Author: Vishwanews.com

  • २४ घण्टामा ९० जनामा कोरोना, अब नेपालमा ७७२ पुग्यो संक्रमण

    २४ घण्टामा ९० जनामा कोरोना, अब नेपालमा ७७२ पुग्यो संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९० जनामा संक्रमण थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पुष्टी गरेको हो । अब नेपालमा कुल संक्रमित ७७२ पुगेको छ ।
    स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार महत्तरीका २, बारामा कार्यरत जुम्लाका२, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ जना कोरोना संक्रमित थपिएका हुन्।

    ४ जनाको मृत्यु भएको छ। १५५ जना संक्रमित निको भएर घर फर्किएका छन्।

  • गुल्मीको धुर्कोटमा जनप्रतिनिधीलाई देखियो कोरोना

    गुल्मीको धुर्कोटमा जनप्रतिनिधीलाई देखियो कोरोना

    गुल्मी । गुल्मीमा एक जना जनप्रतिनिधिमा कोरोना पुष्टी भएको छ । गुल्मीको धुर्कोट गाउँपालिकाका जनप्रतिनिधिमा कोरोना पुष्टी भएको हो ।

    गुल्मीमा सोमबार दुई जनामा कोरोना पुष्टी भएको थियो । त्यसमध्ये एक गाउँपालिकाका जनप्रतिनिधि र अर्को एक जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्ति भएको जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले पुष्टी गरे । जनप्रतिनि सरकारी निवासमा बस्दै आएको र सोही स्थानमा सुरक्षित रहेको बताइएको छ ।

    स्वास्थ्य अवस्था समेत उनको सामान्य रहेको बताइएको छ । अहिले ति जनप्रतिनिधिले भेटेका मानिसको पहिचान गरी कोरोना संकलनका लागि नमुना लैजाने काम भइरहेको छ ।

    सोमबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा गुल्मीको धुर्कोटमा दुई जनामा कोरोना देखिएको थियो । गुल्मीका कुल ४ जनामा कोरोना देखिएकोमा एक जनाको ज्यान गएको छ ।

  • नेपालमा ६९९ पुगे कोरोना सङ्क्रमित, मङ्गलबार थपिए १७ जना

    नेपालमा ६९९ पुगे कोरोना सङ्क्रमित, मङ्गलबार थपिए १७ जना

    काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६९९ पुगेको छ । मङ्गलबार बिहान थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मङ्गलबार सुर्खेतमा १२ जना र सिरहामा ५ जनामा संक्रमण भेटिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९९ पुगेको छ ।

    सुर्खेतको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा वीरेन्द्रनगर वडा नम्बर १, २, ३ र ६, का ८ जना, भेरीगंगा नगरपालिकाका वडा नम्बर ८ का २ जना र सिम्ता गाउँपालिकाका वडा नम्बर ४ का २ जनामा संक्रमण पुष्टि भएको बताएको छ । उनीहरु ९ देखि ४६ बर्ष उमेरका हुन ।

    संक्रमित सबै केही दिन अघि मात्रै भारतबाट आएका हुन् । अब कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । उता सिराहामा समेत मङ्गलबार ५ जना बिरामी थप भएको हो ।

  • हाइड्रोक्सिक्लोरोक्विन औषधिलाई कोरोनाको उपचारमा प्रयोग गर्न रोक

    हाइड्रोक्सिक्लोरोक्विन औषधिलाई कोरोनाको उपचारमा प्रयोग गर्न रोक

    काठमाडौं । मलेरियाको उपचारमा प्रयोग हुँदै आएको हाइड्रोक्सिक्लोरोक्विन औषधिलाई कोरोना भाइरसको उपचारमा प्रतिबन्ध लगाइएको छ ।

    विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले कोरोना संक्रमितमा हाइड्रोक्सिक्लोरोक्विनको क्लिनिकल ट्रायललाई प्रयोग गर्न अस्थायी रुपले प्रतिबन्ध लगाएको हो ।

    कोरोनासँग बच्न भनेर हाइड्रोक्सिक्लोरोक्विन औषधि दिइएको स्थानमा मृत्युको खतरा धेरै रहेको अनुसन्धान रिपोर्ट सार्वजनिक भएपछि विश्वस्वास्थ्य संगठनले उक्त निर्णय गरेको हो ।

    यो अध्ययन सार्वजनिक भएलगत्तै डब्लुएचओको निगरानीमा भइरहेको क्लिनिकल ट्रायल गुप्रको बैठक बसेको थियो। १० सदस्य देशका प्रतिनिधि भएको यो समूहको बैठकपछि यो औषधीसँग जोडिएको क्लिनिकल ट्रायललाई अस्थायी रुपमा रोक लगाउने निर्णय गरेको छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रुपमै आफूले हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरिरहेको र अहिलेसम्म आफूलाई कोरोना संक्रमण नभएको भन्दै अरुलाई पनि यो औषधि सेवन गर्न प्रेरित गरिरहेका थिए ।

