महेश्वर घिमिरे, न्युयोर्क लाखौं नेपाली जनताको त्याग, संघर्ष र बलिदानबाट ल्याइएको संघीय लोकतान्त्रिक गणतन्त्र ईतिहासको सबैभन्दा महत्वपूर्ण राजनैतिक परिवर्तन हो । त्यसबाट बनेको संविधान र यसको उपलव्धि भनेको नेपालको राज्य संयन्त्रको साँचो हो । नेपाली जनताको वर्तमान र भविष्य हो । भूतपूर्व प्रधानमन्त्री स्व. मनमोहन अधिकारीदेखि स्व.गिरिजासम्मले गरेका संसद बिघटनमा आजको गणतान्त्रिक संविधानको कुनै सरोकार… Continue reading संबिधानको सम्मान गर्न नसके पनि अपमान नगरौं
Author: Vishwanews.com
अमेरिकामा विवाहपञ्चमी महोत्सव सम्पन्न; मिथिला समुदाय र संस्कृति केन्द्रको स्थापना
न्युयोर्क अमेरिकामा पहिलो पटक ऐतिहासिक विवाहपञ्चमी महोत्सव भव्य समारोह सहित सम्पन्न भएको छ । मिथिला सेन्टर अमेरिकाको आयोजनामा राम र सीताको विवाह स्मरण हेतु मनाईएको हो । खासगरी विवाहपञ्चमी पर्व जनकपुरधाममा विशेष रुपले मनाइएपनि अमेरिकामा पनि पहिलो चोटी मनाइएको सेन्टरका अध्यक्ष अमित प्रताप शाहले बताएका छन् । हजारौं वर्षअघि आयोजित भगवान राम र देवी सीताको… Continue reading अमेरिकामा विवाहपञ्चमी महोत्सव सम्पन्न; मिथिला समुदाय र संस्कृति केन्द्रको स्थापना
प्रेम परियारको सभापतित्वमा नर्दन क्यालिफोर्निया च्याप्टर गठन
न्युयोर्क नेपाली जनसम्पर्क समिति अमेरिकाले प्रेम परियारको सभापतित्वमा नर्दन क्यालिफोर्निया च्याप्टर गठन गरेका छन् । साथै २ जना केन्द्रीय सदस्य समेत थप गरेका छन् ।प्रेम परियार, नेपाली कांग्रेस १२ औं महाधिवेसन प्रतिनिधि, उपाध्यक्ष नेपाली एसोसियसन अफ नोर्दन क्यालिफोर्निया (NANC), केन्द्रीय सचिव जिपी कोईराला मेमोरियल फाउन्डेसन, अमेरिका च्याप्टर, पूर्व केन्द्रीय उपाध्यक्ष नेपाल दलित विधार्थी संघ, पूर्व… Continue reading प्रेम परियारको सभापतित्वमा नर्दन क्यालिफोर्निया च्याप्टर गठन
सपनाश्री र प्रेम सेन्च्युरीको नयाँ गीत सार्वजनिक
न्युयोर्क नेपाली ग्रामिण परिवेश र पिडालाई यथार्थमा उतार्ने प्रयास गरिएको गीत “जीवन यहाँ यस्तै छ” को म्युजिक भिडियो सार्बजनिक भएको छ।उदयपुर मिडिया हबले निर्माण गरेको उक्त म्युजिक भिडियो सहितको गीतमा शब्द, संगीत र स्वर प्रेम सेन्चुरीको रहेको छ भने उनलाई गायिका सपनाश्रीले साथ दिएकी छिन्।म्युजिक भिडियोमा कलाकारहरु अप्सरा चाम्लिङ राई, परिस्मा राई, गणेश प्रदेशी, दिनेश… Continue reading सपनाश्री र प्रेम सेन्च्युरीको नयाँ गीत सार्वजनिक
न्युयोर्कबाट परिवर्तनका संवाहक (चेन्ज मेकर) २०२० को घोषणा; को को चुनिए ?
