काठमाडौं । चीनले १८ वैशाखदेखि नेपालसँगका थप दुई व्यापारिक तातोपानी र हिल्सा नाका पनि खुला गर्ने भएको छ । १५ चैत (२९ मार्च) मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा यस्तो निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । शनिबारदेखि रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ ।
तिब्बतसँग जोडिएका नेपाली नाका क्रमैसँग खोल्दै जाने सहमति अनुसार दुवै नाका १८ वैशाखदेखि खुलाउने निर्णय भएको हो । नेपाल चीन दोस्रो ठूलो व्यापारिक नाका तातोपानी सोही दिनबाट व्यापारका लागि दुईतर्फी रुपमा खुला हुने भएको छ । भन्सार कार्यालयका अनुसार चीनले १८ वैशख (१ मे) बाट नाकाको व्यापार दोहोरो सञ्चालन गर्नेगरी तयारी गर्न सूचना पठाएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन भर्न स्थानीय तहहरुले सघाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गरेको हो ।
श्रम मन्त्रालय समेत हेरिरहेका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले यस्तो निर्णय गरेका हुन् । यसअनुसार श्रम स्वीकृतका लागि अनलाइन आवेदन भर्न केन्द्रले सहजीकरण गर्नेछन् । अहिले सबै प्रकारका श्रम स्वीकृतिका लागि श्रमिकले घरबाटै आवेदन दिन सक्छन् । सरकारले १ वैशाखसम्म सेवा केन्द्रहरुको क्षमता अभिवृद्धि गर्ने योजना बनाएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जाने तयारी रहेका र विदेशमा स्वरोजगारमा रहेका श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुनेको सङ्ख्यामा उच्च वृद्धि भएको छ । सामाजिक सुरक्षा कोषले औपचारिक रूपमा सुरु गरेको एक सातामै १५ हजार ६८५ जना श्रमिक आबद्ध भएको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा कोषले गत बुधबार मात्रै औपचारिक कार्यक्रममार्फत वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका, विदेशमा रोजगार र स्वरोजगार रहेका श्रमिकलाई कोषको योजनामा जोड्न थालेको थियो ।
श्रम मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष एकनारायण अर्यालले यो योजनामा आबद्ध हुने युवाको उत्साह र आकर्षण अत्यधिक रहेको बताए । उनले वैदेशिक रोजगारीमा जाने श्रमिक कोषमा आबद्ध हुन देखाएको उत्साहले स्वदेशमै अनौपचारिक क्षेत्रमा काम गर्ने र विभिन्न क्षेत्रमा स्वरोजगार रहेका व्यक्तिमा उत्साह थपिएको बताए ।
कोषमा आबद्ध हुनेमा अधिकांश वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका बढी छन् । कोषका सहप्रवक्ता रोहित रेग्मीले श्रम स्वीकृति लिने क्रममा नै सामाजिक सुरक्षा कोषमा जोडिन अनिवार्य गरेका कारण पनि यसप्रति आकर्षण बढेको बताए । श्रम स्वीकृति लिनुपूर्व नै कोषमा अनिवार्य आबद्ध हुनुपर्ने बाध्यात्मक व्यवस्थाले विदेश जाने सोच बनाएका सबै कोषमा आबद्ध भएको र यसलाई निरन्तरतामा भने उनले धेरै चुनौती रहेको बताए ।
कार्यविधि कार्यान्वयनमा आएपछि वैदेशिक रोजगारीमा जाने श्रमिकले सरकारबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिँदा नै कोषमा सूचीकृत हुनपर्ने व्यवस्था छ । श्रम स्वीकृति लिँदा सामाजिक सुरक्षा नम्बर पनि आवश्यक पर्ने गरी मन्त्रालय र विभागसँग समन्वय गर्ने कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए ।
कोषमा आबद्ध भएपछि वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेकाले नेपाल सरकारले औद्योगिक क्षेत्रका श्रमिकका लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको कम्तीमा २१ दशमलव ३३ प्रतिशत अर्थात् न्यूनतम दुई हजार दुई रुपियाँ र बढीमा यसको तीन गुणा बढीसम्म रकम जम्मा गर्न सक्नेछन् ।
जम्मा गरेको रकममध्ये ७ दशमलव ४८ प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा र वृद्ध अवस्था सुरक्षा योजनामा १३ दशमलव ८५ प्रतिशत जाने कोषले जनाएको छ । कोषमा योगदान गर्नुपर्ने छ महिनाभन्दा बढी अवधिको रकम अग्रिम रूपमा जम्मा गर्नेलाई १० प्रतिशतसम्म छुट दिने कोषले जनाएको छ । यस्तै विदेशमा आफूले कमाएको रकममा आफ्नो खर्च कटाई ७० प्रतिशतसम्म बैङ्किङ माध्यमबाट पठाएको प्रमाण पेस गरेमा भने वृद्ध अवस्था सुरक्षा योजनाबाहेकका योजनामा जम्मा गर्नुपर्ने रकममा २० प्रतिशतसम्म छुट पाइनेछ ।
कोषमा आबद्ध भएर रकम योगदान गर्न थालेपछि वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेका नेपाली नागरिकले तीन किसिमका सेवा प्राप्त गर्नेछन् । कोषका अनुसार दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी तीन किसिमको सामाजिक सुरक्षा योजना सञ्चालन हुनेछन् ।
वैदेशिक रोजगारीमा रहेका श्रमिक वा विदेशमा स्वरोजगारमा रहेकाहरूले कोषमा आबद्ध भएपछि दुर्घटना भएमा दुर्घटनाबापतको सुविधा र दुर्घटनाबाट अशक्तता भएमा अशक्तताबापतको सुविधा यस योजनाअन्तर्गत पाउनेछन् । दुर्घटनामा परेर अस्पताल भर्ना भई उपचार गराउँदाको अवस्थामा एक लाख रुपियाँसम्मको उपचार खर्च योगदानकर्तालाई कोषले दिनेछ ।
अस्थायी पूर्ण असक्षमता भएर काममा फर्कन सक्ने अवस्था नभएसम्म न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक रूपमा पाइन्छ भने दुर्घटनामा परेर कामै गर्न नसक्ने गरी असक्षम भएमा न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक असक्षमताको प्रतिशतको आधारमा जीवनभर पाइन्छ भने पूर्ण रूपमा असक्षम भएमा न्यूनतम पारिश्रमिकको ६० प्रतिशत रकम बराबरले हुन आउने रकम योगदानकर्ताले जीवनभर पेन्सनका रूपमा प्राप्त गर्नेछन् ।
काठमाडौं । सरकारले बुधवारबाट निःशुुल्क टेलिमेडिसिन सेवा सुरुवात गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यले निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेसँगै सेवा सुरु गर्न लागिएको हो । बोर्डका अनुसार यसबाट वैदेशिक रोजगारीमा रहेका सबैले सेवा लिन सक्नेछन् ।
विदेशमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या समाधान गर्न सहयोग पु¥याउनका लागि पहिलो पटक यस्तो सेवा सुरु गर्न लागिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार यसमार्फत श्रमिकको आवश्यकताअनुसार स्वास्थ्यसम्बन्धी सल्लाह, सुझाव र परामर्श उपलब्ध गराइनेछ ।
बोर्डका प्रवक्ता राजन पौडेलले सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह हुने जानकारी दिए । विदेशमा रहेका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा लिनुपरेमा ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरमा भाइबर, ह्वाट्स एप वा इमोलगायतका माध्यममार्फत सम्पर्क गरेर सेवा लिन सकिने व्यवस्था रहेको बोर्डले जनाएको छ ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्यालाई टेलिमेडिसिनका मेडिकल अधिकृतले सुनेर बिरामी श्रमिकलाई विशेषज्ञ सेवा आवश्यक परेमा हरेक आइतबार र शुक्रबार उपलब्ध गराउने व्यवस्था गरिएको छ । आइतबार र शुक्रबार विदेशी मुलुकमा सार्वजनिक बिदा पर्ने हुँदा ती दिनमा श्रमिकसँग समय हुने भएकाले सेवा उपलब्ध गराउन लागिएको हो ।
बोर्डका अनुसार सेवा लिने श्रमिकका लागि चिकित्सकको ‘प्रेस्क्रिप्सन’ अनलाइनमार्फत उपलब्ध गराउने र यसको सम्पूर्ण खर्च बोर्डले बेहोर्नेछ । सामान्य स्वास्थ्य समस्याबारेमा उपचार गराउने व्यवस्था नहुँदा वैदेशिक रोजगारमा गएका कैयौँ श्रमिकको मृत्यु हुने गरेको छ ।