    डब्ल्युएचओले यो औषधि प्रयोग गर्दाको नतिजा विश्लेषण गर्ने निर्णय पनि गरेको छ ।

    डब्लुएचओका निर्देशक डा टेड्रोस एडहानम गेब्रियेसुसले यो औषधिको सुरक्षित प्रयोगका बारेमा डेटा सेफ्टी मनिटरिङ बोर्डले अध्ययन गर्ने बताए। उनले यो औषधीको विश्वभर भइरहेको प्रयोगको विश्लेषण पनि गरिने बताएको छ।

    टेड्रोसले हाइड्रोक्सिक्लोरिक्वीन र क्लोरोविक्वनको प्रयोग मलेरियाका रोगी र लुपतजस्ता रोगमा प्रयोग गरिँदै आएको बताए।

    अहिलेसम्म यो औषधि कोरोना भाइरसको उपचारका लागि प्रभावकारी भएको ठोस प्रमाण प्राप्त भएको छैन। मार्चमा भारतले यो औषधिको निर्यातमा रोक लगाएको थियो। ट्रम्पको दबाबपछि पुनः भारतले यसलाई आशिंक रुपमा खुल्ला गरेको थियो।

  • कर्णालीमा थपिए नयाँ संक्रमित : सुर्खेतका  १२ जनामा कोरोना

    कर्णालीमा थपिए नयाँ संक्रमित : सुर्खेतका १२ जनामा कोरोना

    काठमाडौं । सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान थप पुष्टि भएसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।

    थपिएका संक्रमित मध्ये ८ जना वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा-८ का २ जना र २ जना सिम्ता गाउँपालिकाका रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखा विज्ञप्तिमा जनाईएको छ ।

    महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार नयाँ थपिएका कोरोना संक्रमित सुर्खेतका वीरेन्द्रनगर–१ का १६ वर्षीय पुरुष, वीरेन्द्रनगर–२ का ९ वर्षीय बालक, २०, ३२, ३६ वर्षीय पुरुषहरु र ३२ वर्षीया महिला छन् ।

    यस्तै वीरेन्द्रनगर– ३ का ४६ वर्षीय पुरुष र वीरेन्द्रनगर–६ का २६ वर्षीय पुरुष छन् ।

    यस्तै भेरीगंगा–८ का १६ र ७ वर्षीय पुरुष र सिम्ताका ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
    योसँगै सुर्खेतमा संक्रमितको संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा २३ पुगेको मन्त्रालयले जनाएको छ ।

  • टिपरको ठक्करले ट्राफिक अधिकृतको मृत्यु, चालकले गरेका थिए मापसे

    टिपरको ठक्करले ट्राफिक अधिकृतको मृत्यु, चालकले गरेका थिए मापसे

    भक्तपुरमा टिपरको ठक्करले एक प्रहरी अधिकृतको ज्यान गएको छ । टिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक (सइ) निमबहादुर घर्ती मगरको ज्यान गएको हो ।

    टिपरको ठक्करले गम्भीर घाइते उनको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो ।

    काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४७०१ नम्बरको खाली टिपर र बा ४ ख ४३१८ नम्बरको टिपर अन्यन्त्रित भई एक आपसमा ठोक्किँदा ड्युटीमा खटिएका प्रहरीलाई समेत लागेको थियो ।

    प्रहरीले टिपरका चालक धादिङ थाक्रे बस्ने ४० वर्षीय राजेन्द्र प्याकुरेल र राजेश सैजुलाई नियन्त्रणमा लिएको छ। चालक सैजुले मापसे गरेको प्रहरीले जनाएको छ ।

    लकडाउनका बीचपनि विभिन्न आयोजनाका लागि टिपर चलाउने अनुमति दिइएको छ । तर, काठमाडौंमा खाली सडक भएका कारण अहिले सवारी साधनको गति अत्यधिक हुने गरेको छ । जसले दुर्घटना बढाएको छ ।

  • विश्वभर ५५ लाख मानिसमा कोरोना सङ्क्रमण

    विश्वभर ५५ लाख मानिसमा कोरोना सङ्क्रमण

    काठमाडौं । विश्वभर कोरोना संक्रमित बिरामीको संख्या ५५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९० हजार १२८ नयाँ संक्रमित थपिएसँगै मंगलबार बिहानसम्म ५५ लाख ८६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

    संक्रमितमध्ये २३ लाख ६५ हजार ४६७ जना संक्रमण मुक्त भएका छन् ।

    २८ लाख ७३ हजार ५५४ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये ५३ हजार १६७ जनाको अवस्था गम्भीर छ भने ३ लाख ४७ हजार ८५४ जनाको मृत्यु भएको छ ।

    नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेके छ । १५५ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । चार जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिकामा अङ्क्रमित छन् ।

  • नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारी, एसईई परिक्षा पनि छिट्टै

    नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारी, एसईई परिक्षा पनि छिट्टै

