेसम्म विश्वभर ४५ लाख ३८ हजार ४ सय ६ जनामा संक्रमण देखिएको छ ।

    कोरोनाले अमेरिकामा १४ लाख ४२ हजार ८ सय १९ जनालाई सङ्क्रमित बनाएको छ । यस मुलुकमा कुल ८७ हजार ५ सय ३० जना मानिसको ज्यान गइसकेको छ ।

    कोरोनाले रसियामा २ लाख ६२ हजार ८ सय ४३ जनालाई संक्रमित बनाएको छ । अमेरिकापछि रुसमा धेरै सङ्क्रमित भेटिएका छन् । यस मुलुकमा २ हजार ४ सय १८ जनाको ज्यान गएको छ ।

    बेलायतमा २ लाख ३८ हजार संक्रमित पुगेका छन् । यो देशमा ३४ हजार ७८ को ज्यान गएको छ । स्पेनमा २ लाख ३० हजार १ सय ८३ संक्रमित छन् भने २७ हजार ४ सय ५९ जनाको मृत्यु भएको छ ।

    कोरोनाले इटलीमा संक्रमितको संख्या २ लाख २३ हजार पुगेको छ । मृतक संख्या ३१ हजार ६ सय १० पुगेको सन्चारमाध्यमले जनाएका छन् ।

    ब्राजिलमा २ लाख १८ हजार २ सय २३ जना संक्रमित भएका छन् र १४ हजार ८ सय १७ जनाको मृत्यु भएको छ ।

    फ्रान्समा १ लाख ७९ हजार ६ सय ३० जना संक्रमित भएका छन् र २७ हजार ५ सय ३२ जनाको मृत्यु भएको छ । नेपालमा २६७ जनामा सङ्कमण पुष्टि भएको छ । त्यसमध्ये ३६ जनाले कोरोना जित्न सफल भएका छन् ।

  • ९ सङ्क्रमित थपिए, कुल सङ्क्रमित २६७ पुगे

    ९ सङ्क्रमित थपिए, कुल सङ्क्रमित २६७ पुगे

    काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुगेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार साझको अपडेटमा ९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
    शुक्रबार दाङ, काठमाडौं, उदयपुर र पर्साका व्यक्तिमा कोरोना देखिएको छ । काठमाडौंमा ७ सालका बालक तथा पर्सामा ९ र १० वर्सिय बालकमा कोरोना पुष्टि भएको छ ।

  • के-के छ सरकारको  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा (पूर्ण पाठ)

    के-के छ सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा (पूर्ण पाठ)

    काठमाडौं । सरकारले मुलुकको आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

    संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा केन्द्रित हुने जानाकारी दिईन् ।

    यस पटकको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएको उल्लेख गरिएको छ ।

     

     

     

     

  • सरकारको लोकप्रिय घोषणा : भारतले अतिक्रमण गरेको भुमी समेटेर नयाँ नक्सा ल्याइने

    सरकारको लोकप्रिय घोषणा : भारतले अतिक्रमण गरेको भुमी समेटेर नयाँ नक्सा ल्याइने

    काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने भएको छ । रास्ट्रपति विद्यादेवि भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख गरिएको छ ।

    रास्ट्रपति भन्डारीका अनुसार छुटेको भूमि समेत समापेश गरी नेपालको नक्सा जारी गरिने भएको छ । नेपालमा अहिले भारतीय अतिक्रमणविरुद्ध नागरिकमा आक्रोश बढेको छ ।

  • आवागमनमा झन् कडाइ, इ-पास र पहेलो रङको सबारी पास खारेज

    आवागमनमा झन् कडाइ, इ-पास र पहेलो रङको सबारी पास खारेज

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लकडाउनलाई थप कडाइ गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै जिल्ला प्रशासनले मुल सडक र भित्री सडकमा पनि अनावश्यक भिड हुने गरेको भन्दै त्यसमा कडाई गर्ने जनाएको जनाएको हो।

    सूचनामा लकडाउनमा प्रयोगमा ल्याइएको इ-पास र पहेलो रङको सबारी पास खारेज भएको र आजबाट जारी हुने पासको रङ नीलो हुने उल्लेख छ ।