काठमाडौं । सोमबार दुई ठूला यातायात युनियनहरूले राष्ट्रव्यापी हड्तालको आह्वान गरेपछि जर्मनीमा अधिकांश रेल, बस र विमान सेवा रद्द गरिएको छ । फोहोरमैला व्यवस्थापन कर्मचारीहरू गत दुई सातादेखि हड्तालमा उत्रिएकाले मुन्स्टर, हेमबर्ग, बर्लिनलगायतका सहरमा फोहोरको डंगुर थुप्रिएको छ ।
‘सहरभरि फोहोर थुप्रिएको छ । मानिसहरू बसपार्क, रेल स्टेसनमा घुइँचो लागेर बसेका छन्, बिजोग छ,’ जर्मनीको मुन्स्टरका नेपाली रेस्टुरेन्ट व्यवसायी सूर्य तिवारीले भने । मध्यरातमा राष्ट्रव्यापी २४ घण्टाको हड्ताल सुरु भएपछि सोमबार जर्मनीमा लगभग सबै विमान, रेल र बसहरू ठप्प भएका छन् । बीईआर बर्लिन ब्रान्डनबर्ग एयरपोर्टबाहेक सबै प्रमुख जर्मन अन्तर्राष्ट्रिय विमानस्थल हड्तालबाट प्रभावित भएका छन् । राष्ट्रव्यापी रूपमा, करिब चार लाख यात्रुहरूले ढिलाइ वा उडान रद्दको सामना गर्नुपरेको छ ।
जर्मनीको सबैभन्दा ठूलो विमानस्थल फ्र्यांकफर्टमा सबै आगमन र प्रस्थान गर्ने उडानहरू सोमबार भर रद्द गरिएको छ । केही लामो दूरीको उडानहरूको मामलामा पूरा दिन ढिलाइ भएको फ्र्यांकफर्ट विमानस्थलले उल्लेख गरेको छ । हडतालका कारण धेरै प्रमुख बन्दरगाह र नाकाहरूमा व्यावसायिक र सामान ढुवानीको कामसमेत रोकिएको जर्मनीको डीडब्ल्यू न्युजले उल्लेख गरेको छ । हड्तालको तयारीले गर्दा शुक्रबारदेखि नै अवरोधहरू निम्त्याएको थियो ।
दुई ठूला मजदुर युनियनहरुले देशलाई नै ठप्प पार्ने गरी आह्वान गरेको यो हड्ताल जर्मनीले गत तीन दशकमा बेहोरेको सबैभन्दा ठूलो हड्ताल हो । धेरै रेल मजदुरहरूको प्रतिनिधित्व गर्ने भर्डी सेवा श्रमिक युनियन र ईभीजी युनियनले यो हड्तालको आह्वान गरेका हुन् ।
जर्मनीमा पछिल्ला हप्तामा श्रमिक युनियनहरुले सरकारसित सेवा सुविधा र तलब बढाउन माग गरेका थिए । मुद्रास्फीति बढेको र बजारभाउ पनि बढेकाले त्यसअनुरूपको सेवा, सुविधा र श्रमको मूल्य पाउनुपर्ने माग मजदुर युनियनहरूको छ । तर युनियनहरुले राखेको मागमा सुनुवाइ नभएकाले हड्ताल गर्नुपरेको भनाइ मजदुर युनियनहरूको छ ।
उनीहरुले रोजगारदाताहरूसँग पटक पटक वार्ता गरे पनि असफल वार्ताको शृंखलापछि सामूहिक हड्ताल गर्न बाध्य भएको जनाएका छन् । ‘हाम्रो सुनुवाइ भएन । त्यसैले हडताल गर्नुपर्ने भयो । हडतालमा व्यापक सहभागिता छ, भर्डी प्रमुख फ्रान्क वेर्नेकेले पत्रकार सम्मेलनमा भनेका छन् ।
हड्ताल आधिकारिक रूपमा सोमबार मध्यरातमा सुरु भएको हो र सोमबार साँझसम्म चल्ने छ। तर कतिपय विमानस्थलले आइतबार आइपुग्ने वा प्रस्थान गर्ने निर्धारित उडान रद्द गरेका छन् । जर्मनीको हडतालका कारण युरोपभरिका पेरिस, आम्स्टरडम, लियों, जेनेभा, जुरिक, बार्सिलोना, स्टकहोम, रोम, मेड्रिड, हेलसिन्की लगायत ३० भन्दा बढी सहरका उडान रद्द भएको जनाइएको छ ।
जर्मनीका दुई ठूला एयरपोर्टहरू म्युनिख र फ्रान्कफर्टका साथै ब्रेमेन, ह्याम्बर्ग र स्टटगार्ट एयरपोर्टहरूमा उडानहरू स्थगित गरिएको छ। रेल अपरेटर डोइच बाहनले आफ्नो लामो दूरीको रेल सेवाहरू रद्द गरेको छ । जर्मन रेल अपरेटर डूइच बाहनले सोमबार कुनै लामो दूरीका रेलहरू नचल्ने, धेरै रेलहरू मंगलबार पनि रद्द गरिएको अग्रिम जानकारि गराएको थियो । सोमबारको यात्रामा रहेका यात्रुहरुलाई उनीहरुले सम्भव भए अर्को दिनको यात्रा स्थगित गर्न आग्रह गरेको थियो ।
डोइच बाहनले एक विज्ञप्तिमा भनेको छ ‘सोमबारको हडतालले सबै जर्मन रेल सञ्चालनहरूलाई असर गर्नेछ, किनकि डोइच बाहन र अन्य रेल कम्पनीहरूका सबै क्षेत्रका कर्मचारीहरूलाई हडतालमा निस्कन आह्वान गरिएको छ । त्यसैले डोइच बाहनको लामो दूरीको यातायात पूर्ण रूपमा बन्द गरिएको छ।’
सोमबारको हड्ताल राष्ट्रव्यापी छ । हड्ताल आह्वान गर्ने युनियनहरूले यातायात मजदुरमा बहुमतको प्रतिनिधित्व गर्दछन् । भर्डीले २५ लाखभन्दा बढी सार्वजनिक क्षेत्रका कर्मचारीहरूको प्रतिनिधित्व गर्दछ भने ईभीजीले रेलवे र बस कम्पनीका करिब २ लाख ३० हजार कामदारहरूको प्रतिनिधित्व गर्दछ। कान्तिपुरबाट साभार
काठमाडौं । नेपाल पर्यटन बोर्डले बन्द गरेको ‘सोलो ट्रेकिङ’ अनुमतिको निर्णय सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा भने लागु नहुने भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पदयात्रीहरुका लागि एक सूचना जारी गर्दै यस भेगमा ट्रेकिङ गाइड अनिवार्य नरहेको बताएको छ । बोर्डले भने देशैभर लागु हुने गरी फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)लाई अनुमति नदिने निर्णय गरेको थियो । यो निर्णय अप्रिलदेखि सबै पदयात्रा गन्तब्यमा अनिवार्य लागु हुने बोर्डको भनाई छ ।
तर, खुम्बु पासाङ ल्हामु गाउँपालिकले भने यसलाई अनिवार्य नरहेको बताएको छ । गाउँपालिकाले अनिवार्य नरहेको र उचाइमा हुने पदयात्रामा आफ्नो सुरक्षाका लागि गाइड साथमा लैजान भने आह्वान गरेको छ । बोर्डले समेत पर्यटकको सुरक्षा, खोजी र उद्दारमा सहज हुने भन्दै एकल रुपमा पदयात्रामा जान रोक लगाउने निर्णय गरेको हो ।
काठमाडौं । नेपालमा अक्सर बसोबास गर्ने व्यक्तिमध्ये १ लाख ३७ हजार ४०७ जना विदेशी नागरिक रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जनगणनाको नतिजा अनुसार नेपालमा अक्सर बसोबास गर्ने कुल नागरिकमध्ये ९९.५३ प्रतिशतले आफूलाई नेपाली नागरिकका रुपमा चिनाएका छन् । बाँकी व्यक्तिले भने आफूलाई विदेशी नागरिकका रुपमा चिनाएका छन् । तथ्यांक अनुसार यसरी विदेशी नागरिकका रुपमा आफूलाई चिनाउनेमा भारतीय नागरिकको संख्या सबैभन्दा धेरै रहेको छ ।
नेपालमा अक्सर बसोबास गर्ने भारतीयको संख्या १ लाख ३२ हजार ७८१ जना रहेको छ । चिनियाँ नागरिकको संख्या १ हजार ८८२ जना रहेको छ । भारतबाहेक सार्क मुलुकका नागरिक ५८० जना अक्सर नेपालमा बस्ने गरी विवरण टिपाएका छन् । भारत, सार्क र चिनियाँबाहेक अन्य मुलुकका नागरिकको संख्या १ हजार ९७५ जना रहेको समेत तथ्यांकमा उल्लेख छ । आफूलाई कुनै पनि मुलुकको भनी नचिनाएका व्यक्तिको संख्या १८९ जना रहेको छ ।
कार्यालयका अनुसार जुन व्यक्तिले आफुलाई जुन देशको नागरिक भनी टिपायो, यो विवरण सोही अनुसार आएको हो । कार्यालयले अक्सर बसोबास गर्ने अवधि कम्तीमा ६ महिनालाई मानेर विवरण संकलन गरेको थियो ।
तथ्यांक अनुसार नगरपालिका क्षेत्रमा १ लाख ९ हजार ९०४ जना भारतीय बसोबास गर्छन् । गाउँपालिकामा भने २२ हजार ८७७ जना रहेका छन् । नगरपालिकका क्षेत्रमा चिनियाँ नागरिकको संख्या १३ सय ३६ जना रहेको छ । गाउँपालिकामा ५४६ जना छन् । भारतबाहेक सार्क मुलुकका अन्य देशका नागरिक नगरपालिकामा ५५० र गाउँपालिकामा ३० जना बसोबास गरेको तथ्यांक छ । तेस्रो मुलुकका नागरिक भने नगरपालिका क्षेत्रमा १८ सय १६ र गाउँपालिकामा १५९ जना बसोबास गर्ने गरेको पाइएको छ ।
भौगौलिक क्षेत्र अनुसार हिमालमा २१ सय १९ जना भारतीय बसोबास गर्छन् । पहाडमा ५४ हजार ८३९ र तराईमा ७५ हजार ८२३ जना भारतीय नागरिक बसोबास गर्ने गरेको पाइएको छ । भारतीय नागरिक सबैभन्दा धेरै बागमती प्रदेशमा ४८ हजार ३६१ जना बसोबास गरेका छन् । सबैभन्दा कम कर्णालीमा ६९१ जना रहेका छन् ।