    काठमाडौं । सरकारले छिट्टै नया शैक्षिक सत्र संचालनको तयारी गरेको छ । प्रधानमन्त्री केपि शर्मा ओलिले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार शैक्षिकसत्र छिट्टै शुरु हुनेछ । उता रोकिएको एसईई परिक्षा संचालनको तयारीमा समेत शिक्षा मन्त्रालय जुटेको छ ।

    ११ चैतमा लकडाउन शुरु हुने भएपछि सरकारले पुर्वनिर्धारित सबै परिक्षा स्थगित गरेको थियो । सोही कारण लाखौं विद्यार्थी अहिले अन्योलमा छन् ।

    परिक्षाहरु रोकिदा आगामी शैक्षिकसत्र के हुन्छ भन्ने अन्योल विद्यार्थी र अभिभावकमा रहेको छ । नेपालमा करिब ५ लाख विद्यार्थीले एईई परिक्षा दिने गरेका छन् ।

  • थपिए ७ सङ्क्रमित, अर्घाखाँचीमा पहिलोपटक देखियो

    थपिए ७ सङ्क्रमित, अर्घाखाँचीमा पहिलोपटक देखियो

    काठमाडौं । नेपालमा सोमबार साझ थप ७ जनामा कोरोना भाइरसको पुष्टि भएको छ । प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा पहिलोपटक कोरोना देखिँदा अर्को छिमेकी जिल्ला गुल्मीमा थप भएको छ ।

    अर्घाखाँचीको पाणिनीको क्वारेन्टाइनमा रहेका मध्ये दुईजनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जानकारी दिएको छ ।

    उता, गुल्मीमा दुईजनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु धुर्कोट गाउँपालिकाको क्वारेन्टाइनमा रहेका बताइएको छ । सोमबार कपिलवस्तुका दुईजना र रुपन्देहीका एकजनामा पनि कोरोना पुष्टि भएको छ ।

    सोमबारको पछिल्लो नतिजासंगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ सय ९५ जना पुगेको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा देखिएको छ । यस प्रदेशमा दुई जनाको ज्यान गएको छ ।

  • नेपालमा थप ४३ जनाले जिते कोरोना, सोमबार डिस्चार्ज

    नेपालमा थप ४३ जनाले जिते कोरोना, सोमबार डिस्चार्ज

    वीरगञ्ज । नेपालमा कोरोनाको सङ्क्रमण बढ्दो छ । सोही रफ्तारमा निको हुनेको सङ्ख्या समेत निरन्तर बढ्दो छ । सोमबार कपिलवस्तुबाट ११ जना डिस्चार्ज भएका थिए ।

    सोमबार नै वीरगञ्जस्थित नारायणी अस्पतालबाट ४३ जना सङ्क्रमित निको भएका छन् । दुई पत्रकार सहित कोरोना निको भएर ४३ जना सोमबार डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

    लगातार दुई रिपोर्ट नेगेटिभ आए पछि उनिहरु डिस्चार्ज भएका हुन् । यससङ्गै अब नारायणी अस्पतालको आइसोलेसन खाली भएको छ ।

    पर्साकै गण्डक कोभिड अस्पतालमा २७ जना संक्रमित उपचार गराइरहेका छन् । यहाँ आइतबार राति एकै परिवारका १८ जना डिस्चार्ज भएका थिए । अब नेपालमा कोरोनालाइ जित्ने बिरामी १५० नाघेको छ ।

  • अफ्ठ्यारोमा परेका नेपालीको उद्धार हुन्छ : प्रधानमन्त्री

    अफ्ठ्यारोमा परेका नेपालीको उद्धार हुन्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अफ्ठ्यारोमा परेका सबै नेपालीको उद्धार सरकारले गर्ने बताएका छन् । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यसका लागि कार्ययोजना बनिरहेको उनले जानकारी दिए ।

    उनले भारतबाट आउने व्यक्तिलाई उपयुक्त तवरबाट कोरोना परीक्षण हुन नसक्दा समुदाय स्तरमा कोरोना फैलिएको समेत स्वीकार गरे ।

    आगामी दिनमा कोरोना भाइरसको परीक्षण बढाउँदै जनसंख्याको कम्तिमा दुई प्रतिशतमा कोरोना परीक्षण हुने उनले जानकारी दिए ।

    उनले विदेशबाट आउने कुनै पनि मानिसलाई असमान व्यवहार नगर्न र विदेशबाट आएका मानिसले समेत परिवार र समाजलाई कोरोना हुनबाट जोगाउन उचित भूमिका खेल्न आग्रह गरे ।

    उनले स्वस्थ रहेर यो रोगसँग लड्न सकिने भन्दै रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिवद्ध रहेको समेत उल्लेख गरे ।

  • नेपालमा कुल ६८२ जना कोरोना संक्रमित, ४ जना मृत्यु, ११२ संक्रमण मुक्त

    नेपालमा कुल ६८२ जना कोरोना संक्रमित, ४ जना मृत्यु, ११२ संक्रमण मुक्त

    काठमाडौं  । नेपालमा कोरोनाको आशंकामा हालसम्म १ लाख ४६ हजार ८ सय ३४ जनाको नमूना परीक्षण भएको छ ।

