Author: Vishwanews.com

  • लिपुलेक नजिकै दार्चुलाको छाङरुमा पुग्यो सशस्त्र प्रहरी

    लिपुलेक नजिकै दार्चुलाको छाङरुमा पुग्यो सशस्त्र प्रहरी

    काठमाडौं । भारतले अतिक्रमण गरेको दार्चुलाको पिलुलेक नजिकै छाङरुमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ ।

    लिपुलेक नजिकै करीव १० किलोमिटर वर छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट खोलिएको छ ।

    बुधबार गृह मन्त्रालयको टोली नेपाली सेनाको हेलिकोप्टरबाट दार्चुला सदरमुकाम गएको थियो ।

    सदरमुकामबाट सोही हेलिकोप्टरमा थप सुरक्षाकर्मी लिएर भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै गएको हो ।

    बुधबार सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको हो ।

    नेपाली सेनाको एम–१६ हेलिकोप्टर त्यहा गएको हो । प्रहरीका अनुसार यस स्थानमा २५ जनाको टोली रहने भएको छ ।

  • फेरी थपिए २४ संक्रमित, कुल संक्रमण २४३ जनामा

    फेरी थपिए २४ संक्रमित, कुल संक्रमण २४३ जनामा

    काठमाडौं । बुधबार थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार साँझको अपडेट अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा समेत कोरोनाका नयाँ संक्रमित देखिएका हुन् ।

    यससँगै अब नेपालमा कुल संक्रमितको संख्य २४३ पुगेको छ ।

    नयाँ आंकडा नुसार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३ र नवलपरासीमा १ जनामा कोरोना पुष्टी भएको हो ।

    यसअघि बुधबार दिउसो बाँकेका एक जना र कपिलवस्तुका एक जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

  • विदेशबाट नेपाली फर्काउनेबारे सरकारको स्पष्टोक्ति : भावनासँगै जोखिम पनि छ

    विदेशबाट नेपाली फर्काउनेबारे सरकारको स्पष्टोक्ति : भावनासँगै जोखिम पनि छ

    काठमाडौं । विदेशबाट लाखौं नेपाली घर फर्कने आशमा सरकारको मुख हेरिरहेका छन् ।

    नेपालबाट धमाधम मुलुकहरुले जहाज चार्टर्ड गरी आफ्ना नागरिक फर्काइरहँदा नेपालीले पनि त्यो आश गर्नु नौलो विषय रहेन ।

    तर, सरकारले भने यसलाई जोखिमसँग हेरेर विश्लेषण गरेको छ ।

    सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशमा रहेका नेपालीलाई घर फर्काउनु पर्छ भन्ने भावनालाई आत्मसाथ गर्दै त्यसअगाडी जोखिमको विश्लेषण गर्नुपर्ने बताएका छन् ।

    अहिले जुन व्यक्ति जहाँ छ, त्यही बस्दा बढी सुरक्षित हुने भन्दै उनले व्यवस्थापनको तयारी नगरी नागरिक फिर्ता ल्याउँदा त्यसले नित्याउने जोखिमबारे छलफल गर्नुपर्ने बताए ।

    विदेशमा रहेका नेपाली नागरिकलाई सोही मुलुकले सुरक्षित रुपमा राख्ने र नेपालमा रहेका विदेशी नागरिकलाई नेपालले सुरक्षित राख्ने  सहमति समेत भइरहेको उनले जनाए ।

    विनियोजन विधेयकमाथि उठेका प्रश्नको संसदमा बुधबार जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सीमापारि रहेका नेपालीलाई फर्काउनेबारे थप छलफल आवश्यक रहेको बताएका हुन् ।

    सांसदहरूले उठाएका प्रश्नको जवाफमा उनले भने ‘बाहिर बसेकाहरू स्वदेश फर्कन चाहन्छन् भने उनीहरूलाई ल्याऔं भन्नुभएको छ । योसम्बन्धी विषयमा मलाई लाग्छ अलिकति बढी छलफलको आवश्यकता पर्छ । हाम्रा भावनाहरू एक ठाउँमा छन् र हाम्रा कठिनाइहरू पनि हामीले सँगसँगै हेर्नुपर्छ ।’

    मान्छे ल्याउने, लाने भन्ने कुरालाई समग्र स्वास्थ्य जोखिमको आधारबाट विश्लेषण गर्नुपर्ने उनको तर्क रहेको छ । सीमापारिका नेपालीहरूको व्यवस्थापन कसरी गर्ने भन्नेबारे छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको उनको भनाई छ ।

  • भेन्टिलेसन् फोडेर  नारायणी अस्पतालबाटै भागे दुईजना कोरोना संक्रमित

    भेन्टिलेसन् फोडेर नारायणी अस्पतालबाटै भागे दुईजना कोरोना संक्रमित

    काठमाडौं  । कोरोना भाइरसको संक्रमण पुष्टि भएका दुईजना अस्पतालबाट भागेका छन्। वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन्।  उनीहरूको अहिले खोजीकार्य भइरहेको छ। उनीहरु मंगलबार भर्ना भएका थिए।

    महानगरपालिकाकै वडा नम्बर १६ र १३ का दुई संक्रमितमध्ये एकजना १७ र अर्का ३० वर्षका छन्।  वीरगन्जको नारायणी अस्पतालमा ६९ जना कोरोना संक्रमित उपचाररत छन्।

    अस्पतालबाट भाग्ने दुई जनामध्ये एक जना थुनुवा हुन्। संक्रमित भागेपछि खोजी कार्य भइरहेको बताइएको छ।

  • थप दुईजनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या २१९ पुग्यो

    थप दुईजनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या २१९ पुग्यो

    काठमाडौं । कपिलवस्तु र बाँकेमा गरि थप २ जनामा कोरोना संक्रमण देखिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो।

    आजै दिउसो नेपालगञ्जका एक युवाको धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। उनि बाँके जिल्ला नेपालगञ्ज ८ का ३६ वर्षीय पुरुष हुन् । यो सहित नेपालमा संक्रमितको संख्या २१९ पुगेको छ।

