पहिचानको हक र नारी दिवस

कल्पना शाक्य (अधिवक्ता) मार्च ८ – अन्तराष्ट्रिय महिला दिवस ! विशेषतः सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक अधिकारमा महिलाको पहुँच प्राप्तिको उपलक्ष्यमा महिला दिवस मनाउने दिन । महिलाहरुले मताधिकारमा प्राप्त गरेको हकलाई विजयोत्सवको रुपमा सर्वप्रथम सन् १९१४ मा जर्मनीमा मनाइएको हो । तथापि यसको बिऊ रोप्ने काम भने सन् १९०८ मा महिलाहरुलाई समान कामको लागी समान… Continue reading पहिचानको हक र नारी दिवस

नारी दिवस विशेष विश्वकाव्य गोष्ठी-२०७७ हुने

सौल, कोरिया नेपाली भाषासाहित्य​, कला र​ संस्कृतिको उत्थान​मा लागिपरिरहेको स​क्रिय​ संस्था अनेसास​ कोरिया च्याप्ट​र​ले नारी दिवसको अवसर पारेर य​ही मार्च ७ तारिख नेपाली स​मय​ साँझ​ ६ ब​जेदेखि भाषासाहित्यमा समर्पित रहदै संसारको विभिन्न देशबाट साहित्य सृजना गर्दै आएका नारी स्रष्टालाई समेटेर नारी विशेष कार्यक्रम गर्ने भएको छ । जुम प्र​विधिको भर्चुअल माध्य​म​बाट स​म्प​न्न गरिने सो कार्य​क्र​म​मा… Continue reading नारी दिवस विशेष विश्वकाव्य गोष्ठी-२०७७ हुने

नेकोन युएसएद्वारा कर दाखिला सचेतना कार्यक्रम सम्पन्न

धन लामा , कनेक्टिकट कनेक्टिकट नेपाली समाज (नेकोन, युएसए) ले आफ्नो समुदायका सदस्यहरुको हितलाई मध्यनजर गर्दै फेब्रुवरी २८ आईतवारको दिन कर दाखिला सम्बन्धि चेतनामूलक कार्यशाला जुम भर्चुअल सेसन मार्फत सम्पन्न गर्यो । नेपाली समुदायकै सिपिएद्वय विजय अधिकारी र मधु अर्यालद्वारा सहजीकरण गरिएको सो कार्यशालामा, कोभिड – १९ ले ल्याएको नयाँ परिवेशमा व्यक्तिगत तर्फ संघीय सहायता… Continue reading नेकोन युएसएद्वारा कर दाखिला सचेतना कार्यक्रम सम्पन्न

वार्ता अर्थात् नयाँ ‘पोलिटिकल बिजनेश’

पुरुषोत्तम लम्साल (राजनीतिक विश्लेषक) फागुन सातको प्रजातन्त्र दिवसकै पूर्वसन्ध्यामा एउटा सकारात्मक समाचार आयो । समाचार सरकार र विप्लव समूहबीच संवादको सम्भावना बारे थियो। दुई पक्षबीच एक महिना लामो अनौपचारिक गुफ्तगुपछि सार्वजनिक भएको समाचारले राजनीतिक रंग पाउनु स्वभाविक थियो, पायो। पृष्ठभूमिमा अनेक सम्भावना र परिदृष्य हुन्छन्। हल्ला र अनुमानको बजारमा खेति पनि त्यही रुप र मात्रामा… Continue reading वार्ता अर्थात् नयाँ ‘पोलिटिकल बिजनेश’

फागुन ७ र क्रान्तिका भ्रमहरु

पुरुषोत्तम लम्सालराजनीतिक विश्लेशक गत हप्ता २००७ फागुन ७ को सम्झनामा धेरै लेख, विचार प्रकाशित भए । धेरैले फागुन ७ मा नेपालमा क्रान्ति भएको अनैतिक दावी पनि गरे । अहिले त झन् शहीद सप्ताहको मौसम छ, क्रान्ति व्यापारको सदाबहार जिनिस बनेकाले खरिदविक्री तीब्र छ, बजार यसैको छ । म पनि यही बजारको उपभोक्ता हुँ ।क्रान्तिसम्बन्धि अघिल्लो… Continue reading फागुन ७ र क्रान्तिका भ्रमहरु

