कस्ट्कोको ७५ डलर कुपनवाला फेसबुके हल्ला बकवास

न्यूयोर्क बिगत केही समयदेखि सामाजिक संजालमा ब्यापक सेयर हुँदै आएको अमेरिकाको चर्चित किराना होलसेल कष्ट्को नामको “७५ डलर छुट कुपन” झुटो भएको कस्ट्कोले बताएको छ । किराना होलसेल कस्ट्सोले मंगलवार राती आफ्नो फेसबुक पेज मार्फत लेखेको छ “हामी हाम्रो शुभचिन्तक र प्रसंसकलाई धेरै माया गर्छौ तर यो ७५ डलर छुट भनिएको कुपन झुटो हो ।… Continue reading कस्ट्कोको ७५ डलर कुपनवाला फेसबुके हल्ला बकवास

जताततै हस्तिनापुर

विनोद रोका, न्युर्योक बिद्युतीय माध्यमबाट सम्प्रेषण हुने सामाजिक संजालदेखि भुभागहरुमा जताततै आजकाल हस्तिनापुर, कौरव, पाण्डव, र यदाकदा कृष्ण भेटिन्छन् । त्यसैले कुनबेला कहाँ पुगिन्छ र मनले कस्तो मनोदसा बनाऊछ अनि बुद्धिले  के निर्णय लिन्छ भन्न सकिन्न । सनातम धर्ममा विश्वास गर्नेहरु भन्छन मान्छेले बिगतमा जानी नजानी आफ्नो मनमा आऊन दिइएका र बुद्धिमा संचित गरिएका संस्कारहरुको… Continue reading जताततै हस्तिनापुर

पुराणको विषय र अनावरणको प्रसङ्ग

डा. बद्री पोख्रेल अध्यक्ष, जयतु संस्कृतम् नेपाल हिजोआज पुराणलाई पुरानो कुरा भनेर वेवास्ता गर्ने गरिन्छ । बुढावुढीले मात्र पढ्ने र सुन्ने विषय भनेर पनि पुराणलाई उपेक्षा र अपहेलना गर्ने चलन छ । त्यसमाथि अमेरिका, बेलायत, जापान, जर्मन जस्ता आधुनिक विज्ञानमा तरक्की गर्न सफल भएका देशमा त पुराण पढ्ने, सुन्ने, लेख्ने इत्यादि विषय सोचमा पनि आउँदैन… Continue reading पुराणको विषय र अनावरणको प्रसङ्ग

२१ औं पार्क रोड परेडमा कनेक्टिकट समाजको सहभागिता

धन लामा / नोभेम्बर ११, २०१९ कनेक्टिकट, अमेरिका  नेपाली समुदाय माझ विविध कार्यक्रम र गतिविधीहरुका साथ कनेक्टिकट नेपाली समाजले यसपाली वेस्ट हार्टफोर्ड टाउनद्वारा आयोजित स्थानीय सडक परेडमा सहभागिता जनाएको छ । गत अक्टोवर ५ तारिखका दिन आयोजित “२१ औं पार्क रोड परेड” मा बिभिन्न झाँकीहरु सहित सक्रियताका साथ सहभागिता जनाएको हो । नेपाली राष्ट्रिय पोशाक… Continue reading २१ औं पार्क रोड परेडमा कनेक्टिकट समाजको सहभागिता

अन्तरजातीय विवाहको पक्षमा : बाबुराम हिंसिला एक उदाहरण

प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर त्यतै आफूले रोजेकी कथित सानो जातकी महिलासँग विवाह गर्न रुढिवादी परिवारले अस्वीकार गरेपछि अमेरिकामा बस्ने काठमाडौंको केटाले आफ्नै बाबुआमाले खोजेको विरगञ्जकी सजातीय केटीसित विवाह गर्ने पक्कापक्की भइसकेपछि केटी कस्ती रहिछिन् भनी चरित्र मापन गर्नको लागि ब्यवसायिक ‘हेकर’ लगाएर केटीको फेसबुकको पासवर्ड तोडेर हेरे । जहाँ केटीको आफ्नै केटा साथीसँगको चेट देख्दा ऊ… Continue reading अन्तरजातीय विवाहको पक्षमा : बाबुराम हिंसिला एक उदाहरण

