दक्षिण कोरियामा अवैध रुपमा बसिरहेका १३ नेपाली पक्राउ

काठमाडौं । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा नेपालीहरु पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको अध्यागमन कार्यालयले जनाएको छ । अध्यागमन अधिकारीका अनुसार चार जना नेपालीहरु कृषि… Continue reading दक्षिण कोरियामा अवैध रुपमा बसिरहेका १३ नेपाली पक्राउ

नेपालका लागि भारतीय राजदुतले राष्ट्रपति समक्ष बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौं , नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।राष्ट्रपति भवन शितल निवासमा बिहिबार आयोजित एक समारोहमा राजदूत श्रीवास्तवले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्। ओहोदाको प्रमाणपत्र पेश गरेलगत्तै राजदूत श्रीवास्तवले प्रधानमन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। भेटमा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना… Continue reading नेपालका लागि भारतीय राजदुतले राष्ट्रपति समक्ष बुझाए ओहदाको प्रमाणपत्र

नेप्लिज-अमेरिका कन्भेन्सन सकर प्रतियोगिता खेल्न नवयुग र भरत अमेरिका प्रस्थान

काठमाडौं । नेप्लिज अमेरिका कन्भेन्सन सकर प्रतियोगिता खेल्ने नेपालका फरवार्डद्वय नवयुग श्रेष्ठ र भरत खवास अमेरिका प्रस्थान गरेका छन्। दुई खेलाडी अहिले त्रिभुवन आर्मी फुटबल क्लबबाट व्यवसायिक फुटबल खेल्छन् । दुवै जनाले प्रतियोगिता खेल्नेछन्। उनीहरू एलए टिमबाट प्रतिस्पर्धा गर्नेछन् । भरत पछिल्लो समय राष्ट्रिय टिममा हटाएका छैनन् । उनी आर्मी फुटबल टिमका भने कप्तान हुन्।… Continue reading नेप्लिज-अमेरिका कन्भेन्सन सकर प्रतियोगिता खेल्न नवयुग र भरत अमेरिका प्रस्थान

वैदेशिक रोजगारीमा ठगिएकालाई दिलाइयो २ करोड ४ लाख क्षतिपुर्ती

तनहुँ । सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई दुई करोड चार लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ । आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका पीडितलाई सामीले उक्त क्षतिपूर्ति रकम दिलाउन सहजीकरण गरेको हो । वैदेशिक रोजगारमा गएका कामदार र उनीहरूका परिवारलाई कानुनी सहायताका लागि प्राप्त… Continue reading वैदेशिक रोजगारीमा ठगिएकालाई दिलाइयो २ करोड ४ लाख क्षतिपुर्ती

शरणार्थीलाई परिचयपत्र वितरणको तयारी

काठमाडौं । सरकारले नेपालमा रहेका र विगतमा विभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरुलाई परिचयपत्र दिने भएको छ । सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले यस्तो जानकारी गराए । छुटेकाहरुलाई उनीहरुको परिचयपत्र बनाउने सन्दर्भमा गृहकार्य भइराखेको छ । उनीहरुले पनि नेपालमा सहज जीवन जिउन सक्नुहोस् भन्ने नै हाम्रो सद्भाव रहेको छ’ गृहमन्त्री खाँणले भने ।नेपालमा… Continue reading शरणार्थीलाई परिचयपत्र वितरणको तयारी

अष्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त

काठमाडौं । अस्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतवार दुई देशका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले कैलाशराज पोखरेललाई अस्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छिन् । उनले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले… Continue reading अष्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त

अमेरिकी राष्ट्रपति बाइडेन र नेपाली राजदूत खत्रीबीच भेट

काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् । उनीहरुबीच जेठ ३० मा भेट भएको हो । राजदूत खत्रीले अमेरिका गएपछि कोभिड–१९ संक्रमणका कारण भर्चुअल रुपमै राजदूतको ओहदाको प्रमाणपत्र बुझाएका थिए । त्यसबेला व्यक्तिगत रुपमा भेटवार्ता भएको थिएन । राष्ट्रपति बाइडेनलले भर्चुअल रुपमै ओहदाको प्रमाणपत्र बुझाएका राजदूतहरूसँग व्यक्तिगत… Continue reading अमेरिकी राष्ट्रपति बाइडेन र नेपाली राजदूत खत्रीबीच भेट