कीर्तिपुरमा सुचित्रा श्रेष्ठको नेतृत्वमा नमुना महिला समूह गठन

कीर्तिपुर कीर्तिपुरमा युवा समुहले सुचित्रा श्रेष्ठको नेतृत्वमा ‘तुँचुक मिसा पुच’ समूह गठन गरेका छन् जस्मा युवा महिलाको सहभागिता धेरै छ । कलेज पढाउँदै गरेका, स्कुलका शिक्षिका भइरहेका, अधिवक्तादेखि लिएर विभिन्न पेशामा संलग्न भइरहेका शिक्षित महिलाहरु संलग्न भएको यो महिला समूहलाई कीर्तिपुरकै नमुना महिला समूहको रुपमा लिन थालिएको छ ।कीर्तिपुरको रिङ्गरोडसँग जोडिएको एक मात्र ऐतिहासिक चोकको… Continue reading कीर्तिपुरमा सुचित्रा श्रेष्ठको नेतृत्वमा नमुना महिला समूह गठन

जन-अपेक्षाको उपेक्षा

बिष्णु सिंह (बैजु), न्युयोर्क विक्रम सम्बत १९१० मा राणा प्रधानमन्त्री जंगबहादुर र राजा सुरेन्द्र बिक्रम शाहले लागू गरेको मुलुकी ऐन नेपालको सबैभन्दा पहिलो, लिखित र संहिताबद्द राष्ट्रिय कानुन थियो ।वास्तवमा यो ऐन देशमा लागू भएपछि नै कानुनी रुपमा जनताहरु एक-अर्कोलाई शोषण गर्न उत्प्रेरित भएको देखिन्छ। जस्तै; प्रारम्भमा ऐनमा ब्यवस्था गरिए अनुसार उच्च जातको बाहुनले तल्लो… Continue reading जन-अपेक्षाको उपेक्षा

शेर्पा किदुग अमेरिकालाई ५० हजार डलर सहयोग

न्युयोर्क न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित युनाइटेड शेर्पा एसोसिएशन अर्थात् शेर्पा किदुग अमेरिकालाई किदुगका आजीवन सदस्य स्व. आङ् पासाङ् लामा (गोल्डेन) को परिवारबाट पचास हजार अमेरिकी डलर सहयोग प्राप्त भएको छ। उक्त दान रकम शेर्पा किदुगद्वारा गत साल न्युयोर्कको वालकिलमा खरीद गरिएको ६१.३ एकड जमिन माथि निर्माण हुने बौद्ध स्तूपकोलागि प्राप्त भएको हो।जम्मा कबोल गरिएको पचास… Continue reading शेर्पा किदुग अमेरिकालाई ५० हजार डलर सहयोग

पुरुषको हकमा

योगेश आदी / [email protected] हालसालै एउटा समाचार डँढेलो झैं फैलियो; “स्वतन्त्र भारतको ७४ वर्षको ईतिहासमा पहिलो पटक महिलालाई फाँसी !” आजसम्म फाँसीमा किन पुरुष मात्र झुण्डिए ? यो बीचमा महिलाले जघन्य अपराध नै गरेनन् ? के कानुनले पनि अपराधिको लैंगिक अवस्था हेर्छ र ? के कानुनमा लैंगिक सहजताको थ्रेसहोल्ड राख्न मिल्छ ? गर्भवति अवस्थामा अपवादजन्य… Continue reading पुरुषको हकमा

