भुतको मान र फर्सीको सान; हालोविन

कुमार न्यौपाने, न्युयोर्क हिजोआज पश्चिमाहरुलाई हालोविनले छपक्कै ढाकेको छ । अनुहार भरि टाँचामारेर, कुच्चिएर झर्लाजस्तो पारेर, क्वाप्लाक्कै खाइहाल्ने भुतै जस्तो बनेर, भेडो, बँदेल, घोडा वा फर्सी आदि अनेक थरीको मुकुन्डो लाएर रातसाँझ जिउ नै सिरीङ्ग पार्ने हाउभाउमा हिड्ने दिन भएकोले रातविरात, बाटोघाटो चोक, कुनाकप्चेरा तिर निकैलाई तर्साएको हुनुपर्छ । घरको मुल ढोका मै कंकाल झुण्ड्याएर,… Continue reading भुतको मान र फर्सीको सान; हालोविन

तिहारको द्येउसी आशिष गीत

सुपेन्द्र बस्नेत, बोष्टन आ है भन मेरा भाइ हो – द्येउसी रे !आ है द्येउसी रे भन – द्येउसी रे !आ है राम्ररी भन – द्येउसी रे !आ है स्वर मिलाइकन – द्येउसी रे !आ है यो बढा घरमा – द्येउसी रे ! द्येउसेहरुले दिएको आशिष, दुबो जस्तै मौलाइ जाउन् !यसै घरमा सधै भरी, लक्ष्मीले… Continue reading तिहारको द्येउसी आशिष गीत

नेपाली मन जोडने जनसम्पर्क समितिको जलपान समारोह

बिष्णु सिंह (बैजु), न्युयोर्क दशैँ र तिहारको बीचमा नेपाली कांग्रेस पार्टीले हिमाल, पहाड र तराईका बिभिन्न तह र तप्काका जनसमुदायलाई आमन्त्रण गरी जलपान समारोह गर्ने परम्परा रही आएको छ। २०४७ पश्चात शुरुमा पार्टीका सर्वमान्य नेता गणेसमानजीले आफनै बासस्थानमा यो कार्यक्रम गर्ने गर्दथे। यो कार्यक्रम कुनै राजनैतिक बिषयमा छलफल र भाषण गर्ने नभई नेपालीहरु एकापसमा भेटघाट… Continue reading नेपाली मन जोडने जनसम्पर्क समितिको जलपान समारोह

भाइटिकाले फेरिएको हाम्रो साइनो

पासाङ नुरु शेर्पा, न्युयोर्क कथा करिव दुई दशक अगाडिको हो । म बीस एकाइस वर्षको अल्लारे केटो थिएँ । आनन्दित उमेर जेमा पनि खुसी र उत्साह मानेर बिताउँथे ।तर सानै उमेरदेखि नै जिम्मेवारी सहित नेपालको विभिन्न पर्यटकीय क्षेत्रहरुमा पुगेको छु । यसो गर्दा दुःखभन्दा पनि आनन्द लाग्थ्यो । यसैक्रममा विदेशी पर्यटक र नेपाली स्टाफ सबै… Continue reading भाइटिकाले फेरिएको हाम्रो साइनो

तिब्बती शरणार्थीको यथार्थ तस्विर हो ‘दुङाल’

काठमाडौं आख्यानकार मालिका केशरीद्वारा लिखित उपन्यास दुङालमाथि अन्तरसंवाद सम्पन्न भएको छ ।नेपाल पत्रकार महासंघको सभाहलमा आज भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले उपन्यास दुङालले उठान गरेको विषयबस्तुमाथि छलफल गर्नुभएको थियो ।कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त मोहना अन्सारीले लेखकले उपन्यास भित्रका पात्रहरुलाई न्याय गरेको बताउनुभयो । उहाँले हरेक व्यक्तिलाई आफ्नो भूमि, भाषा, संस्कृतिको माया हुने भन्दै… Continue reading तिब्बती शरणार्थीको यथार्थ तस्विर हो ‘दुङाल’

