कनेक्टिकेट / डिसेम्बर १८, २०१९ अमेरिकाको कनेक्टिकेट राज्यस्थित मिडलटाउन सिटीको “रेक्रियशन एण्ड सिनियर सर्भिस कमिसन” मा नेपाली मुलका एभरेष्ट लिंकन लगातार दोश्रो पटक कमिशनको सदस्यमा नियुक्त भएका छन् । मिडलटाउन सिटी कमन काउन्सिलको गत डिसेम्बर २ तारिखमा बसेको बैठकले २ बर्षको लागि लिंकनलाई नियुक्त गरेको हो । मिडलटाउन सिटीको मेयरको कार्यालय अन्तर्गत रही कार्य सम्पादन… Continue reading नेपाली मुलका लिंकन एभरेष्ट सिटी कमिशनको सदस्यमा नियुक्त
Author: Vishwanews.com
विश्व पर्यावरण र जैविक विविधता संरक्षणमा लाग्नु पर्दछ : प्रकृति र मानिस
डिल्ली वहादुर रावत / काठमाडौं विश्वको राजनीतिलाई हेर्दा सोभियत संघको बिघटनपछि संसार अहिले एक ध्रुवीय बन्न पुगेको छ । जसले गर्दा शीत युद्धको अन्त्य भयो । तर पनि युद्धको कालो वादल मडारी रहेको छ । युद्ध आफैमा समाधान होइन वरु चौतर्फी समस्याको श्रोत हो । यसले पर्यावरण क्षेत्रमा पनि गम्भीर संकटहरु निम्त्याउछ । पर्यावरणको दृष्टिकोणबाट… Continue reading विश्व पर्यावरण र जैविक विविधता संरक्षणमा लाग्नु पर्दछ : प्रकृति र मानिस
रक्तदाताको डायरी : न्यूयोर्कबाट रक्तदानको लागि क्यानाडा जाँदा
अर्जुनप्रसाद मैनाली विश्व रक्तदाता, न्यूयोर्क क्यानेडियन नेपालीहरुमा अझ धेरैलाई रक्तदान गर्न हौसला होस् भन्ने हेतुले म जुन २०,२०१७ मा टोरोन्टो, क्यानाडा गएँ । त्यसदिन सदा झैं बिहान काममा जाने समयभन्दा करिब १५ मिनेट अगाडि नै घरबाट निस्किएँ । श्रीमतीलाई आज म रक्तदान गर्ने सोचमाछु, पुरै दिन ब्यस्त हुन्छु होला भनें । तर काममा नगई ल-ग्वार्डिया… Continue reading रक्तदाताको डायरी : न्यूयोर्कबाट रक्तदानको लागि क्यानाडा जाँदा
लायन्स क्लब न्यूयोर्कको बालबालिका लक्षित कार्यक्रम सम्पन्न
डिसेम्बर १४, न्यूयोर्क लायन्स क्लब ईन्टरनेशनल, क्वीन्स बुद्ध लायन्स क्लब डिस्ट्रिक्ट २० के १ ले स्कुल जाने ३ देखि १२ ग्रेड सम्मका बालबालिकालाई लक्षित गरी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । न्यूयोर्कको ज्याक्सन हाइट्समा शनिवार साँझ सम्पन्न कार्यक्रम शिक्षा क्षेत्रमा केन्द्रित रही बालबालिकालाई लक्षित गरी गरेको हो । सहभागीहरुले “Achieve Your Dreams & Aspirations” बिषयमा… Continue reading लायन्स क्लब न्यूयोर्कको बालबालिका लक्षित कार्यक्रम सम्पन्न
सिटी अफ अर्भिङ र गोकर्णेश्वर नगरपालिकाका बीच भगिनी सम्बन्ध स्थापनाको पहल : सिटी अफ अर्भिङका मेयर लगायतले नेपाल भ्रमण गर्ने