मिथिला महोत्सव अमेरिका २०२१ हुने

न्युयोर्क मिथिला कला र संस्कृतिको प्रवर्द्धन एवम् मिथिला कलाको माध्यमबाट संयुक्त राष्ट्रसंघीय दिगो विकासको लक्ष्यलाई टेवा पुर्याउने उद्देश्यले मिथिला सेन्टर युएसएको आयोजनामा मिथिला महोत्सव अमेरिका हुने भएको छ ।महोत्सव आगामी अप्रिल महिनाको १४ देखि १७ तारिखसम्म अमेरिकाको न्यूयोर्क शहरमा आयोजना गरिने छ । यस वर्षको मिथिला महोत्सवको मुल नारा “दिगो विकास लक्ष्यको लागि कला: मिथिला… Continue reading मिथिला महोत्सव अमेरिका २०२१ हुने

गुणस्तरीय शिक्षामा सबैको अधिकार अपरिहार्य; पूर्व सञ्चार मन्त्री बस्नेत

काठमाडौं पूर्व सुचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले गुणस्तरीय शिक्षामा सबैको अधिकार हुनुपर्ने बताउनु भएको छ । शनिवार राजधानीमा चामुण्डा माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चले गरेको सम्मान कार्यक्रममा बस्नेतले शिक्षामा गरिएको लगानी कहिल्यै पनि खेर नजाने धारणा राख्नुभयो । शैक्षिक संघ संस्थाहरूले अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकता दिनु पर्ने भन्दै उहाँले औपचारिक शिक्षाले मात्र जीवन… Continue reading गुणस्तरीय शिक्षामा सबैको अधिकार अपरिहार्य; पूर्व सञ्चार मन्त्री बस्नेत

गायक सत्यराज आचार्यको भरोसाको दियो सार्वजनिक

न्युयोर्क चर्चित गायकद्वय सत्य–स्वरुपको आफ्नै यूट्युब च्यानलमार्फत समसामयिक विषयवस्तुमा आधारित भरोसाको दियो’ गीतको दर्शनीय म्युजिक भिडियो दर्शक श्रोतामाझ आएको छ ।गायक सत्यराज आचार्यको स्वरमा गीतकार हरिहर निरौलाको शब्द र विशाल ढकालको संगीतले गीत श्रवणीय बनेको छ ।‘भरोसाको दियो’ नाम दिइएको गीत नेपाली संगीताकाशको ओजपूर्ण गीत बन्ने देखिन्छ । गीतको म्युजिक भिडियोमा गायक स्वयम् सत्यराज आचार्य,… Continue reading गायक सत्यराज आचार्यको भरोसाको दियो सार्वजनिक

यस्तो प्रेम गरूँ

दीपा राई पुनबोष्टन प्रेम गर्नु पनिहल्ला गर्नु पर्छ र ? तिमीलाई प्रेम गरेको अनुभूतिमाचुपचाप आफैलाई प्रेम गरूँहरदम ख़्याल राखुँहरक्षण जीवनको उत्सव मनाउॅमलाई देख्नेहरूलेखुसीको ज्योति देखुन मुहारमाब्यवहारमा सकारात्मक भेटुनर भरून आफूलाई उर्जाम तिम्रो प्रेममा पुलकित भएरअझ बिशाल मनले फैलिरहूँप्रेमै प्रेम बॅाटिरहूँ तिमीलाई कहिल्यै थाहै नहोसम भित्र भित्रै प्रेम गर्छुभित्र भित्रै ‌मन पराउँछुमलाई माफ गर प्रियतिमीलाई देख्दातिमीलाई… Continue reading यस्तो प्रेम गरूँ

कुन क्रान्तिको वीणा बजाउँछौ कमरेड ?