नेपालीहरुको महान चाड तिहारको महत्व, मर्म र महिमा

सुपेन्द्र बस्नेत, बोष्टन तुलनात्मक रुपमा भौगोलिक क्षेत्रफल र आर्थिक हिसाबले नेपाल सानो र गरिब देशमा गनिन्छ। तर, सम्पदाको हिसाबले भने निकै धनी मानिन्छ।प्राकृतिक, धार्मिक, साँस्कृतिक, सामाजिक विविधतायुक्त सम्पदा नै नेपाल र नेपालीको अमुल्य सम्पत्ति हो । यही नै सक्कली सान र पहिचान पनि हो। नेपालको जनगणना २०६८ अनुसार नेपालमा कुल १२५ जातजातिहरु र १२३ भाषाहरु… Continue reading नेपालीहरुको महान चाड तिहारको महत्व, मर्म र महिमा

रुदानेप्रति दुईशब्द

कुमार न्यौपाने, न्युयोर्क केही समयअघि “रुपचन्द्र बिष्टको वायोपिक ‘रुदाने’ नाउँको चलचित्र बन्ने भयो” भनि एउटा समाचार निस्कियो । सोही समाचार पछ्याउँदै जाँदा चलचित्रको ट्रेलर पनि हेर्न पाईयो । हेर्दा खुसी लाग्यो, यो मानेमा कि आक्कलझुक्कल भएपनि उनै रुदानेको ओजमा हुर्कन पाएको थिएँ । संगसंगै चिन्ता पनि भयो कि उनको वास्तविक जीवनको संघर्ष, थाहाको सत्यसंगको सामिप्यताको… Continue reading रुदानेप्रति दुईशब्द

आकासियो अमेरिकी डलरको भाउ

न्युयोर्क अमेरिकी डलरको मुल्य नेपाली मुद्राको बिनिमय दरसँग लगातार उकालो लाग्न थालेको छ । बिगत डेढ हप्तादेखि लगातार उकालो लागेको डलरको मुल्य शुक्रबार यो बर्ष कै उच्च मुल्य कायम भएको छ । शुक्रबार राष्ट्र बैँकले एक अमेरिकी डलर बराबार १ सय २० रुपैयाँ ०८ पैसा बिक्री दर तोकेपछि नेपाली रुपैयासँग अमेरिकी डलरको मुल्यले डेढ बर्ष… Continue reading आकासियो अमेरिकी डलरको भाउ

अमेरिकामा बडा दशैं हर्षोल्लासका साथ मनाइयो

सुपेन्द्र बस्नेत, बोष्टन यस वर्षको नेपालीहरुको महान चाड बडा दशैं सम्पन्न भएको छ। नेपालमा रहने नेपालीहरुले मात्र हैन, विश्वभर छरिएर रहेका प्रवासी/आप्रवासी नेपालीहरुले पनि बडा दशैं सक्दो हर्षोल्लासका साथ मनाए। यसबाट अछुतो रहन नसकेका अमेरिकामा पनि अवस्था अनुसार व्यवस्था मिलाएर सक्दो हर्षोल्लासका साथ बडा दशैं मनाए। धार्मिक मुल्य, मान्यता र सामाजिक तथा पारिवारिक परम्परा, रितिरिवाज,… Continue reading अमेरिकामा बडा दशैं हर्षोल्लासका साथ मनाइयो

जनकपुरका महासेठको अमेरिकामा हत्या

न्युयोर्क अमेरिकामा एक नेपालीको गोली हानि हत्या भएको छ ।अमेरिकाको म्यासाच्युसेट राज्यस्थित आफनै पसलमा ५४ वर्षीय लालकिशोर महासेठको अज्ञात व्यक्तिले गोली हानि हत्या गरेको उनी आबद्ध संस्था मधेसी एसोसिएसन इन अमेरिकाले एक बिज्ञप्ति मार्फत पुष्टि गरेको छ । नेपालस्थित धनुषा जिल्ला जनकपुर घर भएका शाहको सोमबार हत्या भएको हो । विगत १५ वर्षदेखि परिवारसहित अमेरिकामा… Continue reading जनकपुरका महासेठको अमेरिकामा हत्या