जन्म, जीवन र मृत्युवरण प्रकृतिको नियम हो। जब जो कोही प्राणी वा बनस्पतिले जन्म लिन्छ, तब उसले जीवन हुदै मृत्युको बिन्दुसम्म पुगेर जीवनको चक्र पुरा गरेकै हुन्छ। जो शाश्वत सत्य हो। प्राणी जगतमा मानवलाई सबैभन्दा विवेकशील तथा चेतनशील गुण भएको प्राणी मानिन्छ। जसले जीउने क्रममा प्राप्त गरेको सैध्दान्तिक र व्यवहारिक ज्ञान, शिक्षा, दिक्षा र सीपको उच्चतम उपयोग गरेर आफ्नो र अरुको पनि जीवन आनन्दमय बनाउन सक्दछ भन्ने मान्यता विभिन्न कालखण्डका विद्वान तथा दार्शनिकहरुले स्थापित गरिदएका छन्। तर, यो कुरा आमा मानिसका लागि भने अव्यवहारिक मान्यता र सैदान्तिक दर्शन मात्र भएको छ। विभिन्न दार्शनिकहरुका अनुसार जीवन बुझ्न त्यति सजिलो पक्कै छैन। जो कोहीले बुझ्न पनि सक्दैन। समयमा नै बुझ्न सक्यो र सही पाथ पहिल्याउन सक्यो भने आनन्द प्राप्ति सहज छ। जबसम्म जीवन बुझिदैन, तबसम्म आनन्दको बाटो पहिल्याउन नै सकिदैन। अनि आनन्दमय जीवनको खोजी गर्दा गर्दै जीवनचक्र सामाप्त हुन पुग्दछ। विद्वानहरुका अनुसार जीवनका सुख र दु:ख दुइ पाटाहरु हुन्छन्। जसको स्वरुप भौतिक अर्थात शारीरिक र अभौतिक अर्थात मानसिक हुन्छ। अधिकांश मानिसले आनन्दमय जीवन जिउनका खातिर भौतिक पाटोमा आफूलाई बढी केन्द्रीकृत गरिरहेका हुन्छन्। र, मानसिक पाटो ओझेलमा परिरहेको हुन्छ। जसका कारण उसको जीवन दु:खको भुमरीमा रुमल्लिरहन्छ। यसो हुनुमा विभिन्न आन्तरिक र वाह्य कारक तत्वहरुको प्रभाव हुन सक्छ।
भगवान गौतम बुद्धले जीवनलाई दर्शाउन चार आर्य सत्य बताएका छन्। उनका अनुसार संसार दुःखमय छ, दु:ख हुनुको कारणहरु छन्, दु:खबाट पार पाउने उपायहरु पनि छन् र दु:खबाट पार पाउने मार्गहरु पनि छन्। उनका अनुसार दु:खबाट पार पाउन मानिसले जीवनमा आठ पद्धतिहरु सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाक, सम्यक कर्मांत, सम्यक आजीव, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधिलाई अवलम्बन गर्नु पर्दछ। बौध्द दर्शनका अनुसार जीवन दु:खदपूर्ण छ। जीवन भनेको दु:ख हो भन्ने कुरा बुझ्न जरुरी छ। त्यही सत्य ज्ञान नभएका कारण मानिस भौतिक सुख प्राप्तिका लागि अनेक खाले प्रपञ्च, संघर्ष, जोखिम, लोभ, लालच, अपराध आदि इत्यादिको भुमरीमा रुमलिन पुग्छ। र, अन्तत्वगत्वा: उसको दुखान्त अन्त्य हुन्छ। त्यसैले, मानिसले समग्र दु:खमय जीवनबाट मुक्ति पाउन बाह्य भौतिक दु:ख मात्र नभएर आन्तरक मानसिक दु:खबाट पनि मुक्ति पाउनु अपरिहार्य छ।
जीवन दर्शनका सन्दर्भमा दार्शनिक रजनिस ओशोले भनेका छन्, ‘जन्म त पाइन्छ। तर, जीवनलाई भने खोज्नु पर्दछ। जीवनलाई खोजी गर्नु एउटा कला हो। यसको अर्थ जिउनु अर्थात भोग्नुमा हुन्छ। यसको कुनै परिभाषा हुदैन। भोगाइको के परिभाषा हुनु। यो यसै हुन्छ। त्यसै हुन्छ। जे छ, हुन्छ र हुनेछ। त्यो नै सार्थकता हो।’
रजनिसले जीवनलाई सार्थक बनाउन जिउने सही कलालाई सक्दो उपयोग गर्नु पर्ने जिकीर गरेका छन्। जिउने कलाले जीवनलाई कसी नलगाए, जीवन व्यर्थ हुन्छ भन्ने उनको तर्क छ। यस्तै, जीवनका सन्दर्भमा वैज्ञानिक स्टीफन हकिङको बुझाइ अनुसार जन्म र मृत्युबिचको समय नै जीवन हो। त्यो जीवन पनि कति सार्थक रह्यो भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ। उनले भनेका छन्, ‘ मृत्यु त निश्चित छ। तर, जन्म र मृत्युबिच कसरी जिउने त्यो हामीमा निर्भर हुन्छ।’उनका अनुसार समर्पणको जीवन नै सार्थक जीवन हो।
जीवनलाई विभिन्न धार्मिक ग्रन्थहरुले पनि आआफ्नै तरिकाले व्याख्या गरेको पाइन्छ। यद्यपि, सबैको सार भने एउटै छ। हिन्दू धर्मग्रन्थ श्रीमद भगवत गीताले जीवनलाई सरल र स्पष्ट ढंगबाट परिभाषित गरेको छ। गीताको सारमा भनिएको छ कि, ‘परिवर्तन संसारको नियम हो। जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो। एक क्षणमै तिमी करोडपति बन्दछौ, दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ। मेरो, तिम्रो, सानो, ठूलो, आफ्नो, अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ। तिमी आफू आफै भगवानमा अर्पित हौ। यही नै सबभन्दा ठूलो सहारा हो। जसले ईश्वरको सहारालाई जान्दछ, त्यो डर, चिन्ता, शोकबाट सधैंका लागि मुक्त हुन्छ। मान्छे जन्मिन्छ केही समय यही रहन्छ र मर्छ। त्यसैले तिमी आसक्ति रहित भएर काम गर जसले गर्दा तिमी बन्धन बाट मुक्त हुनेछौ। तिमीले जे गर्दछौ, त्यो भगवानलाई अर्पण गर्दै जाऊ। यसो गर्नाले तिमीले सधैंभरि जीवन मुक्त भएको आनन्द अनुभव गर्नेछौ।’
यि र यस्ता धेरै जीवनका बारेमा गरिएका चर्चित व्याख्या र परिभाषाहरुको सार भनेको सार्थक जीवन जिउनका लागि भौतिक सुख प्राप्तिमा नभइ, मानसिक सुख प्रातिमा केन्द्रीकृत हुनु अपरिहार्य छ। जो त्याग र समर्पणमा आधारित छ। जसले जति भौतिक सुखका कारक तत्वहरुप्रतिको आसक्ति घटाउदै ध्यानको माध्यमबाट मानसिक सुखका तत्वज्ञान प्राप्त गर्दै जान्छ, उसले उति नै सुखानुभूति र आनन्दानुभूति प्राप्त गर्दछ। जो सार्थक जीवनको सूचक हो।
तर, यि माथिका भनाइहरु विविध कारणले गर्दा हिजोआज केबल भन्ने-भनाउने, पढ्ने-पढाउने, लेख्ने-लेखाउने कुरा जस्तो मात्र भइरहेको छ। यो सत्य तथ्य थाहा हुँदा हुदै पनि मानिस यो सत्मार्गबाट दिन प्रतिदिन बिचल्लित हुदैछ र जीवन झन झन दु:ख पिडाको जटिलतातिर धकेलिदैछ। शिक्षा, ज्ञान, ध्यान, धन, सम्पत्ति, शक्ति, सामाजिक हैसियत, पद प्रतिष्ठा, जीवन शैली आदि इत्यादिका कारण बाहिरबाट हेर्दा र सुन्दा ‘वा…वा…’ जस्तो लाग्ने व्यक्तिहरुको जीवनको भित्रि पाटो निकै कहाली लाग्दो र दर्दनाक बन्दै गइरहेको छ। यसको प्रतिनिधि पात्रहरुको पङ्तिमा स्वर्गीय कृष्ण लामिछाने दाइ पनि उभिनु भएको छ। उहाँको जीवन र मृत्यु वरणको घटनाले दुनियाँलाई आश्चर्यचकित मात्र पारेको छैन कि, जिब्रो काट्दै जीवनका बारेमा घोत्लिएर चिन्तन मनन गर्न बाध्य पारिदिएको छ। त्यति मात्र नभएर यस घटनाले दुनियालाई स्तब्ध पार्दै वर्तमान समाजको भित्री पाटोको यथार्थ अवस्थालाई पनि उजागर गरिदिएको छ। भौतिक पिडा भन्दा मानसिक पिडा कयौं गुणा पिडादायी र निर्मम हुन्छ भन्ने कुरा यस घटनाबाट बुझ्न कठिन छैन। स्वर्गीय कृष्ण दाइले यस लोक त्याग गरेर परलोक प्रस्थान गर्नुको जे सुकै कारण भएतापनि, बुझ्न चाहने र चिन्तन मनन गर्न चाहनेहरुका लागि मर्मस्पर्शी सन्देशसहितको अमूल्य पाठ छाडेर जानु भएको छ।
यस कलियुगका सांसारिक मोहमा अल्झिएका र भौतिक सुखमा बल्झिएका मानिसहरु बिषम परिस्थितिबाट जिन्दगी गुजारिरहनु परेको भएतापनि, कसै न कसैको आशा वा आड भरोसा वा माया ममताका कारण मृत्युको बाटो रोच्दैन/रोज्न सक्दैन। यदि कथन कदाचित विविध कारणले मृत्युको बाटो रोजेर मुखैमा पुगिसकेको छ भने पनि, आशा वा आड भरोसा वा माया ममता दिलाउनेलाई स्मरण गरेर फर्कन बाध्य हुन्छ। भलै चुनौती र दु:ख कष्टको भूमरीमा फेरी ऊ रुमलिन किन नपरोस्। त्यो आशा वा आड भरोस वा माया ममता दिने, जीवन साथी वा सन्तान वा माता पिता वा गुरु वा परिवारका अन्य सदस्यहरु वा साथी संगी वा समाज वा देश वा जनता वा जिवात्मा वा आदि इत्यादि जो कोही हुन सक्छ। जब उसले कसैको(कुनै एक) पनि आशा वा आड भरोसा वा माया ममता पाउन नसकेको र नसक्ने निर्क्योल गर्दछ, तब बाच्ने आधारै नभेटेर मृत्युको बाटो रोज्न पुग्दछ। सायद यस्तै अवस्थाबाट स्वर्गीय कृष्ण लामिछाने दाइले पनि गुज्रिनु पर्यो कि भन्ने लागिरहेको छ। विडम्बना ! उहाँको मृत्यु पश्चात् शोकमा डुबेका यति ठूलो जमात मध्ये कुनै एक व्यक्ति पनि उहाँलाई मृत्यु वरण गर्ने अन्तिम निर्णयबाट रोकेर फर्काउन सक्ने आशा वा आड भरोसा वा माया ममता भएको व्यक्तित्व रहेनछ। नत्र उहाँ मृत्युको मुखमा पुगेकै भएपनि सम्झिएर अवश्य फर्किनु हुन्थ्यो।