    ५१ हजार ६ सय ४२ जनाको पिसिआर र ९५ हजार १ सय ९२ जनाको आरडिटिबाट परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४ जनाको नमूना परीक्षण भएको छ। हालसम्म नेपालमा कुल संक्रमितको संख्या ६ सय ८२ पुगेको छ। जसमध्ये हालसम्म उपचारपछि १ सय १२ जना डिस्जार्च भएका छन्। चार जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सिन्धुपाल्चोककी सुत्केरी महिला, बाराको करैयामाइ गाउँपालिका, ७ उम्जनकान ७० वर्षका वृद्ध र बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा नै २५ वर्षीय युवाको मृत्यु भएको थियो भने बुटबलको क्रिमसन अस्पतालमा उपचार गर्दागर्दा गुल्मी मदानेका ४३ वर्षीय शिक्षकको मृत्यु भएको थियो।

    मुलुकभर हाल ५ सय ६७ जना अस्पतालको आईसोलेसन वार्डमा छन्। मन्त्रालयका अनुसार प्रदेश १ मा ६०, प्रदेश २ मा २ सय १, बागमतिमा २६, गण्डकीमा ३, प्रदेश ५ मा २ सय ५६, कर्णालीमा ११ र सदुरपश्चिममा १० जना आईसोलेनसमा छन्।

    हाल ४६ हजार २९ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।

  • नेपालमा ७ थप जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६८२

    नेपालमा ७ थप जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६८२

    काठमाडौं । नेपालमा ७ थप जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।

    भेरीमा गरिएको परीक्षणमा कोरोना देखिनेमा बर्दियाको गुलरियका-१० मा २२ र २४ वर्षीय पुरुषहरु, गुलरिया -२ का १८ वर्षीय पुरुष रहेका छन् ।

    त्यसैगरी नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका जिराभवानी गाउँपाकाका एक १८ वर्षीय पुरुष र काठमाडौै स्थायी घर भई कलैयामा कार्यरत २८ पुरुषमा कोरोना देखिएको हो ।

    सोमबार बिहान ७२ जना कोरोना संक्रमित थपिएका थिए । हालसम्म देशभर कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ ।

  • नेपालमा कोरोनाबाट चौथो मृत्यु, बिरगंजमा मृत्यु भएका वृद्धमा कोरोना पोजेटिभ

    नेपालमा कोरोनाबाट चौथो मृत्यु, बिरगंजमा मृत्यु भएका वृद्धमा कोरोना पोजेटिभ

    काठमाडौं । नेपालमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४ पुगेको छ । जेठ ४ मा बाराको करैयामाइ गाउँपालिका, ७ उम्जनकान ७० वर्षका वृद्धको ज्यान गएको थियो । उनमा कोरोना पुष्टि भएको छ ।

    स्वास्थ तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको छ । ४ गते ज्यान गएपनि उनको सोमबार मात्र रिपोर्ट आएको थियो । वृद्धको मृत्यु पछि अन्तेस्टी भइसकेको छ । उनको मलामीमा मात्र ५० भन्दा बढी व्यक्ति सहभागी भएको खुलेको छ ।

    उनिसङ्गै अब कोरोनाबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४ पुगेको छ । यसअघि सिन्धुपाल्चोक, बाके र गुल्मीका एक/एक जनाको ज्यान गएको थियो ।

  • कपिलवस्तुबाट ११ जना कोरोना संक्रमित डिस्चार्ज

    कपिलवस्तुबाट ११ जना कोरोना संक्रमित डिस्चार्ज

    काठमाडौं । एकै दिन ७२ जना कोरोना संक्रमित थपिएको दिन ११ जना भने डिस्चार्ज भएका छन् । नेपालको सरकारी समाचार संस्था राष्ट्रिय समाचार समितिका अनुसार कपिलवस्तुमा नर्ससहित ११ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । कपिलवस्तु अस्पतालमा कार्यरत नर्स कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएकी हुन् । अब कोरोनालाई जित्ने नेपालीको संख्या ११२ पुगेको छ ।

  • डा. गोविन्द केसीद्धारा दार्चुलामा दुई दिने सत्याग्रहको घोषणा

    डा. गोविन्द केसीद्धारा दार्चुलामा दुई दिने सत्याग्रहको घोषणा

    काठमाडौं । स्वास्थ्य क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले जेठ २० देखि दार्चुला जिल्लामा दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका छन्।

    सोमबार विज्ञप्ति जारी गरेर सर्वसाधारणको जीविकाको उचित व्यवस्था गर्न र नेपाली भूमि फिर्ताको प्रक्रिया सुरु गर्न माग गर्दै दुई दिने सत्याग्रह घोषणा गरेका हुन् ।

    उनले दुर्गम जिल्लाका मानिसहरुको पीडाप्रति राज्यको ध्यानाकर्षण गराउँदै त्यहाँको शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गर्न गर्नु पर्ने उनको माग छ । त्यस्तै