गोकर्णेश्वरका युवा समुहद्वारा ३०० वर्ष पुरानो संस्कृतिको जगेर्ना

अमृता के सी (रोनी) काठमाडौँ, असोज ३१। गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित ऐतिहासिक स्थान ‘देसे’ मा दशैँको टीकाको दिन ३०० वर्षभन्दा बढी पुरानो देवी नाच सम्पन्न भएको छ । विजया दशमीको टिकाको दिन असत्यमाथि सत्यको जित भएको भन्दै देखाइदै गरेको देवि नाच ३७ वर्षसम्म यो नाच नाच्ने मानिसहरू नभएपछि देखाइएको थिएन । ४ वर्षअघि… Continue reading गोकर्णेश्वरका युवा समुहद्वारा ३०० वर्ष पुरानो संस्कृतिको जगेर्ना

अमेरिकामा कोभिडका कारण वालवालिकाको मृत्‍यु र संक्रमण दर वृद्धि

न्युयोर्क अमेरिकास्थित संघीय सरकारले ५ बर्षदेखि ११ बर्ष उमेर समुहका वालवालिकालाई पनि कोभिड बिरुद्धको खोपको स्विकृति दिने अन्तिम तयारी गरेको छ । यो तयारी हुँदै गर्दा गत सेप्टेम्बर महिना अमेरिकाका लागि कोभिडका कारण मृत्‍यु हुने र संक्रमित हुनेको संख्यामा अत्यन्त खराब रह्यो ।अमेरिकन एकेडेमी अफ पेडियाट्रिकको डाटा अनुसार सेप्टेम्बर महिनामा बालबच्चाहरुमा सँक्रमणदर अत्यन्त उच्च रह्यो… Continue reading अमेरिकामा कोभिडका कारण वालवालिकाको मृत्‍यु र संक्रमण दर वृद्धि

पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना

न्युयोर्क अमेरिकास्थित पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना भएका छन् । मुत्र नलीमा सँक्रमण भई रगतमा फैलिएपछि क्लिन्टनलाई अस्पताल भर्ना गरिएको चिकित्सकको हवाला दिदै समाचार संस्था सिएनएनले जनाएको छ । पूर्व राष्ट्रपति क्लिन्टनको अहिले युनिभर्सिटी अफ क्यालिफोर्निया अर्भिङ मेडिकल सेन्टरको आईसीयुमा भर्नागरी उपचार भैरहेको छ । क्लिन्टनलाई तरल रुपमा एन्टिबायोटिक दिईरहेको चिकित्सकद्वारा बिहीवार जारी बिज्ञप्तिमा… Continue reading पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना

रसुवाको रहस्य; सिङ्गेभूमी थान

सरस्वती न्यौपाने, रसुवा “हजारौँ वर्षदेखिको रूखहरू जस्ताको त्यस्तै” रसुवा भौगोलिक हिसाबले हिमाली जिल्ला हो । यो जिल्ला प्राकृतिक छटाले भरिपूर्ण हुनुका साथै धार्मिक हिसाबले पनि उच्च स्थानमा रहेको छ ।जिल्लाभित्र अनेकौँ धार्मिक महिमा बोकेका ठाउँहरू छन्, जसमध्ये केही रहस्यमय छन् । त्यस्तै स्थानीयलाई बाहेक बाहिरका मानिसलाई थाहा नभएको धार्मिक महत्त्व बोकेको ठाउँ हो- सिङेभूमी थान… Continue reading रसुवाको रहस्य; सिङ्गेभूमी थान

अमेरिकामा राष्ट्रपति बाइडेनको पार्टी डेमोक्र्याटिकप्रति घट्दो विश्वास

न्युयोर्क अमेरिकामा डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति चुनिएको १ बर्ष पुरा नहुँदै बहुसंख्यक अमेरिकी जनता रिपब्लिकन पार्टी नै ठीक भन्न थालेका छन् । गत नोभेम्बरमा अत्यन्त बिवादास्पद पृष्‍ठभुमी र चरित्रका देखाएका रिपब्लिकन पार्टीका तात्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्र्याटिक पार्टीको तर्फबाट बर्तमान राष्ट्रपति जो बाइडेनले बिजय हासिल गरेको एक बर्ष पुरा नहुँदै अमेरिकी जनता रिपब्लिकन तर्फ मोडिने… Continue reading अमेरिकामा राष्ट्रपति बाइडेनको पार्टी डेमोक्र्याटिकप्रति घट्दो विश्वास