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या कोभिड अगाडीकै अवस्थामा

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संखया कोभिड महामारी भन्दा अगाडी कै अवस्थामा पुगेको छ । चालु आर्थिक वर्ष २०७८\७९ को पहिलो महिनाबाटै श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको देखिएको छ । यस आवको ११ महिना (जेठ मसान्त)सम्म श्रम स्वीकृति लिनेको सङ्ख्या पाँच लाख ७१ हजार ७७९ पुगेको छ । यो गत आवको ११ महिनाको तुलनामा करिब… Continue reading वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या कोभिड अगाडीकै अवस्थामा

सिन्धुपाल्चोकको भिरमा खुल्यो अत्याधुनिक हेली रिसोर्ट, विदेश बस्ने नेपालीलाई बम्पर अफर

काठमाडौं । अरनिको राजमार्ग हुँदै पुगिने चर्चित तातोपानी कुण्ड र त्यही बाटो हुँदै पुगिने तिब्बतस्थित खासा बजार नेपाल र नेपालीको लागि नौलो गन्तब्य होईन । त्यही अरनिको राजमार्गको नपत्याउने, भिरमा अपत्यारिलो संरचना बनेको छ । जसमा निर्माण भएर हालै मात्र संचालनमा आएको छ, सुबिधा सम्पन्न “ भोटेकोशी हेली रिसोर्ट” । त्यहाँ पुग्नेहरु नेपालको पर्यटन क्षेत्रको… Continue reading सिन्धुपाल्चोकको भिरमा खुल्यो अत्याधुनिक हेली रिसोर्ट, विदेश बस्ने नेपालीलाई बम्पर अफर

नेवा: नख: न्युयोर्कको आयोजनामा सातौं सामुहिक ईही कार्यक्रम सम्पन्न

न्यूयोर्क नेवा: नख: न्यूयोर्कको आयोजनामा नेपाल सम्वत ११४२ तछलाथ्व: एकादशी (Saturday, 11 June 2022) का दिन, सातौं सामुहिक ईही न्यूयोर्क स्टेटमा सम्पन्न भएको छ । नेवा: गुभाजु (पुरोहित) श्री समन्त बज्राचार्यज्यूले नेवा: विधिपूर्वक ईही सम्पन्न गराउनु भयो । उहाँलाई गुरूमा पुष्पा बज्राचार्यज्यू र नेवा: नख:का अध्यक्ष श्री महेन्द्र बीर बज्राचार्यज्यूले जजमान (मुख्य कर्ता) भै सहयोग… Continue reading नेवा: नख: न्युयोर्कको आयोजनामा सातौं सामुहिक ईही कार्यक्रम सम्पन्न

चीनका लागि नेपाली राजदूत बने श्रेष्ठ

काठमाडौं । जनवादी गणतन्त्र चीनको आवासीय राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई चीनको राजदूत नियुक्त गरेकी राष्ट्रपतिको कार्यालयले उल्लेख गरेको छ । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा श्रेष्ठलाई चीनको राजदूत नियुक्त गरिएको हो।

रामायण सर्किटमा हिँडेको रेल बिहीबार जनकपुर आउँदै

काठमाडौं । नेपाल र भारतको संयुक्त पर्यटकीय अभियान रामायण सर्किटमा अब नियमित रेल चल्ने भएको छ । भारतीय रेल बिहीबार नेपालको धनुषाको जनकपुरधाम आउने भएको हो । ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको रेल भारतीय पर्यटक बोकेर मंगलबार साँझ भारतीय समय अनुसार साँझ साढे ५ बजे नयाँ दिल्लीको सफदरजंग रेल्वे स्टेशनबाट प्रस्थान गरेको छ ।… Continue reading रामायण सर्किटमा हिँडेको रेल बिहीबार जनकपुर आउँदै

लेवनानका प्रधानमन्त्री र सेनापति शर्माबीच भेटवार्ता

काठमाडौं । लेवनानको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले लेवनानका प्रधानमन्त्री नाजीव आदमी मिकातीसँग शिष्टाचार भेट गरेका छन् । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भेटमा लेवनानको शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकको भूमिका, नेपाल र लेवनानबीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रहिआएको पारस्परिक सम्बन्ध एवम् हितका विषयमा छलफल भएको छ। लेवनान भ्रमणमा रहनुभएका प्रधानसेनापति… Continue reading लेवनानका प्रधानमन्त्री र सेनापति शर्माबीच भेटवार्ता