    ‘तबसम्म हामीसित हालसम्म भएका सबै माग पूरा गर्न, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा डिनलगायतका पदाधिकारी नियुक्तिलगायतका सम्झौता कार्यान्वयन गर्न तथा गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाउन, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउन तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गर्न माग गर्दर्छौं,’ उनले दार्चुलाबाटै सोमबार जारी गरेको विज्ञप्तिमा भनेका छन्।

  • महोत्तरीमा प्रहरीको गोली लागि एक जना मारिए

    महोत्तरीमा प्रहरीको गोली लागि एक जना मारिए

    महोत्तरी । महोत्तरीमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ । प्रहरीले ज्यान जाने व्यक्ति लागुऔषध कारोवारी भएको दाबी गरेको छ।

    लागुऔषधध कारोबारीलाई समात्न गएको प्रहरीको कारवाहीमा रौतहट रामगोपालपुर नगरपालिका ७ सहसौलाका सुरेन्द्र यादवका १६ वर्षीय  छोरा राजन यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।

    उनको खुट्टा र तिघ्रामा गोली लागेको थियो । गम्भीर घाईते उनको उपचारको क्रममा आइतबार राति मृत्यु भएको प्रहरिको दावी छ ।

    घटनामा दुई जनालाइ प्रहरीले नियन्त्रणमा समेत लिएको छ । पक्राउ पर्ने मध्ये एक मृतकका बुबा हुन् । प्रहरीका अनुसार लागुऔसध कारोबारको सुराकीका आधारमा प्रहरी घटनास्थल थियो । तर, स्थानीयको ठूलो समुहले प्रहरीमाथी आक्रमण थालेपछी प्रहरीले गोली चलाउनु परेको थियो ।

  • काठमाडौंमा भेटिएका संक्रमित टोखा र बुढानिलकण्ठका, टोखामा एक किराना पसले

    काठमाडौंमा भेटिएका संक्रमित टोखा र बुढानिलकण्ठका, टोखामा एक किराना पसले

    काठमाडौं । काठमाडौंको टोखा र बुढानिलकण्ठका तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार जारी गरिएको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार टोखा नगरपालिका ३ का २७ वर्षीय पुरुष, सोही नगरपालिकाको वडा ६ का ४१ वर्षीय पुरुष तथा बूढानीलकण्ठ नगरपालिका ३ का ३७ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

    काठमाडौंको टोखा नगरपालिकामा किराना पसलेमा कोरोना संक्रमण पुष्टि भएको छ। ४१ वर्षीय पुरुषले महिना दिनअघि मात्र किराना पसल किनेर व्यापार थालेका थिए।

    टोखा नगरपालिकाले ‍कोरोना परीक्षणको दायरा बढाउने क्रममा किराना पसले र मेडिकल सञ्चालकको कोरोना परीक्षण गरेको थियो।

  • काठमाडौंमा तीन सहित ७२ सङ्क्रमित थपिए

    काठमाडौंमा तीन सहित ७२ सङ्क्रमित थपिए

    काठमाडौं । नेपालमा सोमबार बिहान ७२ सङ्क्रमित थपिएका छन् । काठमाडौंमा तीन जना सहित ७२ जना थप बिरामी पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार धनुषामा ३, कपिलवस्तुमा ३ र काठमाडौंमा ३ जनामा कोरोना देखियो । यसैगरी बारामा २, रौतहटमा २६ जनामा कोरोना पुष्टि भएको छ । सप्तरिमा २, बर्दियामा 1, बाकेमा ४ र बारामा २१ थप बिरामी भेटिएका छन् ।

    दैलेखमा ७ जना बिरामी थपिएको मन्त्रालयले उल्लेख गरेको छ । अब नेपालमा ६७५ जनामा कोरोना पुष्टि भएको छ । १०८ जना निको भएका छन् ।

  • भारतमा खुल्यो आन्तरिक उडान

    भारतमा खुल्यो आन्तरिक उडान

    नयाँ दिल्ली । आजबाट भारतमा आन्तरिक हवाई उडान सुचारु भएको छ । कोरोना संक्रमण तीव्र रूपमा फैलिए पनि भारतले क्रमशः लकडाउन खोल्न थालेको छ । सोहीक्रममा आन्तरिक उडान सुचारु गरिएको हो ।

    भारतमा करिब दुई महिनायता बन्द रहेको आन्तरिक हवाई सेवा सोमबारदेखि शुरु भएकोहो । पहिलो चरणमा पश्चिम बंगाल र आन्ध्र प्रदेशमा भने अझै खुलेको छैन । भारतमा २५ मार्चदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द भएको थियो ।

    लामो समय उडान बन्द हुँदासमेत कोरोना नथामिएपछि भारतले क्रमशः अर्थतन्त्रलाई चलायमान बढाउन थालेको हो । उडान सुचारु गर्न भारतको गृह मन्त्रालयले सुरक्षा निर्देशिका बनाएको छ । उता, नागरिक उड्डयन प्राधिकरणसमेत निर्देशिका बनाएको छ ।

