Category: अमेरिका

  • अमेरिकाले इराक र सिरियाका ८५ स्थानमा गर्यो हवाई हमला

    अमेरिकाले इराक र सिरियाका ८५ स्थानमा गर्यो हवाई हमला

    काठमाडौं । अमेरिकाले इराक र सिरियामा ‘इरानसँग सम्बन्ध भएका’ भन्दै ८५ स्थानमा हवाई हमला गरेको छ। पेन्टागनले इरान समर्थित लडाकुहरूले गत आइतवार जोर्डनस्थित अमेरिकी सैन्य आधार शिविरमा गरेको हमलाको बदलामा यो आक्रमण गरिएको पुष्टि गरेको छ। उक्त हमलामा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको थियो भने अन्य कैयौँ घाइते भएका थिए।

    अमेरिकाले इरानसँग द्वन्द्व नचाहेको दोहोर्‍याएको छ। यद्यपि राष्ट्रपति जो बाइडनले यस्ता आक्रमण जारी रहने चेतावनी दिएका छन्। गत आइतवार जोर्डनस्थित टावर-२२ भनिने अमेरिकी सैन्य आधार शिविरमा ड्रोन आक्रमण हुँदा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको थियो

    इरानको कुड्स फौज र त्यससँग सम्बन्ध भएको भनिएका मिलिसिया समूहहरूसँग सम्बन्धित नियन्त्रण केन्द्रहरू लक्षित आक्रमण भएको बताइएको छ। सिरियाबाट प्राप्त विवरणअनुसार त्यहाँ २० जनाभन्दा धेरै इरानपक्षधर लडाकुको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन्। त्यहाँको सेनाले सर्वसाधारणहरू समेत मारिएको जनाएको छ। इराक सरकारले आफ्नो भूमिमा भएको आक्रमणलाई इराकी सार्वभौमसत्ताको उल्लङ्घन भनेको छ। उसले सर्वसाधारणसहित कम्तीमा १६ जना मारिएको जनाएको छ।

    इराकी प्रधानमन्त्रीले आफ्नो सरकारसँगको समन्वय गरेर ती हमला नगरिएको बताएका छन्। इराक सरकारले सो हमलाको उक्त क्षेत्रमा ूभयानक नतिजाू देखा पर्ने चेतावनी दिएको छ। इरानले आफूमाथि लागेका सबै आरोपहरूलाई ूआधारहीनू भन्दै हमलाको निन्दा गर्ने क्रममा त्यसलाई ूरणनीतिक भूलू बताएको छ।
    शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडनले एउटा विज्ञप्ति जारी गर्दै भनेका छन्, हाम्रो प्रतिक्रिया आजबाट सुरु भयो। यो हामीले चाहेको समय र स्थानमा जारी रहनेछ। गत आइतवार जोर्डनस्थित टावर(२२ भनिने अमेरिकी सैन्य आधार शिविरमा ड्रोन आक्रमण हुँदा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको थियो।

    त्यहाँ ४० जनाभन्दा बढी सैनिकहरू घाइते भएका थिए। उक्त घटनाका लागि ह्वाइट हाउसले इरानलाई जिम्मेवार ठानेको छ र उसले त्यसको कडा प्रतिक्रिया दिने वाचा गरेको छ। इराक र सिरियामा गरिएका हवाई हमलाहरूमा कैयौँ अमेरिकी लडाकु विमानहरू संलग्न भएका छन्। त्यसमा लामो दूरीका बमवर्षक विमान पनि रहेको बताइएको छ।

    हालसम्म सिरियाका चार र इराकका तीन गरी सात स्थानमा आक्रमण भएको र ८५ वटा भन्दा बढी लक्ष्यहरूमा प्रहार गरिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। अमेरिकाको हमलाप्रति पहिलो प्रतिक्रिया इराकी सरकारबाट आएको छ।

    इराकी प्रधानमन्त्रीका सैन्य प्रवक्ताले इराकी भूमिमा अमेरिकी बमबारीको निन्दा गर्दै सामाजिक सञ्जालमा एउटा विज्ञप्ति पोस्ट गरेका छन्। यी आक्रमणहरू इराकी सार्वभौमसत्ताको उल्लङ्घन, इराकी सरकारको प्रयासलाई कमजोर पार्ने काम र इराक तथा यो क्षेत्रलाई अप्रत्याशित परिणामहरूमा तान्ने खतरा हुन्, विज्ञप्तिमा भनिएको छ।

  • न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन

    न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन

    काठमाडौं । साहसिक पर्वतीय खेलकूदको अन्तर्राष्ट्रियस्तरमा प्रबर्धन गर्ने उद्देश्यले न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन भएको छ । अन्तर्राष्ट्रिय माउण्टेन गाइड तथा प्रशिक्षक ङवाङ नीमा शेर्पाको अध्यक्षतामा न्यूयोर्क राज्यमा गठन भएको सो संस्थाले पर्वतीय खेलकूदमा नेपालीमूलका अमेरिकीलाई ओलम्पिकसम्म पुराउने लक्ष्य राखेको छ । संस्थाको उपाध्यक्षमा समाजसेवी तथा गाईड पेमा शेर्पा, महासचिवमा संचारकर्मी सन्जोग आचार्य, सचिवमा सगरमाथा आरोही मिङमा टी शेर्पा र कोषाध्यक्षमा पर्वतारोहण प्रशिक्षक गेल्बु शर्पा छन् ।


    त्यसैगरी, सदस्यमा विश्व कीर्तिमानी आरोही छुरीम शेर्पा, सगरमाथा आरोही तासी शेर्पा सगरमाथा आरोही सोनाम शेर्पा, हिमाली खानाका फूड गुरु सुरेश बस्नेत, क्यानडा निवासी आरोही डेन्डी शेर्पा, सगरमाथा आरोही उषा बिष्ट, सगरमाथा आरोही अन्तर्राष्ट्रिय माउण्टेन गाइड नीमा तासी शेर्पा, एथलेटिक्स खेलाडी सोनाम शेर्पा र होटल ब्यवसायी बिक्रम अधिकारी र सगरमाथा आरोही पासाङ दावा शेर्पा छन् ।

    संस्थाको संरक्षकमा न्यूयोर्कमा वरिष्ठ व्यवसायी तथा समाजसेवी गेल्जेन नुरु शेर्पा, प्रमुख सल्लाहकार शेर्पा केदुगका अध्यक्ष तथा वरिष्ठ समाजसेवी तेम्बा शेर्पा, होटल व्यवसायी रोशन बालान, कोलाराडोका सफल व्यवसायी तथा समाजसेवी पाइलट पेम्बा शेर्पा र मिचिगन निवासी विश्वकीर्तिमानी आरोही पेमदोर्जी शेर्पा छन् । पर्वतीय खेलहरुलाई बिस्तार गर्ने उद्देश्यले स्थापना भएको संस्थालाई नेपाल ओलम्पिक कमिटी, खेलकुद मन्त्रालय, सगरमाथा आरोही संघ, नेपाल क्लामिड स्पोर्टस एसोसियसन र अन्य सम्बन्धित संघ संस्थाले सहकार्य र समर्थनको प्रतिबद्धता जनाएका छन् ।

    स्की, वाल क्लाइम्बिङ, माउण्टेन बाइक, प्याराग्लाइडिड, रक क्लाइमिडलगायत पर्वतीय खेलकुद गतिविधिमा भाग लिने दिने तथा राष्टि«य अन्तर्राष्ट्रिय खेलाडीलाई सहभागिताका लागि प्रोत्साहन गर्ने उद्देश्य सो संस्थाले राखेको छ ।

  • टर्की र अमेरिकाबीच ‘विग डिल’, २३ अर्ब डलरमा लडाकु विमान किनबेचको सहमति

    टर्की र अमेरिकाबीच ‘विग डिल’, २३ अर्ब डलरमा लडाकु विमान किनबेचको सहमति

    काठमाडौं । टर्की र अमेरिकाबीच २३ अर्ब डबर बराबरका लडाकु विमान किनबेच गर्ने सहमति भएको छ । स्वीडेनलाई नेटोको सदस्यता अनुमोदन गर्ने निर्णय गरेसँगै अमेरिका र टर्कीबीच लडाकु विमान खरिदको सम्झौता भएको हो । टर्कीले चार वर्षदेखि अमेरिकासँग अत्याधुनिक सैन्य विमान खरिद गर्ने योजना बनाए पनि अमेरिकाले स्वीडेनलाई नेटोको सदस्य बन्ने बाटो खोलिदिनुपर्ने सर्त राखेको थियो। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले नेटोमा स्वीडेनको सदस्यतालाई अनुमोदन गरेसँगै अमेरिकी सरकारले टर्कीलाई ४० वटा नयाँ एफ–१६ लडाकु विमान बेच्ने सम्झौतालाई अनुमोदन गरेको हो ।

    यो सम्झौता २३ अर्ब डलरको छ । यस्तै, टर्कीमा रहेका ७९ वटा एफ–१६ विमानको आधुनिकीकरणको पनि सम्झौता भएको छ । टर्कीले सन् २०२१ देखि नै नयाँ लडाकु जहाज खरिद र पुरानाको आधुनिकीकरणको लागि अमेरिकासँग आग्रह गर्दै आएको थियो । तर रुस वरपरका देशलाई नेटो देशका सदस्य बनाएर घेर्ने रणनीति लिएको अमेरिकाले स्वीडेनलाई नेटोको सदस्यता दिनुपर्ने सर्त राख्दै आएको थियो ।