जीवन छदा मानिसको व्यक्तित्वले पारेको प्रभाव र मृत्यु पश्चात् उसको अभावले पार्ने प्रभावको मात्राका आधारमा उसलाई स्मरण गर्ने गरिन्छ। स्वर्गवासी लामिछाने दाइसंगको मेरो चिनजान धेरै पुरानो त छैन। तर, जे छ त्यो अमुल्य, चीर स्मरणीय र कदरयोग्य छ। दुइ वर्ष अगाडि एनआरएनए(NRNA)को निर्वाचनको दौरानमा उहाँ अध्यक्षको प्रत्याशी हुनुहुन्थ्यो। यसै दौरानमा हामीबीच आत्मीय सम्बन्ध स्थापित भएको थियो। समाचार लेख्ने, अन्तर्वार्ता लिने र प्रेसविज्ञप्ति सार्वजनिक गर्ने क्रममा र निर्वाचन पश्चात भएका अमूल्य भलाकुसारीहरु आज झल्झली यादिदै छु। हालसालै पनि समाचार लेख्नका लागि सम्पर्क गर्ने योजनामा थिएँ। तर, दुर्भाग्य मेरो ! सदाका लागि मेरो चाहना अधुरै रह्यो। उहाँ एक मृदुभाषी, भद्र, स्पष्ट वक्ता, सक्रिय सामाजिक अभियान्ता, सहयोगी, सकारात्मक सोचका धनी, परोपकारी जस्ता छवि भएको व्यक्तित्व रहेको भन्ने ममा छाप पर्न गएको छ। यतिबेला, अप्रत्याशित रुपमा उहाँको मृत्युको खबरले सारालाई स्तब्ध पारिरहेको छ। र, म पनि त्यसबाट अछुतो छुइन नै। उहाँको भौतिक शरीरले यस लोकलाई छोडेर परलोकको भोगचलनका लागि महाप्रस्थान गरेको दु:खद घडिमा अन्यथा अरु केही नसोची, उहाँका सत्गुणी व्यक्तिको स्मरण गर्दै उहाँको आत्मालाई चीर शान्ति मिलोस् भनी भगवानसंग प्रार्थना गर्दछु। र, श्रध्दाका यिनै शब्दहरुको साहारा लिदै हृदयदेखि नै हार्दिक श्रध्दासुमन अर्पण गर्दछु। साथै, साँचो अर्थमा शोकमा डुबेका परिवारका सदस्यहरु तथा आफन्तजनहरुप्रति हार्दिक समवेदना प्रकट गर्दछु।
काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २ फागुनमा टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने गरी सेवा दिन लागिएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ । १५ चैत गते बुधबार बिहान १० बजेदेखि सेवा सुरुवात हुनेछ । सार्वजनिक विदाका दिनबाहेक नेपाली कार्यालय समय बमोजिम सेवा प्रवाह गरिने बोर्डले जनाएको छ ।
यो सेवा लिन चाहने नेपाली श्रमिकले मोवाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हवाटस एप वा इमो लगायतका सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन् । कल टेलिमेडिसिनका मेडिकल अधिकृतले रिसिभ गरेर बिमारी कामदारलाई विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराउनेछन् । विशेषतः आइतबार र शुक्रवार गन्तव्य मुलुकमा सार्वजनिक विदा पर्ने भएकोले सो दिनमा विशेषज्ञ सेवा उपलब्ध गराउन खोजिएको बोर्डले जनाएको छ ।
सेवा लिने श्रमिकको प्रेस्क्रिप्सन अनलाइनमार्फत उपलब्ध गराइने छ । सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्डले नै व्यहोर्ने छ । यो सेवा पूर्णतः निशुल्क रहने बोर्डले जनाएको छ । आवश्यकता बमोजिम स्वास्थ्य सेवा लिन अनुरोध गर्दै सेवा प्रवाहमा साझेदारी गर्ने वीर अस्पतालको समग्र टिमलाई बोर्डले धन्यवाद दिएको छ ।
काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा ३ जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार पछिल्लो ३\४ वर्षमा उनीहरुले ८१ जनालाई विदेश पठाइसकेका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थीको कागज बनाएर विदेश पठाउँदा २५ देखि ३० लाख रुपैयाँसम्म लिएको पाइएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
काठमाडौं\बीबीसी । सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पनि आगामी नयाँ वर्षदेखि सामाजिक सुरक्षा योजनामा सहभागिता जनाउन सक्ने घोषणा गरेको छ। यस्तो योजनामा आबद्ध भएका नेपालीहरूले योगदानमा आधारित पेन्सन लगायत स्वास्थ्य उपचारबिमा सहितका सुविधा पाउने अधिकारीहरूले बताएका छन्।
तर वैदेशिक रोजगारीमा रहेका नेपालीहरू कसरी यो योजनामा सहभागी हुन सक्छन् ? कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीका अनुसार वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने क्रममा र कोषमा सिधै आवेदन दिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरू सामाजिक सुरक्षामा जोडिन सक्छन्।
श्रम स्वीकृति लिने क्रममा वैदेशिक रोजगार विभागको वेबसाइटबाट अनलाइन आवेदन दिएर सामाजिक सुरक्षामा जोडिन सकिने उनले बताए। “विदेशमा हुनेहरूलाई पनि मन्त्रालयले पुनः श्रम स्वीकृति सम्बन्धित मुलुकबाटै गर्न सक्ने व्यवस्था गरेको कारणले पुनः स्वीकृति लिँदा पनि सामाजिक सुरक्षा आबद्ध हुने व्यवस्था छ,” ज्ञवालीले भने। उनका अनुसार त्यस बाहेक यसअघिकै स्वीकृति लिएर विदेशमा रहेकाहरूले पनि कोषको वेबसाइटमा आफ्नो जानकारी दर्ता गराएर सामाजिक सुरक्षामा आबद्ध हुन सक्छन्।
सामाजिक सुरक्षा कोषकी उपनिर्देशक सुशीला पौडेल भुर्तेलका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरू तीन तरिकाबाट कोषमा आबद्ध हुन सक्छन्। “यसरी सूचीकरण भएपछि उहाँहरूको इमेलमा सामाजिक सुरक्षा नम्बर जान्छ र त्यही नम्बरका आधारमा उहाँहरूले आफ्नो योगदान जम्मा गर्न सक्नुहुन्छ,” भुर्तेलले भनिन्। कोषका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सामाजिक सुरक्षामा आबद्ध हुन न्यूनतम २००२ रुपैयाँ जम्मा गरे पुग्छ।
तर कोषमा हरेक महिना रकम जम्मा गर्नुपर्छ। नेपाल सरकारले औद्योगिक कामदारका लागि तोकेको न्यूनतम रु १५,००० को बेसिक पारिश्रमिक रु ९,३८५ लाई आधार मानेर त्यसको २१.३३ प्रतिशत हुन आउने रु २,००२ लाई कोषमा आबद्ध हुने न्यूनतम रकम तोकिएको अधिकारीहरूको भनाइ छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कोषमा जम्मा गर्न सक्ने अधिकतम योगदान बेसिक पारिश्रमिक ९,३८५ को तीन गुणा हुन आउने २८,१५५ सम्म तोकिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र विदेशमा स्वरोजगारमा रहेका नेपालीहरूका लागि कोषमा आबद्ध हुन चाहिने आवश्यक कागजातहरू फरक फरक हुनसक्छ। कोषका अनुसार विदेशमा बस्ने नेपालीले रेमिट्यान्सको माध्यमबाट कोषमा पैसा जम्मा गर्न सक्छन्।
“कनेक्ट आइपीएस सहित ई(सेवा, खल्ती जस्ता वालेट अथवा फोन पे वा रेमिटको माध्यमबाट पनि कोषमा नियमित पैसा जम्मा गर्न सकिन्छ,” कोषकी उपनिर्देशक भुर्तेलले भनिन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कम्तीमा नौ महिनाको योगदान जम्मा गरेपछि मात्रै कोषबाट पाइने बीमा लगायतका सुविधा पाउँछन्। कोषमा अग्रिम रूपमा पनि रकम जम्मा गर्न सकिने र त्यसरी कम्तिमा सात महिनासम्मको रकम जम्मा गर्दा १० प्रतिशतसम्म छुटको पनि व्यवस्था रहेको भुर्तेलले जानकारी दिइन्।
जम्मा हुने न्यूनतम रु २,००२ मध्ये रु ७०२ प्रिमियम र १,३०० रुपैयाँ न्यूनतम मौज्दात अन्तर्गत रहने र नेपाल फर्किइसकेपछि त्यो निकाल्न पनि मिल्ने बताइएको छ। इजरेलमा रहेकी एक नेपालीका श्रीमान्लाई परिचय पत्र दिएर सुरु भएको यो योजना वैशाख १ गतेबाट पूर्ण कार्यान्वयनमा आउने बताइएको छ। पछिल्लो जनगणना अनुसार करिब २२ लाख नेपालीहरू वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन्। सामाजिक सुरक्षा कोषले गैर आवासीय नेपाली सङ्घसँग पनि यसका लागि सहकार्य गरिने जनाएको छ।