न्युयोर्क न्युयोर्कस्थित नेपालीजम डट कमले आरम्भको पहिलो वर्ष पुरा गरी दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा ‘परिवर्तनका संवाहक-२०२०’ घोषणा गरेको छ । समाजमा योगदान पुर्याएका अथवा नेपालित्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएका नेपाली अमेरिकन व्यक्ति र नेपाली संघसंस्थाहरुलाई सन् २०२० को ‘परिवर्तनका संवाहक’ (ChangeMakers) चुनेका छन् । वर्ष २०२० को सूचीमा कूल ८५ व्यक्तित्व र संघसंस्थालाई चुनेका… Continue reading न्युयोर्कबाट परिवर्तनका संवाहक (चेन्ज मेकर) २०२० को घोषणा; को को चुनिए ?
न्युयोर्कस्थित नेपाली लेडिज साँझले नेपालका सुत्केरी महिलालाई गराए ३ महिनासम्म निःशुल्क भोजन
काठमाडौं महिलाका लागि महिलाद्वारा अभियान अन्तर्गत अमेरिकाको न्युयोर्कमा संचालन हुँदै आएको ”नेपाली लेडिज साँझ न्युयोर्क” ले यो बर्ष नेपालस्थित थापाथलीको प्रसुति गृहमा सुत्केरी हुन आउने महिला र उनका कुरुवालाई झन्डै तीन महिना लगातार निशुल्क भोजन गराएको छ ।प्रारम्भमा अमेरिकाको न्युयोर्क, न्युजर्सी, कनेक्टिकट वरपर बसोबास गर्दै आएका महिलाहरुमा भातृत्व बिकास गर्दै एक आपसका सुख दु:ख बाढ्ने… Continue reading न्युयोर्कस्थित नेपाली लेडिज साँझले नेपालका सुत्केरी महिलालाई गराए ३ महिनासम्म निःशुल्क भोजन
स्वयम्भु क्षेत्रका बुद्धमुर्तिहरु भत्काउन पाईंदैन; शेर्पा किदुग
कल्पना घिमिरे, न्युयोर्क विश्व सम्पदा सुचिमा सुचिकृत भएको स्वयम्भु क्षेत्र भित्रका बुद्ध मुर्ति सहित केही महत्वपूर्ण स्तुप र मुर्तिहरु भत्काउने सरकारको निर्णयप्रति युनाइटेड शेर्पा एसोसिएशन (शेर्पा किदुग )को ध्यानाकर्षण भएको छ ।नेपाल सरकारले काठमाडौ उपत्यकाको कलंकीदेखि चाबहिलसम्मको सडक विस्तार गर्ने क्रममा विश्व सम्पदा सूचीमा सूचीकृत भएको स्वयम्भू क्षेत्र भित्र स्थापित हजार बुद्ध मूर्ति सहितको स्तूप… Continue reading स्वयम्भु क्षेत्रका बुद्धमुर्तिहरु भत्काउन पाईंदैन; शेर्पा किदुग
नुवाकोट-अमेरिका जनसम्पर्क समितिको घोषणा सभा सम्पन्न; बिज्ञान खनाल सभापति
न्युयोर्क नेपाली काँग्रेससँग आबद्द नुवाकोट जिल्लाका प्रबासीहरुको संगठन “नुवाकोट अमेरिका जनसम्पर्क समिति” को घोषणा-सभा यही डिसेम्बर ६ तारिख आइतबार सम्पन्न भएको छ । सभाले बिज्ञान खनालको सभापतित्वमा २९ सदस्यीय कार्यसमिति चयन गरेका छन ।गृह जिल्लाका प्रभावशाली काँग्रेसी नेताहरूको प्रमुख आतिथ्यमा सम्पन्न सभाको कार्यविधि कोरोना महामारीको कारण जुम मार्फत भर्चुअल्ली गरिएको हो । सभामा नेपाली कांग्रेसका… Continue reading नुवाकोट-अमेरिका जनसम्पर्क समितिको घोषणा सभा सम्पन्न; बिज्ञान खनाल सभापति