    टर्कीलाई टुक्राउने मागसहित हतियारसहितको विद्रोह गरेका कुर्दिस लडाकुलाई स्वीडेनले आश्रय दिएको टर्कीको आरोप थियो । अब टर्कीले स्वीकृति दिए पनि स्वीडेनलाई नेटोको सदस्यता बन्ने प्रस्तावलाई हङ्गेरीले भने स्वीकृति दिएको छैन । नयाँ सदस्यताको लागि नेटोका सबै देशको स्वीकृति चाहिन्छ । अहिले नेटोमा ३१ देश सदस्य छन् । यसअघि टर्कीले फिनल्याण्डलाई पनि नेटोको सदस्य बन्न रोकेकोमा गएको वर्ष स्वीकृति दिएको थियो ।

    नेटोका कुनै एक सदस्यमाथि कतैबाट हमला भएमा सबै राष्ट्र मिलेर प्रत्याक्रमण गर्नुपर्ने नियम छ। युक्रेनले पनि लामो समयदेखि नेटोको सदस्य बन्न आवेदन दिइरहेको छ, तर युक्रेनले नेटोको सदस्यता पाएमा ३१ वटै देश रुससँग लड्नुपर्ने जोखिम देखेर सदस्यता दिएका छैनन ।

  • मानहानी मुद्दामा पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पले ८ करोड ३३ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने

    मानहानी मुद्दामा पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पले ८ करोड ३३ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने

    काठमाडौं । डोनल्ड ट्रम्पलाई उनी राष्ट्रपति भएका बेला लेखिका ई जीन क्यारोलको मानहानि गरेको भन्दै क्षतिपूर्ति स्वरूप ८ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिइएको छ। मानहानि सम्बन्धी मुद्दाको सुनुवाइ गरेको जुरीले भावना र प्रतिष्ठामा पुर्‍याएको क्षतिका लागि १ करोड ८३ लाख अमेरिकी डलर क्षतिपूर्ति र दण्डनीय क्षतिका लागि अर्को ६ करोड ५० लाख डलर तिर्नुपर्ने भनेको छ।

    क्यारोलले उक्त आदेशलाई महिलालाई कमजोर पार्न खोज्ने प्रत्येक व्यक्तिको हार भएको बताइन्। ट्रम्पले सो आदेश पूरै हास्यास्पद भएको बताएका छन्। पूर्व राष्ट्रपति ट्रम्प गत शुक्रवार आफ्ना अन्तिम तर्क प्रस्तुत गर्ने क्रममा अदालतमा उपस्थित भएका थिए। तर आदेश सुनाउने बेला उनी अदालती कक्षमा थिएनन्।

    यसअघिको एउटा इजलासले सन् १९९० को दशकमा क्यारोललाई ट्रम्पले यौन दुर्व्यवहार गरेको ठहर गरेको थियो। तर पछिल्लो मुद्दा भने सन् २०१९ मा राष्ट्रपति भएका बेला उनले व्यक्त गरेका अभिव्यक्तिसँग सम्बन्धित छ। ट्रम्पका अभिव्यक्तिहरू मानहानि गर्ने खालको भएको भन्दै एक जना न्यायाधीशले आदेश सुनाइसकेका थिए।

    पछिल्लो जुरीको काम उनले तिर्नुपर्ने क्षतिपूर्ति टुङ्ग्याउनु थियो। ट्रम्पले आफूले कुनै गलत काम नगरेको दाबी गर्दै पछिल्लो आदेशविरुद्ध पुनरावेदन गर्ने बताएका छन्। रिपब्लिकन दलका तर्फबाट राष्ट्रपतीय उम्मेदवार हुन खोजिरहेका बेला ट्रम्पविरुद्ध देखा परेका कैयौँ मुद्दामध्ये यो एक हो।


    क्यारोलले आफूविरुद्ध यौन दुर्व्यवहार भएको कुरालाई ट्रम्पले झुट बोलेको भनेपछि त्यसले आफ्नो प्रतिष्ठामा असर गरेको र उनका समर्थकहरूबाट व्यापक रूपमा हत्याको धम्की आएको तर्क गरिन्। कुल ८ करोड ३० लाख क्षतिपूर्तिमध्ये १ करोड १० लाख डलर क्यारोलको प्रतिष्ठामा पुगेको क्षतिका लागि, ७३ लाख डलर भावनात्मक क्षति र ६ करोड ६५ लाख डलर दण्डनीय सजायका रूपमा तिर्नुपर्ने भनिएको छ।

    दण्डनीय सजाय ट्रम्पले उनीविरुद्ध बोल्ने काम रोक्ने मनसायले दिइएको बताइएको छ। जुरीले सुनाएको क्षतिपूर्ति रकम क्यारोलले मागेभन्दा धेरै हो। लेखिका क्यारोलले सन् १९९० को दशकमा पूर्व राष्ट्रपतिले आफूलाई डिपार्टमेन्ट स्टोरमा यौन हिंसा गरेको बताएकी थिइन्। सात जना पुरुष र दुई जना महिला रहेको जुरीले शुक्रवार दिउसो तीन घण्टाभन्दा कम समयमै उक्त आदेश सुनाएको थियो।

  • युक्रेन सीमा नजिक रुसी विमान दुर्घटना ग्रस्त, कम्तिमा ७४ जना मारिए

    युक्रेन सीमा नजिक रुसी विमान दुर्घटना ग्रस्त, कम्तिमा ७४ जना मारिए

    काठमाडौं । रुस र युक्रेनको सीमामा रुसी विमान दुर्घटनामा परेको छ । यस क्रममा ७४ जनाको ज्यान गएको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् । चालक दलका ६ सदस्यसहित ७४ जना सवार एक रुसी विमान युक्रेनको सीमा नजिक दुर्घटनामा परेको हो । रुसी रक्षा मन्त्रालयका अनुसार इल्युशिन–७६ नामको सैन्य विमान युक्रेनको नजिक पर्ने बेलगोरोद प्रान्तको याबलोनोवो गाउँमा दुर्घटना भएको हो ।

    दुर्घटनामा विमानमा सवार सबै ७४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । रुसी अधिकारीहरुका अनुसार विमानमा ६५ युक्रेनी बन्दी, ६ जना चालक दलका सदस्य र ३ जना एस्कर्ट (गार्ड) थिए । उक्त विमान युक्रेनले खसालेको आरोप रुसले लगाएको छ । खार्किभ सीमा क्षेत्रमा तैनाथ युक्रेनी सेनाले विमानमा दुई क्षेप्यास्त्र प्रहार गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले उक्त घटनालाई ‘आतंकवादी काम’ भनेको छ । मन्त्रालयका अनुसार उक्त दुर्घटना बुधबार बेलगोरोडको सीमामा भएको बन्दी आदानप्रदानमा सहमति भएको केही घन्टाअघि भएको थियो ।

    यसबारे युक्रेनले भने कुनै प्रतिक्रिया दिएको छैन । स्थानीय मिडियाले सुरुमा रक्षा स्रोतहरूलाई उद्धृत गर्दै युक्रेनी सेनाले विमानलाई खसालेको र त्यसमा क्षेप्यास्त्र रहेको बताएको थियो । पछि उक्त दावी फिर्ता लिइएको थियो । बन्दीहरूको आदानप्रदानका लागि जिम्मेवार अधिकारीमध्येका युक्रेनी जाँच अधिकारी दिमित्रो लुबिनेट्सले आफ्नो कार्यालयले घटनाको अनुसन्धान गरिरहेको बताएका छन् ।

  • अमेरिका र बेलायतले यमनमा पुन: थाले आक्रमण

    अमेरिका र बेलायतले यमनमा पुन: थाले आक्रमण

    काठमाडौं । संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा विद्रोही समूह हुथीविरुद्ध संयुक्त हवाई आक्रमण शुरु गरेका छन् । नयाँ हवाई आक्रमणले हुथी समूहको भूमिगत भण्डारण, मिसाइल र यसको निगरानी क्षमतालाई लक्षित गरेको अमेरिकी रक्षा विभाग पेन्टागनलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।


    इरान समर्थित हुथीहरूले महत्त्वपूर्ण लाल सागर व्यापार मार्गबाट यात्रा गर्ने इजरायल र पश्चिमसँग जोडिएका जहाजहरूलाई निशाना बनाएपछि अमेरिका र बेलायतले स्वतन्त्र व्यापार वाणिज्यलाई जोगाउन प्रयास गरिरहेका खबरमा उल्लेख छ । यमनमा हुथी विरुद्ध अमेरिकाले गरेको यो आठौँ आक्रमण हो । गएको जनवरी ११ मा पनि अमेरिका र बेलायतले हुथी समूहमाथि संयुक्त आक्रमण गरेका थिए ।

  • घाना र न्यूयोर्कमा सम्मानित भए जिपी कोईराला फाउण्डेशनका अध्यक्ष घिमिरे

    घाना र न्यूयोर्कमा सम्मानित भए जिपी कोईराला फाउण्डेशनका अध्यक्ष घिमिरे

    न्यूयोर्क। जिपी कोईराला फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे घाना र न्यूयोर्कमा सम्मानित भएका छन् । न्युयोर्कस्थित साउथ एसियन समुदायको सबै भन्दा पुरानो संस्था न्यु( अमेरिकन डेमोक्रेटिक क्लब लगायत न्यु अमेरीकन युथ फोरम र न्यु अमेरिकन ओमेन्स फोरमले विशिष्ट व्यक्तिलाई सम्मान गरेको हो । सो क्रममा न्युयोर्कमा आयोजित एक कार्यक्रममा घिमिरेलाई साउथ एशियन एक्टिभिष्ट अफ द एअर प्रदान गरियो ।

    न्युयोर्क कुईन्सस्थित जमैका हिलसाईडको ताजमहल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । सम्मान कार्यक्रममा नेपाली समुदायबाट घिमिरे सम्मानित भएका हुन् । घिमीरेले फाउन्डेशनमार्फत समाजमा पुर्याएको योगदान र अमेरिकामा दक्षिण एसियाली समुदायमा शान्ति र प्रगतिको साथ विविधतामा एकताको पुल निर्माण गरेको भन्दै सम्मान गएिको हो ।