कोषमा न्यूनतम रकम जम्मा गरिरहँदा पनि दुर्घटना, अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना उपलब्ध हुने उनले बताए। “दुर्घटना, अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना भनेर चार किसिमका योजनाहरू ल्याएका छौँ। त्यो एक वर्षमा दुर्घटनामा पर्नुभयो र अस्पतालमा उपचार गर्नुपर्यो भने एक लाखसम्मको औषधी उपचारको सुविधा छ,” उनले भने। “अशक्त हुनुभयो भने कोषमा योगदान गर्ने आधारभूत पारिश्रमिकको ६० प्रतिशतले हुन आउने रकम मासिक रूपमा अशक्तता वृत्ति भनेर कोषले उपलब्ध गराउँछ।“ कोषबाट दुर्घटना उपचार खर्च लिन चाहिँ दुर्घटना भएर अस्पतालमा उपचार गराएको बिल पेस गर्नुपर्ने सर्त छ।
दुर्घटना वापतको एक लाख रुपैयाँ लिन वैदेशिक रोजगारीमा रहेका नेपालीले स्वदेश आउँदा बिल पेस गर्नुपर्ने नियम छ। त्यसपछि कोषले उनीहरूको ब्याङ्क खातामा उक्त भुक्तानी पठाइदिने ज्ञवालीले बताए। “अशक्त भएर फर्किएको अवस्थामा पनि नेपालमा रहेको ब्याङ्क खातामा रकम पठाइदिने हो,” उनले थपे।
विदेशमा रहँदा आजीवन अशक्त भएर काम गर्न नसक्ने भएको अवस्थामा ९,३८५ रुपैयाँ को ६० प्रतिशत जीवनभर हरेक महिना पेन्सन पाउने कोषले जनाएको छ। योगदानमा आधारित यस्तो पेन्सन भने ६० वर्ष पुगेपछि मात्रै कोषले दिन्छ। वैदेशिक रोजगारीमा रहेका कामदारको मृत्यु भए श्रीमान् वा श्रीमतीले आजीवन र बालबालिकाले २१ वर्ष नपुग्दासम्म ९ हजारको ४० प्रतिशत हुन आउने ३,७५४ रुपैयाँ मासिक पाउँछन्।
काठमाडौं । २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना अक्सर विदेशमा बस्ने गरेको पाइएको हो । यो गत २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो ।
२०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेको पाइएको थियो । जनगणना २०७८ मा १७ लाख ९९ हजार ६७५ जना पुरुष (८२.२ प्रतिशत) र ३ लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) महिला विदेशमा रहेका प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजार ७२ रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ । सामाजिक साझेदारीको अवधारणा अन्तर्गत एनआरएनएले १२ वैशाख २०७२ को विनाशकारी महाभूकम्पपछिको पुर्ननिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन सहयोग गरेको हो । एनआरएनएले बालुवाटारस्थित एनआरएनए सचिवालयले खरिद गरेका फर्निचर तथा सामग्री पनि एनआईसीलाई सहयोग गरेको छ ।
उक्त उपकरण तथा सामग्रीहरु आविष्कार केन्द्रले वीरगञ्जस्थित कृषि औजार कारखाना लिमिटेडको पुर्नस्थापनाका लागि प्रयोग गरिने संघले जनाएको छ ।
उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष रविना थापाले आविष्कार केन्द्रका प्रमुख महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनासहित मुलुकमा वैज्ञानिक अनुसन्धान, सूचना–प्रविधि तथा समाजका अन्य क्षेत्रमा राष्ट्रको उन्नति र सम्वर्द्धनका लागि पुर्याएको योगदानको प्रशंसा गरिन् । एनआरएनएले प्रदान गरेका ती उपकरणले प्रविधि र विज्ञानको क्षेत्रमा सहयोग पुग्ने विश्वास रहेको उनले बताइन् ।
संघका अध्यक्ष कुल आचार्यले विदेशमा बसेका नेपालीहरुले आविष्कार केन्द्रलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा आविष्कार केन्द्रका प्रमुख पुनले संघले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताए ।
संघले यसअघि पनि आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरिसकेको छ । आविष्कार केन्द्रलाई प्रोत्साहन गर्न संघका पूर्वअध्यक्ष भवन भट्टद्वारा स्थापित रु एक करोड राशिको ‘भवन किर्ती रत्न’ पुरस्कार आविष्कार केन्द्र तथा एनआईसीका संस्थापक पुनलाई प्रदान गरिएको थियो ।
काठमाडौं\रासस । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग प्रस्ताव गरेकी छन्। भारतका सञ्चार राज्यमन्त्री देभुसिन्ह चौहानसँग बुधबार नयाँदिल्लीमा भएको छलफलमा उनले उक्त प्रस्ताव गरेकी हुन्।
‘नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता छ, भारतमा बसोबास गर्ने नेपालीले नेपालमा टेलिफोन गर्दा अधिक शुल्क लाग्ने गरेको गुनासो गर्ने गरेका छन्, सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले भनिन्, दुवै देशबीच रहेको टर्मिनल चार्जमा पुनरावलोकन गरी सुलभ महसुल दरमा सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता देख्छु।’
नेपाल र भारत नजिकका छिमेकी भएकाले दूरसञ्चार सेवामा बेलाबखत अन्तरदेशीय अवरोध हुने र कतिपय अवस्थामा नेपालको भित्री भागसम्म पनि भारतीय मोबाइल सेवा उपलब्ध हुने गरेकामा ध्यानाकर्षण गराउँदै उनले त्यसमा दुवै देशका सेवाप्रदायक र नियामक सजग हुनुपर्नेमा जोड दिइन्। भारतीय टेलिभिजन च्यानल नेपालमा सहजै प्रसारण हुने तर नेपाली च्यानल भने भारतमा प्रसारण हुन कठिन रहेकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले भनिन्, ‘भारतमा नेपालीभाषीको ठूलो संख्या रहेकाले नेपाली च्यानलको सहज प्रसारण हुने वातावरण मिलाइदिन म विशेष आग्रह गर्छु।’
उनले विशेषतः नेपाली च्यानल भारतमा डाउनलिंक गर्दा अत्यधिक शुल्क लाग्ने गरेकाले यो सम्भव नभएको हुँदा यसमा भारतीय सरकारबाटै विशेष निर्देश दिन आग्रह गरेको सञ्चार मन्त्रालयले जनाएको छ। प्राकृतिक सौन्दर्य र संस्कृतिको धनी मुलुक नेपाल चलचित्र छायांकनका लागि अत्यन्त उपयुक्त स्थल भएकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले नेपालमा चलचित्र नगरी निर्माण गर्न लगानी गरी लगानीकर्ताले उचित प्रतिफल प्राप्त गर्नसक्ने विश्वास व्यक्त गरिन्।
नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न भारत सरकारले लामो समयदेखि विभिन्न विषयमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको र वर्तमान परिप्रेक्ष्यमा नेपाललाई सूचना प्रविधिका क्षेत्रमा थप दक्ष जनशक्ति आवश्यक हुन थालेकाले त्यस्ता शैक्षिक कार्यक्रममा नेपाललाई सहयोग गर्न पनि उनले भारत सरकारसँग अनुरोध गरिन्। त्यसैगरी सूचना प्रविधि र साइबर सुरक्षा क्षेत्रमा मध्यम र छोटो अवधिको तालिममा समेत नेपालबाट सहभागिता हुने आग्रह गरिन्।
रेडियो नेपाल र अल इन्डिया रेडियोबीच एकअर्काका विषयवस्तु प्रसारण गर्ने लगायतका विषयमा समझदारी गर्ने गरी तयारी भएको उल्लेख गर्दै मन्त्री शर्माले समझदारीपत्रको मस्यौदामा नेपालको प्राविधिक टिमले अध्ययन गरिरहेको र छिट्टै यो विषय निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरिन्। त्यसैगरी नेपाल टेलिभिजन र प्रसार भारतीबीच एकअर्काका विषयवस्तु प्रसारण गर्ने सम्बन्धमा पनि सकारात्मक छलफल अघि बढेको आफूले पाएको स्पष्ट गर्दै उनले उक्त विषय छिट्टै निष्कर्षमा पुग्ने बताइन्।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा भारत भ्रमणमा गएकी छन् । मन्त्री शर्मा बुधबार र बिहीबार नयाँ दिल्लीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार बेलुका भारत गएकी हुन् ।
मन्त्री शर्मा बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू)को क्षेत्रीय कार्यालय उदघाटनमा सहभागी हुने कार्यक्रम छ ।
नयाँ दिल्लीमा स्थापना भएको आइटियूको एशिया प्रशान्त क्षेत्रीय कार्यालय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गर्ने कार्यक्रम छ । सो कार्यक्रममा विभिन्न देशका सन्चारमन्त्रीहरुलाई निम्तो दिइएको छ । त्यस्तै मन्त्री शर्मा बुधबार नै विभिन्न देशका मन्त्रीहरु सहभागी हुने मन्त्रीस्तरीय सम्वादमा सहभागी हुने कार्यक्रम छ ।
बिहीबार उनले भारतीय समकक्षी अश्विनी वैष्णवसित दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । साथै भारतस्थित नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले गर्ने कार्यक्रममा पनि उनी सहभागी हुने मन्त्री शर्माका सञ्चारविज्ञ नरेन्द्र केसीले जानकारी दिए ।
