न्युयोर्क सहर र भित्ते चित्रकला

कुमार न्यौपाने, न्युयोर्क एक बिहानको हिंडाइको क्रममा सेन्ट्रलपार्क वेष्ट, ब्रोडवेको ७९ औं स्ट्रिटमा Hummer Boy नामको भित्ते चित्र देखियो । सानो फुच्चे केटा, ह्यामर बोकेरे सडक छेउ पानीको गेटभल्भमा हान्नलागेको कालो चित्र (बाक्लो प्लास्टीक कभर गरिएको छ) । जसमा लेखिएको छ, “Help Zabar’s save this Banksy” (बेन्क्सीलाइ जोगाउन जेवार्जलाइ सहयोग गर) । यो अनौंठो लाग्ने… Continue reading न्युयोर्क सहर र भित्ते चित्रकला

गायक डा.महेशराज ठाकुरको एकल गायन कार्यक्रम सम्पन्न

न्युयोर्क गायक डा. महेशराज ठाकुरको एकल गायन कार्यक्रम न्युयोर्कको ज्याक्सन हाइटस्थित गोर्खा रेष्टुरेन्टमा सम्पन्न भएको । करिब तीन घण्टासम्म चलेको गायक ठाकुरको एकल गायन प्रस्तुति हिमालय कल्चर एकेडेमी स्कुलको आयोजनामा सम्पन्न भएको हो । भारतबाट शास्त्रीय संगीत अध्ययन गरेका गायक ठाकुर सानै उमेरदेखि सांगीतिक क्षेत्रमा लागेका गायक हुन् । दुई राष्ट्रिय पुरस्कार जिति सकेका गायक… Continue reading गायक डा.महेशराज ठाकुरको एकल गायन कार्यक्रम सम्पन्न

अमेरिकाको बोष्टनमा सभ्य तीज मनाउन भव्य तयारी

सुपेन्द्र बस्नेत, बोष्टन हिन्दुहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा अमेरिकामा पनि चर्चा, चहलपहल र तयारी सुरु भैसकेको छ।जसबाट अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोष्टन पनि अछुतो रहन सकेन। गत वर्ष कोरोना कहरका कारण परिवार र कोठामा सिमित भएको तीज,यस वर्ष भने अवस्था केही सुध्रिएकाले सामूहिक रुपमा मनाइने निर्णय भएसंगै तयारी थालिएको हो।यसका लागि बोस्टन स्थित नेपाली… Continue reading अमेरिकाको बोष्टनमा सभ्य तीज मनाउन भव्य तयारी

अमेरिकामा ‘स्पिक अप अर्थात बोल’ को महत्व छ !

कुमार न्यौपाने, न्युयोर्क जीवको उत्पत्तिको कालखण्डमा मानव विकासक्रम झण्डै पुछारतिर भएतापनि भाषागत रुपमा बोल्नेकुरा गर्दा मानव नै अगाडि आउँछ । उत्पत्तिदेखि क­-कसले के के बोले, कुन कुन भाषा बोले र बोलिएका बोलीहरुको नालीबेली लगाउन असम्भव छ र ? यो विषय अत्यन्त रोचक पनि छ । त्यसैले इतिहासमा बोलीको अधिकतम प्रभाव छाड्न सफल मानिसहरुलाई मात्रै सम्झिरहेका… Continue reading अमेरिकामा ‘स्पिक अप अर्थात बोल’ को महत्व छ !

समयले ल्याएको पठन पाठन विधिको विज्ञान

– डा. बद्री पोख्रेलअध्यक्ष, जयतु संस्कृतम्, नेपाल सिक्ने सिकाउने परम्परा अर्थात अध्ययन अध्यापन मानव सभ्यतासंग जोडिएको विषय हो । बालक जन्मेदेखि नै हरेक क्षण केही न केही सिकिरहेको हुन्छ भने हामी उसलाई केही न केही सिकाइरहेका हुन्छौं । सिक्ने विषय र सिकाउने प्रविधिमा भने धेरै उतार चढाव आएको पाइन्छ । पढेर कहिल्यै पनि सकिन्न भन्ने… Continue reading समयले ल्याएको पठन पाठन विधिको विज्ञान