टेक्सस अमेरिकाको टेक्सस राज्यको सिटी अफ अर्भिङ र काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका बीचमा भगिनी सम्बन्ध स्थापनाका लागि पहल अघि बढाईएको छ । नेपाली समुदायको बाक्लो बसोबास रहेको सिटी अफ अर्भिङसँग भगिनी सम्बन्ध स्थापनाका लागि गोकर्णेश्वर नगरपालिकाको एक प्रतिनिधि मण्डलले सिटी अफ अर्भिङमा मेयर लगायत पदाधिकारीसँग भेटघाट समेत गरेको छ । टेक्ससको डलासमा रहेको नेपलिज अमेरिकन च्याम्बर… Continue reading सिटी अफ अर्भिङ र गोकर्णेश्वर नगरपालिकाका बीच भगिनी सम्बन्ध स्थापनाको पहल : सिटी अफ अर्भिङका मेयर लगायतले नेपाल भ्रमण गर्ने
पारस्थितिकीय प्रणालीमा गिद्धको महत्व: प्रकृति र मानिस
डिल्ली वहादुर रावत प्रकृतिले सृष्टिचक्रलाई निरन्तरता दिनका लागि पारस्थितिकीय प्रणालीमा आधारित सृष्टि गरेको छ । कुनै पनि एक पक्षको विनास भयो भने त्यसको कु-प्रभाव अर्काे पक्षमा पर्न जान्छ । त्यसैले सवैको संरक्षण गर्दा नै मानिसको अस्तित्व यो धर्तीमा दिगो रहन पुग्छ । दुर्भाग्यनै भनौं आज मानिसमा बढ्दो अहमता र म भन्ने शब्दको कारण आफ्नै अस्तित्व… Continue reading पारस्थितिकीय प्रणालीमा गिद्धको महत्व: प्रकृति र मानिस
न्युयोर्कमा नेपाली कमेडी नाइट
न्युयोर्क डिसेम्बर १३ गोरखाली समाज न्युयोर्कको आयोजनामा हास्यकवि शैलेन्द्र सिंखडा कमेडी नाइट सम्पन्न भएको छ । कार्यक्रम अमेरिका भ्रमणको क्रममा रहेका हास्यकवि सिंखडाको सम्मानमा न्यूयोर्क ज्याक्सन हाईट्सस्थित शेर्पा किदुङको हलमा शनिवार साँझ भएको हो । नेपालका चर्चित हास्यकवि सिंखडाले कार्क्रममा आफ्ना पुरानै कविताहरू वाचन गरेका थिए । युट्युवमा रहेका पुरानै कविताहरू वाचन गर्न थालेपछि दर्शकदीर्घाबाट… Continue reading न्युयोर्कमा नेपाली कमेडी नाइट
अमेरिका : लाहुर न ससुराल
दधिराम खतिवडा / टेक्सस, अमेरिका “प्लस टु पास, युरोपअमेरिका टाप”को लक्ष्य बोकेका छोरोछोरी र यसैलाइ सामाजिक प्रतिष्ठाको उच्चतम आकांक्षा मान्ने आमअभिभावक कयौँको मुल खेत उड्यो त कतिपयको मुलघरदेखि सहरको पिलरवाले घर नै । मुख्य सहरका मुख्य सडकका दायाँबाँया दुवैपट्टी स्थापति /सन्चालित कन्सल्टेन्सी, दलाल र बिचौलियालले अधिकांशलाइ सिरीखुरी पारेका घटना बग्रेल्ति नदेखिएका होइनन् । आमअभिभावकको आफ्नो… Continue reading अमेरिका : लाहुर न ससुराल
साली
योगेश आदी ‘डंगोल’ दिदीको बिवाहको दिन नै भिनाजूको जुत्ता समातेर ठट्टाको बिजारोपण गर्ने पात्र हो; साली । जुत्ता मोलमोलाईको क्रमदेखि नै हेपिन शुरुहुन्छ त्यो अनुग्रहित पात्र । अन्य कसैको घरको शोभा अनि कसैको जीवनसाथी बन्नुपर्ने पात्रको नाम जोडेर “साली आधी घरवाली” “साली कस्को भेनाको” जस्ता भद्दा मजाकका बोलबोलाईमा रौसिन्छन् समाज । मनपर्ने एउटी साली छ…… Continue reading साली
डेरामा बस्ने केटी
प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर एक दशकअघिको कुरा हो । सँगै एउटै फ्लेट तर भिन्न कोठामा डेरा गरी बस्ने कोठाको केटी मलाई बिस्तारै मन पर्न थालेको थियो । म सोच्थेँ त्यतिबेला, यसरी नै माया फैलिँदै, भरिँदै जाने हो भने बेलुनजस्तो प्याट्ट फुटन के बेर ? त्यो अबला मुटु भित्र अनेक कुरा खेल्थे । म घरपेटीको छोरो… Continue reading डेरामा बस्ने केटी