अमेरिकाबासी नेपालीकाे करेसाबारीमा लाेभैलाग्दाे तरकारी

सुपेन्द्र बस्नेत / बोष्टन बिभिन्न बाहानामा संसारकै मानिसलाई  आफुतिर आकर्षित गर्ने देश हाे अमेरिका । यथार्थ जे जस्ताे भए पनि रहरले हाेस् या कहरले बुझेर हाेस् या लही लहीमा, अमेरिका छिर्न चाहने र छिर्नेकाे संख्या दिनप्रति दिन बढ्दै गईरहेकाे छ।यसबाट नेपाल पनि अछुताे रहेकाे छैन । हुन त नेपालीहरु अमेरिका भित्रिन थालेकाे इतिहास लामाे छैन… Continue reading अमेरिकाबासी नेपालीकाे करेसाबारीमा लाेभैलाग्दाे तरकारी

नियमित रुपमा थोरै दौडदा पनि यस्तो अचम्मको फाईदा

न्युयोर्क ढिलो दौडनुहोस् वा छिटो ! धेरै माईल्स दौडनुहोस् वा थोरै माईल्स ! तर नियमित दौडिने मानिसको अल्पायुमा मृत्‍यु हुने सम्भावना एकदमै कम हुने कुरा एउटा नयाँ अनुसन्धान बाहिर ल्याएको छ । यो नयाँ अनुसन्धान अष्ट्रेलिया, थाईल्याण्ड र फिनल्याण्डका अनुसन्धानकर्ताहरुले संयुक्तरुपमा गरेको अनुसन्धानपछि बाहिर ल्याईएको हो । नयाँ अनुसन्धानमा यस अगाडि अमेरिका, चिन, बेलायत र… Continue reading नियमित रुपमा थोरै दौडदा पनि यस्तो अचम्मको फाईदा

भारतको मिचाहा प्रबृत्तिको बिरोधमा एनआरएन अमेरिकी क्षेत्रका क्षेत्रीय संयोजक त्रिपाठीको बिज्ञप्ती

न्युयोर्क भारत सरकारले हालै जारी गरेको भनिएको नयाँ राजनैतिक नक्सामा नेपाली भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत एकतर्फी रुपमा समाबेश गर्दै सार्वजनिक गरेपछि भारत सरकारको उक्त कार्यको नेपाल भित्र र प्रबासमा समेत बिरोधका स्वरहरु ब्यापक हुन थालेका छन् ।देश भित्र र बाहिरबाट बिरोध ब्यापक हुँदै गर्दा  अमेरिकास्थित गैर आवसीय नेपाली संघका नवनिर्वाचित रिजनल कोअर्डिनेटर (आर… Continue reading भारतको मिचाहा प्रबृत्तिको बिरोधमा एनआरएन अमेरिकी क्षेत्रका क्षेत्रीय संयोजक त्रिपाठीको बिज्ञप्ती

नेपाली सेलेब्रिटीहरुको दौड प्रतियोगिता हुने

काठमाडौं “वातावरणको लागि दौड” नाम दिईएको दौड प्रतियोगितामा नेपाली सेलेब्रिटीहरु दौडने भएका छन् । फिल्म आर्टिष्ट एसोसिएसन नेपाल (फान) र कान्ती कल्चरल सेण्टरको संयुक्त आयोजनामा ३ किलोमिटर दुरीको सडक दौड प्रतियोगिता हुन लागेको हो ।  रेभेल ईभेण्ट प्रा.लि महाराजगञ्जको ईभेण्ट संयोजनमा गरिने प्रतियोगितामा नेपाली सिनेमा एवम् सिनेसंगीत क्षेत्रका कलाकारले  भाग लिने रेभेलका प्रोपाईटर राजेश हमालले… Continue reading नेपाली सेलेब्रिटीहरुको दौड प्रतियोगिता हुने

Untitled

न्यूयोर्क /८ अक्टोबर, २०१९ विश्व अध्यात्म केन्द्र तथा जयतु संस्कृतम् शाखा अमेरिकाकाे आयाेजनामा डा. बद्री पाख्रेलज्यूद्वारा नेपालीमा अनुवादित मार्कण्डेय महापुराण, अग्नि महापुराण र वामन महापुराणकाे लाेकार्पण भयाे । कार्यक्रम न्यूयोर्कको ज्याक्सन हाईट्सस्थित थकाली किचनको सभाकक्षमा शुक्रबार साँझ गरिएको हो । संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि महामहिम अमृत बहादुर राईज्यूको प्रमुख आतिथ्य, पूर्व मन्त्री एवं नेका… Continue reading Untitled

चर्चामा “रसुवा कला यात्रा”