  • भीम रावलको सुरक्षामा खटिएका प्रहरीमा कोरोना पुष्टी, नेकपा स्थायी समिति बैठक स्थगित

    भीम रावलको सुरक्षामा खटिएका प्रहरीमा कोरोना पुष्टी, नेकपा स्थायी समिति बैठक स्थगित

    काठमाडौं । पूर्वगृहमन्त्री तथा नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका एक सशस्त्र प्रहरीमा कोरोना पुष्टी भएको छ ।

    मंगलबार भक्तपुरमा कोरोना पुष्टी भएका २ जनामध्ये एक जना सुरक्षाकर्मी थिए । उनी भीम रावलको सुरक्षामा खटिने गरेको पाइएको छ ।

    यद्दपी उनी पछिल्लो एक महिना भने बिदामा रहेका थिए ।

    भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मी नै कोरोनाबाट ग्रसित भएसँगै बुधबार बोलाइएको नेकपा स्थायी कमिटी पनि स्थगित भएको छ ।

    बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित भएको नेकपा सचिवालयले जानकारी दिएको छ ।

    सांसदहरुको कोरोना परीक्षण गरिएको छ । तर, अन्य नेताको भने कोरोना परीक्षण भएको छैन ।

    सोहीकारण संक्रमण फैलन सक्ने डरले बैठक स्थगित भएको हो ।

  • आज दार्चुलामा नेपाली फौजको पोष्ट स्थापना हुँदै

    आज दार्चुलामा नेपाली फौजको पोष्ट स्थापना हुँदै

    काठमाडौं । भारतीय अतिक्रमणमा परेको लिपुलेक नजिकै आज नेपाली फौजको एक टोली खट्ने भएको छ ।

    नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंबाट टोली दार्चुलातर्फ लागिसकेको छ । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी इन्सपेक्टरको नेतृत्वमा २५ जनाको टोली आजबाट फिल्डमा खट्ने भएको छ ।

    यो क्षेत्र भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकभन्दा करिब १०–१२ किलोमिटर नेपालतर्फ पर्ने गृह मन्त्रालयले जनाएको छ ।

    काठमाडौंबाट बन्दोबस्ती, खाद्यान्न र हातहतियारसहित उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरले छाङरूमा पुर्याउने कार्यक्रम रहेको छ ।

    बुधबार बिहान गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापालगायत टोली यस भेगतर्फ लागिसकेको प्रहरीले जनाएको छ ।

    छाङरूसम्म पुग्ने मोटर बाटो छैन । त्यसकारण टोलीलाई सेनाको हेलिकोप्टरले उक्त स्थानसम्म लैजाने छ ।

    सशस्त्रको टोली राख्न छाङरूमा एउटा घर भाडामा लिइएको छ ।

    लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि सरकारमाथि नेपाली फौज राख्ने दवाव बढेको हो ।

  • उपत्यकामा को कसलाई देखियो नयाँ संक्रमण ?

    उपत्यकामा को कसलाई देखियो नयाँ संक्रमण ?

    काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार तीन जना नयाँ संक्रमित देखिए । यसअघि उपत्यका कोरोना मुक्त थियो । उपत्यका भित्र भक्तपुरमा दुई र काठमाडौंमा एक जनामा कोरोना भेटिएको हो ।

    भक्तपुरमा कोरोना भाइरस संक्रमण देखिएका पुरुष सशस्त्र प्रहरीमा कार्यरत जवान रहेको पुष्टी भएको छ । उनी पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिने प्रहरी जवान रहेको बताइएको छ ।

    यद्दपी यसको पुष्टी प्रहरी स्रोतले भने गरिसकेको छैन । भक्तपुरमा अर्को संक्रमित भने स्टाफ नर्स हुन् ।

    २७ वर्षीय सशस्त्र प्रहरी भक्तपुरको चाँगुनारायण नगरपालिका १ सरस्वतीखेलस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा खटिने अस्पताल स्रोतले बताएको छ ।

    उनको बारेमा विस्तृत बुझ्ने काम भइरहेको बताइएको छ उनको स्थायी घर रामेछाप हो । उता, अर्की संक्रमित २५ वर्षीय स्टाफ नर्स रहेको अस्पतालले जनाएको छ ।

    उनी भक्तपुरको एक निजी अस्पतालमा काम गछिन् । उनी अर्की स्टाफ नर्सको डेरमा सँगै बस्ने बुझिएको छ ।

    उनी सुनसरीको रामधुनी नपा झुम्काकी स्थायी बासिन्दा रहेको बताइएको छ । उनी केही दिन अगाडी सरकारी पास लिएर सुनसरी पुगेर भक्तपुर फर्किएको पाइएको छ ।

    सुनसरीबाट फर्किएपछि उनी स्वयम टेकु अस्पताल पुगेर कोरोना जाँच गरेकी थिइन् ।

    जसमा पोजेटिभ नतिजा आएको छ । यता, काठमाडौंमा भने चन्द्रागिरि नगरपालिकामा एक महिलामा कोरोना देखिएको छ । उनमा कसरी कोरोना देखियो भन्ने अनुसन्धान जारी रहेको बताइएको छ ।

  • जीडीपीमा बागमति प्रदेशको हिस्सा धेरै, आर्थिक वृद्धिदरमा सुप अगाडी

    जीडीपीमा बागमति प्रदेशको हिस्सा धेरै, आर्थिक वृद्धिदरमा सुप अगाडी

    काठमाडौं । मुलुकको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा ठूलो हिस्सा बागमति प्रदेशको रहेको तथ्यांक सार्वजनिक भएको छ ।जीडीपीमा बागमती प्रदेशको हिस्सा ३५.८४ प्रतिशत रहने प्रक्षेपण केन्द्रिय तथ्यांक विभागले गरेको हो ।