    अब भारतमा वेवमा आधारित चेकइन हुने छ । दुई घण्टा अगाडी नै विमानस्थलमा जानुपर्छ । उडानमा खाना, नास्ता र पत्रपत्रिका बन्द गरिएको छ ।

    भारतमा सोमबार बिहानसम्म १ लाख ३८ हजारभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् भने ४ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

  • नेपालमा कोरोना सङ्क्रमित बिरामी ६०८

    नेपालमा कोरोना सङ्क्रमित बिरामी ६०८

    काठमाडौं । नेपालमा कोरोनाबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या ६०८ पुगेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पछिल्लो परीक्षणमा आइतबार साझ ५ जनामा कोरोना पुष्टि भएको हो । बर्दियाका एक र बाँकेका चार गरी पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रतिस्ठानले जनाएको छ।

    प्रतिष्ठानका अनुसार बर्दियामा सङ्कलित एक सय नमूनामध्ये बाँसगढी –९ निवासी एक २५ वर्षीय पुरुषमा पोजेटिभ देखिएको हो ।

    उता, बाँकेको नारायणपुर भवनपुर माध्यमिक विद्यालयमा सङ्कलित १२९ नमूनाको परीक्षणका क्रममा राप्ती सोनारी गाउँपालिका –५ बाँकेका २४, २३, २३ र १६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको जनाइएको छ।

    पछिल्लो नतिजा अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८ पुगेको छ। ३ जनाको ज्यान गएको छ । १०८ जना निको भएका छन् ।

  • एकै पटक डिस्चार्ज भए कोरोनाका १८ बिरामी

    एकै पटक डिस्चार्ज भए कोरोनाका १८ बिरामी

    वीरगञ्ज । नेपालमा एकै पटक १८ जना कोरोना सङ्क्रमितले कोरोनालाइ जित्न सफल भएका छन् । आइतबार राती कोरोना निको भएर वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट एकै परिवारका १८ जना डिस्चार्ज भए ।

    लगातार दुई रिपोर्ट नेगेटिभ आएपछि बिरामीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

    राती डिस्चार्ज हुनेहरु वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका सदस्य हुन् । यस परिवारका ४ महिनाको शिशुदेखि ६६ वर्षका वृद्धले कोरोनालाइ जित्न सफल भएका छन् ।
    गत वैशाख २१ गते एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनका परिवारका सदस्यमा परीक्षण गरिएको थियो ।

    परीक्षणका क्रममा उनको परिवारका १७ जना सदस्यमा कोरोना पुष्टि भएको हो । अब नेपालमा कोरोनालाइ जित्ने सङ्क्रमितको सङ्ख्या समेत १ सय नाघेको छ । कुल ६०४ जना सङ्क्रमित भएको नेपालमा १०५ जना निको भएर घर फर्केका छन् । तीन जनाको भने ज्यान गएको छ ।

  • प्राधिकरणको वेवसाईट भारतीय ह्याकरको कब्जामा

    प्राधिकरणको वेवसाईट भारतीय ह्याकरको कब्जामा

    काठमाडौं । पछिल्लो समय नेपाल र भारतका ह्याकरहरु एक अर्का मुलुकमा आक्रमणमा उत्रिएका छन् । यसै क्रममा पहिलो पटक भारतीय ह्याकरको कब्जामा नेपाली सरकारी वेवसाइट परेको छ ।

    भारतिय ह्याकरले हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको साइट ह्याक गरेका हुन । भारतीय ह्याकरले‘फिल द पावर अफ इन्डियन ह्याकर’ भन्दै भारतीय झन्डा राखेका थिए । वेबसाईट ह्याक भए पनि डाटा भने सुरक्षित रहेको प्राधिकरणले जनाएको छ ।

    नेपालले आफ्नो अतिक्रमित भूभाग समेटेर नक्सा सार्वजनिक गरेसँगै भारतीय र नेपाली ह्याकरबिच साइवर युद्ध जारी छ ।

    भारतीय ह्याकरले कब्जामा लिएको वेवसाईट आइतबार साझ भने फिर्ता गर्न सफल भएको प्राधिकरणले जनाएको छ ।

  • नक्सा मात्र होइन, भुमी ल्याउन पहल गर : काङ्ग्रेस

    नक्सा मात्र होइन, भुमी ल्याउन पहल गर : काङ्ग्रेस

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नक्सामात्र नभइ भुमी नै फिर्ता ल्याउन कुटनैतिक पहल गर्न सरकारसङ्ग माग गरेको छ । काङ्ग्रेसले सुगौली सन्धिअनुसार लिम्पियाधुरापूर्वका सबै भूगोल नेपालको भएको समेत स्पष्ट पारेको छ ।

    नक्सामा समेटिएका यी भूभागलाई आफ्नो अधीनमा ल्याउन प्रभावकारी कूटनीतिक पहलको लागि दलले सरकारसँग माग गरेको हो ।

    काङ्ग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आइतबार बसेको थियो । बैठकले सुगौली सन्धि र अरू प्रमाणले पनि लिम्पियाधुरापूर्वको भूमि नेपालको रहेको पुष्टि हुने बताएको हो । यी भुभाग नेपालले नै भोगचलन गर्ने गरी भूमि फिर्ताका लागि पहल गर्न सरकारको ध्यानाकर्षण बैठकले गराएको छ ।