रसुवा रसुवा जिल्लको बेत्रावती र कालिकास्थानबाट ४ दिने चित्रकला यात्रा शुरु भएको छ । स्थानीय कलाकारद्वय डिल्लीराज घिमिरे र शशीकुमार डंगोलको संयोजकत्वमा राष्ट्रियस्तरको कला यात्रा शुरु भएको हो । चित्रकला मार्फत ऐतिहाँसिक, धार्मिक, साँस्कृतिक एवम् पुरातात्विक महत्वका क्षेत्रको प्रचारप्रसारका हेतु चित्रकला कार्यशाला गर्दै आईरहेका काठमाडौंका कलाकारहरु यस पटक हिमाली जिल्ला रसुवा पुगेका छन् । रसुवा… Continue reading चर्चामा “रसुवा कला यात्रा”

रानी शाक्यको “पहिलो माया” गीत सार्वजनिक

न्यूयोर्क सुमधुर स्वरकी धनी गायिका रानी शाक्यले आफ्नो नयाँ गीत “पहिलो माया” यूट्यूब मार्फत वर्ल्ड प्रिमीयर गरेकी छिन् । उनले यस पटक म्युजिक भिडियो सहित गीत सार्वजनिक गरेको हो । जसमा रानी शाक्य र ओम कर्माचार्यको स्वर रहेको छ । ओम कर्माचार्यको रचना तथा संगीत रहेको उक्त गीतको म्यूज़िक भिडीयोको छायांकन न्यूयोर्कको बिभिन्न स्थानहरुमा गरिएको… Continue reading रानी शाक्यको “पहिलो माया” गीत सार्वजनिक

नेपाली महिला पडकास्टरलाई न्युयोर्कमा लिडरशीप अवार्ड

न्युयोर्क न्युयोर्क शहरमा अध्ययनरत एक नेपाली विधार्थीलाई सन् २०१९ को ‘एल. सी. यु. फन्ड प्रेसिडेन्ट्स अवार्ड फर एक्सिलेन्स इन लिडरशीप’ प्रदान गरिएको छ । १६० वर्षभन्दा पुरानो इतिहास रहेको द. एल. सी. यु. फण्ड फर वीमन एडुकेशनले बुधबार बरुक कलेजमा अध्ययनरत दिपिका श्रेष्ठलाई आफ्नो पडकास्ट मार्फत अमेरिकामा बस्दै आएका आप्रवासीहरुकालागि सहयोग हुने काम गर्दै आएकाले… Continue reading नेपाली महिला पडकास्टरलाई न्युयोर्कमा लिडरशीप अवार्ड

६ बर्षको बच्चा पेस्तोल लिएर बिद्यालय गए

न्युयोर्क अमेरिकाको एक बिद्यालयमा ६ बर्षीय बालक गोली भरिएको पेस्तोल बोकेर बिद्यालय पुगेका छन् । ओहायो कोलम्बसस्थित किड्स केयर ईलमेन्ट्री स्कुलको कक्षा १ मा अध्ययन गर्ने एक बालक गोलीले भरिएको अर्ध स्वचालित पेस्तोल बोकेर बिद्यालय गएका हुन् । नाम नखुलाईएका ती बालकले आफ्नो ब्यागमा पेस्तोल लिएर आएको कुरा अर्को साथीलाई बताएका थिए । बुधाबारका दिन… Continue reading ६ बर्षको बच्चा पेस्तोल लिएर बिद्यालय गए

शोणिपुर ठाउँ चन्द्रागिरिको पुरानो नाउँ

भीमनारायण श्रेष्ठ / थानकोट, काठमाडौं शोणितपुरको नाम लिनासाथ यो ठाउँ कहाँ पर्छ ? के छ त्यहाँ ? किन शोणितपुर भनेका हुन् ? भनि जानकारी पाउन कौतुहल्ता जाग्नु स्वाभाविकै हो । धेरैलाई शोणितपुरबारे थाहा नहुन सक्छ । शोणितपुर नै भएर उपत्यका जाने आउने गरी रहेको पत्तो नहुन सक्छ । काठमाडौं उपत्यका प्रवेश गर्ने नाका (मार्ग) मध्येको पश्चिम… Continue reading शोणिपुर ठाउँ चन्द्रागिरिको पुरानो नाउँ