    प्रशासनले जारी गरेको सूचना अनुसार एम्बुलेन्स, शव वाहन, औषधीजन्य सामाग्री, फोहोरका गाडी, फलफूल, तरकारी तथा खाद्यान्न बोक्ने सवारी साधनलाई बिना पास आवतजावत गर्न दिने जनाएको छ।

    निर्माण सामाग्री बोक्ने सवारी साधनलाई बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म चल्न दिइने भएको छ। यस्तै पास आवस्यक पर्ने व्यक्ति वा संस्थाले नियामक निकायमार्फत पासका लागि आवेदन दिन पाउने बताइएको छ ।

  • जापान र हङकङको भिसा भएकालाई सम्बन्धित देश जान दिने

    जापान र हङकङको भिसा भएकालाई सम्बन्धित देश जान दिने

    काठमाडौं । सरकारले जापान र हङकङको भिसा भएका र स्थायी बसोबास अनुमति पाएकाहरूलाई निजी खर्चमा सम्बन्धित देश जान दिने निर्णय गरेको छ।

    कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले अध्ययन वा अन्य कामको सिलसिलामा जापान र हङकङमा बस्दै आएका तर लकडाउनका कारण नेपालमै रहेका नागरिकहरुलाई चार्टर्ड फ्लाइटमार्फत पठाउने निर्णय गरेको हो ।

    लकडाउनका कारण जापान जानबाट रोकिएका ६ सय र हङकङको आइडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रक्रिया पूरा गरी पठाउने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताए ।

  • सरकारको पहिलो प्राथमिकता देशलाई कोरोना मुक्त बनाउने

    सरकारको पहिलो प्राथमिकता देशलाई कोरोना मुक्त बनाउने

    काठमाडौं । सरकारले कोभिड १९ बाट देशलाई मुक्त बनाउनु पहिलो प्राथमिकता रहेको बताएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ बाट ज्यान जाने अवस्था आउन नदिन देशलाई कोरोना मुक्त बनाउने बताइन् ।

    त्यसका लागि सरकारले कोरोना संक्रमणको परीक्षण ब्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

  • निर्माणाधीन ठूला आयोजना समयमै सम्पन्न गर्ने

    निर्माणाधीन ठूला आयोजना समयमै सम्पन्न गर्ने

    काठमाडौं । सरकारले लकडाउनका कारणले रोकिएका निर्माणाधीन ठूला आयोजना समयमै सम्पन्न गर्ने सरकारले घोषणा गरेको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्माणाधीन रूपान्तरणकारी तथा ठूला विकास निर्माण आयोजना समयमै सम्पन्न गर्न बजेटको अभाव हुन नदिने बताइन्।

    कोरोना भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनका कारणले गर्दा अर्थतन्त्र सुस्त भए पनि सरकारले स्रोत साधनको अधिकतम उपयोग गर्ने जानाकारी दिईन् ।

  • पूर्वराजाले पाए काठमाडौं आउने पास

    पूर्वराजाले पाए काठमाडौं आउने पास

    काठमाडौं । लकडाउनपछि झापाकै अड्किएका पूर्वराज दम्पत्तिले काठमाडौं आउने सवारी पास पाएका छन् । झापामा रोकिएका पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं आउने पास पाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । गृह मन्त्रालयको सहमतिमा कार्यालयले सवारी पास दिएको हो । यसअघि बिहीबार पास रद्द गरिएको थियो ।

    यसको सामाजिक संजालमा विरोध भएको थियो । उनी शुक्रबार सबरै काठमाडौं आइरहेको बताइएको छ । पूर्वराजाका सहयोगीले इमेलमार्फत सवारी पास लिन निवेदन दिएपछि कार्यालयले पास दिएको हो । शुक्रबारबाट नेपालमा लकडाउन कडा भएको छ ।