    आयोजक संस्थाका अध्यक्षहरू क्रमशःमोर्सद आलम,रूवीयन रहमन् र आहानाफ आलमले घिमिरेलाई सम्मान गरे । फाउण्डेशनका अध्यक्ष घिमिरे भर्खरै अफ्रिकी देश घानामा मानवीय पुरस्कार ग्लोबलद्वारा सम्मानित भएका थिए । सम्मान गत १४ तारिक आईतबार गरिएको हो ।


    कार्यक्रममा कांग्रेस ओमन ग्रेस मिंगले घिमिरेलाई छुट्टै सम्मानपत्रद्वारा सम्मान गरेकी थिईन । डिनर सहित आयोजित कार्यक्रममा प्रमुख अतिथि माननीय कंग्रेसओमेन ग्रेस मींग न्युयोर्कका सिनेटर ज़ोन लु, लेरोय काम्री, न्यु योर्कका ऐसेम्बली मेम्बर क्रमशः स्टिभन रागा, जोहरन मम्दानी र अलिसीया हाईन्डमान, न्यु(योर्क शहरको काउन्सिल मेम्बर क्रमशः शेखर कृष्णन, लिण्डा लि र सान्ड्रा आगं लगायत उपस्ुिथत थिए ।

    अमेरिकी नेपाली, वंगलादेशी, भारतीय, पाकिस्तानी, श्री लंकान भुटानिस र अफगानी र गायनीज लगायत दक्षिण एशियाई मुलुकका सक्रिय व्यक्तिहरु कार्यक्रममा उपस्थित थिए । कार्यक्रममा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता रामचन्द्र अधिकारी, सदस्यहरू राजीव बतास, शेखर कार्की, गीता अधिकारी, कवि र साहित्यकार कमला प्रशांई, बाल कवि कविन बिक्रम शाह, समाजसेवीहरू कमला पन्त, किरण पौडेल, पुर्व सांसद विजुल विश्वकर्मा, नेपाली अमेरिकन कलाकार संघकी अध्यक्ष नीशा सुनार उपस्थित थिइन् ।

    साथै, नेपाली अमेरिकन कलाकार संघकी वरिष्ठ उपाध्यक्ष वसन्ती राई, लोक गायिका संगीता थापामगर, वरिष्ठ लोक गायक बिमल डांगी, वरिष्ट हास्यकलाकार महादेव त्रिपाठी, १८ औं पटक गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स विजेता पार्कर दिनेश सुनार, गायक सुवर्ण शाक्य लगायत दर्जनौं नेपाली समाजिक अभियन्ता तथा कलाकार उपस्थित थिए । कार्यक्रममा फिलीपिनो नृत्य र नेपाली नृत्य एवं प्रहशन गरिएको थियो ।

  • सन् २०२३ मा स्थायी बसोबासको अनुमति लिएर अमेरिकामा मात्र गए २१ हजार नेपाली

    सन् २०२३ मा स्थायी बसोबासको अनुमति लिएर अमेरिकामा मात्र गए २१ हजार नेपाली

    काठमाडौं । सन् २०२३ मा स्थायी बसोबासको अनुमतिपत्र (पीआर) लिएर नेपालबाट अमेरिकामा मात्र २१ हजार नेपाली गएको पाइएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यस वर्ष स्थायी बसोबासको् पीआर लिएर विदेश गएका झन्डै ७१ हजार मानिसमध्ये अमेरिकामा मात्र २१ हजार मानिस पुगेका हुन् । नेपालीहरु १०९ वटा देशमा पुगेका छन् । नेपालीहरू विकसित भनिएका अमेरिका, ब्रिटेन, स्विट्जरल्याण्डदेखि राजनीतिकरूपमा अस्थिर अफ्रिकाका इथिओपियासम्मका विभिन्न देश सन् २०२३ मा पुगेको अध्यागमन विभागको तथ्याङ्क छ।

    अध्यागमन विभागका अनुसार सो हैसियतमा यात्रा गर्ने पुरुषहरूको सङ्ख्या महिलाभन्दा करिब २५ सयले बढी छ। स्थायी बसोबासको अनुमतिपत्र लिएर नेपालबाट बाहिरिने अधिकांश नेपालीहरू अमेरिका, युरोप र एशियाका आकर्षक भनिएका गन्तव्यहरूमा गएको अध्यागमन विभागको तथ्याङ्कले देखाउँछ।

    स्थायी रूपमा नै मुलुक छाडिरहेका नेपालीहरूको वास्तविक आँकडा बाहिर ल्याउन सन् २०२३ मा पहिलो पटक सरकारले अलग्गै किसिमले अभिलेख राखेर उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । स्थायी बसोबासको अनुमतिपत्र लिएर विभिन्न १०९ देशका लागि सन् २०२३ मा ३६ हजार ६७२ पुरुष, ३४ हजार २६७ महिला र १ जना अन्य लैङ्गिक पहिचान भएका व्यक्ति बाहिरिएको देखिन्छ।

    त्यसमध्ये झन्डै २१ हजार संयुक्त राज्य अमेरिका गएको तथ्याङ्कले देखाउँछ। त्यसपछि संयुक्त अधिराज्य र नर्दर्न आयरल्याण्डमा गरी १६ हजार २ सय भन्दा बढी अनि हङकङमा ११ हजार बढी नेपाली पीआर लिएर यात्रा गरेका छन्। उक्त सूचीको चौथो स्थानमा नेपाली विद्यार्थीहरूको बढ्दो चाप रहेको अस्ट्रेलिया छ जहाँ ८ हजारभन्दा बढी पीआरवाहक गएको देखिन्छ।

    २६ सयभन्दा बढी नेपाली पीआर वाहक सन् २०२३ मा जापान गएको तथ्याङ्कले देखाउँछ। क्यानडा, पोर्चुगल, जर्मनी, न्यूजील्याण्ड र यूएई पीआर बोकेर नेपालीहरूले यात्रा गर्ने प्रमुख १० देशमा पर्ने सो आँकडाले देखाउँछ। उक्त आँकडा अनुसार झन्डै ३०० नेपालीहरू सन् २०२३ मा स्थायी अनुमतिपत्र वाहकको हैसियतमा भारत पुगेको सरकारी तथ्याङ्कले देखाउँछ। नेपालीहरूसँग दक्षिण एशियाका भुटान, बाङ्ग्लादेश, पाकिस्तान र श्रीलङ्कासहित विभिन्न देशका पीआर रहेका पनि उक्त विवरणमा उल्लेख छ।

    चीनमा १०६ जना, ताइवानमा ३६ जना र मकाओमा २० जना नेपालीहरू पीआरसहित त्यहाँ सन् २०२३ मा पुगेका थिए। अध्यागमन विभागका अनुसार सन् २०२३ मा २ लाख ४ हजारभन्दा बढी नेपाली पर्यटनको उद्देश्यसहित विदेश गएका थिए। पीआरसहित विभिन्न प्रयोजनले नेपालबाट बाहिरिने नेपालीहरूको सङ्ख्या १६ लाख ०३ हजारभन्दा बढी थियो ।

  • प्यालेस्टिनी राज्य स्थापना गर्ने अमेरिकी प्रस्तावमा इजरायल असहमत

    प्यालेस्टिनी राज्य स्थापना गर्ने अमेरिकी प्रस्तावमा इजरायल असहमत

    काठमाडौं । गाजामा द्वन्द्व सकिएपछि प्यालेस्टिनी राज्य स्थापनाका लागि अमेरिकाले गरेको प्रस्तावलाई इजरायलले अस्वीकार गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यसको पुष्टी गरेका छन् । बीबीसीका अनुसार उनले एउटा पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

    उनले “पूर्ण विजय प्राप्त नगरुन्जेल” गाजामा आक्रमण जारी राख्ने समेत बताए। उनले गाजामा “अझै धेरै महिना” लडाइँ लम्बिन सक्ने भन्दै हमासको अन्त्य र बाँकी रहेका इजरेली बन्धकहरूलाई फिर्ता नल्याउन्जेल त्यो जारी रहने बताए। हमासद्वारा सञ्चालित अस्पतालका अनुसार गाजामा अहिलेसम्म झन्डै २५,००० प्यालेस्टिनीको ज्यान गइसकेको छ भने झन्डै ८५ प्रतिशत जनसङ्ख्या विस्थापित भएको छ।

    गाजामा जारी सैन्य कारबाही रोकेर दिगो रूपमा युद्ध अन्त्य गर्नलागि अर्थपूर्ण वार्ता सुरु गर्ने दबाव इजरेलले खेप्नुपरेको छ। अमेरिकासहित इजरेलका सहयोगी राष्ट्र र विपक्षी राष्ट्रहरूले पनि लामो समयदेखि निस्क्रिय रहेको “दुई राज्यकोू अवधारणा बिउँताउन आग्रह गरेका छन्। उक्त प्रस्तावअनुसार इजरेल र प्यालेस्टाइन सँगसँगै अवस्थित दुई राष्ट्र हुने छन्। धेरैले वर्तमान सङ्कटले युद्धरत पक्षलाई हिंसाको अन्त्यहीन चक्र समाप्त पार्न एउटा व्यावहारिक विकल्पको रूपमा कूटनीतिक पहल फेरि थाल्न बाध्य पार्न सक्ने आशा गरेका छन्।