न्यूयोर्कको स्थानीय सरकारद्वारा ‘विश्व रक्तदाता अर्जुन मैनाली दिवस’ घोषणा
डिसेम्बर ९, न्यू योर्क वेष्टर वे टाउन, न्यूयोर्कले डिसेम्बर २२ लाई ‘विश्व रक्तदाता अर्जुन मैनाली दिवस‘ घोषणा गरेको छ । रक्तदान अभियान र सो सम्वन्धिज्ञानलाई विश्वमाझ फैलाउन अतुलनीय योगदान पुर्याएबापत उक्त सम्मान गरेको हो । रक्तदानको ईतिहासको सन्धर्भमा; प्रशव अवस्थामा अत्यधिक रक्तश्राव भएकी पत्नीलाई सन १८१८ डिसेम्बर २२ मा सिरिन्ज प्रयोग गरेरश्रीमानकै पाखुराबाट चार औंस… Continue reading न्यूयोर्कको स्थानीय सरकारद्वारा ‘विश्व रक्तदाता अर्जुन मैनाली दिवस’ घोषणा
विद्यार्थी आन्दोलनको रन्को र सत्याग्रहको फन्को
पुरुषोत्तम लम्साल भर्जिनिया गएको साउनदेखि नै शुरु भएको थियो निजी मेडिकल कलेजका विद्यार्थीको आन्दोलन, चितवन मेडिकल कलेजबाट । आन्दोलनकारी विद्यार्थीको माग थियो, सरकारले तोकेको भन्दा बढी शुल्क उठाउनु गलत हो र कलेजले अवैधानिक रुपमा उठाएको शुल्क फिर्ता गर्नपर्छ । यत्ति थियो माग । कलेज प्रशासनले उतिबेला विद्यार्थीको मागलाई बेवास्ता गर्दै लौजा भनेर कलेज नै बन्द… Continue reading विद्यार्थी आन्दोलनको रन्को र सत्याग्रहको फन्को
रेकर्डधारी खेलाडी उज्ज्वल ठकुरी सिनेटरद्वारा सम्मानित
भर्जिनिया गिनिज बुक अफ वर्ल्ड रेकर्डको पाँच बिभिन्न स्पर्धामा आफ्नो नाम राख्ने नेपाली खेलाडी उज्ज्वल ठकुरी अमेरिकामा सम्मानित भएका छन् । अमेरिकाको भर्जिनिया राज्यका सिनेटर टिम केनले एक कार्यक्रममा ठकुरीलाई शनिवार डिसेम्बर ७ तारिखका दिन प्रमाणपत्र सहित सम्मान गरेको हो ।एनआरएनए अमेरिकाले गत निर्वाचनमा अमेरिका क्षेत्रबाट निर्वाचित पदाधिकारीहरुको सम्मानमा डिसी क्षेत्रमा आयोजित कार्यक्रममा खेलाडी उज्ज्वललाई… Continue reading रेकर्डधारी खेलाडी उज्ज्वल ठकुरी सिनेटरद्वारा सम्मानित
बलिउड अभिनेता अक्षय कुमारको भारतीय नागरिकता नपाएको गुनासो
भारतीय फिल्म उद्योगका चर्चित नायक अक्षय कुमारले आफुले भर्खरै भारतीय नागरिकता प्राप्तीको लागि निबेदन दिएको बताएका छन् । उनले यस अगाडि आफु क्यानेडियन नागरिक भएको र अहिले क्यानेडियन नागरिकता त्याग गरी भारतीय नागरिकताको लागि निबेदन दिएको बताएका छन् । नायक अक्षयले एक कार्यक्रममा बोल्दै भारतीय नागरिकता प्राप्त गर्नको लागि बारम्बार आफ्नो देश प्रति निष्ठा र… Continue reading बलिउड अभिनेता अक्षय कुमारको भारतीय नागरिकता नपाएको गुनासो
सबै पुरानो खराव र नयाँ असल भन्ने हुँदैन