अब कुटनीतिक पत्र परराष्ट्र मन्त्रालयबाट मात्र आदान-प्रदान

काठमाडौं । सरकारले अब विदेशी कूटनीतिक नियोगलाई गरिने सबै पत्राचार परराष्ट्र मन्त्रालयबाट मात्र गर्ने निर्णय औपचारिक रुपमा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले अब अरु निकायबाट पत्राचार गर्न नपाउने गरी निर्णय भएको छ । विदेशी कूटनीतिक नियोगलाई लेखिने पत्र परराष्ट्र मन्त्रालयबाट मात्र गरिने पनि बैठकले निर्णय गरेको हो । अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा… Continue reading अब कुटनीतिक पत्र परराष्ट्र मन्त्रालयबाट मात्र आदान-प्रदान

प्रवासी नेपालीलाई मताधिकार दिलाउनेबारे कांग्रेसले पहल गर्ने

काठमाडौं । नेपाली कांग्रेसले प्रवासी नेपालीलाई मताधिकार दिलाउने बारे पहल गर्ने भएको छ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउन लागेका हुन् । उनीहरुले मंगलबार बिहान आयोगका प्रमुख आयुक्त दिनेश प्रसाद थपलियालाई भेटेर ध्यानाकर्षण गराउन लागेका हुन् । सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई… Continue reading प्रवासी नेपालीलाई मताधिकार दिलाउनेबारे कांग्रेसले पहल गर्ने

दुबईका राजकुमार नेपाल भ्रमणमा

काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आएका छन् । उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न शनिबार नै झापा पुगेका छन् । उनको भ्रमणबारे विस्तृतमा भने सार्वजनिक गरिएको छैन ।

प्रधानसेनापति शर्मा लेवनान उडे, उतैबाट अमेरिका जाने

काठमाडौं । प्रधानसेनापति महारथी पर्भुराम शर्मा औपचारिक भ्रमणका लागि लेवनान उडेका छन् । सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा आज लेवनान प्रस्थान गरेका हुन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्नुका साथै यूएन मिसनको भावी योजनाका बारेमा जानकारी लिन शर्मा लेवनान गएका हुन् । प्रधानसेनापति शर्मा नेतृत्वको भ्रमणदललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा… Continue reading प्रधानसेनापति शर्मा लेवनान उडे, उतैबाट अमेरिका जाने

बोष्टनमा ‘प्रनेम’ अमेरिकाको राष्ट्रिय अधिवेशन हुँदै

सुपेन्द्र बस्नेत, बोष्टन अमेरिकामा रहेका प्रवासी नेपालीहरुको संगठन ‘प्रवासी नेपाली मञ्च, अमेरिका’ को राष्ट्रिय अधिवेशन अमेरिकाको म्यासाचुसेट्स् राज्यको बोस्टन सहरमा हुन गइरहेको छ। बोस्टनस्थित होटल म्यारियटमा यही जुन १७ देखि १९ सम्म सञ्चालन हुन गइरहेको तीन दिने राष्ट्रिय अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न आवश्यक तयारी पुरा भएको आयोजकले जनाएको छ। ‘सवल प्रवासी, समृद्ध नेपाल’ भन्ने… Continue reading बोष्टनमा ‘प्रनेम’ अमेरिकाको राष्ट्रिय अधिवेशन हुँदै

गैरआवासीय नेपालीका माग सम्बोधन हुने प्रधानमन्त्री देउवाको आश्वासन

तस्वीर : रोशन सापकोटा, रासस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी विषय शीघ्र सम्बोधन गर्ने आश्वासन दिएका छन् । सङ्घले बिहीबार राजधानीमा आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनारको उद्घाटन गर्दै उनले नागरिकताको विषय सबै सरोकारवालासँग छलफल गरेर टुङ्गो लगाइने बताए । उनले भने, “तपाईंहरुले गैरआवासीय नेपालीलाई नागरिकताको… Continue reading गैरआवासीय नेपालीका माग सम्बोधन हुने प्रधानमन्त्री देउवाको आश्वासन