    तर नेतन्याहूको टिप्पणीले उनको उद्देश्य त्यसविपरीत रहेको देखाएको छ। उनको पछिल्लो टिप्पणीपछि पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले अमेरिका र इजरेलले विषयहरूलाई निश्चय पनि फरक दृष्टिले हेर्ने बताए। यसअघि बिहीवार नेतन्याहूले इजरेलले जोर्डन नदीको पश्चिममा अवस्थित सबै भूभागमा सुरक्षा नियन्त्रण हुनुपर्छ भनेका थिए। भविष्यमा कुनै पनि बेला प्यालेस्टिनी राज्यको भूभागमा त्यस्तो नियन्त्रण हुन सक्ने छ।

  • ताइवानका नयाँ राष्ट्रपतिलाई बधाई दिएपछि अमेरिकासँग रिसायो चीन

    ताइवानका नयाँ राष्ट्रपतिलाई बधाई दिएपछि अमेरिकासँग रिसायो चीन

    काठमाडौं । ताइवानको राष्ट्रपतिमा निर्वाचित विलियम लाईलाई बधाई दिएपछि अमेरिकासँग चीन रिसाएको छ । अमेरिकाको यस्तो कदमले यो टापुको स्वतन्त्रताका लागि वकालत गरिरहेकाहरूमाझ गलत सन्देश गएको चीनले बताएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले बधाई दिन जारी गरेको वक्तव्यले ताइवानसँग अनौपचारिक सम्बन्ध मात्रै कायम राख्ने वासिङ्टनको प्रतिबद्धता उल्लङ्घन गरेको समेत बेइजिङको टिप्पणी छ।

    बेइजिङले यस विषयमा औपचारिक कूटनीतिक विरोध गरिएको जनाएको छ। ताइवानलाई चीनको हस्तक्षेपबाट मुक्त गर्ने र देशको प्रजातान्त्रिक पद्धतिलाई संरक्षण गर्ने वाचा गरेका विलियम लाईलाई विश्वभरिका नेताहरूले बधाई दिइरहेका छन्।

    चीनले भने उनको विजयलाई स्वीकार गरेको छैन र स्वशासित हैसियतमा रहेको यो टापु आफ्नै भूभागको हिस्सा रहेको दोहोर्‍याएको छ। लाईले आफ्ना दुई प्रतिद्वन्द्वीलाई सहजै हराएका छन् । ताइवानका मतदाताहरूले उक्त टापुको सार्वभौमसत्ताको पक्षधर रहेका उम्मेदवार विलियम लाईलाई एउटा ऐतिहासिक निर्वाचनमा राष्ट्रपतिका रूपमा चुनेका छन् । उक्त मतलाई चीनभन्दा पृथक् धारणा राखेको अर्थ लगाइएको छ। त्यसप्रति आक्रोश व्यक्त गर्दै बेइजिङले एउटा विज्ञप्ति जारी गरेको छ जसमा “ताइवान चीनको हिस्सा रहेको” अडान व्यक्त गरिएको छ।

    बेइजिङले “शान्तिपूर्ण पुनःएकिकरण” को कुरा उठाउने गरेको भए पनि उसले बल प्रयोग गर्ने विषयलाई पनि नकारेको छैन। त्यसले ताइवानको निर्वाचनलाई “युद्ध वा शान्ति”बीचको रोजाइका रूपमा हेरिएको थियो। हालैका महिनाहरूमा चीनले उक्त प्रायद्वीप वरपर सैनिक उपस्थिति वृद्धि गरेको छ जसले सम्भावित द्वन्द्वको भय बढाएको छ।

    बेइजिङको कम्युनिस्ट सरकारले ताइवानमा आठ वर्ष शासन गरेको लाईको स्वतन्त्रता पक्षधर डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)लाई निन्दा गर्छ।आफ्नो दलले अभूतपूर्व तेस्रो कार्यकाल राष्ट्रपति चुनाव जितेपछि लाईले नयाँ कीर्तिमान रचेका छन्। विपक्षीहरूले पराजय स्वीकार गरेपछि उनले अब पछाडि फर्किने बाटो नरहेको सङ्केत गरे।

  • यमनमा विदेशी सेनाले किन गरे आक्रमण ?

    यमनमा विदेशी सेनाले किन गरे आक्रमण ?

    काठमाडौं । यमनमा अमेरिकी र बेलायती सैनिकले आक्रमण थालेका छन् । उनीहरुले हुथी विद्रोहीलाई लक्षित गरी हवाई आक्रमण थालेको बीबीसीले लेखेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गएको नोभेम्बरदेखि लाल सागरमा इरान समर्थित हुथीहरूले गरेको आक्रमणको जवाफमा आक्रमण थालिएको बताएका छन् । नेदरल्यान्ड्स, अष्ट्रेलिया, क्यानडा र बहराइनले पनि मिशनको एक भागको रूपमा सहयोग गरेको उनले बताएका छन् ।

    उता, हुथी उपविदेश मन्त्रीले अमेरिका र बेलायतले यो आक्रमणको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । हुथीहरूले अहिलेसम्म जवाफी आक्रमण नगरेका खबर छ । यमनको राजधानी साना, हुथीको रेड सी बन्दरगाह हुदायदाह, धामार र उत्तर–पश्चिमी हुथी गढ सादामा हड्ताल छ ।

    हुथीहरूले यमनको धेरैजसो भागलाई नियन्त्रणमा लिएका छन् । उनीहरूले इजरायल जाने जहाजलाई लक्षित गरेर सहयोगी हमासलाई समर्थन गरेका छन् । पछिल्लो आक्रमणलाई लिएर साउदी अरबले अमेरिकालाई संयमता अपनाउन आग्रह गरेको छ । रियादले चिन्ताकासाथ स्थितिलाई नजिकबाट नियालिरहेको उल्लेख गरेको छ ।

  • अमेरिकाको चन्द्र मिसन असफल

    अमेरिकाको चन्द्र मिसन असफल

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले चन्द्रमातिर प्रक्षेपण गरेको एउटा मानवरहित निजी रकेट आफ्नो गन्तव्यमा पुग्न नसक्ने निश्चित भएको उक्त अभियानमा संलग्न प्राविधिकहरूले बताएका छन्। यसअघि फ्लोरिडाबाट उड्नासाथ भोल्कन रकेटमा केही अनपेक्षित समस्या देखा परेको उक्त रकेट निर्माण गर्ने एस्ट्रोबटिक कम्पनीले जनाएको छ। उक्त रकेटले अमेरिकी अन्तरिक्षयान पेरग्रीन ल्यान्डर बोकेको छ।

    इन्धन चुहावटको समस्याका कारण पेरग्रीन अन्तरिक्षयानका सौर्य प्यानलहरू सूर्यतिर फर्किएर स्थिर भई बस्न सकेका थिएनन्। पेरग्रीन ल्यान्डरलाई अमेरिकी अन्तरिक्ष अन्वेषण निकाय नासाले चन्द्रमामा आफूले गर्न खोजेको व्यावसायिक कामको योजनामा राखेको थियो।


    यो अमेरिकी अन्तरिक्ष अभियान आगामी महिना चन्द्रमामा पुग्ने ठानिएको थियो। त्यसो हुँदा आधा शताब्दीको अवधिपछि अमेरिकी अन्तरिक्षयानले पहिलो पटक चन्द्रमामा सुरक्षित अवतरण गर्ने थियो। तर, यस पटक अमेरिकी चन्द्र मिसन असफल हुने देखिएको छ ।

  • बोइङ ७३७ का नट बोल्ट नकस्दा सिकायत आएको निष्कर्ष

    बोइङ ७३७ का नट बोल्ट नकस्दा सिकायत आएको निष्कर्ष

    काठमाडौं । बोइङ ७३७ म्याक्स ९ मोडेलका विमानका नट बोल्ट कसिलो गरी नकस्दा सिकायत आएको पाइएको छ । प्राविधिक टोलीको जाँचपछि यस्तो निष्कर्ष निकालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अलास्का एयरलाइन्सको उडिरहेको एक विमानको एक ढोका भुइँमा खसेपछि बोइङ ७३७ म्याक्स ९ मोडेलका विमानहरु निरीक्षणको क्रममा बोल्टहरु अझै कस्नुपर्ने जरुरी देखिएको शिकागोस्थित युनाइटेड एयरलाइन्सले जनाएको हो ।


    गत शुक्रबार अमेरिकाको पोर्टल्याण्ड ९ओरेगान०बाट ओन्टारियो (क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ विमानको आपतकालीन ढोका हावाको दबावमा अलग्गिएर भुइँमा खसेको थियो । उक्त घटनापछि बोइङ ७३७ म्याक्स ९ मोडेलका सबै १७१ वटा विमानहरुलाई अमेरिकाको संघीय उड्डयन प्रशासनले ग्राउन्डेड गरिदिएको छ । त्यसपछि युनाइटेड एयरलाइन्सको प्राविधिक टोलीले त्यो मोडेलका सबै विमानहरुको प्राविधिक जाँच गरेको थियो । सोही जाँचपछि ७३७ म्याक्स ९ मोडलका विमानका विभिन्न बोल्टहरुलाई अझै अलिकति कस्नुपर्ने निष्कर्ष निकालिएको बीबीसीले लेखेको छ ।

    युनाइटेड एयरलान्यसका अनुसार ती विमानहरुको डोर प्लगसँग सम्बन्धित इन्सटलेसनको समस्या पनि समाधान गरिएको छ । युनाइटेड एयरलाइन्सले विज्ञप्ति जारी गरेर भनेको छ, ‘शनिबार हामीले प्रारम्भिक जाँच गर्यौं । हामीलाई डोर प्लगको इन्सटलेसनसँग सम्बन्धित सामान्य समस्या देखियो । हामीले बोल्टहरुलाई अझै अलिकति कस्नु जरुरी छ ।’