  • बेलायतमा कोरोनाबाट मर्ने नेपालीको संख्या ६१

    बेलायतमा कोरोनाबाट मर्ने नेपालीको संख्या ६१

    लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ६१ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले यस्तो आंकडा सार्वजनिक गरेको हो । यसमधये ६० जना नेपालीको मृतयु भएको पुष्टी भने त्यहाँस्थित नेपाली दुतावासले समेत गरिसकेको छ । एनआरएनए यूकेका अनुसार अहिलेसम्म बेलायतमा ७ सय ४७ जना नेपालीमा कोरोना भाइरस देखिएको छ ।

    १ सय १५ जना अहिले पनि अस्पतालमा रहेका छन् । ६ सय ३२ जना नेपाली भने लक्षण देखिए पनि घरकै आइसोलेसनमा छन् । उनीहरुको अवस्था सामान्य छ ।

  • आज सरकारको नीति तथा कार्यक्रम, कोरोना रोकथाम प्राथमिकतामा

    आज सरकारको नीति तथा कार्यक्रम, कोरोना रोकथाम प्राथमिकतामा

    काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०७७\७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवि भण्डारीले दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कोरोना भाइरसका कारण शिथिल भएको अर्थतन्त्रलाई माथि उकास्ने योजना र कार्यक्रमहरु सरकारले आज संसदमा प्रस्तुत गर्नेछ । विश्वव्यापी महामारीले सिर्जना गरेको आर्थिक शिथिलताको अन्त्य गर्दै आर्थिक गतिविधिलाई अगाडी बढाउने उद्देश्य अनुसार नीति तथा कार्यक्रम बनाइएको अर्थ मन्त्रालयको भनाई छ ।

    अर्थतन्त्रलाई थप गतिशिल बनाउन रोजगारी सिर्जनाका गतिविधिलाई समेत कार्यक्रममा प्राथमिकता दिइएको छ । मुलुकभित्र उत्पन्न हुने बेरोजगारी समस्या र विदेशमा रोजगारी गुमाएर फर्कने युवालाई रोजगारीमा समावेश गराउन कृषि, साना घरेलु र सेवा क्षेत्रमा लगाइने गरी कार्यक्रम आउँदैछन् । रोजगारी सिर्जनालाई एकिकृत रुपमा अगाडी बढाउन संघ, प्रदेश र स्थानीय तहमा समेत समन्वय गर्ने तयारी समेत छ । यस पटक शिक्षा र स्वास्थ्यका कार्यक्रम बढी हुनेछन् । यसबाहेक रोजगारी सिर्जनालाई सरकारले प्राथमिकता दिने भएको छ ।

  • शुक्रबार बिहानै थपिए ९ कोरोना संक्रमित, अब कुल २५८ मा सङ्क्रमण

    शुक्रबार बिहानै थपिए ९ कोरोना संक्रमित, अब कुल २५८ मा सङ्क्रमण

    काठमाडौं । नेपालमा शुक्रबार बिहानै ९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं र भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित थपिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार बाँके नैनापुर वडा १,३ र ५ का १८ देखि ३६ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको छ ।

    मकवानपुरमा समेत भाइरसको संक्रमण देखिएको छ। मकवानपुरका ३७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। यससँगै नेपालभर २ सय ५८ मा संक्रमण देखिएको छ।

  • राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परिक्षण नतिजा नेगेटिभ

    राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परिक्षण नतिजा नेगेटिभ

    काठमाडौं । रास्ट्रपति विद्यादेवि भन्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कोरोना परीक्षणपछिको रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रपति र उपराष्ट्रपतिसहित उनको कार्यालयका कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो । उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

    शितलनिवासमा राष्ट्रपति भण्डारीसहित उनको कार्यालयमा रहने ३७ जनाको परिक्षण भएको हो । उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति पुनसहित ६४ जनाको पीसीआर टेष्ट गरिएको बताइएको छ ।

    कार्यालयमा रहेका सरकारी कर्मचारी, सचिवालयका सदस्य, परिवारका सदस्य, सेना र स्वास्थ्यकर्मीलगायतको पीसीआर विधिबाट परिक्षण गरिएको हो । आज रास्ट्रपति तथा उपराष्ट्रपति संसद भवन जादैछन । यहाँ भित्र छिर्न कोरोना परिक्षण अनिवार्य गरिएका कारण रास्ट्रपति र उपराष्ट्रपतिको कोरोना परिक्षण गरिएको हो ।