पुरुषोत्तम लम्साल(राजनीतिक विश्लेषक) क्रान्ति सामाजिक, आर्थिक, राजनीतिक लगायतका अवयवहरुमा विद्यमान बिसंगतीहरु विरुद्धको सफलताको मानक शब्द हो भन्ने लाग्छ । क्रान्ति शब्द आफैंमा युगीन छ, सर्वकालिक छ । समाज व्यवस्थामा विद्यमान मूल चरित्रको स्थायी परिवर्तनलाई क्रान्तिको सूचक मान्ने हो भने हामीले हाम्रो सन्दर्भमा क्रान्ति कहिले, किन, कसरी भएछ भनेर केलाउनु पनि उत्तिकै अपरिहार्य हुन जान्छ ।हाम्रो… Continue reading कुन क्रान्तिको वीणा बजाउँछौ कमरेड ?

प्रेम

बिष्णु सिंह (बैजु)  “म तिमीलाई प्रेम गर्छु”अथवा जनजिब्रोको; आई लभ यूभन्न कति सजिलोअढाई अक्षरको “प्रेम” तर भने जस्तै सजिलै,बस्छ त युवा-युवती बीच प्रेम ?एउटा खल्तिबाट झिकेरअर्को खल्तिमा राखेजस्तै हो त प्रेम ? कृतिम प्रेम;पल्लो अपार्टमेटका एक जोडी  सधै चुम्बन गर्र बाई हनिनभनि काममा गएशुभ नहुने आभाष दिन्थे उत्कृष्ट प्रेमको नमुनादेखाउँथे तिनले प्रेमलापमा । केही हप्ता पश्चात एकरातगो टु हेल, यु शक् भन्दैदुबैले… Continue reading प्रेम

फांगकार्योका निर्माता उज्ज्वल ठकुरी राजदूतद्वारा सम्मानित

न्युयोर्क गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा ७ ओटा कर्तिमान कायम राखिसकेका नेपाली खेलाडी उज्वल ठकुरीलाई वासिङ्टन डिसीस्थित नेपाली दुताबासले सम्मान गरेका छन् । ठकुरीलाई दुताबासले राष्ट्रिय पहिचान बन्न सक्ने फाङ्गकार्यो बिधा निर्माण गरेको र देशको नाम उँचो राख्ने कार्य गरेको भन्दै शुक्रबार दुताबासको कार्यालयमा नै सम्मान गरेको हो । सम्मान पत्र प्रदान गर्दै राजदुत डा.… Continue reading फांगकार्योका निर्माता उज्ज्वल ठकुरी राजदूतद्वारा सम्मानित

तानाशाहको संकल्प पूजा

महेश्वर घिमिरे, न्युयोर्क तानाशाहको चरित्र जहिले पनि जनप्रिय शव्द बोल्ने र समय अनुकुल जनताको तात्कालिन भावना जित्ने खालको हुन्छ । उनको कुटनैतिक लवज कुटिल शव्दजालले ओतप्रोत हुन्छ । बेनिटो मुसोलिनी, एडोल्फ हिट्लर्र, एन्जेल्वर्ट डोल्फुस्, ओलिभिएरा सालाजार, हिदेकी तोजोजस्ता तानाशाहको चरित्र अध्ययन गर्दा यसको पुष्टि हुन्छ ।जसको कारण भ्रममा परी करोडौं जनताहरूले दु:ख पाउनाका साथै कयौंले… Continue reading तानाशाहको संकल्प पूजा

निरपेक्ष वामपन्थ र भिजिलान्ते प्रगतिशीलता

पुरुषोत्तम लम्साल, अमेरिका भूमिका नबाँधि विषयवस्तुमा जाऔं ।कार्ल मार्क्सकै शब्दमा ‘धर्म उत्पीडित प्राणीको चित्कार हो र धर्म हृदयहीन संसारको हृदय हो वा त्यो भावहीन परिस्थतिको भावना हो।’यसैमा जोडेर मार्क्सले ‘धर्म जनताका लागि अफिम हो’ भन्ने वाक्य लेखेका हुन् ।काल मार्क्स लेख्छन् – ‘धर्मलाई उत्पीडितहरु वास्तविक सुखको माग गर्ने थलो बनाउँछन् । विद्यमान ब्यवस्थाको सम्बन्धमा भ्रमको… Continue reading निरपेक्ष वामपन्थ र भिजिलान्ते प्रगतिशीलता