    ‘डोर प्लग’ आपतकालीन निकासको बेला प्रयोग हुने ढोकाको एक हिस्सा हो । अलास्का एयरलाइन्सको विमानको यही हिस्सा विमान उडिरहेको बेला निस्किएर भुइँमा खसेको थियो । त्यसपछि १७१ यात्री र चालक दलका ६ सदस्यहरु रहेको उक्त विमानलाई आकस्मिक अवतरण गराउनु परेको थियो । विमानमा रहेका सबै जना सकुशल रहे । विमानबाट अलग भएको ढोका भने एक शिक्षकको बगैंचामा भेटिएको थियो ।

  • अमेरिकामा उडिरहेका बेला जहाजको एक हिस्सा खसेपछि ७३७ म्याक्स जहाज ग्राउण्डेड

    अमेरिकामा उडिरहेका बेला जहाजको एक हिस्सा खसेपछि ७३७ म्याक्स जहाज ग्राउण्डेड

    काठमाडौं । उडान गरिरहेको समयमा अलास्का एअरलाइन्सको एउटा हिस्सा खसेपछि संयुक्त राज्य अमेरिकाको वायु सेवा नियामक निकायले केही बोइङ ७३७ म्याक्स ९ जेट विमानहरूको उडान तत्कालका लागि रोक्न आदेश दिएका छन्। सङ्घीय उड्डयन निकाय एफएएले पछिल्लो सुपरिवेक्षणले उक्त मोडेलका १७१ वटा विमानहरूलाई असर पर्ने बताएको छ। शुक्रवार ओरेगन राज्यबाट उडेको अलास्का एअरलाइन्सको विमानलाई आपत्कालीन अवतरण गराइएको छ।

    युनाइटेड एअरलाइन्सले एफएएले गर्न भनेको निरीक्षण अफ्ना केही ७९ बोइङ ७३७ म्याक्स ९ प्लेनमा सम्पन्न भएको बताएको छ। केही विमानहरूलाई ‘उडान गर्न नदिनु’ भन्ने आदेशले करिब ६० वटा उडान रद्द हुनसक्ने उक्त वायुसेवाले जनाएको छ। यसअघि अमेरिकी उड्डयन निकाय एफएएले आफूले अमेरिकी वायुसेवाको स्वामित्वमा रहेका वा अमेरिकी भू भागमा रहेका निश्चित प्रकारका बोइङ ७३७ म्याक्स ९ वायुसेवाको उडानलाई अस्थायी रूपमा रोक लगाउने जनाएको थियो। प्रत्येक उडानको जाँच गर्न चारदेखि आठ घण्टा लाग्ने उसको भनाइ थियो।
    यूकेको नागरिक उड्डयन प्राधिकरणले आफ्नो देशमा दर्ता भएका ७३७ म्याक्स ९ विमान नरहेको जनाएको थियो। उक्त निकायले सामाजिक सञ्जाल एक्समा आफूले गैरयूके र विदेशबाट अनुमति लिएका ध्वजावाहकहरूलाई यूकेको हवाई क्षेत्रमा आउनुअघि निरीक्षण गर्न निर्देशन दिन भनेको उल्लेख गरेको छ। शुक्रवारको घटना पोर्टलेन्ड, ओरेगनबाट ओन्टारियो क्यार्लिफोर्नियातर्फ गइरहेको विमान १६,००० फिट उचाइमा पुग्दा भएको थियो।

    त्यसपछि उक्त विमानले आपत्कालीन रूपमा अवतरण थालेको फ्लाइट ट्रयाकिङ डेटाले देखाउँछ। एक सय ७७ यात्रु र चालकदलका सदस्य रहेको उक्त विमानले पोर्टलेन्डमा सुरक्षित अवतरण गरेको थियो। सञ्चारमाध्यममा पठाइएका तस्बिरमा विमानको एउटा हिस्सा गायब भएको र त्यहाँबाट रातको अँध्यारो देखिन्छ। विमानलाई बाहिरी चिजबाट सुरक्षित बनाउन प्रयोग हुने इन्सुलेशन सामग्री र केही भग्नावशेष पनि देख्न सकिन्छ।

    कुनै पनि संरचनागत विफलता वा कुनै हताहतिका सङ्केत तत्कालै देखिएका थिएनन्। एक जना यात्रु इभान स्मीथले भने, “विमानको बायाँतर्फको पछिल्लो भागमा एकदमै चर्को र ठूलो आवाज आएको थियो र सबै एअर मास्क खसेको थियो।” त्यो लहरमा एक जना बालक रहेको र उसको सर्ट विमानबाट बाहिर जान लागेको भन्दै उनले ती बालकलाई बाहिर जानबाट रोक्न उनकी आमाले कसिएर समातेको बताए।

    एउटा अडियो क्लिपमा पाइलटले एअर ट्राफिक कन्ट्रोलसँग विमानलाई पुनः अवतरणका लागि फर्काउन अनुमति मागिरहेको सुन्न सकिन्छ। “हामी सङ्कटमा छौँ। हामीले फर्कनु पर्ने भयो,” उनले भनेकी छन्। तस्बिरहरूका अनुसार प्रभावित क्षेत्र विमानको पखेटा र इन्जिन भन्दा पछाडि पर्छ। कतिपयले त्यो क्षेत्रलाई थप आपत्कालीन द्वारका रूपमा पनि प्रयोग गर्छन् तर आलास्का एअरलाइन्सले त्यसरी प्रयोग गर्ने गरेको थिएन।

    उड्डयन सुरक्षाबारे कलम चलाउने एक जना पूर्व वायुसेवा पाइलट टेरी टोजरले उक्त क्षेत्र साधारण झ्याल भएको ठाउँ नभएको भनेर विमानभित्रका यात्रुहरूले भन्न नसक्ने बताए। उक्त क्षेत्रको क्षतिले सम्भवतः उडान कसरी भइरहेको छ भन्नेमा खासै असर नपार्ने भए पनि नजिकै बसिरहेका व्यक्तिमाथि ‘ठूलो जोखिम’ निम्त्याउने उनको भनाइ छ। “सौभाग्यवश, झ्याल भएको त्यहाँको सिटमा कोही पनि बसिरहेको थिएन। यदि उनीहरूले बेल्ट नलगाएका हुन्थे भने, उनीहरू उडेर बाहिर पुग्थे।”

    अलास्का एअरलाइन्सले प्रारम्भिक रूपमा ६५ वटा विमानहरूको उडान तत्कालका लागि रोकेको जनाएको थियो। उसले “पूर्ण मर्मत र सुरक्षा निरिक्षणपछि प्रत्येक विमान सेवामा फर्कने’ जनाएको थियो। त्यसपछि जारी गरिएको विज्ञप्तिमा उक्त एअरलाइन्सले एक चौथाइभन्दा बढी विमानहरूको निरीक्षण सम्पन्न भएको र कुनै पनि समस्या फेला नपरेकाले तिनीहरू पुनस् उडानमा फर्कने उल्लेख गरेको थियो।

    उक्त एअरलाइन्सले सुरक्षा जाँच सम्पन्न भइसकेका १८ वटा बोइङ ७३७ म्याक्स ९ को उडान पुनः रोक्ने जनाएको छ। एउटा विज्ञप्तिमा बोइङले अमेरिकी नियामक निकायको निर्णयलाई आफूले समर्थन गर्ने र अलास्का एअरलाइन्सबारेको न्याश्नल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डको जाँचलाई सहयोग गरिरहेको उल्लेख गरेको छ।

    “सुरक्षा हाम्रो प्रमुख प्राथमिकता हो र हामी यो घटनाले हाम्रा ग्राहक र यात्रुहरूमा पारेको प्रभावप्रति गहिरो दुख व्यक्त गर्छौ।” बोइङको उक्त बढी विक्री हुने मोडेलमा देखिएको यो पछिल्लो समस्या हो। सन् २०१८ र सन् २०१९ मा विमान दुर्घटनापछि झन्डै २ वर्ष उक्त मोडेल ‘ग्राउन्डेड’ गरिएको थियो।
    बीबीसी

  • अमेरिकाको डल्लासमा स्कुलमा गोली चल्यो, एक जनाको मृत्यु

    अमेरिकाको डल्लासमा स्कुलमा गोली चल्यो, एक जनाको मृत्यु

    काठमाडौं । अमेरिकाको डल्लासस्थित आयोवामा रहेको एक स्कुलमा गोली चलेको छ । जसमा १ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । आयोवाको पेरी हाई स्कुलका १७ वर्षीय एक विद्यार्थीले ६ कक्षाका विद्यार्थीहरुमा गोली चलाएका थिए । उनले चलाएको गोली ५ जना विद्यार्थी र एक शिक्षकलाई लागेको छ । उनीहरुमध्ये एक जनाको अवस्था गम्भीर छ भने चार जनाको अवस्था स्थीर छ । घटनास्थलमा गोली चलाउने विद्यार्थी नै मृत फेला परेका छन् । उनले अरुलाई गोली चलाएर आफूले आत्महत्या गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

    क्रिसमसको विदा पछि विद्यालय खुलेको पहिलो दिनमै विद्यालयमा गोली चलेपछि अमेरिकाको पेरी शहरका बासिन्दा आतंकित छन् । पेरी अमेरिकाको सानो शहर हो । यहाँ करिब ८ हजार जनसंख्या छ । अमेरिकामा बन्दुकबाट हुने आक्रमण चिन्ताको विषय बनेको छ । त्यसैले बन्दुकबाट मानिसहरु मारिने क्रमलाई रोक्न कडा कानुनको माग हुँदै आएको छ ।