नुवाकोट काँग्रेसका शिर्षस्त नेताहरु सहित “नुवाकोट-अमेरिका जनसम्पर्क समिति” को घोषणा सभा हुने
न्युयोर्क नेपाली काँग्रेसको सहगोत्रीय सँस्था ‘नुवाकोट अमेरिका जनसम्पर्क समिति’ अमेरिकाको घोषणा-सभा यही डिसेम्बर ६ तारिख आइतबार हुने भएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेताहरूको प्रमुख आतिथ्यमा हुने सभा कोरोना महामारीको कारण जुम मार्फत भर्चुअल्ली हुने सदस्य सचिव विज्ञान खनालले बताएका छन् । सभामा नेपाली कांग्रेसका नेताहरू क्रमश; अर्जुन नरसिंह केसी, डा. रामशरण महत, केंद्रीय सदस्य… Continue reading नुवाकोट काँग्रेसका शिर्षस्त नेताहरु सहित “नुवाकोट-अमेरिका जनसम्पर्क समिति” को घोषणा सभा हुने
कोरोना सक्रमण दर बढेपछि न्युयोर्कका विद्यालयहरू बिहिवारदेखि पुनः बन्द
न्युयोर्क न्युयोर्कमा कोरोना भाईरस संक्रमण दरमा बृद्धि हुन थालेपछि सम्पूर्ण बिद्यालय बिहीवारदेखि बन्द हुने भएका छन् । न्युयोर्क सिटी स्कुलका चान्स्लर रिचर्ड कारन्जाले बुधवार एक बिज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेका हुन् । चान्सलर कारन्जाले बिज्ञप्तिमा भनेका छन्; “बिहिबारदेखि लागू हुने गरी न्युयोर्क सहर भित्रका सम्पूर्ण बिद्यालय भवन बन्द हुने छन् र सम्पूर्ण पठनपाठन घरबाटै… Continue reading कोरोना सक्रमण दर बढेपछि न्युयोर्कका विद्यालयहरू बिहिवारदेखि पुनः बन्द
कोरोना बिरुद्धको अमेरिकी भ्याक्सिनले ९५% काम गर्ने फाईजरको दाबी; यो बर्षको अन्त्यसम्म भ्यक्सिन आउने
न्युयोर्क कोरोनाभाइरस बिरुद्धका भ्याक्सिनहरुको लगातार सकारात्मक समाचार आउने क्रम जारी छ । यिनै समाचारहरु माझ अघिल्लो हप्ता अमेरिकी कम्पनी फाईजर र जर्मन कम्पनी बायो एन्ड टेकले सँयुक्त रुपमा निर्माण गरेको भ्याक्सिनले ९० प्रतिशत काम गर्ने घोषणा गरेको भ्याक्सिनले तेश्रो चरणको परिक्षणपछि ९५ प्रतिशत सफल हुने दाबी गरेको छ । कम्पनीले बुधवार एक बिज्ञप्ति जारी गर्दै… Continue reading कोरोना बिरुद्धको अमेरिकी भ्याक्सिनले ९५% काम गर्ने फाईजरको दाबी; यो बर्षको अन्त्यसम्म भ्यक्सिन आउने
७ वटा विश्व रेकर्डधारी उज्ज्वल ठकुरी आठौं र नवौं विश्व किर्तिमान राख्दै
न्युयोर्क गिनिज बुक अफ वर्ल्डमा ७ वटा रेकर्ड राखिसकेका नेपाली मार्सल आर्टस खेलाडी उज्ज्वल ठकुरीले आठौं र नवौं विश्व किर्तिमानको प्रकृया अगाडि बढाएका छन् । यसपटक उनको चुनौति पाकिस्तानको मोहम्मद रशिदको एकल रेकर्ड तोड्नु रहेको छ । मोहम्मद रशिदको रेकर्ड एक मिनेटमा ५ केजी तौल खुट्टामा बाधेर ७८ घोडा प्रहार रहेको छ भने ठकुरीको दोश्रो… Continue reading ७ वटा विश्व रेकर्डधारी उज्ज्वल ठकुरी आठौं र नवौं विश्व किर्तिमान राख्दै
अमेरिका, म र रिपव्लिकन