    मंगलबार सार्वजनिक आर्थिक वर्ष २०७६\७७ को प्रादेशिक कुल गार्हस्थ उत्पादन (जीडीपी)को तथ्यांकअनुसार सात प्रदेशमध्ये जीडीपीमा बागमति प्रदेशले ठूलो योगदान गर्छ ।यहाँ अधिकांश सेवा तथा खुद्रा व्यापारसँग सम्बन्धित आर्थिक गतिविधि हुने गरेको छ । बागमति बाहेक अन्य प्रदेशमा  भने कृषिको गतिविधि बढी हुने गरेको छ ।विभागका अनुसार प्रदेश १ को जीडीपीमा १५.८२ प्रतिशत योगदान छ । प्रदेश नं ५ को १४.१८ र प्रदेश २ को १३.७८ प्रतिशत योगदान रहेको छ ।

    गण्डकीको हिस्सा ८.९ प्रतिशत र सुदूरपश्चिमको ७.२१ प्रतिशत छ । सबैभन्दा कम कर्णालीको ४.२७ प्रतिशत देखिएको छ ।राष्ट्रिय जीडीपी यो वर्ष ३७ खर्ब ६७ अर्ब रुपैयाँको रहेको छ । त्यसमा बागमतिको मात्र जीडीपी १३ खर्ब ५० अर्ब रुपैयाँका रहने भएको छ ।

    कर्णालीको जीडीपी १ खर्ब ६१ अर्ब रहने छ । आर्थिक वृद्धिदरमा भने सुदुरपश्चिम अगाडी रहने भएको छ ।नेपालको राष्ट्रिय अर्थतन्त्रको वृद्धिदर २.२८ प्रतिशत अनुमान गरिएकोमा सुदूरपश्चिमको वृद्धिदर ४.०८ प्रतिशत रहने बताइएको छ ।

    बागमतिको सबैभन्दा कम १.२३ प्रतिशत रहनेछ ।प्रदेश १ को ३.४१ प्रतिशत, प्रदेश २ को २.२८ प्रतिशत, गण्डकीको २.६८ प्रतिशशत, प्रदेश ५ को २ प्रतिशत र कर्णालीको ३.५६ प्रतिशत रहने भएको छ ।

  • यूएईमा मंगलबार कोरोनाबाट दुई नेपालीको मृत्यु

    यूएईमा मंगलबार कोरोनाबाट दुई नेपालीको मृत्यु

    काठमाडौं । कोरोना भाइरको संक्रमणबाट मंगलबार यूएईमा दुई जना नेपालीको ज्यान गएको छ ।

    त्यहास्थित नेपाली दूतावास स्रोतका अनुसार यूएईको आबुधाबीमा अर्घाखाँचीका ३९ वर्षिय एक पुरुषको ज्यान गएको छ ।

    यूएईकै अलऐनमा अर्का नेपालीको ज्यान गएपनि नेपालको ठेगाना भने स्पष्ट भइनसकेको बताइएको छ ।

    कोरोना सङ्क्रमणका कारण मृत्यु भएको अर्घाखाँचीका युवा लामो समय अस्पतालमा उपचारार्थ भर्ना भएका थिए ।

    तर, उनले कोरोनालाई जित्न सकेनन् ।

    उनको निधन भएको बारे कम्पनीले मंगलबार नै परिवारलाई जानकारी समेत गराएको छ ।

    अलऐन अस्पतालमा ज्यान गुमाउने युवाको भनो ठेगाना खुलाइएको छैन ।

    यस मुलुकमा कारोना भाइरसबाट संक्रमितलाई राष्ट्रियता नखुलाई अस्पतालमा भर्ना लिने गरिएको छ । कोरोनाबाट धेरै नेपालीको ज्यान जानेमा यूएईसमेत पर्छ ।

  • कोरोना शुरु भएयता साउदी अरबमा ३१ नेपालीको मृत्यु, एक जनाको कोरोना कारण

    कोरोना शुरु भएयता साउदी अरबमा ३१ नेपालीको मृत्यु, एक जनाको कोरोना कारण

    काठमाडौं । संसारभर कोरोना भाइरसको संक्रमण शुरु भएयता साउदी अरबमा ३१ जना नेपाली नागरिकको ज्यान गएको छ ।

    त्यसमध्ये एक जनाको मृत्युका कारण कोरोना रहेको साउदी अरेबियास्थित नेपाली दूतावासले जानकारी दिएको छ । ।

    यो मुलुक नेपाली कामदारको प्रमुख श्रम गन्तब्य मध्ये एक हो ।

    साउदी अरेबियामा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या भने ६७४ पुगेको दूतावासले उल्लेख गरेको छ ।

    साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयलाई उदृत गर्दै दूतावासले दिएको जानकारी अनुसार साउदी अरबको पूर्वी क्षेत्रमा ३३६ जना नेपाली संक्रमित छन् ।

    यस भेगको मक्का, मदिना, जेद्दा र जजान लगायतमा १४८ जना, रियाद क्षेत्रमा १७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरू संक्रमित छन् ।

    संक्रमितमध्ये ११ जना महिला हुन् । संक्रमित मध्ये अधिकांश भने निको भइसकेको दूतावासको भनाई छ ।

    साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४२,९२५ पुगेको छ ।

    कूल संक्रमितहरु मध्ये हालसम्म १५,२५७ जना निको भएका छन् । साउदीमा २६४ जना संक्रमितको मृत्यु भएको छ ।

  • काठमाडौं र भक्तपुरसहित मंगलबार फेरी थपिए २६ संक्रमित, कुल संक्रमित २१७

    काठमाडौं र भक्तपुरसहित मंगलबार फेरी थपिए २६ संक्रमित, कुल संक्रमित २१७

    काठमाडौं । नेपालमा थप २६ जनामा कोरोना पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० बजेर १५ मिनेटमा सार्वजनिक गरेको नयाँ अपडेट अनुसार आज थप २६ जनामा कोरोना जनामा कोरोना देखिएको थियो ।