न्युजविकले समातेको पेरेस्त्रोइका र मदन भण्डारीले उचालेको जबज

पुरुषोत्तम लम्साल [email protected] आजको बसाई गत हप्ता विश्वसन्देशको यही कुनोमा ‘न्युजविकले नेपालमा किन जन्मायो मार्क्स ?’ शीर्षककै निरन्तरता हो । न्युजविकले प्रकाशन गरेको मदन भण्डारीको सरप्राइजिंग अन्तर्वार्तालाई लिएर नेपाली वामपन्थले मच्चाउने वा मच्चाइरहने हौवा र हल्लालाई न्युजविककै ‘ब्राण्ड’मा टेकेर उक्त विचार केलाइएको थियो । प्रकाशनको आकार र स्थानले स्वार्थ र प्राथमिकता पनि निर्धारण गर्दछ भन्ने… Continue reading न्युजविकले समातेको पेरेस्त्रोइका र मदन भण्डारीले उचालेको जबज

न्यू ह्यामसायर भेटरान्स कपको उपाधि म्यानचेस्टर दाजुभाइ टिमलाई

म्यानचेस्टर न्यू ह्यामसायरमा आयोजित भेटरान्स कप फुटबल (सकर) प्रतियोगिताको उपाधि म्यानचेस्टर दाजुभाइ टिमले जितेको छ । गुरुङ तमु समाज न्यू ह्यामसरको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा राज्यका बिभिन्न स्थानको प्रतिनिधित्व गर्दै चार टिमले भाग लिएका थिए ।  प्रगियोगितामा सहभागिताका लागि न्यूनतम उमेर ३५ बर्ष तोकिएको थियो । प्रौढावस्था तर्फ प्रवेश गर्दै गरेको उमेर समुहमा खेलप्रतिको भावना जीवन्त राख्न… Continue reading न्यू ह्यामसायर भेटरान्स कपको उपाधि म्यानचेस्टर दाजुभाइ टिमलाई

शिकागोदेखि डिसीसम्म

कुमार न्यौपाने, न्युयोर्क ​सिकागोका भित्री कथाकहानी जे जस्तो भएतापनि सुन्दर, सफा, बिशाल र भेनिसको झल्को दिने सिकागो भव्य रहेछ । बेलुका ६.४० बजे वासिगंटनको लागि हिडेको रेल इण्डियाना र इलोनोइको सिमाना पार गर्दैगर्दा देखिएको दृष्यहरुले भने साच्ची कै पृथ्वीमा प्रदुषण कसले, कसरी फैलाइरहेछ भन्ने उत्तर दिन्छ । पाँच ग्रेट तालहरुको नाउले चिनिने सुपेरीयर, ह्युरोन, मिसीगन,… Continue reading शिकागोदेखि डिसीसम्म

न्यू ह्यामसर नेपाली समाजमा विष्ट

म्यान्चेस्टरन्यू ह्यामसर नेपाली समाजको अध्यक्षमा शान्ता विष्ट चयन भएकी छिन् । हालै सम्पन्न समाजको निर्वाचनबाट विष्ट आगामी दूई बर्ष (२०२१–२०२३) का लागि सर्वसम्मत चयन भएकी हुन् ।समाजको उपाध्यक्षमा लाक्पा शेर्पा, महासचिव माधव गुरुङ, कोषाध्यक्ष भेष शर्मा, सचिव प्रभात भट्टराई एवं सह–कोषाध्यक्षमा कुमार भट्टराई चुनिएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा रिकाश गुरुङ, सुजन केसी, शेखर राई,… Continue reading न्यू ह्यामसर नेपाली समाजमा विष्ट

रक्तदानमा भगवानले परिक्षा लिए

विश्व रक्तदाता : अर्जुन मैनाली, न्युयोर्क सायद कोरोना महामारीले गर्दा होला, गत बर्षको तुलनामा यस बर्ष त्यति रक्तदान संकलन हुन सकेको छैन । अमेरिकामा करिव आधा जनसंख्याले कोरोना बिरुद्ध खोप लगाएता पनि फेरी कोरोना संक्रमितको संख्या बढी रहेका छन । यस्तैबीच ब्लड बैंकहरुले आम जनमनसमा रक्तदान गर्न अनुरोध गरी रहेका छन । स्वस्थ ब्यक्तिहरुले नै… Continue reading रक्तदानमा भगवानले परिक्षा लिए

न्यूजविकले नेपालमा किन जन्मायो मार्क्स ?