योगेश आदी [email protected] सन् २००७ मा मलाई अमेरिकी डिभी चिट्ठा पर्यो । अमेरिकाको बारेमा थप रुचि बढ्यो । जर्ज डब्लु बुस राष्ट्रपति थिए । कार्यकाल सम्हालेकै वर्ष ९११ को घटना र रस्सियन अर्थतन्त्रको विश्वब्यापि असरको कारण अमेरिकी अर्थतन्त्र पनि खस्कदो थियो । यसै कारण बुसलाई सबैले अभागी राष्ट्रपति भन्दथे । सहानुभुति स्वरुप मैले केही नबुझी… Continue reading अमेरिका, म र रिपव्लिकन
बलात्कारको बढ्दो बिकृति र मृत्यूदण्डको माग
कल्पना शाक्य / अधिवक्ता सोह्रौं शताब्दीमा महारानी एलिजाबेथ प्रथमको शासनकालमा बेलायतमा पाकेटमारलाई सार्वजनिक स्थलमा झुण्ड्याएर मारियो । उद्देश्य थियो त्यो भयानक दृष्य देखेर अब उप्रान्त कसैले चोरी गर्ने दुस्साहस नगरोस । हजारौं मानिसहरुले पाकेटमारलाई झुण्डाइएको दृष्य त्रास मिश्रित उत्सुकताका साथ हेरे । सबैको ध्यान झुण्ड्याइएको ब्यक्तितर्फ खिचिएको मौका छोपेर त्यही भिडमा एक ब्यक्तिको पाकेट मारियो… Continue reading बलात्कारको बढ्दो बिकृति र मृत्यूदण्डको माग
सफल भयो कोरोना विरुद्धको भ्याक्सिन
एजेन्सी अमेरिकी औषधि उत्पादनमा नाम कमाएको पिफिजर र जर्मन बायोटेक कम्पनी बायोएनटेकले उनिहरुले उत्पादन गरेको कोरोना भाईरस बिरुद्धको भ्याक्सिनले ९० प्रतिशत काम गरेको बताएका छन् । ति दुई कम्पनीले कोभिड -१९ बिरुद्ध उनिहरुले उत्पादन गरेको भ्याक्सिनले संक्रमणको लक्षण नदेखिएका मानिसहरुलाई भाईरसबाट जोगाउन ९० प्रतिशत सफल भएको बताएका छन् । सोमबार पिफिजर र बायोएनटेकले आफुले उत्पादन… Continue reading सफल भयो कोरोना विरुद्धको भ्याक्सिन
जिपिके फाउण्डेशन अमेरिकाद्वारा सबलपोष्टका प्रधान सम्पादक सम्मानित
न्युयोर्क सबल नेपाल मिडिया प्रालिद्वारा संचालित सबल नेपाल साप्ताहिक तथा सबलपोष्ट डिजिटल पत्रिकाका प्रधान सम्पादक अमृत पाण्डेयलाई जि पी कोइराला फाउण्डेशन अमेरिकाले सम्मान गरेको छ । कोरोना भाइरसको महामारीका बेला प्रवासमा रहेका नेपालीहरुको समस्या र मुद्दाहरुमा सक्रियतापूर्वक कलम चलाए वापत फाउण्डेशनले पाण्डेय सहित विश्वका विभिन्न देशमा क्रियाशिल नेपाली पत्रकारहरु अजयबाबु शिवाकोटी, मिना शर्मा, अंकुर लुइंटेल,… Continue reading जिपिके फाउण्डेशन अमेरिकाद्वारा सबलपोष्टका प्रधान सम्पादक सम्मानित
नृत्याङ्गना सिता सुबेदीको स्वरमा “जीवन कस्तो हुन्छ” गीत सार्वजनिक
न्युयोर्क एउटा खुट्टाले नृत्य गरेर सबैको मन जितिसकेकी नृत्यङ्गना सिता सुबेदी आफ्नै स्वरमा ‘जीवन कस्तो हुन्छ…’ गीत गाएकी छिन् । जीवनको भोगाई र अनुभव समेटिएको गीतका शब्द पनि उनी आफैले कोरेकी हुन् । क्लासिकल वन लेग डान्सरको रुपमा ख्याति कमाएकी सुबेदीले जीवन दर्शन बोकेको गीत युट्युब मार्फत सार्वजनिक गरेकी हुन् । सीता सुबेदी भन्ने बित्तिकै… Continue reading नृत्याङ्गना सिता सुबेदीको स्वरमा “जीवन कस्तो हुन्छ” गीत सार्वजनिक