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्दैछ ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गर्न लागिएको सामाजिक सुरक्षा कोष कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । उक्त योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अनुमान गरिएको छ
वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउन कोषले यसअघि नै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको छ । उक्त कार्यविधिले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका लाखौँ श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बाटो खोलेको थियो ।
ट्रेड युनियन सङ्घ सङ्गठनले लामो समयदेखि अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरमा ल्याउन माग गर्दै आएका थिए । नेपालको औपचारिक क्षेत्रका श्रमिकले तीन वर्षदेखि सामाजिक सुरक्षा योजनाबाट लाभ लिन थाले पनि वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिक त्यसबाट बञ्चित हुँदै आएका थिए । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउन पैरवी गर्दै आएको थियो
काठमाडौं । नेपाल उद्योग परिसंघको आयोजनामा आगामी साता महिला शिखर सम्मेलन आयोजना हुने भएको छ । सम्मेलन आगामी ११ र १२ चैतमा आयोजना हुने परिसंघले जनाएको छ । महिला नेतृत्व शिखर सम्मेलनको तयारी पुरा भएको परिसंघको भनाइ छ । परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा हुन लागेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको सोमबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।
कोभिड-१९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको बताइएको छ । कोभिड(१९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्य सम्मेलनको रहेको परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले बताए ।
सम्मेलनमा लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वहरुबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरुका सफलता सुनाउने, महिलाहरुलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्राप्त हुने उनले बताए । नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान, र परिवर्तनका संवाहक महिला विषयमा छुट्टाछुट्टै सत्रमा छलफल हुने परिसंघ महिला उद्यमी मञ्च सभापति छायाँ शर्माले बताइन् ।
उनले विभिन्न सत्रमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिस, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली व्यक्तित्वहरको सहभागिता सुनिश्चित भइसकेको जानकारी दिइन् ।
सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पुर्याउने दुई जना महिलालाई सम्मान गरिनेछ । साथै, उद्यमशीलता प्रवर्द्धनका लागि महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत गरिने भएको छ । दुई दिने महिला नेतृत्व शिखर सम्मेलनको निष्कर्ष एवं सुझाव नेपाल सरकारलाई हस्तान्तरण गरिने परिसंघको भनाइ छ ।
काठमाडौं । एक महिनाको अवधिमा कामको खोजीमा ६१ हजार ८४५ जना नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुनमा यस संख्यामा विदेशिएका हुन् । माघमा ६४ हजार २८४ जना युवा विदेशिएका थिए । फागुनमा ५६ हजार ७१९ जना पुरुष र ५ हजार १२६ जना महिला कामको खोजीमा विदेशिएका छन् । यस अवधिमा म्यानपावर एजेन्सीमाफर्त २९ हजार २८८ जना युवा विदेशिएका छन् ।
व्यक्तिगत रुपमा जाने नयाँ कामदारको संख्या ५ हजार ५३६ जना छन् । जीटूजीमार्फत २ हजार १७० जना युवा विदेश गएका छन् । व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिनेको संख्या भने २४ हजार ८५१ जना रहेको छ । तथ्यांक अनुसार फागुन महिनामा मलेसियाका लागि १९ हजार ८२४ जनाले श्रम स्वीकृति लिएका छन् । कतारका लागि ११ हजार ३०३ जनाले श्रम स्वीकृति लिएका छन् । युनाइटेड अरब इमिरेट्समा मात्र ९ हजार ७९५ जना विदेशिएका छन् ।
साउदी अरबमा ९ हजार ५०३ जना पुगेका छन् । कुवेतका लागि २ हजार ४६२ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ । कोरियामा २ हजार २२७ जनाले स्वीकृति लिएका छन् । रोमानियामा १ हजार ७० जनाको स्वीकृति जारी भएको छ । जापानमा ८७१ जना, पोल्याण्डमा ६ सय र बहराइनमा ५९५ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ ।
संयुक्त राज्य अमेरिका र नेपाल सरकारबीच दौत्य-सम्बन्ध स्थापना भएको ७५औं वर्षको उपल़क्ष्यमा कनेक्टिकट राज्यको ब्रानफोर्ड सहरमा “नेपाल फेस्टिभल-२०२३” आयोजना गर्न लागिएको छ । “नेपाल फेस्टिभल २०२३ : प्रेस विज्ञप्ति” जारी गर्दै उक्त कार्यक्रम सोसाइटी अफ नेपालिज इन अमेरिका (Society of Nepalese in America) ले आयोजना गर्ने लागेको हो । सन् १९४७ अप्रिल २५ तारिखमा काठमाडौंमा नेपाल र अमेरिकाबीच दौत्य-सम्बन्ध स्थापना भएको थियो ।
नेपाली कला-संस्कृति, खानपान, भेषभूषा र मौलिकताको प्रवर्धन गर्ने उद्देश्य राखेर पहिलो पटक कनेटिकट राज्यमा हुन लागेको उत्सवमा सिंगो नेपालको झझल्को दिने प्रयास गरिनेछ । कनेक्टिकट राज्य, अमेरिकाको एउटा उत्तर-पूर्वी राज्य हो भने ब्र्यानफोर्ड सहर, न्युयोर्कबाट करिव ७४ माइल उत्तर-पूर्वमा छ । ब्र्यानफोर्डमा उल्लेख्य संख्यामा नेपालीको बसोबास छ । ब्र्यानफोर्ड सहरको ग्रिन पार्क (Green Park) मा जुलाई १५, २०२३ शनिबारका दिन हुने उक्त उत्सव हामी नेपालीहरूको विभिन्न भेषभूषा एवं संस्कृति झल्काउने पहिरनका साथ झाँकी एवम् परेडबाट बिहान ९:३० बजे कार्यक्रमको सुभारम्भ गरिनेछ । परेडमा कनेटिकट राज्यसहित वरपरका विभिन्न राज्य तथा सहरमा बसोबास गर्ने नेपाली संघ-संस्था तथा स्थानीय समुदायहरूको समेत बाक्लो सहभागिता हुने विश्वास आयोजक समितिले गरेको छ । महोत्सवमा कनेक्टिकट तथा वरपरका राज्यहरूका उच्च-पदस्थ अधिकारीलाई पनि सहभागी गराउने प्रयास गरिनेछ । उक्त कार्यक्रमा नेपालको कला तथा संस्कृति झल्काउने डिस्प्ले, नेपाली परिकारका खानाका स्टल, बालबालिकालाई रमाउने स्टलहरू राखिनेछन् । उक्त महोत्सवमा स्थानीय कलाकारका साथै नेपाली कलाकारहरूले गीत, संगीत एवं विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । नेपालीहरूको पहिचानलाई विश्व समुदायमाझ पुर्याउने अभियानका रूपमा नेपाल महोत्सव आयोजना गर्न लागिएको हो । यो महोत्सवमा ३ हजारदेखि ४ हजारसम्म नेपाली तथा स्थानीय समुदायहरू सहभागी हुने विश्वास गरिएको छ । यस महोत्सवलाई भव्यताका साथ सफल हुनेछ भन्नेमा आयोजक “सोसाइटी अफ नेप्लिज इन अमेरिका” विश्वस्त छ । यस कार्यक्रमबारे अन्य थप विस्तृत विवरणसहितको जानकारी उक्त सोसाइटीको वेबसाइट, फेसबुक पेज तथा स्थानीय संयोजक प्रतिनिधिहरूबाट उपलब्ध हुनेसमेत जानकारी गराइन्छ ।
नेपाल फेस्टिभल मूल आयोजक समितिले उपरोक्त व्यहोराको प्रेस विज्ञप्ति जारी गरेको छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवालाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन् । बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीमा जाँदा युवाले अनेकौँ समस्या भोग्नुपरेको भन्दै अनावश्यक दुःख नदिन निर्देशन दिएका हुन् ।