पुरुषोत्तम लम्साल[email protected] प्रसिद्ध अमेरिकी अखबार वाशिंगटन पोष्ट कम्पनीको सहप्रकाशन न्युजविकले १९९१ मे २७ मा नेपालमा कार्ल मार्क्स जीवित छन् (इन नेपाल, कार्ल माक्र्स लाइभ्स) शीर्षक दिएर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) का तात्कालीन महासभिव मदन भण्डारीको एउटा अन्तर्वार्ता प्रकाशन गर्यो । न्युजविकमा प्राथमिकतासाथ छापिएको त्यो नै नेपालका राजनीतिककर्मीको पहिलो अन्तर्वार्ता थियो । झन् त्यसमा… Continue reading न्यूजविकले नेपालमा किन जन्मायो मार्क्स ?

गायक गम्बु शेर्पाको आत्मकथा ‘फर्किएका पाइला’ बिमोचित

न्युयोर्क गायक गम्बु शेर्पाले आफ्नो आत्मकथाको पुस्तक ‘फर्किएका पाइला’ लाई न्युयोर्कमा सार्वजनिक गरेको छ। पुस्तकलाई अतिथीहरु शिक्षाविद आडदाबा शेर्पा, कानुन व्यवसायी विनोद रोका र धर्मगुरु आचार्य नाग वङ्ग साङ्गेले सयुक्त विमोचन गरेका हुन् । उनले बाल्यकालदेखि नेपालको राजधानी काठमाडौं हुँदै अमेरिकासम्मको आरोह अवरोहलाई पुस्तकमा समेटेका छन् । ग्रामिण परिवेशमा एउटा निम्न मध्यम परिवारले व्यहोर्नु पर्ने… Continue reading गायक गम्बु शेर्पाको आत्मकथा ‘फर्किएका पाइला’ बिमोचित

नेजाको सातौं अधिवेशन सम्पन्न; नेतृत्वमा विकासराज न्यौपाने

सुपेन्द्र बस्नेत, बोष्टन नेपाल अमेरिका पत्रकार संघ (नेजा)अमेरिकाको सातौं अधिवेशन तथा चौधौं वार्षिक साधारणसभा सफलताका साथ सम्पन्न भएको छ । गत जुलाई २४ र २५ तारिखका दिन अमेरिकाको भर्जिनियामा सम्पन्न अधिवेशनले आगामी दुई वर्षीय कार्यकाल (सन् २०२१ -२३) का लागि विकासराज न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नेजाको नेतृत्त्व लिनका लागि ६ जना… Continue reading नेजाको सातौं अधिवेशन सम्पन्न; नेतृत्वमा विकासराज न्यौपाने

रक्तदान; कहिल्यै नरोकिने अभियान

विश्व रक्तदाता अभियन्ता : अर्जुन मैनाली, न्युयोर्क एक हप्ते समर भेकेसन मनाउन जुन ३०, २०२१ मा हामी तीन परिवारका १२ जना न्यूयोर्कबाट नर्थ क्यारोलाइना ड्राइभमा गयौं। छिमेकीको छोरीको विवाहमा सहभागी हुँदै त्यस क्षेत्र वरीपरी घुम्न मैले तालिका नै बनाएको थिएँ । त्यति नै खेर अमेरिकन रेडक्रसले गम्भिर रक्त अभाव रहेको समाचार प्रकाशित गर्‍यो । कोरोना… Continue reading रक्तदान; कहिल्यै नरोकिने अभियान

कथा : अब म सेतो लाउन्न आमा

प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर उनी पच्चीस वर्षकी मात्र थिइन् । भर्खरै गाउँकै एक कलेजबाट राम्रै प्राप्तांक ओगटेर, स्नातक छिचोलेकी थिइन् । काठमाडौं आएर, स्नातकोत्तरसम्मको पढाइ पुरा गर्ने उनको सपना अझै केही दुरीमै थियो तर उनका अभिभावकले उनको वारेमा यति मात्र ब्याख्या गरे– छोरी, हुर्की, बढी अव उसलाई माइतीमा राख्नु भएन । एक अबला गाउँले नारी न… Continue reading कथा : अब म सेतो लाउन्न आमा

मान्छे मरेर जाँदा के लैजान्छन् ? के छाड्छन् ?

योगेश आदी, न्युयोर्क ब्रमाण्डमा २ प्रमुख सत्य छन् । जन्म र मृत्यु । जन्ममा उत्सव र मृत्युमा शोक मनाउँछन् । आफ्नो जन्मको कुरा गरिरहन्छन् तर आफ्नो मृत्युको कुरा गर्न समेत डराउँछन् । किनकि जीवन र जीवनका सपनाहरु प्यारा हुन्छन् । जीवनमा मनले चाहेका सपनाहरु कति पुरा हुन्छन् कति अधुरै रहन्छन् । जीवनका संकल्प र सपनाका… Continue reading मान्छे मरेर जाँदा के लैजान्छन् ? के छाड्छन् ?