सरकारको निर्णयप्रति बहिर्गमित जनमुक्ति सेना नेपालको आपत्ति
काठमाडौं नेपाल सरकारले गत कार्तिक २ गते कोभिड १९ कोरोनाभाइरसबाट सङ्क्रमितहरुको परिक्षण, उपचार तथा शव व्यवस्थापन आफैले गर्नुपर्ने भनि गरेको निर्णयप्रति बहिर्गमित जनमुक्ति सेना नेपालले आपत्ति जनाउँदै प्रेस बिज्ञप्ति जारी गरेको छ । बिज्ञप्तिमा सरकारको निर्णय जनताको स्वास्थ्यप्रति गरिएको ठूलो खेलवाड भएको र आधारभूत स्वास्थ्य नागरिकको मौलिक हक हो भन्ने मान्यतामा जोड दिइएको छ । सरकारी… Continue reading सरकारको निर्णयप्रति बहिर्गमित जनमुक्ति सेना नेपालको आपत्ति
रमेश प्रसाईंको बोलिबाण र शव्द चयनको पाठ
योगेश आदी / [email protected] मेरो अधिकार कति ? मलाई के के भन्न मिल्दैन । कुन सम्बोधन मेरो अपमान हो ? मेरो बारेमा के के कुरा खोल्न म बाध्य छैन ? यो सबै व्यक्तिको कानूनन: अधिकार हो । चेतना र विवेकको स्तरले आफ्नो महत्व बोध गराएपछि आत्मसम्मानित जीवनको शुरुवात हुन्छ । आशय गलत नभएपनि कतिपय अवस्थामा हामीले… Continue reading रमेश प्रसाईंको बोलिबाण र शव्द चयनको पाठ
प्रचण्डको विलोपिकरण र अविश्वासको विकेन्द्रिकरण
पुरुषोत्तम लम्साल / हाल: अमेरिका वर्तमान नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६४ साल पौष १८ गतेको एउटा सार्वजनिक भाषणमा भनेका थिए, ‘माक्र्सवाद भनेको हो पनि र होइन पनि ।’ प्रचण्डको भनाईको आशय ‘माक्र्सवाद ब्यावहारिक प्रयोग हुन पनि सक्छ र सन्दर्भ अनुसार परिवर्तन पनि हुनसक्छ’ भन्ने थियो । यो भनाईको आशय र अर्थ ‘माक्र्सवाद नै… Continue reading प्रचण्डको विलोपिकरण र अविश्वासको विकेन्द्रिकरण
कनेक्टिकट चौतारी २०२० को विमोचन सम्पन्न
न्युयोर्क कनेक्टिकट नेपाली समाज (नेकोन – USA) को वार्षिक मुखपत्र कनेक्टिकट चौतारीको सातौँ संस्करणको विमोचन कार्यक्रम सामाजिक दुरी कायम राख्दै वेस्ट हार्टफोर्डको वालकट पार्कमा अक्टोवर ११, २०२० मा सम्पन्न भयो । कवि धन लामा प्रमुख सम्पादक रहनुभएको उक्त प्रकाशनलाई संस्थाका पदाधिकारी, सल्लाहकार, समाजका विभिन्न अग्रज एवं सामाजिक व्यक्तिहरुको माझ वेस्ट हार्टफोर्ड टाउनकी मेएर सेरी केन्टरले… Continue reading कनेक्टिकट चौतारी २०२० को विमोचन सम्पन्न
नेपाली युवा खडग् पुलामी बोरो प्रेसिडेण्डद्वारा सम्मानित
न्युयोर्क नेपाली कला र संस्कृतिको प्रवर्धनमा निरन्तर योगदान पुर्याए बापत ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक आडम्सले नेपाली समुदायका खडग् बहादुर पुलामी उर्फ ‘बिक्की पुलामी’ लाई सम्मान गरेको छ । न्युयोर्क क्वीन्सको ज्याक्सन हाईट्समा आयोजित एक कार्यक्रममा बिक्की पुलामीलाई बोरो प्रेसिडेण्ट आडम्सले निरन्तर सामाजिक सेवा गरेको भन्दै ‘साइटेसन-पत्र’ सहित सम्मान गरेको हो । पुलामी सन् २००५ देखि… Continue reading नेपाली युवा खडग् पुलामी बोरो प्रेसिडेण्डद्वारा सम्मानित