    दिउँसो ५७ जनामा कोरोना देखिएको थियो । मंगलबार मात्र ८३ जनामा कोरोना पुष्टी हुँदा कुल संक्रमित भने २१७ पुगेको छ ।

    मन्त्रालयका अनुसार थप २६ जनामध्ये १८ जना पर्सामा, महोत्तरीमा दुई जना, धनुषमा २ जना, भक्तपुरमा २ जना र काठमाडौंमा एक जनामा कोरोना देखिएको हो ।

    यसअघि दिउँसो भने कपिलवस्तुमा ८, रुपन्देहीमा ९, बारामा एक र पसार्मा ३९ जनामा कोरोना पुष्टी भएको थियो ।

  • एकै दिन ३९ संक्रमित भेटिएपछि पर्सामा निषेधाज्ञा

    एकै दिन ३९ संक्रमित भेटिएपछि पर्सामा निषेधाज्ञा

    वीरगन्ज । कोरोना भाइरसको जोखिम ह्वात्तै बढेसँगै पर्सामा निषेधाज्ञा जारी भएको छ । खासगरी वीरगञ्ज महानगरपालिकामा अब अत्यावश्यक बाहेक सबै प्रकारका गतिविधि रोकिने भएको छ ।

    जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा मंगलबार बेलुकाबाटै कार्यान्वयनमा आएको छ ।

    पर्सामा दुई जना पत्रकारसहित मंगलबार एकै दिन ३९ जनामा कोरोना पुष्टी भएको छ । यस जिल्लामा समुदाय स्तरमै कोरोना फैलिएको आशका गरिएको छ ।

    मंगलबार एकै दिन नेपालमा ५७ जनामा कोरोना पुष्टी भएको छ । यो एकैदिन बढेको सर्वाधिक ठूलो संख्या हो ।

  • रुपन्देहीका पहिलो संक्रमित युवकले जिते कोरोना

    रुपन्देहीका पहिलो संक्रमित युवकले जिते कोरोना

    बुटवल । रुपन्देहीका पहिलो कोरोना संक्रमित युवकले कोरोना जित्न सफल भएका छन् । उनी मंगलबार बुटवलस्थित कोरोना अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

    रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नंं १ का २५ वर्षका युवकमा कोरोना पुष्टी भएपछि वैशाख १९ मा अस्पताल भर्ना गरिएको थियो ।

    १२ दिनसम्म आइसोलेसन अस्पतालमा बिताएका उनमा कोरानाको लक्षण भने नदेखिएको अस्पतालले जनाएको छ ।

    शुक्रवार र सोमबार लगातार दुई पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई मंगलबार डिस्चार्ज गरिएको छ ।

    उनी वैशाख ५ मा भारतको मुम्बईबाट मर्चवारको ठोठरी नाका हुंदै नेपाल प्रवेश गरेका थिए ।

    उनलाई सीमा क्षेत्रसम्म लिन गएका उनका दाजु र साथी लगायत उनीसंग सम्पर्कमा आएका अन्यको रिपोर्ट भने नेगेटिभ आएको हो ।

    उनी अस्पतालमा एक्लै रहेका बेला एक्लै नाचेको भिडियो पनि भाइरल बनेको थियो । उनीसहित रुपन्देहीमा मंगलबारसम्म १६ जनामा कोरोना संक्रमित देखिएको छ ।

    उनी निको भएपछि बुटवलको कोरोना अस्पतालमा भने अहिले कपिलवस्तुका समेत बिरामी गरी २७ जना भर्ना भइसकेका छन् ।

  • अब जिल्ला कटेर बाहिर जान नपाइने

    अब जिल्ला कटेर बाहिर जान नपाइने

    काठमाडौं । अब एक जिल्लाबाट अर्को जिल्लासम्म जान नपाइने भएको छ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको छ ।

    मंगलबार एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै सरकार झस्किएको छ । लकडाउन केही खुकुलो पारेको सरकारले अब लकडाउन कार्यान्वयनलाई कडाईका साथ पालना गर्ने निर्णय समेत गरेको हो ।

    पछिल्लो निर्णय बिहीबारदेखि लागू हुने भएको छ बुधबार भने यसअघिका पास लागु हुने भएका छन् ।

    काठमाडौं उपत्यकामा भने जिल्लाको मापदण्ड लागु हुने छैन । अब उपत्यका भित्र सवारी चलाउन सरकारी कर्मचारीले पनि पास अनिवार्य लिनुपर्ने भएको छ ।

    सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेकोमा अब त्यसो गर्न नपाइने भएको छ ।

    सरकारले जारी गरेको आधिकािरक सवारी पासबाट मात्र जिल्ला भित्र आवतजावत गर्न सकिने भएको छ । जिल्लाहरुको नाका भने सील हुने भएको छ ।

    सञ्चारकर्मीले सूचना विभागको परिचयपत्रका आधारमा मात्र हिड्न पाउने भएका छन् । नेपालमा लकडाउन केही खुकुलो पारेसँगै लगातार दुई दिन दोब्बर संख्यामा संक्रमित बढेका छन् ।

  • भारतसँग सीमा जोडिएका प्रदेश कोरोनाको उच्च जोखिममा, कुनमा कति संक्रमित  ?

    भारतसँग सीमा जोडिएका प्रदेश कोरोनाको उच्च जोखिममा, कुनमा कति संक्रमित ?

    काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्ट अनुसार हालसम्म १७ जिल्लामा कोरोना संक्रमित भेटिएको छन्।

    भारतसँग सीमा जोडिएका प्रदेश २ र ५ उच्च जोखिमा देखिएको छन् । प्रदेश २ पर्सामा एकै दिन ३९ जना संक्रमित भेटिएसँगै ७१ जनामा संक्रमण देखिएको छ ।

    प्रदेश ५ मा ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

    त्यस्तै तेस्रो स्थानमा प्रदेश १ छ। भारतसँग सीमा जोडिएको यस प्रदेशमा हालसम्म ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।

    त्यस्तै सुदुर पश्चिममा ५ जना संक्रमति हुँदा गण्डकी प्रदेशमा दुई जनामा संक्रमण पुष्टि भएको छ। वाग्मती प्रदेशमा ७ जनालाई कोरोना पुष्टि हुँदा कर्णाली प्रदेशलाई भने कोरानाले छोएको छैन् ।

    सुदुर पश्चिम र गण्डकी प्रदेशका संक्रमित निको भएर घर फर्किसकेका छन् भने बागमती प्रदेशकै चितवनमा दुई जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये एक जनाको आइसोलेसनमा उपचार भइरहेको छ। अन्यसबै कोराना मुक्त भैसकेका छन् ।

    अन्य जिल्लाहरु उदयपुर जिल्लामा ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पर्सामा ६४, कपिलबस्तु २९ , बाँके २४ रुपन्देही १६, कैलाली ४, रौतहट ३ बारा ३ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं ५, बाग्लुङमा दुई जनामा संक्रमण पुष्टि भएकोमा उनीहरु उपचारपछि घर फर्किसकेका छन्।

    झापा २, बर्दिया, १ भोजपुर १ , कञ्चनपुर १, सप्तरी १ सर्लाहीमा १ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

    सुदुरपश्चिममा संक्रमित भएका पाँच जना मध्ये कैलालीमा चार र कञ्चनपुरमा एक जना रहेका छन्। उनीहरु पाँचै जना उपचारपछि घरै फर्किसकेका छन्। नेपालमा कोरोना संक्रमित भेटिएकामध्ये हालसम्म ३३ जना उपचार पछि निको भएर डिस्चार्ज पनि भएका छन्।

    हाल उपचारका क्रममा रहेका सबै कोरोना संक्रमितहरूको अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ।

  • नेकपा स्थायी कमिटी बैठक बुधबार

    नेकपा स्थायी कमिटी बैठक बुधबार

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी कमिटी बैठक बोलाएको छ।

    स्थायी कमिटी बैठक बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराही बस्नेछ।

    गत वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले वैशाख २५ गते स्थायी कमिटी बैठक राख्ने निर्णय गरे पनि अन्तिम समयमा स्थगित गरिएको थियो।

    बैठकमा पेश गर्ने एजेन्डामा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुरा मिलेको थिएन।

  • नेपालमा एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्।

    स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्।

    जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन्। उनीहरू सबै पुरूष रहेको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ। योसँगै नेपालमा कोरोना भाइरसका संक्रमित १९१ पुगेका छन्। नेपालमा देखिएका कुल १९१ संक्रमितमध्ये ३३ जना उपचारपछि निको भएका छन्।

  • भारतमा रेल सेवा सूचारु, लाखौं मजदुरलाई घर पठाउन थालियो

    भारतमा रेल सेवा सूचारु, लाखौं मजदुरलाई घर पठाउन थालियो

    नयाँ दिल्ली । भारतमा करीव डेढ महिनायता बन्द रहेको रेलसेवा आजबाट सूचारु भएको छ ।

    भारतले कोरोना भाइरसको सन्त्रासकै बीचमा रेल सेवा भने सूचारु गर्ने निर्णय लिएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि भारतमा शुरु लकडाउनपछि भारतमा रेल सेवा बन्द गरिएको थियो ।

    भारतीय रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ शहरहरुमा रेल सेवा सुरु गरेको छ ।

    मन्त्रालयले सोमबारदेखि अनलाइनमार्फत् टिकट बुकिङ खुला गरेको थियो । लकडाउनका कारण अलपत्र परेका लाखौं यात्रु यस निर्णयबाट लाभान्विन हुने भएका छन् ।

    रेलमन्त्री पीयुष गोयलका अनुसार पहिलो चरणमा प्रवासी कामदारलाई प्राथमिकता दिइने भएको छ । पहिलो दिन भारतमा ४६८ वटा रेल चल्ने भएका छन् ।

    भारतले रेल चलाएपछि अब नेपालमा पनि यसको चाप बढ्ने भएको छ । घर जान नपाएका हजारौं नेपाली अब सीमा नाकासम्म आउने भएका छन् ।

    भारतले भने अर्थतन्त्रमा प्रभाव गहिरो पर्दै गएपछि सार्वजनिक यातायातका सबै सेवा सूचारु गर्न लागेको छ । भारतमा हवाई सेवा पनि सन्चालनको तयारी थालिएको छ ।

  • सील गरिएको कर्णाली अब केही खुकुलो हुने

    सील गरिएको कर्णाली अब केही खुकुलो हुने

    सुर्खेत । नेपालगन्जमा कोरोना भाइरस फैलिएपछि अघिल्लो साता नाका सील गरेको कर्णालीमा अब लकडाउन केही खुकुलो हुने भएको छ ।

    कर्णाली प्रदेश कोरोना नियन्त्रण, रोकथाम उच्च स्तरीय समितिले यस्तो निर्णय गरेको हो । कर्णालीमा अब नाकामा आवतजावत कडाइ हुने भएको छ ।

    स्थानीय सामग्रीको ओसारपसार खुला गरिएको छ । कृषि र विकास निर्माणका गतिविधि अब कर्णालीमा सहज हुने भएका छ ।

    स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय तह र प्रदेशका कर्मचारीहरुलाई प्रदेश आउन भएको झण्झट समेत अब हट्ने भएको छ ।

    प्रदेशमा गतिविधिहरु सूचारु गर्न सकिने भएको छ । प्रदेशमा गतिविधिहरु सूचारु गर्न सकिने भएको छ ।

    किसानले कृषि र पशुपालनका लागि आवश्यक सामग्रीहरु ओसारपसार गर्न र स्थानीय तहको समन्वयमा भौतिक दुरी कायम गरी खेतीपाती गर्न पाउने गरी निर्णय भएको छ ।