अमेरिकाले भन्यो नेपाल आतंकबादी संगठनको गतिबिधिका लागि ठुलो अखडा

न्युयोर्क आतङ्कवाद संवन्धि संयुक्त राज्य अमेरिकाको वार्षिक प्रतिवेदनले ‘नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो वा गतिविधि गर्ने विन्दुको रूपमा रहेको र रहिरहन सक्ने’ खतरा औँल्याएको छ। अमेरिकी विदेश मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको ‘कन्ट्री रिपोर्ट्स अन टेरोरिज्म २०१८’ मा नेपालबारे पनि चर्चा गरिएको छ। प्रतिवेदनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गराएका घटनालाई ‘आन्तरिक आतङ्कवादी गतिविधि’को… Continue reading अमेरिकाले भन्यो नेपाल आतंकबादी संगठनको गतिबिधिका लागि ठुलो अखडा

महरा मेनिया : ज्योति मा तमसोगमय

पुरुषोत्तम लम्साल / भर्जिनिया आजको दिनमा हिजोका मितिको कुरा नगरौं, भनेर मात्र हुँदैन । किनकि, आजको कुरा हिजोको मितिसँगै जोडिएर आउँछ । आजको दिनमा न कृष्णबहादुर महराले मलाई चिन्छन् न म नै उनलाई व्यक्तिगत रुपमा चिन्दछु । तर कृष्णबहादुर महरालाई ‘महरा सर’को नाममा सुनेको अढाई दशक नाघिसकेको छ । उतिबेला गाउँमा हुलाक, प्राधीकरण थिए ।… Continue reading महरा मेनिया : ज्योति मा तमसोगमय

१११ औं लक्ष्मी जयन्ती तथा पुस्तक बिमोचन कार्यक्रम

नोभेम्बर ४, कोलोराडो, अमेरिका १११ औं लक्ष्मी जयन्ती तथा पुस्तक बिमोचन कार्यक्रम अ.ने.सा.स. कोलोराडो च्याप्टरद्वारा नोभेम्बर ४ तारिकका दिन सम्पन्न गरेको छ ।कार्यक्रमको सभापतित्व अध्यक्ष तारा अधिकारीले र स्वागत मन्तब्यमा महासचिव सम्झना आचार्यले गरेका थिए । कार्यक्रममा महाकवि देवकोटाको तस्बिरमा आगन्तुकहरुबाट माल्यार्पण र दियो बालेर शुभारम्भ गरिएको थियो । अ.ने.सा.स. बोर्ड अफ ट्रष्टीका सदस्य डा.बिजय… Continue reading १११ औं लक्ष्मी जयन्ती तथा पुस्तक बिमोचन कार्यक्रम

दुई बर्षसम्म आकाशमा उडेर पृथ्बीमा फर्कियो यो जहाज

न्युयोर्क यु एस एयर फोर्सको एक्स ३७ बि स्पेस प्लेन ७८० दिन आकाशमा उडेर गत अक्टोबर २७  तारिख आइतबार पृथ्बीमा अबतरण गरेको छ । यो जहाज रहस्यमयी सैनिक प्रयोग कार्यक्रम अन्तर्गत दुई बर्ष एक महिना २० दिन पृथ्बीको कक्षमा घुमेर फर्किएको हो । सानो “स्पेस शटल” जस्तो देखिने उक्त जहाज कक्षको परिक्रमा गरी आइतबार नासास्थित… Continue reading दुई बर्षसम्म आकाशमा उडेर पृथ्बीमा फर्कियो यो जहाज

न्यूयोर्कमा १११ औं लक्ष्मी जयन्ती सम्पन्न

नोभेम्बर ३, २०१९ न्यूयोर्क अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्युयोर्क च्याप्टरले आज एक कार्यक्रमका साथ १११ औं लक्ष्मी जयन्ती मनाएको छ । न्यूयोर्कको ज्याक्सन हाईट्सस्थित थकाली किचेनको हलमा आयोजित कार्यक्रममा संस्थाले आफ्नो विविध कार्यक्रमको साथ महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतीमा जन्मजयन्ती मनाएको हो । अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्व रहेको कार्यक्रममा साहित्य सर्जक, अनेसासका… Continue reading न्यूयोर्कमा १११ औं लक्ष्मी जयन्ती सम्पन्न