बैठकमा प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा जाने युवाले अनावश्यक दुःख पाएको गुनासो सुन्ने गरेको भन्दै पासपोर्ट बनाउँदा, मेडिकल टेस्ट गर्दा, अभिमुखीकरण तालीम लिँदादेखि अध्यागमनसम्म युवाले दुः ख पाएको कुरा गम्भीर भएको बताए । उनले कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस् भन्दै दुःख दिने, आलटाल गर्ने, ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण गर्न निर्देशन दिए ।
उनले गृह प्रशासनसँग सम्बन्धित विद्यमान नीति तथा कानुनहरूलाई समसामयिक बनाउनेतर्फ लाग्ने र कार्य सञ्चालनसँग सम्बन्धित निर्देशिका, दिग्दर्शन र कार्यविधि तर्जुमा एवम् परिमार्जन गर्न समेत निर्देशन दिएका छन् । देशको अर्थतन्त्रमा देखा परेका समस्यासँगै लघु वित्त तथा सहकारी र बैङ्क तथा वित्तीय क्षेत्रमा बचतकर्ता र ऋणीका तर्फबाट समेत आक्रोश एवं केही अवाञ्छित गतिविधि, विभिन्न विषयलाई लिएर भएका गतिविधि र स्वतन्त्र विद्यार्थी युनियनको चुनावलगायतका कुराहरूलाई सबै सुरक्षा निकायहरूले गम्भीरतापूर्वक मनन गरी समग्र शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन समेत उनले भनेका छन् ।
अपराध नियन्त्रण, अनुसन्धान र अभियोजनलाई छिटोछरितो र विश्वसनीय बनाई आपराधिक घटना नियन्त्रण गर्ने र माफिया, बिचौलिया, दलाली, घुसखोरीजस्ता बेथिति र विसङ्गतिको अन्त्य गर्न उनले गृह प्रशासनलाई निर्देशन दिए । सार्वजनिक सेवा वितरणको वर्तमान सरकारी शैलीलाई परिष्कृत र वैज्ञानिक बनाई नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र लिँदा नागरिकहरूले महसुस गरिरहेको झन्झट र ढिलासुस्तीको अन्त्य गर्न उनले निर्देशन दिए ।
काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रधानमन्त्री स्तरको निर्णयबाट यस्तो प्रावधान हटाइएको हो । अब सबै कामदारले गन्तब्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति, रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताका आधारलाई नै अवधि तोकिनेछ र सोही आधारमा श्रम स्वीकृति दिइने भएको छ ।
मन्त्रालयका अनुसार यसअनुसार वैदेशिक रोजगारीमा दुई वर्षे प्रावधान राख्दा कामदारको कार्य अवधि र भिसा अवधि छँदै श्रम स्वीकृति लिन बीचमा नै नेपाल आउनु पर्ने बाध्यता हट्ने छ । विदेशमा बस्दा पनि आफ्नो मुलुकले दिएको श्रम स्वीकृतिको अवधि नपाई बस्नु पर्ने अवस्थाले बढी झमेलामा कामदार फस्ने गरेको गुनासोपछि सरकारले यस्तो निर्णय लिएको बताएको छ ।
मन्त्रालयका अनुसार अब पुनः श्रम स्वीकृति लिन समेत नेपाल आउनु पर्ने छैन । पुनः श्रम स्वीकृतको प्रावधान प्रभावकारी रुपमा कार्यान्वयनमा नआउँदा विदेशमा काम गर्ने कामदारले धेरै दुःख पाएको, पुनः स्वीकृति लिन नेपाल आउनु पर्ने भएको र पुनः श्रम स्वीकृति नभएको बेला भवितब्य परी मृत्यु भएका बेला पाउने राहत र उद्दारको सुविधा नपाएका कारण अब गन्तब्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति दिन सकिने गरी निर्णय भएको समेत मन्त्रालयले जनाएको छ ।
यसका लागि बैंकिङ र मोवाइल एपबाट नेपालका खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था समेत मन्त्रालयले गर्न लागेको सहसचिव डुण्डुराज घिमिरेले जानकारी दिए ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका एनसिसीको आयोजनामा न्यू ह्यामसायरको नाशुवा शहरमा अन्तराष्ट्रिय नारी दिवस उत्सव सम्पन्न भएको छ । एनआरएनए आइसिसी अध्यक्ष रविना थापाको प्रमुख आतिथ्यमा शनिबार नारी दिवस उत्सव सम्पन्न भएको हो ।
कार्यक्रममा न्यूह्यामसायर दिदीवहिनीहरुले बिभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा आइसिसी अध्यक्ष थापा, एनआरएनए अमेरिका एनसिसी अध्यक्ष बुद्धी सुवेदी, नाशुवा सिटीका मेयर जिम डोनचेस, एनआरएनए अमेरिका महिला संयोजक सुन्दरी गुरुङ, न्यूह्यामसायर नेपाली समाजकी अध्यक्ष शान्ता विष्ट लगायतले सम्बोधन गरेका गरेका थिए।
आइसिसी अध्यक्ष थापाले न्यूह्यामसायरमा रहेका दिदीवहिनीहरुले देखाएको एकता र सकृयता महिला सशक्तिकरणमा प्रेरणा बन्ने बताएकी थिइन् । एनसिसी अध्यक्ष सुवेदीले एनआरएनए अमेरिकाको विधान थप समावेशी बनाउँदै लगेको र आगामी कार्यसमितिमा कम्तिमा सात जना महिला निर्वाचित हुने व्यवस्था गरि सकिएको जानकारी दिए । साथै सल्लाहकारमा ३३ प्रतिशत महिला सिट सुनिश्चित गरिएको उनको भनाइ थियो ।
मेयर डोनचेसले अमेरिकाभरका नेपालीहरुलाई आफ्नो सहरमा स्वागत गर्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए । कार्यक्रम संयोजन गरेकी एनसिसी महिला संयोजक गुरुङले अमेरिका भरका प्रतिनिधीलाई न्यू ह्यामसायरमा स्वागत गर्न पाउँदा खुसी लागेको बताइन् । कार्यक्रममा न्यूह्यामसायरमा रहि बिभिन्न क्षेत्रमा उन्नती गरेका महिलाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको एउटा शत्रमा नेपाली नागरिकता निरन्तरता र सम्पत्तिको हकबारे बौद्धिक छलफल पनि भएको थियो ।
छलफलमा आइसिसी अध्यक्ष थापा, अधिवक्ता एवं एनसिसीका प्रमुख संरक्षक खगेन्द्र जिसी, एनसिसी अध्यक्ष सुवेदी आइसिसीको सिटिजनसिप एवं इमिग्रेसन कमिटी सदस्य डा रुद्र अर्याल एनसिसीका बरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्त नेपाल सरकारका पर्यटन दूत शिवकुमार राई सामाजीक अभियन्ताहरु सोम गुरुङ इश्वरी भट्ट रोविन थापा शम्भुकुमार गुरुङको सहभागिता रहेको थियो। एनसिसीका पूर्व बोर्ड सदस्य एवं नेपालको अन्तरिम संविधान मस्यौदा समिति सदस्य छत्रकुमारी गुरुङले सहजिकरण गरेको छलफल सत्रका सहभागिहरुले नेपाली नागरिकता निरन्तरताका लागि निरन्तर आवाज वुलन्द गर्नुपर्ने उल्लेख गरेका थिए ।
काठमाडौं । सभामुख देवराज घिमिरेले बहराइन भ्रमणमा जाने भएका छन् । फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर(व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन उनी बहराइन जान लागेका हुन् । उनी नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते त्यसतर्फ जान लागेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
सभामुख घिमिरेले त्यसबीचमा नेपालको तर्फबाट बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ । प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य इन्दु कडरिया, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव डा भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी सहभागी हुनेछन् । नेपाल उक्त सङ्घको सदस्य राष्ट्र हो ।
काठमाडौं । नेपाली रेस्लर भगवती खड्का (युनिका) ले अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्तमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छिन् । भक्तपुरको सल्लाघारीमा सोमबार भएको भिडन्तमा भगवतीले अमेरिकाकी सादिकालाई पराजित गरेकी हुन् । होलीको अवसरमा आयोजित रेस्लिङमा नेपालकी अस्मिता जुरेलीले भारतीय पुरुष रेस्लर अभिराज सिंहलाई हराइन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित रेस्लिङमा नेपाल ब्रोले पाकिस्तानका शेर खानमाथि जित निकाले ।
रिङसम्म पुग्न नेपाल ब्रोले कार तथा शेर खानले मोटरसाइकल प्रयोग गरेका थिए । नेपालका कृष्ण मगर (सिन्धुपाल्चोक टाइगर) ले पाकिस्तानका अली खानलाई हराए । प्रतियोगितामा चार स्पर्धा समावेश गरिएको थियो। नेपालसहित भारत, पाकिस्तान र अमेरिकाका रेस्लर सहभागी प्रतियोगितामा स्कोरपियाको नामले चिनिने नेपाली रेस्लर हिक्मत थपलियले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