  • सरकारको बजेट खर्च निराशाजनक

    सरकारको बजेट खर्च निराशाजनक

    काठमाडौं । कोरोना भाइरसको महामारी सङ्गै सरकारको बजेट खर्च समेेत निराशाजनक देखिएको छ । सरकारले बजेटमार्फत तय गरेको राजस्व संकलनको लक्ष्य र बजेट खर्च दुवै निराशजनक देखिएपछि तोकिएका धेरै लक्ष्य समेत पूरा नहुने भएको छ ।

    महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार बैशाख मसान्तसम्म कुल लक्ष्यको ५० प्रतिशत पनि बजेट खर्च पुग्न सकेन ।

    चालु आर्थिक वर्षको १० महिनामा (साउन-वैशाख) सम्म पुँजीगततर्फ चार खर्ब आठ अर्ब ५९ लाख बजेट विनियोजन भएकामा एक खर्ब १४ अर्ब ११ करोड ८० लाख खर्च भएको छ ।

    जुन विनियोजित बजेटको २७.९७ प्रतिशत मात्रै हो । यो बेला ८० प्रतिशत खर्च भइसक्नुपर्ने समय हो । संशोधित लक्ष्यको ३४.९२ प्रतिशत मात्रै हो ।

    वित्तीय व्यवस्थातर्फ एक खर्ब ६७ अर्ब ८५ करोड बजेट विनियोजन भएकामा वैशाख मसान्तसम्ममा ७४ अर्ब २३ करोड ६५ लाख मात्रै खर्च भएको छ । जुन विनियोजित बजेटको ४४.२३ प्रतिशत र संशोधित लक्ष्यको ४७.९९ प्रतिशत हो ।

    यस्तै सरकारको राजस्व संकलनको लक्ष्य पूरा नहुने भएको छ । चालु आवको १० महिनामा लक्ष्यको ५६.५३ प्रतिशत मात्रै राजस्व संकलन भएसँगै सरकारी लक्ष्य पूरा नहुने निश्चित भएको हो ।

    सरकारले यो आवमा ११ खर्ब ७० अर्ब २ करोड ८७ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, आवको १० महिना बितिसक्दा राजस्व संकलन बजेटको लक्ष्यभन्दा धेरै पछि छ ।

    वैशाख मसान्तसम्म सरकारको कुल राजस्व संकलन ६ खर्ब ६१ अर्ब ४४ करोड ४८ लाख मात्रै पुगेको छ ।लक्ष्य अनुसार राजस्व संकलन गर्न अबको दुई महिनामा सरकारले ५ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गर्नपर्छ ।

  • बिहिवार साझ थपिए तीन सङ्क्रमित, कुल सङ्क्रमण २४९ मा

    बिहिवार साझ थपिए तीन सङ्क्रमित, कुल सङ्क्रमण २४९ मा

    काठमाडौं । नेपालमा तीन जना कोरोना सङ्क्रमित थपिएका छन् ।

    बिहिवार साझ स्वास्थ तथा जनसंख्या मन्त्रालयले गरेको अपडेट अनुसार काठमाडौं, धनुषा र धादिङमा १/१ जना बिरामी फेला परेका हुन् ।

    अब कुल सङ्क्रमित २४९ पुगेको छ ।

    बिहिवार काठमाडौंमा दहचोकका ७ वर्शिय बालक र धनुषा तथा धादिङमा भने दुई महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

  • पुर्वराज दम्पतिले झापाबाट काठमाडौं आउने पास पाएनन

    पुर्वराज दम्पतिले झापाबाट काठमाडौं आउने पास पाएनन

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहले झापाबाट काठमाडौं आउने पास पाएनन् ।

    सरकारले गृह मन्त्राालयबाट जारी सबै पास खारेज गरेपछि पुर्वराज दम्पतिको काठमाडौं आउने पास समेत खारेजीमा परेको हो ।

    पूर्वराजा दम्पत्तिलाई काठमाडौं आउन पास नदिने निर्णय गृह मन्त्रालयले गरेको हो ।

    बिहीबार पूर्वराजा शाहले काठमाडौं आउन पासका लागि झापा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।