  • अमेरिकाबाट एक वर्षमा नेपाल भित्रिए १ लाख भन्दा धेरै पर्यटक

    अमेरिकाबाट एक वर्षमा नेपाल भित्रिए १ लाख भन्दा धेरै पर्यटक

    काठमाडौं । नेपालले एक वर्षको अवधिमा १० लाख १५ हजार पर्यटकलाई स्वागत गरेको छ । यसमध्ये दोस्रो स्थानमा अमेरिकी नागरिक पर्न सफल भएका छन् । पहिलो स्थानमा भारतीय छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी २०२३ देखि डिसेम्बर २०२३ को एक वर्षको अवधिमा १० लाख १४ हजार ८७६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो आगमन सन् २०२२ को तुलनामा ४ लाख ७२८ जना बढी हो । सन् २०२३ मा ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

    नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२३ मा भारतबाट मात्र ३ लाख १९ हजार ९३६ जना पर्यटक नेपाल आएका छन् । सन् २०१९ मा २ लाख ५४ हजार १५० जना भारतीय पर्यटक नोपल आएका थिए । सन् २०२३ मा अमेरिकाबाट १ लाख ३५७ जना पर्यटक नेपाल आएका छन् । सन् २०१९ मा अमेरिकाबाट ९३ हजार २४१ जना पर्यटक आएका थिए । यस वर्ष चीनबाट ६० हजार ८७८ जना मात्र पर्यटक आएका छन् । सन् २०१९ मा चिनियाँ पर्यटकको आगमन १ लाख ६९ हजार ५४३ रहेको थियो ।

    नेपालको पर्यटन इतिहासमा १० लाख माथि पर्यटक आगमन भएको यो तेस्रो वर्ष हो । यसअघि सन् २०१८ र सन् २०१९ मा १० लाख माथि पर्यटक भित्रिएका थिए । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०१७ मा ९ लाख ४० हजार २१८ जना पर्यटक नेपाल आएका थिए ।

  • अमेरिका पठाइदिने प्रलोभनमा २६ लाख ठगी गर्ने एक जना पक्राउ

    अमेरिका पठाइदिने प्रलोभनमा २६ लाख ठगी गर्ने एक जना पक्राउ

    काठमाडौं । अमेरिका पठाइदिन्छुु भन्दै २६ लाख रूपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन्। काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा-३ बस्ने ५९ वर्षीय भैरवबहादुर ठकुरी पक्राउ परेका हुन्। उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पक्राउ गरेको हो।

    उनीविरूद्ध कृतेश खरेल समेत २ जनाले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै पैसा लिइसकेपछि सम्पर्क विहिन भएको वैदेशिक रोजगार विभागमा उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

  • भुटानी शरणार्थी प्रकरण : धरौटी बुझाएर रिहा भए टेकनाथ रिजाल

    भुटानी शरणार्थी प्रकरण : धरौटी बुझाएर रिहा भए टेकनाथ रिजाल

    नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर बुधबार रिहा भएका छन्। उक्त मुद्दामा सात महिना हिरासतमा बसेका नेता रिजाल धरौटी बुझाएर बुधबार रिहा भएका हुन्। उनलाई गत मंसिर १५ गते नै उच्च अदालत पाटनले १५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर धरौटी रकम बुझाउन नसक्दा रिजाल थप झन्डै एक महिना सुन्धारा कारागारमै रहनुपरेको उनका सहयोगी विश्वनाथ क्षेत्रीले जानकारी दिए। रकम बुझाएपछि रिजाल रिहा भएका हुन्।

    रिहाइपछि रिजालले आफ्नो पक्षमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए। काठमाडौं जिल्ला अदालतमा यही आइतबार बेलुकी धरौटी रकम बुझाएका उनलाई बिदाहरू परेका कारण बुधबार मात्रै रिहा गरिएको हो। अब उनी पुस २० गते काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ। शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण उच्चको आदेशअनुसार जिल्ला अदालतमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रूपैयाँ बुझाएर रिहा भइसकेका छन्।

    पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप, आरोपी नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ र रामशरण केसीले पनि तोकिएको रकम बुझाएर रिहा भइसकेका छन्। उक्त प्रकरणमा पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री रायमाझी, इन्द्रजीत राईलगायत भने पुर्पक्षका लागि कारागारमै छन्।

    rss

  • सन् २०२४ को निर्वाचन लड्न ट्रम्पलाई रोक लगाउने प्रयास असफल

    सन् २०२४ को निर्वाचन लड्न ट्रम्पलाई रोक लगाउने प्रयास असफल

    काठमाडौं । सन् २०२१ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा डोनाल्ड ट्रम्पको भूमिकालाई लिएर आगामी वर्ष हुने पहिलो चरणको मतदान डोनाल्ड ट्रम्पलाई सहभागी हुनबाट रोक्ने विपक्षीहरूको प्रयासलाई असफल भएको छ । सन् २०२० मा आफ्नो पराजय उल्टाउने ट्रम्पको प्रयास र वासिङ्टनमा भएको दङ्गाले उनलाई पुनः चुनाव लड्न अयोग्य बनाउने कि नबनाउने भन्ने निर्णय गर्न न्यायाधीशहरूले निर्वाचन अधिकारीहरूलाई बाध्य पार्नुपर्ने पूर्व राष्ट्रपति ट्रम्पका विरोधीहरूको माग थियो ।

    तर उच्च अदालतको संक्षिप्त फैसला भनिएको छ, ‘मिचिगनमा फेब्रुअरी २७ मा हुने राष्ट्रपतीय प्राइमरीको पूर्वसन्ध्यामा प्रस्तुत प्रश्नहरूको पुनरावलोकन यस अदालतले गर्नुपर्छ भन्ने कुरामा विश्वस्त हुन सकेन ।’ ट्रम्पलाई धेरै राज्यमा प्राथमिक मतपत्रमा उपस्थित हुनबाट रोक्नका लागि गरिएको यो पछिल्लो प्रयास हो । अमेरिकी संविधानलाई समर्थन गर्ने शपथ लिने अधिकारीहरूलाई ‘विद्रोहमा संलग्न’ भएमा भविष्यको पदबाट प्रतिबन्धित गरिने संविधानको १४ औं संशोधनअन्तर्गत रहेको छ ।

    यो निर्णय कोलोराडो सर्वोच्च अदालतको हालैको फैसलासँग मेल खान्छ । यो निर्णयले ट्रम्पलाई क्यापिटोल दङ्गामा उहाँको भूमिकालाई लिएर राज्यको प्राथमिक मतदानमा सहभागी हुन रोकेको छ । उनलाई समर्थकलाई दङ्गा गर्न उक्साएको आरोप लगाइएको छ ।

    मिनेसोटामा ट्रम्पविरुद्ध १४ औं संशोधनको असफल चुनौती दिएको र ओरेगनमा मुद्दा दायर गरेको प्रजातन्त्र समर्थक ’फ्रि स्पिच फर पिपुल’ नामक संस्थाले गत सेप्टेम्बरमा मिचिगनमा मुद्दा दायर गरेको थियो ।

    मिचिगनको तल्लो अदालतले प्रक्रियाको सुरुमा प्रक्रियागत आधारमा मुद्दा खारेज गरेको थियो । अपीलमा एक निर्णयलाई समर्थन गरिएको थियो, जसको अर्थ ट्रम्प विद्रोहमा संलग्न थिए कि थिएनन् भन्ने प्रश्नलाई कहिल्यै सम्बोधन गरिएको थिएन।

    सात सदस्यीय प्यानलमा डेमोक्रयाटिक पार्टीका तर्फबाट मनोनित चार न्यायाधीशमध्ये एक न्यायाधीश एलिजाबेथ वेल्चले कोलोराडोको निर्णयलाई स्वीकार गर्दै राज्यको निर्वाचन कानुन मिचिगनको ‘भौतिक तरिका’ भन्दा फरक रहेको बताइन्।

    वेल्चले लेखेकी छन्, ‘अपीलकर्ताहरूले मिचिगन निर्वाचन कानुनमा कुनै पनि समान प्रावधान पहिचान गरेका छैनन् जसले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको पदको खोजी गर्ने व्यक्तिले पद धारण गर्न आफ्नो कानुनी योग्यता प्रमाणित गर्न आवश्यक छ ।’ एएफपी

  • अमेरिकाले नेपालबारे जारी गरेको ट्राभल एडभाइजरीको असर कति ?

    अमेरिकाले नेपालबारे जारी गरेको ट्राभल एडभाइजरीको असर कति ?

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकका लागि नेपालबारे ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ । यसले अन्तर्राष्ट्रिय रूपमा ‘नेपालको अवस्था ठिक छैन’ भन्ने सन्देश प्रवाह हुन सक्ने चिन्ता व्यक्त गरिएको छ । अमेरिकाले गत साता जारी गरेको ‘ट्राभल एड्भाइजरी’मा आफ्ना नागरिकहरूलाई नेपाल जाँदा सावधानी अपनाउन भनेको छ । त्यसले नेपालको ‘तङ्ग्रिँदै गरेको’ पर्यटन क्षेत्रमा नकारात्मक असर पनि पर्न सक्ने विज्ञहरूले बताएका छन् । अमेरिकाले राजनीतिक हिंसाको सम्भावना रहेको भन्दै सावधानी अपनाउन आफ्ना नागरिकहरूलाई सूचित गरेको छ।

    अमेरिकी विदेश मन्त्रालयले यही डिसेम्बर १८ मा जारी गरेको ट्राभल एड्भाइजरीमा भिन्न किसिमको राजनीतिक हिंसाका कारण नेपालमा यात्रा गर्न सावधानी अपनाउन सुझाव दिएको छ। उसले लेभल(२ भनेको एड्भाइजरीमा नेपालमा शान्तिपूर्ण हुने ठानिएका राजनीतिक प्रदर्शनहरू हिंसात्मक हुन सक्ने उल्लेख गरिएको छ। त्यस्ता प्रदर्शनहरूमा नेपाली अधिकारीहरूले बल प्रयोग पनि गर्न सक्ने अवस्था रहेको त्यसमा जनाइएको छ।