डेलवेर दुर्घटनाका दोषीलाई १४ बर्ष जेल सजायको सट्टा १ बर्षको जेल बाहिरको परिक्षण

मेरिल्याण्ड राज्य निवासी एक पुरुषलाई गाडी दुर्घटना गरेर एकै परिवारका पिता र चार छोरीहरुको ज्यान गएको अभियोगमा १ बर्षको जेल बाहिरको परिक्षण अवधि तोकिएको छ । मेरिल्याण्डका ४६ बर्षीय अल्भिन हबर्ड थर्डले सन् २०१८ मा डेलवेरस्थित एक हाईवेमा बिपरित दिशामा गएर गाडी दुर्घटना गरेका कारण न्युजर्सीका एकै परिवारका पिता र ४ छोरीहरुको मृत्‍यु  भएको थियो… Continue reading डेलवेर दुर्घटनाका दोषीलाई १४ बर्ष जेल सजायको सट्टा १ बर्षको जेल बाहिरको परिक्षण

नेकपा सचिवालय बैठकको निर्णय : स्व. रविन्द्र अधिकारीको स्थानमा श्रीमती विद्या उम्मेदवार टंगो लाग्यो

पोखरा कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि विद्या भट्टराई नेकपाको तर्फबाट उम्मेदवार बन्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टीले स्वर्गीय नेता रबिन्द्र अधिकारीको स्थान प्रतिनिधिसभामा रिक्त भएपछि उपनिर्वाचन गर्न लागेको हो । विद्या भट्टराई (अधिकारी) स्व. रबिन्द्र अधिकारीकी पत्नी हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले उक्त निर्णय गरेको हो… Continue reading नेकपा सचिवालय बैठकको निर्णय : स्व. रविन्द्र अधिकारीको स्थानमा श्रीमती विद्या उम्मेदवार टंगो लाग्यो

न्यु ह्याम्पसरबाट घुम्दै हिँडेका जोडी टेक्ससमा मृत फेला

न्यु ह्याम्पसरबाट हराई रहेका एक दम्पत्ती टेक्ससस्थित समुन्द्री किनारामा मृत फेला परेका छन् । ४८ बर्षीय जेम्स बटलर र ४६ बर्षीय उनकी पत्नी मिसेल अन्तिम पटक अक्टुबर १५ का दिन उनिहरुको गाडी र आर भि ट्रेलर (क्याम्पिङ गर्ने गाडी जस्तो घर) सहित टेक्ससस्थित पाड्रे आइल्याण्डमा देखिएका थिए । उनिहरुको पाड्रे आइल्याण्डको बसाई न्यु ह्याम्पसरदेखि टेक्सससम्मको… Continue reading न्यु ह्याम्पसरबाट घुम्दै हिँडेका जोडी टेक्ससमा मृत फेला

कृष्णनगरमा भएको दंगाको मुख्य आरोपी पक्राऊ

काठमाडौं रुपन्देही कृष्णनगर भट्किएको दंगाको मुख्य आरोपी जमाल शाहलाई प्रहरीले पक्राउ गरेको छ । लक्ष्मीपूजाको मूर्ति बिसर्जन गर्न गइरहेको र्‍यालीमा उनले बिबाद श्रृजना गरेपछि घटना शुरुभएको थियो । उक्त बिबाद प्रहरीले रोक्न खोज्दा भएको झडपमा गोली लागी एक व्यवसायीको मृत्यु भएको कृष्णनगरमा भएको उक्त घटनामा जमालले मूर्ति विसर्जन यात्रामा विवाद खडा गर्न खोजेको भन्दै शनिवार… Continue reading कृष्णनगरमा भएको दंगाको मुख्य आरोपी पक्राऊ

अमेरिकामा नेपालीको टि पि एस म्याद थपियो

न्युयोर्क अमेरिकास्थित डिपार्टमेण्ट अफ होमल्यान्ड सेक्युरिटीले नेपाल लगायत अन्य पाँच  मुलुकको टि पि एस (टेम्पोरेटेड प्रोटेक्टेड  स्ट्याटस ) को म्याद थप गरेको छ । सन् २०१५ मा नेपालमा गएको बिनासकारी भुकम्पका कारण अमेरिकामा बिना कानूनी कागजात बसोबास गर्दै आएका करिब ५ हजार नेपाली यो सुबिधा प्राप्त गरी बसोबास  गर्दै आएका छन् । डिपार्टमेण्ट अफ होमल्यान्ड… Continue reading अमेरिकामा नेपालीको टि पि एस म्याद थपियो