नेपाली समुदायका शाही न्युयोर्कस्थित अस्पतालको एड्भाइजरी बोर्डमा नियुक्त
न्युयोर्क न्युयोर्क सिटी हेल्थ एण्ड हस्पिटल अन्तर्गतको क्वीन्सस्थित एल्म्हर्ष्ट अस्पतालको कम्युनिटी एडभाईजरी बोर्डमा नेपाली समुदायका मिलन कुमार शाहीको नियुक्ति भएको छ । यही अक्टोबर ७, २०२० देखि कार्यकाल प्रारम्भ हुने गरी दुई वर्षको लागि शाहीलाई न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित सामुदायिक एल्महर्ष्ट अस्पतालको बोर्डमा नियुक्त गरिएको हो। विभिन्न समुदायको तर्फबाट अस्पतालको बोर्डमा जम्मा २५ जनालाई नियुक्ति… Continue reading नेपाली समुदायका शाही न्युयोर्कस्थित अस्पतालको एड्भाइजरी बोर्डमा नियुक्त
स्पेनले आप्रवासी माथि कडाई गर्ने; कोरोना जोखिमका बाबजुत नेपालीहरु धमाधम पोर्चुगल जाँदै
कृष्ण खनाल ‘मदन’ / बार्सिलोना कोरोना भाइरसको सबैभन्दा नराम्रो प्रभाव ब्यहोर्ने युरोपेली मुलुक स्पेनले आप्रवासी माथि कडाई गर्ने भएको छ । स्पेन सरकारले अवैधानिक आप्रवासी माथि कडाई गर्ने भएको हो । स्पेनका उपप्रधानमन्त्री पाब्लो इग्लेसियसले कादेना सेर रेडियोमा दिएको अन्तर्वार्तामा बताए अनुसार गैरकानूनी रुपमा बसेका आप्रवासीलाई देश निकाला गर्ने र आर्राइगो सोसियललाई खारेज गर्ने भएको… Continue reading स्पेनले आप्रवासी माथि कडाई गर्ने; कोरोना जोखिमका बाबजुत नेपालीहरु धमाधम पोर्चुगल जाँदै
न्युयोर्कस्थित ज्याक्सन हाईटसमा एक घरको बेडरुममा उडेर आएको गोली लागी महिलाको मृत्यु
न्युयोर्क न्युयोर्क क्वीन्सस्थित ज्याक्सन हाईटसमा एक ४३ वर्षीया महिलाको घर कै बेडरुममा उडेर आएको गोली लागी मृत्यु भएको छ । बुधबार बिहान एक बज्नु केही अगाडि अपार्ट्मेन्टको अगाडिको झ्याल प्वाल पारेर आएको गोली गर्धनमा लागी ति महिलाको मृत्यु भएको न्युयोर्कस्थित सुरक्षा अधिकारीहरुले जनाएका छन् । ज्याक्सन हाईटसस्थित ३४ एभेन्यु र ९१ स्ट्रिटको… Continue reading न्युयोर्कस्थित ज्याक्सन हाईटसमा एक घरको बेडरुममा उडेर आएको गोली लागी महिलाको मृत्यु
अमेरिकी राष्ट्रपतीय निर्वाचन ट्रम्प र बाईडेनको प्रतिस्पर्धा नभै तानाशाह र प्रजातन्त्र बीचको प्रतिस्पर्धा हो; बर्नी स्यान्डर्स