    महत्वपूर्ण र रोजगारमूलक विकास निर्माण उपकरण ढुवानी र ओसारपसार गर्न, विकास परियोजनाको काम गर्ने जनशक्ति आवतजावत् गर्न, दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ र औद्योगिक उत्पादनका लागि आवश्यक सामग्री आयात गर्न दिने निर्णय समेत प्रदेश सरकारले गरेको छ ।

    कर्णाली प्रदेश नेपालमा कोरोनाबाट मुक्त प्रदेश हो । तर, तल्लो भेगमा कोरोना देखिएपछि सरकारले प्रदेश सिल गरेको थियो ।

  • आफन्तको शव विदेशमै अन्त्येष्टी गर्ने अनुमति दिए ५० हजार पाइने

    आफन्तको शव विदेशमै अन्त्येष्टी गर्ने अनुमति दिए ५० हजार पाइने

    काठमाडौं । नेपालले अन्तराष्ट्रिय उडानमा लगाएको प्रतिवन्ध र कोरोना भाइरसको संक्रमणको डरले मुलुक भित्र जारी लकडाउनका कारण विदेशमा कैयौं नेपालीका शव अलपत्र अवस्थामा छन् ।

    सरकारले यी शवको अन्त्येष्टी विदेशमा होस भन्ने चाहन्छ । किनकी त्यसले शव नेपालसम्म ल्याउन लाग्ने खर्च बच्नेछ ।

    सोहीकारण अहिले सरकारले विदेशमा मृत्यु भएका नेपाली कामदारका परिवारसँग विदेशमै शव अन्त्येष्टि गर्न अनुमति माग गरेको छ ।

    यसरी अनुमति दिएमा सरकारले परिवारलाई सान्त्वना र राहत स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

    वैदेशिक रोजगार विभागका अनुसार हाल विदेशमा १ सय भन्दा बढी शव छन् ।

    कोभिड १९ लागेर मृत्यु भएका नेपालीको अन्त्येष्टि भने सम्बन्धित मुलुकमै हुन्छ । किनकी त्यस्तो शव नागरिकको स्थायी मुलुकमा लैजाने अनुमति दिइदैन ।

    तर, अन्य कारणले ज्यान गुमाएका नेपालीको शव भने नेपालीले आफ्ना जन्म भुमीमै ल्याएर आफन्तले मुख हेरेर अन्थेष्टी गर्ने चाहना राख्नु स्वाभाविक हो ।

    वैदेशिक रोजगार बोर्डले भने यसरी आफन्तसम्म शव ल्याउन सहजिकरण गर्नुको साटो विदेशमै व्यवस्थापन मिलाउन आग्रह गर्दै आएको छ ।

    विदेशमा कोरोनाबाट मृत्यु भएकाबाहेकको शव परिवारको सहमतिबिना अन्त्येष्टि गर्न मिल्दैन ।

  • लिपुलेक नजिकै अब नेपाली फौजको पोष्ट, हेलिकोप्टरबाट सशस्त्र प्रहरी लगिदै

    लिपुलेक नजिकै अब नेपाली फौजको पोष्ट, हेलिकोप्टरबाट सशस्त्र प्रहरी लगिदै

    काठमाडौं । लिपुलेकमा अब नेपाल सरकारले समेत आफ्नो उपस्थिति जनाउने भएको छ ।

    नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि सरकारले समेत यस क्षेत्रमा आफ्नो उपस्थिति जनाउन लागेको हो ।

    भारतले नेपाली भूमि अक्रिमण गरेको दार्चुलाको माथिल्लो भेगमा सरकारको उपस्थिति नहुँदा भारतले नेपाली भूमिमा हालिमुहाली गर्न पाएको छ ।

    अब कालापानी नजिकैको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिने भएको छ ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार अब हेलिकप्टरमार्फत छाङरुमा सुरक्षाफौज लगिने भएको छ ।

    उनका अनुसार छिट्टै सशस्त्र प्रहरीको एक टोली त्यहा तैनाथ गरिने भएको छ । त्यसपछि सशस्त्र प्रहरी बलको बटालियन नै राख्ने योजना सरकारको छ ।

    उनका अनुसार छाङरु र टिंकरमा घोडेटो र मोटरबाटो बनाउने तयारी समेत भइरहेको उनले जानकारी दिए । यसले नेपाली नागरिकलाई भारत जानुपर्ने बाध्यता समेत हट्ने छ ।

    दार्चुलाको ब्यास गाउँपालिका–१, छाङरु (कालापानीबाट १० किलोमिटर वर) प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली राखिने भएको छ ।

    छाङरु दार्चुला सदरमुकाम खलंगाबाट ९० किलोमिटर उत्तरपश्चिममा पर्छ ।

    बीओपी राख्न सरकारले सशस्त्र प्रहरी बललाई १५ रोपनी जग्गामा समेत दिएको छ । लिपुलेक, टिंकर भज्याङ र कालापानी क्षेत्र यही गाउँपालिकामा पर्छ ।

  • सीमा अतिक्रमणबारे तत्काल वार्ताको पक्षमा नेपाल, टार्न खोज्दै भारत

    सीमा अतिक्रमणबारे तत्काल वार्ताको पक्षमा नेपाल, टार्न खोज्दै भारत

    काठमाडौं । नेपाल र भारतबीच लिपुकेल विवाद लामोसमय देखि जारी छ ।

    यसको कूटनीतिक समाधानबारे नेपाल सरकारले सिघ्र वार्ताको तयारी गरेपनि भारतले विविध बाहना बनाउँदै टार्दै आएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए ।

    भारत सरकारले लिपुलेकमा नेपालको भूमि अतिक्रमण गरी सडक बनाएपछि फेरी एकपटक यो विषय टुंग्याउन भारतसँग आग्रह गरेको छ ।

    साथै सडक संचालनमा नल्याउन समेत आग्रह गरिसकेको छ । तर, भारतले भने कोरोनाको सन्त्रास सकिएपछि मात्र वार्ता गर्ने भन्दै टार्न लागेको उनले जानकारी दिए ।