अन्तर्राष्ट्रिय शक्तित्तोलक रुप कार्की अस्ताए

न्युयोर्क इन्टरनेशनल पावरलिफ्टिङ लिगमा स्वर्ण पदक हासिल गर्ने नेपाली शक्तित्तोलक रुप कार्कीको हृदयघातको कारण ५१ वर्षको उमेरमा भरतपुर अस्पताल चितवनमा निधन भएको छ । नेपालको बुटवलस्थित आफ्नै निवासमा बिहिबार साँझ डिनर खाँदैगर्दा स्वास्थ्यमा असहजता देखिए पश्चात तत्काल नजिकको अस्पताल लगिएको थियो । चिकित्सकले काठमाडौं लैजान भनेपछि एम्बुलेन्समा राजधानी लगिएको हो । काठमाडौं लैजादै गर्दा बाटोमा… Continue reading अन्तर्राष्ट्रिय शक्तित्तोलक रुप कार्की अस्ताए

रगत र प्लेट्लेट्स गरी १० महिनाको अवधिमा २३ पटक दान; इच्छाशक्ति भए सम्भव

अर्जुन मैनाली, न्यूयोर्क साधारणतया रक्तदानको माध्यमबाट कोरोना भाईरस सर्दैन । किनकी यो श्वास प्रश्वासको माध्यमबाट सर्दछ । सम्भावित रक्तदाता अर्कै सहर वा राज्यबाट आएको भए दुई हप्ता रक्तदान नगर्न भनिन्छ । कोरोना लागेका शंकास्पद ब्यक्तिसँग संपर्क भएकालाई पनि रक्तदान नगर्न भनिन्छ । मुखमा मास्क लगाइ राख्न र छिन-छिनमा साबुन पानीले हात धुन लगाइन्छ । यसरी… Continue reading रगत र प्लेट्लेट्स गरी १० महिनाको अवधिमा २३ पटक दान; इच्छाशक्ति भए सम्भव

दिकेश प्रजापतिको नयाँ वर्षको कोशेली ‘तिमीसँगै रम्न पाऊँ’ सार्वजनिक

न्युयोर्क विगत ५ वर्षदेखि अमेरिकामा बस्दै आएका गायक दिकेश प्रजापतिले नयां वर्षको उपलक्ष्यमा तिमीसँगै रम्न पाऊँ बोलको गीत सार्वजनिक गरेका छन् । आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेको गीतका रचनाकार तथा संगितकार न्युयोर्क निवासी ॐ कर्माचार्य हुन् । यसअघि दुई गीतहरु ‘घर त तिम्रो पोखरा’ र ‘एकफेर’ सार्वजनिक गरेका प्रजापतिले लामो समयपछि नयां गीत सार्वजनिक… Continue reading दिकेश प्रजापतिको नयाँ वर्षको कोशेली ‘तिमीसँगै रम्न पाऊँ’ सार्वजनिक

चर्चित गायिका मेलिना राई र गायक केशव दाहालको “चौतारीमा बसौन पियारी” गीत सार्वजनिक

धन लामा, कनेक्टिकट अमेरिका निवासी गायक तथा संगीतकार केशव शर्मा दाहाल र हालका चर्चित गायिका मेलिना राईको स्वरमा “चौतारीमा बसौन पियारी” बोलको गीत डिसेम्वर २५ को दिन आफ्नै युट्युब च्यानल (Keshab S. Dahal Official) बाट सार्वजनिक गरिएको छ । यो सुन्दर गीतको सर्जक राजु बाबु श्रेष्ठ हुनुहुन्छ भने, हालका चर्चित संगीतकार राजन राज सिवाकोटीले सर्जकको… Continue reading चर्चित गायिका मेलिना राई र गायक केशव दाहालको “चौतारीमा बसौन पियारी” गीत सार्वजनिक