    सुगौली सन्धि, २०१८ सालको जनगणना, २०१५ सालको मतदाता नामावली, जग्गाको तिरो तिरेको प्रमाणले पनि लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको रहेको पुष्टि हुने काङ्ग्रेसको भनाइ छ ।

    नयाँ नक्सा जारीपछि हुने संविधान संशाेधन भने सबै दलको सहमतिमा हुनुपर्ने काङ्ग्रेसको भनाइ छ ।

  • अब राजाको फोटो भएका नोट नेपालमा नचल्ने

    अब राजाको फोटो भएका नोट नेपालमा नचल्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सफा नोट मात्रै प्रयोगमा ल्याउन निर्देशन दिएको छ।

    सफा नोट नीति कार्यान्वयनलाई संशोधन गर्दै राष्ट्र बैंकले नोटहरुलाई तीन किसिमले वर्गीकरण गरेर व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।

    निर्देशन अनुसार नोटलाई एटिएम लगायतका मेशीनहरुको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन वर्गमा छुट्याउनु पर्नेछ ।

    बैंक तथा वित्तीय संस्थाहरुले एटिएममा पठाउन योग्य नोटको प्याकेटको स्लिपमा हरियो रङ्ग, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको स्लिपमा सेतो रङ्ग र चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङ्गको स्लिप प्रयोग गर्नु निर्देशनमा उल्लेख गरिएको छ ।

    चलनचल्तीमा पठाउन अयोग्य नोट नोटकोष वा नेपाल राष्ट्र बैंकमा जम्मा गर्नुपर्नेछ भने यी संस्थामा पहुँच नभएका वित्तीय संस्थाहरूले भने आफ्नो खाता रहेको बैंकमा जम्मा गर्नुपर्नेछ।

    त्यसैगरी, भुक्तानी गर्दा चलनचल्तीमा पठाउन योग्य नोटलाई निश्चित प्रकृया अपनाइ भाइरसरहित गर्नुपर्नेछ।

    स्लिपमा कार्यालयको शाखाको नाम, छाप, नेट गिन्ती गर्ने कर्मचारीको नाम, कर्मचारी परिचय नम्बर, सहि र मिति अनिवार्य रुपमा भर्नुपर्नेछ। त्यस्तै, नोटमा स्टिचको प्रयोग गर्न पाइने छैन।

    झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेको अक्षर अंक, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रने गरी रङ्ग लागेको वा पूर्वराजाको तस्वीर भएको नोटलाई पुन निष्काशन अयोग्य नोटको रुपमा वर्गिकरण गर्नुपर्ने र त्यस्ता नोटलाइ चलनचल्तीमा पठाउन पाइने छैन।

  • नेपालमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो

    नेपालमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो

    काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    मोरङ एक, बारा एक, पर्सा दुई, रौतहट एक, सर्लाही एक, रुपन्देही ६, काठमाडौं सोह्रखुट्टेमा एक, नुवाकोट ककनी एक कपिलवस्तु तीन, गुल्मी एक गरी १९ जना थपिएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

    आज थपिएका १९ सहित नेपालमा संक्रमितको संख्या ६०३ पुगेको छ।

    डा देवकोटाका अनुसार मोरोङका १, बारा कलैयाका १, पर्साका ३, रौतहटका १, सर्लाहीका १, रुपन्देहीका ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोट ककनीका १ जना संक्रमित देखिएका हुन्। यस्तै कपिलवस्तुका ३ जना र गुल्मीका १ गरी १९ जनामा संक्रमण देखिएको हो।

    नेपालमा हालसम्म कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ।

  • सियान–नेपाल कार्गो रेल सेवा शुरु

    सियान–नेपाल कार्गो रेल सेवा शुरु

    काठमाडौं । चीनको उत्तरपश्चिम प्रान्त शाङ्सीको राजधानी सियानबाट नेपालका लागि कार्गो ढुवानी सेवा शुरु भएको छ । सियानबाट काठमाडौं सामान पु¥याउने गरी कार्गो सेवा प्रारम्भ भएको हो ।

    सियान सहरबाट पिभिसी पाइप, ग्राउटिङ पाइप, कपडा, जुत्ता र प्रिन्टरहरु बोकेको काग्रो रेल शुक्रबार चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेको लागि प्रस्थान गरेको चिनियाँ संचारमाध्यमले जनाएका छन् ।

    सिगात्सेमा कार्गो रेलबाट सामानहरु ट्रकमा राखिने र काठमाण्डौ पुर्याइने चाइना रेलवे सियान ग्रुप कम्पनी लिमिटेडलाई उद्धृत गर्दै सिन्ह्वा न्यु एजेन्सीले लेखेको छ । ट्रकमा राखिएका सामान नेपाल–चीनबीचका प्रमुख नाकाहरु तातोपानी र रसुवागढी हुँदै नेपाल भित्रिने बताइएको छ ।