– डा. बद्री पोख्रेल [email protected] असल र खराव समय, सन्दर्भ, कालक्रम र ठाँउ अनुसार सावित हुन्छ । कुनै कुरा कुनै वेला ठीक भए पनि अर्को सन्दर्भमा वेठीक पनि ठहर्न सक्तछ । कतै हास्नुको महत्व हुन्छ भने कुनै सन्दर्भमा हास्नु अशिष्टता देखाउनु हुन्छ । महत्व नवुझ्दा श्रीखण्ड पनि हसियाको वींड वरावर महत्वहीन हुन पुग्छ भने महत्व… Continue reading सबै पुरानो खराव र नयाँ असल भन्ने हुँदैन
भान्छामा खाना पकाउँदै गर्दा झ्यालबाट गोली आएर लाग्दा
न्युयोर्क मानिसको जीवनमा कति बेला नसोचेको घटना घट्न पुग्छ थाहा हुँदैन । घर भित्र आरामसँग बसिरहेको समयमा शक्तिशाली भुकम्प आएर घर नै गर्ल्याम् गुर्लुम्म् ढलेर मान्छेको मृत्यु भएको त सुनेको नै हो । बाटोमा हिड्दै गर्दा गाडी उछिट्टिएर आएर मान्छेलाई हानेर मारेको पनि सुनेकै हो । तर न्युयोर्कको ब्रुकलिनस्थित एक घरमा… Continue reading भान्छामा खाना पकाउँदै गर्दा झ्यालबाट गोली आएर लाग्दा
आस्था र श्रद्धा राष्ट्रकाे अमुल्य पुँजी हाे
सुपेन्द्र बस्नेत / बोष्टन आज भन्दा १६ बर्ष अगाडिकाे कुरा हाे । जतिबेला म पश्चिम नेपालकाे कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्लामा सञ्चालित जिडब्लुपी / सेभ द चिल्ड्रेनकाे परियाेजनामा कार्यरत थिए । परियाेजना अन्तरगत हरेक जिल्लामा युनिट कार्यालयहरु र त्यस अन्तर्गत लक्षित समुदायलाई लक्षित गरी ड्रप ईन सेन्टरहरु पनि रहेका थिए र क्षेत्रीय… Continue reading आस्था र श्रद्धा राष्ट्रकाे अमुल्य पुँजी हाे
नारायण गोपाललाई सम्झिन पुण्यतिथि नै चाहिन्छ र ?
प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर नारायण गोपाललाई उदृत गर्दै दाहाल थरका एक प्रशसकले हालै फेसबुकको भित्तोमा लेखे– यो धर्तीमा नारायण गोपालको गीत छ र मेरो जीवन छ । तिनै नारायण गोपाल हुनु, जस्ले कालिप्रसाद, दिनेश अधिकारी, नागेन्द्र थापा र भैरवनाथ रिमालजस्ता त्यतिबेलाका मसिना गीतकारलाई स्थूल बनाए । जस्ले एउटा जाती भन्दा सिङ्गो देशको लागि सुमधुर स्वर… Continue reading नारायण गोपाललाई सम्झिन पुण्यतिथि नै चाहिन्छ र ?
आयो विवाहको मौसम
आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क श्रावण, भाद्र, आश्विन र कार्तिक महिनाको चार महिने विश्रामपछि मंसीर महिना लाग्ने वित्तिकै हिन्दु धर्म परम्परा अनुसार विवाहको मौसम आएको छ । गरगहना, लत्ताकपडाको जोहो गर्दै वाक्दान आदि विधिले केटाकेटी तयार पारी शालको पातको टपरी गास्ने, सेल पकाउने, कसर बाट्ने, यज्ञ तयार गर्ने र शुभ मुहूर्तमा बाजागाजाका साथ वैदिक रीतले… Continue reading आयो विवाहको मौसम
भुगोल सरको थोत्रे साइकल
माधव अधिकारी / दक्षिण कोरिया अनि देशका लागि के गर्यौ त ? दक्षिण कोरियाको सियोलमा एउटा रेष्टुरेन्टमा पलेँटी कसेर बसिरहँदा साथीहरु बीचमा कुरा हुन्छ सिमा बिवाद अहिले चर्चामा छ, अनि बिभिन्न ह्याशट्याग र स्टाटसको बाढीपहिरो आउँछ । तर फेरि प्रश्न ज्यूँ का त्यूँ, सिमा जोगाउन के गर्यौ त ? बलभद्र कुँवर या भक्ति थापा जस्तो… Continue reading भुगोल सरको थोत्रे साइकल