प्रतिनिधि सभा विघटनपछि नेपाली कांग्रेसको आगामी बाटो

रविन तुम्वाहाङ्फे, कनेक्टिकट नेपालका प्रधानमन्त्री केपी ओलीद्वारा प्रतिनिधि सभा विघटन प्रस्तावलाई राष्ट्रपतिद्वारा संबिधान संरक्षकको नाताले आवश्यक छलफल गर्नु पर्ने थियो । संविधानका ज्ञाताहरु र स्वयंम प्रधानमंत्री सहित विभिन्न पार्टीका राजनैतिक दलका नेताहरुसंग परामर्श गरी संविधान सम्मत नभएको प्रस्तावलाई घनिभुत रुपमा छलफल गर्नको लागि जनताद्वारा निर्वाचित प्रतिनिधि सभामा कम्तिमा एक पटक पठाउनु पर्नेमा त्यसो नगरि हतास… Continue reading प्रतिनिधि सभा विघटनपछि नेपाली कांग्रेसको आगामी बाटो

नेकोन (युयसए) को १२ औं वार्षिक साधारणसभा तथा कार्यभार हस्तान्तरण

धन लामा, कनेक्टिकट कनेक्टिकट नेपाली समाज नेकोन (युयसए) को १२ औं वार्षिक साधारणसभा डिसेम्वर २०, २०२० का दिन हाल कोभिड-१९ महामारीका कारण भौतिक रुपमा संचालन गर्न असहज रहेको परिस्थितिमा भर्चुअल जुम प्रविधि मार्फत सम्पन्न भएको छ । सँस्थाका अध्यक्ष जितेन्द्र बस्नेतको सभापतित्वमा सम्पन्न भएको वार्षिक साधारण सभामा सँस्थाका प्रमुख सल्लहाकार अशोक श्रीवास्तावले भौतिक रुपमा नै… Continue reading नेकोन (युयसए) को १२ औं वार्षिक साधारणसभा तथा कार्यभार हस्तान्तरण

संबिधानको सम्मान गर्न नसके पनि अपमान नगरौं

महेश्वर घिमिरे, न्युयोर्क लाखौं नेपाली जनताको त्याग, संघर्ष र बलिदानबाट ल्याइएको संघीय लोकतान्त्रिक गणतन्त्र ईतिहासको सबैभन्दा महत्वपूर्ण राजनैतिक परिवर्तन हो । त्यसबाट बनेको संविधान र यसको उपलव्धि भनेको नेपालको राज्य संयन्त्रको साँचो हो । नेपाली जनताको वर्तमान र भविष्य हो । भूतपूर्व प्रधानमन्त्री स्व. मनमोहन अधिकारीदेखि स्व.गिरिजासम्मले गरेका संसद बिघटनमा आजको गणतान्त्रिक संविधानको कुनै सरोकार… Continue reading संबिधानको सम्मान गर्न नसके पनि अपमान नगरौं

अमेरिकामा विवाहपञ्चमी महोत्सव सम्पन्न; मिथिला समुदाय र संस्कृति केन्द्रको स्थापना

न्युयोर्क अमेरिकामा पहिलो पटक ऐतिहासिक विवाहपञ्चमी महोत्सव भव्य समारोह सहित सम्पन्न भएको छ । मिथिला सेन्टर अमेरिकाको आयोजनामा राम र सीताको विवाह स्मरण हेतु मनाईएको हो । खासगरी विवाहपञ्चमी पर्व जनकपुरधाममा विशेष रुपले मनाइएपनि अमेरिकामा पनि पहिलो चोटी मनाइएको सेन्टरका अध्यक्ष अमित प्रताप शाहले बताएका छन् । हजारौं वर्षअघि आयोजित भगवान राम र देवी सीताको… Continue reading अमेरिकामा विवाहपञ्चमी महोत्सव सम्पन्न; मिथिला समुदाय र संस्कृति केन्द्रको स्थापना