    अहिलेपनि चीनका अन्य प्रान्तबाट सिगात्सेसम्म नेपालका लागि कार्गो आउने गरेको छ । शुक्रबार हिँडेको कार्गो सामान काठमाण्डौ आइपुग्न आठ दिन लाग्ने सिन्ह्वाको समाचारमा उल्लेख छ ।

  • कोरोनाबाट विश्वभर ११४ नेपालीको मृत्यु

    कोरोनाबाट विश्वभर ११४ नेपालीको मृत्यु

    काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर ११४ जना गैरआवासीय नेपालीको ज्यान गएको छ । विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएको गैरआवासीय नेपाली संघ(एनआरएनए) ले जनाएको छ ।

    शनिबार साँझ सम्मको तथ्यांक अनुसार विभिन्न १२ मुलुकमा ११४ जना नेपालीको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा ९५ जना पुरूष र १९ जना महिला छन् । एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

    संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालको मृत्यु भएको छ ।

    समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा १८ जना नेपालीको निधन भएको छ ।

    त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ भने साउदी अरबमा ७, नेपाल ३, कतार १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १, कतार १ र कुवेत १ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य समितिको तथ्यांक अनुसार २३ प्रतिशत ४० देखी ५० वर्ष उमेर समूहका छन् । ४० वर्ष भन्दा कम उमेर समूहमा निधन हुने नेपालीको संख्या १६ प्रतिशत रहेको छ । बाँकी ८ प्रतिशतको उमेर समूह खुलेको छैन् ।

    संयोजक डा. सापकोटाका अनुसार नेपाल सहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ४ हजार भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको बताएको सापकोटाले जानकारी दिए ।

    अत्याधिक कोरोना प्रभावित देशहरु मध्य बेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर निकै कम हुदै गएको र मध्यपूर्वका देशहरुमा बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ ।

    स्वास्थ्य समितिका अनुसार कतार ६ हजार ९ सय ११, अमेरिका १ हजार ६ सय, युके १ हजार २ सय ३०, साउदी अरब १ हजार ३ सय ६४, नेपाल ५ सय ८५, युएई ५ सय, बहराइन ३ सय ११, कुवेत ८४, मलेसिया ५५, पोर्चुगल ४२, आयरल्याण्ड २२, स्पेन १३, क्यानाडा १८, अष्टेलिया १२, माल्दिभ्स १६, जापान १०, बेल्जियम ६, स्वीडरल्याण्ड ५, जर्मनी ४, फिनल्याण्ड ४, साईप्रस ३, न्युजिल्याण्ड ३, माल्टामा २, हङ्गकंङ्ग २, पोल्याण्ड २, रुस २, म्यानमार १, रोमानिय १, र फ्रान्स १ जना नेपालीलाई कोरोना संक्रमण भएको छ ।

    यो साता रुस, रोमानिया र भारतमा रहेका नेपालीमा नयाँ संक्रमण देखिएको जनाइएको छ ।

  • स्वयम्भुमा प्रहरी सहायक निरिक्षक मृत भेटिए, टाउकोमा गोली

    स्वयम्भुमा प्रहरी सहायक निरिक्षक मृत भेटिए, टाउकोमा गोली

    काठमाडौं । प्रहरी बिट, स्वयम्भूका प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्कीलाई प्रहरीले मृत अवस्थामा फेला पारेको छ । आइतबार बिहान सुत्ने ठाउँमा उनी मृत भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुले पुष्टी गरेको छ ।

    ती असईको कन्चटमा गोली लागेको छ । प्रारम्भिक अनुसन्धानमा असई कार्कीले आफैंले गोली हानेको हुनसक्ने देखिएको प्रहरी स्रोतको भनाई रहेको छ । घटनाका सम्बन्धमा पथ अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

  • नेपालमा थपिए ७ सङ्क्रमित, दाङका व्यक्तिलाइ गुल्मीमा भेटियो कोरोना

    नेपालमा थपिए ७ सङ्क्रमित, दाङका व्यक्तिलाइ गुल्मीमा भेटियो कोरोना

    बुटवल । नेपालमा शनिबार साझ थप ७ जनामा कोरोना पुष्टि भएको छ । शनिबार रुपन्देही, कपिलवस्तु र दाङका सातजनामा शनिबार कोरोना पोजेटिभ देखिएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणमा सात जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ ।

    सात जनामध्ये दाङ घर भएका ३३ वर्षका पुरुष गुल्मी मदानेका कोरोना संक्रमितको घरमा कोठा भाडामा बस्दै आएका व्यक्ति रहेको बताएको छ । उनी बैंकमा काम गर्छन ।
    शनिबार पुष्टि भएका मध्ये रुपन्देहीको तीनजना गैडहवा गाउँपालिकाका हुन् । अब नेपालमा कुल ५९१ सङ्क्रमित पुगेका छन् । शनिबार मात्र ७५ जना नयाँ बिरामी थपिए । शनिबार १९ जना भने निको भइ घर फर्किए ।