अमेरिकाकाे बाेस्टनमा बृहत सामुहिक द्येउसी भैलाे कार्यक्रम

सुपेन्द्र बस्नेत/बोष्टन नेपालीकाे महान चाड तिहारमा खेलिने द्येउसी भैलाेले बिदेशमा पनि उच्च प्राथमिकता पाउदै गइरहेकाे छ । अन्य मुलुकलाई जस्तै यसले अमेरिकालाई पनि अछुताे छाेडेन ।  नेपाल र नेपालीकाे महत्वपूर्ण पहिचान बाेकेकाे याे चाडकाे अवसर पारेर अमेरिकाकाे बाेष्टनमा बृहत सामुहिक द्येउसी भैलाे कार्यक्रम सम्पन्न गरिएकाे छ। अमेरिकाकाे म्यास्याच्युसेट्स राज्यकाे बाेस्टन स्थित नेपाली समुदायकाे संस्था पशुपतिनाथ… Continue reading अमेरिकाकाे बाेस्टनमा बृहत सामुहिक द्येउसी भैलाे कार्यक्रम

नेवा: नख: न्यूयोर्कले भब्यरुपमा सामुहिक म्ह: पुजा मनायो

न्यूयोर्क नेवा: नख: न्यूयोर्कले  अक्टोबर २८ तारिख सोमबार साँझ बिशेष कार्यक्रमका साथ न्युर्योकस्थित शेर्पा किदुगको हलमा सामुहिक म्ह: पुजा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेवा: समुदायका सदस्यहरु, नेपाली समुदायका प्रतिनिधिका साथै विदेशी पाहुनाहरूको पनि उपस्थिति रहेको थियो । नख: द्वारा आयोजित म्हः पुजा, संस्थाका महा-सचिव डा. नरेश मान शाक्यद्वारा सहभागीहरूको परिचय गराउँदै सञ्चालित कार्यक्रममा… Continue reading नेवा: नख: न्यूयोर्कले भब्यरुपमा सामुहिक म्ह: पुजा मनायो

उद्देश्य के लिनु उडी छुनु चन्द्र एक : महाकवि देवकोटा

आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली कविताको क्षेत्रमा स्वच्छन्दतावादको धारालाई भित्र्याएर विकासको उत्कर्षमा पुर्याउने मूर्धन्य नक्षत्र हुन् । वि. सं. १९६६ कार्तिक २७ गते काठमाडौं, डिल्लीबजारमा लक्ष्मीपूजाको दिन यस धर्तीमा पदार्पण गरेका देवकोटाले २०१६ सम्मको अवधिमा अधिकांश समय काव्यलेखनमा व्यतीत गरे, तन्नामा लेखे, कपडामै लेखे, जे पाए त्यसैमा लेखे । देवकोटा लक्ष्मीपूजाको… Continue reading उद्देश्य के लिनु उडी छुनु चन्द्र एक : महाकवि देवकोटा

पाईथनले घाटी बेरेको अवस्थामा एक महिला मृत फेला

अमेरिकाको ईन्डियाना राज्यस्थित एक घरमा ८ फिट लम्बाईको पाईथन सर्पले घाँटिमा बेरिएको अवस्थामा एक महिला मृत भेटिएकी छिन् । प्रहरी अधिकारीहरुका अनुसार ती ३६ बर्षीय महिलाको मृत्‍यु सर्पले बेस्सरी घाँटी कसेको कारण हुन सक्छ । ईन्डियानास्थित बेटल ग्राउन्ड निवासी मृतक लाउरा हर्स्ट जुन घरमा मृत अवस्थामा भेटिएकी थिईन सोही घरमा अरु १४० वटा सर्प पालिएको… Continue reading पाईथनले घाटी बेरेको अवस्थामा एक महिला मृत फेला

राष्ट्रपति डोनाण्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने छानबिनलाई औपचारिकता दिने प्रस्ताव संसदबाट पारित

न्युयोर्क अमेरिकी संसद्‌को तल्लो सदनले राष्ट्रपति डोनाण्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयको छानबिनलाई औपचारिकता दिने  प्रस्ताव बहुमतद्वारा पारित गरेको छ। सदनले पास गरेको प्रस्ताबमा महाभियोग लगाउने विषयमा भइरहेको छानबिनले अझ सार्वजनिक रूप कसरी लिन्छ भन्ने कुरा समेटिएको छ । संसद्‌मा भएको मतदान राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने वा नलगाउने विषयमा चाँहि होईन ।   डेमोक्र्याटहरूको बहुमत रहेको तल्लो… Continue reading राष्ट्रपति डोनाण्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने छानबिनलाई औपचारिकता दिने प्रस्ताव संसदबाट पारित