    मन्त्री ज्ञवालीका अनुसार नेपालले भने छिटो वार्ताको पहल गरिरहेको छ ।

    सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री ज्ञवालीले नेपाल सरकारले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा बनाएको सडकबारे वार्ता गर्न धेरै पर्खिन नसक्ने स्पष्ट पारेको जानकारी दिए ।

    भारतले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले आपत्ति जनाएको छ ।

    साथै, त्यसलाई यथास्थितिमा राख्न पनि नेपालले माग गरेको उनको भनाई छ ।

    समितिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका सांसदले भने भारतसँग भर्चुअल वार्ताको तयारी गर्न सुझाव दिएका थिए ।

    परराष्ट्रमन्त्री ज्ञवालीले सरकार भोलि गरेपनि हुन्छ, फुर्सदमा गरौंला भन्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

  • सरकारले नेपाली भूमि मिचिएकोमा भारतीय राजदूतलाई दियो ‘कूटनीतिक नोट’

    सरकारले नेपाली भूमि मिचिएकोमा भारतीय राजदूतलाई दियो ‘कूटनीतिक नोट’

    काठमाडौं । सरकारले नेपाली भूमि भारतीय पक्षबाट मिचिएको सम्बन्धमा भारत सरकारका प्रतिनिधिसँग जानकारी लिएको छ ।

    परराष्‍ट्र मन्त्री प्रदीप ज्ञवालीले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएका हुन् ।

    उनले त्यस सम्बन्धमा राजदूतलाई स्पष्ट जानकारी गराएको मन्त्रालयले जनाएको छ ।

    नेपाली भूमिमा पर्ने लिपुलेकमा विना सूचना भारतले सडक निर्माण गरेको तथा अन्य गतिविधि दोहोर्याएपछि नेपालले राजदूतमार्फत कूटनीतिक नोट दिएको छ ।

    भारतले लिपुलेकमा नेपाली भूमि मिचेर बनाएको सडक संचालनमा ल्याएको छ ।

    त्यस घटनाको परराष्ट्रमन्त्रालयले कडा भत्सर्ना पनि गरिसकेको छ । भारतले भने सडक भारतकै भूमिका बनाएको भन्दै नेपालको दावि खारेज गरेको बताएको छ ।

    जसले गर्दा अहिले दुई मुलुकबीच सीमा विवाद चर्किएको छ । पछिल्लो समय भारतको रवैया विरुद्ध नेपालमा प्रदर्शन तथा विरोध समेत शुरु भएको छ ।

  • नेपाली कामदार फर्काउन यूएइले नेपालसँग माग्यो अनुमति

    नेपाली कामदार फर्काउन यूएइले नेपालसँग माग्यो अनुमति

    काठमाडौं । यूएइले अवैध रुपमा रहेका नेपाली कामदार फर्काउन नेपालसँग अनुमति मागेको छ ।

    उक्त मुलुकमा अवैध रुपमा रहेका र अप्ठ्यारोमा परेका नागरिकलाई स्वदेशमै लैजान आग्रह गरिरहेको छ ।

    तर, नेपालले तत्काल अन्तराष्ट्रिय क्षेत्रबाट नागरिक लैजाने नीति नलिएका कारण यूएइ आफैले नेपालीलाई काठमाडौं ल्याइदिने प्रस्ताव गरेको छ ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई काठमाडौं ल्याउने अनुमति मागेको छ ।

    सोमबार संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्तो जानकारी गराएका हुन् ।

    उनका अनुसार दुई वटा विमान आउने जानकारीसहितको पत्र मन्त्रालयमा आएको छ ।

    नेपालमा आन्तरिक तयार नभएका कारण यूएईले भनेको मितिमा विमान आउन दिने अवस्था भने छैन ।

    उनकाअनुसार श्रम गन्तव्य मुलुकहरुबाट तत्काल २ लाख १० हजार ८७१ जना नेपाललाई घर फर्काउनु पर्ने अवस्था छ ।

    यो तथ्यांक विदेशस्थित दूतावास, गैरआवासीय नेपाली संघलगायतबाट संकलन भएको हो । यो संख्या भारतबाहेकका मुलुकको मात्र हो ।

    भारतबाट मात्र करिब साढे २ लाख नेपाली स्वदेश फर्किन चाहेको तथ्यांक आएको छ ।

    यसअनुसार साँच्चै संकटमा परेकालाई पहिलो चरणमा नेपाल ल्याएर व्यवस्थापन गर्ने सम्बन्धमा तयारी समेत थालिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

    भारतले मंगलबारदेखि रेल सेवा शुरु गर्दैछ । त्यसपछि नेपालको सीमा क्षेत्रमा तत्काल ठूलो संख्यामा नेपाली आइ पुग्नेछन् ।

    त्यसबेला नेपाली मात्र नआएर, उनीहरुको साथमा कोरोना पनि आउने निश्चित छ । किनकी अहिलेसम्म नेपालमा समुदायमा कोरोना सरेको छैन ।

    भारतबाट नेपाल आएका र भारतीय नागरिकमै बढी कोरोना देखिएको छ । यसबाहेक तेस्रो मुलुकबाट आउने नेपालीमा कोरोना देखिएको छ ।

  • नेपालमा थपिए १३ संक्रमित, कूल १३४ मा संक्रमण

    नेपालमा थपिए १३ संक्रमित, कूल १३४ मा संक्रमण

    काठमाडौं । नेपालमा सोमबार साँझ थप १३ जनामा कोरोना भाइरसको सक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही र बर्दियामा समेत कोरोना देखिएके हो । यी तीन वटै जिल्ला प्रदेश ५ अन्तर्गत पर्छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका८ र बुद्धभुमी नगरपालिका ७ मा ६ जना पुरुषमा कोरोना पुष्टी भएको हो ।

    रुपन्देहीको समरीमाई नगरपालिका ७ र लुम्बिनी सास्कृतिक गाउँपालिका ७ मा ६ जनामा कोरोना पुष्टी भएको हो । उनीहरु सबै पुरुष हुन् ।