काठमाडौं । कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न नेपाल आएकी छिन् । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट ट्रेकिङ कम्पनीमार्फत उनी अन्नपूर्ण हिमाल आरोहण गर्न आएकी हुन् । काठमाडौँबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एयरको हेलिकप्टरमार्फत अन्नपूर्ण –३ दानामा आएकी छन् । ८ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जा (निम्स) अल्थानीको आरोहण टोलीको नेतृत्व गरेका छन् ।
यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ । राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरी, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालको आरोहण गरिसकेकी छिन् । कीर्तिमानी आरोही पुर्जा र राजकुमारी अल्थानीलाई दानाका जनप्रतिनिधि र बासिन्दाले भव्य स्वागत गरेका छन् ।
नागरिक अभिनन्दन् र बाजागाजासहित गाउँ परक्रमा गराएर सम्मानपत्र प्रदान गरेको अन्नपूर्ण–३ का वडा अध्यक्ष रमेश पुर्जाले बताए । ‘दाना, म्याग्दी र नेपाललाई विश्वमा चिनाउन योगदान गर्नुभएको हुँदा निर्मल पुर्जालाई सम्मान गरेका हौं,’ उनले भने, ‘निर्मल विश्वकै साहसिक युवा हो।’ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले कतारी राजकुमारीको दाना भ्रमण र अन्नपूर्ण हिमाल आरोहणका लागि भएको आगमनले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने बताए।
ओझेलमा परेको म्याग्दीको अन्नपूर्ण आधार शिविरको प्रचारप्रसारमा सहयोग पुग्ने उनको भनाइ छ । सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेकेका थिए । अन्नपूर्ण आठ हजार मिटर भन्दा अग्लो पहिलो पटक आरोहण भएको हिमाल हो ।
नारच्याङका अगुवाहरुले २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमापर्ने तथ्यसहित मिस्ट्री खोलाको किनारै–किनारै आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए । फराकिलो फाँट भएकाले दुर्घटनाको कम जोखिम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने यो पदमार्ग सबैभन्दा छोटो, रमणीय र सुरक्षित मानिएको छ । समुद्री सतहदेखि चार हजार पाँच सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृष्य रमणीय र मनमोहक छ । पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुङ्गी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ ।
काठमाडौं । मुस्ताङमा विश्वविद्यालय स्थापना गर्न भारतलाई अनुमति दिएको भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ भ्रमपूर्ण रहेको सरकारले प्रतिक्रिया दिएको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञप्ति निकालेर पूर्व प्रधानमनत्री केपी शर्मा ओलीको भनाइ भनी सञ्चार माध्यममा सार्वजनिक समाचारप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएकी छिन् ।
‘मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ,’ सरकारका प्रवक्ताको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौं ।’
बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासलाई पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएकाले यस सम्बन्धमा के भएको हो त्यसको अध्ययन र आवश्यक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने पनि सरकारले स्पष्ट पारेको छ ।
शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरुको खेलमैदान बनाउन चाहेको आरोप लगाएका थिए । ओलीको भनाइको खण्डन गर्दै मन्त्री शर्माले निकालेको विज्ञप्तिमा परराष्ट्र नीतिमाथि आँच पुर्याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन भनिएको छ ।
काठमाडौं । अष्ट्रेलियामा दुई नेपाली लागु औषध कारोबार गरेको अभियोगमा पक्राउ परेका छन् । त्यहाँको संघीय प्रहरीले दुई नेपालीलाई लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ गरेको जनाएको छ । उनीहरूलाई प्रहरीले ब्रिसबेनबाट गत २२ फेब्रुअरीमा लागुपदार्थ सहित पक्राउ गरेको हो। संघीय प्रहरीका अनुसार उनीहरूको साथबाट ४५० ग्राम लागुऔषध बरामद भएको थियो।
उनीहरूले सिड्नीबाट उक्त लागुऔषध ‘हेयर डायर’ को ट्युबमा राखेर ब्रिजबेन पुर्याएका थिए। पक्राउ पर्नेहरू २१ वर्ष उमेरका छन्। उनीहरूलाई प्रहरीले पाईन रिभर्स मजिस्ट्रेट कोर्टमा उपस्थित गराएको थियो। उनीहरूलाई अवैध लागुऔषध ओसापसारको अभियोगमा मुद्दा दायर गरेको छ। अष्ट्रेलियाको अपराध संहिता अनुसार यस खालको मुद्दामा २५ वर्ष सम्मको जेल सजाय हुनसक्छ।
काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ कतारको दोहामा हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको नेतृत्व गर्दै सहभागी हुन त्यसतर्फ जाने भएका छन् । आइतबारदेखि मङ्गलबारसम्म हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्यसअघि मन्त्री श्रेष्ठ अति कम विकसित मुलुक समूहको शिखर सम्मेलनमा सहभागी भई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। सो सम्मेलन समूहका अध्यक्ष मुलुक मलावीको संयोजकत्वमा शनिबार आयोजना हुँदै छ। सो सम्मेलनमार्फत नेपालले समूहको अध्यक्षता ग्रहण गर्दै छ।
कतारको दोहामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको पूर्ण सत्रलाई उपप्रधानमन्त्री श्रेष्ठले सम्बोधन गर्नुका साथै विभिन्न देश तथा सङ्घ संस्थाका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची रहेको मन्त्रालयले जनाएको छ।
सो क्रममा उहाँले प्रवासी नेपाली आबद्ध सङ्घ संस्थाका प्रतिनिधिसँग पनि छुट्टै अन्तक्रिया गर्नेछन् । उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा रहने नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद डा. जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारका लागि नेपाली राजदूतलगायत अन्य उच्च अधिकारीहरूको सहभागिता रहनेछ।
काठमाडौं । अब विद्यार्थी आफैले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रिन्ट गर्न सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले यस्तो व्यवस्था ल्याएको हो । अबको केही हप्तापछि एनओसी लिन कार्यालय धाइरहनु नपर्ने गरी व्यवस्था हुँदैछ । अनलाइनमार्फत विद्यार्थीले दिएको आवेदन शाखाले प्रमाणि गरेपछि आफैंले प्रिन्ट गर्न सक्ने भएका छन् ।
यो साता प्राविधिक काम सकेर अर्को हप्ता परीक्षण गर्ने र परीक्षणमा देखिएको प्राविधिक समस्या समाधान गरेर पूर्ण रुपमा अनलाईन बनाउने तयारी छ । यदि विद्यार्थीको आवेदन अनलाइनमार्फत प्रमाणित नभएमा भौतिक रुपमा शाखामा उपस्थित भएर प्रमाणित गर्नुपर्छ । यसरी प्रमाणि भए पनि जारी भने अनलाइनबाटै हुन्छ र आफैले प्रिन्ट गर्न सकिनेछ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पूर्वनिर्धारित कतार भ्रमण समेत रद्द गरेका छन् । राष्ट्रपति तथा उपराष्ट्रपति चुनावको तयारीलगायत कारणले प्रधानमन्त्रीको कतार जाने कार्यक्रम स्थगित गरिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले बताएका छन् ।
प्रधानमन्त्री प्रचण्ड अतिकम विकसित देशहरुको सम्मेलनमा भाग लिन आउँदो शुक्रवार कतार जाने कार्यक्रम थियो । प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको समेत जेनेभा भ्रमण रोकेका थिए । परराष्ट्रमन्त्री पौड्याल मानवअधिकार परिषद्को ५०औँ सत्रमा भाग लिन हिजो जेनेभा जाने कार्यक्रम थियो ।