एसपीपीबारे संसदीय समितिले प्रधानसेनापति शर्मासँग छलफल गर्ने

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपी सम्झौताबारे प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गर्ने भएको छ । नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि संसदीय समितिले शुक्रबार बिहानको बैठकमा प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको छ । समिति सचिवालयका अनुसार एसपीपीकै विषयमा प्रधान सेनापतिसहित सरकारी अधिकारीहरुसँग जवाफ माग्न थालिएको… Continue reading एसपीपीबारे संसदीय समितिले प्रधानसेनापति शर्मासँग छलफल गर्ने

१ अर्ब भन्दा बढी मूल्य पर्ने लागु औषधसहित काठमाडौंबाट ७ अफ्रिकन महिला पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले एक अर्ब दुई करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित सात अफ्रिकन महिलालाई पक्राउ गरेको छ । बिहीवार पत्रकार सम्मेलन गर्दै गएको जेठ २६ देखि ३१ गते एक हप्ताको अवधिमा ५१ किलो सेतो हेरोइनसहित सात जना अफ्रिकी महिलालाई पक्राउ गरेको जानकारी गराएको हो । लागुऔषध नियन्त्रण ब्युरो कार्यालय प्रमुख जीवनकुमार… Continue reading १ अर्ब भन्दा बढी मूल्य पर्ने लागु औषधसहित काठमाडौंबाट ७ अफ्रिकन महिला पक्राउ

दुबई पठाउछु भनी ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । दुबई पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबईको प्रतिष्ठित कम्पनीमा आर्म्स गार्डको काम लगाइदिन्छु भनी सात लाख रूपैयाँ ठगी गर्ने मुगु खत्याड गाउँपालिका घर भई काठमाडौंको मूलपानी बस्ने ३१ वर्षीय निराजन कार्कीलाई मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो। काठमाडौंको सिफलस्थित भिजन… Continue reading दुबई पठाउछु भनी ठगी गर्ने एक जना पक्राउ

परराष्ट्र मन्त्रीले भने : नेपाल कुनै सैन्य गठबन्धनमा जाँदैन

काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्काले नेपाल कुनै खाले सैन्य गठबन्धनमा सहभागी नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै उनले सैन्य गठबन्धनमा नेपाल जाने विषय हल्ला मात्रै भएको बताए। ‘यस्ता संसयपूर्ण कुरा कहिलेकाहीँ आउने गर्छन्। नेपाल कुनै खाले सैन्य गठबन्धनमा जाँदैन,’ उनले भने, ‘के का लागि सैन्य गठबन्धन गर्ने? यो… Continue reading परराष्ट्र मन्त्रीले भने : नेपाल कुनै सैन्य गठबन्धनमा जाँदैन

मासिक ४ लाख तलव पाउने गरी बेलायतमा १० हजार नर्स पठाउने सरकारको तयारी

काठमाडौं । सरकारले बेलायतमा मासिक करिब ४ लाख तलब पाउने गरी रोजगारीमा नेपाली नर्सहरु पठाउने भएको छ । सोमबार बजेटको मन्त्रालयतगत शीर्षकमाथि छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यस्तो जानकारी गराएका हुन् । उनले १० हजार जनशक्ति बेलायत पठाउने गरी सम्झौता गर्न लागेको जानकारी दिएका हुन् । मन्त्री… Continue reading मासिक ४ लाख तलव पाउने गरी बेलायतमा १० हजार नर्स पठाउने सरकारको तयारी

पैगम्बर मोहम्मद विवादबारे प्रदर्शनमा उत्रिएका विदेशी कामदारलाई कुवेतले देश निकाला गर्ने

काठमाडौं\एजेन्सी । भारतमा केही नेताहरुले पैगम्बर मोहम्मदबारे दिएको विवादास्पद बयानपछि विश्वभर भारतको आलोचना भइरहेको छ । मुस्लिम धर्मावलम्बी र यसलाई मान्ने मुलुकमा भारत विरोधी प्रदर्शन भएका छन् । यस्तै प्रदर्शनमा भाग लिएका कुवेतमा काम गरिरहेका विदेशी नागरिकलाई भने समस्या सिर्जना भएको छ । कुवेतले प्रदर्शनमा भाग लिनेहरुलाई नियन्त्रणमा लिई देश निकाला गर्ने निर्णया गरेको छ… Continue reading पैगम्बर मोहम्मद विवादबारे प्रदर्शनमा उत्रिएका विदेशी कामदारलाई कुवेतले देश निकाला गर्ने