प्रधानमन्त्रीको परीक्षा
पुरुषोत्तम लम्साल / भर्जिनिया शुरुमा एउटा दन्त्यकथा सापटी लिन्छु । चिसो मौसम थियो । एक राजा सुती र मलमलमा बेरिएर दिनभर सयरमा थिए । साँझपख दरबार फर्कंदै गर्दा उनले दरबारको ढोकामा पहरा दिइरहेको सैनिकको बर्दी ज्यादै पातलो देखे । राजाले सोधे; “बाहिर यस्तो चिसो छ तिमीलाई जाडो भएको छैन ?” सिपाहीले भन्यो, “विल्कूल महाराज ।… Continue reading प्रधानमन्त्रीको परीक्षा
अमेरिकामा नेपाली भाषाले पायाे मान्यता
सुपेन्द्र बस्नेत / बोष्टन क्षेत्रफलका हिसाब सानाे भए पनि बिरताकाे हिसाबले बिश्व हल्लाउने पहिचान बनाएका गाेर्खालीकाे देश नेपालकाे नेपाली भाषाले बिश्व शक्ति राष्ट्र अमेरिकामा मान्यता प्राप्त गरेकाे छ । अमेरिकाकाे मासाचुसेट्स राज्यकाे साेमरभिल सिटीले मुख्य कामकाजी भाषा अंग्रेजी रहे पनि सहयाेगी भाषाका रुपमा नेपाली भाषालाई मान्यता दिएकाे हाे । साेमरभिल सिटीमा बसाेबास गर्नेहरु मध्ये नेपालीहरुकाे… Continue reading अमेरिकामा नेपाली भाषाले पायाे मान्यता
अमेरिकामा अर्को दु:खद खबर: पार्टिमा गोली चल्दा ४ को मृत्यु ६ घाईते
क्यालिफोर्निया अमेरिकाको क्यालिफोर्नियामा फेरी मास सुटिङ्को दु:खद घटना घटेको छ । क्यालिफोर्नियास्थित एक प्राईभेट घर पछाडि करेसामा आयोजित पार्टिमा आईतबार साँझ गोली चल्दा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । क्यालिफोर्नियाको दक्षिण पुर्बी शहर फ्रेस्नोस्थित घरको करेसामा ३५ जना एसियन मुलका मानिस भेला भएर पार्टी गर्दै फुटबल हेरिरहेका थिए… Continue reading अमेरिकामा अर्को दु:खद खबर: पार्टिमा गोली चल्दा ४ को मृत्यु ६ घाईते
विश्वका सबै देश दौडिएका निक बटरको दौड कथा
न्युयोर्क हामीले विश्वभर साईकल चढेर यात्रा गर्ने साईकल यात्री त सुनेकै हो । विश्व साईकल यात्रीले यात्राका क्रममा साईकल लिएर बिभिन्न्न देशहरुमा पाईला टेक्ने गर्दछन् । तर आज एउटा यस्तो मान्छेको कथा जस्ले विश्व भरका देशहरुमा दौडिन कै लागि पुग्ने गर्दछन् । ३० बर्षीय ब्रिटिश नागरिक निक बटरले गत १० तारिख आइतबार ग्रिसमा आयोजित एक… Continue reading विश्वका सबै देश दौडिएका निक बटरको दौड कथा
कालापानी विवाद के हो ?
आर एल श्रमजीवी / क्यालिफोर्निया भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालका केही भू–भागलाई समेटिएपछि नेपालबाट चौतर्फी रुपमा विरोधकास्वरहरू उठिरहेका छन् । नेपाली प्रिन्ट मिडिया, टेलिभिजनहरु सामाजिक संजाल र युट्युबमा निक्कै हल्ला छ । बिदेशमा रहेकानेपालीहरु पनि आफ्नो मातृभूमिको सिमा मिचिदा दुखित र चिन्तित छन् । भारतको विदेश मन्त्रालयले बिज्ञप्ति जारी गर्दै हामीले सिमानामिचेको छैन भनेको… Continue reading कालापानी विवाद के हो ?