    प्रशासनले शुरुमा पास जारी गरेको थियो ।

    तर, उक्त पास प्रक्रिया नपुगेको भन्दै गृहमन्त्रालयबाट खारेजीमा परेको थियो ।

    नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेसङ्गै लकडाउन कडा गरिएको छ । गृहले सबै पास खारेज गरेको छ ।

  • मेक्सिकोमा विषालु रक्सीले लियो ४२ को ज्यान

    मेक्सिकोमा विषालु रक्सीले लियो ४२ को ज्यान

    मेक्सिको सिटि । मेक्सिकोमा बिषालु रक्सीको सेवनबाट कम्तीमा ४२ जनाको ज्यान गएको छ ।

    मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु रक्सीले यी मानिसको ज्यान गएको बताइएको छ ।

    राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा यो घटना भएको हो ।

    आधा दर्जन मानिस गम्भीर बिरामी भएका कारण मृतकको सङ्ख्या बढ्न सक्ने समाचारमा जनाइएको छ ।

    उनीहरुको स्थानीय अस्पतालमा उपचार जारी छ ।

    पछिल्लो समय कोरोना निको हुने अन्धबिश्वासका आधारमा समेत बिषालु रक्सिको प्रयोग बढिरहेको छ ।

  • नेपालमा बढ्यो कोरोना परिक्षणको दायरा

    नेपालमा बढ्यो कोरोना परिक्षणको दायरा

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण परीक्षणको दायरा बढेको छ ।सरकारले लक्ष्यित समूह र स्थानलाइ सिल गरि कोरोना परिक्षण बढाइएको हो ।

    स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार टिचिङ अस्पताल र कालिमाटी तरकारी बजारमा नमुना परिक्षण गरिएको छ ।मन्त्रालयका अनुसार नेपालमा पीसीआर विधिबाट मात्र बिहिवारसम्म साढे २२ हजार वटा नमुना परीक्षण गरिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६३ परिक्षण भएको छ ।अहिलेसम्म २२ हजार ६ सय ६४ वटा पीसीआर परीक्षण भएको मन्त्रालयका सहसचिब डा बिकास देवकोटाले जानकारी दिए ।

    उनका अनुसार सरकारले परीक्षणको दायरा बढाउँदै लगेको छ बिहीबार नेपालमा तीन जनामा कोरोना संक्रमण देखिएको छ ।यससङ्गै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २४६ पुगेको छ ।सङ्क्रमितमध्ये १ सय ९८ पुरुष र ४८ महिला छन् ।संक्रमितमध्ये ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

  • काठमाडौं उपत्यकामा लकडाउन कडा पारिने

    काठमाडौं उपत्यकामा लकडाउन कडा पारिने

    काठमाडौं । अब काठमाडौं उपत्यकामा लकडाउन कडा पारिने भएको छ ।काठमाडौंमा औसधि पसलबाहेक अन्य पसल खोल्न नपाउने गरि प्रहरीले कडाइ थालेको छ ।बिहीवार गृह मन्त्रालयमा सुरक्षा सम्यन्त्रको बैठक बसेको थियो ।बैठकले अब काठमाडौंमा भने लकडाउनको कार्यान्वयन कडा पार्ने निर्णय गरेको हो ।

    काठमाडौंमा मङ्गलबार र बुधबार तिन जना तथा भक्तपुरमा २ जनामा कोरोना देखिएको थियो ।त्यसपछि यहाँ लकडाउन कडा पार्नु पर्ने निस्कर्समा सरकार पुगेको हो ।काठमाडौंमा अहिले कतिपय स्थानमा जाम नै हुने गरेको छ ।अहिले काठमाडौंमा कोरोना जाचलाइ कडा पारिएको छ ।

  • गृहबाट जारी सबै सवारी पास खारेज

    गृहबाट जारी सबै सवारी पास खारेज

    काठमाडौं । सवारी साधन चलाउन गृह मन्त्रालयबाट जारी गरेको सवारी पास रद्द भएका छन ।यस्तो निर्णय शनिबारदेखि लागू हुने भएको छ । सरकारी पासको दुरुपयोग गरि अनाधिकृत रुपमा आवतजावत बढेको र यसले कोरोनाको सङ्क्रमण बढाएको निचोडमा सरकार पुगेको हो ।  

    बिहीबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जानका लागि जारी भएको पास रद्ध गरिएको थियो ।शनिबारदेखि भने जिल्लाभित्रै पनि पासलाई मान्यता नदिइने भएको हो ।कारोनाभाइरसको संक्रमण बढेसँगै गृहमन्त्रालयले लकडाउनमा कडा गर्ने भएको हो ।

    निर्णय देशभर नै लागू गर्नेगरी गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर समेत गरेको छ ।नेपालमा अहिलेसम्म २४६ जनामा कोरोना देखीएको छ ।

  • नेपालमा एकाबिहानै थपिए ७ संक्रमित, २ सय ५० पुग्यो कुल संक्रमण

    नेपालमा एकाबिहानै थपिए ७ संक्रमित, २ सय ५० पुग्यो कुल संक्रमण

    काठमाडौं । नेपालमा बिहीबार बिहानै थप ७ जना कोरोना स्रक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टी गरेको हो । अब नेपालमा कुल संक्रमितको संख्या २ सय ५० पुगेको छ ।

    बिहीबार सर्लाहीमा १, धनुषा र महोत्तरीमा २, २ जनामा कोरोना संक्रमण देखिएको हो ।उता, कपिलवस्तु र काठमाडौंमा पनि बिहीबार एक एक जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।बिहीबार थपिएका संक्रमित मध्ये ५ जना पुरुष र दई जना महिला हुन् ।

    उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाडौंमा गरिएको मन्त्रालयले जनाएको छ ।सबै बिरामी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था पनि सामान्य रहेको मन्त्रालयले जनाएको छ ।मंगलबार एकै दिन ५७ जनामा कोरोना पुष्टी भएकोमा बुधबार २४ जनामा भेटिएको थियो ।

    बिहीबार बिहानै ७ जनामा कोरोना पुष्टी भएको छ । नेपालमा समुदायस्तरमा कोरोना फैलिसकेको छ ।

  • आजबाट लकडाउनमा कडाई, यस्तो छ नयाँ नियम

    आजबाट लकडाउनमा कडाई, यस्तो छ नयाँ नियम

    काठमाडौं । आजबाट लकडाउन कार्यान्वयनमा सरकार कडा बन्ने भएको छ ।

    सरकारले १ जेठबाट लकडाउनमा कडाई गर्ने नीति अनुसार कार्यान्वयनमा थाल्ने भएको छ ।

    मंगलबार र बुधबार लगातार करीव १ सय जनामा कोरोना देखिएपछि सरकारले देशभर लकडाउन कडा बनाउने नीति लिएको छ ।

    त्यसअनुसार अब एक जिल्लाबाट अर्को जिल्लामा जान जारी भएका सबै पास रद्द भएको छ ।

    मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमा कोभिड १९ रोकथामसम्बन्धी संयन्त्रमा रहेका मन्त्रीहरुसँग लकडाउन किन खुकुलो पारेको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए ।

    सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाइएको छ ।

    अत्यावश्यक सेवाका लागि प्रस्थान र पुग्ने दुवै जिल्लाका सिडिओको अनुमति लिनुपर्ने नियम जारी भएको छ ।

    अब काठमाडौं उपत्यकाभित्र छिर्न कडाई गरिने गृह मन्त्रालयले जनाएको छ । उपत्यकामा तीनवटै जिल्लालाई एउटै जिल्ला सरहको मान्यता दिइएको छ ।

    औचित्यका आधारमा प्रमुख जिल्ला अधिकारीले पास वितरण गर्ने भएका छन् ।

    कार्यालयको परिचयपत्रको भरमा भने सडकमा निस्कन नपाइने नियम ल्याइएको छ । समुदायमा कोरोना भाइरस पुगेका कारण सरकारले लकडाउन फेरी कडा गर्न लागेको हो ।