रेमिट्यान्सले ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुग्यो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् । रेमिट्यान्स कम्पनी आईएमईको २२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वैदेशिक मुद्रा प्राप्तीमा रेमिट कम्पनीको भूमिका महत्वपूर्ण रहेको बताए ।‘रेमिट्यान्सले ग्रामिण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ । यसले गरिबी निवारण गर्ने सरकारको पहलकदमीमा पनि… Continue reading रेमिट्यान्सले ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुग्यो : अर्थमन्त्री

साउदीस्थित नेपाली दुतावासले भन्यो : सामान्य जानकारी लिएर मात्र साउदी आउनु

काठमाडौं । साउदी अरबमा रहेको नेपाली दूतावासले साउदी आउनुपूर्व त्यहाँको सामान्य नीति नियम, भाषा, धर्मसंस्कृति र हावापानीबारेमा बुझेर आउन नेपाली श्रमिकलाई आग्रह गरेको छ । साउदीको बारेमा सामान्य जानकारीबिना आउँदा ठूलो सङ्ख्याका नेपाली श्रमिक समस्या परेको भन्दै दूतावासले सूचनामार्फत यस्तो आग्रह गरेको हो । दूतावासका अनुसार साउदी आएका श्रमिकले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र… Continue reading साउदीस्थित नेपाली दुतावासले भन्यो : सामान्य जानकारी लिएर मात्र साउदी आउनु

म्यानपावर कम्पनीमा छापा मार्दा झ्यालबाट पैसा फालाफाल

काठमाडौं । वैदेशिक रोजगार विभागले बुधबार श्रमिकसँग तोकिएको भन्दा बढी शुल्क असुल्दा असुल्दै एक म्यानपावर कम्पनीमा छापा मारेको छ । त्यसक्रममा म्यानपावरका कर्मचारीले पैसा झ्यालबाट बाहिर फालेर बच्ने कोसिस गरेका थिए । बत्तीसपुतलीस्थित गल्फ एसिया म्यानपावर कम्पनीमा छापा मारेर विभागले कम्पनीका सञ्चालक राजेश यादवलाई बिहीबार विभागमा हाजिर हुन निर्देशन दिएको छ । मलेसियाको इस्टोन कम्पनीबाट… Continue reading म्यानपावर कम्पनीमा छापा मार्दा झ्यालबाट पैसा फालाफाल

भारतीय नागरिकलाई आफ्नो विवरण टिपाउन दूतावासको अनुरोध

काठमाडौं । नेपालमा रहेका भारतीय नागरिकलाई आफ्नो विवरण टिपाउन काठमाडौंस्थित भारतीय दूतावासले अनुरोध गरेको छ । दूतावासले एक सूचना निकाल्दै कुनै पनि कूटनीतिक सुविधा पाउन भारतीय नागरिकले दर्ता गराउनु अनिवार्य भएको बताएको छ । यसका लागि दूतावासको वेबसाइटमा गएर अनलाइन अपोइन्टमेन्ट बुक गर्न सकिने सूचनामा जनाइएको छ । दर्ताका लागि भारतीय नागरिक भएको प्रमाण (पासपोर्ट… Continue reading भारतीय नागरिकलाई आफ्नो विवरण टिपाउन दूतावासको अनुरोध

अमेरिकामा नेपाल उत्सव – २०७९ मनाउने तयारी

सुपेन्द्र बस्नेत, बोष्टन तन अमेरिकामा भएपनि मन भित्र भने ‘मेरो देश, मेरो गौरव’ भन्ने आत्मीय भावना सुरक्षित राखेका गैर आवासीय नेपालीहरुले, नेपालीपन झल्काउदै नेपाल उत्सव मनाउने भव्य तयारी थालेका छन्। ‘नेपालको साँस्कृतिक विविधतामा एकता’ भन्ने मुल नाराका साथ यही आउदो जुन २५ तारिख शनिबारका दिन अमेरिकाको म्याचेच्युसेट्स राज्यको समरभिल सिटीमा’ नेपाल उत्सव-७९’ (Nepal festival-2022) मनाउन… Continue reading अमेरिकामा नेपाल उत्सव – २०७९ मनाउने तयारी