    उता, बर्दियामा ११ वर्षिय बालिकामा समेत कोरोना देखिएके छ ।

    यसअघि सोमबार नै थप सप्तरीमा एक, कपिलवस्तुमा १० र रुपन्देहीमा एक जनामा संक्रमण देखिएको थियो । अब कुल संक्रमितको संख्या १ सय ३४ पुगेको छ ।

  • कुवेतमा लगातार २० दिन कर्फ्यु

    कुवेतमा लगातार २० दिन कर्फ्यु

    काठमाडौं । कुवतेमा आइतबारबाट लगातार २० दिन कर्फ्यु आदेश जारी भएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि कुवेत सरकारले यस्तो आदेश जारी गरेको हो ।

    कर्फ्युका कारण यहाँ कार्यरत हजारौं नेपाली नागरिक समेत प्रभावित हुने भएका छन् । कुवेत सरकारको गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १० मेदेखि ३० मे २०२० सम्म पूर्ण कर्फ्यु लागू गर्ने निर्णय गरेको थियो ।

    यसको कार्यान्वयन आइतबारदेखि शुरु भएको छ । पूर्ण कर्फ्यु लगाइएको समयमा कोपरेटिभ सोसाइटी, खाद्यान्‍न आपूर्ति गर्ने तथा ग्यास सिलिन्डर वितरण गर्ने पसल भने खुला नै हुनेछन् ।

    सामान्यतया मानिसहरु हिड्न पाउने छैनन् । तर, अत्यावश्यक कामका लागि साढे ४ बजेपछि दुई घण्टाको समय छुट्याइएको छ ।

    उक्त समयावधिमा आफू बसोबास गर्ने क्षेत्रभित्र कार वा अन्य सवारीसाधनको प्रयोग नगरी स्वास्थ्य सम्बन्धी पूर्वसावधानीका सर्तहरू तथा मापदण्ड पुरा गरी हिड्न सकिने भएको छ ।

    कुवेतमा सोमबार विहानसम्म ५८ जनाको ज्यान गइसकेको छ । यस मुलुकमा ८ हजार ६८८ जना संक्रमित रहेको कुवेत सरकारले जनाएको छ ।

    यसमुलुकमा करीव ३० हजार नेपाली रहेका छन् ।

  • नेपाली युवा दिवेश अमेरिकन आइडलको टप ७ प्रवेश

    नेपाली युवा दिवेश अमेरिकन आइडलको टप ७ प्रवेश

    काठमाडौं । नेपाली प्रतिभाशाली युवा दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उत्कृष्ट ७ भित्र अटाउन सफल भएका छन् ।

    विश्वचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल उनले निरन्तर निर्णायकको मन जिजिरहेका छन् ।

    भोटिङ र निर्णायकले दिएको नम्बरका आधारमा उनी उत्कृष्ट ७ मा अटाउन सकेका हुन् । उनको पछिल्लो प्रस्तुतीपछि अब फाइनल राउण्डमा प्रवेशका लागि भोटिङ शुरु भइसकेको छ ।

    उनले सोमबार बिहानको एपिसोडमा सामुयल इ राइटको ‘किस द गर्ल’ बोलको गीत घन्काएका थिए ।

    अब हुने भोटिङ पछि २ जना आउट हुनेछन् भने ५ जना फाइलन प्रवेश गर्नेछन् । फाइनल एपिसोड भने १७ मेमा राखिएको छ ।

    काठमाडौंमा जन्मिएका दिवस सन् २०१४ यता अमेरिकामा छन् । नेपालमा प्लस टू सम्मको अध्ययन पछि उनी अमेरिका छिरेका हुन ।

    अहिले भने सपरिवार अमेरिकामा बसोबास गरिरहेका छन् ।

  • कपिलवस्तुमा भेटिए थप १० संक्रमित, देशभर १ सय २० पुग्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमित बिरामीको संख्या १२० पुगेको छ । सोमबार कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमित कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का रहेका छन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुष छन् ।

    एक जना पुरुषको उमेर खुलेको छैन । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले सबै बिरामी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी गराएका छन् ।

    उनीहरु सबैको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ । उनीहरुमा कसरी कोरोना सरेको हो भन्नेबारे भने अनुसन्धान जारी रहेको बताइएको छ ।

    कपिलवस्तुमा भारतबाट लुकिछिपी प्रवेश गरेका नागरिकमा यसअघि कोरोना देखिएको थियो ।

  • देशभरका अस्पतालमा ओपीडी सेवा संचालन गर्न सरकारको निर्देशन

    देशभरका अस्पतालमा ओपीडी सेवा संचालन गर्न सरकारको निर्देशन

    काठमाडौं । अब देशभरका सबै अस्पतालले ओपीडी सेवा पुनः सूचारु गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थाको ओपीडी सेवा सुचारु गर्न निर्देशन दिएको हो ।

    स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्रका प्रमुख डा. गुणराज लोहनीका अनुसार कोरोना महामारीको जोखिमलाई लिएर बन्द भएका ओपीडी अब खुल्ला गर्नु पर्ने भएको छ ।

    लामो समय ओपीडी सेवा बन्द गर्दा सर्वसाधारण अत्यावश्यक स्वास्थ्य सेवाबाट बञ्चित हुनु परेको हुँदा सबै अस्पतालमा ओपीडी सेवा सुचारु गर्नु परेको हो ।

    अब प्रत्येक अस्पतालले कोरोनाको जोखिमलाई ध्यानमा राखी सरकारले तोकेको संक्रमण रोकथाम र नियन्त्रणका सावधानीको मापदण्डको पालना गर्दै ओपीडी सेवा संचालनमा ल्याउनु पर्ने भएको छ ।

    यसअघि ११ चैतयता लकडाउनु शुरु भएको थियो । त्यसपछि सबै अस्पतालको ओपीडी सेवा बन्द भएको छ ।

    जसले गर्दा सामान्य रुघाखोजीको समेत उपचार नपाउँदा सर्वसाधारण मर्कामा पर्दै आएका छन् ।