रसुवाबासीले सम्झनुपर्ने अग्रज व्यक्तित्व; दावा फिन्जो तामाङ

सरस्वती न्यौपाने, रसुवा रसुवा जिल्लालाई विकास निर्माण,शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा अतुलनीय योगदान गरी जिल्लाको मुहार फेर्ने अग्रज व्यक्ति दावा फिन्जो तामाङ रसुवावासीले सम्झिरहनुपर्ने उदाहरणीय व्यक्ति हुन् । १९९४ साल असार १५ गते साविकको स्याफ्रु – ४ सानो भार्खु हाल गोसाईकुण्ड गाउँपालिका- ५ भार्खुमा बाबु डिनडुव वाङदी तामाङ(ब्लोन) तथा आमा निम ल्हेनजेन थोकरवाट जन्मिनु भएका उहाँ… Continue reading रसुवाबासीले सम्झनुपर्ने अग्रज व्यक्तित्व; दावा फिन्जो तामाङ

एल्फ्रेड नोवल; प्रेरक व्यक्तित्व

अच्युत सिग्देल, न्युयोर्क ईम्यानुल नोवल एक स्वीडिस ईन्जिनिएर थिए। पेशाले ईन्जिनियर ईमान्युएलको सानो ईन्जिनियरिङ वर्कशप (कारखाना) थियो। जहॉ टनेल र रोड बनाउदा प्रयोग गरिने बिस्फोटक पदार्थको निर्माण गरिन्थ्यो। उनका मातापिताका आठ बालबच्चा भएपनि जम्मा तीन जना मात्र बॉचेका थिए । सबैभन्दा कान्छा छोरा जो एक सुस्त, दुर्वल र रोगी बच्चा थिए । उनैको नाम राखिएको… Continue reading एल्फ्रेड नोवल; प्रेरक व्यक्तित्व

त्यो झरीको दिन र साल्भाडोरीयन बाजे

कुमार न्यौपाने, न्युयोर्क जुलाइ १ को दिन एकतमासले पानी परिरहेको थियो । सधैं भिज्थें, छाता बोक्न भ्याएकोले छाता भिजिरहेको थियो । छाताको ओतले नभ्याउने भाग त भिज्यो नै तर टाउको र कुम नभिजेपछि आफु ओभानै भएको भान हुदैथियो ।केही किताबहरुसंग सम्बन्धित कामहरु लिएर हिँडेको थिएँ । कितावको कुरा सम्झँदाको एउटा सन्दर्भ आउँछ । गत नोवेम्बर… Continue reading त्यो झरीको दिन र साल्भाडोरीयन बाजे

गोपीकृष्ण स्मृति प्रतिष्ठानद्वारा आर्थिक सहयोग

झापा बिर्तामोडस्थित गोपीकृष्ण स्मृति प्रतिष्ठानले स्व. गोपीकृष्ण खनालको तेस्रो वार्षिक पुण्य तिथीका अवसर पारेर रु. एकाउन्न हजार मंगल सेवा समिति भद्रपुरलाई हस्तान्तरण गरेको छ ।​मेची क्याम्पस भद्रपुरको प्राङ्गणमा पाँच जना पूर्वाञ्चल नेपाली साहित्यकारहरुको प्रतीमा सहित निर्माणाधिन वौद्धिक वाटिकाको निर्माण सहयोगका लागि गोपीकृष्ण स्मृति प्रतिष्ठानले उक्त सहयोग प्रदान गरेको हो ।​बिर्तामोड झापामा पत्रकारिता तथा साहित्यलाई कर्मथलो… Continue reading गोपीकृष्ण स्मृति प्रतिष्ठानद्वारा आर्थिक सहयोग

माँ हार्दिक श्रद्धाञ्जली !