    उक्त एड्भाइजरीमा नेपालमा हुने प्रदर्शनहरूमा नजान तथा ट्रेकिङ जाँदा वा पर्वतारोहण गर्दा एक्लै नजान पनि अमेरिकाले आफ्ना नागरिकहरूलाई सूचित गरेको छ। अमेरिकी विदेश मन्त्रालयले विभिन्न देशहरूको सुरक्षा लगातका अवस्थाहरूको विश्लेषण गरेर आफ्ना नागरिकहरूलाई यस्तो सुझाव दिने गरेको छ। विदेश मन्त्रालयको वेबसाइटमा राखिएका विवरणहरूमा जनाइएअनुसार लेभल ४ को एड्भाइजरी जारी गरिएको देशमा भने उसले आफ्ना नागरिकहरूलाई भ्रमण नै नगर्न सूचित गर्ने गरेको छ।

    त्यस्तै लेभल ३ को एड्भाइजरी जारी गरिएको देशमा गरिने यात्राबारे सकेसम्म पुनर्विचार गर्न भनेर सूचित गरिन्छ। लेभल २ को एड्भाइजरी जारी भएका देशमा जाँदा भने उसले नागरिकहरूलाई सतर्कता अपनाउन र लेभल १ को एड्भाइजरी जारी भएका देशमा जाँदा सामान्य सतर्कता अपनाउन भन्ने गरेको छ। तर, नेपालमा भने अहिले हिसात्मक प्रकृतिको कुनै आन्दोलन भएको छैन ।

  • ट्रम्पको आगामी निर्वाचन लड्ने बाटो बन्द भएको हो ?

    ट्रम्पको आगामी निर्वाचन लड्ने बाटो बन्द भएको हो ?

    काठमाडौं । अमेरिकाको कोलोराडो सर्वोच्च अदाललतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२४ को राष्ट्रपति चुनावबाट हटाएको छ । आउँदो चुनावमा राष्ट्रपतिको प्रमुख दाबेदार मानिएका ट्रम्पलाई अमेरिकी संविधानको विद्रोह खण्डलाई उद्धृत गर्दै चुनावबाटै हटाएको बीबीसीले जनाएको छ ।

    ट्रम्प अमेरिकी संविधानको १४ औँ संशोधनको धारा ३ का कारण योग्य उम्मेदवार नभएका अदालतको भनाइ छ । तर यो निर्णयमा ट्रम्पले अपिल गर्न पाउनुहुनेछ । यसअघि अरु राज्यहरुमा ट्रम्पलाई चुनावी दौडबाट निकाल्ने प्रयासहरु असफल भएका थिए ।

    सन् २०२१ मा अमेरिकी संसदमा भएको आक्रमणमा जिम्मेवार भएका कारण उहाँ चुनावमा भाग लिन नपाउने कोलोराडोको सर्वोच्च अदालतको निर्णयमा भनिएको छ । अमेरिकामा यसै हप्ता भएका सर्वेक्षणहरुले आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति जो वाइडेन भन्दा पूर्व राष्ट्रपति ट्रम्प बलिया दावेदार रहेका देखाएको बीबीसीले जनाएको छ ।

  • गाजामा युद्धविराम गर्न अन्तर्राष्ट्रिय दवाव

    गाजामा युद्धविराम गर्न अन्तर्राष्ट्रिय दवाव

    काठमाडौं । गाजामा युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब बढिरहँदा अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले इजरायलमा वार्ता गरिरहेका छन्। इजरायलको सैन्य कारबाहीमा दृढतापूर्वक साथ दिइरहँदा वासिङ्टन बढ्दो रूपमा एक्लिरहेको छ। आइतवार ब्रिटेन, जर्मनी र फ्रान्सले निकै धेरै सर्वसाधारण मारिएको भन्दै दीर्घकालीन युद्धविरामको लागि कामहरू गर्न आग्रह गरेका छन्। यो यूकेको हकमा देखिएको परिवर्तन हो। यद्यपि उनीहरूले तत्काल युद्धविराम भन्न छाडेका छन्।

    यूकेका प्रधानमन्त्री ऋषि सुनकले यस युद्धमा निकै धेरै सर्वसाधारणको मृत्यु भएकोू बताउँदै कसैले पनि यस द्वन्द्व आवश्यक भन्दा एक दिन पनि लम्बिएको देख्न नचाहेकोू बताए। हमास अधिकारीहरूले आइतवार जबालियास्थित गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा कम्तीमा ११० प्यालेस्टिनीहरू मारिएको बताएका छन्। आफूले आतङ्कवादीका पूर्वाधारमा निशाना बनाएकोमा जोड दिने गरेको इजरेलले यस घटनालाई लिएर कुनै ठोस प्रतिक्रिया जनाएको छैन।

    ह्युमन राइट्स वाचले इजरेललाई जारी युद्धमा उसले भोकमरीलाई युद्ध अस्त्रको रूपमा प्रयोग गरेको आरोप लगाएको छ। उसले इजरेली सेनाले पानी, खाद्यान्न र इन्धनका साथै ूमानवीय सहायतामा जानाजान अवरोध पुर्‍याएकोू आरोप लगाएको छ। अन्तर्राष्ट्रिय कानुन अनुसार भोकमरीलाई युद्धमा रणनीतिका रूपमा प्रयोग गर्नु हुँदैन। इजरेलको विदेश मन्त्रालयका एकजना प्रवक्ताले एएफपी समाचार संस्थालाई दिएको प्रतिक्रियामा ह्युमन राइट्स वाचको उक्त भनाइलाई यहुदी विरोधी बताए।
    बीबीसीको सहयोगमा

  • अमेरिकामा शक्तिशाली आँधीको चपेटामा परेका चार महिनाका शिशु जिवितै भेटिएपछि…

    अमेरिकामा शक्तिशाली आँधीको चपेटामा परेका चार महिनाका शिशु जिवितै भेटिएपछि…

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको टेनिसीमा टोर्नेडो अर्थात् जमिनमा विकसित हुने सोली आकारमा भुमरी परेको शक्तिशाली हावाहुरीमा परेका एक जना चार महिनाका शिशु जीवितै फेला परेपछि ‘ईश्वरको कृपाले’ त्यो सम्भव भएका उनका अभिभावकले बताएका छन्। उनीहरूको घुम्ती घरलाई शनिवारको खतरनाक आँधीले ध्वस्त बनाएको थियो भने बच्चा रहेको कोक्रो उडाएर लगेको थियो। ती चार महिनाका शिशु लडिरहेको एउटा रुखमा जीवितै फेला परेका थिए। त्यसबेला झमझम पानी परिरहेको थियो।

    ती शिशु, उनका एक वर्षका दाजु र परिवारका सदस्यहरूलाई साधारण चोटपटक लागेको छ। आँधीले सबैभन्दा सुरुमा उनीहरूको घुम्ती घरको छानो उडाएको २२ वर्षिया आमा सिड्नी मुरले बताइन्। “टोर्नेडो टुप्पो तल प्रवेश गर्‍यो र मेरो बच्चासहितको कोक्रोलाई उडायो,”मुरले स्थानीय टेलिभिजन स्टेशनलाई भनिन्, “माथि उड्ने उनी पहिलो कुरा थिए।” उनका प्रेमी र बच्चाका पिताले लर्ड नामक ती शिशुलाई जोगाउने प्रयास गरेका थिए तर उनीहरू पनि आँधीमा फस्न पुगे।

    “उनले पूरै समय कोक्रोलाई च्यापिरहेका थिए र उनीहरू फनफन घुम्न थालेको उनले बताए र त्यसपछि उनीहरू उछिट्टिए,” मुर भन्छिन्। त्यो भइरहँदा उनले भने आफ्ना एक वर्षका छोरा प्रिन्सटनलाई समाइरहेकी थिइन्। “म भित्रको केही कुराले मलाई दौडन र मेरो छोराको माथि हामफाल्न भन्यो,” उनले भनिन्, “म हाम फालेकै क्षणमा भित्ता भत्कियो।” उनले आफू थिचिएको र शास फेर्न पनि नसेको बताइन्।

    टोर्नेडो रोकिएपछि मुर भग्नावशेषबाट निस्कन सकेकी थिइन्। उनका छोरा प्रिन्सटन उनीसँगै थिए। त्यसपछि उनी र उनका प्रेमीले लर्डको खोजी गर्न थाले। त्यो बेला पानी परिरहेको थियो र उनीहरूले आफ्नो सन्तान ‘सानो रुख जस्तै देखिने कोक्रो’ मा फेला परेको मुर बताउँछिन्।

    “मलाई लाग्यो उनको मृत्यु भयो। मलाई अब हामी उनलाई भेटाउँदैनौँ भन्ने लागेको थियो। तर उनी भगवानको कृपाले हामीसँगै छन्।” मुरकी बहिनी क्याटलिन मुरले उनीहरूको कार र घरलाई टोर्नेडोले पूर्ण रूपमा नष्ट गरिदिएपछि एउटा सहयोग अभियान थालेकी छन्। क्याटलिनका अनुसार मुर र उनका छोराहरूमा सामान्य खत र चोट छ भने उनका प्रेमीको हात र कुहिना भाँचिएको छ।

    गोफन्डमीमा राखिएको विवरण अनुसार लर्डलाई रुखमा बिस्तारै अड्याइएको जस्तो देखिन्थ्यो। “यस्तो लाग्थ्यो कि उनलाई एक जना परीले त्यो ठाउँमा पुर्‍याएकी थिइन्।” मुरले भनिन्, “म मेरो बच्चाहरूका लागि ज्यान दिनसक्छु। मेरा प्रेमीले पनि त्यसै गर्नसक्छन्। त्यसमा कुनै शंका छैन।”
    बीबीसी