कांग्रेसका प्रभावशाली नेता तथा सांसद सिंहले अमेरिकामा भने : नेपालमा कम्युनिष्ट अधिनायकबादको खतरा बढ्यो
न्युयोर्क झन्डै तीन हप्ता लामो पारिवारिक र राजनैतिक भ्रमणका क्रममा अमेरिका आइपुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता तथा साँसद प्रकाशमान सिंहले नेपालमा कम्युनिष्ट अधिनायकबादको उदय हुने पो हो कि ? भन्दै चिन्ता ब्यक्त गरेका छन् । अमेरिकास्थित कांग्रेस प्रवास संगठन जन सम्पर्क समिति न्युयोर्क च्याप्टरदेखि क्यालिफोर्निया च्याप्टरसम्मले आयोजना गरेका झन्डै आधा दर्जन अन्तर्कृया र आफ्नै… Continue reading कांग्रेसका प्रभावशाली नेता तथा सांसद सिंहले अमेरिकामा भने : नेपालमा कम्युनिष्ट अधिनायकबादको खतरा बढ्यो
न्युयोर्कमा बन्दै छ खोला माथि पार्क र रंगशाला
न्युयोर्क झण्डै ९० लाख मानिसको बासस्थान न्युयोर्क शहर बिभिन्न कारणले संसारभरका मानिसका लागि सपनाको शहर हो । त्यति मात्र होईन, न्युयोर्क त्यस्तो शहर हो जुन शहरमा बसोबास गर्ने र घुम्ने ईच्छा अमेरिका कै अन्य राज्यमा बसोबास गर्नेहरुका लागि पनि तिब्र हुने गर्दछ । झण्डै ४ सय बर्ष पुरानो न्युयोर्क शहरमा हरेक दिन केही न… Continue reading न्युयोर्कमा बन्दै छ खोला माथि पार्क र रंगशाला
संसारकै सबैभन्दा लामो दुरीको यात्राका लागि यसरी उडयो लन्डनबाट जहाज
न्युयोर्क नागरिक उड्डयनको ईतिहासमा नयाँ किर्तिमान बनाउँदै बिहीबार क्वानटस् एयरलाइन्सको एक जहाजले लन्डनदेखि अस्ट्रेलियाको लागि ५० जना यात्रु लिएर १७ हजार ८ सय किलोमिटरको दुरी लगातार १९ घण्टामा तय गर्ने गरी उडान भरेको छ । बिहीवार लन्डनको स्थानीय समय बिहान ६ बजे परिक्षण उडान सुरु गरेको क्वान्टस् एयरलाइन्सको एक सय मेट्रिकटन तौलको उक्त बोईङले आफ्नो… Continue reading संसारकै सबैभन्दा लामो दुरीको यात्राका लागि यसरी उडयो लन्डनबाट जहाज
कस्ट्कोको ७५ डलर कुपनवाला फेसबुके हल्ला बकवास
न्यूयोर्क बिगत केही समयदेखि सामाजिक संजालमा ब्यापक सेयर हुँदै आएको अमेरिकाको चर्चित किराना होलसेल कष्ट्को नामको “७५ डलर छुट कुपन” झुटो भएको कस्ट्कोले बताएको छ । किराना होलसेल कस्ट्सोले मंगलवार राती आफ्नो फेसबुक पेज मार्फत लेखेको छ “हामी हाम्रो शुभचिन्तक र प्रसंसकलाई धेरै माया गर्छौ तर यो ७५ डलर छुट भनिएको कुपन झुटो हो ।… Continue reading कस्ट्कोको ७५ डलर कुपनवाला फेसबुके हल्ला बकवास
जताततै हस्तिनापुर
विनोद रोका, न्युर्योक बिद्युतीय माध्यमबाट सम्प्रेषण हुने सामाजिक संजालदेखि भुभागहरुमा जताततै आजकाल हस्तिनापुर, कौरव, पाण्डव, र यदाकदा कृष्ण भेटिन्छन् । त्यसैले कुनबेला कहाँ पुगिन्छ र मनले कस्तो मनोदसा बनाऊछ अनि बुद्धिले के निर्णय लिन्छ भन्न सकिन्न । सनातम धर्ममा विश्वास गर्नेहरु भन्छन मान्छेले बिगतमा जानी नजानी आफ्नो मनमा आऊन दिइएका र बुद्धिमा संचित गरिएका संस्कारहरुको… Continue reading जताततै हस्तिनापुर