बृहत् रुपमा मनाऔं महान चाड- बडा दशैं

सुपेन्द्र बस्नेत, बोष्टन दशैं आयो, खाउँला पिउँला ।कहाँ पाउँला – चोरी ल्याउला ।धत्त पापि म त छुट्टै बसौंला ।। निकै महत्पूर्ण सन्देश बोकेका यि हरफहरुमा भाखा हालेर बाल्यकालमा खुबै खेलिन्थ्यो। नेपालीहरुको महान चाड बडा दशैं नजिकिन थालेपछि यो निकै प्राथमिकताका साथ गुन्जिने गर्दथ्यो। जो आजसम्म पनि प्राथमिकताका साथ स्मरण गरिने गरिन्छ।र, निरन्तर गुन्जिनै रहेको छ।वर्षा… Continue reading बृहत् रुपमा मनाऔं महान चाड- बडा दशैं

परदेशीको पिडा गीत बजारमा

न्यूयोर्क नेपालीको महान चाड दशैँलाई लक्षित गरेर मौलिक गीतहरु बजारमा आइरहेका बेला गायक तथा सर्जक बिष्णुहरी भण्डारीको दशैँ कोसेली ‘परदेशी’ गीतको भिडियो सार्वजनिक भएको छ । घटस्थापनाको दिन पारेर सार्वजानिक गरिएको उक्त भिडियोलाई बि एण्ड टी इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजानिक गरिएको हो । गायक तथा सर्जक बिष्णुहरी भण्डारीको शब्द तथा लय रहेको मौलिक दशैँ गीत… Continue reading परदेशीको पिडा गीत बजारमा

हेर्दाहेर्दै फोहोरी बनेको न्युयोर्क सहर

कुमार न्यौपाने, न्युयोर्क बार्षिक ३.३ मिलीयन टन फोहोर उत्सर्जन गर्ने न्युर्योक सहरले उक्त फोहोर व्यवस्थापनको लागी बर्षेनी झण्डै ५०० मिलीयन डलर खर्च गर्छ । प्रत्येक दिन बेलुका १३ हजार टन फोहोर सडक छेउ थुपार्ने यो सहरले हालसालै फोहोर उठाउन गर्ने खर्चमा १०६ मिलीयन कटौति गरेपछि सहरको ६०% प्रतिशत फोहोरको व्यवस्थापनमा अन्यौलता छाएको छ । एउटा… Continue reading हेर्दाहेर्दै फोहोरी बनेको न्युयोर्क सहर

कविता : रगतको पोलाई !

रामप्रसाद खनाल, अमेरिका ‘रगतले पोल्छ’त्यसै भनेका होइनन् रहेछन् बुढापाकाले,पोल्दो रहेछ,भतभति पोल्दो रहेछ !पोल्ने रगतलेकसै कसैलाई ठाडै सुकाउँदो रहेछकसै कसैलाई डिप्रेसनमा पुर्‍याउँदो रहेछकसै कसैलाई त झन्आत्महत्या गरूँ गरूँ जस्तो पो बनाउँदो रहेछ !कतिखेर बरबराउने,कति खेर रुन मन लाग्ने,अचम्मकै पोलाई हुँदो रहेछ रगतमा !कति खेर फेरी जङ्गल जान मन लाग्नेकतिखेर बालुवाटारमा बम वार्ड गर्न मन लाग्नेकति खेर… Continue reading कविता : रगतको पोलाई !

न्युयोर्क राज्य सरकारले सगरमाथा दिवस मनाउने

न्युयोर्क विश्वको सर्वोच्च शिखर सगरमाथामाथि प्रथम पटक मानव पाईला टेकेको ऐतिहासिक दिनको स्मरणमा मनाईदै आएको अन्तरराष्ट्रिय सगरमाथा दिवसलाई यस वर्षदेखि न्युयोर्कको राजधानी आल्बानिमा समेत मनाईने भएको छ ।उक्त निर्णय न्युयोर्क राज्य बिधान सभा सदस्य जेनिफर राजकुमारले आज आयोजित बिशेष समारोहमा घोषणा गरेका हुन । हाल अमेरिकामा रहेका साठी जना आरोहीहरुलाई सम्मानपत्र र यु एस नेपाल… Continue reading न्युयोर्क राज्य सरकारले सगरमाथा दिवस मनाउने