न्युयोर्क सेनेटर बर्नी स्यान्डर्सले आसन्न नोभेम्बरको अमेरिकी निर्वाचन डोनाल्ड ट्रम्प र जो बाईडेन बीचको प्रतिस्पर्धा नभएर यो तानाशाह र प्रजातन्त्र बीचको भएको बताएका छन् । राष्ट्रपति दौडबाट बहिरिएपछि पहिलो पटक सेनेटर स्यान्डर्सले जर्ज वासिङ्टन युनिभर्सिटीमा बिहिबार सशरीर उपस्थित भई सम्बोधन गर्दै अमेरिकाका सम्पूर्ण राजनीतिक दलहरु एक भएर राष्ट्रपति ट्रम्पबाट खतरामा परेको अमेरिकाको… Continue reading अमेरिकी राष्ट्रपतीय निर्वाचन ट्रम्प र बाईडेनको प्रतिस्पर्धा नभै तानाशाह र प्रजातन्त्र बीचको प्रतिस्पर्धा हो; बर्नी स्यान्डर्स
ठुलो पेट भएका मानिसमा चाँडै मृत्युको खतरा; एक अध्ययन
न्युयोर्क पेट बढ्दै गएका मानिसहरुलाई दुखित तुल्याउने एक अध्ययनको नतिजा सार्वजनिक भएको छ । पेटमा बोसो भरिएर पेट ठुलो हुने मानिसहरुको कुनै न कुनै कारणबाट छिट्टै मृत्यु हुने एक नयाँ अध्ययनले देखाएको हो ।महिलाहरुमा औसत भन्दा १० सेन्टिमिटर ठुलो पेट भएको अवस्थामा कुनै न कुनै रोगको कारणबाट उनिहरुको छिट्टै मृत्यु हुने सम्भावना… Continue reading ठुलो पेट भएका मानिसमा चाँडै मृत्युको खतरा; एक अध्ययन
गीतकार दीपा राईको नयाँ गीत दर्शक-श्रोता माझ
न्युयोर्क दीपाको शब्दमा जीवन बोल्दछ । भावना बग्दछ । अनुभूति झल्कन्छ । जब उनका शब्दमाला गीत बनेर गुञ्जन्छ तब संगीत सार्थक लाग्दछ । नेपाली संगीताकाशका सुनौला तारा साहित्यानुरागी दीपा राई पुनको नयाँ गीत “मैले कोरेको चित्रमा…” म्युजिक भिडियो सहित युट्युब मार्फत सार्वजनिक भएको छ । “मैले कोरेको चित्रमा मेरै प्रितको कथा छ गहिरो धेरै गहिरो… Continue reading गीतकार दीपा राईको नयाँ गीत दर्शक-श्रोता माझ
बिल गेट्स भन्छन्; ‘आजसम्म पनि २४ घण्टा भित्रै अमेरिकनले कोरोनाको रिपोर्ट प्राप्त गर्न नस्कनु अपमान हो’
न्युयोर्क माइक्रोसफ्टका सह-संस्थापक तथा विश्व स्वास्थ्य परोपकारी बिल गेट्सले कोभिड -१९ को बिषयमा अमेरिकी बर्तमान सरकारको काम गराईलाई निर्लज्ज भन्दै आलोचना गरेका छन् । बिल गेट्सले आइतबार फक्स न्युजसँगको कुराकानीमा ‘महामारीको ६ महिना बितेर यतिविघ्न क्षति गरिसकेको अवस्थामा हालसम्म पनि तुरुन्तै कोरोना परिक्षणको नतिजा प्राप्त गर्ने अवस्था छैन’ भन्दै सरकारको आलोचना गरेका… Continue reading बिल गेट्स भन्छन्; ‘आजसम्म पनि २४ घण्टा भित्रै अमेरिकनले कोरोनाको रिपोर्ट प्राप्त गर्न नस्कनु अपमान हो’
अमेरिका बन्यो विश्वमा नै कोरोनाबाट मृत्यु हुने संख्यामा नम्बर एक; दुईलाख कट्यो
न्युयोर्क अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख कटेको छ । जोन हप्किन्स् युनिभर्सिटीका अनुसार मंगलबारसम्ममा अमेरिकामा २ लाख पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। त्यसैगरी ६८ लाख ६१ हजार संक्रमित भई सकेका छन् । अमेरिका विश्वमा नै कोरोनाको कारण धेरै मृत्यु हुने देश भएको छ । … Continue reading अमेरिका बन्यो विश्वमा नै कोरोनाबाट मृत्यु हुने संख्यामा नम्बर एक; दुईलाख कट्यो