प्रेम परियारको सभापतित्वमा नर्दन क्यालिफोर्निया च्याप्टर गठन

न्युयोर्क नेपाली जनसम्पर्क समिति अमेरिकाले प्रेम परियारको सभापतित्वमा नर्दन क्यालिफोर्निया च्याप्टर गठन गरेका छन् । साथै २ जना केन्द्रीय सदस्य समेत थप गरेका छन् ।प्रेम परियार, नेपाली कांग्रेस १२ औं महाधिवेसन प्रतिनिधि, उपाध्यक्ष नेपाली एसोसियसन अफ नोर्दन क्यालिफोर्निया (NANC), केन्द्रीय सचिव जिपी कोईराला मेमोरियल फाउन्डेसन, अमेरिका च्याप्टर, पूर्व केन्द्रीय उपाध्यक्ष नेपाल दलित विधार्थी संघ, पूर्व… Continue reading प्रेम परियारको सभापतित्वमा नर्दन क्यालिफोर्निया च्याप्टर गठन

सपनाश्री र प्रेम सेन्च्युरीको नयाँ गीत सार्वजनिक

न्युयोर्क नेपाली ग्रामिण परिवेश र पिडालाई यथार्थमा उतार्ने प्रयास गरिएको गीत “जीवन यहाँ यस्तै छ” को म्युजिक भिडियो सार्बजनिक भएको छ।उदयपुर मिडिया हबले निर्माण गरेको उक्त म्युजिक भिडियो सहितको गीतमा शब्द, संगीत र स्वर प्रेम सेन्चुरीको रहेको छ भने उनलाई गायिका सपनाश्रीले साथ दिएकी छिन्।म्युजिक भिडियोमा कलाकारहरु अप्सरा चाम्लिङ राई, परिस्मा राई, गणेश प्रदेशी, दिनेश… Continue reading सपनाश्री र प्रेम सेन्च्युरीको नयाँ गीत सार्वजनिक

न्युयोर्कबाट परिवर्तनका संवाहक (चेन्ज मेकर) २०२० को घोषणा; को को चुनिए ?

न्युयोर्क न्युयोर्कस्थित नेपालीजम डट कमले आरम्भको पहिलो वर्ष पुरा गरी दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा ‘परिवर्तनका संवाहक-२०२०’ घोषणा गरेको छ । समाजमा योगदान पुर्याएका अथवा नेपालित्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएका नेपाली अमेरिकन व्यक्ति र नेपाली संघसंस्थाहरुलाई सन् २०२० को ‘परिवर्तनका संवाहक’ (ChangeMakers) चुनेका छन् । वर्ष २०२० को सूचीमा कूल ८५ व्यक्तित्व र संघसंस्थालाई चुनेका… Continue reading न्युयोर्कबाट परिवर्तनका संवाहक (चेन्ज मेकर) २०२० को घोषणा; को को चुनिए ?

न्युयोर्कस्थित नेपाली लेडिज साँझले नेपालका सुत्केरी महिलालाई गराए ३ महिनासम्म निःशुल्क भोजन

काठमाडौं महिलाका लागि महिलाद्वारा अभियान अन्तर्गत अमेरिकाको न्युयोर्कमा संचालन हुँदै आएको ”नेपाली लेडिज साँझ न्युयोर्क” ले यो बर्ष नेपालस्थित थापाथलीको प्रसुति गृहमा सुत्केरी हुन आउने महिला र उनका कुरुवालाई झन्डै तीन महिना लगातार निशुल्क भोजन गराएको छ ।प्रारम्भमा अमेरिकाको न्युयोर्क, न्युजर्सी, कनेक्टिकट वरपर बसोबास गर्दै आएका महिलाहरुमा भातृत्व बिकास गर्दै एक आपसका सुख दु:ख बाढ्ने… Continue reading न्युयोर्कस्थित नेपाली लेडिज साँझले नेपालका सुत्केरी महिलालाई गराए ३ महिनासम्म निःशुल्क भोजन