प्रेमकृष्ण श्रेष्ठ ‘कान्छीपुत्र’कीर्तिपुर आमाले अन्तिम पटक पृथ्वीलाई उज्यालो छरेर निभ्दा, झमक्क साँझ भइसकेको थियो । आमालाई दागवत्ति दिएर पशुपतिबाट कीर्तिपुर फर्केको यात्रा मेरो लागि निकै कष्टकर थियो । म त्यो संसारमा एक्लै बाँच्न फर्किरहेको थिएँ, जुन संसारमा म आमासँग साढे तीन दशक भन्दा बढी सँगसँगै बाँचिरहेको थिएँ । यात्राभरी जिन्दगीले चुनौति गर्यो, अब के तँ… Continue reading माँ हार्दिक श्रद्धाञ्जली !

नेकोन कनेक्टिकटले मनायो २०८ औं भानु जयन्ति तथा गर्यो “भानु तिम्रो रामायणले” भजन विमोचन

धन लामा, कनेक्टिकट अमेरिकाको कनेक्टिकट राज्यमा २०८ औं आदिकवि भानुभक्त जन्मजयन्ती एक भव्य काव्य समारोहका बीच सम्पन्न भएको छ । कनेक्टिकट नेपाली समाजका अध्यक्ष नारायण पौडेलज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रकाश भट्टराई, बसन्ता न्यौपाने, गृष्मा न्यौपाने, वानीरा ढकाल, डा. केशव आचार्य, शिव न्यौपाने, अर्जुन दाहाल, सीता बजगाईं, पशुपति पराजुली (सालघारी), डोना गुरुङ, सन्तोष सिंह, विनोद ओझा,… Continue reading नेकोन कनेक्टिकटले मनायो २०८ औं भानु जयन्ति तथा गर्यो “भानु तिम्रो रामायणले” भजन विमोचन

अमेरिकामा संस्कृत र योगको उपादेयता

अन्तर्वार्ता: डा. बद्री पोख्रेलअध्यक्ष, जयतु संस्कृतम्, नेपाल डा. बद्री पोख्रेल संस्कृतका विद्वान र योगका साधक हुनुहुन्छ । धेरै वर्ष नेपालको सरकारी सेवामा विताएर झण्डै एक दशकदेखि संस्कृतको सेवामा पुरै समर्पित हुनुभएका डा. पोख्रेलले संस्कृत दर्शनमा आचार्य र अर्थशास्त्रमा पिएचडी गर्नु भएको छ । १८ महापुराणलाई अध्याय पिच्छेको सारांश लोखेर प्रकाशित गरिसक्नुभएका पोख्रेलले नेपाली, अंग्रेजी र… Continue reading अमेरिकामा संस्कृत र योगको उपादेयता

धार्मिकस्थल गोसाईकुण्डको ऐतिहासिक महत्त्व र महिमा; चिताएको पुग्ने

सरस्वती न्यौपाने, रसुवा परापूर्वकालमा देवता र मानवबीच युद्ध भई समुन्द्र मन्थन गर्दा निस्केको कालकुट नामक विषले सारा जगतलाई नै नोक्सान हुन लागेपछि यसवाट सम्पूर्णलाई छुटकारा दिलाउन भगवान शिवलाई हारगुहार गरे । भगवान शिवले विषवाट बचाउन उक्त कालकुट विष आफैले निलेपछि घाँटिमा अडकियो । विषको जलनलाई शान्त पार्न शितलता खोज्दै हिमालय क्षेत्र गोसाईकुण्ड तर्फ आउँदा रसुवाको… Continue reading धार्मिकस्थल गोसाईकुण्डको ऐतिहासिक महत्त्व र महिमा; चिताएको पुग्ने

गुरुङ ‘तमु’ समाज न्यू ह्यासमरमा हितमान

न्यू ह्यामसर गुरुङ ‘तमु’ समाज न्यू ह्यामसरमा हितमान गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । अघिल्लो साता सम्पन्न साधारणसभाबाट दुई बर्षे कार्यकालका लागि सर्वसम्मन नयाँ नेतृत्व चयन भएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा माधव गुरुङ, महासचिव विकास गुरुङ, कोषाध्यक्ष लक्ष्मी गुरुङ, सचिव वविता गुरुङ एवं सह कोषाध्यक्षमा निरा गुरुङ चुनिएका छन् । त्यस्तै कार्यसमिति… Continue reading गुरुङ ‘तमु’ समाज न्यू ह्यासमरमा हितमान