स्वास्थ्य सामाग्री हस्तान्तरण

सरस्वती न्यौपाने, रसुवा रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका भित्र रहेका आठ वटा स्वास्थ्य संस्थाहरूलाई असोज १६ गते एक कार्यक्रमबीच स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । रसुवा ट्रेक एण्ड एक्पिडिसनको पहलमा अमेरिकी संस्था डाईरेक्ट रिलिफ एवम् माउन्टेन हट नेपालको सहयोगमा करिब १६ लाख रूपैयाँ बराबरको सामान रसुवा ट्रेकका प्रवन्ध निर्देशक बलराम न्यौपाने (दुर्गानाथ) ले कोभिड लगायत अन्य… Continue reading स्वास्थ्य सामाग्री हस्तान्तरण

रमाइलो छ न्युयोर्कको डम्बो

कुमार न्यौपाने, न्युयोर्क पहिलो पल्ट सुन्दा अनौठो लागेको थियो यो नाउँ – डम्बो !प्रत्येक ठाँउको नाउँको पछाडि केही न केही अर्थ लुकेको हुन्छ । “Down Under the Manhattan Bridge Overpass” को छोटकरीलाई ‘डम्बो’ भन्ने थाहा पाएपछि त्यहाँ पुगौं भन्ने भयो । अर्को तथ्य त्यहाँ पुगेपछि थाहा भयो कि हात्तीको छावा, गणेश जस्तो देखिने रवर र… Continue reading रमाइलो छ न्युयोर्कको डम्बो

आनन्दका दश मुक्तक

मुक्तक १अँध्यारोमा हिड्नुपर्दा बाटो नाप्ने कति-कति !सित्थै बाँड्ने भेटिएमा दुई हात थाप्ने कति-कति !जुन स्वार्थले आगो बल्छ दोबाटो या चौबाटोमाथरी- थरी घ्यू हालेर आगो ताप्ने कति-कति ! मुक्तक २आजकल बिना दलका मान्छे बन्न मुस्किल मुस्किल छअझ बढी चामलबाट भुस निफन्न मुस्किल मुस्किल छचुच्चे नक्सा छाप्नेबाटै उक्त नक्सा मेटिएपछि भनेअब जस कसैलाई राष्ट्रवादी भन्न मुस्किल मुस्किल… Continue reading आनन्दका दश मुक्तक

अब फेरी एकपटक कीर्तिपुर हाकुपटासीमा चिनियुन

प्रेमकृष्ण श्रेष्ठ ‘कान्छीपुत्र’ कीर्तिपुरको चिलम्हो विहारमा एक जोडी आए । महिला मिसालं र हाकुपटासीमा गुटमुटिइन भने पुरुष तपालं र सुरुवालमा । केटोले बाँसुरी फुके भने केटीचाँहि राधिका बनेर फुर्किइन । कीर्तिपुरको माटोको त्यो एक टुक्रा, एकक्षणको लागि बृन्दावन भयो । त्यो रमाइलोलाई क्यामरामा कैद गरी सामाजिक सञ्जालमा हालेर छुट्टै मजा लिइरहेका छन् यहाँका युवाहरु ।… Continue reading अब फेरी एकपटक कीर्तिपुर हाकुपटासीमा चिनियुन

ज्ञान सनातन : पार्वणश्राद्ध के हो ?

सुरेशराज पौडेलउप्रा वाल्मीकि विद्यापीठ सनातन वैदिक धर्म प्राचीन ऋषिमहर्षिद्वारा संस्कार गरिएको उत्कृष्ट धर्म हो । मानिस जन्मेपछि मर्दछ । जीवन रहेसम्म राम्रा काम गरेमा पूण्य र नराम्रो गरे पाप भोग्नुपर्दछ भन्ने पुराण र स्मृतिहरूमा उल्लेख पाइन्छ । मानिस जन्मँदा होस् या मर्दा विधिपूर्वक संस्कार गरिन्छ । असल संस्कार गरेर मात्र मनिस सुसंस्कृत हुने गर्दछ जुन… Continue reading ज्ञान सनातन : पार्वणश्राद्ध के हो ?