  • कपिलवस्तुमा कोरोना देखिएकोमा ४ जना सुरक्षाकर्मी संक्रमित

    कपिलवस्तुमा कोरोना देखिएकोमा ४ जना सुरक्षाकर्मी संक्रमित

    काठमाडौं । कपिलवस्तुमा बुधबार साँझ ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यसमध्ये ४ जना सुरक्षाकर्मी रहेको पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार ड्युटीमा खटिएका चार सुरक्षाकर्मीमा कोरोना पुष्टी भएको हो ।

    कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर २ को महेन्द्र मावि को क्वारेन्टाइनमा ड्युटीमा खटिएका ४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

    २ जना जनपथ प्रहरी, एकजना सशस्त्र प्रहरी र एकजना अनुसन्धान तर्फका प्रहरी कर्मचारीमा कोरोना देखिएको हो ।

    यहाँ अर्का एकजना कृष्ण नगर नगरपालिकाका कर्मचारीमा समेत कोरोना देखिएको छ । उनी कृष्ण नगर नगरपालीकाका कृषि प्राविधिक रहेको बताइएको छ ।

    अन्य ३ जना चाही क्वारेन्टाइनमा रहेका व्यक्तिमा संक्रमण देखिएको छ ।

    कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा आइसोलेसन उपलब्ध नभएपनि उनीहरुलाई सेल्फ आइसोलेसनमा राखिएको छ ।

    कपिलवस्तुमा भेटिएका संक्रमितलाई यसअघि बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पताल र भिम अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

    यी अस्पताल भने संक्रमितले भरिएका छन् ।

  • सर्वदलीय बैठकमा निष्कर्ष : भारतले नेपालको भूमि मिचेको छ

    सर्वदलीय बैठकमा निष्कर्ष : भारतले नेपालको भूमि मिचेको छ

    काठमाडौं । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक विवादबारे सर्वदलीय बैठक आह्वान गरेका छन् ।

    साँझ बसेको बैठकले भारतले नेपालको भूमि अतिक्रमण गरी सडक बनाएको निष्कर्ष निकालिएको छ ।

    नेताहरुका अनुसार भारतले नेपालको भूमि मिचेकोमा दुई मत नरहेको निष्कर्षमा सर्वदलीय बैठक पुगेको छ ।

    बैठक बुधबार साँझ बालुवाटारमा बसेको थियो । लिपुलेक क्षेत्रमा भारतले नेपाली भूमिमा सडक निर्माण गरेको ठहरसहित त्यहाँबाट उसलाई फिर्ता पठाउन सरकारले सबै किसिमका पहल गर्नुपर्ने ठहर सर्वदलीय बैठकले गरेको हो ।

    बैठकले लिम्पियाधुरास्थित काली नदीको मूहानयताको भूभाग नेपालकै भएको निचोडसहित बैठकले सरकारलाई दह्रोसँग खुट्टा टेक्न आग्रह गरेको छ ।

    लिपुलेकमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरेको छ । त्यो सडक नेपालकै भूमिमा रहेको ठहर बैठकले गरेको हो ।

    नेताहरुले सरकारलाई बलियोसँग कूटनीतिक पहलका लागि आग्रह गरेका छन् ।

    राप्रपाका एकजना अध्यक्ष प्रकाशचन्द्र लोहनीका अनुसार लिम्पियाधुरायताको भूभाग नेपालको भएको भन्दै प्रधानमन्त्रीलाई जनताको विश्‍वाससहित अघि बढ्न सुझाव दिइएको जानकारी दिए ।

    अहिले भइरहेका पहल र प्रयत्न पर्याप्त नरहेको नेताहरुको भनाई थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्रीले आफ्नो भूमि कुनै हालतमा नछाड्ने अडान बैठकमा राखेका थिए ।

    बैठकमा प्रधानमन्त्रीले भारतले अहिलेसम्म वार्ता गर्न नचाहेको जानकारी गराएका थिए ।

    तर, भारतले वार्ता नगरी सुख नपाउने उनले बताएका थिए । बैठकमा प्रधानमन्त्री ओलीले पुर्खाले लडेर बचाएको नेपाललाई अब अडेर बचाउनु पर्ने उनले बताए ।