कपन पैयाटारमा वृक्षारोपण कार्यक्रम सम्पन्न

सुदर्शन केसी (सान) , काठमाडौं बुढानीलकण्ठ ११ पैयाटार हाईटमा रहेको नागबेली पाखामा हिजो वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।करिब सात रोपनीको सार्वजनिक जग्गा संरक्षण गर्दै त्यसलाई आकर्षक पार्कको रुपमा विकास गर्दै लैजाने उद्देश्यका साथ स्थानीय पैयाटार आकाशदेवी नेवा समुहको संयोजनमा वृक्षारोपण गरेको हो । लाइन्स क्लब अफ काठमाण्डौ नोभेला, लाइन्स क्लब अफ बुढानिलकण्ठ नेवा पुच,… Continue reading कपन पैयाटारमा वृक्षारोपण कार्यक्रम सम्पन्न

ललितपुरकी निशा श्रेष्ठले पाइन् राष्ट्रपति महिला सशक्तिकरण पुरस्कार

काठमाडौं राष्ट्रपति महिला सशक्तिकरण परियोजना अन्तर्गत महिला उधमशिलता, वित्तिय पहुँच टेवा पुँजी र प्रविधि सहयोगका लागि बाग्मति प्रदेश, नगरपालिका र गाउँपालिकाहरुबाट गरी १९ जना उद्यमी महिलाहरु पुरस्कृत हुनु भएको छ ।यसै गरी ललितपूर महानगरपालिकाबाट उत्कृष्ट महिला उधमीमा छनौट भई समाज विकास मन्त्रालय, बागमति प्रदेशबाट २ लाख नगद पुरस्कार पाउनु भएका निसु प्रडक्सन प्रालिका प्रवन्ध निर्देशक,… Continue reading ललितपुरकी निशा श्रेष्ठले पाइन् राष्ट्रपति महिला सशक्तिकरण पुरस्कार

ड्यालसमा ‘बुद्ध र उनको शिक्षा’ बिषयमा निबन्ध प्रतियोगिता हुने

टेक्सस नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सासले स्कूलका विद्यार्थीहरुको लागी निबन्ध प्रतियोगिता गर्ने भएको छ। उक्त कार्यक्रममा किंडर-गार्टनदेखि १२ कक्षासम्मका विद्यार्थीहरुले भाग लिन पाउने छन् ।ऐशोसिएसनले आफ्नो फेसबुक पेज मार्फत उक्त प्रतियोगितामा भाग कसरी लिने, कुन कुन बिषयमा निबन्ध लेख्न पाउने, सहयोगी किताबहरुको लिंक, प्रतियोगिताका नियमहरु, प्रतियोगि निबन्धहरु कसरी मूल्यांकन हुने र मूल्यांकन समितिका सदस्यहरुको जानकारी दिएको… Continue reading ड्यालसमा ‘बुद्ध र उनको शिक्षा’ बिषयमा निबन्ध प्रतियोगिता हुने

एनआरएनए कनेक्टिकट च्याप्टरको कार्यभार हस्तान्तरण समारोह सम्पन्न

हरिप्रसाद जोशी,कनेक्टिकट गैरआवासीय नेपाली संघ, अमेरिका कनेक्टिकट च्याप्टरको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष हरि प्रसाद जोशीको कार्यकालमा निम्न कार्यहरु सम्पादन गरिएका थिए ।विवरणहरु : १) कार्य समिति तथा सल्लाहकार समितिको पूर्णता ।२) आर्थिक गतिविधीहरुको पारदर्शिताको लागि बैंक खाता खोलि कार्यक्रम गरिएको ।३) दुई वर्षको वार्षिक कार्ययोजना पारित गरि संस्थाको… Continue reading एनआरएनए कनेक्टिकट च्याप्टरको कार्यभार हस्तान्तरण समारोह सम्पन्न

नेकोनद्वारा कनेक्टिकटमा नेपाली भाषा पाठशाला संचालन

धन लामा, कनेक्टिकट नेपाली भाषा, कला तथा साहित्यको संरक्षण र सम्वर्धन गर्ने पवित्र उदेश्यले कनेक्टिकट नेपाली समाज (नेकोन) अमेरिकाले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि एक भव्य कार्यक्रमका बीच नेपाली भाषा पाठशालाको शुभारम्भ संस्थाका अध्यक्ष नारायण पौडेल र नेपालका लागि संयुक्त राज्य अमेरिका, न्यूयोर्कका महावाणिज्यदूत बिष्णु प्रसाद गौतमले संयुक्त रूपमा गर्नु भयो । अमेरिकाको कनेक्टिकट… Continue reading नेकोनद्वारा कनेक्टिकटमा नेपाली भाषा पाठशाला संचालन