न्यूह्यामसायर खुला टेनिसको उपाधि हुमागाईँ र गुरुङ द्वयलाई

म्यानचेस्टर न्यूह्यामसायर नेपाली समाजले आयोजना गरेको खुला टेनिस प्रतियोगिता (सिंगल्स)को उपाधि किरण हुमागाईँले जितेका छन् । आइतबार राज्यको म्यानचेस्टर स्थित वाटरफोर्ड टेनिस कोर्टमा सम्पन्न फाइनलमा ओम बस्नेतलाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गर्दै हुमागाईँले उपाधि हात पारेका हुन् । यस्तै डबल्स तर्फको उपाधि गोविन्द गुरुङ र दिनेश गुरुङले जितेका छन् । मनिष हुमागाईँ… Continue reading न्यूह्यामसायर खुला टेनिसको उपाधि हुमागाईँ र गुरुङ द्वयलाई

नुभिवको न्यायको लागि दीप प्रज्वलन

काठमाडौं पोखरामा हत्या गरिएका युवा १८ बर्षीय नुभिव उप्रेतीको हत्या प्रकरणका बारेमा माईतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन तथा दिप प्रज्वलन गरिएको छ । गत २०७८ बैशाख ४ गते नुभिवको सब बिहान ६:४५ मा पोखरास्थित ताल वाराही मन्दिरअगाडि तैरिरहेको अवस्थामा फेला परेको भनि मृतककी आमा भिमा मैनाली उप्रेतीलाई करिव ७ बजे पोखरा प्रहरीले फोन मार्फत जानकारी गरेका… Continue reading नुभिवको न्यायको लागि दीप प्रज्वलन

नेपाली राजदूतावासको घुम्ति शिविर सम्पन्न; दुई सय बढी लाभान्वित

सुपेन्द्र बस्नेत, बोष्टन संयुक्त राज्य अमेरिकास्थित नेपाली राजदूतावासले अमेरिकाको म्यासाच्यूसेट्स राज्यको बोस्टनमा नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरेको ‘घुम्ति कन्सुलर शिविर’ सफलतापूर्वक सम्पन्न भएको छ। राजदूतावासले स्थानीय नेपाली समुदायका संस्थाहरु एनआरएनए (NRNA) म्यासाच्यूसेट्स च्याप्टर, ग्रेटर बोष्टन नेपाली कम्युनिटी र एनआरएनए(NRNA) न्यु ह्याप्सार च्याप्टरको सक्रिय सहयोगमा आफ्ना सेवाग्राहीहरुलाई स्थानीय स्तरमै पुगेर आफ्नो कन्सुलर सेवाहरु प्रदान गर्ने… Continue reading नेपाली राजदूतावासको घुम्ति शिविर सम्पन्न; दुई सय बढी लाभान्वित

रसुवा जिल्लाको संक्षिप्त चर्चा

सरस्वती न्यौपाने, रसुवा बागमती प्रदेशको उत्तरी भागमा पर्ने रसुवा जिल्ला चीनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको बिकट हिमाली जिल्ला हो । स्थानीय भाषामा ‘र’ को अर्थ भेडाच्याङग्रा र ‘सोवा’ को अर्थ चराउने वा राख्ने ठाउँ भन्ने मान्यतामा राखिएको ‘रसोवा’ नाम अपभ्रंस भएर रसुवा भन्न थालिएको भन्ने भनाई छ । भौगोलिक, प्राकृतिक, सांस्कृतिक, जातीय,जैविक लगायतका विविधता… Continue reading रसुवा जिल्लाको संक्षिप्त चर्चा

साइनाई प्रायद्वीपमाथिको खिचातानि

कुमार न्यौपाने, न्युयोर्क अमेरिकीहरु मध्येपनि न्युयोर्कबासीले साइनाई वा माउन्ट साइनाई सुन्ने बित्तिकै एक सुबिधा सम्पन्न अस्पताल भनिहाल्छन । झट्ट सुन्दा माउन्ट फुजी जस्तै लाग्ने यो नाउँ जापानीज हो कि जस्तो पनि लाग्छ । तर इजरायलीहरुमा पनि जुइसहरुले न्युयोर्कमा आफुहरुलाई उपचारको मामलामा तत्कालीन समयको राज्य र समाजले अन्याय गरेको ठानेर स्थापना गरेको अस्पताल हो ‘माउन्ट साइनाई’… Continue reading साइनाई प्रायद्वीपमाथिको खिचातानि