  • अमेरिकाबाट भित्रिएको ५५ किलो गाँजा बरामद

    अमेरिकाबाट भित्रिएको ५५ किलो गाँजा बरामद

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति अमेरिकाबाट नेपाल ल्याइएको ५५ किलो गाँजा बरामद भएको छ । १०८ वटा कार्टुनमा प्याक गरेर ल्याइएको उक्त गाँजा भन्सार जाँच हुनुअघि नै बरामद गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक टोकराज पाण्डेले जानकारी दिए ।

    उनका अनुसार ठूलो परिमाणमा गाँजा नेपाल ल्याइँदैछ भन्ने सूचनाका आधारमा विमानस्थलमा कडाइ गरिएको थियो । त्यस क्रममा एउटा फर्मको नाममा ल्याइएको कार्टुनहरुमाथि शंका लागेर चेक गर्दा गाँजा भेटिएको थियो । उक्त फर्म र गाँजाबारे थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोलाई जिम्मा लगाएको छ ।

    यसअघि अमेरिकाबाट हुलाकमार्फत केही ग्राम लागूऔषध नेपाल पठाउने गरेको भेटिएको थियो । तर यति ठूलो मात्रामा एकै पटक गाँजा अमेरिकाबाट ल्याइएको भने पहिलो पटक भएको विमानस्थलका अधिकारीहरु बताउँछन् ।

  • इजरायल चार घण्टाका लागि युद्धबिराम गर्न तयार

    इजरायल चार घण्टाका लागि युद्धबिराम गर्न तयार

    काठमाडौं । इजरायल अस्थायी संघर्षविरामका लागि तयार भएको छ । संघर्षविरामको अवधि चार घण्टासम्म मात्र रहने छ । यो जानकारी अमेरिकाले दिएको बीबीसीले जनाएको छ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले मिडियाहरुलाई बताएअनुसार यस प्रकारको युद्ध विरामको घोषणा तीन घण्टा अगाडि नै गरिने छ ।

    उनले भनेका छन्, ‘हामीलाई इजरायलले भनेको छ कि अल्पकालीन संघर्षविरामको बेला कुनै पनि प्रकारको सैन्य गतिविधि हुनेछैन र यो प्रक्रिया आजैबाट सुरु हुने छ ।’ यसअघि इजरायली सेनाले भनेको थियो, अल्पकालीन अस्थायी विरामलाई संघर्ष विराम मान्नु गलत हुने छ ।

    प्यालेस्टिनी विद्रोही समूह हमासले गत ७ अक्टुबरमा इजरायलमा हमला गरेपछि इजरायलले युद्धको घोषणा गर्दै हमासविरुद्ध सैन्य कारबाही जारी राखेको छ । यो कारबाहीमा इजरायललाई अमेरिकाले साथ दिएको छ । इजरायलको सैन्य कारबाहीमा बालबालिकासहित सर्वसाधारण प्यालेस्टिनी नागरिकको धेरै ज्यान गएपछि इजरायल र अमेरिका दुबैको आलोचना हुँदै आएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले भने एक महिना लामो युद्धपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्ध रोक्न दबाब दिँदै आएको बताएका छन् । उनले सामाजिक सन्जाल एक्समा लेखेका छन्, ‘मैले हप्तौंदेखि युद्ध विराम गर्नका लागि इजरायलका नेताहरुसँग कुरा गरिरहेको छु । यो युद्धविराम नागरिकहरुलाई लडाइबाट जोगाउन र सुरक्षित क्षेत्रमा लैजान मद्दत गर्ने छ । यो एक सही कदम हो ।’

    हमासले ७ अक्टुबरमा इजरायलमा गरेको आक्रमणबाट १० नेपालीहरुसहित १ हजार ४०० जनाको मृत्यु भएको थियो । लगत्तै इजरायलले हमासलाई निमिट्यान्न पार्ने भन्दै सुरु गरेको हवाई र स्थल आक्रमणबाट हालसम्म १० हजार ८०० जनाभन्दा धेरैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । मारिनेहरुमा धेरै बालबालिकाहरु पनि परेका छन् ।

  • नेपाललाई सहयोग गर्न हामी तयार छौं : अमेरिका

    नेपाललाई सहयोग गर्न हामी तयार छौं : अमेरिका

    काठमाडौं । नेपालको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गरेको छ ।
    दूतावासले आवश्यक सहयोगका लागि तयार रहेको पनि जनाएको छ । ‘यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ,’ दूतावासले सामाजिक सञ्जालमा लेखेको छ ।

  • परराष्ट्र मन्त्री साउद र अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता

    परराष्ट्र मन्त्री साउद र अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच बुधबार भेटवार्ता भएको छ। भेटमा दुईपक्षीय सम्बन्धको बारेमा छलफल भएको थियो। साथै नेपाल र अमेरिकाबीचको संसदको अनुभव आदानप्रदानका विषयमा समेत छलफल भएको थियो । सिनेटर होलेनले गत सेप्टेम्बर महिनामा नेपालको भ्रमण गरेका थिए।

    अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोक्टेक्डेड स्टाटयस (टीपीएस) मार्फत स्थायी बसोबासका लागिसमेत बिल तयार पारेका, मेरिल्यान्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर होलेन डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन्। सिनेटर होलेनसँगको भेटमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, उपनियोग प्रमुख कुमार खरेललगायत उपस्थित थिए। मन्त्री साउद हाल अमेरिकाको औपचारिक भ्रमणमा हुन्।

  • परराष्ट्र मन्त्री साउद र अमेरिकी विकास वित्त निगमका सीइओबीच भेटवार्ता

    परराष्ट्र मन्त्री साउद र अमेरिकी विकास वित्त निगमका सीइओबीच भेटवार्ता

    काठमाडौं । अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग मङ्गलबार भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा उनीहरु बीचमा निगमको नेपालमा लगानीका विषयमा छलफल भएको छ ।

    मन्त्री साउदले नेपाल सरकारले नेपालमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि लिइएको रणनीतिका बारेमा प्रकाश पार्दै निगममार्फत अमेरिकाका निजी क्षेत्रलाई लगानी अभिवृद्धि गराउन प्रेरित गर्नसमेत अनुरोध गरेका थिए । निमगका प्रमुख कार्यकारी अधिकृत नाथनले नेपालको आर्थिक विकासमा निगमको लगानी वृद्धिसम्बन्धी दृष्टिकोण र सम्भावित क्षेत्रहरूका बारेमा आफ्नो धारणा राखे ।

  • परराष्ट्र मन्त्री साउद अमेरिका भ्रमणमा जाने

    परराष्ट्र मन्त्री साउद अमेरिका भ्रमणमा जाने

    काठमाडौं । परराष्ट्र मन्त्री एन पि साउदको अमेरिका भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री साउद १२ कात्तिकमा अमेरिका जानेछन् ।

    परराष्ट्रमन्त्री साउदको सचिवालयका अनुसार आइतबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनि गुटेरेस नेपाल भ्रमणमा आउने र गुटेरेससँग भेटवार्ता गरेपछि सोही दिन उनी अमेरिका प्रस्थान गर्नेछन् ।

    भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकी समकक्षी एन्टोनी जे. ब्लिंकेनसँग वासिङटन डीसीमा भेटवार्ता गर्ने छन् ।

    त्यसपछि संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् ।

    यस्तै अमेरिकी कांग्रेसका नेपाल ककसका सहअध्यक्ष कांग्रेस सदस्य माइक केरीसँग पनि भेट परराष्ट्रमन्त्री साउदबीच भेट गर्नेछन् ।

    युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस (युएसआईपी) मा वार्ता कार्यक्रम, नेपाली–अमेरिकी व्यवसायी समुदायसँगको अन्तरक्रिया, सूचना प्रविधि सल्लाहकार सञ्जालसँगको भेटघाट, गैरआवासीय नेपाली संघका प्रतिनिधि र नेपाल–अमेरिका व्यवसायीसँगको अन्तरक्रिया परराष्ट्रमन्त्रीको अन्य सहभागिता रहेको छ 

    साउद नेतृत्वको प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारीहरुका साथै नेपालस्थित एफएनसीसीआई र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष छन्  । परराष्ट्रमन्त्री साउद १९ कात्तिकमा काठमाडौं फर्कनेछन् ।

  • अमेरिकाको ल्युस्ट्नमा गोलि कान्ड, १६ जनाको हत्या

    अमेरिकाको ल्युस्ट्नमा गोलि कान्ड, १६ जनाको हत्या

    काठमाडौं । अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले गोली हानी हालसम्म १६ जनाको हत्या गरेका छन् । बीबीसीका अनुसार ती बन्दुकधारीको प्रहरीले खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन् । यस घटनामा अन्य ५० जना भने घाइते भएका छन् ।

    बसोबासको हिसाबले मेन राज्यको दोस्रो ठूलो सहरमा भएको यो घटनामा बन्दुकधारीले विभिन्न स्थानमा गोली प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीले बन्दुकधारी पक्राउ नपरेसम्म त्यहाँका स्थानीयलाई सुरक्षित स्थानबाट बाहिर निनस्कन समेत आग्रह गरिरहेको छ ।

    यो घटना बारे अमेरिकी राष्ट्रपति जो बाइडनलाई पनि जानकारी गराइसकिएको र घटनाक्रम बारे निरन्तर अपेडट दिइएको पनि बताइएको छ ।

    त्यहाँको अस्पताललाई ठूलो संख्यामा घाइतेहरुको उपचारका लागि तयारी अवस्थामा राखिएको छ भने प्रहरीले संदिग्धको दुईवटा तस्बिर सार्वजनिक गर्दै स्थानीयलाई पहिचानका लागि सहयोगको आग्रह गरेको छ ।